Posts

Showing posts from January, 2015

सभामुखलाई धम्क्याउन पाइँदैन

Image
सभामुख पदमा बसेको मान्छेलाई कुनै पार्टी सभापतिले अरहाउने होइन, आदेश दिने होइन। केपी ओलीले सभामुखलाई धम्क्याएको कुराहरु बाहिर आएका छन। त्यो संविधानको उपहास हो। त्यो संविधान सभाको मान हानि हो। त्यो प्रक्रिया नमानेको मात्र होइन, गैर कानुनी कुरा हो।

सीके राउतको मानव अधिकार हनन गर्न पाइँदैन, सभामुखलाई धम्क्याउन पाइँदैन, आदेश दिन पाइँदैन।


चितवनलाई मधेस राज्यमा राख्नुको महत्त्व

Image
अंतरिम संविधानमा "स्वायत्त मधेस प्रदेश" लेखेको उहिले। झापा, चितवन, कंचनपुर सबै पर्छ त्यसमा। संविधानमा लेखिसकेको कुरा अब आएर झिक्ने होइन। झिक्नु तर्कसंगत नै होइन।

चितवन भनेको ऐतिहासिक रुपमा थारुहरुको ठाउँ। बसाई सराईको क्रममा अहिले पर्वते त्यहाँ बहुमतमा पुगेका छन। पाइन्छ। एउटा देशको मान्छे त्यस देशको जुनसुकै भागमा गएर बस्न पाउँछ। त्यो आधुनिक राज्यको सिद्धांत हो।

तर पर्वते बहुमतमा पुग्ने बितिक्कै त्यस भूभागलाई मधेसबाट झिक्दै जाने हो भने मधेसी क्रांतिले स्थापित गरेको भौगोलिक संघीयताको सिद्धांत मर्माहत हुन्छ। मधेसी क्रांतिले संघीयता स्थापित गर्यो। मधेसी क्रांतिले एक मधेस एक प्रदेश स्थापित गर्यो। त्यस एक मधेस एक प्रदेशलाई negotiation टेबलमा ल्याउने अधिकार कसैलाई पनि छैन, मधेसी नेताहरूलाइ पनि छैन। मधेसी नेता भनेका मधेसी क्रांति माथि होइनन्। एक मधेस एक प्रदेशको नारा फोरमको या उपेन्द्र यादवको नारा होइन। त्यो मधेसी क्रांतिको नारा हो, जनताबाट स्वतःस्फूर्त आएको नारा हो। संस्थागत भइसकेको नारा हो। त्यसरी संस्थागत भइसकेको कुरालाई negotiation टेबलमा ल्याउने हो भने ज्ञानेन्द्रलाई पनि negoti…

एकात्मक व्यवस्था, संघीय व्यवस्था, Steam Engine, जेट इंजिन

Image
English: Turbofan Engine simulation from http://www.hpcc.gov/pubs/blue94/case3.3.3.gif (Photo credit: Wikipedia)English: Steam engine in action animation Español: Máquina de vapor. Gaeilge: Máquina de vapor. (Photo credit: Wikipedia)Schematic animation of a uniflow steam engine. The poppet valves are controlled by the rotating camshaft at the top. High pressure steam enters, red, and exhausts, yellow. (Photo credit: Wikipedia)एकात्मक व्यवस्थाSteam Engine जस्तो, संघीय व्यवस्था जेट इंजिन जस्तो। केपी ओली र सुशील कोइरालाले जेसुकै भने पनि एकात्मक  व्यवस्था महँगो, संघीय व्यवस्था सस्तो। एकात्मक व्यवस्थाभन्दा संघीय व्यवस्था बढ़ी efficient हो। एकात्मत व्यवस्था पुरानो, संघीय व्यवस्था आधुनिक।

एकात्मक व्यवस्था भनेको पृथ्वी नारायण शाहले अमेज़न को जंगल सखाप पारेर सबै ठाउँमा एक नासले धान रोपिदिएको। संघीय व्यवस्था भनेको नेपालको सांस्कृतिक विविधतालाई भोलिको बायोटेक इंडस्ट्रीको जड़ अर्थात धन मानने व्यवस्था। अमेज़न जंगलको जैविक विविधता संरक्षण गर्ने व्यवस्था। राजा जनकको व्यवस्था।

एकात्मक व्यवस्था काठमाण्डुक…

भुटानमा तराई छैन त

Image
भुटानको दक्षिणमा रहेको समथर भाग भारतमा छ। पृथ्वी नारायण शाहले उसको गोरखा राज्य विस्तारको क्रममा काठमाण्डुका मल्लहरुमाथि पटक पटक आक्रमण गर्यो तर मधेसमाथि आक्रमण गर्ने दुस्साहस कहिले गरेन। १८१६ र १८६० मा ब्रिटिशले जुन बदमाशी गर्यो त्यो नगरेको भए नेपालको तराई भारत देशको अंग हुन्थ्यो। हामी भारतीय होइनौं हामी भारतीय होइनौं भन्ने मधेसीहरु देखेर मलाई वाक्क लाग्छ। मधेसीहरु नेपाली नागरिक हुन सक्छन तर गिन्ती गरेर एक एक मधेसी भारतीय हुन। फिजीमा पनि छन -- फिजीका नागरिक छन तर गर्वका साथ आफुलाई भारतीय भन्छन।

संस्कृति मिल्छ, भाषा मिल्छ। सब थोक मिल्छ। बेटी रोटी को सम्बन्ध छ। भारतीय मुलको भएर पनि भारतसँग त्यसरी भौगोलिक रुपले टाँसिएर बसे पनि नेपालको मधेसीले आफ्नो अधिकार लिन नसक्नु बड़ो शर्मनाक कुरो हो। जब कि नेपाल एउटा भूपरिवेष्टित होइन भारत-परिवेष्टित देश हो। चीन धेरै टाढा छ। तिब्बत चीनको होइन मधेसको हो। तिब्बत सबैभन्दा प्रख्यात दुई मध्ये एक मधेसी गौतम बुद्धको हो।

केपी ओली र सुशील कोइरालालाई दिल्ली नधाइ भात पचदैन, तर मधेसी नेताहरु तिमीभन्दा बढ़ी नेपाली म भन्ने अनावश्यक होड़बाजीमा लाग्छन्। उपेन्द्र यादव …

उपल्लो सदन मधेस उपनिवेशको हतियार नबनोस्

Image
केंद्र सरकारको माथिल्लो सदनको सवालमा सबैभन्दा उपयुक्त हुनेछ कि सम्पुर्ण देशलाई एक निर्वाचन क्षेत्र मनियोस, उपल्लो सदनमा १०० सीट होउन, अनि पुर्ण समानुपातिक निर्वाचन। १% मत ल्याउने पार्टीले १ सीट पायो, २०% मत ल्याउने पार्टीले २० सीट पायो। लिस्ट चुनाव अगाडि बुझाउनु पर्ने र सार्वजनिक पनि गर्नुपर्ने। चुनाव पछि लिस्ट फेरबदल गर्न नपाइने। लिस्ट समावेशी हुनुपर्ने दमजम को मुद्दामा। यस फॉर्मूलाले राष्ट्रिय एकता बलियो पार्छ।

तर काँग्रेस एमालेका टाउके बाहुन को भनाइमा यदि तराईमा एक राज्य र पहाड़मा दुई राज्य हुने हो भने प्रत्येक राज्यले उपल्लो सदनमा ३०-३० सीट पाउने। त्यसो गर्दा तराई माथि पहाड़को उपनिवेश परमानेन्ट हुन्छ।

उपल्लो सदन मधेस उपनिवेशको हतियार नबनोस्। देश टुक्रिने बाटोमा जान्छ।


संघीय नेपालमा पनि केंद्र सरकार निकै बलियो रहन्छ

Image
नेपाल संघीयतामा गइसकेको देश हो, त्यसलाई संस्थागत गर्न मात्र बाँकी छ। तर त्यो भविष्यको संघीय नेपाल जहाँ कि राज्य सरकारहरु हुनेछन्, मुख्य मन्त्रीहरु हुनेछन्, बलिया बलिया स्थानीय सरकारहरु हुनेछन्, त्यस निकट भविष्यको नेपालमा पनि देशमा अधिकांश शक्ति केंद्र सरकारमा नै निहित रहने छ।

संघीय नेपालमा पनि केंद्र सरकार निकै बलियो रहन्छ। यति बलियो कि ऐतिहासिक रुपले ओझलमा परेका दलित मधेसी जनजाति महिलाका अधिकांश संघर्ष भविष्यमा केंद्र स्तरमा नै केंद्रित हुनेछन्। मधेस राज्यको स्थापना पछि पनि मधेसी समुदायले काठमाण्डुमा संघर्ष गरि नै रहनुपर्ने छ।

देशसँग चार वटा रोटी छ भने दुई रोटी त केन्द्रसँग नै रहिरहने हो। बाँकी दुई रोटी बारे पनि लोकतान्त्रिक पद्धति अनुसार नै निर्णय हुँदै जाने हो।

मधेसमा हुलाकी राजमार्ग बनाउने केंद्र सरकारले नै हो। देशका सबै ठुला हाइड्रो प्रोजेक्ट हरु केंद्र सरकारको मातहतमा नै रहने हो।


सहमति बाहेक अर्को उपाय छैन

Image
काँग्रेस र एमालेका टाउके बाहुनहरुले बलधकेल संविधान बनाउन सक्ने सम्भावना छँदै छैन। दुई तिहाई कै कुरा आउँछ। प्रक्रियाको कुरा आउँछ। विपक्षी पार्टी हरुको पनि कुरा आउँछ। सहमति राम्रो बाटो हो मात्र होइन कि सहमति बाहेक अर्को बाटो छैन नै।

सहमति बाहेक अर्को उपाय छैन।


CK Raut Reminds Me Of Arvind Kejriwal

Image

चीनले उठ भन्दा उठ बस भन्दा बस गर्ने झलनाथ खनाल

Image
तिब्बत शरणार्थीको सवालमा चीनले उठ भन्दा उठ बस भन्दा बस गर्ने झलनाथ खनाल अहिले चीनले हस्तक्षेप गरेन भारतले गर्यो भनेर कुन मुखले भनेको?

मोदीले सुझाव दिएका हुन, अर्हाएका होइनन्। सहमति भनेर भनेको त नेपालका पार्टीहरुले हो। नेपालको राष्ट्रपतिले हो।

ओबामाले भारत आउँदा $4 बिलियनको पैकेज ल्याए। मोदी नेपाल आउँदा $1 बिलियनको पैकेज ल्याए। चीनले ल्याएको छैन त।

छोटी मुँह बड़ी बात। एमालेका बाहुनहरुको।


सीके राउतको पक्षमा जनमत

Image
सीके राउत जेलमा हुँदा जमानतकालागि डेढ़ लाख मधेसी जनताले एक एक रुपयाका दरले चंदा दिए। भने पछि सीके राउतले राजनीतिक पार्टी खोल्ने भए त्यो पार्टीले कमसेकम तीन-चार लाख मत बटुलेर मधेसको सबैभन्दा ठुलो पार्टी बन्ने जस्तो देखियो।

सीके राउतको पक्षमा जनमत प्रसस्त रहेछ।


प्रक्रिया नमान्ने काँग्रेस र एमालेका बाहुन टाउकेहरु

Image
It's Your Move (Photo credit: Wikipedia) सर्वोच्च अदालतले नागरिकताको कुरामा सन्तानले नागरिकता पाउन आमा वा बाबु जसको नागरिकता भए पनि हुने कुरा अंतरिम संविधानमा आइसकेकोले नया संविधानमा त्यसै हुनुपर्ने भन्ने निर्णय गरिसक्दा पनि काँग्रेस र एमालेका बाहुन टाउकेहरु आमा र बाबुको दोहन गर्दैछन् --- प्रक्रिया नमान्ने उनीहरुको लामो श्रृंखलामा यो नया अध्याय हो।

प्रक्रिया नमानेको कसले हो?
नेकपा (एभाले)
नभएको दुई तिहाई
अमा र बाबु र क्रान्ति

राजा जनक, बाबुराम भट्टराई र सीके राउत

Image
नेपाल एकीकरण गरेको पहिलो र सबैभन्दा महत्वपूर्ण व्यक्ति राजा जनक। राजा जनकको तुलना कसैसँग गर्न सकिँदैन। राजा जनकको धरातल नै अर्कै छ। तै पनि स्कलर किंग राजा जनक लाई नेपालको आजको राजनीतिमा हेर्ने हो भने दुई व्यक्ति तुलनीय छन: बाबुराम भट्टराई र सीके राउत।

अहिलेको लोकतंत्रमा राजा भनेको प्रधान मंत्री वा कार्यकारी राष्ट्रपति हो। बाबुराम त्यो पदमा पुगेका पनि हुन, फेरि पुग्न सक्छन। सीके राउत भोलि परसि पदमा पुग्न सक्ने हुन।

बामदेव लाई घटोचक भन्ने कि शिखंडी भन्ने कि के भन्ने? बाँदर भन्ने कि राक्षस भन्ने कि के भन्ने? पाखण्डी कम्निष्ट त्यो।

राजा जनक, बाबुराम भट्टराई र सीके राउत ---- स्कॉलर किंगहरुको लामो श्रृंखला।

एमालेका बाँदरहरुले युरोपका राजदुतहरुले सीके राउतलाई किन भेटे भनेर आपत्ति जनाउने होइन कि युरोपका राजदुतहरुले सीके राउतलाई किन भेटे भनेर भौंतारिने हो, आत्म समीक्षा गर्ने हो, सिक्ने हो, र आफु पनि भेट्न लाइन लाग्ने हो। गएर ज्ञान गुणका कुरा सिक्ने हो।


मधेस र सौर्य उर्जा

Image
पहाड़मा ४०,००० मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ भनेर भनिन्छ तर मधेसमा घाम पावरबाट ४०,००० मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ भनेर भनिँदैन।

मधेस र सौर्य उर्जा ---- यो एउटा सोच्नु पर्ने विषय हो।


केपी काठमाण्डुको राजपक्ष हो त?

Image
दिल्ली धाउन लागे देखि नेपालको राजनीतिमा अलि अलि उदाएको मान्छे केपी ओली। बेइजिंगमा यो मान्छेको नाम चिन्ने कोही छैन। नेपाल भनेको दक्षिण एशिया हो र दक्षिण एशिया भनेको भारतको प्रभाव क्षेत्र हो।

चीनलाई नेपालको विकासमा सघाउन कुनै रोकटोक छैन। चीनको आर्थिक प्रगतिको कामना सबैले गर्दछ। तर तिब्बतको मानिसलाई नेपालमा असजिलो गर्ने कामको म्याद सकिन सकिन लागेको छ।

भारतलाई चीनसँग जुधायेर फाइदा लिउँला भन्ने सोँच्नेहरुको हाल राजपक्षको जस्तो हुन्छ। तिनीहरु पालै पिलो नेपालको राजनीतिबाट गायब हुन्छन्। लोकतंत्र र मानव अधिकारको सवालमा कोहीसँग समझौता हुँदैन, चीनसँग पनि हुँदैन।

केपी काठमाण्डुको राजपक्ष हो त? जब गिदरकी मौत आती है तो वो शहरकी ओर भागता है भने जस्तो। युपी र बिहार भनेर केपीले कसलाई चिढ़यौन खोजेको? छोटी मुँह बड़ी बात। एमाले पार्टी भनेको नेपालको राजनीतिबाट गायब हुन हुन लागेको पार्टी हो।

ओबामा दिल्ली आए। पहिलो ४५ मिनट मोदी र ओबामा बीच चीनका बारे कुरा भयो। चीनले जापानदेखि भियतनाम फिलिफिन्स भारत सबैसँग सीमानाको कुरामा निहुँ खोजेको छ। साउथ चाइना सी लाई व्यापारकालागि खुला राख्ने प्रतिबद्धता जाहेर गर्दै भारत…

मधेसी क्रांतिले संघीयताको मुद्दा हल गरिदिएको हो

Image
अरु सबै मुद्दामा कुरा मिल्यो, संघीयताको मुद्दामा मात्र कुरा मिलेन भन्ने प्रचार गरिँदैछ। अचम्मको कुरा हो त्यो। किनभने मधेसी क्रांतिले देशमा संघीयता स्थापित गरेको मात्र होइन कि संघीयताको छिनोफानो पनि गरिदिएको हो। "स्वायत्त मधेश प्रदेश" संविधानमा लेखिसकिएको कुरो हो। यी नेताले राजतन्त्रको मुद्दा बड़ो गार्हो पर्यो भनेर कहिले भन्नु परेन। किनभने २००६ को अप्रैल क्रांतिले त्यो मुद्दालाई गन्तव्यमा पुर्याइदिएको हो। संघीयता त्यस्तै हो। त्यसमा पनि कुनै जटिलता छैन। मधेसी क्रांतिले समाधान गरिदिएको हो सबै जटिलता।

"स्वायत्त मधेश प्रदेश" भनेको लोकतंत्र, मानव अधिकार, गणतंत्र, धर्म निरपेक्षता जस्तो, संविधानमा लेखि सकिएको कुरा --- त्यहाँ बार्गेनिंग हुँदैन। र "स्वायत्त मधेश प्रदेश" नै नेपालमा संघीयताको मुद्दामा सबै कृत्रिम समस्याको समाधान हो।

"स्वायत्त मधेश प्रदेश" भनेको के? स्वायत्त भनेको आत्म निर्णयको अधिकार भनेको। मधेश प्रदेश भनेको झापाबाट चितवन समेट्दै कंचनपुरसम्म। मधेशको सीमा भौगोलिक हो, जातीय होइन। पर्वते बहुमत भएका गाउँ जति मधेस राज्यबाट हटाउने भारत-पाकिस्तान…

को हुन ती ४३ लाख नागरिकता पत्र बिनाका मधेसी?

Image
सरकारी आँकड़ा अनुसार देशमा ४३ लाख मधेसी नागरिकता पत्र विहीन छन। को हुन ती? नेपाल यस्तो देश हो जहाँ तपाइँसँग नागरिकता पत्र छैन भने तपाइँको नाममा जग्गा हुन सक्दैन। भने पछि ती ४३ लाख सबै भूमिहीन हुनुपर्छ। भने पछि ती भारतबाट भागेर आएका हुन त? सम्भव छैन। नेपालको मान्छे मलेशिया जान्छ, कतार जान्छ। भारतको मान्छे नेपाल किन आउने? २५० वर्षको एकात्मक व्यवस्थाले गर्दा सड़े गलेको अर्थतन्त्रमा त्यस्तो के आकर्षक कुरा छ कि भूमिहीन भए पनि नेपालमैं बस्नुपर्ने? पुस्तों पुस्ता देखि बसिबसाऊ गर्दै आएका मिथिलावासीलाई पहाडबाट झरेर आएको केपी ओली जस्तो मेहमानले विदेशी भन्दिने?

मैथिलीमा एउटा कहावत छ ----- कनि बैठे दिय, कनि गोर पसारे दिय, कनि सुतहु दिय। अलिकति बस्न देउ, (केही समय पछि) अलि कति खुट्टा खुकुलो पार्न पाए हुन्थ्यो, (केही समय पछि) सुत्न ठाउँ देउ। पहाडबाट झरेको शरणार्थी केपी ओली, अहिले आएर स्थानीय वासिन्दालाई नै बिहार युपी धपाउने कुरा गर्ने?

वर्गीय मुक्तिको कुरा छ। जातीय शोषणको पक्षमा उभिएको प्रमुख शक्ति आजको एमाले। त्यो मार्क्सवाद हुँदै होइन। मार्क्सवाद भनेको जातीय शोषणको विरुद्धको सिद्धान्त हो। र जातीय …

Vibrant Federalism In Nepal Is Also About Tibet

Image
English: The Fourth Dalai Lama, Yonten Gyatso (Photo credit: Wikipedia)English: The Tenth Dalai Lama, Tsultrim Gyatso (Photo credit: Wikipedia)English: Potala Palace, Lhasa, Tibet (Photo credit: Wikipedia)Vibrant federalism in Nepal is not just about Nepal, it is also about Tibet. Tibet has been an integral part of South Asia for as long as anyone can remember. And China's efforts to link Lhasa to Lumbini and Lhasa to Sikkim by railway is commendable.

Noone is arguing for Tibet as a separate country. But there can be no compromise on human rights, there can be no compromise on religious freedom. Tibetans deserve democracy just as much as anyone else.

The Chinese Communist Party has lifted more people out of poverty than any other political party in the history of humanity, and there are lessons there for India, for Africa and other parts of the world. And I don't see the political system in America as all good, and the political system in China as all bad. The democracy in Ame…

Hulaki Rajmarg

Image
मधेस राज्य गठन भएको ५ बर्ष भित्र मधेस राज्य सरकारले हुलाकी राजमार्ग बनाइ सक्छ। भारत सरकारसँग सीधा संपर्क हुन्छ त्यस बारे। र महेन्द्र राजमार्गको नाम बदलेर त्यसलाई गजेन्द्र राजमार्ग नामाकरण गर्छ। अनि त्यो गजेन्द्र राजमार्ग र हुलाकी राजमार्गको मध्य भाग तिरबाट एउटा पुर्व पश्चिम रेल मार्गको निर्माण हुन्छ। त्यस रेल मार्गको नाम राजा जनक या गौतम बुद्धको नाममा राख्नु उपयुक्त हुन्छ।