Monday, January 23, 2006

डा बाबुराम भट्टराईलाई शान्तिको सन्देश


डा बाबुराम भट्टराई: आन्दोलनको उत्कर्ष र त्रस्त सत्ता
Baburam Bhattarai May Not Preach Violence To The Seven Party Alliance

यो लेख म कनिकुथी लेखिराखेको छु। नेपालीमा टाइप गर्न थालेको धेरै भएको छैन। विस्तारै विस्तारै लेखिन्छ। ह्रस्व दीर्घ समय समयमा नमिलेको सिकायतहरु पनि सुन्नुपरेको छ। तर नेपालीमा लेखे नेपालमा बढी मान्छेले पढ्न पाउने भएकोले नेपालीमा लेख्नुको बढी स्वाद छ। यो लेख म स्पष्ट रुपले डा बाबुराम भट्टराईको भर्खरै नेपाल पत्रिकामा प्रकाशित भएको लेख "आन्दोलनको उत्कर्ष र त्रस्त सत्ता" को उत्तरको रुपमा लेखिराखेको छु। वहाँलाई अन्तर्वार्ता लिने पत्रकार देखि लिएर मावोबादी वेबसाइटमा रहेको इमेल ठेगाना मार्फत वहाँसँग सिधा सम्पर्क गर्न खोजेको धेरै भयो। अहिलेसम्म सफल भएको छैन। हामीले वादविवाद गर्नु जरुरी छ।

अमेरिकाको १७७६ को क्रान्ति हिंसात्मक रह्यो, फ्रान्सको १७८९ को क्रान्ति हिंसात्मक रह्यो, र त्यो हिंसाकालागि अमेरिका र फ्रान्सले कहिले क्षमायाचना गरेको छैन। उल्टै ती क्रान्तिहरुको वार्षिकोत्सव दुवै देशले भव्य रुपमा मनाउँछन्। अमेरिकामा सबैभन्दा बढी आतिशबाजी जुलाई ४ को साँझ हुन्छ। र यी कम्युनिष्ट अथवा समाजवादी देश पनि होइनन्। एउटाले ब्रिटिश साम्राज्यवाद फाल्यो, अर्कोले राजतन्त्र फाल्यो, त्यतिमात्र। नेपालमा अहिले जे हुन लागेको हो त्यो अमेरिकाको १७७६ को क्रान्ति र फ्रान्सको १७८९ को क्रान्ति जस्तो हो भनेर मैले आफैं नै भनेको छु।
(Loktantra: Pahilo Patak) तर मैले हिंसाको कडा प्रतिवाद गरेको छु। (Baburam Bhattarai May Not Preach Violence To The Seven Party Alliance) त्यो ममा वैचारिक अस्पष्टता देखिएको हो त? कि मैले अज्ञानतावश आन्दोलनलाई कमजोर पार्न खोजेको हो?

माओवादीको विश्व इतिहासमा नै अर्को उदाहरण नभएको एकतर्फी युद्धविरामलाई लत्याउने राजाको निर्णयले
मलाई लोकतान्त्रिक गणतन्त्रको पक्षमा स्पष्ट रुपमा उभ्यायो। त्यसपछिको काठमाण्डुको कर्फ्युको नौटंकीले त झनै लोकतान्त्रिक गणतन्त्रको लक्ष्यलाई मेरो दिल र दिमागमा स्पष्ट पारिदियो। (लोकतान्त्रिक गणतन्त्र नै किन?)

एकतर्फी युद्धविराम माओवादीले विश्व इतिहासमा कतैबाट नक्कल गरेको होइन। त्यो एउटा मौलिक र नया बाटो माओवादीले खनेका हुन्। त्यसैले डा भट्टराईले यसो गरी इतिहासको सहारा लिनुको म तुक देखिराखेको छैन।

"तर, आन्दोलनको लक्ष्य युगीन प्रकृतिको संरचनात्मक परिवर्तनकारी छ र सत्ताको चरित्र निरङ्कुश एवम् दमनकारी छ भने सङ्घर्षको स्वरूप पनि प्रतिरोधात्मक र सशस्त्र हुनु अनिवार्य हुन्छ । इतिहासका सबै युगान्तकारी आन्दोलनहरू यसका साक्षी छन् ।"यस भनाइमा ऐतिहासिक सत्यता छ तर मौलिकता छैन। इतिहासबाट सिक्न सक्ने कुरा धेरै छन् तर भविष्य भनेको भूतको फोटोकपी होइन, हुनु हुँदैन। हामीले

अमेरिका र फ्रान्समा जस्तै गर्नपर्ने के छ? फ्रान्सको लोकतन्त्र एउटा अपूर्ण (, , )लोकतन्त्र हो भनेर हालैकोफ्रान्सको देशव्यापी दंगाले देखाएको धेरैको तर्क छ। French Society: No Easy SolutionsSick SarkozyRiots In France हामी यस्तो प्रगतिशील लोकतन्त्रको स्थापना किन नगर्ने कि अमेरीका र फ्रान्समा हाम्रो नक्कल गर्ने होड चलोस्। माओले बाबुरामलाई सिकाए। बाबुरामले अर्को पीढिको चिनीयाहरुलाई )। यसमा माओवादी र शाही सेनाको जस्तो गोली त पड्किंदैन, तर शब्दहरू सिकाउने अवस्थाको सिर्जना गर्न पट्टि किन नलाग्ने्?

एउटा पनि मधेशी नभएको अराष्ट्रिय सेना,मधेशी भनेका कायर जाति हुन् भन्ने संस्कृति भएको सेना र राजनीतिक वर्गको पक्षमा मैले वकालत गर्ने त कुरै छैन। म त देशमा सेना नै चाहिंदैन भन्नेहरुको कुरा पनि बडो मजाकासाथ सुनिरहेको छु।

तर मैले रणनीतिको कुरा गरेको हुँ। लक्ष्य प्रगतिशील लोकतान्त्रिक गणतन्त्र हो। त्यहाँसम्म पुग्ने सबैभन्दा चाँडो र उपयुक्त बाटो अहिंसात्मक आन्दोलनको बाटो हो। तर यो महात्मा गान्धी अथवा मार्टीन लुथर किङको जस्तो अहिंसा होइन। यस अहिंसात्मक आन्दोलनमा लेनिनको भन्दा व्यापक पम्फलेटिङ हुन्छ (देशव्यापी पम्फलेटिङगोलीभन्दा भयानक रुपले पड्किन्छन्। शाही सत्ताभन्दा बढी सांगठनिक कौशलता देखाउनुपर्ने माग यस अहिंसात्मक आन्दोलनले गर्छ। महात्मा गान्धीले जेल भर्ने कुरा गर्थे। म जेल जानुको तुक् देख्दिन। बरु बामदेव गौतमजीसँग मेरो फोनमा गफ भयो। वहाँ त्यसको एक दिनभित्र भूमिगत हुनुभयो। वहाँलाई बधाइ छ मेरो। गगन थापा गिरफ्तार भएको इमेल आयो, तर त्यो गलत समाचार रहेछ। गगन थापालाई बधाइ।

यदि प्रदर्शनकारीमाथि सैनिक दमन हुन्छ भने त्यहाँ मिलोसेभिचको जस्तो अन्तर्राष्ट्रिय कानून अथवा सद्दामको जस्तो र्राष्ट्रिय कानुन लाग्छ। त्यसको व्यापक तयारी प्रवासमा भइराखेको छ। त्यस किसिमको अहिंसाको कुरा गरेको हुँ मैले। शव शान्तिको कुरा गरेको होइन। मैले यसलाई एउटा नाम दिएको छु: non-violent militancy।

बरु तपाईँले यसProposed Republican Constitution 2006को समालोचना गरिदिनुपर्यो। हामी यसबारे बहस चलाऔं। यसबारे अहिले नै बहस चल्नु जरुरी छ। यसले दुई सेनाको प्रश्न, शान्ति वार्ताको प्रश्न, र अन्तत: संविधान सभाकै प्रश्नमा सघाउ पुर्याउँछ। मलाई त्यस्तो विश्वास छ।

डा बाबुराम भट्टराई: आन्दोलनको उत्कर्ष र त्रस्त सत्ता
मधेशी अधिकारको कुरामा पहाडीहरुको सहभागीता
प्रवासी नेपाली: "नैतिक समर्थन कायम राख्दै भौतिक समर्थन थप्ने।"
भूपि शेरचन, गोपालप्रसाद रिमाल, प्रवर जिसी
मधेशी पहचान
देशव्यापी पम्फलेटिङ
प्रहार गरिहालौं
अइ आन्दोलनमें मधेशी अधिकारके बात
लोकतान्त्रिक गणतन्त्र नै किन?
चुनाव बहिष्कार बाहेक विकल्प छैन: सात दल

No comments: