Friday, March 04, 2016

Nepal News (5)

किरात राईहरु राजधानीमा जुट्दै
तथ्यांकले मुलुकमा १२५ जातजाति र १२३ भाषा रहेको देखाएको छ । त्यसमध्ये किरात राई समाजमा २५ भन्दा बढी भाषा बोलिन्छन् ।
नितिशले भने 'नेपाली नेताहरूको मिलनले लाेभ्यायो'
नाकाबन्दी लगाउनु गलत: भारतीय कम्युनिष्ट नेता
पञ्चायती व्यवस्था अन्त्य गर्न भारतमा बसेर आन्दोलन गरिरहेका सुशील कोइराला र चक्र बाँस्तोला सहितका नेतासँग बिहारको भागलपुर जेलमा भेट भएको भएको स्मरण गरे । '०३३ सालमा बीपी कोइराला नेपाल फर्किदा हामी (सुशील, चक्र र म) सँगै रहेर बिदाइ गरेको सम्झना ताजै छ । हामीले त्यतिबेला उहाँ नेपाल गएपछि जेल पर्नु हुन्छ भनेका थियौं । त्यही भयो,' उनले भने । ...... नेपालमा संविधान जारी भएपछि देखिएको समस्या संवादबाटै समाधान हुने अपेक्षा व्यक्त गरे । ..... वर्तमान सरकारले लगाएको नाकाबन्दीको आफूहरूले भारतमा सडक र सदन दुवैबाट निकै ठूलो विरोध गरेको बताए । ..... नेपालले नै बंगलादेश स्वतन्त्रताको पहिलो स्वागत गरेको थियो


दाहालको प्रश्न- नाकाबन्दी हुने गरी के गल्ती गर्‍याैं ?



भ्रमण र भ्रम
भारतले संविधानकै स्वागत नगरेको कारण संयुक्त विज्ञप्ति जारी गर्ने प्रयास अन्तिम समयमा तुहिएको कूटनीतिक सूत्रले नै स्पष्ट गरेको छ । त्यसैले शीर्षस्थ सारमै नेपाल—भारतबीच एक्लाएक्लै वार्ता सम्पन्न भए पनि समझदारी भने कायम भएको मान्न सकिँदैन । ..... प्रधानमन्त्री ओली द्विपक्षीय सम्बन्धमा विश्वसनीयता कायम गर्ने निहितार्थ नयाँ दिल्ली पुगेका थिए । शीर्ष नेतृत्व तहमै भएको द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यसपछिको विदेश सचिव सुव्रमन्यम जयशंकरको प्रेस ब्रिफिङमा आएका आधिकारिक वक्तव्यहरूको मिमांसाले विश्वसनीयता कायम गर्न नेपाली पक्ष अझै परीक्षणकालमा रहेको बुझाउँछ । ...... दुवै मुलुकका प्रधानमन्त्रीहरूको एक्लाएक्लै भेट र संवादपछि हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा साढे चार महिना लामो नाकाबन्दीको असह्य पीडालाई सम्झिँदै प्रधानमन्त्री ओलीले केही महिनादेखिको असमझदारी टुंगिएको दाबी गरे पनि उनका समकक्षी मोदीले हाम्रो संविधानप्रतिको उनको असन्तुष्टि कायमै रहेको तथ्य लुकाउन चाहेनन् । ...... संविधानको जडमा रहेको बाँकी विवाद सबै एकजुट भई संवाद र सहमतिको आधारमा समाधान ..... नेपालको शान्ति र स्थायित्व भारतको सुरक्षासित जोडिएको ..... भारतीय विदेश सचिव जयशंकरले पत्रकारहरूलाई ‘ब्रिफिङ’ को सन्दर्भमा आफ्नो सरकार प्रमुखको भनाइको तात्पर्य स्पष्ट पार्दै दुई प्रधानमन्त्री बीचको छलफलमा कतिपय विषय नेपालको आन्तरिक मामला भए पनि त्यसले भारतलाई समेत प्रभावित गर्ने हुँदा भारतीय सरोकार रहेको खुलासा गरे । ...... यो स्पष्टतया मधेस आन्दोलनका चुनौती र त्यसको समाधाननिम्ति सीमांकनको साथै अन्य मुद्दामा समझदारी गरी संविधानको दोस्रो संशोधन गर्न एकतर्फी रूपमा गठन गरिएको राजनीतिक संयन्त्रमा मधेसी नेताहरूको सहभागितासमेत जुटाई तीन महिनाको निर्धारित समयमा संविधानलाई सर्वत्र स्वीकार्य बनाउने सरकारको प्रतिबद्धता रहेको र त्यही अनुरुप कार्यसम्पादन हुने मोदीले विश्वास गरेको जयशंकरले अवगत गराए .......

नेपालले तीन महिनाको परीक्षणकालको अवधि पाएको छ ।

यस अवधिभित्र हाम्रो सरकारले आन्दोलित मधेसी नेताहरूको साथ लिई राजनीतिक संयन्त्रद्वारा मूलभूत रूपमा सीमांकनको विवादित विषय टुंगो लगाउनसके भारतसितको असमझदारी हट्नेछ । अन्यथा नेपालको आन्तरिक अस्थिरता भारतको सुरक्षा सरोकार हुने भएकाले असमझदारी बढाउने निश्चित छ । ......

सन् १९४७ सम्म आफ्नै भूभाग र नागरिक रहेको पाकिस्तान र १९७१ पछिको बंगलादेशको साँधसीमामा विद्युतीय तारबारसितै कतैकतै लेजर फेन्सिङ गर्न तम्सिएको भारत सुरक्षा जोखिम मोलेरै भए पनि नेपालसितको सीमा भने निर्वाध राख्न चाहन्छ

....... मोदीको राष्ट्रिय सुरक्षा तथा विदेश नीति निर्माण मूलत: विदेशमन्त्री सुषमा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल, पूर्व स्थलसेनाध्यक्ष हाल रक्षा राज्यमन्त्री भीके सिंह र विदेश सचिव सुव्रमन्यम जयशंकरको समूह निर्णायक रहेको छ । ...... राहुल गान्धीदेखि सीताराम यचुरी र अरविन्द केजरीवाल समेतले राष्ट्रद्रोहीको मुद्दा खेप्नुपर्ने परिस्थिति भारतीय राजनीतिमा नरेन्द्र मोदीको ओज शिथिल हुँदै जानुको परिणति हो । त्यस्तै पोहोर साल वाक् स्वतन्त्रताको पक्षमा लेखेबापत अरुन्धती रायलाई न्यायालयमा हाजिर हुन बाध्य पारिनु भारतीय लोकतन्त्रको कुरूप पक्ष भएको छ, मोदी राजमा । असहिष्णुताको पनि हद हुन्छ । के यो भारतीय लोकतन्त्रमा मोदीको अघोषित आपतकाल लागु गरिएको परिवेश हो ? ....... जनता ओलीको बोलीप्रति आश्वस्त छैनन् । भूकम्पले थिलथिलो पारेको मुलुकमा राष्ट्रिय ढुकुटीको खुलेआम लुट, कालो अर्थतन्त्रको रजाइँ र जनताको विचल्लीबीच आन्तरिक राजनीतिक समस्यामा जेलिएर संविधान कार्यान्वयन गर्ने क्षमतासमेत चुनौतीपूर्ण अवस्थामा पुग्दा पनि कुनै नीतिगत निर्णय लिन नसक्ने नेतृत्वले जनविश्वास गुमाउनु अस्वाभाविक होइन । ...... प्रधानमन्त्री ओलीको चीनयात्रा पूर्व चिनियाँ पक्षले सुपुर्दगी सन्धिको प्रस्ताव राखेको छ । यो पहिलेकै आग्रहको पुनरावृत्त हो । भारतले पुरानो सुपुर्दगी सन्धि प्रतिस्थापित गरी नयाँ सन्धि तथा त्यसैसित जोडिएको पारस्परिक कानुनी सहायता सम्झौताको प्रस्ताव र दबाब राखेको दशकौं बितिसकेको छ । .......

यो हाम्रा दुवै छिमेकीहरू नेपाली भूमिबाट आफ्नो सुरक्षा संवेदनशीलताप्रति आश्वस्त हुन नसकेको सूचक हो

...... चीन र भारतबीच राजनीतिक व्यवस्थामा अन्तर भए पनि यी दुई मुलुकको शासकीय प्रवृत्तिमा समानता छ । राज्यशक्तिको केन्द्रीयकरण चीन र भारतको नेतृत्वको उत्प्रेरक रहेको छ । ...... नाकाबन्दीकै कारण भारतीय इतिहासमा पहिलोपटक त्यहाँको राजनीतिक दलहरूबीच विदेश नीति विवादित भएको छ .....

शीर्ष नेतृत्वको ‘राजकीय’ भ्रमणको समापनमा समेत संयुक्त विज्ञप्ति जारी नगर्नु अनि सो भ्रमणको हप्तादिन नबित्दै आफ्नो आर्थिक वर्ष २०१६/१७ को बजेटमा नेपाललाई दिने सहयोग रकमको कुल ४० प्रतिशत कटौती गरिनुले पनि नेपालप्रति भारतीय संस्थापनपक्षीय दृष्टिकोण स्पष्ट भएको छ ।

....... नेपालले नेतृत्व तहमै आफ्नो छिमेकीलाई बुझ्न सक्ने संरचनागत क्षमता विकास गर्न सक्नुपर्छ । तामसी शक्ति हाम्रो कूटनीतिको आधार हुनसक्दैन ।
नेता छान्ने ‘लिगलिगे’ दौड
अब त बीपी कोइरालाले जस्तो पत्र लेखेर ‘कांग्रेसीजनमा पार्टीको घोषणापत्रसम्मको उपयुक्त ज्ञान नभएकोमा’ चिन्ता जाहेर गर्ने पनि कोही छैन । ..... कांग्रेस लगायत अधिकांश दल राजनीतिक अगुवाबाट होइन, पार्टी नोकरशाहहरूबाट भरिएको दलदलभन्दा भिन्न छैन, जहाँ पुराना सिद्धान्त, विचार र नीतिलाई सुन्दर र लोभलाग्दो कमलको फूलको रूपमा मात्रै प्रयोग गरिन्छ । ...... कांग्रेस आफैं पनि चुनाव जित्नका लागि बनेका विभिन्न ‘स्वार्थ–समूह’हरूको गठबन्धन मात्र रहेको छ । .....

कोही संरक्षक त कोही संरक्षित हुनेगरी ‘प्याट्रोनाइज’ गर्ने ‘प्याट्रोन–क्लाइन्ट सम्बन्धले नै गैरराजनीतिक गुट बनाउँछ र त्यसकै आधारमा संस्था वा पार्टीलाई सञ्चालन गर्छ । कांग्रेस लगायत अधिकांश दलको हालत यसभन्दा भिन्न छैन, हुनसक्ने सम्भावना पनि तत्काल छैन ।

......... नेपाली कांग्रेस लगायत नेपाली दलहरूको निर्माण बर्चस्वशाली समुदायको अभिजात वर्गका शिक्षित समुदायका पुरुषहरूबाट भएको छ । यस्ता राजनीतिक अभिजातका सदस्यहरू सुरुमा क्रान्तिकारी सपनाले डोरिएर दल र राजनीतिमा अगाडि आएका हुन्छन् । .....

बीपी कोइराला आफैंले आफ्ना दाजु मातृकाप्रसाद कोइरालादेखि आफू स्वयम् सत्तामा हुँदा पनि पार्टी भुइँफुट्टा जमातले कब्जा गर्नसक्ने चेतावनी दिएको पाइन्छ

...... नेपाली कांग्रेसमा अधिकांश नेतालाई ‘दाइ’ भन्ने चलन छ, कोहीका लागि रामचन्द्र दाइ त कोहीका लागि देउवा दाइ । यस्तो सम्बोधनमा कुनै खराबी नहोला, खराबी उनीहरूबीच बन्ने सम्बन्धमा छ, सम्बन्धले बनाउने संस्कृतिमा छ । ..... कसैलाई ‘दाइ’ भन्ने वा भनाउने र धेरैजसो कार्यकर्ताचाहिँ उनीहरूका भाइबहिनी हुने, ती दाइ र भाइबहिनीबीच सहकर्मी नाता वा समानताको सम्बन्धको सट्टा संरक्षक र संरक्षितको साइनो कायम गर्ने तथा संरक्षित भाइबहिनीले पार्टी र सरकारको सत्तामा आफ्ना दाइ प्रमुख वा प्रभावशाली हैसियतमा रहँदा पद, प्रतिष्ठा, पैसा प्राप्त गर्ने वा बाँड्ने चलनमा भने पक्कै खराबी छ । ......

राजनीतिक जमिनदारी

झनै फष्टाउने निश्चित छ, किनभने पार्टी र सरकारमात्रै होइन, सिंगो राजनीतिकै निजीकरण (प्राइभेटाइजेसन) तीव्र जो भएको छ । ......

‘प्रजातन्त्र’लाई संसदीय प्रणालीभन्दा पर हेर्नै नसक्ने, प्रजातन्त्रलाई पनि सबै वर्ग, वर्ण, जातजाति, क्षेत्र, लिंग, भाषा र धर्मको समावेशी लोकतन्त्रको रूपमा विकास गर्न नचाहने तथा आफूलाई प्रजातान्त्रिक समाजवादीको रूपमा प्रस्तुत गर्दागर्दै पनि समुदाय, समाज र गरिखाने जनतालाई होइन, सीमित व्यक्ति र कुलिनहरूको हितमा काम गर्ने राजनीतिक अभिजात जमातबाट धेरै आस गर्न सकिँदैन ।

...... अब कमसेकम सबै खाले सदस्यबाट सभापति र अन्य पदाधिकारी सिधै निर्वाचित हुने, घुमाउरो पारामा निर्वाचित हुने सभापतिको हातमा विशिष्ट पदाधिकारी मनोनयन गर्ने अधिकार नहुने, विभिन्न वैचारिक समूह बनाएर स्वस्थ प्रतिस्पर्धा गर्ने, त्यसले ‘प्याट्रोन–क्लाइन्ट सम्बन्धका आधारमा होइन, अग्रगामी र जनमुखी नीति र कार्यक्रमका आधारमा कार्यकर्ताको मन जित्ने एवं राष्ट्रिय राजनीतिको पनि अगुवाइ गर्ने दिशातिर बढ्नु जरुरी छ । तर विडम्बनाको कुरा, यस्तो सम्भावना ‘पौडेल दाइ’ वा ‘देउवा दाइ’हरूबाट सम्भव छैन । ....गगन, गुरु, प्रदीप र विश्वजस्ता युवाहरूले पनि महामन्त्री वा केन्द्रीय पदको लोभलाल्चामा फँसेर तिनै ‘दाइ’हरूका गुटसँग साँठगाँठ गरेमा यस्तो सम्भावनाको बिउसमेत मासिन सक्छ ।
कर्मचारी प्रशासनको राजनीतीकरण रोक
कर्मचारी प्रशासनलाई सुधार गर्दै सेवा प्रवाह चुस्तदुरुस्त बनाउनुपर्नेमा सरकार फेरिएपिच्छे निजामती कर्मचारीलाई आफूअनुकूल चलाएर अस्थिर बनाउने गलत प्रवृत्ति बढ्दै गएको छ । यही प्रवृत्तिलाई केपी ओली नेतृत्वको सरकारले पनि निरन्तरता दिँदै आएको छ । पछिल्लो समय सरुवामा सामान्य विधिसमेत मिच्न थालिएको छ । .....

सत्तारूढ दल एकीकृत एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले गोरखामा असन्तुष्टि व्यक्त गर्दै घुमाउरो पारामा सरुवाको चेतावनी दिएको चार दिनमै प्रजिअ गौतमलाई गोरखाबाट सप्तरीमा सारिएको छ ।

...... कार्यकर्ता प्रशिक्षणका लागि शनिबार गोरखा पुग्दा स्वागत गर्न नगएपछि दाहाल प्रजिअ गौतमसँग असन्तुष्ट थिए । यस्तै, एमाओवादीका स्थानीय नेताको खटनअनुसार काम नगरेको आरोप पनि उनीमाथि थियो । .... अहिले एमाओवादीका नेता गृहमन्त्री छन् । राजनीतिक दलका नेतालाई खुसी पार्न नसक्दा गौतमको गोरखामा जिम्मेवारी सम्हालेको ४३ दिनमै सरुवा भयो । ..... हाम्रो मुलुकमा सत्तामा दल बदलिनासाथ कर्मचारी प्रशासनमा अदलबदल गर्ने प्रवृत्ति कायम भएको छ, जसका कारण स्थायी सरकार भनिएको कर्मचारी प्रशासन नै सबभन्दा बढी अस्थिर बनेको छ ..... पछिल्ला वर्षमा राजनीतिक हस्तक्षेप ह्वात्तै बढेको सरकारी कर्मचारीहरू नै बताउँछन् । ..... अनावश्यक हस्तक्षेपले इमानदार कर्मचारीको मनोबल गिर्छ .... सत्तारूढ दलसँग निकट सम्बन्ध बनाएपछि उपल्लो तहका कर्मचारीलाई नटेर्ने र आफू पनि जिम्मेवारीअनुरूप काम नगर्ने थिति बस्छ .....

सत्तामा पुगेका राजनीतक दलहरूले राज्य सञ्चालनका लागि नीति–नियम बनाउने हो र कर्मचारी प्रशासनमार्फत तिनलाई कार्यान्वयन गर्ने–गराउने हो । कर्मचारी प्रशासनलाई अनावश्यक हस्तक्षेप गर्दै आफ्नो स्वार्थअनुरूप कर्मचारी सरुवा–बढुवा गर्नु–गराउनु गलत हो ।

...... सरकारले चाहँदा पनि हटाउन र भूमिकाविहीन बनाउन नसक्ने भएकाले मुख्यसचिवले आँट गर्ने हो भने कर्मचारीतन्त्रमा बढ्दै गएको राजनीतीकरणलाई धेरै हदसम्म रोक्न सकिन्छ ।


महाधिवेशनको परिक्रमा
दुर्भाग्य, महाधिवेशन सुरु भइसक्दा पनि कांग्रेसका कुनै पनि महत्त्वपूर्ण नेताहरूले यी विषयमा आफ्ना विचार प्रवाहित गरेका छैनन् । विपरीत, अधिवेशनको प्रारम्भ नेताहरूको सभापति र पदाधिकारी बन्ने होड र विवादमा नै सीमित भएको छ । .....

महाधिवेशन कुनै पनि पार्टीको वैचारिक गतिशीलता मापनको अवसर पनि हो, जहाँ नेताहरूले आफ्ना सपनाहरूको व्याख्या गर्छन् । यो तथ्यलाई बिर्सिन सकिँदैन । मतदाताले नेताहरूको त्यही व्याख्याका आधारमा योग्य नेतृत्वको चयनको अवसर पाउँछ । त्यस्तो परिदृश्य देखिएको छैन ।

....... सम्पूर्ण महाधिवेशन महत्त्वपूर्ण भनिएका डेढ दर्जनजति नेताहरूको सेरोफेरोमा सलबलाइरहेको देखिएको छ । सामाजिक सञ्जालमा सबै महत्त्वपूर्ण नेताको अनुहारको उपस्थिति छ ।

विचारको उपस्थिति कतै देखिएको छैन ।

...... प्रदीप गिरीका अनुसार, कांग्रेसका पहिले भएका महाधिवेशनमा पनि कम्युनिष्ट पार्टीहरूमा जस्तो लामा—लामा वैचारिक विश्लेषणहरू भएनन् ..... यतिखेर कसैले पनि ऐतिहासिक नेताहरूको नेतृत्वमा रहेको कांग्रेस खोज्नु निरर्थक हुन्छ .....

अहिले कांग्रेसको नेतृत्वका दाबेदारहरू सबै पुराना व्यक्तित्व हुन्

...... पहिलो संविधानसभाको अवधिमा कांग्रेसले खासै प्रभावकारी भूमिका खेल्न सकेन ...... महाधिवेशन जुन किसिमको वातावरणमा सम्पन्न हुँदैछ, त्यसले खासै दिशानिर्देश गर्ने सम्भावना पनि देखिएको छैन । ..... एउटा परिपक्व राजनीतिक दलले आउने समयमा विकसित हुने परिस्थितिको पूर्वआँंकलन गर्नुु आवश्यक हुन्छ । तर संस्थापन र गैरसंस्थापनमा बाँडिएको कांग्रेसमा यस्तो परिस्थिति बनेको देखिएको छैन । .... पुराना नेताहरूको शैलीका उपग्रहका रूपमा रहेका कांग्रेसको नयाँ पुस्ता आवश्यकताभन्दा बढी नै आत्मकेन्द्रित देखिएको छ । ..... नेतृत्वमा जाने महत्त्वाकांक्षा पालेर बसेका नयाँ नेताहरूमा समाजलाई तरंगित पार्ने र तन्नेरी पुस्तालाई ऊर्जाशील बनाउने किसिमको विचारशील प्रवृत्ति देखिएको छैन । ..... खास गरेर पछिल्लो मधेस आन्दोलन र त्यसले उत्पन्न गरेका विग्रहहरूमा नयाँ पुस्ताका धेरै कम नेताहरूले मात्र हस्तक्षेप गर्नसकेको देखिएको छ । ..... नयाँ संविधानमा मधेसको आक्रोशलाई सम्बोधन गर्न सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयक लामै समय अलपत्र पर्‍यो । सरकारले आफैंले त्यसको प्रतिरक्षा गर्न सकेन । भुइँचालोले देश ध्वस्त पारेपछि पुनर्निर्माणका लागि गठन भएको आयोग पनि त्यसरी नै अलपत्र पर्‍यो .....

वास्तवमा कांग्रेसभित्र संस्थापन र गैरसंस्थापन पक्षको नाममा स्वार्थी र संकीर्ण राजनीतिको चर्को धन्दा चलिरहेको छ । नयाँ पुस्ताका नेताहरू पनि यही धन्दामा संलग्न देखिएका छन् ।

...... प्रजातान्त्रिक समाजवाद र राष्ट्रियताको विचार सजावटका लागि ध्वजा–पताकामा लेखिने नाराको तहमा पुगेका छन् । ...... कांग्रेस यही पारामा चल्ने हो भने चौधौं महाधिवेशनमा पुग्दा बी.पी.को नाम सुनेका कांग्रेसीहरूको संख्या नगण्य हुनेछ .... होइन भने नेपाली कांग्रेसले पनि त्यही नियति भोग्नु पर्नेछ, जुन नियति अहिले महात्मा गान्धी र जवाहरलाल नेहरूजस्ता व्यक्तित्वले निर्माण गरेको भारतीय राष्ट्रिय कांग्रेसले भोगिरहेको छ ।


सबैलाई समेटेर पार्टी हाँक्छु: शेरबहादुर देउवा
शेरबहादुर देउवा भावी सभापति निम्ति बाटो खुल्नेमा ढुक्क देखिन्थे ..... तीनपटक प्रधानमन्त्री भए, तर नेपाली कांग्रेसको वैधानिक सभापति बन्न पाएका छैनन् .... संस्थापन पक्षबाट कृष्ण सिटौला र सुजाता कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेको पृष्ठभूमिमा देउवा आफ्नो पल्ला भारी हुनेमा विश्वस्त देखिन्छन् ..... ‘मसँग गिरिजाप्रसाद कोइरालाको जस्तो तत्काल निर्णय लिने क्षमता, कृष्णप्रसाद भट्टराईको जस्तो न्याय गर्ने पद्धति र गणेशमान सिंहले उठाएको समावेशीपन बोक्ने चरित्र छ ।’ ..... उनी पार्टीभित्र मौलाउँदै गएको गुटतन्त्र र भागबन्डा अन्त्य गरी योग्यता र क्षमताका आधारमा न्याय गर्ने बताउँदै थिए । ..... महिला, मधेसी, जनजाति, दलित, आदिवासी लगायतका कतिपय माग पुरा हुने क्रममा छन् । म तराई–मधेसका समस्या समाधान गर्न खुलेर लागेको हुँ । मैले कति विषयमा दलभित्र झगडा नै गरेर सम्बोधन पनि गराएँ । मधेसमा सीमांकन लगायतका विषय अझै थाँती छन् । यसको पनि सम्बोधन हुनुपर्छ । ..... संविधान घोषणापछि त्यसले पहाड र मधेसबीच मनोवैज्ञानिक दूरी खडा गरेको छ । यो दूरीलाई जोड्न आवश्यक छ । खासगरी प्रदेश नम्बर– २ को समस्या छ । म मधेसका यी समस्या नेतृत्वमा पुगेपछि समाधान गरेरै छाड्छु । देशलाई मनोवैज्ञानिक रूपमा समेत एक बनाउनु जरुरी छ ...... सत्य के हो भने मधेसमा जुत्ता लगाउन सक्नेहरू छन्, तर पहाडमा खाली खुट्टा हिँड्न बाध्य छन् । मधेसमा विद्यालय, कलेज, उद्योग, कलकारखना र खेतीयोग्य जग्गा पनि छ, तर त्यो पनि पहाडमा छैन । यति हुँदाहुँदै पनि किन मधेसमा विकास हुनसकेको छैन ? किन समस्या देखिएको छ ? ...... पहाडीले ‘डोमिनेट’ गरेको छ भन्ने मनोविज्ञानबाट मुक्त बनाउनु जरुरी छ ...... सधंै रुलिङ क्लासमा पहाडी रहे । त्यही कराण मधेसमा हामी दोस्रो दर्जाका नागरिक भयौं भन्ने जुन खालको मनोविज्ञानले काम गरिरहेको छ, यसलाई हटाउन म सक्छु । सीमांकन लगायतका विषयमा सम्बोधन गरी पहाड र तराई–मधेस बीचको दूरी हटाउन सकिन्छ । ......

पार्टी विभाजन भएर दुइटा हुँदा मैले आफ्नो नेतृत्वमा रहेको पार्टीलाई समावेशी बनाएको थिएँ, त्यतिबेला ‘कदमजम’ (कर्णाली, दलित, मधेस, जनजाति र महिला) को अवधारणा ल्याएको थिएँ ।

....... कांग्रेसको नेतृत्वमा आएको संविधान कांग्रेसले कार्यान्वयन तहमा लैजानुपर्छ । .... नेपालमा दलित किन प्रधानमन्त्री हुन नसक्ने भन्ने अवस्था सिर्जना गर्न आवश्यक छ ..... नेपाल एक बनाउने र राष्ट्रिय एकताको माध्यम नै समावेशी हो । ..... बाबुलाई बचाएर ल्याउने व्यक्तिलाई राजा महेन्द्रले जेल हालेकै हो .... जसको परिणामबाट उनीहरू एकादेशका राजा भए ..... समयमा निर्णय नगर्दा भूकम्पपछिको पुनर्निर्माण विधेयक नै हामीले गुमायौं । सरकारले मनोनीत गर्ने सांसद पनि गुमायौं । अब म त्यस्तो अवस्था आउन दिन्न ..... शेरबहादुर देउवा बीपीले अघि बढाएको गिरिजाप्रसादसँग लडेर आएको व्यक्ति हो । मलाई यो हैसियतमा ल्याउने काम गिरिजाप्रसादले नै गर्नुभएको हो । .....

हामीले झन्डै एक दशक लगाएर संविधान बनायौं । तर भट्टराईले त्यतिबेला ६ महिनामै संविधान बनाएका हुन् ।

२०४६ सालका कमाण्डर गणेशमान पार्टीबाट बाहिरिने अवस्था आयो । भट्टराई र सिंहले पार्टी छाड्ने अवस्था कसरी आयो ? ..... म तीनपटक प्रधानमन्त्री भएको व्यक्ति, कांग्रेस विभाजित हुँदा पनि हाराहारीको पार्टी बनाएँ । मलाई २०५९ सालमा कांग्रेसको साधारण सदस्यबाट निकालेका गिरिजाबाबुले पाँच वर्षपछि ‘रेड कार्पेट’ बिछ्याउनुभएको होइन र ? ..... सुशीलपछि दोस्रो नम्बरमा म नै हुँ । त्यसैले मेरो स्वाभाविक दाबी हो । ..... गिरिजाप्रसादको जस्तो तत्काल निर्णय गर्ने क्षमता, गणेशमानको जस्तो समावेशी हुनुपर्छ भन्ने भावना र कृष्णप्रसादको जस्तो न्याय गर्ने शैली मेरो छ । तीनै नेताहरूको गुण र बीपीको आदर्श बोकेर म पार्टीलाई अब्बल बनाउन चाहन्छु । ..... म निकट रहेकाहरूले त्याग गर्नुभएको छ । पदाधिकारी हुने हैसियत नभएका कारण होइन । पार्टी एक बनाउन उहाँहरूले त्याग देखाउनुभएको छ । यो भावना म भोलि निर्वाचित भएपछि अघि बढाउन चाहन्छु । म जित्ने र हार्नेबीच दूरी बढ्न दिन्न । .... कांग्रेस सधंै दु:ख पाएको पार्टी हो । राणा, पञ्चायत र राजतन्त्र अन्त्य गर्ने पार्टी हो ..... संस्थापन र अर्को पक्ष भन्ने नै छैन । सुशीलको निधनपछि म दोस्रो नेता भएपछि संस्थापन म नै भएँ । .....

प्रतिपक्ष बलियो भयो भनेमात्र प्रजातन्त्र संस्थागत हुन्छ ।

.....

२०५६ सालमा भट्टराई प्रधानमन्त्री हुँदा फ्रान्स भ्रमण गरेपछि राजीनामा दिन्छु भन्दा पनि छुट दिइएन ।

भट्टराईमाथि त्यसरी अन्याय भएकै कारण म दसौं महाधिवेशनमा गिरिजाबाबुसँग चुनाव उठेको हुँ, जित्न होइन । ........ कांग्रेसको त ‘दाइ कल्चर’ छ । हाम्रोमा दाइहरूलाई सम्मान गर्ने ‘संस्कृति’ छ, कम्युनिष्टमा कमरेड कल्चरजस्तै । यसैले पनि ‘सान्दाज’ु, ‘ठूल्दाजु’ भन्ने कल्चरले भाइहरूलाई अन्याय परेको अनुभव भएको होला । ..... दक्षिण एसियामा नेपाली कांग्रेस निकै पुरानो पार्टी हो ।
के भन्छन् महामन्त्रीका तीन आकांक्षीहरु ?
नेपाली कांग्रेसमा पार्टी सभापतिपछि दोस्रो शक्तिशाली पद मानिन्छ, निर्वाचित महामन्त्री । महामन्त्री भएपछि स्वाभाविक पार्टी संगठनमा प्रभाव विस्तार गर्ने आधार बन्न सक्छ, अर्थात् भविष्यमा पार्टी नेतृत्वको निम्ति ढोका खुलाउने आधार निर्माण गर्छ । ..... थापा अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यको खुला चुनावी प्रतिस्पर्धामा सर्वाधिक मत पाएर विजयी भएका थिए । केसी दोस्रो नम्बरमा थिए भने कोइराला चौथो नम्बरमा । ...... एकातिर सम्पूर्ण वामशक्ति एक स्थानमा भएर सरकारमा रहेको अवस्था छ । त्यो परिवेशमा नेपाली कांग्रेसभित्र मधेस–तराई लगायतलाई एकीकृत गरी ‘ब्रोडर अम्ब्रेला’भित्र लोकतान्त्रिक मोर्चा तयार गर्नुपर्ने आवस्था छ । ...... शेरबहादुरजीमा जुन प्रकारको लचकता र संयोजन प्रदर्शन गर्ने क्षमता छ, त्यो अहिलेको आवश्यकता पनि हो । ..... मिहेनत नगर्ने र सानो समूहको घेरामा परिक्रममा गर्नेहरूले मात्र अवसर पाउने प्रथा अन्त्य गर्न आवश्यक छ । .... नेतृत्व चयनपछि छिट्टै महासमिति बोलाएर नीति तथा कार्यक्रमका लागि काम गर्नुपर्ने अवस्था छ । अहिलेसम्मको उपलब्धि देखिएका कमी—कमजोरी र अब लिनुपर्ने भावी नीति र कार्यक्रम गम्भीर सोचेका छौं र प्रारूप तयार पनि देखिएको छ । ...... उहाँ (गगन) लाई मैले भनेकै थिएँ । उहाँले के सोचेर निर्णय लिनुभयो, त्यो उहाँलाई नै जानकारी होला । म योभन्दा बढी टिप्पणी गर्न सक्दिन । ..... शेरबहादुरजीको टिममा कुनै समस्या थिएन । म महामन्त्री, उहाँ सभापति उठ्ने विषय स्पष्ट थियो । ..... जुन सुकै विषयमा पनि दक्षिणी भारतसँग जोड्ने संस्कार बसाल्नु गलत हो ..... महाधिवेशन भन्नसाथ नीति, नेतृत्व र संगठनका सवाल आउँछन् । ...... सबैभन्दा पहिला हुनुपर्ने नै विचार हो । विचार नभई नेतृत्व र संगठनले मात्रै पार्टीलाई जीवन्त बनाउन सकिँदैन । विचारपछि मात्रै संगठन आउँछ । संगठनले नीति बनाउँछ । नीतिलाई लागु गर्न नेतृत्व आउँछ । प्राथमिकताका हिसाबले सबैभन्दा माथि विचार हुन्छ । ..... अब महाधिवेशनपछि महासमितिको बैठक बोलाएर नीति, संगठन र विचारबारे परामर्श गर्न आवश्यक छ । ..... बीपीको पालामा समावेशी शव्द हुन्थेन । ...... बीपीले देखाएको समाजवादी बाटोलाई अघि बढाउने मेरो संकल्प हो । ..... ६० र ४० को भागबन्डा अन्त्य हुनुपर्छ । १३ औं महाधिवेशनले भागबन्डाको राजनीति, व्यक्तिवादी चरित्रको अन्त्य गर्नुपर्छ । ..... अर्जुननरसिंह केसी मेरो बुबाको नाता जोडिनुभन्दा अघिदेखि मैले अत्यन्त आदर गर्ने नेता हुनुहुन्छ । मैले समकालीन राजनीतिमा नेताका रूपमा स्नेह, माया र संरक्षण पनि उहाँबाट नै पाएको छु । म उहाँको मेहनतको प्रशंसक पनि हुँ । कुनै अवसर नपाउँदा पनि डटेर नै पार्टीमा काम गरिरहने अथक योद्धा र विचारक हुनुहुन्छ । त्यसमाथि पनि घरभित्रको सबैभन्दा नजिकको नाता हो । राजनीतिक जीवनको कठोर निर्णयमा म छु । यो निर्णय लिन सजिलो थिएन । तर यतिखेर म आफ्नो लडाइँमा छु र उहाँ आफ्नै लडाइँमा हुनुहुन्छ । ...... नेपाली कांग्रेसले सही बाटो समात्यो भनेमात्र देशले सही बाटो समात्छ, अन्यथा फेरि पनि

यो गोलचक्करको अभिसाप

समाप्त हुने छैन । ...... नेतृत्वमा तहका पुराना सोचको स्वाभाविक बहिर्गमन र नयाँ सोचका मानिसको आगमन नहुने हो भने विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरीमा परिणत हुन्छ । म पार्टीलाई अविरल बग्ने नदी बनाउन चाहन्छु .....

कार्यकर्तामा आधारित भएको पार्टीबाट फेरि आम जनतामा आधारित पार्टी बन्नु आवश्यक छ

...... साधारण सदस्यलाई पूर्ण रूपमा पार्टीभित्र शक्तिहीन र महत्त्वहीन बनाइएको छ भने क्रियाशील सदस्यता क्याडर–बेस्ड कम्युनिस्ट पार्टीकै जस्तो बनाइएको छ । जसले कांग्रेस सही अर्थमा मास–बेस्ड पार्टी हुन सकेको छैन । ..... ४० वर्षमुनिका ६२ प्रतिशत छन्, तर युवा पुस्ता नेतृत्वमा पुग्ने देखिँदैन । मुलुकमा १८ देखि ४० वर्षका मतदाताको जनसंख्या ६० प्रतिशत छ । ..... अब कांग्रेसले स्थानीय, प्रदेश र केन्द्रीय गरी तीन निर्वाचनमा होमिनुपर्ने छ । त्यतिखेर मत माग्न हामी जानैपर्ने हुन्छ । कांग्रेस महामन्त्री मत माग्न आउने अवस्था बनाउने कि एउटा साधारण सदस्य आएको छ भन्ने बनाउने भन्ने विषय सबै कांग्रेसजनले बुझ्नु हुनेछ । ..... महाधिवेशनको पूर्वसन्ध्यामा तीर्थाटन गर्न जानेहरू
तस्बिरमा नेपाली कांग्रेसको १३ अाैं महाधिवेशन

देउबा, चित्रलेखा र गगनले जित्ने होला

I am guessing. 

ओली सँग धेरै समय छैन। मधेस आंदोलन लाई सम्बोधन गरे रहन्छ नभए बढारिन्छ। कम्निष्ट ले आफ्नो तानाशाही चरित्र मनग्गे देखाए, बामदेव देखि ओली प्रचंड बस्नेत सम्म। बहुदल को ट्रेनिंग नपुगेको हो? बहुदल भनेको अर्को पार्टी को अस्तित्व स्वीकार गर्ने भन्दा पनि मानव अधिकार को सम्मान गर्ने भनेको हो। अर्को पार्टी त मास्न नसक्नेले पनि स्वीकार्छ। नाकाबंदी सकियो कि मधेसको जिल्ला जिल्लामा फेरि धर पकड़ शुरू। त्यही फासिज्म ले ल्याएको नाकाबंदी। फर्किन सक्छ। 

काँग्रेस महाधिवेशन जित्नु चुनाव जित्नु जस्तै हो। You will feel a wind behind your back. 

कोइराला खानदान को पनि र बाहुनवाद को पनि युग काँग्रेस मा समाप्त भएको छ। होइन भने संस्थापन भनेको बाहुन भनेको। बाहुनवादी जनमानस एमाले तिर लाग्ने भए। 

देउबा ले बरु दक्षिण कैलाली थरुहट लाई दिने कि? बाहुन ले जब लचक भन्छ त्यो मैले भनेको कुरा ढिलो नै भने पनि मान्यौ कि भनेको हुन्छ। देउबा वास्तव मा लचक पनि दृढता देखाउन सक्ने हुन। कैलाली मा लचक हुनुपर्यो। 


Wednesday, March 02, 2016

Nepal News (4)

मधेशी दललाई एकता गर्न बुद्धिजिवीहरुको सुझाव
नाकाबन्दी खोलाउन भएको राजनीतिक कसरतहरु यस्तो रहेछ
मधेस आन्दोलन असफल बनाउन राज्यको चार रणनीति
सामान्यता आन्दोलन तयारीका तीन चरण हुन्छन् । विद्रोहलाई संगठित तरिकाले अगाडि बढायो र सत्ताले पनि त्यसलाई स्वीकार्यो भने मात्र आन्दोलन हुन्छ । आन्दोलन भनेको नै सत्तामा सामेल हुनका लागि हो । आन्दोलनले आमूल परिवर्तन दुनियाँमा कहीं कतै भएको छैन । सत्ता तयार हुँदैन र आन्दोलनकारी तयार हुन्छन् भने आन्दोलन क्रान्तिमा परिवर्तन हुन्छ । क्रान्तिमा गएपछि सत्ताको उलटपुलट हुन्छ । सामाजिक मूल्य–मान्यता बदलिन्छ । आर्थिक सम्बन्ध परिवर्तन हुन्छ । सांस्कृतिक मूल्य–मान्यता अर्को आउँछन् र त्यसबेला मात्र क्रान्ति भएको ठहरिन्छ । ....... पहिलो : मधेसी–मधेसीबीच फुट सिर्जना गर्न कसैले आफूलाई क्रान्तिकारी भन्ने, कसैले आफैंलाई आन्दोलनकर्मी भन्ने, कसैले आफूलाई विद्रोही भन्ने । त्यसले गर्दा शक्ति नै छरियो । दोस्रो : मधेस आन्दोलनलाई एक्ल्याउने । जनजातिसँग मिल्न नदिने, दलितसँग मिल्न नदिने, खस आर्यसँग जोडिन नदिन यसमा मिडियाको भूमिका हुन्छ कि बौद्धिकको भूमिका हुन्छ कि सबैलाई राज्यले प्रयोग गरे । तेस्रो : अन्तर्राष्ट्रिय रूपमा एक्ल्याउनका लागि यो त सशस्त्र हुँदै छ । हिंस्रक हुँदै छ । यो विखण्डनवादी हो भन्ने किसिमले भ्रम छरियो । कुकुरलाई बदनाम गर अनि गोली हान्देउ । यो कुकुर त बौलायो गोली हान्न उचित छ भन्ने किसिमको रणनीति राज्यले अपनाएको छ । चौथो : राष्ट्रभित्रै पनि स–साना समूहलाई एक्ल्याउने काम गरियो । त्यसलाई राष्ट्रिय आन्दोलनसँग जोड्न दिइएन । राष्ट्रिय आन्दोलन भन्नेबित्तिकै विखण्डनकारी भन्थे । त्यसमा मिडियाले पनि त्यस्तैगरी साथ दियो किनभने मिडियाले पनि त्यही महेन्द्रमाला पढेका छन् । बुद्धिजीवीले पनि त्यही महेन्द्रमाला पढेका हुन् । ........ राज्य सत्ताले षड्यन्त्रमूलक रणनीति अपनाउँदै गयो भने यसलाई क्रान्ति हुनबाट कसैले रोक्न सक्दैन । र, क्रान्ति कुनै बाटोमा हिँड्दैन । क्रान्ति जहिले पनि पहाडीखोलाजस्तो हो । त्यसले आफ्नो बाटो आफंै बनाउँछ । ..... क्रान्तितिर यो मधेस विद्रोह जाने हो भने कहाँ जान्छ, कसैले भन्न सक्दैन । त्यो कुरा राज्य सत्तालाई विभिन्न तरिकाबाट सम्झाउन सकिन्छ । राज्यभित्र मधेसीजस्तै तामाङ, थारू, मगरजस्तै अन्य समूह छन् । उनीहरूसँग एलाइन्स गर्न गाह्रो छ । पहाडी जनजातिमा पनि गोर्खालीकरण भएको छ । उनीहरूमाथि शोषण भए पनि त्यसलाई उनीहरूले नियतिकै रूपमा स्वीकार गरेर बसेका हुन्छन् । काठमाडांैका एकथरि नेवार त हामी पनि गोर्खाली नै हौं, हामी राज्यसत्ताकै अंग हौं भन्नेसम्ममा पुगिसकेका छन् । केही जनजाति जस्तै गुरुङले पनि गोर्खाली भनेको त हामी हौं भन्न थालेका छन् । ...... अन्तर्राष्ट्रिय जगत्लाई पनि यो आन्दोलन सिभिल राइट्स मुभमेन्ट्स हो । यो नागरिक अधिकारको आन्दोलन हो । ...... मधेस आन्दोलनको सबैभन्दा कमजोर पक्ष भनेको अन्तर्राष्ट्रिय सम्बन्ध नै हो । अन्तर्राष्ट्रिय रूपमा कुनै कामै भएको छैन भन्दा पनि हुन्छ । माओवादीको अन्तर्राष्ट्रिय सम्पर्क सूत्र भारतमात्रै होइन कि अमेरिकासम्म पनि पुगेको थियो । काँग्रेसको दुनियाँभरि फैलिएको छ । अन्तर्राष्ट्रिय रूपमा कमजोर भएको एउटा माले थियो । त्यसले एउटा पनि आन्दोलन गर्न सकेन । जहिले पनि सत्तावरिपरि रह्यो र प्रधानमन्त्रीसम्म पायो तर मालेले कहिले पनि कुनै आन्दोलन गर्न सकेन । मधेस आन्दोलन पनि झन्डै–झन्डै मालेको ताल भयो । भित्र खुब उफ्रिने तर बाहिर कतै केही छैन । बौद्धिक तयारी छैन, मिडियामा कोही छैनन्, कूटनीतिमा कोही छैनन्, त्यसले गर्दा आफ्नो कुरा कहीं कतै पुग्न सक्दैन । आन्दोलन गर्नका लागि आन्तरिकले मात्र हुँदैन बाह्य सहयोग पनि चाहिन्छ । समर्थ नै नभए पनि सम्पर्क हुनैपर्छ । ....... लड्न लडाइँ नै हो तर सेनापति चार (मधेसी मोर्चा) थरी छन् । एक–अर्काबीच कुरा पनि हुँदैन । यसरी हुँदैन । .....

भीष्मपितामहको सेनापतित्वमा पाण्डवविरुद्धमा कुनै ठूलो कारबाही भएन किनभने उनीहरू आफ्नै मान्छे थिए ।

...... एउटा कमान्डर हुनैपर्छ । कमान्डर देखाउनलाई मात्र होइन, त्यसलाई अधिकारसम्पन्न बनाउनुपर्छ । ...... यदि आन्दोलनमा जाने हो भने त्योअनुसारको तयारी हुनुपर्छ । त्यसका लागि संगठन व्यापक हुनुपर्छ । नेतृत्व विकास गर्नुपर्यो । बौद्धिक तयारी हुनुपर्यो । अन्तर्राष्ट्रिय सम्पर्क हुनुपर्यो । ...... परालको आगो, काठको आगो, कोइलाको आगो के रोज्ने हो एउटा कुनै रोज्नुपर्छ ।
प्रदीप गिरी: कांग्रेसमा गुट छैन, गिरोह छ
'चरी र घैंटेहरुसँग न विचार हुन्छ, न मूल्य हुन्छ'
कांग्रेसमा गुटको ठाउँ गिरोहले लिएको छ । गिरोह भनेको उही चक्रे मिलनको गिरोह, जसमा कसैले चक्रे मिलनलाई च्यालेन्ज गर्‍यो भने ‘उठाओ बन्दुक, ओर लगाओ निसाना’ भन्दैन ? अहिले कांग्रेसमा गिरोहवादी प्रवृत्ति एकदमै बलियो भएर गएको छ । गुटका नाममा गिरोह बन्दैछ । ...... काठमाडौंमा चरी काण्ड, घैंटे काण्ड, चक्रे मिनल भन्ने छ नि, उनीहरु पनि त्यसै ग्याङ चलाउँदैनन् । ८/१० जना, ५०/६० जना मान्छे लिएर हिँड्छन् । मैले धेरै वर्ष पहिले ग्याङमा आधारित हिन्दी फिल्म कम्पनी भन्ने हेरेको थिएँ । हिन्दुस्तानका नामुद गुण्डाहरुको जीवनमा आधारित छ त्यो । .... गिरोहको पनि चरित्र राजनीतिक हुँदैन । ..... गिरोह कुनै अर्थमा पार्टी र गुटभन्दा फरक हो । किनभने गिरोहमा राजनीति हुँदैन, विशुद्ध तत्कालिक लाभका लागि बनेको समूह हुन्छ । जस्तो-एउटा विजनेश ग्रुप हुन्छ । कर्पोरेट कम्पनीलाई त तपाई पोलिटिकल मान्नुहुन्न, विशुद्ध नाफाका लागि बनेको हुन्छ र कानुनसम्मत हुन्छ । गिरोह-ग्याङ कसरी बन्छ ? त्यो गैरकानुनी ढंगले कमाउनका लागि । ........

यो गिरोह गिरिजाबाबुका पालामा सुरु भएको थियो ।

गिरिजाबाबु हाट्टहुट्ट गर्ने काम बडो गर्न थाल्नुभएको थियो ...... गिरिजाबाबुले कहिल्यै पार्टीमा सैद्धान्तिक कुरा राख्नुभएन । आफ्नो पक्षमा समर्थन जुटाउँदा त्यसका मूल्य र मान्यता के छन् हेर्नुभएन । त्यसैले गिरिजाबाबुले जुनसुकै पार्टीका मान्छेलाई आमन्त्रण गर्नु भो । उहाँलाई मद्दत गर्ने मान्छे कट्टर कम्युनिष्टलाई पनि ल्याउनुभो । पञ्चायतका मान्छेलाई पनि ल्याउनुभो । नाम भन्दा ठीक हुँदैन । एक से एक गुण्डाहरु ल्याउनुभो । किनकि उहाँलाई पार्टीमा बलियो बन्नुथियो । किसुनजीले एउटा पनि संदिग्ध चरित्रको मान्छेलाई पार्टीमा ल्याउनुभएन । यसरी पार्टी विस्तारै गिरोहमा परिणत हुँदै गयो । ...... गिरोहमा राजनीतिको बहस हुँदैन । लुटी ल्याउने, भुटी खाने -डकैती गर्ने र बाँडीचुँडी खाने) हुन्छ । त्यहाँ पनि हल्का हुँदोहोला, झ्यालबाट छिर्ने कि ढोकाबाट भनेर बहस त हुन्छ होला । .... हाम्रो नेपाली कांग्रेस पार्टीको अहिलेको रोग गुट होइन, गिरोहको हो ।

Nepal News (3)

काग्रेस महाधिवेशन लगतै मोर्चाका सबै अध्यक्षहरु दिल्ली जादै ।
मोर्चाका सबै अध्यक्षहरु चार दिन सम्म दिल्लीमा रहने ..... १५ मार्च अर्थात २ चैतमा मोर्चाका अध्यक्षहरु काठमाडौ फर्के पछि मात्रै मोर्चाले हालै निर्णय गरेको प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने कार्यक्रम राखिने छ । ..... मोर्चाका अध्यक्षहरु दिल्लीमा आयोजना हुने अन्तक्रिया कार्यक्रम सहित उच्च तहका राजनितीक र कुटनितीक भेटघाट समेत गर्ने छन । ..... मोर्चाले पछिल्लो समयमा काग्रेस महाधिवेशन पश्चात विकसित हुने राजनितीक वातावरणलाई नियालेर मात्रै आफनो आन्दोलनको रणनिती बनाउने बताउदै आएका थिए । ..... होलिका दहनको दिनमा मोर्चाले मधेशमा संविद्यानमा हस्ताक्षर गरेका सांसदहरुको पुतला सामुहिक रुपमा जलाउने समेत कार्यक्रम राखेका छन । त्यसैगरी मोर्चाले पछिल्लो समयमा आन्दोलनकारीहरु माथी प्रशासनको धरपकड वढेको भन्दै ५ चैत हल्ला बोल कार्यक्रम अन्र्तगत मधेशका सदरमुकामहरुमा जम्मा भइ १ घण्टा सम्म आन्दोलनका नाराहरु लगाउने समेत निर्णय गरेको छ ।
मोर्चा सचिवालय द्धारा गृहकार्य सुरु ।
मोर्चा स्रोतका अनुसार मोर्चाले पुन आन्दोलन चर्काउने गरी अल्टीमेटन सहितको प्रधानमन्त्रीलाई बुझाउने भनिएको ज्ञापन पत्र आउदो १ चैत पछि मात्रै दिने छन । भोली सम्भवतह सचिवालयले त्यसलाई टुगो लगाए पनि काग्रेस महाधिवेशन पश्चात मात्रै उक्त ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाउने योजना रहेको मोर्चा स्रोतको भनाइ छ । यद्यपी मोर्चाले यही विचमा तराई मधेशका सदरमुकामहरुमा विभिन्नि विरोधका कार्यक्रमहरु भन्ने सूरु गर्ने छन ।

Nepal News (2)

कांग्रेस नेतृत्वमा मधेसको प्रतिनिधित्व वीपीकाल जस्तै
मतदाता र कार्यकर्ता बढे, नेता बढेनन्
१२ औं महाधिवेशनपछिको ८५ सदस्यीय कार्यसमितिमा १३ जना मधेसी, थारु र मुस्लिम छन् । प्रतिशतमा हेर्ने हो भने वीपीकालभन्दा पनि कार्यसमितिमा मधेसीको कम प्रतिनिधित्व छ ..... 'कांग्रेसको संगठनको मूल आधार क्षेत्र नै मधेस हो,' ढुंगानले भने 'पार्टी जब जब मधेसमा बलियो हुन्छ सत्ता पाउँछ । मधेसमा कमजोर भएका बेला पार्टी हार्छ । पार्टीमा मधेसको ठूलो लगानी छ ।' ...... 'वीपीले भन्थे मधेसीमा देखिने राष्ट्रियता बहुतै कममा देख्छु ।' .....

अहिले पहिलो पुस्ताका नेताहरुको निधनपछि पार्टीमा मधेस र मधेसीलाई बुझ्ने समस्या झन थपिएको बताए ।

...... आफूसँगैका वा जुनियरहरु मधेसवादी दलका अध्यक्ष वा केन्द्रीय पदाधिकारी साथै मन्त्री भइरहँदा कांग्रेसमा टिकेका मधेसी नेताहरू अगाडि बढ्ने मौकाबट बञ्चित छन् । .... '०६३ को मधेस आन्दोलनपछि पार्टीमा मधेसका ठूला नेताहरुको बहिर्गमनको पहिरो नै गयो,' मधेसका एक नेताले भने 'अब पनि नेतृत्व पंक्तिको सोंचमा सुधार नआए कार्यकर्तास्तरमा पहिरो जाने ठूलो खतरा र सम्भावना छ ।' .......

