Sunday, July 26, 2015

मुजफ्फरपुर मा मधेसी आंदोलन लाई समर्थन




















राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा लैङ्गिक सन्तुलन हुनुपर्नेमा जोड
‘१६ बुँदेबाट दायाँबायाँ लागे संविधान जारी नहुने खतरा’
जनमत संकलनमा आएका सुझावहरुलाई दलीय सहमति भएको अवस्थामा मात्र समेटेर अघि बढ्न सकिने ओलीले उल्लेख गरे । ...... अधिकांश सदस्यहरुले जनताका सुझाव अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी छोड्न नहुने धारणा राखेका थिए । एमाले चुनावमा बेलामा नै राख्दै आएको उक्त धारणा परिवर्तन गरिएको भन्दै सदस्यहरुले आपत्ति जनाएका थिए । ...... ओलीले बैठकमा भने, ‘ढिलोमा साउन अन्तिम सम्ममा संविधान जारी गर्नैपर्छ ।’ ..... प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा छोड्दा एमालेको आफ्नो पहिचान नै बिग्रेको टिप्पणी गरेका थिए । ..... प्रदेशमा समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने, केन्द्रीय संसदको प्रतिनिधि सभालाई प्रत्यक्षमात्र बनाउनुपर्नेमा अझै पहल गर्न उनीहरुले नेतृत्वको ध्यानाकर्षण गराएका थिए । ...... केन्द्रि सदस्य झाँक्री लगायतले नागरिकतामा आमा र वाबुको सट्टा आमा वा बाबु नै शब्द राख्नुपर्ने धारणा पेश गरेका थिए ।

तर, अध्यक्ष ओलीले नेपाली नागरिक सबैले नागरिकता प्राप्त गर्ने भन्दै ज्वाइँ र बुहारीलाई एउटै प्रावधान लागू नहुने भन्दै जवाफ दिए । ..... बैठकमा वडाअध्यक्ष प्रत्यक्ष चुन्न पाउनुपर्ने धारणा सदस्यहरुले राखेका थिए । त्यसमा ओलीले प्रत्यक्ष नै चयन हुने मस्यौदामा प्रिन्ट गर्दा गल्ती भएको भन्दै स्पष्टीकरण दिएका थिए । त्यसपछि सदस्यहरुले गम्भीर बिषयमा गल्ती गर्ने व्यक्तिहरुलाई किन जिम्मेवारी दिएको भन्दै मस्यौदाको कामा संलग्न रहेका नेताहरुप्रति अपत्ति जनाएका थिए ।

अब मधेसीको मुद्दा भारतीय संसदमा उठाइने चेतावनी
नेपालमा निर्माण हुन लागेको संविधानविरुद्धमा भारतीय सांसदले भारतको राज्य सभा तथा लोकसभामा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ....... नेपालको सिमाक्षेत्रसंग जोडिएको भारतीय क्षेत्रबाट निर्वाचित भएका सांसदहरुले मधेशीमाथि भइरहेको विभेदको विषयमा आवाज उठानुको साथै निर्माण हुन लागेको विभेदकारी संविधानलाई लोकतान्त्रिक सविधान निर्माणमा परिर्वतन गर्न पहलका लागि भारत सरकारलाई आह्वान गर्ने सांसदहरुले बताएका छन् । ........

विजेपी नेता एवम् मुजफ्फरपुरबाट निर्वाचित सांसद अजय निसादले नेपाल सरकारले निर्माण गर्न लगेको संविधानले नेपाल भारतको सम्बनधलाई ठुलो असर पार्ने भएकाले सताप्दीऔ पुरानो सम्बन्धलाई जोगाउन भारत सरकारले पहल गरोस भन्दै संसदमा कुरा उठाउने जानकारी दिए ।

..... उनले चाइनाको इसारामा नेपाल सरकारले निर्माण गर्न लागेको संविधानले नेपाल भारत बीचको सम्बन्धलाई दीर्घकालिन नकारात्मक असर पर्ने र दुवै देशका जनता समेत प्रभावित हुने भएकाले जनाविरेधी र मधेश विरोधी संविधान निर्माणलाई रोक्नका लागि सदनसंग अनुरोध गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद निसाधले नेपाल सरकारको विभेदकारी संविधानको विरोधमा मधेशीले गर्दै आएको संघर्षमा सिमाक्षेत्रमा रहेका भारतीय नागरिकले तनमन धनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ...... कार्यक्रममा मुजफ्फरपुरबाट निर्वाचित भएका राज्सय सभासदस्य डा अनिल सहनीले सरकारले मधेशी जनतामाथि विभेदकारी संविधानमार्फत महाभुकम्प ल्याएको बताउँदै उनले मधेशीले विभेदमा पारी ल्याउन लागेको संविधानको विरोधमा आफुहरु लाग्ने बताए । राज्यसभामार्फत मधेशीको अधिकारलाई सुनिश्चित गर्दै नेपालका समतामुलक समाज निर्माणकालागि भारत सरकारले पहल गर्न अनुरोग गर्ने राजइ सभासदस्य सहनीले बताए । ..... कार्यक्रममा फोरम नेपालका उपाध्यक्ष एवम् सभासद लालबाबुराउत गद्दी, पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले नेपलमा भई रहेको विभेद र अलोकतान्त्रिक संविधान निर्माण वारे जानकारी गराएका थिए । ...... कार्यक्रममा विधायक सुरेश चन्चल, पूर्व विधायक गणेश भारती, पूर्व उप मेयर विवेक कुमार, राजदका विहार प्रान्त प्रवक्ता एकबाल महम्द समी, भाजयुमोका प्रदेश अध्यक्ष राजेश बर्मा,भाजपा नेता वेवि कुमारी, वाड पारषद केपि पपु, भाकपा माले न्यु डेमाक्रेसि का सचिव रुदल राम, लोजपा जिल्ला अध्यक्ष रामेश्वर महतो पपु, अधिवक्ता सुधिर ओझा, जदुयु नेता इरफान दिलकस, समाजीक कार्यकर्ता राकेश कुमार सिंह, सशिरन्जत, संचाकर्मी सितेश कुमार लगायतका विभिन्न राजनीतक दलका नेता, कार्यकर्ता समाज सेवी लगायतको उपस्थिती रहेको थियो ।

No comments: