Thursday, July 23, 2015

पार्टी अध्यक्ष चुनाव जितेर पनि केपी ओली लाई कहिले जिते जस्तो लागेन

कुनै पार्टी को आतंरिक चुनाव त्यस पार्टी को आतंरिक मामिला हो। तर त्यहाँ लोकतान्त्रिक चरित्र र उदारता देखिएन भने त्यसले देशको लोकतंत्र लाई नै असर गर्ने हुँदा त्यति बेला बाहिर का ले पनि चासो लिनुपर्छ। त्यो अवस्था एमाले को छ। केपी ओली कमसल उम्मेदवार हुँदा हुँदै माफियावादी असर र पैसा ले गर्दा झिनो मतले पार्टी अध्यक्ष को चुनाव जिते पनि उसलाई माधव नेपालको सामुने आफुलाई सधैं होचो भए जस्तो लागेको छ। होचो हो पनि -- राजनीतिक कद उसको सानो नै छ। पार्टी भित्र गुटगत राजनीति केपी ओली को समय खर्चिने नंबर एक एजेंडा आइटम हो। पार्टी अध्यक्ष चुनाव जितेर पनि केपी ओली लाई कहिले जिते जस्तो लागेन। माधव नेपाल पक्ष का लाई पेल्ने काम केपी ओलीले निरन्तर गर्दै आएको छ।

माधव नेपाल पक्षका अध्यक्ष राउतमाथि जाइलाग्यो केपी ओली समूह

एमाले उदयपुरमा भाँडभैलो मच्चिँदै

पार्टी केन्द्रमै बेला–बेलामा दुई चिरादेखि तीन चिरा पर्दै आएको नेकपा एमाले उदयपुरमा पनि दुई चिरा फेरी परेको छ । बेला–बेला चिरा–चिरा पर्ने एमालेको केन्द्रको रोग जिल्लामा पनि बेला–बेलामा लागिरहन्छ । ...... विरोध स्वरुप पार्टी उपाध्यक्ष बिमल कार्कीलगायतका जिल्ला कमिटीका ठूलो समूहले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष इश्वरमणि राउतको स्वेच्छाचारी निर्णय गरेको भन्दै विरोध जनाएका छन् । माथिल्लो कमिटीको प्रष्ट गुट तल्लो तहसम्म आईपुग्दा विवाद चुलिएको सामान्य कार्यकर्ताको बुझाई छ । पार्टी जिल्ला अध्यक्ष एमाले नेता माधव नेपाल पक्ष र उपाध्यक्ष पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । ..... जिल्ला कमिटीका जिम्मेवार व्यक्ति नै अध्यक्षको विरोधमा उत्रिएपछि पार्टीभित्र तिव्र विवाद र गुट–उपगुट सुरु भएको बाहिर आएको छ । ..... असार ३ गते एक समूहको वहिस्कारका बाबजुद अर्को समूहले जिम्मेवारी बाँडफाँड गरेपछि पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको नेताहरुको एमाले उदयपुरका कार्यकर्ताको भनाई छ । ..... आफुहरु बैठक छोडेर बाहिरिएको मौकापारी अध्यक्ष राउतको समूहले केही पार्टी कार्यालयमै र केही होटलमा बसेर जिम्मेवारी बाँडफाँड गरेपछि विवाद चुलिएको उपाध्यक्ष कार्कीको आरोप छ । ...... उनले चैत १६ देखि १८ गतेसम्म भएको सातौँ जिल्ला अधिवेशन कै झल्कोलाई पुनः सम्झाउने गरी एकपक्षिय, स्वेच्छाचारी र फरकमत राख्नेलाई सिध्याउनुपर्छ भन्ने रणनीति अपनाएको आरोप लगाए । .....

‘पार्टीको आन्तरिक चुनावमा हारजितलाई स्वभाविक मानिन्छ,’ नेता थापाले भने, ‘तर त्यसैलाई प्रतिशोध मानेर जिम्मेवारी नदिनु, नसमेटिनु यहाँभन्दा गैरजिम्मेवारी, गुटगत धारणा र संकुचित सोच केही हुन सक्दैन ।’

..... त्यसैगरी

भूकम्प पीडितका नाममा संकलन गरिएको राहत वितरण गर्नुको साटो पार्टी सम्र्पक कार्यालयमा थन्क्याउनुले सिङ्गो पार्टीको बदनाम भएको बताइएको छ

। ...... जिल्ला कमिटी सदस्य कालुमान लामाले पार्टी संगठन र जिम्मेवारीलाई व्यक्ति विशेषको गोजी बनाएकोप्रति आक्रोश पोखे । उनले अध्यक्षलगायतका केही गुटगत समूहले पार्टीमा आफ्ना भाईभारदार र नातावाद कृपावादलाई अघि सारेर नियुक्ती गर्ने प्रचलनले सिङ्गो कार्यकर्ता मर्माहत भएको बताए । .......

नेता लामाले भने, ‘अब एमालेभित्र बिउँ उमार्ने कि उम्रन नपाउँदै बिष हालेर मार्ने त्यसको हिसाबकिताब गर्न जरुर छ ।’





No comments: