Wednesday, September 24, 2014

आत्म निर्णयको अधिकार सहितको संघीयता र वाक स्वतन्त्रता

यदि नेपाल सार्वभौमसत्ता सम्पन्न देश हो भने र नेपाल गणतन्त्रात्मक संघीयता भएको देश हो भने त्यो संघीयता आत्म निर्णयको अधिकार सहितको संघीयता नै हुन्छ। र आत्म निर्णयको अधिकार सहितको संघीयता भएको देशमा अलग देशकालागि अहिंसात्मक अभियान चलाउनु कानुन प्रदत्त कुरा हो।

संविधानले धर्म निरपेक्ष राष्ट्र भनेको छ, तर कमल थापा हिन्दु राष्ट्रको पक्षमा अभियान चलाउँदै हिड्छन, त्यो कमल थापाको मानव अधिकार हो। पाइन्छ। वाक स्वतन्त्रता भनेको त्यही हो। संविधानले गणतन्त्र भनेको छ तर कमल थापाले राजतन्त्र फर्काउने नारामा वोट माँगे। त्यो वाक स्वतन्त्रता हो। पाइन्छ। 

नेपाली कांग्रेसकै गोविन्द राज जोशी र खुम बहादुर खड्काले हिन्दु राष्ट्र, हिन्दु राष्ट्र भन्दै कुदेको अवस्था छ। पाइन्छ। वाक स्वतन्त्रता भनेको त्यही हो। देशले संघीयता भनेर संविधानमा भनिसक्यो तर राम शरण महत संघीयता बिनाको संविधान ल्याउने कुरा गर्छ। 

अहिले देश संविधान बनाउने प्रयासमा छ। निर्णयहरु भइसकेका छैनन्। यस्तो अवस्थामा वाक स्वतन्त्रताको अझ बढ़ी महत्व हुन्छ। 

आत्म निर्णयको अधिकार सहितको संघीयता प्रचण्ड र बाबुराम भट्टराईको पनि विचार हो। त्यो विचार १५ वर्ष अगाडि प्रकट गरिएको हो। 

प्रचण्ड र बाबुरामसंग सीकेको विचार मिलेको, कमल थापा, गोविन्द राज जोशी र खुम बहादुर खड्काले जस्तो आफ्नो वाक स्वतन्त्रताको अधिकार प्रयोग गरेको सीकेले।  तर प्रचण्ड, बाबुराम, कमल थापा, गोविन्द राज जोशी र खुम बहादुर खड्का जेलमा छैनन्, सीके जेलमा छ। 

सीकेले भनेको मधेसी विरुद्धको विभेद यही हो कि? अलग देश चाहिने यसैकालागि हो कि? वाक स्वतन्त्रता पनि पहाड़ीलाई लागु हुने, मधेसीलाई लागु नहुने देश नेपाल। 


No comments: