Friday, July 24, 2015

फ़ासिस्ट गृह मंत्री

बामदेव गौतम एउटा सोंच हो, एउटा प्रवृति हो, एउटा व्यक्ति पनि हो। लोकतंत्र मा प्रहरी कानुन द्वारा निर्देशित हुन्छ, "मथिको आदेश" द्वारा होइन। माथिकाले गैर कानुनी आदेश जारी गरे त्यस आदेश को अवहेलना गर्नु पर्ने हुन्छ। गैर कानुनी आदेश जारी गर्ने गृह मंत्री लाई पदमा कायम राख्ने प्रधान मंत्री सँग कुनै कानुनी धरातल छैन। नेपाल प्रहरी लाई कुनै failed state को प्राइवेट आर्मी मान्दै आएको छ यो बामे नामको जन्तुले। यो मान्छे होइन, चितवन जंगल मा लगेर छोड़दिनु पर्ने एउटा जन्तु हो। केपी ओली देशको प्रधान मंत्री बन्न लायक छैन भन्ने कुरा को प्रमाण केपी ओली पनि हो, बामदेव गौतम पनि हो। ह्रितिक रोशन रायट को मास्टरमाइंड बामदेव गौतम। जेल मा हुनुपर्ने मान्छे गृह मंत्रालय मा किन छ?

संघीयता मा जनकपुरमा पहाड़ी पुलिस हुँदैन, पहाड़ी CDO/DSP/SP केही हुँदैन।

देशको सड़क हरुमा एक करोड़ नेपाली जम्मा भए पछि सीमित ठाउँ हरुमा कमल थापा ले २००६ अप्रिल मा शूट ऐट साइट आर्डर जारी गरेको। त्यो आर्डर बामे ले केही हप्ता पहिले नै सशस्त्र लाई जारी गर्न भ्याइसकेको। गृह युद्ध को तयारी?

कुरा बढेर मधेसी क्रांति ३ सम्म पुग्छ भने मधेस को गाउँ गाउँ बाट लाठी जुलुस निस्कन्छ र मधेस को प्रत्येक प्रहरी चौकी गौर बन्छ भन्ने कुरा नेपाल प्रहरी लाई थाहा छ। त्यसै कारणले नेपाल प्रहरी र सशस्त्र बीच turf war र infighting भएको। बामे हेग पुग्छ। कहिले फर्केर आउँदैन।

बामदेव पागल भएको हो?
बामे को सशस्त्र ले गोली ठोकने कसलाई?
ज्ञानेन्द्र र बामे बीच फरक
बामेले देशमा युद्ध को ऐलान गरेको हो?



प्रहरी कुटपिटबाट बेहोस बनेका बालकको अझै होस् खुलेन
बन्दका क्रममा जनकपुरको जानकी चोंकमा प्रहरीको कुटपिटबाट बेहोस बनेका एक बालकको अझै होस खुल्न सकेको छैन । ...... ५ साउनमा आह्वान गरिएको बन्दका क्रममा प्रहरीले जनकपुर–४, धनुषाका १४ बर्षीय बालक दिनेशकुमार साहलाई निर्धात कुटपिट गरेका थिए । कुटपिटपछि बेहोस् बालकको अझै होस् खुल्न नसकेको उनका बाबु श्रवणले बताए । ...... बजारबाट घर फर्कने क्रममा बालकलाई प्रहरीले कुटपिट गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् । ...... प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले घटना अनुसन्धान गर्न निर्देशन दिएको बताए । उनले भने, “घटना हुँदा एसपी गणेश थापासँगै थिएँ, जानकी प्रहरी चौकी आक्रमणको सूचना आएपछि एसपी थापा त्यता गएका थिए । केही समयपछि बालकको टाउँको फुटेको समाचार आयो ।” ..... साहको टाउँको फुटेलगत्तै स्थानीय स्वास्थ्य चौकीले उपचार संभव नहुँने जनाएपछि विराटनगर लगिएको थियो ।

No comments: