The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Saturday, September 30, 2017
ओली र उपेंद्र: संभावना
मधेसमा चुनाव हारेपछि केपी ओली उपेन्द्रको शरणमा, मधेसमा गर्दैछन् यति ठूलो षडयन्त्र ! – NepalPana https://t.co/k1OPPuVWOj— Paramendra Bhagat (@paramendra) September 30, 2017
अगामी मंसिरमा हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तराईका २२ जिल्लालाई लक्षित गरी एमालेले फोरमसँग गठबन्धन बनाउन लागेको छ । ...... ओलीले उपेन्द्रसँग फोरमलाई ३० वटा सीट प्रत्यक्ष दिने बचन दिएका छन् । साथै फोरमलाई नै मुख्यमन्त्री पनि दिने ओलीको प्रस्ताव रहेको स्रोतले बतायो । दुबैको गठबन्धन भए २२ जिल्लामा बहुमत आउने र गठबन्धन सरकारमा उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव पनि एमालेले गरेको छ । ...... ओलीले गठबन्धन बने अहिलेको संशोधन विधयेक भन्दा पनि ठूलो संशोधन विधेयक अघि सार्ने आश्वासन पनि समेत उपेन्द्रलाई दिएका छन् । यहाँसम्मकी मधेस दुई प्रदेशसम्म पनि बनाउन सकिन्छ भन्ने गरेका छन् ।
ओली ले यति गर्न सके कम्तीमा ५ वर्ष प्रधान मंत्री सजिलै खान्छन। उही हो संविधान संसोधन अहिलेको अहिले हुनुपर्यो, चुनाव अगाडि नै। ओली र उपेंद्र ले यति गर्न सके अरु हेरेको हेरै हुनेछन।
एक मधेस दो प्रदेश हुनु जरुरी छैन। नवलपरासी र रुकुम दुइ टुकड़ा गरे जस्तै झापा मोरंग सुनसरी चितवन कैलाली कंचनपुर दुइ टुकड़ा गरे भै गो। मधेस र थरुहट मा बसदिन भन्ने हरु लाई किन जबरजस्ती राख्ने?
Sunday, September 24, 2017
ओली को नस्लवाद हो, राष्ट्रवाद होइन
राष्ट्रवाद, by definition inclusive हुन्छ, समावेशी हुन्छ। राष्ट्रवाद भनेको त्यो राष्ट्र मा बसेको सबैलाई समेट्ने भनेको हो। ओली त राष्ट्र मा बसेको लाई सकेसम्म लखेट्ने, लखेट्न नसके दबाएर राख्ने सोंच राखेको मान्छे। आज २१ औ शताब्दी मा राष्ट्रवाद को परिभाषा नै लोकतंत्र र मानव अधिकार हो। अर्थात राष्ट्रवाद र अंतर-राष्ट्रवाद एउटै कुरा हो। किनभने लोकतंत्र र मानव अधिकार भनेको त universal हो।
नेपाली समाजमा अझै विद्यमान बिभिन्न किसिमका पछौटेपन र अज्ञानता भजाउने मान्छे ओली। भ्रष्टाचार र माफ़ियातंत्र एक मात्र दर्शन हो उसको। न त उ कम्निष्ट हो, न बहुदलीय जनवाद सँग कुनै सरोकार छ उसको। राजनीतिक सिद्धांत त उसको पेशा नै होइन। सिद्धांतहीनता नै उसको सिद्धांत हो।
नया नेपालको संभावना छ। त्यो बाटो को सबैभन्दा ठुलो तगारो ओली।
कुनै पनि राष्ट्रको सेल्फ इंटेरेस्ट हुन्छ। अवश्य। त्यस मानेमा नेपाल ले भारत र चीन सँग डील गर्दा आफ्नो स्वार्थ को रक्षा गर्दै अगाडि बढ्नुपर्छ। तर भ्रष्टाचार मा चुर्लुम्म डुबेको राज्य (state) ले त्यो रोल खेल्न सक्दैन। भ्रष्टाचार को खाने दाँत पनि देखाउने दाँत पनि ओली। ओली भन्दा ठुलो देशद्रोही नेपालमा अर्को को छ?
