Tuesday, October 14, 2014

प्रचण्डको भनाइलाई बङ्ग्याउन भएन

"मधेसमा पहाडिया, थारु र मुस्लिमलाई समेत मिलाएर कसैको पनि बहुमत नपुग्ने गरी बहुपहिचानयुक्त प्रदेश बनाउँदा मात्रै राष्ट्रिय एकता हुन सक्ने प्रचण्डको विश्लेषण छ ।"

यो चाहिं प्रचण्डले घुमाई फिराई एक मधेश दो प्रदेश नै भन्न खोजेका हुन। कोचिला, मिथिला, भोजपुरा, अवध, थारुवन तिर नजाऊं भन्न खोजेका हुन। झापा र मोरंगलाई र सुनसरीलाई मधेशबाट अलग नगरौं, कैलाली, कन्चनपुरलाई अलग नगरौं। झापा, मोरंग, कैलाली, कन्चनपुरमा पर्वते ५०% छ भन्दैमा तीनलाई मधेशबाट अलग नगरौं भन्न खोजेको हो।

म त त्यो भन्दा एक कदम अगाडि जान्छु। चितवन र मकवानपुरको कुरा गरेको होइन। त्यो त मधेश नै हो। मधेश नभएको भए तिनलाई भित्री मधेश किन भनिन्छ, तल्लो पहाड़ किन भन्दैनन्?

म त पश्चिममा डडेल्धुरा र पुर्वमा ईलाम पनि मधेशका राज्यहरुमा मिलाउने पक्षमा छु।

सड़क आन्दोलन पहिलो अस्त्र हुन सक्दैन। सकेसम्म सदनबाट निकास खोज्ने हो। र त्यो पनि ईमानदारीपूर्वक। इमान्दारीपुर्वक निकास खोज्ने भनेको केहि हदसम्म flexible भएर जाने हो। सिद्धांत छोड्ने होइन, तर detail हरुमा अलिकति तल माथि गर्ने ठाउँ त राखनै पर्छ। मेरो गोरुको बारै टक्का भन्ने मनसाय लोकतान्त्रिक मनसाय होइन। लोकतन्त्र भनेको आफ्नो कुरा राख्ने व्यवस्था हो भने अरुको कुरा सुन्ने व्यवस्था पनि हो।

परिष्कृत लोकतन्त्रमा सबै राजनीतिक काम सदनबाट हुन्छ, जनतालाई सड़कमा जाने जरुरत नै महसुस हुँदैन। हामी जान खोजेको त्यहाँ हो।

अहिलेको सदनको यथार्थ के हो भन्दा एमाओवादीको नेतृत्व मानेर मधेसी दलहरुले hard bargaining गर्ने। भने पछि गर्ने। सकेसम्म सड़क तताउनुपर्ने अवस्था आउन नदिने।

झापा देखि कंचनपुरसम्मको एक मधेश दो प्रदेश को बाटोमा हिंडेसम्म Federal Democratic Alliance लाई मेरो समर्थन छ। त्यस सन्दर्भमा प्रचण्डले कांग्रेस र एमालेका बाहुनहरुलाई फकाउन कति बेला के बोल्छन् म त्यति detail मा जान चाहन्न।


No comments: