Monday, October 02, 2017

एमाले माओवादी एकीकरण ले देशको राजनीति तख्तापलट भयो
















एमाले माओवादी एक पद एक उम्मेदवार मा गयो। नेपाली काँग्रेस विपक्षी दल बन्यो। हेर्दा ओली ले बाजी मारे जस्तो देखिन्छ। तर यो प्रचंड को चतुर्याई हो। स्थानीय चुनाव पछि हाफ साइज पनि नभएको दल ले झन्डै ५०-५० को औसत मा डील गर्यो। दुई नंबर प्रदेश को जनता लाई ठाडै झुक्याइ दिए। संसोधन प्रस्ताव फेल हुन्छ र मात्र माओवादी र काँग्रेस ले सपोर्ट गरेका हुन।

नवलपरासी मा छाता चुनाव चिन्ह कुनै ब्रांड नेम नै होइन। अनि हृदयेश ले सुर्य समाते। मधेसको पद्म रत्न? संविधान संसोधन बारे आफ्नो अडान एमाले ले फरक बनाएको समाचार कतै आएको छैन।

यस विकासक्रम ले काँग्रेस, राजपा र फोरम माथि व्यापक दबाब डालेको छ। कि चुनाव अगाडि नै हार मान कि व्यापक गठबंधन गर। राजपा र फोरम ले अहिले को अहिले एकीकरण गर्नै पर्छ। र प्रदेश २ मा ६० राजपा र ४० काँग्रेस का हिसाबले जानुपर्छ।






Sunday, October 01, 2017

मधेस अलग देश विरुद्ध का तर्क हरु

फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार

  1. सीके राउत संग स्पष्ट रोडमैप भएको देखिएन। दुई चार लाख मधेसी ले कोठली बाहर मतदान गर्यो भने देश अलग हुन्छ? दुई चार लाख त के २०-३० हजार ले पनि कोठली बाहर मतदान गरेको आँकड़ा आएको छैन। भेदभाव छ। तर बंगलादेश नै जन्माउने किसिमको चरम दमन अहिले छैन। राजेंद्र महतो ले भनेका छन, ३० देखि ३०० मत मात्र ले हामी ले १०-१२ ठाउँ मा हार्यौ। त्यो कोठली बाहर मतदान गर्ने वाला हरुले गर्दा हो कि? राजपा ले ३८ सीट नजितेर २६ सीट मात्र जितेर स्वराज अभियान लाई के फाइदा भयो? मधेस कसरी बढ़ी सशक्त भयो? 
  2. घरी कोठली बाहर मतदान, कहिले आफै स्थानीय सरकार घोषणा गर्ने कुरा, यो रणनीतिक दिशाहीनता को संकेत हो। 
  3. जनमत संग्रह आफै गर्ने कुरा पनि टाइम टाइम मा भनेका छन। त्यो कसरी संभव छ? त्यत्रो अरबों को बजट कहाँ बाट आउँछ? मधेसको प्रत्येक गाउँ र नगर मा एकै पटक निर्वाचन आयोग ले त गराउन सक्दैन भने स्वराज अभियान ले कसरी गराउला? पैसा को मात्र कुरा होइन। मैनपावर कहाँ बाट आउँछ? सेना प्रहरी सँग भिड़ंत होला। त्यसको स्ट्रेटेजी के? 
  4. ब्रिटैन र भारत लाई एउटै देश बनाएर देश भरि एक व्यक्ति एक मत गरेको भए म भन्ने थिएँ भारत लाई अलग देश नबनाउ। बरु ब्रिटैन माथि चुनाव को बाटो कब्ज़ा जमाउ। मधेस संगठित भयो भने सारा देश खाने हो। किन अलग देश चहियो? लिच्छवि भनेको मधेसी नै हो। मधेसी ले काठमाण्डु माथि शासन गर्यो भने त्यो प्रथम पटक हुने होइन। 
  5. मोदी सँग सिक्ने। डेवलपमेंट। विकास। विकास माथि मुख्य रूपले फोकस गर्ने। मोदी तेली। सीके जस्तै वैश्य। चायवाला। भारत को नेतृत्व मा त्यो पृष्ठभुमि बाट पुग्नु चमत्कार हो। तर तेली तेली भन्दै पुगेनन। विकास विकास भन्दै पुगे। 
  6. हाइड्रो पावर को पनि कुरा छ। हाइड्रो डॉलर खान पनि मधेस नेपालमा बस्नु पर्छ। 
  7. मुग़ल का समय मधेस भारत मा थियो। मधेस, बिहार, उत्तर प्रदेश एउटै ढिक्का हो संस्कृति का हिसाबले। छिमेकी ले अलग देश को कुरा नगर भन्दा सुनिदिंदा के बिग्रियो? 
  8. राजपा र फोरम मा एक से एक दिग्गज नेता हरु छन। तिनी हरु सँग आमने सामने वार्तालाप गर्न किन चाहँदैनन सीके? डिबेट गर्नु पर्यो। मेरो गोरुको बारहै टक्का भनेको लिडे ढिपी (intellectual arrogance) भयो। 
  9. नेपालका सम्पुर्ण नदी हरु बारे दक्षिण एशिया स्तर बाट सोच्नु पर्ने छ। बिजली का लागि। पानी का लागि। त्यस का लागि मधेस अलग देश भयो भने झमेला हुन्छ। अहिले नै त्यत्रो लफड़ा छ। लफड़ा झन बढ्छ। यो दक्षिण एशिया लाई विकसित बनाउने रोडमैप हो। यसलाई डिस्टर्ब किन गर्ने? 


फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार



मधेस अलग देश विरुद्ध का तर्क हरु
सीके राउत ले कोर्स करेक्शन गर्नु जरुरी छ
फोरम र राजपा बीच एकीकरण: किन र कसरी?
सीके ले कोठली बाहर होइन आफ्नो कोठली भितर मत बटुलेको राम्रो
तेस्रो चरणको स्थानीय चुनावको संभावित मैंडेट: फोरम र राजपा एकीकरण गर
सीके राउत ले चुनाव लड्ने बाटो किन थुनि दिएको?
उपेंद्र यादव र विजय गच्छेदार लाई राजपा को अध्यक्ष मंडल मा ल्याउनै पर्छ
राजपा मधेसमा पहिलो अथवा दोस्रो शक्ति बन्ने देखिन्छ
संविधान संसोधन का मुद्दा हरु

राजपा ले छलांग मार्ने सिनारिओ (SCENARIO)
मधेस आन्दोलनको आध्यात्मिक पक्ष
सीके राउत ले चुनाव लड़नै पर्ने कारण हरु
निकट भविष्यको संविधान संसोधन का लागि चाहिने अंकगणित
संविधान DERAIL को बाटो, संविधान संसोधनको बाटो र सीके राउतले चुनाव लड्ने बाटो
मधेस क्रांति, राजपा र यो मोड़
महंथ ठाकुर, उपेंद्र यादव, सीके राउत र मधेस
राजपा र तेस्रो चरणको चुनाव

यसलाई अंकगणित भनिन्छ। अरिथमेटिक। कुनै एउटा औँला ले मुट्ठी बनेको देखिएन र भनेको। तीन वटै लट्ठी एक ठाउँ मा आउ भनेर भन्नु परेको। उपेंद्र समाजवादी हो भने हृदयेश अझ मास्को मा ट्रेनिंग प्राप्त समाजवादी हो। सीके राउत बौद्धिक हो भने महंथ ठाकुर पनि पढंते हो। महंथ लाई इंडिया मा नेपाली राजनीति को प्रणव मुखर्जी र मनमोहन सिंह टु इन वन भन्ने हरु छन। उपेंद्र ले पहाडका जनजाति समातेका छन भने त्यो राम्रो कुरा हो। सीके राउत को मधेस अलग देशको नारा त्याग्नु जरुरी छैन। रोडमैप मात्र सबैलाई पाइक पर्ने हुनुपर्यो। संघीय नेपालको कुनै पनि प्रदेश ले आत्म निर्णय का लागि प्रदेश सभा को बहुमत का आधारमा जनमत संग्रह गर्न पाउनु पर्ने किसिमले नेपालको संविधान संसोधन गर्ने लक्ष्य राख्न सकिन्छ। तर त्यसलाई प्रचंड को साम्यवाद जस्तै गरी बैकबर्नर मा राख्नुपर्छ।

एकीकृत पार्टी को नाम राजपा। चुनाव चिन्ह मशाल। अध्यक्ष दुई महंथ र उपेंद्र। महामंत्री सीके। अनि सीके ले प्रदेश सभा को चुनाव लड्ने र दुई नंबर प्रदेश को मुख्य मंत्री को पुर्व घोषित उम्मेदवार। यस एकीकृत पार्टी ले मधेस (२) र थरुहट (५) दुबै लिन्छ। तराई स्वीप गर्छ। तराई को ७०% बढ़ी सीट लिन्छ। संविधान संसोधन आफ्नो बलबुता मा गर्छ।



Saturday, September 30, 2017

सीके राउत ले कोर्स करेक्शन गर्नु जरुरी छ








सीके राउत को कथन हो काठमाण्डु ले मधेसलाई केही सय वर्ष देखि उपनिवेश बनाएर राखेको छ। ब्रिटिश शासन बाट भारत स्वतंत्र भए जस्तै नेपाल बाट मधेस स्वतंत्र हुनुपर्छ। मधेसी ले एक व्यक्ति एक मत लोक्तन्त्र वाला समानता पाउने त्यो बाहेक अर्को बाटो छैन। साबिक मधेसका २०-२२ जिल्ला लाई त्यो भविष्य को मधेस देश मानेका छन।

सीके ले मधेसको इतिहास को गहन अध्ययन गरेका छन। मधेसी स्थानीय हो, बरु काठमाण्डु को शासक वर्ग बाहिर बाट आएको भनेर प्रमाणित गरेका छन। सीकेमा बौद्धिक प्रखरता छ। मधेस आंदोलन को दशकौं लामो इतिहासमा कुनै पनि मधेसी नेताले यति धेरै पुस्तक हरु त के एउटा पुस्तक पनि लेखेका छैनन। संगठन निर्माण गर्ने क्षमता छ। तथ्यगत विश्लेषण गर्ने गर्छन। सफा इमेज छ। त्यागको इमेज छ। एउटा करिश्मा छ जसले विशेष गरी नया पीढ़ी लाई आकर्षित गरेको छ।

मधेसी प्रति विभेद छ। त्यो त धेरैले भनेका छन। त्यस समस्याको समाधान के त? पहिलो संविधान सभामा माओवादी र मधेसी ले संघीयता लागु गर्ने किसिमको मैंडेट पाएका हुन त। तर त्यो मैंडेट प्रचण्डले खेर फाले। साम्यवादको सपना देखेर। त्यति बेला संघीयता इमान्दारीपूर्वक लागु गरिएको भए देश र मधेस अर्कै दिशा र गति मा अगाडि बढिसकेको हुने थियो। काठमाण्डु ले बेइमानी गर्यो। पुराना शक्ति हरुले बेइमानी गरे। स्थायी सत्ता ले बेइमानी गर्यो। अनि सीके को राजनीतिक जन्म भयो। संघीयता बिना समानता संभव छैन। संघीयता मान्दैन भने एक मात्र उपलब्ध बाटो मधेस अलग देश हो। सोंच त्यो हो।

मधेस आंदोलन १ भयो। मधेस आंदोलन २ भयो। मधेस आंदोलन ३ भयो। तर त्यो प्रत्येक पटक संघीयता का लागि भयो। समावेशिता का लागि भयो। मधेस अलग देश का लागि क्रांति भएकै छैन। सीके ले बदर वोट मागे। कति प्रतिशत पाए त? भने पछि खोइ त मैंडेट? मधेस अलग देश को एजेंडा भएको पार्टी दर्ता गर्ने प्रावधान नै छैन नेपालको संविधान मा। भने पछि क्रांति एक मात्र उपलब्ध बाटो हो। त्यो बाटो उपलब्ध छ त? मधेसी ले एक व्यक्ति एक मत पाइ सकेको छैन। तर झन्डै झन्डै एक व्यक्ति एक मत पाएको छ त। संविधान संसोधन बाट एक व्यक्ति एक मत नै पाउने संभावना निकै बढ़ी छ। अनि त क्रांति को संभावना नै रहँदैन। चुनाव हुन्छ, क्रांति हुँदैन।

नेपालमा लोकतंत्र छ। लोकतान्त्रिक राजनितिक धरातल बड़ो चलायमान हुन्छ। छिन छिन मा धरातल बदलिरहन्छ। राजनीति गर्ने ले त्यो बदलिँदो धरातल को हेक्का त राख्नै पर्छ। मेरो गोरुको बारहै टक्का भन्ने ठाउँ हुँदैन।

पहिलो कुरा त जनमत कै आउँछ। मधेसमा जनमत मधेस अलग देशको पक्षमा छैन। कमसेकम अहिले छैन। भविष्यमा निर्माण हुने संभावना पनि छैन। संविधान संसोधन भएर मधेसी ले एक व्यक्ति एक मत पायो कि सीके राउत को खेल खतम।

सीके राउत को मधेस अलग देशको नारा एउटा बंद घड़ी जस्तो हो। बंद घड़ी ले दिनमा दुई पटक सही समय दि राखेको हुन्छ। कि नेपालमा २०१७ साल फेरि आउनुपर्यो र मधेसी को अधिकार पुरा खोसिनुपर्यो। कि बर्लिन को पर्खाल भत्किए आकारको घटनाक्रम विश्व राजनीति मा आएर चीन र भारत सोवियत संघ जस्तै विघटन हुनुपर्यो। त्यो दुबैको संभावना मैले देखिराखेको छैन। राजनीतिक एकीकरण को फाइदा यही हो कि फ्रांस र जर्मनी दुबै राजनीतिक एकीकरण गर्न चाहन्छन। बिहार र बंगाल बीच जुन कि अहिले नै छ।

सीके राउत ले कोर्स करेक्शन गर्नु जरुरी छ। पार्टी दर्ता गराउनु पर्छ। चुनाव लड्नु पर्छ। प्रचंड ले साम्यवाद छोडेका छैनन। Backburner मा राखेका छन। त्यसै गरी सीके ले मधेस अलग देशको नारा लाई बैकबर्नर मा राख्न सक्नुपर्छ। संविधान संसोधन गरेर कुनै पनि प्रदेश सभा ले बहुमत का आधारमा अलग देश का लागि जनमत संग्रह गर्न पाउने कुरा लाई एजेंडा बनाउन पाइयो।

फोरम र राजपा का लागि मधेस अलग देशको नारा नजाने गाउँको बाटइ नसोध्नु जस्तो हो। किन होला? भुराजनीति। Geopolitics .  भारतले कुनै पनि हालतमा मधेस अलग देश हुन दिँदैन। र नेपालको राजनीति मा भारत भनेको सोलर सिस्टम मा सुर्य जस्तो हो। तर त्यही भारत मधेसी लाई समानता दिलाउन जेसुकै गर्न तैयार देखिन्छ।

लक्ष्य मधेसी ले समानता पाउने हो। लक्ष्य त मधेस अलग देश होइन। बरु मधेस अलग देश को नाराले लक्ष्य प्राप्ति बाट सीके लाई डाइवर्ट गरेको देखियो। सीके को राजनीतिक उर्जा खेर गैराखेको छ।

सीके ले चुनाव लड्नुपर्छ। त्यस किसिमको कोर्स करेक्शन गर्नु जरुरी छ।







नया नेपाल


ओली र उपेंद्र: संभावना

एमाले एकातिर र एमाले बाहेक का सबै अर्को तिर भएमा १० वर्ष एमाले सत्ता बाहिर बस्नुपर्ने हुन्छ। तर राजनीति मा सधैँ का लागि मित्र सधै का लागि शत्रु कोही पनि हुँदैन भन्ने गरिन्छ। हुन त नेपाली मीडिया मा समाचार कम हावा गफ बढ़ी हुन्छ। त्यसैले यस समाचार को तथ्य के हो भन्न गार्हो छ। तर यो बाटो एमाले ले सोच्नुपर्ने बाटो भने हो।






अगामी मंसिरमा हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तराईका २२ जिल्लालाई लक्षित गरी एमालेले फोरमसँग गठबन्धन बनाउन लागेको छ । ...... ओलीले उपेन्द्रसँग फोरमलाई ३० वटा सीट प्रत्यक्ष दिने बचन दिएका छन् । साथै फोरमलाई नै मुख्यमन्त्री पनि दिने ओलीको प्रस्ताव रहेको स्रोतले बतायो । दुबैको गठबन्धन भए २२ जिल्लामा बहुमत आउने र गठबन्धन सरकारमा उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव पनि एमालेले गरेको छ । ...... ओलीले गठबन्धन बने अहिलेको संशोधन विधयेक भन्दा पनि ठूलो संशोधन विधेयक अघि सार्ने आश्वासन पनि समेत उपेन्द्रलाई दिएका छन् । यहाँसम्मकी मधेस दुई प्रदेशसम्म पनि बनाउन सकिन्छ भन्ने गरेका छन् ।

ओली ले यति गर्न सके कम्तीमा ५ वर्ष प्रधान मंत्री सजिलै खान्छन। उही हो संविधान संसोधन अहिलेको अहिले हुनुपर्यो, चुनाव अगाडि नै। ओली र उपेंद्र ले यति गर्न सके अरु हेरेको हेरै हुनेछन।

एक मधेस दो प्रदेश हुनु जरुरी छैन। नवलपरासी र रुकुम दुइ टुकड़ा गरे जस्तै झापा मोरंग सुनसरी चितवन कैलाली कंचनपुर दुइ टुकड़ा गरे भै गो। मधेस र थरुहट मा बसदिन भन्ने हरु लाई किन जबरजस्ती राख्ने?

Sunday, September 24, 2017

ओली को नस्लवाद हो, राष्ट्रवाद होइन

शब्द चयन ठीक भएन। ओली लाई राष्ट्रवादी भन्ने हरु ले भाषिक गलती गर्दै आएका छन। सुर्य उदाए पछि अझै रात नै छ भनेर लिंडे ढिपी गर्न ओली लाई गार्हो परेको मात्र हो। नत्र त ओली गणतंत्रवादी पनि होइन। ठेला गाड़ा वाला कमेन्ट बिर्सन सकिँदैन। महेंद्र को उत्तराधिकारी हो ओली। एउटा राजा, एउटा देश, एउटा भाषा, एउटा भेष। एउटा जात, एउटा नस्ल। रेसिस्ट। त्यसलाई राष्ट्रवाद भन्न मिल्दैन।

राष्ट्रवाद, by definition inclusive हुन्छ, समावेशी हुन्छ। राष्ट्रवाद भनेको त्यो राष्ट्र मा बसेको सबैलाई समेट्ने भनेको हो। ओली त राष्ट्र मा बसेको लाई सकेसम्म लखेट्ने, लखेट्न नसके दबाएर राख्ने सोंच राखेको मान्छे। आज २१ औ शताब्दी मा राष्ट्रवाद को परिभाषा नै लोकतंत्र र मानव अधिकार हो। अर्थात राष्ट्रवाद र अंतर-राष्ट्रवाद एउटै कुरा हो। किनभने लोकतंत्र र मानव अधिकार भनेको त universal हो।

नेपाली समाजमा अझै विद्यमान बिभिन्न किसिमका पछौटेपन र अज्ञानता भजाउने मान्छे ओली। भ्रष्टाचार र माफ़ियातंत्र एक मात्र दर्शन हो उसको। न त उ कम्निष्ट हो, न बहुदलीय जनवाद सँग कुनै सरोकार छ उसको। राजनीतिक सिद्धांत त उसको पेशा नै होइन। सिद्धांतहीनता नै उसको सिद्धांत हो।

नया नेपालको संभावना छ। त्यो बाटो को सबैभन्दा ठुलो तगारो ओली।

कुनै पनि राष्ट्रको सेल्फ इंटेरेस्ट हुन्छ। अवश्य। त्यस मानेमा नेपाल ले भारत र चीन सँग डील गर्दा आफ्नो स्वार्थ को रक्षा गर्दै अगाडि बढ्नुपर्छ। तर भ्रष्टाचार मा चुर्लुम्म डुबेको राज्य (state) ले त्यो रोल खेल्न सक्दैन। भ्रष्टाचार को खाने दाँत पनि देखाउने दाँत पनि ओली। ओली भन्दा ठुलो देशद्रोही नेपालमा अर्को को छ?

अब आउने चुनाव ओली विरुद्ध मोर्चाबंदी को चुनाव हो। ओली हराउ देश बचाउ। ओली को फ़ासिस्ट राष्ट्रवाद देश लाई भास्ने दर्शन हो। देश डुब्छ। जर्मनी इटली मा फेल भएको सोंच।


Saturday, September 23, 2017

सीके ले कोठली बाहर होइन आफ्नो कोठली भितर मत बटुलेको राम्रो



"८ जिल्लामा असोज २ गते सम्पन्न स्थानीय निर्वाचनमा २१ लाख मतदाता मध्ये ३ लाख अधिकको मत हासिल गर्न सफल भएको छ"

के सीके राउत ले ३ लाख मत तानेकै हुन त! कोठली बाहर को मत गन्न मिल्यो। तर पहिला पहिला चुनाव हरुमा पनि हुने गरेको मत बदर गन्न मिलेन। जस्तै कि रुख र गाछी को बीच मा। त्यस्तै अज्ञानतावश अर्कै ठाउँमा।

२०४७ को चुनाव बहिष्कार गर भनेर हिडेको मशाल पार्टी ले पछि ४०% मत आफ्नो भनेर क्लेम गर्यो। किनभने ६०% ले मात्र मतदान गरे। आशा गरौं जोश मा त्यस किसिमको अंक गणित सारिएको छैन।

मधेस अलग देश एजेंडा भएको पार्टी दर्ता गराउने व्यवस्था नेपालको संविधानले गरेको छैन।

होइन यदि तीन लाख खसेकै हो भने तीन लाखको महत्व के र पाँच लाख खसेको भए के हुन्थ्यो? १० लाख नै खसेको भए के हुन्थ्यो?

क्रांति को बाटो अलग देश एक मात्र बाटो उपलब्ध छ। के त्यो बाटो संभव छ? क्रांति हुनुपर्यो। क्रांति सफल हुनुपर्यो। अलग देशको घोषणा गर्दा कुन सीमाना क्लेम गर्ने? सबभन्दा पहिला त भारतले मान्यता दिनुपर्यो। तर न भारत न चीन त्यसको पक्ष मा छ आ आफ्नै आतंरिक कारन ले गर्दा।

भने पछि सीके राउत ले रोजेको बाटो लंदन को कुनै dead end street त होइन?

तर पार्टी दर्ता गराएर चुनाव लड़े ३ लाख अति धेरै मत हो। मधेस कब्ज़ा गर्ने र देश हल्लाउने किसिमको मत हो। अलग देश एजेंडा भएको पार्टी ले दर्ता गर्न पाउने संविधानले दिएको छैन। तर त्यो नदिने प्रावधान संसोधन गर्ने एजेंडा भएको पार्टी त दर्ता गर्न कसैले रोक्न सक्दैन। पहिला संविधान संसोधन गर्ने, प्रदेश ले अलग देश का लागि जनमत संग्रह गर्न पाउनु पर्ने किसिमले संविधान संसोधन गर्ने अनि बल्ल जनमत संग्रह मा जाने बाटो त उपलब्ध छ।

सीके ले त्यो बाटो रोजेको राम्रो हो। होइन भने एउटा समुचा पीढ़ी लाई नै गुमराह गर्ने खतरा रहन्छ।

कोठली बाहर होइन आफ्नो कोठली भितर मत बटुलेको राम्रो। आखिर लोकतंत्र त स्वीकारेका व्यक्ति हुन सीके।





फोरम र राजपा बीच एकीकरण: किन र कसरी?






तेस्रो चरणको स्थानीय चुनावले एउटा स्पष्ट मैंडेट दिएको छ। त्यो के भने राजपा र फोरम बीच एकीकरण हुनुपर्छ। दुई शक्ति मिले मधेसको नंबर एक शक्ति हो। प्रदेश सभा र संसदको चुनावमा स्वीप गर्छ। एक्लै बहुमत नल्याए पनि मधेसमा जेठो पार्टी र केन्द्रमा जुनियर पार्टनर बन्न सक्छ। आखिर काँग्रेस र माओवादी सँग मिलेर संविधान संसोधन गर्न बाँकी नै छ।

पानी जीरो सेंटीग्रेड मा गएर जम्छ। १० डिग्री मा पानी नै हुन्छ। ९, ७, ५ मा पानी नै हुन्छ। ४,३,२,१ मा पानी नै हुन्छ। जीरो डिग्री मा एकै चोटि जम्छ। एक समय एमाले को नंबर दुई नेता अशोक राई सँग आएको जमात त्यस्तै हो। एक पटक लहर आउँछ, जनजाति मा जागरण आउँछ अनि ह्वात्तै संख्या बढ्छ। केंद्र मा सरकार बनाउने लक्ष्य राख्ने हो भने मधेसी जनजाति एकताको फॉर्मूला अगाडि सार्नुपर्ने हुन्छ। यो कुरा बुझ्नु र व्यवहारमा उतार्नु उपेंद्र यादवको बड़प्पन हो।

पार्टी अध्यक्ष को बन्ने त्यो त पार्टी महाधिवेशनले निर्णय गर्छ। संसदीय दलको नेता को बन्ने त्यसका लागि त संसदीय दलको बजाप्ते चुनाव हुन्छ। अहिलेलाई विवेकशील र साझा पार्टीको एकीकरण गर्दा दुई जना संयोजक तोकिये जस्तै एकीकृत पार्टी को दुई जना संयोजक महंथ ठाकुर र उपेंद्र यादव लाई तोक्न सकिन्छ। त्यस मुनि अध्यक्ष मंडल मा फोरम तर्फ बाट ४०% सहभागिता दिन सकिन्छ।

यति गरे मधेसमा त सरकार बनाउँछ बनाउँछ, थरुहट (५ नंबर) मा पनि सरकार बनाउने संभावना रहन्छ। प्रदेश सरकार मा सीनियर पार्टनर, केंद्र सरकारमा जुनियर पार्टनर।

विवेकशील र नया शक्ति ले विस्तारै नेका, एमाले र माओवादी को भोट काट्दै जाने हो। त्यस अवस्थामा राजपा देशकै सबैभन्दा ठुलो पार्टी बन्न पनि सक्छ। तर त्यस का लागि अहिले फोरम र राजपा बीच एकीकरण गर्नुपर्यो।

एकीकृत पार्टी को नाम राजपा। चुनाव चिन्ह मशाल।

मधेस आंदोलन ले खोजेको संविधान संसोधन संभव बनाउन सबै भन्दा चाहिने, सबैभन्दा महत्वको कदम नै यो एकीकरण हो। यस एकीकरण पश्चात राजपा ले तराई मा प्रत्यक्ष मा ६०% माथि सीट जित्छ। अनि भएन त संविधान संसोधन?

त्यो एकीकरण पश्चात काँग्रेस र माओवादी लाई तिमी हरु पहाडमा एक पद एक उम्मीदवार मा जाउ भन्नु पर्ने हुन्छ।



Wednesday, September 20, 2017

तेस्रो चरणको स्थानीय चुनावको संभावित मैंडेट: फोरम र राजपा एकीकरण गर





हुन त नतिजा आउन बाँकी छ। तर यस एग्जिट पोल लाई आधार मान्ने हो भने यस तेस्रो चरणको चुनावको मैंडेट फोरम र राजपा एकीकरण गर भन्ने देखिन्छ। दुई तिहाई राजपा र एक तिहाई फोरम ले लिने गरी नया किसिमले संगठन निर्माण गर्दा हुन्छ। गच्छेदार को त बेहाल छ। राजपा सँग एकीकरण नगरी नहुने जस्तो देखिन्छ। उपेंद्र यादव ले पार्टी मा नंबर दुई पोजीशन पाउनु पर्छ। यसरी एकीकरण गरिएको पार्टी ले ७५ जिल्ला मा चुनाव लडन सक्छ। प्रदेश सभा र संसदको चुनाव का लागि यो एकीकरण अपरिहार्य छ।

उपेंद्र यादव समाजवादी भन्ने हो भने हृदयेश त्रिपाठी त सोभियत संघ को बेलाको मॉस्को मा ट्रेनिंग प्राप्त समाजवादी हो। हृदयेश राजपा मा अटाउंछ भने उपेंद्र किन अटाउंदैन?

एकीकरण को प्रमुख कारण संविधान संसोधन हो। यसरी एकीकरण गरेको पार्टी ले राम्रो चुनावी नतिजा ल्याउँछ र संसोधनको संभावना निकै बढेर जान्छ।  एकीकृत भए पछि बल्ल यो मधेस को नंबर एक पार्टी बन्छ।

नाम राजपा को लिने। चुनाव चिन्ह फोरम को मशाल।






Saturday, September 16, 2017

सीके राउत ले चुनाव लड्ने बाटो किन थुनि दिएको?



मैले यस ब्लॉग मा भन्दै आएको छु, सीके राउत ले चुनाव लड्नुपर्छ। तर के सीके राउतले नेपालमा चुनाव लड़ने अवस्था छ त? सीके राउत अहिंसा, लोकतंत्र र मानव अधिकार को राजनीति गरिरहेको व्यक्ति हो। हिंसा गर्न पाइँदैन। तर अहिंसात्मक तवर ले अर्थात शांतिपुर्वक आफ्नो कुरा राख्न पाइन्छ। त्यसैलाई वाक स्वतंत्रता भनिन्छ। शांतिपुर्वक भेला गर्न पाइन्छ। त्यसैलाई freedom of peaceful assembly भनिन्छ र त्यो आधारभुत मानव अधिकार हो। सीके ले बोलेको लेखेको भरमा उसलाई थुनेको होइन? सीके ले प्रमाणित गरिदिए, नेपालमा लोकतंत्र र मानव अधिकार छैन।

थुने पछि सर्वोच्च अदालत ले छोड्न लगायो। सर्वोच्च अदालत ले मानव अधिकार बुझेको रहेछ। गृह मंत्रालय ले नबुझे पनि। तर कुनै व्यक्ति लाई सर्वोच्च अदालत ले छोड्न लगाइसके पछि फेरि त्यस व्यक्ति लाई हाउस arrest गर्नु सीके राउत को मात्र मानव अधिकार हनन भएन। त्यो त देशको सर्वोच्च अदालत को अपमान भयो। देशको सरकारले देशको सर्वोच्च अदालत लाई मानहानि गरेको भयो। देशमा rule of law नै नभएको देखियो।

फेरि त्यस माथि एउटा जिल्ला को अदालत ले सीके लाई रिहा गरे पछि सीके लाई अर्को छिमेकी जिल्ला मा लगेर त्यही मुद्दा चलाउने नौटंकी! कुनै पनि व्यक्ति लाई, चाहे त्यो चोर डाका लुटेरा होस, एउटा आरोप का लागि एक पटक भन्दा बढ़ी मुद्दा हाल्न पाइँदैन त।

बोल्न नपाउने। लेख्न नपाउने। संगठन बनाउन नपाउने। सर्वोच्च अदालत मा मुद्दा जिते पनि त्यसको कुनै मतलब नहुने, पुलिस ले फेरि आएर समात्ने। योभन्दा बढ़ी अरु के प्रमाण चहियो? नेपालमा लोकतंत्र छैन भन्न लाई?

काँग्रेस लोकतंत्रवादी भन्छ। चुइँक्क बोलेन एक शब्द सीके को मानव अधिकार हनन हुँदा।

मधेस अलग देश भन्न पाइन्छ। किन पाइँदैन? वाक स्वतंत्रता हो। तर नेपालको संविधान ले मधेस अलग देश एजेंडा भएको पार्टी ले दर्ता गर्न पाउने र चुनाव लडन पाउने भन्ने छैन। त्यो त नेपालमा लोकतंत्र नभएको प्रमाण हो।

सीके ले चुनाव लड्नु मा दोष सीके को होइन। नेपालको संविधान को हो। सीके ले पार्टी खोले त्यस पार्टी लाई दर्ता गराइदिने शक्ति त सर्वोच्च अदालत सँग पनि छैन।



उपेंद्र यादव र विजय गच्छेदार लाई राजपा को अध्यक्ष मंडल मा ल्याउनै पर्छ



उपेंद्र यादव र विजय गच्छेदार लाई राजपा को अध्यक्ष मंडल मा ल्याउनै पर्छ। ८ जना भनेको अधकल्चो भयो। १० जना बल्ल डेसीमल नंबर हुन्छ। अनि त त्यस पछि राजपा ले प्रदेश र संसद चुनाव मा तहलका मच्चाउँछ। विवेकशील ले काठमाण्डु हल्लाउँछ। राजपा ले मधेस हल्लाउँछ। संविधान संसोधन का लागि चाहिने जति सीट ल्याउँछ राजपा ले यो एकीकरण पछि। कस्तुरी को सुगंध त उसको आफ्नो नाइंटो मैं रहेछ।

दोस्रो चरण को चुनाव मैं उपेंद्र र विजय ले देखेको हुनुपर्छ। एक्लै जान सकिँदैन।


Saturday, September 09, 2017