Wednesday, February 11, 2015

केपी आलु को तालु


प्रधान मन्त्री सुशील कोइराला ले आफ्नो पदको शपथ ग्रहण गर्दा संविधान मान्छु र त्यसको रक्षा गर्छु भनेर भनेको हुनुपर्छ। संबिधानमा भनेको छ त "स्वायत्त मधेस प्रदेश" --- त्यसको विपरीत जाने प्रधान मंत्री ले आफ्नो पद बाट राजीनामा दिने हो।

केपी आलु बाजे सधैं चुनाव हारने मान्छे, अस्ति हारे कि जिते मलाई थाहा भएन। जितेको भए उसले पनि शपथ ग्रहण गरेको हुनुपर्छ। समारोहमा ढिलो पुग्यो होला, त्यो आफ्नो ठाउँमा छ, तर शपथ त खाएको हो। उसले पनि संविधान मानेको छैन। "स्वायत्त मधेस प्रदेश" संविधानमा छ।

संविधान नमान्ने अर्को वामे हो। मानव अधिकार, वाक स्वतंत्रता, आम सभाको स्वतंत्रता --- त्यो सब संविधानमा भएको कुरा।

नेपाली भन्ने शब्द नै जातीय हो। आसाम र बर्मा मा जब कसैले "म नेपाली" भन्छ त्यो जातीय बोली हो। ४०० वर्ष देखि त्रिनिडाड मा बसेको बिहारीले "म बिहारी" भन्छ, त्यो जातीय बोली हो। यहूदी हरुको पनि जात छ। केनेडी हरु आफु आयरिश भन्छन। त्यो जात हो।

नेपालका विभिन्न समुह मध्ये जति सांस्कृतिक धन मैथिलि र नेवारी हरु सँग छ त्यति कसै सँग छैन। त्यो धन लाई केपी आलु ले प्रदुषण मान्छ। दिमागमा कीड़ा परेको मान्छे। चीन ले दलाई लामा जस्तो मान्छे लाई आतंकवादी भने जस्तो।

लेनिनले पनि जातीय कुरा गरेका थिए। वर्गीय शोषण र जातीय शोषण को मेल छ भन्ने निष्कर्ष लेनिनको थियो। मार्क्सवाद र लेनिनवाद का किताब हरु पढेको भए पो यो कुरा केपी र वामे लाई थाहा हुने।

माधव नेपाल ले मतदाता नामावली बाट फालेका ४३ लाख मधेसी सब भूमिहीन हुन। तिनको जातीय शोषक माधव नेपाल। तिनको वर्गीय शोषक माधव नेपाल। केपी आलु भन्दा ठुलो जातीय शोषक नेपालको राजनीति मा आजको मिति मा अर्को छैन।

केपी आलु ले विकासका कुरा गर्न सुहाउँदैन। नेपाल गरीब भएकै एकात्मक व्यवस्थाले हो। यो कुरा केपीले यो जुनी मा बुझ्न सक्ने संभावना छैन। त्यही बिजुली, जागीर, विकास को कुरा गर्न हो संघीयता चाहिएको। मधेस राज्य भएको भए हुलाकी राजमार्ग उहिले बनिसक्ने। थरुहट राज्य भएको भए थारु हरु त्यस्तो गरीब नहुने।

यो कॉमेडियन केपी ---- आफु जस्तै बाहुन हरु लाई एक ठाउँ मा भेला गरेर हँसाई रहेको छ। मनोज गजुरेल ले अरुको नक्कल गर्छ। केपी लाई आफ्नै नक्कल गर्दै फुर्सद छैन।

केपी आलु लाई संघीयता बारे तिम्रो के छ त विचार भनेर सोध्नु भनेको ज्ञानेन्द्र लाई गणतंत्र बारे तिम्रो के छ त विचार भनेर सोध्नु बराबर हो। उसको विचार सोध्नु पर्ने जरुरत नै छैन। संघीयता संविधानमा आइसकेको कुरो, "स्वायत्त मधेस प्रदेश" संविधानमा आइसकेको कुरो।

"मैले मान्दिन" भनेर जब केपी अथवा कंस सिटौला अथवा शेरे ले जब भन्छ, त्यो के भनेको? कस्तो अहंकार! संविधानमा आइसकेको कुरो।


No comments: