Tuesday, March 15, 2016

प्रचंड र बहुदल

अझै दश वर्ष राष्ट्रिय एकताको जरुरी : दाहाल
'नेपाली काङ्ग्रेसको सभापति शेरबादुर देउवा भैसक्नु भएको छ, अब सहमतिको प्रयास अघि बढ्छ ।' .... दाहालले भारतले नाकाबन्दी गरेको तर, अन्तर्राष्ट्रिय जगतलाई भने ढाँटेकोमा रुष्टता प्रस्तुत गरे । .... नाकाबन्दले राष्ट्रिय उत्पादन तहसनहस भएकाले अर्बौको क्षेती बेहोर्नु परेको र जनताले दुःख पाएता पनि सहेर राष्ट्रियता प्रस्तुत गरेकोमा अन्तराष्ट्रिय जगत चकित भएको उनले बताए । .... 'नेपाली जनताले दुःख पाए, तर भारतले पनि शान्ति पाएन, उसले अन्तर्राष्ट्रिय खेद बेहोर्नु पर्‍यो,' दाहालले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणले नेपालीको परनिर्भरता हटाउने खालका सम्झौताहरु गर्ने छलफल भैरहेको उनले जानकारी दिए । ..... 'सञ्चार जगतले निरासा हैन आसा जगाउने, विखण्डन हैन राष्ट्रिय एकता कायम गर्ने सन्देश फैलाउनु दायित्व हो तर तराईका केही सञ्चारमाध्यमले अपेक्षा गरिएभन्दा फरक भूमिका प्रस्तुत गरे,' अध्यक्ष दाहालले खुला र स्वतन्त्र सञ्चारमाध्यम भन्दैमा देशै टुक्र्याउने खालको अफवाह फैलाउने कार्य भैरहेको पाउदा दुःख लागेको बताए


प्रचंड ले शांति प्रक्रिया मा आउने साहसिक कदम त लिए तर बहुदलीय लोकतंत्र बुझेको हो कि नबुझेको हो अझै स्पष्ट छैन।

  • बाबुराम ले आफ्नै पार्टी खोलिसकदा पनि अझै आफ्नै पार्टी भित्र को केंद्रीय समिति भित्र उठापटक भइरहे जस्तो गर्नु। 
  • राष्ट्रिय सरकार १० वर्ष चलाउने कुरा उटपट्याङ्ग कुरा हो। त्यो एक पार्टी शासन को सोंच हो। पक्ष विपक्ष बिना बहुदलीय लोकतंत्र नै हुँदैन। विपक्ष बिनाको देशको कल्पना गर्न अझ छोड़े जस्तो देखिँदैन प्रचण्डले। 
  • गोरखा मा बाबुराम विरुद्ध चुनावी धांधली को नाङ्गो चेतावनी ---- के हो त्यो? एक पार्टी तानाशाही  को सोंच होइन भने के हो?
  • एमाले लाई पनि र माओवादी लाई पनि गृह मंत्रालय नै चाहिने। नेपाल प्रहरी लाई नै YCL बनाउने प्रयास भैरहेको छ। मधेस आंदोलन का सहभागी विरुद्ध फ़ासिस्ट अभियान नै चलेको छ। 
यो शुभ लक्षण होइन। 





मोर्चा नेता र भारतीय विदेश सचिवबीच भेट
भेटघाटमा संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, तमलोपा महामन्त्री सर्वेन्द्रनाथ शुक्ल र राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झा सहभागी थिए । .... मोर्चाका नेताहरुले सरकार र ठूला दलले आन्दोलनका राजनीतिक मुद्दा सम्बोधन नगरेको, मधेस आन्दोलनको क्रममा पक्राउ परेकाहरुको रिहाई नभएको र घाइतेहरुको औषधि–उपचारसमेत सरकारले नगरेको हुनाले आफूहरुले चैत मसान्तसम्म सरकारलाई अल्टिमेटम दिएको जानकारी गराएका थिए । ..... उनले मोर्चाको चासोबारे आजै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा कुरा राख्ने आश्वासन दिएका थिए ।

Monday, March 14, 2016

SLC दिन नमानेको देश

मधेस आंदोलन को ११ बुँदे मा सत्ता पक्षको तर्फ बाट जुन खुट्टा घिसारने काम हुँदैछ त्यसलाई कुन रुपमा बुझ्ने? मैले यसलाई नेपाल SLC दिन नमानेको देश को रुपमा बुझिराखेको छु। SLC दिनु मात्र परेन, SLC मा राम्रो पनि गर्नु पर्यो अनि मात्र IA, BA को कुरा आउँछ।

 मधेस आंदोलन को ११ बुँदे लाई संविधान मा नलगेसम्म नेपालमा आर्थिक क्रांति संभव नै छैन। देश लाई ११ बुँदे मा खुट्टा घिसारने काम ले १०-१५ बिलियन डॉलर को घाटा त लागिसक्यो। देश नेगेटिव ग्रोथ मा गयो छ महिना। 

सत्ता पक्षको को व्यवहार बाट लाग्छ यो एउटा आधुनिक युग मा प्रवेश गर्न नचाहेको देश हो। 

मधेस आंदोलन को ११ बुँदे सम्पुर्ण देशको राजनीतिक चेतना लाई चैलेंज हो। संघीयता र समावेशीता का लागि जुन आंदोलन आज नेपालमा हुँदैछ त्यो २० वर्ष पछि शायद फ्रांस मा होला। फ्रांस मा पनि छन मधेसी। त्यहाँ अल्जीरिया बाट आएका अरब हरु। कुन दिन तिनले पनि समावेशीता का लागि अहिंसात्मक आंदोलन छेड़ने छन। 


Nepal News (14)

I an trying not to think of Nepal but what can be more exasperating than this.Province 2 is the only unit with a non...

Posted by Prashant Jha on Monday, March 14, 2016

You can agree or disagree with Nivedita Menon's views - but there is no doubt that she is one of the finest teachers and...

Posted by Prashant Jha on Sunday, March 13, 2016

मैं आज महोत्तरी जिला अदालत पहुँचा । जलेश्वर बन्द था जो अपरान्ह तक जारी रहा । जगह-जगह ७ स्थानों पर बैनरें लगी थी । हैन्डब...

Posted by Brikhesh Chandra Lal on Monday, March 14, 2016




मधेस अझै उपनिवेश : ठाकुर
मधेसी मोर्चा नेताले गृहमन्त्री राजनाथ भेटे, अधिकार प्राप्तिको आन्दोलन जारी छ : उपेन्द्र यादव
मैत्री समाजको निम्तोमा दिल्ली उत्रिएका नेता ठाकुर, यादव र ह्दयेश त्रिपाठीलगायत नेताले आइतबार गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए । वार्तामा सहभागी नेता त्रिपाठीका अनुसार गृहमन्त्री सिंहसँग नेपालको राजनीतिक मामिला र मधेस समस्याका बारेमा चर्चा भएको थियो । ..... मैत्री समाजको कार्यक्रममा भाग लिन काठमाडौंबाट नयाँ शक्तिका खिमलाल देवकोटा, मानव अधिकारकर्मी दमननाथ ढुंगाना, पूर्वराजदूत विजयकान्त कर्ण, राप्रपा नेता सुनीलबहादुर थापालगायत दिल्ली आएका छन् । समारोहमा नेपाल मामिला जानकार एसडी मुनि तथा अशोक मेहता, सांसद डीपी त्रिपाठी, पूर्वराजदूत शिवंशकर मुखर्जीसमेतको उपस्थिति थियो ।
ठाकुर र यादवको दिल्ली यात्रा लम्बियो ।
दिल्लीमै रहेका एक मधेशी नेताका अनुसार मोर्चाका दुई शिर्ष नेताहरुको हुने सम्भावित केहि उच्चस्तरीय बैठकका कारण ठाकुर र यादवको भोली मंगवलवार फर्कने कार्यक्रम रद्ध गरिएको छ । स्रोत भन्छन, हिजो उहाहरु दिउसो त्याहा पुग्नु नै भयो, आज दिनभरी कार्यक्रममै व्यस्त रहनु भयो, उता भेटघाटको कार्यक्रम भोली देखि केहि हुने भएकाले ठाकुर र यादव आफनो पुर्व निर्धारित फर्कने कार्यक्रम रद्ध गरेका छन ।
ओलीको चीन भ्रमणमा मधेसी–जनजाति दलको विरोध

Has air pollution made Kathmandu unliveable?
With smog five times worse than the levels which prompted Paris to ban cars, the capital of the supposedly pristine mountain nation of Nepal is choking.
Behind the oxygen mask, his eyes have the panicked, haunted look of a man who can’t breathe. ...... Nepal’s air quality ranks 177th out of 178 countries, according to Yale’s 2014 Environmental Performance Index (EPI), better only than Bangladesh. As a physician working in one of Kathmandu’s main teaching hospitals, I see a disproportionate amount of patients with respiratory ailments who are admitted to the wards on a daily basis, the victims of dirty air. Walking to and from work along the crowded, exhaust-choked streets, I sometimes wonder how more people are not sick. ...... Those new to Kathmandu frequently complain of sore throats and itchy eyes within a few days of arrival. ...... during surges in Kathmandu traffic congestion, the level of small particulate matter can measure over 500 micrograms per cubic metre, or 20 times the World Health Organisation’s safe upper limit. ....... For smokers with COPD, one of the only effective interventions that improves longevity is to quit smoking. But Ajay and those like him have no cigarettes to give up. The air they breathe is making them sick. For them, the question of whether the city will become unliveable is moot. It already is.
Nepal's failed development
Nepal is one of the best examples of failed development aid - so why do the donors keep pumping more money in?
A decade of Maoist insurgency from 1996 to 2006 killed 17,000 people and hindered economic activity. Yet during the conflict GDP growth fluctuated within a similar range to before and after. Infrastructure was destroyed, but there wasn't much in the first place and - thanks to public corruption - much of it has been rebuilt twice-over. The quality of village schools and health posts was as wretched before the war began as it is now, almost a decade since it ended. Nepal suffered conflict, but many Asian countries that have developed more successfully have suffered worse. .........

For the most part, of course, the country's rulers are to blame - and they have conducted themselves in a similar manner for decades.

...... the government is run as an extractive enterprise, in which the various parties and factions are built on pyramids of graft, commissions, and the sale of offices. Useful public institutions such as the education ministry, the university, the electricity board, the national airline, or the airport, have been hollowed out and left semi-functional. ....... In the private sector, the party bosses give political backing to cartels, syndicates and "mafias" which, for example, manipulate prices and operate monopolies in the drinking-water, food, transport and energy markets. They profit from the fact that the health and education sectors are dysfunctional. ..... Despite the donors' talk of Nepal being "fragile", there is in fact notability stability at the heart of the state, both in the way it works and the individuals who run it. Most have careers at the top spanning decades, and many are the children or relatives of other powerful people. ....... The donors are also wrong to believe (as they often do) that the government "doesn't understand" what it is doing, or "needs educating". When it comes to serving their own interests, and those of their core constituents, the country's leaders are successful. Unfortunately for most Nepalis, providing "development" for the wider public is often in conflict with those interests. ...... Despite rampant mismanagement, and a splurge at the end of every year timed to escape scrutiny, around a quarter of the funds reserved for capital investment remain unspent annually. ......

The public perception is of a great deal corruption not only in government, but in the development industry itself.

..... The main reason for recent progress in poverty alleviation is clearly remittances from migrant labourers, which have risen rapidly to be worth around 25 per cent of GDP. Nepali workers go abroad because the domestic economy is ruined, and the money they send home is spent on private health and education, because the donor-supported public sector is useless. ....... Nepal's problem is not a want of aid or technical advice. It is political. And if the donors are to be part of the solution, they must be brave enough to publicly demand meaningful action against the entrenched public corruption, the cartels, "syndicates" and "mafias" which are keeping the country poor
मधेशी मोर्चाको यस्तो छ बेइजिङलाई सन्देश
‘ओली सरकारले आन्दोलन रोक्ने नाममा मधेशमा नरसंहार नै गरेको छ, भन्ने जानकारी लिखित रुपमा चीनलाई गराउँदैछौ, महासचिव सुमनले भने, ‘आफ्नो देशको विकास कार्य, जनतालाई राहत, भूकम्प पीडितलाई पुनःवासलगायतका काम छाडेर विदेश भ्रमण गरेर जनतालाई भ्रममा पार्न लागेको कुराको जानकारी चीनलाई गराउने छौं ।’ ...... मधेश आन्दोलनको बारेमा भारतलाई पटक–पटक जानकारी गराएका मधेशी मोर्चाले चीनलाई आधिकारिक रुपमा हालसम्म पनि जानकारी गराएको छैन । सुमनले भने, ‘औपचारिक रुपमा जानकारी नगराएपनि अनौपचारिक रुपमा चीनलाई पनि मधेश आन्दोलनको बारेमा जानकारी गराएको दावी गरे । ...... प्रधानमन्त्री ओलीको भारत भ्रमणको विरोध गरेकै कारण दुई देशबीच कुनै सहमति हुन सकेन यहाँसम्म कि एउटा संयुक्त विज्ञप्ति समेत आउन सकेन, त्यही अपेक्षा चीनसँग रहेको महासचिव सुमनले बताए ।

मधेस स्वराज आंदोलन ले देशमा वाक स्वतंत्रता संस्थागत गर्ने छ

मधेस अलग देश स्थापित नभएको कारण एउटा मात्र छ। अहिलेसम्म मधेसी जनताले त्यो चाहेको छैन। पुलिस को डंडा या अदालत को डर ले रोकेको छैन। नेपाल सेना को क्षमता को कुरा छैन।

११ बुँदे सम्बोधन हुना साथ मधेस अलग देश को एजेंडा हराउँछ। मधेसी जनताको ११ बुँदे प्रति आसक्ति त्यही हो।

बरु अहिंसात्मक मधेस स्वराज आंदोलन ले देशमा वाक स्वतंत्रता संस्थागत गर्ने छ। बोल्न त पाऊँछ। शन्तिपुर्वक बोल्न पाऊँछ।

मानव अधिकार को आदर गर्ने राज्य ले अहिंसात्मक मधेस स्वराज आंदोलन लाई कारवाही गर्नै मिल्दैन। बरु फटाफट मधेसी मोर्चा को ११ बुँदे अनुसार संविधान संसोधन गरे मधेस स्वराज आंदोलन मत्थर हुन्छ। त्यो जायज राजनीतिक अस्त्र हो। कुरा के छ भने मधेस स्वराज आंदोलन ले ११ बुँदे को विरोध गरेको छैन। नेपाल भित्र नै समानता पाइन्छ भने किन अलग हुनुपर्यो भन्ने पनि छ।

सीके राउत को एक लाख सदस्य संख्याको संगठन ले मधेस अलग देश लाई विधिवत महाधिवेशन मार्फ़त अनुमोदन गर्न बाँकी नै छ। त्यो भनेको के?

विचार एक जना बाट शुरू हुन्छ। र अधिकांश त्यसरी नै हुन्छ। तर त्यसको लोकतान्त्रिक अनुमोदन नहुँदा सम्म त्यस विचारले राजनीतिक रूप लिसकेको हुँदैन। महाधिवेशन डाक्ने  खुल्लमखुल्ला बहस छलफल गर्ने। दुई विचार मुख्य रुपले आउन सक्छ। एक, मधेस अलग देश तत्काल को लक्ष्य बनाउने। त्यस्तो भन्ने ले रोडमैप दिनुपर्छ र एउटा समयसीमा। कि यो रोडमैप को बाटो दुई या तीन वर्ष मा त्यहाँ पुग्न सकिन्छ। त्यो पास भयो भने र त्यस समयसीमा भित्र लक्ष्य प्राप्त भएन भने त्यस नेतृत्वले राजीनामा दिनुपर्ने हुन्छ। दुई, मधेस अलग देश सही हो तर त्यसलाई दुरको लक्ष्य मान्दै त्यस समय सम्म को मधेसको प्रत्येक आंदोलन र प्रत्येक चुनाव मा सहभागी हुँदै अगाडि बढ्ने, र संगठन ले राजनीतिक पार्टीको रूप धारण गर्ने।

दुरको लक्ष्य भनेको जस्तो कि माओवादी को छ। समाजवाद भनेको दुरको लक्ष्य। तर ५० वर्ष अहिले आर्थिक क्रांति गर्ने।

मधेस अलग देश लाई दुरको लक्ष्य मान्ने तर त्यस अगाडि नेपाल भित्र समानता को भरमग्दुर प्रयास गर्ने।

स्वराजी हरुलाई धरपकड़ गरेर नेपाल सरकार ले नेपालमा वाक स्वतंत्रता छैन भन्ने सन्देश मात्र दिएको छ। ११ बुँदे सम्बोधन गरे स्वराजी को चिंता नै हुँदैन।



Sunday, March 13, 2016

पहाड़ लाई उपनिवेश बनाउनु नपरोस्

२१ औं शताब्दी हो भनेर मात्र मधेस आंदोलनले समानता र बराबरीको कुरा गरेको हो। होइन भने भारत, चीन, अमेरिका, रूस सबको साथ मधेस आंदोलन लाई प्राप्त भएको यो अवस्थामा मधेसले चाहने हो भने पहाड़ मधेसको उपनिवेश बन्छ। मधेस आंदोलन ले समानता मागेको सबै का लागि हो। पहाड़ का लागि पनि हो।


Nepal News (13)

आयो बाहुबली-२ को ट्रेलर (हेर्नुस् भिडियो)
दिल्ली गए मधेसी मोर्चाका नेताहरु, राजेन्द्र महतो किन गएनन् ?
नेपाल–भारत महिला मैत्री समाजको एक गोष्ठीमा सहभागी हुन मोर्चाका नेताहरु दिल्ली गएका हुन् । .... तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीलगायतका नेताहरु भारत गएका छन् । ...... सद्भावनाका अध्यक्ष राजेन्द्र महतो भने पार्टीको काममा व्यस्त भएकाले दिल्ली गएका छैनन् । रौतहटको गौरमा पूर्वघोषित कार्यक्रम परेकाले महतो दिल्ली नगएका सद्भावनाका नेता मनिष सुमनले जानकारी दिए ।
मधेसको जायज माग सम्बोधन गर्नुपर्ने पक्षमा छु : प्रचण्ड
प्रचण्डले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाउन मात्र संविधान जारी गरेको बताए । उनले भने, ‘संविधान जारी नभएको भए देश अहिले ठूलो दुर्घटनामा परेको हुन्थ्यो । हामी बुझ्ने मान्छे भएकोले भएर संविधान जारी गर्न बाध्य भयौं ।’ ..... सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित सभासद समेत रह्नुभएका अध्यक्ष प्रचण्डले सिरहामा हवाई अड्डा बनाउने काम समेत अगाडी बढीसकेको बताए । उनले भने, ‘चुनावकै बेला म सिरहामा हवाई अड्डा बनाउने प्रतिवद्धता जनाएको थिए । त्यो काम पुरा गर्छौ । काम अगाडी बढिसेको छ ।’
मधेसवादी दलको विकल्प वार्ता मात्र : सीतादेवी यादब
विराटनगरस्थित कोइराला निवासमा शनिबार सञ्चारकर्मीसितको भेटघाटमा कोषाध्यक्ष यादवले संविधान संशोधनमार्फत मधेसवादी दलले राखेका कतिपय माग पूरा भइसकेकाले अब आन्दोलन आवश्यक नरहेको भन्दै वार्ता, संवाद, सहमति, सहकार्यबाट समाधान खोज्न आग्रह गरिन् ।

संगठन विस्तार नै सच्चा र ठोस क्रांति हो



गच्छदारलाई महतोले दिए ठूलो झट्का
फोरमका ११ सय नेता कार्यकर्ता सदभावना प्रवेश

जिल्लामा फोरम लोकतान्त्रिक पार्टी लगभग सखाप भएको अवस्था छ।

सरकारमा सामेल भएपछि पार्टी परित्याग गरेका रौतहट जिल्ला कार्य समितिसहित करीब १ हजार भन्दा बढी नेता कार्यकर्ता गच्छदारकोसाथ छोडेर राजेन्द्र महतोको पार्टीमा प्रवेश गरेका छन् । ..... शनिबार रौतहटको गौरमा सदभावना पार्टीद्वारा आयोजित बिशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा फोरम लोकतान्त्रिक रौतहटका जिल्ला अध्यक्ष अजय गुप्ताको नेतृत्वमा एघार सय नेता कार्यकर्ता सदभावना पार्टीमा प्रवेश गरेका छन् ।....बिगतको संबिधान सभामा रौतहट क्षेत्र नं १ मा माधव कुमार नेपालद्वारा झिनो मतले पराजित भएका थिए अजय गुप्ता। उक्त कार्यक्रममा काँग्रेस, एमाले, एमाओवादी लगायतको पार्टीबाट पनि ४०० बढी नेता कार्यकर्ता पनि सदभावना पार्टीमा प्रवेश गरेका थिए ।.....पार्टी प्रवेश गर्नेहरूलाई सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले फुलमाला का साथै अबिर लगाएर स्वागत गरेका थिए। आन्दोलनको क्रममानै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले सदभावना अध्यक्ष महतोलाई आफ्नो पार्टीका नेता कार्यकर्तालाई भडकाई पार्टी प्रवेश नगर्न चेतावनी दिएका थिए ।


अब कठोर आन्दोलन हुन्छ : महतो
अधिकारको निमित भएको आन्दोलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा मधेशी पहिचान स्थापित गरेको ठोकुवा गर्दै महतोले आफ्नै घटक दलका कारण नाकावन्दी असफल भएको टिप्पणी गरेका छन् । मधेशमा संगठन मजवुत पर्ने अभियान संचालन गरिएको जानकारी गराउँदै अध्यक्ष महतोले संविधान संशोधनवाट मधेशको माग सम्बोधन नभएको उल्लेख गरे । मोर्चाको ११ बुँदे माग बटम लाइन भएकोले एककदम पछाडी नहट्ने दावी गरे । मधेशको माग सम्वोधन नभए सम्म राजधानी नजाने उद्घोष गरेका महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको माग सम्वोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दा उनलाई भेट्न दिल्लीबाट काठमाडौँ गएको प्रष्ट पारे । संचारकर्मीहरुको प्रश्नको जवावमा महतोले जनताको भावनको कदर गर्दै नाकाबन्दी खोलिएको स्पष्ट गरेका छन् ।
गुप्ता फेरि सद्भावना पार्टीमा प्रवेश

Nepal News (12)

यादव र ठाकुर दिल्लीमा, महतोले अन्तिम समयमा भ्रमण रद्द गरे
मोर्चाका सातमध्ये दुई पार्टीका नेतामात्रै गए, तमसपालाई निम्ता आएन
भ्रमणमा जाने भनिएका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले बीचैमा रद्द गरे । आफू दिल्ली ‘कार्यव्यस्तता’ को कारण नगएको उनको प्रष्टीकरण छ । ‘आन्दोलनको तयारी गर्नु छ, कहाँ यो बेला गोष्ठी सेमिनारतिर धाइरहने ?’ रौतहट पुगेका महतोले टेलिफोनमा भने, ‘त्यहा जानैपर्ने अहिले त्यस्तो केही देखिनँ मैले ।’
यही सरकारले चुनाव गराउँछ : दाहाल
दाहालले यो सरकार दुई वर्ष टिक्ने र चुनाव पनि यसही सरकारले गराउने बताए ।
प्रधानमन्त्रीले मोर्चालाई भने- एक दुई दिनमै उपचार खर्च र मुद्धा फिर्ता हुन्छ ।
मोर्चाका नेताहरुका अनुसार सरकारी पक्षले मोर्चाको राजनितीक मुद्धामा छलफल नगरे पनि धाइतेहरुको उपचार खर्च, तराइ मधेशमा आन्दोलनको क्रम .... आउदो मन्त्रीपरिषदको बैठकवाट प्रधानमन्त्रीले यी कामहरु गर्ने वताएका थिए । .... प्रधानमन्त्रीले् आफु दिनभर अरु काममा व्यवस्त भएकाले मोर्चाको ध्यानाकर्ष पत्र पढन नपाएको भन्दै राजनिती मुद्धामा केहि समय पछि संवाद गर्ने बताएदै पन्छिए, लाल भन्छन, उहाले खाली धाइतेहरुको उपचार खर्च, मुद्धा फिर्ता र न्यायीक छानविन समितीको गठनकै वारेमा कुरा गर्नु भयो । ..... सदभावना सहअध्यक्ष लालका अनुसार प्रधानमन्त्रीले संघियताको सन्दर्भमा सरकारले वनाएको समितीमा मोर्चालाई सहभागी हुन आग्रह गरे पनि मोर्चाले सम्रग मुद्धामा सहमती बने मात्रै त्यसको वारेमा सोच्न सकिने बताएका थिए । लालका अनुसार प्रधानमन्त्रीले केहि दिन भित्रै गृहकार्य गरेर राजनितीक विषयमा पनि छलफल गर्न वोलाउने बताउनु भएको छ ।
मोर्चाका शिर्ष नेताहरु दिल्लीमा ।
उक्त कार्यक्रमकै लागी भनेर विभिन्न मधेशी पार्टीहरु सक्रिय प्राय जसो सवै प्रमुख महिला नेतृहरु पनि त्याहा पुगेका छन । .... आइतवारै वेलुकि दिल्लीमा नेपाली राजदुतले मधेशी शिर्ष नेताहरुको लागी डिनर मिटिंगको आयोजना गरेका छन । जुन मिटिंगमा भारतीय पक्षहरुको समेत उपस्थित रहने बुझिइएको छ । .... मोर्चाका शिर्ष नेताहरु सोमवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभेल सहित अन्य पनि भेटघाट गर्ने
४३ वर्ष काँग्रेसमा लागे तर मधेशी–थारुको भविष्य देखिनःसुरेन्द्र चौधरी(अन्तर्वार्ता)
अब नेपाली कांग्रेससँग मेरो प्राविधिक सम्बन्ध मात्र छ । यो पुरानो सोच भएको पार्टी हो । यो पार्टीले मुलुकको आकांक्षा अनुसारको परिणाम दिन सक्दैन । ..... नेपाली कांग्रेस एउटा आफैंमा साम्प्रदायिक पार्टी हो । म ४३ वर्षदेखि नेपाली कांग्रेससँग आबद्ध छु । मेरो बुबा नेपाली कांग्रेसको मुक्ति सेनामा हुनुहुन्थ्यो । उहाँले सारा जीवन नेपाली कांग्रेसमा बिताउनुभयो र उहाँकै प्रेरणाले म नेपाली कांग्रेसमा लागे । करिब साढे सात वर्ष मैले जेल जीवन बिताएँ । एउटा खास जातिका मानिसहरूले नेपाली कांग्रेस पार्टीलाई कब्जा गरेका छन् । अरूको त्यहाँ कुनै स्थान नै छैन । हामी त भोट बैंक मात्र हौं जस्तो गर्ने अनि प्रयोग मात्र गर्ने । कहिलेकाँही आवश्यकता प¥यो भने अलि गुलियो कुरा गर्ने तर कहिले पनि निर्णायक भूमिकामा सामेल गराउन नखोज्ने यस्तो मलाई महसुस भएपछि नेपाली कांग्रेसमा हाम्रो भविष्य पनि छैन । यसमा नेपालको पनि भविष्य छैन भन्ने सोचेर म यो पार्टीबाट निस्किएँ । ...... नयाँ पुस्ताका नेतृत्वमा यति धेरै साम्प्रदायिक भावना कांग्रेसमा हाबी भयो कि एउटा खास तहका मानिसहरू (बाहुन, क्षेत्री)को कब्जामा रह्यो र सुधार गर्न पनि केही सकिएन । ...... यसपालिको महाधिवेशनमा मेरो विरूद्धमा जाली मतदाताको सूचीको प्रयोग गरियो । किनकी मैले मधेशी, थरूहट, जनजाति, दलित आन्दोलनलाई सहयोग गरे । यसकारण बाहुन, क्षेत्री नेताहरूको आँखामा म तारो बनेँ । यसपालिको महाधिवेशनमा मलाई सजिलो पारिदिए म नआउँ भनेर उनीहरूले जाली मतदाताको सूची बनाए । त्यो जाली मतदाता सूची मैलै बहिष्कार गरे त्यसपछि उनीहरूले एकलौटी अधिवेशन गरेर सुरेन्द्र चौधरी हा¥यो भनेर देशभरि प्रचार गरे । मैले बहिष्कार गरिसकेपछि हारेको भन्नुको कुनै अर्थ नै छैन नि । ...... म छिट्टै देशभरिका साथीहरूलाई काठमाडौंमा जम्मा गर्छु । अहिले मेरो सम्पर्कमा ७५ जिल्लाका ३०÷४० हजार साथीहरू आएका छन् । तिनीहरूले नयाँ पार्टी गठन गर्नुपर्छ भनेर नै मलाई सल्लाह दिइरहेका छन् । हामीहरूले एउटा वैकल्पिक शक्तिको निर्माण गर्नका लागि पहिले त हामी आफैंले एउटा जमात तयार पार्नुपर्छ । अहिले मेरो अन्य कुनै पार्टीमा प्रवेश गर्ने योजना छैन । ...... हामीले बनाएको शक्ति यस्तो बनोस् जुन शक्तिले आगामी चुनावमा कमसेकम ७०÷८० सिट सांसदको पद जिताउन सकियोस् । .....

यो त सबै नौटंकी हो । मधेश आन्दोलनलाई तुहाउनका निम्ति गरिएको एउटा षड्यन्त्र मात्र हो, यो संशोधन । भएकै भाषालाई तलमाथि गरेर आन्दोलन रोक्नु थियो त्यसका लागि एउटा नाटक मञ्चन भएको हो । त्यो भन्दा अरू केही होइन ।

...... संघीयतामा मुलुकलाई लैजाने संघीयताको आधार पहिचान हो भनेर संस्कृति, भाषा, इतिहासको कुरा गर्ने तर दिने बेलामा तराईमा दुईवटा प्रदेश दिन किन डराउने । कमसेकम मधेशमा दुईवटा प्रदेश त दिनैपर्छ । ....... हामी नेपालमा १० हजार वर्षदेखि बसिरहेका छौं तैपनि हामीलाई इन्डियन नै भन्छन् नि । हामीले कहाँ पाएका छौं नेपालीको दर्जा अहिलेसम्म । ......... उखान टुक्रा सुनाएर नेपाली जनतालाई हँसाउने काम भन्दा अरू केही काम केपी ओलीले गर्लान् भनेर आशा नगरे हुन्छ । भारतसँग सहयोग पनि लिने गालि पनि गर्ने यस्तो सम्बन्ध त धेरै समय चल्दैन नि । नेपालका केहीमा भारतले राम्रो नराम्रो जे गर्दा पनि गाली गर्ने मानसिकता नै छ त्यसमा परिवर्तन आउन जरूरी छ ।
वैशाखपछि फेरि आन्दोलन : महतो
महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मोर्चाले शुक्रबार बुझाएको पत्रलाई सम्बोधन गर्ने मौका नगुमाउन अनुरोध पनि गरेका छन् । सरकारसँग अझै एक महिना समय रहेको भन्दै उनले चैत महिनाभित्र आफूहरुले उठाएका ११ बुँदे मागलाई सम्बोधन गर्न सरकार गम्भीर बन्नुपर्ने धारणा राखे । .... आफूहरु शक्ति संचय र पार्टीका संगठनलाई सुदृढ बनाउन लागेको
थरुहट आन्दोलनका लागि लेखीद्वारा पार्टी गठन (नामाबलीसहित)
‘नागरिक समाजवादी पार्टी’

महोत्तरी तमलोपा का नया हैण्डबील ! अदालत माने न्यायालय, तो न्याय होना चाहिए ! अगर अदालत सरकार की कार्यालय की तरह काम करेगी तो सरकारी कार्यालय जैसा ही अदालत का बिरोध भी सही ही होगा ! देखें अदालत क्या करती है ?!

Posted by Brikhesh Chandra Lal on Sunday, March 13, 2016

देश पिटिक्क भाँचिने बाटो मा हिडेको हो?

जिल्ला जिल्ला मा धरपकड़ हुँदै छ। झुठा मुद्दा लेफ्ट एंड राइट लगाइदैछ। यो त फासिज्म हो। यो एमाले माओवादी र कमल थापा को फ़ासिस्ट गठबंधन। पंचायत काल फर्काई सक्यो देशमा।

११ बुँदे मा विषय प्रवेश नै गर्न चाहेको छैन सत्ता पक्ष। एक पीढ़ि हामी मधेस लाई उपनिवेश बनाएर राख्छौं अझै भन्ने मुड मा छ।

त्यस अर्थमा एक महिना फेरि मधेस अथवा देश बंद गरेर कहाँ पुग्ने इच्छा व्यक्त गरिएको हो? फासिज्म लाई सत्य आग्रहले भ्याउँदैन।

मधेस सीके राउत को बाटो तिर लंकंदैछ।

कमसेकम देशमा लोकतंत्र भएको भए त्यो नहुने। तर देशमा छ फासिज्म। चरम नस्लवाद।

नेपाल सरकार सँग क्षमता थियो भने विकास नै गर्थ्यो। यदि मधेस अलग देशको मुड मा पुगेछ भने त्यसको सामना गर्न सक्ने क्षमता नेपाल सरकार सँग छैन। यस सरकार लाई न भारत, न चीन, न अमेरिका को साथ छ।


Saturday, March 12, 2016

Rudra Pandey: A Most Inspiring Nepali Entrepreneur

Nepal News (11)

Few years ago almost all houses in my village were made of mud and now it's 70 % houses of concrete, bricks and cement....

Posted by Dipendra Jha on Thursday, March 10, 2016


Gulf money increases DJ music business in rural Madhes like my village Madai in Mahottari that provides freedom to women and girls to dance on the street. It was almost unimaginable few years ago

Posted by Dipendra Jha on Saturday, March 12, 2016
President Obama And Justin Trudeau Argue About Hockey

President Obama and Justin Trudeau are the world’s most powerful bromance

Posted by NowThis on Thursday, March 10, 2016

To all my Nepali friends who are excoriating (rightly so!) Trump and his supporters' hateful...

Posted by Anil Jung Shahi on Saturday, March 12, 2016

मधेश आन्दोलनका बिर शहिद राजकिशोर ठाकुर , शम्स तबरेज आलम , शेख मैनुदिन हजामको परिवार जन र साथै गम्भिर घाईते लालबाबु पटेल...

Posted by सदभावना पार्टी on Saturday, March 12, 2016

मोर्चा ने प्रधानमन्त्रीको आज दिया अल्टीमटम । चैत मसान्त तक करो मांग का सम्वोधन न तो कठोर आन्दोलन !

Posted by Brikhesh Chandra Lal on Friday, March 11, 2016

जो शहिद हुए है उनकी ज़रा याद करो क़ुरबानी.....मधेश आन्दोलनका बिर शहिद राजकिशोर ठाकुर , शम्स तबरेज आलम , शेख मैनुदिन हज...

Posted by Upendra Mahato on Saturday, March 12, 2016