Monday, July 27, 2015

Modi In Solidarity With Madhesi

मुजफ्फरपुर मा मधेसी आंदोलन लाई समर्थन



मधेशीलाई अधिकार नदिए अबको संर्घष छुटै राज्यकालागि हुने ,मोर्चा नेताहरु
बिरोध सभामा प्रमुख अतिथीको आसनबाट बोल्दै तमसपाका राष्ट्रिय अध्यक्ष एवं पूर्व सिचाई मन्त्री महेन्द्राराय यादवले ठुला दलले मधेसवादी शक्तिहरु संग भएको सम्झौता ईमनदारीपुर्वक लागु नगरे आन्दोलनको आँधीबेरही ल्याउने चेतावनी दिएका थिए । यसपालिका निर्णायक आन्दोलनमा मधेसी ,आदिवासी ,जनजाती, मुस्लिम,पिछडावर्ग लगायत परिर्वतनकारी शक्तिहरुले मधेसबाट मधेस बिरोधी गतिबिधी गर्ने राजनितीक दललाई बहिष्कार गर्ने बेला आएको बताउदै

मधेसवादी दलहरुको एकीकरणमा आफनो कुनै दावी वा बिरोध नरहेको

प्रष्ट पारेका थिए । ...... काँग्रेस , एमाले र माओवादी भित्रको मधेसी नेताहरुले समेत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनमा एकवद्धता जनाई सकेको बताउदै मधेसको लागि निर्णायक आन्दोलनमा सम्पुर्ण जिम्मेवार व्यक्तिहरुले आ आफनो भुमिका निर्वाह गर्ने बेला आएको बताए । .......

लक्ष्मणलाल कर्णले मधेसको पक्षमा संबिधान न आए सम्पुर्ण मधेसी सभासदहरुले राजिनामा दिई मधेसको राजधानी वीरगंजबाटै मधेसको अन्तरिम संबिधान सभा गठन गरी आफनो संबिधान आफै लेख्ने चेतावनी दिएका थिए ।

....... मधेसको लागि मधेसी सभासदहरुले संबिधान सभा त्यागनुको साथै कुनै कुर्वानी दिन तयार रहेको प्रष्ट पारे । ...... मधेसको पक्षमा संबिधान नआए आफुहरु बाध्य भएर स्वतन्त्रता र अधिकारको लागि छुटै राष्ट्र बनाउने चेतावनी दिदै सरकारले एक जातीको भाषा र भेष लादेर मधेसको सम्पर्क भाषा हिन्दीलाई समाप्त पार्नुको साथै मधेसको संस्कृतिलाई लोप गर्ने कार्य गरिरहेको आरोप लागाए ।
मुजफ्फर पुरुको परिवर्तन ¥यालीमा फोरम नेपालका नेताहरुको विषेश उपस्थिती
भारतीय जन्तापार्टीको परिवर्तन ¥यालीमा संघीय समजवादी फोरम नेपालका पदापदधारीको विषेश सहभागि भएको छ । भारत विहार मुजफ्फरको चक्कर मैदानमा शनिबार विजेपी विहार प्रखन्डले आयोजना गरेको परिवर्त ¥यालीमा सांसद अजय निसाधको विषेश निमन्त्रणमा फोरम नेपालका नेताहरुले सहभागिता जनाएका हुन । ांसद निसाधको निमन्त्रणमा फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एवम् सभासद लालबाबु राउत गद्दी र पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले सभामा सहभगिता जनताउदै मन्च सक्षा गरेका थिए ।

सो ¥यालीका मुख्य आक्रशनको केन्द्र रहेका भारतीय प्रधान मन्त्री दामोदर दास नरेन्द्र मोदी

ले उत्तर विहारको १८ जिल्ला लाखौं सहभागिहरुलार्य सम्बोधन गर्दै समाजको उन्नती विकसकै बाटोबाट हुने भएकाले विहारमा विद्ययमान जंगल राजको अन्त गर्दै एनडिएको सरकार बनाउन अपिल गरेका थिए । आफु प्रधान मन्त्रीमा र्निवाचित भए लगतै नेपालको भ्रमण गरी जलविद्युतको उत्पादनलाई बढाउन नेपाल सरकारलाई आनुरोध गरेको र नेपालमा विद्युत् उत्पादन बढी भए सोको फाईदा विहारले नै पाउने बताउनु भयो । प्रधानमन्त्री मोदिले २४ घण्टा विजुली बलेपछि उज्जयालो मात्र नभई विजुलीले विकासको बाटो समेत खोल्ने धारणा व्यक्त गर्नु भएको थियो । भालाई सम्बोधन गर्दै उहाँले विजेपी केन्द्रको सरकारमा आए लगतै छिमेरी देशहरुसंगको सम्बन्धलाई सुमधुर पार्नुको साथै व्यपार सम्बन्धलाई नयाँ आयाम थपन महत्वपूर्ण पहल गरेकाले विहारमा पनि विजेपी गठबन्धनको सरकार बने मात्र विहार विकासको बोटोमा अगाडी बढने मोदीले दावी गर्नुभयो । ार्यक्रममा सांसद अजय निसाधले नेपालबाट ¥यालीमा सहभागिता जनाउन आएका फोरम नेपालका नेता द्वय सभासद गद्दी र जिल्ला अध्यक्ष यदवलाई विषेश धन्यबाद दिनु भएको थियो । सो अवसरमा मुजफ्फर जिल्ला परिषदका अध्यक्ष श्रीमती चन्दा देवी, भाजपा नेतृ डा. ममता रानी लगायतका विजेपी नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो
मधेशीको समस्या भारतको संसदमा उठाउने सांसदको प्रतिबद्धता भारत नेपाल मैत्रृ सम्वादमा उट्यो मस्यौदा कुरा
नेपालमा निर्माण हुनलागेको मधेशज विरोधी संविधनको विरुद्धमा भारतीय सांसदले भारतको राज्य सभा तथा लोक भसामा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालको सिमाक्षेत्र संग जोडिएको भारतीय क्षेत्रबाट निर्वाचीत भएका सांसदहरुले मधेशी माथि भई रहेको विभेदको विषयमा आवाज उठानुको साथै निर्माण हुन लागेको विभेदकारी संविधानलाई लोकतान्त्रिक सविधान निर्माणमा परिर्वतन गर्न पहलका लागि भारत सरकारलाई आह्वान गर्ने सांसदहरुले बताएका छन् । .......

विजेपी नेता एवम् मुजफ्फरपुरबाट निर्वाचित सांसद अजय निसाद

ले नेपाल सरकारले निर्माण गर्न लगेको संविधानले नेपाल भारतको सम्बनधलाई ठुलो असर पार्ने भएकाले सताप्दीऔ पुरानो सम्बन्धलाई जोगाउन भारत सरकारले पहल गरोस भन्दै संसदमा कुरा उठाउने जानकारी दिनुभयो। उहाँँले

चाइनाको इसारामा नेपाल सरकारले निर्माण गर्न लागेको संविधानले नेपाल भारत बीचको सम्बन्धलाई दिर्घकालिन नकरात्मक असर पर्ने र दुवै देशका जनता समते प्रभावित हुने भएकाले जनाविरेधी र मधेश विरोधी संविधान निर्माणलाई रोकनका लागि सदनसंग अनुरोध गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो

। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद निसाधले नेपाल सरकारको विभेदकारी संविधानको विरोधमा मधेशीले गर्दै आएको संर्घषमा सिमाक्षेत्रमा रहेका भारतीय नागरिकले तनमन धनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गनुृभयो । ...... कार्यक्रममा मुजफ्फरपुरबाट निर्वाचित भएका राज्सय सभासदस्य डा अनिल सहनीले सरकारले

मधेशी जनतामाथि विभेदकारी संविधान मार्फत महाभुकम्प ल्याएको

बताउर्दै उहाँले मधेशीले विभिेदमापारी ल्याउन लागेको संविधानको विरोधमा आफुहरु लाग्ने बताउनुभयो। राज्य सभा मार्फत मधेशीको अधिकारलाई सुनिश्चित गर्दै नेपालका समतामुलक समाज निर्माणकालागि भारत सरकारले पहल गर्न अनुरोग गर्ने राजइ सभासदस्य सहनीले बताउनुभयो।

No comments: