Posts

Showing posts from October, 2014

Chhath In America

Image

Sanghiya Samajwadi Party

Prakash Bom Defending Federalism

Image
Here is Prakash Bom defending federalism: click here

सीके राउत जेल बाहिर आउने बेला आइसक्यो

Image
छठ पर्व पनि सकियो, मधेशमा धान कटनी पनि सकियो। अब सीके राउत जेल बाहिर आउने बेला भइसक्यो। बेल तिर्ने अनि जेल बाहिर आउने। वामदेव/केपी/सुशीलको सरकारले फेरि समात्ने संभावना छैन। सीके त राजनीतिक बन्दी हो, बीपी कोइराला जस्तो। पाकेटमार त वामदेव गौतम हो, चार्ल्स शोभराज जस्तो। कहाँ सीके राउत कहाँ वामदेव गौतम, कहाँ राजा भोज कहाँ गंगवा तेली। (वामदेव बाँदर हो)

आफ्नो पैसाले बेल नतिर्ने, जनताको पैसाले बेल तिर्ने। वार्षिक करोड़ों तलब खाने जागीर छोडेर देश फर्केको देशप्रेमी सीके राउत, यो वामदेव गच्छेदार जस्तो चोर डांका होइन भन्ने कुरा जनताले बुझेका छन। विदेशको करोड़ों छोडेर देश फर्केको देशप्रेमी, र देशमा बसेर करोड़ों जनताको करोडो चोर्ने वामदेव। कहाँ राजा भोज कहाँ गंगवा तेली।

समात्नु पर्ने पाकेटमार वामदेव हो। खोइ त अख्तियारले समातेको? कि अख्तियार पनि संघीयता विरोधीहरुको अस्त्र हो?

सीके राउतले बेल तिर्ने र जनताको अदालतमा गएर बोल्न थाल्ने। झापादेखि कन्चनपुर सम्म दौडाहा मा जाने, जिल्ला जिल्लामा आम सभा गर्ने र जनताको मा गएर आफ्नो पक्षमा बहस गर्ने। राज्यका तीन अंग माथि जनता बसेका हुन। यो देश सार्वभौमसत्ता सम्प…

म मधेशलाई अलग देश बनाउने पक्षमा छैन

Image
म मधेशलाई अलग देश बनाउने पक्षमा छैन। कहिले पनि थिइन, र अहिले पनि छैन।

तर वाक स्वतंत्रता मेरो धर्म हो, र वाक स्वतंत्रतामा समझौता गर्ने कुरा आउँदैन।

म एक मधेसी हुँ। विभेद मैले भोगेको छु, देखेको छु, त्यस विभेद बारे मैले गहिरो अध्ययन गरेको छु। आज भन्दा दुइ दशक अगाडि हृदयेश त्रिपाठी महासचिव भएको पार्टीमा म उप महासचिव थिएँ। मेरो पृष्ठभुमि राजनीतिक हो। मधेस प्रतिको विभेद रोग हो। औषधि नेपालमा संघीयता र दक्षिण एशियामा आर्थिक एकीकरण हो, मधेशलाई अलग देश बनाउनु होइन भन्ने मेरो ठोस मान्यता हो। तर विभेदमा मधेसी मात्र परेका होइनन्। सबैभन्दा ठुलो विभेदमा परेका त दलित हो। र त्यो रोगको औषधि खोज्ने मधेसी नेता को? वीपी कोइराला बाहुन थिए, पर्वते थिए, विभेदमा परेकै हुन। केपी ओली खुद जेल बसेको मान्छे। त्यो त विभेद नै थियो।

तर मधेसीको विरुद्धको विभेद structural हो जुन कि कायम छ, केपी विरुद्धको विभेद कायम छैन। कोही मधेसी राष्ट्रपति र प्रधान न्यायधीश भएर structural विभेद समाप्त भएको मान्न सकिँदैन। राम वरण जस्तो राष्ट्रपति बन्न पायो भने त त्यो structural विभेद कायम नै राख्ने सुझाव दिन्छ उसले।

तर संविधान सभा भन…

(Beijing) Lhasa To (Delhi) Lumbini Railway

Image
If this is the Asian century, a Beijing to Delhi train will be the most visible symbol of it. Trade is the best security/peace weapon. It is not an arms buildup. Border disputes are so 18th century. In the 21st century you lay down train tracks, you take broadband everywhere, you deepen trade ties and people to people contact, so much that national boundaries feel downright cosmetic.

East West Nepal Railway











Related articlesChina In Nepal: Increasing Connectivity Via Railways - AnalysisIndian envoy in China working for new Kailash yatra routeDon't overstate Japan 'danger'Are 'Hong Kong people' still Chinese? Depends on how you define 'Chinese'Why the Chinese military is only a paper dragonEngaging China in Nuclear Arms Control

प्रदेशको नाम टुङ्गो लगाउने जिम्मा प्रदेश सभालाई दिने निर्णय

Image
यो निर्णय सराहनीय छ। अधिकांश झगड़ा प्रदेशको नाममा छ। ठ्याक्कै त्यही नक्शा भए पनि प्रदेशको नाम कोशी राखे दुखी हुने, लिम्बुवान राखे ख़ुशी हुने मानिस छन। बहुमतको मत भने हामीलाई थाहा छैन। त्यो प्रदेशको प्रदेश सभा गठन भए पछि बहुमतको आधारमा त्यो प्रदेशको नाम राखेको राम्रो। नाम लिम्बुवान राख्नुपर्छ भन्ने हरुले १०% पनि सीट ल्याएनन् भने त्यो प्रदेशको नाम लिम्बुवान नरहने भो।  
संविधान भनेकै समयमा बनेको राम्रो हो। स्थानीय स्तरमा निर्वाचित सरकार आउनु बड़ो जरुरी छ। स्थानीय स्तरमा निर्वाचित नेतृत्व नहुनुले विकास ठप्प छ, लोकतंत्रले जड़ा गाडन सकेको छैन। Law and order कमजोर छ। बढ़ी समय लिँदैमा राम्रो संविधान आउने होइन। 
संविधान बनेर राज्य स्तरको चुनाव हुन्छ, स्थानीय स्तरको चुनाव हुन्छ। चुनाव नहुँदा पोखरीमा पानी जमे जस्तो। समय समयमा चुनाव भइ रहे खोलामा पानी बगे जस्तो। 
काँग्रेस एमालेले ७ र एमाओवादीले १० भने पछि ८ मा सहमति हुने हो कि? प्रदेशहरुको नाम प्रदेश सभाले निर्णय गर्ने र यस किसिमको ८ राज्यको नक्शामा जाने भए पछि शक्ति बाँडफाँडको कुरा आउँछ। 



Follow The Money

Image
पहिचानको आधारमा देश संघीयतमा गएमा पूर्वदेखि पश्चिमसम्म ठेक्कापट्टा र अन्य धन्दामा एकाधिकार जमाएको काठमाडौंकेन्द्रित पुरानो कुलीन वर्गको उक्त एकाधिकार अन्त्य हुने छ । गणतन्त्रमा जाँदा केही नगुमाएको उक्त कुलीन वर्गले संघीयतामा जाँदा धेरै गुमाउने छ । त्यसकारण, उनीहरुको निद हराम भएको छ । सामुदायिक वनबाट एउटा समुदाय लाभान्वित भएझैं तत् स्थानको साधनस्रोतबाट उक्त प्रान्तीय राज्यका वासिन्दा लाभान्वित हुने छन् ।

लोकतन्त्र विस्तारको आधार पहिचान

केन्द्र, राज्य र स्थानीय: जिल्ला गायब पार्ने

Image
English: Map showing location of Nalanda district in Bihar in India हिन्दी: भारत के बिहार राज्य के नक़्शे पर नालंदा ज़िले की स्थिति (Photo credit: Wikipedia) विकास क्षेत्र गायब पार्ने, अञ्चल गायब पार्ने, तर जिल्ला चाहिं राख्ने कुरा आउँदैन। र जिल्ला गायब पार्दा राज्यहरुको संख्या सार्है घटाउन मिल्दैन। १० देखि १५ राज्य नै सोच्न पर्ने हुन्छ। ग्रामपालिका र नगरपालिकाहरुको सीमाना फेर बदल होला।

केन्द्र, राज्य, जिल्ला र गाउँ/शहर चार layer भन्दा केंद्र, राज्य र गाउँ/शहर तीन layer सस्तो हो।

जातीय राज्य समस्या होइन। गुजरात जातीय राज्य हो। तमिलनाडु जातीय राज्य हो। महाराष्ट्र जातीय राज्य हो। कर्नाटका जातीय राज्य हो। भौगोलिक राज्य बिहार र उत्तर प्रदेश हो जुन कि भारतका सबैभन्दा अविकसित राज्य छन।

संविधान सभा १ ले अगाडि सारेको १० अथवा १४ राज्यको परिकल्पनामा के त्रुटि छ?

Ethnic Prejudice Is A Pathology

Image
Ethnic prejudice, as directed against Madhesis, is a pathology. It is a sickness of the mind.


Democracy In Danger

Image
Democracy In Danger
The acute politicisation of the state and non-state organs, a re-emergence of status quoists, and a nexus between the traditional elite, the state bureaucracy, and security agencies ail our young democracy. The police all-too-often suppresses minority voices, whose crusade against marginalisation and discrimination collides with the pursuits of those in power........... Major political parties want to politicise the security and government agencies so that these agencies can be used to suit their interests and torment opponents, even when the parties are not in power. This is one reason the political parties accord such high priority to winning elections and forming a government. Politicisation pervades all sectors, including the education sector. Our primary schoolteachers have been so politicised that they influence public votes during elections. Elections in our country, thus, are deeply flawed. Often, state employees deployed for work during elections are found …

मोहन वैद्यलाई उपहार

Image
मोहन वैद्य गृह युद्ध गर्ने खाले मानिस होइनन्। तर dogmatic मान्छे चाहिं हुन। मोहन वैद्य त्यो बन्द घडी हो जो दिनमा दुई पटक सही समय दि रहेको हुन्छ।

बाबुराम सही हो। मार्क्सवाद एउटा जीवन्त विज्ञानं हो भन्ने बाबुरामको मान्यता हो। म मार्क्सवादी होइन। तर बाबुरामले मार्क्सवाद विज्ञान हो भन्ने कुरा बुझे जस्तो लाग्छ। मार्क्सवादको मोटामोटी ज्ञान मलाई छ, गहिरो ज्ञान छैन। लेनिनको जीवनी हाई स्कुल मै पढेको मैले तर।

तर यदि मोहन वैद्यले भारत, ब्रिटेन, अमेरिकामा जस्तो लोकतंत्र मान्दिन भनेका हुन भने त्यो बुझन सकिने कुरा हो। मार्क्सिस्ट किताबहरु वेद पुराण जस्तो गरी पढेको मान्छे। त्यति अडान पनि नलिए यो मोहन वैद्यले मार्क्सिस्ट किताबहरु पढ्न त पढ्यो तर बुझेन भन्नु पर्ने हुन्छ।

विज्ञानं जीवन्त हुन्छ। पुराना थ्योरीलाई नया तथ्यहरुले लत्याउन सक्छ। सच्चा मार्क्सवादी बन्द घड़ी जस्तो हुन सक्दैन। आइजक न्यूटनको गुरुत्वाकर्षणको सिद्धांतलाई आइंस्टाइनले परिमार्जन गरेकै हुन।

