मधेसी दलको मोहन वैद्य सँग सहकार्य कसरी संभव छ?



मोहन वैद्य र मधेसी दल हरु लाई एकै ठाउँ मा राख्नु सुशील ले गोटी चालेको हो। किनभने मधेसी दल हरु लाई discredit गर्न गार्हो छ। तर मधेसी दल हरु र मोहन वैद्य एक ठाउँ मा आएमा तिनी हरुलाई सामुहिक रुपले discredit गर्न एकदम सजिलो हुन्छ। १० वर्ष अगाडि एक दलीय तानाशाही मा विश्वास गर्दै आएका माओवादी त मोहन वैद्य लाई नपत्याएको अवस्था छ। मोहन वैद्य बहुदलीय लोकतंत्र नमान्ने, खुला बाजार अर्थतंत्र नमान्ने, अथवा मिश्रित अर्थतंत्र नमान्ने।

मधेसी दल ले दलित र थारु को उदहारण हेर्ने हो। सबै पार्टी का ४० दलित सभासद एक ठाउँ मा उभिएका छन। सबै पार्टी का ४० थारु सभासद एक ठाउँ मा उभिएका छन। अहिले को संघर्ष त्यो हो। अहिलेको संघर्ष संविधान सभा भित्र को अंक गणित को संघर्ष हो। संविधान सभा भित्र का १०० मधेसी एक ठाउँ मा आउने बेला हो यो। काँग्रेस का मधेसी सभासद हरु आफ्नै पार्टी भित्र भन्दैछन् त -- यो मस्यौदा लगेर हामी मधेस छिर्न सक्दैनौं।

संविधान सभा भित्र का १०० मधेसी एक ठाउँ मा ल्याउने प्रयास मा खुट्टा घिसारने मधेसी हरु भोलि गएर चुनाव हार्ने मधेसी हरु हुन। त्यसैले मधेसी दल ले दुबै हातमा लड्डु मान्नुपर्छ। १०० सभासद आए राम्रो संविधान बन्ने, न आउने हरु को चुनावी धरातल सखाप भएर मधेसी दल को भाग मा आइपुग्ने।

अंतरिम संविधान सँग नबाझ्ने र पहिलो र दोस्रो संविधान सभा का सहमति समेटने संविधान बनाउन अहिले को संविधान सभा भित्र को अंक गणित काफी छ। आम सभा हरु गर्दै गरे हुन्छ। संगठन विस्तार को लागि राम्रो वातावरण छ।

तर अहिले को लडाइ संविधान सभा भित्र को अंक गणित को लडाइ हो। मोहन वैद्य संविधान सभा भित्र हुँदै नभएको मान्छे। उसँग सहकार्य गर्नु को के मतलब?

राजेश हमाल को नौटंकी
थारु जागे
बाहुनवाद को इतिहास
अमरेश लाई काँग्रेस ले कारवाही गर्न मिल्दैन
मधेसी मोर्चा जाग्यो
नेपाल भारत बीच को सम्बन्ध राम्रो छैन
दलित पछि अब थारु पनि जागे
नेपाल सेना र नया संविधान
केपी ओली को हिन्दी र कुर्ता, धरहरा र देश
कोचिला बारे सीके राउत
नेपालको इतिहास मा दुई वटा मात्र क्रान्ति भएको छ
दलित सक्रियता सराहनीय छ
७० लाख भुमिहीन
सुधारिएको एकात्मक व्यवस्था कि संघीयता
संविधान जलेको आगो आतिशबाजी र दियो हो भने
डकैती
आर्थिक क्रान्ति
पाकिसकेको भात काग लाई खान नदिऊँ
मधेसी दलदल हरु
मुजफ्फरपुर मा मधेसी आंदोलन लाई समर्थन
जानै परे तेस्रो संविधान सभा सम्म जान तयार
दलित मधेसी भन्दा अगाडि देखियो

जनता भनेको नेता भन्दा चलाक हुन्छ। बिज़नेस मा भनिन्छ the consumer is always right, त्यस्तै लोकतंत्र को फोर्मुला हो, the voter is always right. विगत चुनाव मा जनताले माओवादी र मधेसी लाई हरायो सही गर्यो। त्योभन्दा अगाडि कड़ा मैंडेट दिएको हो। तर त्यो मैंडेट ले संविधान बनाउन छोडेर माओवादी कटुवाल सँग निहुँ खोज्दै बस्यो, मधेसी सरकार बनाउने उठापटक मा व्यस्त रह्यो, संविधान चाहिँ बनाएनन्। अनि जनता ले सजाय दिएको हो। सही गर्यो।

अहिले पनि संविधान बनाउन चाहिने पर्याप्त शक्ति जनता ले दिएको छ। अनि मधेसी दल ले संविधान सभा भित्र का मधेसी एक ठाउँमा ल्याउने काम मा फोकस नगरेर खाली सड़क सड़क भन्यो भने जनता आउँदैन। किन आउँछ? नेता ले आफ्नो राजनीतिक गृहकार्य नगर्ने? अनि मधेसी दल ले फेरि लोप्पा खान्छ।

राजनीतिक गृह कार्य भनेको आफुले alternate मस्यौदा पेश गर्न सक्नु। राजनीतिक गृह कार्य भनेको संविधान सभा भित्र का सबै मधेसी लाई निश्चित मुद्दा मा एक गर्न सक्नु। त्यस का लागि सबै सहमत हुने एजेंडा बनाउनु पर्ने हुन्छ। "हामी मान्दैनौं" ले वैतरणी तरन सकिँदैन।

अहिले को संघर्ष यही हो। राजनीतिक गृह कार्य हो। जनता मुर्ख होइन। सबै कुराको मुल्यांकन गरेर बसेको छ जनता।

मस्यौदा समिति ले जे सुकै भने पनि, संवाद समिति ले जेसुकै भने पनि आखिर संविधान सभा भित्र संविधान को एक एक धरा एक एक गरेर पास गर्नु पर्ने हुन्छ। त्यहाँ व्हिप जारी हुँदैन। अनि त्यो अंक गणित को लडाइ को लागि तयारी गर्ने हो। एकै चोटि १११ पाना मा बिना छलफल मतदान हुने होइन। प्रत्येक धारा मा छलफल र मतदान हुन्छ।



Comments