Saturday, August 26, 2017

मधेस आन्दोलनको आध्यात्मिक पक्ष






प्रमुख धर्म हरु एक अर्का सँग बाझेका छैनन। उही जानकारी बिभिन्न माध्यमले परोसिएको छ। महाभारतमा भनिएको छ, हे ब्रम्हा, तपाइँका बिभिन्न नाम मध्ये एक हो इसा। कोरान मा जीजस लाई इसा भनिएको छ। क्रिस्चियन ले भन्ने गरेको होली फादर नै विष्णु हुन। हिन्दु ले विष्णु को नाभी बाट ब्रम्हा पैदा भएको भन्छ। क्रिस्चियन ले "begotten, not made" भन्छ। अल्लाह भनेको एउटा अरबी शब्द हो। त्यसै शब्द लाई अंग्रेजी मा God भनिन्छ। अर्थात बाबरी मस्जिद मा भगवान राम कै पुजा भैरहेको थियो। मानव अवतार मा आउनु अगाडिका राम। मानव अवतार को समाप्ति पछिका राम। ईश्वर निराकार र सर्वव्यापी छन।

विष्णु को पहिलो मानव अवतार राम, दोस्रो कृष्ण। ब्रम्हा को पहिलो मानव अवतार जीजस। ईश्वर त सारा ब्रम्हाण्ड को ईश्वर हो, सिर्फ भारतवर्षको होइन। ईश्वर एक छन। पाँच अंधोले हाथी लाई छामे जस्तै बिभिन्न धर्म ले ईश्वर लाई चिन्ने प्रयास गर्दछन। ती पांचैले एक अर्का को कुरा सुने ईश्वर को अझ बढ़ी स्पष्ट चित्र आउने हुन्छ।

जीजस/येशु को जब इजराइल मा जन्म भयो त्यति बेला इजराइल रोमन साम्राज्य को अधीनस्थ थियो। रोमन हरु को बड़ो क्रुर शासन थियो। तर जीजस ले यहुदी को political liberation लाई बढ़ी महत्वपुर्ण ठानेनन। मानव रुपमा जन्मे पछि सबैभन्दा महत्वपुर्ण कुरा हो मरे पछि स्वर्ग जाने कुरा सुनिश्चित गर्नु। बाँकी सबै कुरा कम महत्वका कुरा हुन।

मधेसी लाई गार्हो छ। काठमांडुले उपनिवेश बनाएर राखेको छ। तर २,००० वर्ष अगाडि को यहुदी र आजको मधेसी का लागि सन्देश एउटै छ। समस्त मानव जाति का लागि नै सन्देश एउटै छ।  मानव रुपमा जन्मे पछि सबैभन्दा महत्वपुर्ण कुरा हो मरे पछि स्वर्ग जाने कुरा सुनिश्चित गर्नु। बाँकी सबै कुरा कम महत्वका कुरा हुन।

भन्नु को अर्थ धरती मा justice र prosperity महत्वपुर्ण कुरा होइन भन्ने होइन। तर ती लिस्ट मा सबै भन्दा माथि पर्दैनन।

यहुदी लाई chosen people भनिन्छ। ईश्वर ले म छु भनेर देखाउन का लागि त्यसरी एक जाति लाई choose गरेका हुन। बाहुन भनेको त्यस्तै chosen people हो। यहुदी जस्तो। तर बाहुन नर्क जाँदैन भन्ने होइन। कुकर्म गर्छ भने नर्क जान्छ। मानवले मानव सँग दुर्व्यवहार गर्छ भने त्यो कुकर्म हो। शोषण कुकर्म हो। जुन ईश्वर ले यहुदी लाई choose गरे त्यसै ईश्वर लाई यहुदी ले reject गर्यो। बाहुन हरुमा त्यसै किसिमको tendency देख्न सकिन्छ।

धरती मा भोग्न सकिने कुनै पनि पीड़ा नर्क को पीड़ा भन्दा निकै कम हो। त्यस अर्थमा caste system लाई बुझ्नु पर्ने हुन्छ। गीता मा भगवान कृष्ण ले भनेका छन, यो caste system मैले नै बनाएको। कस्तो भगवान? Caste system बनाइदिने! तर त्यही भगवान ले स्पष्ट सन्देश दिए, कुनै पनि जातको मानिस सँग दुर्व्यवहार नगर। त्यो सन्देश का लागि सीता मैया दोस्रो पटक वनवास गइन। उदाहरण पेश गर्न का लागि। तर बाहुन ले त्यो बुझ्न खोज्दैन। उल्टै राम त ख़राब लोग्ने भन्ने अर्थ लगाउन खोज्छ।

गीता मा भगवान कृष्ण ले भनेका छन। मैले देखाएको स्वर्ग जाने बाटो १०,००० मध्ये एकले प्रयास गर्ने छन, ती प्रयास गर्ने १०,००० मध्ये एक सफल हुनेछन। बाँकी को के हुने? हिन्दु ग्रन्थ हरुमा स्पष्ट भनिएको छ, पुनर्जन्म पछि पुनर्जन्म पछि पुनर्जन्म।


जीजस आउनु ३,००० वर्ष अगाडि नै कृष्ण ले जीजस को कुरा गरेका छन। Wisdom यहुदी बाइबल मा जीजस को नाम हो। त्यही जीजस लाई सकेसम्म थुन्छेक गर्न भारत को पनि नेपाल को पनि बाहुन तम्सिएको छ।

पहिले को जन्म का दौरान को कर्म का कारन ले कोही तल्लो जातमा जन्मेको हुन सक्छ। तर जुन सुकै जात मा जन्मे पनि जीजस को बाटो त्यो व्यक्ति स्वर्ग जान सक्छ। त्यो कुरा भगवान कृष्ण ले गीता मा भनेका छन।

Son Of God: Jesus Is Back

मधेसी को राजनीतिक अवस्था बारे के त? भगवानको सन्देश के छ? सबै कुरा को ज्ञान हुने ईश्वर, सर्वशक्तिमान ईश्वर ले भन्छन माफ़ गरिदेउ। पहाड़ी ले थिचोमिचो गर्यो? पहाड़ी लाई माफ़ गरिदेउ। आजसम्म एक पटक पनि ईश्वर ले अन्याय हुन दिएका छैनन।


Friday, August 25, 2017

सीके राउत ले चुनाव लड़नै पर्ने कारण हरु

संघीयता र समावेशिता इमान्दारितापूर्वक लागु गरेको खण्डमा मधेसीले नेपाल भित्रै समानताको अनुभुति गर्न सक्छ। त्यो मेरो विश्वास हो। तर संघीयता र समावेशिता इमान्दारितापूर्वक लागु गरेको अवस्था छैन। त्यसले सीके राउत लाई स्पेस दिएको छ। तर सीके को मधेस अलग देश को नाराले मुर्त रूप लिन विश्व राजनीतिमा एउटा बर्लिन को पर्खाल भत्किने साइज को घटनाक्रम आवश्यक पर्दछ। होइन भने भुराजनीति मधेस अलग देश को पक्षमा छैन।

तर सीके को चुनाव नै नलडने निर्णय बुझिनसक्नु छ। गाँधी को पार्टीले प्रदेश स्तरको चुनाव हरु लड्दै गएको। सीके ले उदाहरण दिने स्कॉटलैंड र स्पेन मा त्यस्ता स्वराजी पार्टी हरुले चुनाव लड्दै गएको। सीके ले चाहिं चुनाव नलडने किन?


सीके ले आफ्नो नेपाली नागरिकता र पासपोर्ट त त्यागेका छैनन। प्रत्येक व्यक्ति को कुनै न कुनै देशको नागरिक बन्ने अधिकार मानव अधिकार हो। राजनीतिक नेतृत्व मा रहेको नागरिकले पार्टी दर्ता गराउँछ।

पार्टी नै दर्ता नगरी, चुनाव नै नलडी संगठन बनाउन गार्हो हुन्छ। अहिंसा र लोकतंत्र मा रहेको आफ्नो विश्वास प्रकट गर्न पनि सीके ले चुनाव लड्नु पर्छ।




निकट भविष्यको संविधान संसोधन का लागि चाहिने अंकगणित

दुई तिहाई को निकट पुगेर पनि दुई तिहाई नपुगेको र हुनैपर्ने संविधान संसोधन नभएको अवस्थामा र राजपाले चुनाव बिथोलेर संविधान अवसान गराउने बाटो नरोजेर चुनाव लड़ने निर्णय गरेको अवस्थामा अब तेस्रो चरणको स्थानीय चुनाव र प्रतिनिधि सभा र प्रदेश सभा को चुनावले संविधान संसोधन बारे निर्णय गर्ने स्पष्ट छ। त्यसकालागि काँग्रेस, माओवादी र राजपा को सशक्त गठबंधन बनाएर अघि बढ्नु उपयुक्त हुन्छ। त्यस गठबन्धनले औपचारिक रूपले नै एक पद एक उम्मेदवार को अवधारणामा जान सकेको खण्डमा कमल थापा लाई जीरो र ओलीलाई २५% मा पुर्याउन सकिन्छ। गठबन्धनमा राप्रपा राणा का लागि पनि ठाउँ बन्न सक्छ। भारतको NDA र UPA जस्तै नेपालमा पनि दुई ध्रुवको निर्माण जरुरी छ। एउटा गठबंधन ओली र कमल थापा र अर्को गठबंधन काँग्रेस, माओवादी, राजपा, राप्रपा राणा र विजय गच्छेदार हुन सक्छन।


तर त्यस प्रकारको एक पद एक उम्मेदवार गठबंधन बनिहाल्न गार्हो छ। त्यस किसिमको परिपक्वता नेपालका पार्टी हरुमा आइसकेको अवस्था छैन। गठबंधन चुनाव पछि बन्ने गर्छ।

त्यस्तो औपचारिक गठबंधन बन्नु अगाडि राजपा र माओवादी र सीके राउत ले महत्वपुर्ण रोल खेल्न सक्छन। राजपाले चाडो भन्दा चाडो महाधिवेशन गरेर पार्टी एकीकरणको प्रक्रिया लाई पुर्ण गर्नु जरुरी छ। अहिले एकीकृत पार्टी होइन छ पार्टीको मोर्चा लाई नै छाता ओढाइरहेको अवस्था छ। सच्चा रूपले एकीकरण भएर जनता माझ जाँदा राजपाले राम्रो चुनावी नतिजा ल्याउनेछ।

सबै माओवादी फेरि एक हुन्छन् र प्रचंड र उपेन्द्रको एकीकरण भएर उपेंद्र नंबर दुई नेता बन्छन भने त्यसले संविधान संसोधनको एजेंडा लाई बलियो बनाउँछ। बाबुराम भट्टराईले बनाउन खोजेको नया शक्ति त विवेकशील साझा पार्टी पो बनेछ। बाबुराम फेरि माओवादी मैं फर्केर त्यस पार्टीको नाम बाट माओवादी शब्द झिक्न मदत गर्नु उपयुक्त हुन्छ। राष्ट्रिय राजनीतिमा आफ्नो relevance कायम राखेर फेरि राष्ट्राध्यक्ष बनने संभावना बनाउन बाबुरामले अलिकति ego निल्नुपर्ने धरातल बनेको छ। प्रचण्डले face saving गरिदिनुपर्छ। त्यस एकीकृत पार्टीले पहाडमा एमाले को वोट काट्छ। जनजाति को चेतना विस्तारै बढेर यता तिर आऊँछन।


Thursday, August 24, 2017

संविधान Derail को बाटो, संविधान संसोधनको बाटो र सीके राउतले चुनाव लड्ने बाटो



संविधान Derail को बाटो, संविधान संसोधनको बाटो र सीके राउतले चुनाव लड्ने बाटो 

संसोधन हुन नमानेको संविधानलाई Derail गर्नुपर्छ 

पटरी पर से उतारो इस संविधानको। संघीयता र समावेशिता को सिद्धान्तलाई धुजा धुजा पारेको यो संविधान। आफैले सही गरेको अंतर्राष्ट्रीय संधि सम्झौता नमानेको संविधान। १५० ठाउँमा मानव अधिकार हनन गरेको संविधान।

मधेस सँग वीटो पावर छ। तथाकथित तेस्रो चरण को स्थानीय चुनाव बिथोल्यो कि यो संविधानको अवसान भयो। अनि जान्छ देश तेस्रो संविधान सभा तर्फ।

लचक नभएको डंडी जस्तो यो संविधान पिटिक्क भाच्चिने संविधान हो। प्रक्रिया नपुर्याएर बनाइएको यो संबिधान।  यो संविधान सभाले होइन व्हिप जारी गरिएको कुनै संसद्ले बनाएको संबिधान हो। यो संसद बाहिर बनाइएको संविधान।

मधेसी क्रांति एक, दुई र तीनले खोजेको र नपाएको संविधान। त्यस विपरीत आएको यो अश्लील संविधान। यसलाई अब मधेसी क्रांति चार ले अपदस्थ गर्नुपर्छ।


संविधान संसोधनको बाटो 

अंततः दुई तिहाई पुर्याएर संविधान संसोधन गरिछाड्ने बाटो मध्यमार्गी बाटो हो। राजपा त्यही बाटो मा हिडेको देखिन्छ। यसले संगठन निर्माण गर भन्छ, चुनाव हरु जित्दै जाउ भन्छ। काँग्रेस र माओवादीले पनि यही बाटो मा साथ दिन खोजेको देखिन्छ। प्रचंड र उपेन्द्रले पार्टी एकीकरण गर्ने हल्ला छ। त्यसलाई मैले सकारात्मक नै लिएको छु। माओवादी पार्टीको नामबाट माओवादी शब्द झिक्ने बेला आइसक्यो। अशोक राई को पहाड़ी जनजाति जमातलाई प्रचण्डको समुह सँग मिश्रण गर्दा बल्ल नतिजा हरु आउन थाल्छ। राजपा र उपेंद्र यसरी घुमाउरो पाराले फेरि एक ठाउँमा आइपुग्छन। राम्रै हुनेछ।ओली र कमल थापा लाई isolate गर्ने बाटो नै संविधान संसोधनको बाटो हो।

सीके राउतले चुनाव लड्नुपर्छ 

पार्टी दर्ता गराएर चुनाव लड़न का लागि सीके राउतले मधेस अलग देशको एजेंडा छोड्नु जरुरी छैन। सीके ले उदाहरण दिने गरेका स्कॉटलैंड र स्पेन का पार्टी हरु सबै चुनाव लड्छन। सीके ले पनि चुनाव लड्नु पर्छ।

Monday, August 07, 2017

मधेस क्रांति, राजपा र यो मोड़



राजपा ले चुनावमा भाग लिने कि नलिने? राजपा को केंद्रीय समिति ले जे निर्णय गर्छ त्यही ठीक हुनेछ। तर चुनाव बहिष्कार को निर्णय गरियो भने चुनाव बिथोल्ने किसिमको बहिष्कार हुनुपर्छ। चुनावको केही दिन अगाडि देखि अनिश्चितकालीन मधेस बंद। मधेसी क्रांति ४ को बिगुल फुक्न सक्नुपर्छ। होइन भने चुनावमा सहभागी भएकै राम्रो।













Saturday, July 22, 2017

हृदयेश त्रिपाठी राजपा अध्यक्ष बन्नुपर्दछ

अहिले अध्यक्ष मंडल को विस्तार गर्दै त्यसमा हृदयेश त्रिपाठी लाई थपेर, अनि महाधिवेशन सम्म महंथ ठाकुर लाई नै संयोजक मानेर, महाधिवेशन मा हृदयेश त्रिपाठी ले अध्यक्ष पद का लागि उम्मेदवारी दिनुपर्छ, त्यति बेला महंथ ठाकुर लाई सर्वमान्य नेता बनाउनु पर्ने हुन्छ।

चुनौती संगठन निर्माण हो। दरो नेतृत्व चहियो।


Tuesday, July 18, 2017

CK Lal: World Class Columnist



Monday, July 17, 2017

महंथ ठाकुर, उपेंद्र यादव, सीके राउत र मधेस

मधेस  केंद्रित राजनीतिक विचारधारा को प्रतिनिधित्व मुल रूपले अहिले इ तीन अनुहारले गरेको देखिन्छ: महंथ ठाकुर, उपेंद्र यादव, र सीके राउत। मधेसी मतदाताले मत दिएको खण्डमा पहाड़ी नेतृत्वमा रहेका काँग्रेस, एमाले र माओवादी ले पनि मधेसलाई च्यानल गरेको भन्नैपर्छ। चाहे त्यसलाई मानसिक दासता को उपमा नै किन नदिउ।

पहाडको संपर्क भाषा संपर्क भाषा हुने, मधेसको संपर्क भाषा संपर्क भाषा नहुने। मुग़ल का समयमा भारतमा रहेको मधेस जो सांस्कृतिक रूपले बोर्डर पारिको भुभाग संग एक छ, जहाँ रोटीबेटी को सम्बन्ध छ। त्यहाँ आयातित नागरिकता कानुन हरु लादने प्रयासले मधेसलाई आधारभुत तहमा अपमान गरेको छ। मधेसीले एक व्यक्ति एक मत नपाओस भन्ने प्रमुख गाइडिंग प्रिंसिपल ले संविधान लेखिएको छ।

महंथ ठाकुर र उपेंद्र यादव को असहमति सतहमा जातीय लागे पनि (एउटा फॉरवर्ड ब्लॉक अर्को यादव) वास्तवमा एक जना काँग्रेस पृष्ठभुमि को र अर्को वामपंथी हुनु हो। तर दुबै चश्मा ले मधेसी विरुद्ध विभेद भएको देखेको र मोटामोटी समाधान के हो भन्ने उस्तै उस्तै निर्क्यौल पनि गरेको अवस्था मा सहयात्रा नहुनु गृहकार्य को कमी जस्तो देखिन्छ।



सीके राउत ले मधेसको इतिहास र वर्तमानको गहन विश्लेषण गरेका छन। बौद्धिकता प्रखर छ। संगठन क्षमता उच्च किसिमको देखिएको छ। अहिंसा प्रति अटल विश्वास भएको ले काठमाण्डु मा रहेको राज्य सत्ता ले ओझल पार्न सक्ने संभावना छैन। क्लीन इमेज छ। तर भुराजनीति ले साथ दिँदैन।

गांधी ले पनि अलग देश का लागि नै अभियान चलाएका हुन। तर भारत स्वतंत्र हुनु अगावै दशकौं गांधीको काँग्रेस पार्टीले प्रदेश स्तरमा चुनाव लड्दै जित्दै गएको हो। सीके राउत ले नै उदाहरण दिँदै आएका स्कॉटलैंड र स्पेन जस्ता ठाउँ मा अलग देश विचारधारा का पार्टीले चुनाव लड्ने गरेका छन।

अलग देशको कुरा गर्ने हो भने सीमाना कै कुरा आउँछ। त्यस अलग देशको सीमाना के हुने? मधेस प्रदेश मा त बस्न नचाहेका पहाड़बाट मधेस झरेका हरु ले मधेस अलग देश मा बस्ने इच्छा गर्लान? भने पछि मधेस देशको सीमाना कहाँ सम्म को हुने?

सीके को अभियान ले बरु मधेस केंद्रित दल हरुलाई स्पेस बनाइदिने काम गरेको छ। राज्य सत्ताको सफल आलोचना गरेको छ तर कंक्रीट रोडमैप दिन सकेको देखिँदैन। आदर्शवादी युवाहरुलाई संगठित त गरेको छ तर गंतव्य देखाउन सकेको छैन।

कि त बर्लिन को पर्खाल भतके जस्तो गरी भारत र चीन दुबै १०-२० देशमा विगठित हुने अवस्था आउनुपर्यो। त्यो आउने संभावना कतिको छ?

मुद्दा मात्र राजनीति होइन। संगठन निर्माण मा कमी कमजोरी देखिएका छन।

संविधान संसोधनको अन्योल छ। तेस्रो चरणको स्थानीय चुनावको द्विविधा छ। मधेसलाई गारहो छ।

Friday, July 07, 2017

राजपा र तेस्रो चरणको चुनाव

प्रचंड सरकारद्वारा दर्ता गरिएको संविधान संसोधन प्रस्ताव देउबा सरकारले पास गराउन सक्ने किसिमको अंकगणित संसदमा संभव छ। साना दल मंत्रिपरिषदमा बस्न रुचाउलान। एमाले को सहभागितामा गरेको अति उत्तम तर मधेसको स्वाभिमान कुनै एउटा दल लाई धितो दिन सकिँदैन। एमाले बिना पनि संभव छ। मधेसमा जनसंख्या समानुपातिक स्थानीय तह थप्न सर्वोच्च अदालतले रोक्दैन। उही हो, त्यस्तो निर्णय चुनावको नजिकै गर्यो भने रोक्छ। चुनाव निकै अगाडि गरे रोक्न सक्दैन। शहीद घोषणा, झुठा मुद्दा फिर्ता आदि त देउबा सरकारले आफ्नो इमान्दारिता प्रदर्शन गर्ने सुवर्ण मौका हो।

संविधान संसोधन भएर राजपा तेस्रो चरणको चुनावमा सहभागी हुनु सबैका लागि राम्रो हो। अझ संविधान संसोधन पछि कॉंग्रेस र राजपा गठबंधन बनाएर चुनाव लड्ने हो भने प्रदेश २ मा एमाले न पहिलो, न दोस्रो, न तेस्रो, न चौथो बन्ने अवस्था आउन सक्छ। काँग्रेस, राजपा, माओवादी र अन्य सत्ताधारी दलहरुले मिलेर पनि लड़न सक्छन। लगे हाथ उपेन्द्र यादव लाई पनि समेटेको राम्रो। एक्लै लड्नु हुन्न भन्ने कुरा उपेन्द्र यादवलाई दुई चरणले देखाइसकेको हुनुपर्छ।

संविधान संसोधन पछिको काँग्रेस ले तेस्रो चरणमा राम्रो गर्छ। देउबा विरुद्ध उनकै पार्टी भित्र उठिरहेका स्वरहरु मत्थर भएर जानेछन।

देशको राजनीति लाई दुई ध्रुवमा लानु श्रेयस्कर छ। एमाले एकातिर, एमाले बाहेक का अर्कोतिर। एमालेको बाटो हो महेन्द्रपथ। संविधान संसोधन पछि प्रदेश र केन्द्रको चुनावकालागि त्यस किसिमको ध्रुवीकरण का लागि मार्ग प्रशस्त हुन्छ।

तर संविधान संसोधन बिनाको बलधकेल चुनावको प्रयास ले देशलाई विस्फोट तिर लान्छ।

राजनीति संभावना को खेल हो। संभावना हरु खोजिरहनु पर्ने हुन्छ।


Thursday, July 06, 2017

एमाले की रामकुमारी झाक्री लाई संघीय सीमांकन बारे जवाफ



एमाले की रामकुमारी झाक्री लाई संघीय सीमांकन बारे जवाफ 

रामकुमारी जी। लाल सलाम। अभिवादन।

पहिलो कुरा त संघीयता को हो। संघीयता हो के  र चाहिएको किन? र अहिले जे देशमाथि लादिएको छ त्यो संघीयता हो कि होइन? नेपाल जस्तो विविध देश मा सबै समुदाय लाई समानता को अनुभुति दिन संघीयता चाहिएको हो। विशेष गरी दमजम, अर्थात दलित, मधेसी, म जस्तो मधेसी, जनजाति र महिला, तपाईं जस्तो महिला, लाई राज्य बाट संस्थागत रुपमा सयौं वर्ष देखि किनारा लगाउने जुन काम हुंदै आएको छ त्यसलाई समाप्त पार्दै सबैलाई समेटेर लान का लागि संघीयता चाहिएको हो। आरक्षण, जसलाई समावेशिता पनि भनिन्छ, त्यो त्यसकै अर्को पाटो हो।

देश गणतंत्र मा गए पछि चोर ढोका बाट फ़ेरि ज्ञानेंद्र लाई नै राष्ट्रपति बनाए जस्तो गरी देशलाई संघीय भनिएको छ तर जे लादिएको छ त्यो संघीयता हुंदै होइन। पुरानो व्यवस्थाको जिल्ला सरकारभन्दा कम ताकत भएको राज्य सरकार बनाइएको छ। ७५ जिल्ला लाई मेट्नुपर्ने उल्टो ७५ जिल्ला लाई तथाकथित संघीय सीमांकन को केन्द्रविन्दु बनाइएको छ।

कुन प्रदेशमा बस्ने भन्ने निर्णय स्वाभाविक रुपमा जनता आफैले गर्न पाउनुपर्छ। तर अहिले त्यो भएको त छैन। एक मधेस तीन प्रदेश को नारा का साथ चुनाव लडेको नेपाली काँग्रेस, उसले जनताको कुरो सुन्यो त?

संघीयता बाहुन क्षेत्री लाई चाहिएको थिएन। तिन का लागि त केंद्र मा नै चाहिने भन्दा बढ़ी सहभागिता छँदै थियो। र न मर्का परेको हो। त्यसैले संघीय सीमांकनमा बाहुन क्षेत्री बाहेक का को कुरा सुन्नु पर्ने थियो।

तर अन्त्यमा आएर सीमांकन यसरी गरियो कि सात मध्ये ६ प्रदेशमा बाहुन क्षेत्री को वर्चस्व कायम रहोस। र मधेसी लाई लोकतंत्र को आधारभुत मान्यता एक व्यक्ति एक मत बाट वंचित गरिएको छ।

कैलाली कंचनपुर को प्रत्येक गाउँ/शहर लाई भन्न दिउँ, झापा, मोरंग र सुनसरी मा पनि। ५ नंबर प्रदेश का तराई का जिल्ला लाई भन्न दिउँ। कुन प्रदेश मा बस्ने भनेर।





दुई चरण चुनाव पछिको धरातल

दुई चरण स्थानीय चुनाव पछिको धरातल कहाँ छ? अब राजपा कता जाने? एमाले झनै हौसिएको हुनुपर्छ। उसको आक्रामक मधेस विरोधी अडान लाई पहाड़ले अनुमोदन गरिदिएको अवस्था छ। तर सबैभन्दा ठुलो दल एमाले भए पनि काँग्रेस र माओवादी मिले सत्ता गठबंधन बन्ने अवस्था कायम छ। 

मधेसी जनजाति एकता त के हुनु बरु पहाडका जनजाति पहाडको सम्पर्क भाषा नेपाली भाषा भन्दै गोलबंद भएको अवस्था छ। चुरे दक्षिण भेग पहाड़बाट मधेस झरेका मध्ये एमालेमय भएको अवस्था छ। हुलाकी राजमार्ग बेल्ट मा खुम्चिने अवस्था आएको छ मधेस केन्द्रित दल का लागि। 

मधेसी को ५०% को क्लेम घटाएर उसै ३५% मा झारिएको थियो। हुँदा हुँदा २०% मा झार्न भ्याइसके। थारू त मधेसी होइन, मुसलमान त मधेसी होइन भन्दै। मधेसी थारू मुसलमान लाई राजनीतिक रुपमा ओझल पार्ने महाषड्यन्त्र मा काँग्रेस कै नेतृत्व लागेको छ। तर देखावटी अन्यथा देखाउने गरेकोले न पहाडमा फाइदा भयो न मधेसमा। 

एमाले ले संविधान संसोधन मा सघाउने संभावना झनै कम भएको छ। नेपालभित्र मधेसी लाई एक व्यक्ति एक मत लोकतंत्र नदिने अभ्यास बरक़रार छ। पहिलो त नागरिक नै नमान्ने। दोस्रो मतदाता बन्न नदिने। तेस्रो मधेसी लाई तीन वटा पहाड़ी राज्य हरुमा गाभेर अल्पमत मा पारिदिने। चौथो नाम मात्र को संघीयता दिने। देखावटी। स्थानीय सरकार अझै पनि काठमांडु को स्थानीय विकास मंत्रालय ले चलाउने। त्यसमा पनि ५०% जनसंख्या भएको मधेसमा २५% कम स्थानीय बजेट आउने गरी। तल्लो सदनमा ३५% मधेसी ले १५% प्रतिनिधित्व गर्ने गारंटी गर्ने। अंतिम अस्त्र कुनै पनि हालतमा उपल्लो सदनमा मधेसी ले १०% नकाट्ने गारंटी गर्ने। अनि त भैगयो मधेसमाथि पहाडको भीटो। 

मधेस उपनिवेश हो। मधेसी लाई कि त अनागरिक कि त दोस्रो दर्जाको नागरिक बनाइएको छ। यो एउटा विस्फोटक स्थिति हो। 

महेंद्र ले केपी ओली लाई जेल किन हालेको? महेंद्र पथ मा शाह थर को कोही छैन। महेंद्र को झंडा केपी ओली ले बोकेको अवस्था छ।  यो फ़ासिस्ट राष्ट्रवाद को भविष्य उज्जवल छैन।