अब आउने चुनाव ओली विरुद्ध मोर्चाबंदी को चुनाव हो। ओली हराउ देश बचाउ। ओली को फ़ासिस्ट राष्ट्रवाद देश लाई भास्ने दर्शन हो। देश डुब्छ। जर्मनी इटली मा फेल भएको सोंच।
Saturday, September 23, 2017
सीके ले कोठली बाहर होइन आफ्नो कोठली भितर मत बटुलेको राम्रो
"८ जिल्लामा असोज २ गते सम्पन्न स्थानीय निर्वाचनमा २१ लाख मतदाता मध्ये ३ लाख अधिकको मत हासिल गर्न सफल भएको छ"
के सीके राउत ले ३ लाख मत तानेकै हुन त! कोठली बाहर को मत गन्न मिल्यो। तर पहिला पहिला चुनाव हरुमा पनि हुने गरेको मत बदर गन्न मिलेन। जस्तै कि रुख र गाछी को बीच मा। त्यस्तै अज्ञानतावश अर्कै ठाउँमा।
२०४७ को चुनाव बहिष्कार गर भनेर हिडेको मशाल पार्टी ले पछि ४०% मत आफ्नो भनेर क्लेम गर्यो। किनभने ६०% ले मात्र मतदान गरे। आशा गरौं जोश मा त्यस किसिमको अंक गणित सारिएको छैन।
मधेस अलग देश एजेंडा भएको पार्टी दर्ता गराउने व्यवस्था नेपालको संविधानले गरेको छैन।
होइन यदि तीन लाख खसेकै हो भने तीन लाखको महत्व के र पाँच लाख खसेको भए के हुन्थ्यो? १० लाख नै खसेको भए के हुन्थ्यो?
क्रांति को बाटो अलग देश एक मात्र बाटो उपलब्ध छ। के त्यो बाटो संभव छ? क्रांति हुनुपर्यो। क्रांति सफल हुनुपर्यो। अलग देशको घोषणा गर्दा कुन सीमाना क्लेम गर्ने? सबभन्दा पहिला त भारतले मान्यता दिनुपर्यो। तर न भारत न चीन त्यसको पक्ष मा छ आ आफ्नै आतंरिक कारन ले गर्दा।
भने पछि सीके राउत ले रोजेको बाटो लंदन को कुनै dead end street त होइन?
तर पार्टी दर्ता गराएर चुनाव लड़े ३ लाख अति धेरै मत हो। मधेस कब्ज़ा गर्ने र देश हल्लाउने किसिमको मत हो। अलग देश एजेंडा भएको पार्टी ले दर्ता गर्न पाउने संविधानले दिएको छैन। तर त्यो नदिने प्रावधान संसोधन गर्ने एजेंडा भएको पार्टी त दर्ता गर्न कसैले रोक्न सक्दैन। पहिला संविधान संसोधन गर्ने, प्रदेश ले अलग देश का लागि जनमत संग्रह गर्न पाउनु पर्ने किसिमले संविधान संसोधन गर्ने अनि बल्ल जनमत संग्रह मा जाने बाटो त उपलब्ध छ।
सीके ले त्यो बाटो रोजेको राम्रो हो। होइन भने एउटा समुचा पीढ़ी लाई नै गुमराह गर्ने खतरा रहन्छ।
कोठली बाहर होइन आफ्नो कोठली भितर मत बटुलेको राम्रो। आखिर लोकतंत्र त स्वीकारेका व्यक्ति हुन सीके।
फोरम र राजपा बीच एकीकरण: किन र कसरी?
पानी जीरो सेंटीग्रेड मा गएर जम्छ। १० डिग्री मा पानी नै हुन्छ। ९, ७, ५ मा पानी नै हुन्छ। ४,३,२,१ मा पानी नै हुन्छ। जीरो डिग्री मा एकै चोटि जम्छ। एक समय एमाले को नंबर दुई नेता अशोक राई सँग आएको जमात त्यस्तै हो। एक पटक लहर आउँछ, जनजाति मा जागरण आउँछ अनि ह्वात्तै संख्या बढ्छ। केंद्र मा सरकार बनाउने लक्ष्य राख्ने हो भने मधेसी जनजाति एकताको फॉर्मूला अगाडि सार्नुपर्ने हुन्छ। यो कुरा बुझ्नु र व्यवहारमा उतार्नु उपेंद्र यादवको बड़प्पन हो।
पार्टी अध्यक्ष को बन्ने त्यो त पार्टी महाधिवेशनले निर्णय गर्छ। संसदीय दलको नेता को बन्ने त्यसका लागि त संसदीय दलको बजाप्ते चुनाव हुन्छ। अहिलेलाई विवेकशील र साझा पार्टीको एकीकरण गर्दा दुई जना संयोजक तोकिये जस्तै एकीकृत पार्टी को दुई जना संयोजक महंथ ठाकुर र उपेंद्र यादव लाई तोक्न सकिन्छ। त्यस मुनि अध्यक्ष मंडल मा फोरम तर्फ बाट ४०% सहभागिता दिन सकिन्छ।
यति गरे मधेसमा त सरकार बनाउँछ बनाउँछ, थरुहट (५ नंबर) मा पनि सरकार बनाउने संभावना रहन्छ। प्रदेश सरकार मा सीनियर पार्टनर, केंद्र सरकारमा जुनियर पार्टनर।
विवेकशील र नया शक्ति ले विस्तारै नेका, एमाले र माओवादी को भोट काट्दै जाने हो। त्यस अवस्थामा राजपा देशकै सबैभन्दा ठुलो पार्टी बन्न पनि सक्छ। तर त्यस का लागि अहिले फोरम र राजपा बीच एकीकरण गर्नुपर्यो।
एकीकृत पार्टी को नाम राजपा। चुनाव चिन्ह मशाल।
मधेस आंदोलन ले खोजेको संविधान संसोधन संभव बनाउन सबै भन्दा चाहिने, सबैभन्दा महत्वको कदम नै यो एकीकरण हो। यस एकीकरण पश्चात राजपा ले तराई मा प्रत्यक्ष मा ६०% माथि सीट जित्छ। अनि भएन त संविधान संसोधन?
त्यो एकीकरण पश्चात काँग्रेस र माओवादी लाई तिमी हरु पहाडमा एक पद एक उम्मीदवार मा जाउ भन्नु पर्ने हुन्छ।
Wednesday, September 20, 2017
तेस्रो चरणको स्थानीय चुनावको संभावित मैंडेट: फोरम र राजपा एकीकरण गर
प्रदेश नम्बर २ निर्वाचन प्रक्षेपण : पहिलो काँग्रेस, दोश्रो राजपा र तेश्रो एमाले हुने https://t.co/nphi7d9ajQ via @todaykhabar— Paramendra Bhagat (@paramendra) September 21, 2017
हुन त नतिजा आउन बाँकी छ। तर यस एग्जिट पोल लाई आधार मान्ने हो भने यस तेस्रो चरणको चुनावको मैंडेट फोरम र राजपा एकीकरण गर भन्ने देखिन्छ। दुई तिहाई राजपा र एक तिहाई फोरम ले लिने गरी नया किसिमले संगठन निर्माण गर्दा हुन्छ। गच्छेदार को त बेहाल छ। राजपा सँग एकीकरण नगरी नहुने जस्तो देखिन्छ। उपेंद्र यादव ले पार्टी मा नंबर दुई पोजीशन पाउनु पर्छ। यसरी एकीकरण गरिएको पार्टी ले ७५ जिल्ला मा चुनाव लडन सक्छ। प्रदेश सभा र संसदको चुनाव का लागि यो एकीकरण अपरिहार्य छ।
उपेंद्र यादव समाजवादी भन्ने हो भने हृदयेश त्रिपाठी त सोभियत संघ को बेलाको मॉस्को मा ट्रेनिंग प्राप्त समाजवादी हो। हृदयेश राजपा मा अटाउंछ भने उपेंद्र किन अटाउंदैन?
एकीकरण को प्रमुख कारण संविधान संसोधन हो। यसरी एकीकरण गरेको पार्टी ले राम्रो चुनावी नतिजा ल्याउँछ र संसोधनको संभावना निकै बढेर जान्छ। एकीकृत भए पछि बल्ल यो मधेस को नंबर एक पार्टी बन्छ।
नाम राजपा को लिने। चुनाव चिन्ह फोरम को मशाल।
कसरी चुनिन्छन् राष्ट्रपति र उपराष्ट्रपति? https://t.co/K5QKddNji6— Paramendra Bhagat (@paramendra) September 18, 2017
यसरी हुँदैछ नयाँ राष्ट्रपतिको चुनाव, कुल मत-५२७८६ https://t.co/2ml4JTLoNE— Paramendra Bhagat (@paramendra) September 13, 2017
Saturday, September 16, 2017
सीके राउत ले चुनाव लड्ने बाटो किन थुनि दिएको?
मैले यस ब्लॉग मा भन्दै आएको छु, सीके राउत ले चुनाव लड्नुपर्छ। तर के सीके राउतले नेपालमा चुनाव लड़ने अवस्था छ त? सीके राउत अहिंसा, लोकतंत्र र मानव अधिकार को राजनीति गरिरहेको व्यक्ति हो। हिंसा गर्न पाइँदैन। तर अहिंसात्मक तवर ले अर्थात शांतिपुर्वक आफ्नो कुरा राख्न पाइन्छ। त्यसैलाई वाक स्वतंत्रता भनिन्छ। शांतिपुर्वक भेला गर्न पाइन्छ। त्यसैलाई freedom of peaceful assembly भनिन्छ र त्यो आधारभुत मानव अधिकार हो। सीके ले बोलेको लेखेको भरमा उसलाई थुनेको होइन? सीके ले प्रमाणित गरिदिए, नेपालमा लोकतंत्र र मानव अधिकार छैन।
थुने पछि सर्वोच्च अदालत ले छोड्न लगायो। सर्वोच्च अदालत ले मानव अधिकार बुझेको रहेछ। गृह मंत्रालय ले नबुझे पनि। तर कुनै व्यक्ति लाई सर्वोच्च अदालत ले छोड्न लगाइसके पछि फेरि त्यस व्यक्ति लाई हाउस arrest गर्नु सीके राउत को मात्र मानव अधिकार हनन भएन। त्यो त देशको सर्वोच्च अदालत को अपमान भयो। देशको सरकारले देशको सर्वोच्च अदालत लाई मानहानि गरेको भयो। देशमा rule of law नै नभएको देखियो।
फेरि त्यस माथि एउटा जिल्ला को अदालत ले सीके लाई रिहा गरे पछि सीके लाई अर्को छिमेकी जिल्ला मा लगेर त्यही मुद्दा चलाउने नौटंकी! कुनै पनि व्यक्ति लाई, चाहे त्यो चोर डाका लुटेरा होस, एउटा आरोप का लागि एक पटक भन्दा बढ़ी मुद्दा हाल्न पाइँदैन त।
बोल्न नपाउने। लेख्न नपाउने। संगठन बनाउन नपाउने। सर्वोच्च अदालत मा मुद्दा जिते पनि त्यसको कुनै मतलब नहुने, पुलिस ले फेरि आएर समात्ने। योभन्दा बढ़ी अरु के प्रमाण चहियो? नेपालमा लोकतंत्र छैन भन्न लाई?
काँग्रेस लोकतंत्रवादी भन्छ। चुइँक्क बोलेन एक शब्द सीके को मानव अधिकार हनन हुँदा।
मधेस अलग देश भन्न पाइन्छ। किन पाइँदैन? वाक स्वतंत्रता हो। तर नेपालको संविधान ले मधेस अलग देश एजेंडा भएको पार्टी ले दर्ता गर्न पाउने र चुनाव लडन पाउने भन्ने छैन। त्यो त नेपालमा लोकतंत्र नभएको प्रमाण हो।
सीके ले चुनाव लड्नु मा दोष सीके को होइन। नेपालको संविधान को हो। सीके ले पार्टी खोले त्यस पार्टी लाई दर्ता गराइदिने शक्ति त सर्वोच्च अदालत सँग पनि छैन।
उपेंद्र यादव र विजय गच्छेदार लाई राजपा को अध्यक्ष मंडल मा ल्याउनै पर्छ
उपेंद्र यादव र विजय गच्छेदार लाई राजपा को अध्यक्ष मंडल मा ल्याउनै पर्छ। ८ जना भनेको अधकल्चो भयो। १० जना बल्ल डेसीमल नंबर हुन्छ। अनि त त्यस पछि राजपा ले प्रदेश र संसद चुनाव मा तहलका मच्चाउँछ। विवेकशील ले काठमाण्डु हल्लाउँछ। राजपा ले मधेस हल्लाउँछ। संविधान संसोधन का लागि चाहिने जति सीट ल्याउँछ राजपा ले यो एकीकरण पछि। कस्तुरी को सुगंध त उसको आफ्नो नाइंटो मैं रहेछ।
दोस्रो चरण को चुनाव मैं उपेंद्र र विजय ले देखेको हुनुपर्छ। एक्लै जान सकिँदैन।
Saturday, September 09, 2017
Tuesday, September 05, 2017
संविधान संसोधन का मुद्दा हरु
प्रदेश सभा र प्रतिनिधि सभा को चुनाव पछि संविधान संसोधन को संभावना छ। संसोधन नभए सम्म त्यसलाई बलियो चुनावी मुद्दा बनाएर चुनावी सफलता हासिल गर्न सकिन्छ। मुद्दा दरो रूपले स्थापित भएको छ।
हिंदी भाषा मधेसलाई भन्दा पहाडलाई चाहिएको। मैथिलि किन हुँदैन? थारू किन हुँदैन भनेर सोध्ने ले पहाडमा राई भाषा किन हुँदैन, गुरुङ्ग भाषा किन हुँदैन, तामांग भाषा किन हुँदैन, नेपाली नै किन संपर्क भाषा चाहियो भनेर सोध्नुपर्छ। अशिक्षित नेपाली काम का लागि भारत जाने पुरानो कुरा हो। १० वर्ष भित्र मा शिक्षित नेपाली अमेरिका, बेलायत, जापान, ऑस्ट्रेलिया नगयेर भारत जाने अवस्था आउँदैछ। विश्व भरि नेपाली नोकरचाकर भएर बस्नु परेको अवस्था छ। हिन्दी नै त्यो छाता भाषा हो दक्षिण एशिया को जसले नेपाली लाई विश्व भरि आदर दिलाउने छ। गुगल को Artificial Intelligence ले सम्पुर्ण इंटरनेट लाई हिंदी मा अनुवाद गर्ने समय अब धेरै टाढा छैन। अनि त के हिंदी, के अंग्रेजी। नेपालमा हिंदी घृणा आत्म घृणा (self hate) हो। हिंदी घृणा दास मानसिकता हो। अंग्रेज गए, अंग्रेज प्रतिको दासत्व भावना गएन।
नागरिकता समस्याको वास्तविक समाधान भनेको कनाडा र अमेरिका बीच भए जस्तो, ब्रिटेन र अमेरिका बीच भए जस्तो द्वैध नागरिकता हो। दुई देश बीच त्यस किसिमको नया सन्धि गर्नु पर्छ। भारतीयले नेपाली बिहे गर्दा भारतीय नागरिकता किन त्याग्नुपर्ने? नेपाली नागरिकता पनि किन नपाउने? भारतको सहयोगमा नेपालमा पनि बायोमेट्रिक ID मा जानुपर्छ। र नागरिकता एक किसिमको मात्र हुन्छ। भारतमा सोनिया गाँधी लाई प्रम बन्न त्यहाँको कुनै कानुन ले रोक्दैन।
राष्ट्रिय सभा का लागि जनसंख्याको आधारमा मतदान हुनुपर्ने एक व्यक्ति एक मत लोकतंत्र हो। जनसंख्याको आधारमा स्थानीय तह बढाउनु पर्छ। मधेसमा २०० थपे भइहाल्यो नि। होइन भने २०,००० लाई पनि एउटा पुस्तकालय, एउटा अस्पताल, २००,००० लाई पनि एउटा पुस्तकालय, एउटा अस्पताल? तर्क संगत भएन।
ओली प्रवृत्ति र राष्ट्रवाद https://t.co/rhebwkLaPw— Paramendra Bhagat (@paramendra) September 5, 2017
Sunday, September 03, 2017
राजपा ले छलांग मार्ने सिनारिओ (Scenario)
नेपालमा एउटै पार्टीले एक्लै बहुमत ल्याउने जमाना शायद गयो। माओवादी फेरि एक ढिक्का भएमा तीन ठुला पार्टी मोटामोटी समान आकारका शायद होलान। तर केही साना पार्टी हरु पनि थ्रेसहोल्ड वाला परीक्षा पास गर्ने देखिन्छ। राजपा र राप्रपा राणा ले थ्रेसहोल्ड पास गर्छन। उपेंद्र यादव र विजय गच्छेदार लाई अहिल्यै गारहो भइसक्यो। नया शक्ति लाई गारहो छ। विवेकशील साझा पार्टी ले काठमाण्डु मा मात्र हल्का अनुहार देखाएको छ। थ्रेसहोल्ड पास गर्ने अवस्था आइसकेको छैन। नेपालका अन्ना हजारे डाक्टर गोविन्द केसी ले विवेकशील लाई आशीर्वाद दिए जस्तो देखिन्छ। तर जनतामा भ्रष्टाचार विरूद्ध व्यापक रोष उप्तन्न भइसकेको अवस्था छैन।
कि त राजपा सँग यादव र गच्छेदार ले एकीकरण गर्नु पर्यो। कि त बाबुराम र उपेंद्र ले एकीकरण गर्नुपर्यो। विवेकशील ले कुनै पुरानो पार्टी सँग एकीकरण गर्ने अवस्था भने छैन। विवेकशील ले समय कति लिन्छ प्रश्न त्यति मात्र हो। तर १० वर्ष भित्रमा राष्ट्रिय राजनीति मा व्यापक फेरबदल हुने संभावना छ। त्यसका लागि काँग्रेस र एमाले को साइज घट्नु पर्ने हुन्छ। विवेकशील र नया शक्ति ले भ्रष्टाचार का विरुद्ध व्यापक रोष प्रकट गर्न सके त्यो सिनारिओ आउने देखिन्छ।
काठमाण्डु मा विवेकशील जे हो मधेसमा सीके राउत त्योभन्दा ठुलो हो। तर त्यसका लागि सीके ले पार्टी दर्ता गराएर चुनाव लड्नु पर्छ। सीके ले उदाहरण दिने गरेका स्कॉटलैंड र स्पेन का स्वराजी पार्टी हरु चुनाव लड्छन त। सीके ले चुनाव किन नलडने?
त्यस अर्थ मा काँग्रेस र एमाले अहिले को एक तिहाई मा पुग्ने र विवेकशील, नया शक्ति, राजपा र राउत अगाडि आउने संभावना टडकारो छ। देशको बजट को ९०% अंतिम १२ औ महिना मा "खर्च" गरेर झ्वाम पार्ने लुटतंत्र का विरूद्ध जनता मा रोष प्रकट गराउन सक्नुपर्यो विवेकशील र नया शक्ति ले। होइन भने गारहो छ। देशको आर्थिक प्रगति गारहो छ।
नेपालको भ्रष्टाचार मा लिप्त राज्य (state) ले सारा नेपाली जनता लाई उपनिवेश बनाएर राखेको अवस्था छ।
हृदयेश त्रिपाठी अध्यक्ष मण्डल में चयन https://t.co/pDL3FNSrmcराजपा-राजनीतिः-हृदयेश-त्.html via @HimaliniNepal
— Paramendra Bhagat (@paramendra) September 4, 2017
राजपा ले छलांग मार्ने सिनारिओ (Scenario) https://t.co/yLYsq3lqAP #baburambhattarai #ckraut #corruption #nayashakti
— Paramendra Bhagat (@paramendra) September 4, 2017
सिके राउत अन्धी–गल्लीको बाटो हिँडिरहेका छन् : सिके लाल https://t.co/VddDBtNjey
— Paramendra Bhagat (@paramendra) September 4, 2017
बैकल्पिक उर्जा पाँच अर्ब बेरुजुले ग्रस्त : भ्रष्टाचारले सीमा नाघ्यो अख्तियार मौन https://t.co/xapMU8n9VI
— Paramendra Bhagat (@paramendra) September 4, 2017
महानगरलाई ९ करोड कर नतिर्नेलाई बनायो एमालेले मेयरका उम्मेदवार https://t.co/aqxfHd1K6U
— Paramendra Bhagat (@paramendra) September 4, 2017
कांग्रेसको भ्रष्टचारी मोह : निर्वाचन विधेयक अन्योलमा https://t.co/nPk6yTZHjG
— Paramendra Bhagat (@paramendra) September 4, 2017
निगम जग्गा खरिद घोटाला : सांसदलाई सुरक्षा थ्रेट, विभिन्न समूमार्फत अनावश्यक दबाब https://t.co/LO4S1Jr64X
— Paramendra Bhagat (@paramendra) September 4, 2017
भ्रष्टाचारीलाई चुनावमा उठाउन कांग्रेसको जोडबल : माओवादी केन्द्र अलमलमा https://t.co/LdiEVsZnow
— Paramendra Bhagat (@paramendra) September 4, 2017
सीता, गौतमबुद्धलाई नेपाली भन्नेले मधेशीलाई गैरनेपाली देख्नु एकल जातीय अहंकारवादी सोच https://t.co/mOOWC4Ko8H via @sanghiyaonline
— Paramendra Bhagat (@paramendra) September 4, 2017
आठौं संविधान बन्ने उपेन्द्र यादवको चेतावनी https://t.co/nYANgOEOdV @sanghiyaonline
— Paramendra Bhagat (@paramendra) September 4, 2017
राष्ट्रवाद र राष्ट्रियता समानार्थी होइनन् https://t.co/VYS2QEpxRN
— Paramendra Bhagat (@paramendra) September 4, 2017
भ्रष्टाचारमा संलग्न नेपालीमाथि कारबाही भएन https://t.co/sJajsXsyje
— Paramendra Bhagat (@paramendra) September 4, 2017
प्रतिबन्धित भारतीय रुपैयाँको तस्करी, वित्तीय संस्थाकै संलग्नताको आशंका https://t.co/cwJJNDhMIg
— Paramendra Bhagat (@paramendra) September 4, 2017
‘अहिलेको निर्वाचन हाम्रो लागि क्वाटरफाइनल हो’ https://t.co/uz4CYiVp3z
— Paramendra Bhagat (@paramendra) September 4, 2017
राजपालाई बल्ल लाग्यो चुनाव : मधेश भवनमा टिकट लिनेको लाइन https://t.co/s1Is0ng6s8
— Paramendra Bhagat (@paramendra) September 4, 2017
संकट टार्न राजपाको असन्तुष्ट पक्षलाई रातारात बढुवा https://t.co/AJTqgGoSvO
— Paramendra Bhagat (@paramendra) September 4, 2017