राजतन्त्र ध्वस्त भएको अवस्थामा, संघीयता आउन लागेको अवस्थामा क्रान्तिको यस स्टेजमा सबैभन्दा महत्वपुर्ण जिम्मेवारी भनेको क्रान्तिका अहिलेसम्मका उपलब्…

Human Rights Abuses: Not Acceptable

Image
Location map of Banke District (wp-EN), in Nepal (wp-EN). (Photo credit: Wikipedia)Juglal Tharu, a 15-year-old, and Mr. Maneshor Tharu, a 28-year-old, both residents of ward 5, Binauna Village Development Committee (VDC), Banke District, have been arrested unlawfully on 14 October 2014 and tortured while in custody. Two others Godiya Tharu, a 51-year-old and Sukkhan Tharu, a 35-year-old have been arrested along with them, but they have not been tortured yet. Area Police Office Bilauniya handed them over to the Area Police Office Kohalpur, Banke District, on 15 October 2014. District Superintendent of Police (DSP) Janak Bahadur Shahi from the Area Police Office Kohalpur gave the order for torture. Three unidentified police officers tied the victims up and beat them with hands and bamboo sticks. The police are using torture and intimidation, in the absence of proper investigation or evidence, to force them to take responsibility for the crime.............. Mr. Janak Bahadur Shahi, the D…

कति वटा राज्य भन्ने विवाद नै गलत हो

Image
कति वटा राज्य भन्ने विवाद लिएर नेताजीहरु कहिले असमावेशि ढंगले गच्छेदारको मुटु पोल्ने गरी गोकर्ण पुग्नु हुन्छ कहिले वानेश्वर त कहिले एक अर्काको घर।  

कति वटा राज्य भन्ने विवाद नै गलत हो।

छलफलको पहिलो विषय हुनुपर्छ केंद्र, राज्य र स्थानीय स्तरको शक्ति बाँडफाँड। त्यो बाँडफाँडमा सहमति भए पछि कति वटा राज्य भन्ने विवाद धेरै सजिलो भएर जान्छ।


संघीयता बिनाको संविधान = चोरलाई पुरस्कार

Image
पानी पर्यो। नीलो स्यालको रंग झरेछ। केपी ओली र गगन थापा हरुले राज्यको संख्या कम राखौं भनेको त नीलो रंग मात्र रहेछ। असली रंग त संघीयता बिनाको संविधान रहेछ। सहमति सकेसम्म नगर्ने, अनि, ए डेडलाइन त आएछ, संविधान त एउटा चाहियो, लौ एउटा जारी गरौं भन्ने?


यो संविधान सभाको गठन संविधान निर्माणको लागि भएको हो कि केपी ओलीलाई प्रधान मंत्री, विजय गच्छेदारलाई उप प्रधान मंत्री र गगन थापालाई मंत्री बनाउनका लागि भएको हो?

संघीयता बिनाको संविधान जारी गर्नु चोरलाई पुरस्कार दिनु जस्तो हो। सहमतिमा खुट्टा घिसारने उही केपी ओली, अझै उसैलाई हतार!


वीपी कोइराला र नेपालमा हिन्दी भाषा

Image
वीपी कोइरालाको शासनकालमा नेपालमा हिन्दी भाषाको जे स्थान थियो मैले अहिले नेपालमा हिन्दी भाषाको त्यही स्थान खोजेको हो। म काँग्रेसी होइन। म कट्टर anti काँग्रेसी हो। मेरो जीवन कालमा मधेसी समुदायको समानताको संघर्षमा प्रमुख स्थानीय र राष्ट्रिय शत्रु नै नेपाली काँग्रेस रहि आएको छ। र लोकतन्त्रको सबक मैले काँग्रेसबाट सिकेको होइन। मैले जाने बुझेको नेपालको काँग्रेस देश, सेना र पार्टीको लोकतांत्रिकरणमा सहायक होइन तगारो हो।

तर वीपी कोइरालाको महानता, मदन भण्डारीको महानता पार्टी राजनीति भन्दा माथि हो। अहिले देशको नम्बर एक प्रतिक्रांतिकारी शक्ति एमाले हो, त्यसको दोष म मदन भण्डारीलाई दिन्न।

वीपी कोइरालाको शासनकालमा नेपालमा हिन्दी भाषाको स्थान नेपाली भाषाको बराबरमा थियो। त्यो झुक्किएर भएको होइन होला। त्यो नेपाली भाषाको विकास नहुन्जेल कायम मुकायम आधारमा होइन होला। महेन्द्रले वीपीलाई तानाशाही तवरमा जेलमा मात्र कोचेनन् देशमा एक भाषा एक भेष एक धर्म पनि स्थापना गरे। (हिन्दी भाषा र नेपाल)

अहिले सम्विधान निर्माणको क्रममा महेंद्र र वीपी मध्ये एकलाई रोज्ने बेला हो। मैले देखे बुझेको काँग्रेसी र एमाले वाला हरु स…

Constitution Making In Nepal

संघीयता विरोधी, गणतन्त्रवादी गगनचुम्बी थापा

Image
सहमति हुने संभावना देख्दिन : गगन थापा संघीयतालाई थाँती राखेर संविधान जारी गर्न प्रस्ताव
संघीयतालाई थाँती राखेर संविधान जारी गर्न ओलीको प्रस्ताव



कांग्रेस र एमालेमा को ठुलो प्रतिक्रन्तिकारी भन्ने कुरामा होड़बाजी चले जस्तो देखियो। संघीयता बिनाको अन्तरिम संविधान जलेर मधेसी क्रांति भयो। अब मधेसी जनजाति संयुक्त क्रांति हुने देखिन्छ।

यो त टुटेकै देश हो

Image
ब्रिटिशले १८१६ र १८६० मा गरी दुई पटक गरेर नेपाललाई सुम्पेको मधेशमाथि त्यति बेला देखि अहिलेसम्म काठमाण्डुका शासकले उपनिवेशी व्यवहार गरेको तथ्य हो। मधेशका जिल्लामा पहाड़ी CDO, DSP, मधेशमा पहाड़ी पुलिस, प्रशासन र सेना। त्यो उपनिवेश होइन भने के हो? मधेशका ४० लाख व्यक्तिलाई बाबा वामदेवको गृह मन्त्रालयले नागरिकता पत्रबाट वञ्चित गरेको, देश तोड्ने व्यवहार त त्यो हो। यदि देशद्रोहको मुद्दा लगाउनै परे लगाउने त्यो वामदेवलाई हो। कुनै पनि देशको नागरिक नभएर कोही कसरी बस्न सक्छ? ती ४० लाख मधेसी नेपालका पनि नागरिक होइनन् र भारतका पनि नागरिक होइनन् भने तिनकालागि भए पनि एउटा मधेश देश त खड़ा गर्नु पर्ने भो नि त।

मधेश स्वराज भनेको मधेशमा पुलिस, प्रशासन र सेना मधेसी हुनु हो। संघीयता भनेकै त्यही हो। संसद र कानुन माथि राजालाई नमानेको मधेसी जनतालाई त्यो संसदमाथि हो नेपालको सेना भन्न खोजिँदैछ। नेपाल सेनामा मधेसीको समानुपातिक सहभागिता हुँदैन भने त्यो उपनिवेशी सेना हो, त्यो सेना रहेको देशसँग मधेसको कुनै सरोकार हुन सक्दैन। मधेश प्रदेशमा अहिलेको पहाड़ी पुलिसले law and order हेर्ने होइन। मधेश प्रदेशको आफ्नै प्रहरी जत्…

Lies, Damned Lies And Statistics

Image
"Lies, damned lies, and statistics" is a phrase describing the persuasive power of numbers, particularly the use of statistics to bolster weak arguments.

जनादेश, मतादेश र संघीयता
२०६२ मंसिरमा ७ दल र माओवादीबीचको १२ सूत्रीय समझदारीमा उल्लेख भएको राज्यको पुनःसंरचना गर्ने मिसनलाई मधेस आन्दोलनले त्यसको चरित्र संघीय र समानुपातिक हुने भनेर सैद्धान्तिक जग बसालेको हो। ..... समावेशी संघीयताको पक्षमा देखिएको जनमतलाई कदर गरी अन्तरिम संविधानले एउटा निर्देशनात्मक प्रावधान -धारा १३८) को व्यवस्था गरेको छ। जातीय, भाषिक, सांस्कृतिक, क्षेत्रीय लगायत अन्य क्षेत्रमा रहेको भेदभाव अन्त्य गर्न मधेसी, जनजाति र पिछडिएका क्षेत्रको स्वायत्त प्रदेशको चाहनालाई मुखरित हुनेगरी संघीय संरचना निर्माण गर्ने। जनआन्दोलन २ देखि पहिलो संविधानसभाको पहिलो वर्षसम्म माहोल पहिचानमय थियो। अरु त अरु एमाले र कांग्रेसले पनि क्रमशः १५ र १६ प्रदेशको खाका संविधानसभामा प्रस्तुत गरेका थिए। ...... जनआन्दोलन २ र त्यसपछि प्रकट भएका सामाजिक-राजनीतिक आन्दोलनको जनादेश भनेको पहिचानजनित संघीयता हो भन्ने कुरामा कुनै सन्देह छैन। ...... ब…

एमालेले चार राज्य भनेको

Image
एमालेले चार राज्य भनेको राजनीतिक tactics का हिसाबले संघीयता पक्षधर शक्तिकालागि राम्रो हो। यो कांग्रेस र एमाले बीच दुरी बढेको हो।

तर विजय गच्छेदारले नवलपरासी देखि कैलालीसम्मको थरुहट भनेको यो मान्छे ओली को उप प्रधान मंत्री बनाउने लोभमा फँसेको भन्ने बुझ्नु पर्छ। चितवन र मकवानपुर चट, कन्चनपुर चट। विजय गच्छेदार थारुको नेता हो भने घोर मधेसी विरोधी राम वरणलाई पनि मधेसी मान्नु पर्ने हुन्छ। दलीय राजनीतिभन्दा माथि बस्नुपर्ने राष्ट्रपतिले किन राज्यहरुको संख्या कम भएको राम्रो जस्ता विचारहरु दिनु परेको? त्यस्तो विचार व्यक्त गर्ने व्यक्ति राष्ट्रपति भवनमा होइन संसदमा बस्नु।

संघीयता पक्षधर हरु केपी ओली संग मात्र होइन विजय गच्छेदारसँग पनि सावधान हुनुपर्ने देखिएको छ।

संविधान निर्माण हुनु अगाडि केपी ओली प्रधान मंत्री बन्नु राम्रो हुँदैन, किनभने नेपालको राजनीतिमा मधेसी र जनजातिको नंबर एक विरोधी भनेको नै एमालेका बाहुनहरु हुन। जातीय विभेदका बारे बुझ्ने राजनीतिक अस्त्रहरु मध्ये मार्क्सवाद पनि एक हो। तर यी एमाले वाला हरुको राजनीतिक corruption को कुनै सीमा छैन। यी कुनै जमानामा मार्क्सवादी थिए होलान तर अहिले…

पहिचान बिनाको संघीयता, पहिचान बिनाको देश, पहिचान बिनाको विश्व, पहिचान बिनाको परिवार

Image
पहिचान बिनाको संघीयता चाहनेले पहिचान बिनाको देश, पहिचान बिनाको विश्व, पहिचान बिनाको परिवार पनि चाहनु पर्यो। तपाईं आफ्नो परिवारमा नेपाली बोलेर पहिचान स्थापित गरिरहनु भएको छ भने त्यो विखण्डनवादी व्यवहार त्याग गर्नुस्, देशलाई कुनै झण्डाले पहिचान दिराखेको छ भने त्यो किन? देशलाई सगरमाथा र बुद्धले पहिचान किन दिएको? विचार गरौं। हामी कहाँ चुकि राखेका छौं?


संघीयता महँगो हो भने

Image
अहिलेका प्रधान मंत्री सुशील कोइराला र आफुलाई भावी (next) प्रधान मंत्री भन्ठान्ने केपी ओली दुईटै बाहुनले संघीयता महँगो व्यवस्था हो, त्यसैले संघीयतामा जाने नै हो भने सकेसम्म कम राज्य बनाऊँ ताकि खर्च कम लागोस भन्ने तर्क अगाडि सारेका छन।

अहिले सरकार चलाउन २०० अरब लाग्छ र संघीयतामा गए ३०० अरब लाग्ने हो भने संघीयतामा जाने नै किन? संघीयतामा गएर यदि तीन राज्य बनाए ३०० अरब लाग्छ तर १० राज्यमा गए ६०० अरब लाग्छ भने त्यस्तो वाहियात काम किन गर्ने?

यदि खर्च त्यसरी बढ्छ भने संघीयता नेपालको माटो सुहाउँदो होइन रहेछ भन्ने थाहा हुन्छ। अनि, गरीब देश, संघीयतामा नजाने, अहिलेको नेपालको माटो सुहाउँदो एकात्मक व्यवस्था नै कायम राख्ने।

मैले यो महेन्द्रको पंचायती भाषा जानी जानी बोलेको। सुशीलले माला लगाउँछन् वीपीको तस्वीरमा तर नीति मान्छन् महेन्द्रको। अजब देश गजब नगरी। अहिलेको एकात्मक संरचना महेन्द्रको एक भाषा एक भेष एक धर्म नीतिमा आधारित छ। संघीयता भनेको त्यो गल्तीलाई ध्वस्त पार्ने बम नै हो। State restructuring मा संरचनात्मक तोड़फोड़ हुन्छ नै।

संघीयता महँगो हो भने पनि चाहिने कुरा हो। न्याय महँगो भो भनेर अन्याय का…

नेपालमा आर्थिक क्रान्ति र न्यु यर्कका नेपाली (2)

Image
English: Nepali sadhu performing a blessing. Français : Sadou à Kathmandu Nepal avril 2004 ‪Norsk (nynorsk)‬: Heilag mann i Katmandu i Nepal, med pannemerke, symbolmønstra klede, rosenkrans rundt halsen og handa forma i ein mudra. (Photo credit: Wikipedia) Citizenship without political rights is an oxymoron. Dual citizenship without political rights for the Non Resident Nepalis (NRNs) is not an option. Such an arrangement would be crippling.

People complain about brain drain. Oh, the smart Nepalis left the country, what to do! Then why not work on brain gain!? Dual citizenship with full political rights is a brain gain concept. It is the single best policy decision the power brokers in Kathmandu can make for Nepal's rapid economic growth. Why are the smartest Nepalis on the planet pleading with those power brokers as if they were some kind of a persecuted minority!? Why are they not talking like people who have much to contribute? And all they are asking for is vehicles with which…

1K Per Nepali: Crunching Some Numbers

Image
Last week at a Diwali Party a great idea was floated. Nepali professionals in NYC should put 1K each into a pool which would be in the form of a company. There would be a small Executive Committee that would invest in early stage Nepali origin high tech startups following pre-approved guidelines. The company would also invest in startups based in Nepal.

Let's say 100 Nepalis got together and put in 1K each. You can't invest in every tech startup that comes along just because they are Nepali origin. And not all startups in which Nepalis are involved are looking for money, especially small money like this fund might have. At that event there were two Nepalis who were already working for tech startups. But neither were Founders. And both startups were well funded in their own right.

So with this startup you are looking for Nepali Founders.

Money invested in the stock markets grows at an average annual rate of 10%. Money invested in the US Treasury bonds gives you 5% or less. But…