'कांग्रेसमा मधेसीको ठूलो लगानी भएरपनि अहिले टाढा टाढासम्म पार्टी सभापति र प्रधानमन्त्रीका रुपमा कोही मधेसी नेतृत्वलाई अगाडि ल्याइएको छैन'



पौडेल–सशांक प्यानल घोषणा
कांग्रेसको मूलधार मसँग छ : पौडेल
सिटौला–गगनको प्यानल घोषणा, उमाकान्त कोषाध्यक्ष
कांग्रेस परिवारमा कैद हुन सक्दैन: सिटौला
मेरो नशामा बीपीको रगत होइन बीपीको विचार बगेको छ: गगन
४० वर्षभन्दा कम उमेरका युवाहरुको रेमिट्यान्सले चलेको मुलुकका नागरिकले युवालाई अवमूल्यन गर्न नहुने
नितिशको चासो पानीमा
‘बाढी नियन्त्रण मिलेर गरौं, जलस्रोतको उपयोग गर्दै मुलुकलाई समृद्ध बनाउनुहोस्’



देउवाको प्यानल घोषणा भोलि
देउवा सभापति, अर्जुननरसिंह केसी महामन्त्री र चित्रलेखा यादव कोषाध्यक्षकारुपमा उम्मेदवार हुने भएका छन् ।
मधेसी मोर्चाद्वारा आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक
चैत पहिलो सातासम्म जारी रहनेगरी जागरणसभा, हल्लाबोल, होलिका दहन सार्वजनिक गरेको हो । ..... हल्लाबोल अन्तर्गत मधेसमा भइरहेको गिरफ्तारी, धरपकड, मुद्दा चलाउने सरकारी गतिविधिविरुद्ध विरोधसभा गर्ने, होलिका दहनमा 'मधेसविरोधी संविधान जारी गर्ने सभासदो पुतला जलाउने' उल्लेख छ ।
नितिश र प्रचण्डबीच भेटवार्ता : संविधान र मधेस समस्यामा केन्द्रीत
भेटका क्रममा नितिशले नेपालमा संविधान कार्यान्वयन र मधेसमा भई रहेको आन्दोलनका बारेमा अध्यक्ष प्रचण्डसँग जिज्ञासा राखेका थिए । अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयनको क्रम अगाडि बढेको र मधेसी मोर्चाका मुलभूत विषयहरु समाधान भएको बताएका थिए ।
सभापति लड्ने उद्घोष गर्दै सिटौलाले भने, ‘काठमाडौंमा मेरो घर छैन्, गगनले देश हाँक्नसक्छ’
आफ्नो प्यानलबाट महामन्त्रीको घोषणा गरेका युवा नेता गगन थापाले देश हाँक्न सक्ने उद्घोष गर्दै सिटौलाले भने, ‘गगन मेरो छोरोको उमेरको मान्छे हो, मलाई विश्वास छ, उसले देश हाँक्नसक्छ ।’
विभेदकारी राज्य व्यवस्था चाडै ध्वस्त गर्छौ : उपेन्द्र यादव
फोरम नेपाल महोत्तरीद्वारा बुधवार जलेश्वरमा आयोजित ‘वर्तमान अवस्था एवं मधेश आन्दोलन’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले पछिल्लो मधेश आन्दोलनले शासक वर्गको ढाड भाचिसकेको जिकिर गर्दै अब उठ्ने आन्दोलनको आँधीबेरीले विभेदको जरा उखेलेर फाल्ने चेतावनी दिएका हुन् । ..... मधेशी जनजाति, दलित, मुश्लिम, महिलासहित एक साथ आन्दोलनको वेग सिर्जना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ’ ..... मधेश, पहाड, हिमालसँगै काठमाडौंमा एकैसाथ आन्दोलन गरिने यादवले बताए । आन्दोलन दबाउन सेना, सशस्त्र र प्रहरीको प्रयोग विफल भएकोले सरकारले पूर्वाग्रही ढंगले झूठा मुद्दा लगाएर आन्दोलनकारी फसाउने कार्य गरिरहेको उनले आरोप लगाए । ‘बन्दुकले नसकेपछि आन्दोलन दबाउन नेता कार्यकर्तालाई झूठा मुद्दामा फसाइँदैछ’, फोरम नेपालका अध्यक्ष यादवले भने, ‘आन्दोलनकारीलाई झूठा मुद्दामा गिरफ्तार गर्दैमा आन्दोलन कमजोर हुने दिवास्वप्न सरकारले नदेखे हुन्छ ।’ ...... यादवले महोत्तरी लगायत विभिन्न जिल्लाहरुबाट पक्राउ परेका मोर्चाका कार्यकर्ताहरलाई अविलम्ब रिहा गर्न माग गरेका छन् । ‘सरकारले केही बहाना नपाएर सामाजिक सञ्जालमा लेखेकै भरमा कार्यकर्ता पक्राउ गर्न तल्लिन छ’, उनले भने, ‘यसले स्वतः प्रष्ट हुन्छ कि सरकार विचलित भइसकेको छ ।’
रामचन्द्र कि शेरबहादुर ?

अल्पविकसित र विपन्न मुलुकको राजनीतिमा पश्चिमा समृद्ध मुलुकमा जस्तो व्यक्तिको निष्पक्ष मूल्याङ्कन गरिँदैन

...... कृष्णप्रसाद सिटौला र सुजाता कोइरालालाई हतारमा उच्च तहको जिम्मेवारीमा पुर्‍याइएकोले यतिबेला उहाँहरूलाई आफ्नो ‘हैसियत रक्षा’ चुनौतीको विषय बन्न पुगेको छ ।गिरिजाप्रसाद कोइराला र कुन्नि क–कसका कारण सिटौला र सुजाताको हैसियत अस्वाभाविक किसिमबाट उचालिएकोमा सिटौलाले आफ्नो बेग्लै क्षमता प्रस्तुत गरेर ‘अन्डरमाइन्ड’ गर्न नहुने व्यक्तिका रूपमा आफूलाई स्थापित गराउनुभएको छ । तर, सुजाता भने आफ्ना मृत पिताको नाममा झुन्डिरहनुपर्ने बाध्यताबाट गुज्रँदै हुनुहुन्छ । उहाँहरूले आफ्नो हैसियत जोगाउन ज्यादै टिठलाग्दो सङ्घर्ष गरिरहनुपरेबाट पनि विगतको ‘चढाइ’ स्वाभाविक थिएन भन्ने स्पष्ट हुन्छ । ...... राष्ट्र र प्रजतन्त्रको पक्षमा हित हुने विषय कलात्मक ढङ्गले प्रस्तुत गर्न नसक्ने, तर निर्णय र व्यवहारबाट वैचारिक रूपमा सबैभन्दा स्पष्ट रहेको प्रमाणित गर्न सक्ने क्षमता देउवामा देखिन्छ ।

आवश्यकताअनुरूप खुम्चन, फैलन, कठोर हुन र लचकता देखाउन सक्ने विशिष्ट क्षमता देउवामा रहेको छ ।

....... एउटा नेतामा हुनैपर्ने ‘फ्लेग्जिबिलिटी’ र ‘बोल्डनेस’ देउवामा देखिएको छ ...... विपक्षीसँग आवश्यकताअनुरूप ‘भिड्न’ र ‘मिल्न’ सक्ने क्षमता
कांग्रेससँग असन्तुष्ट छ मधेस
मधेस आन्दोलनको ९ वर्षबीच थुप्रै समर्पित कांग्रेस नेता, कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । यसरी कांग्रेस छाड्नेमा हाल तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष शरतसिंह भण्डारी, तराई मधेस राष्ट्रिय अभियान संयोजक जयप्रकाश गुप्ता, फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवलगायत छन्। कांग्रेसबाट क्षेत्रीय दलमा जाने नेता कार्यकर्ताको अनुपातमा अरू दल पछि देखिन्छन्। ...... प्रदेश नम्बर २ अन्तर्गत आठ मधेसी जिल्लाका कांग्रेस कार्यकर्ताले महाधिवेशनमा मधेस मुद्दा छिराउने रणनीति बनाएका छन्।

‘योपल्ट महाधिवेशन हलभित्रै मधेस आन्दोलन गर्ने हाम्राे तयारी छ

, किनकि नेतृत्वले मधेसको असन्तुष्टिको जरोसम्म नपुगी सुखै छैन,’भेलामा सहभागी एक नेताले भने,’हामी कांग्रेसलाई जमिनमा फर्काएरै छाड्छौं।’
होटल मालिकलाई पूर्वयुवराज पारसले हाने मुक्का

नेतृत्वका त्रिकोणात्मक होड : संस्थापनको टिम घोषणा आज, देउवाको भोलि

दिल्ली, काठमाण्डु र मुसा बिरालो को खेल

नेपाल सरकार र भारत सरकार को सम्बन्ध राम्रो छ भन्ने कुरा मानन म तैयार छैन। दुबै देश त्यति सारहो गरीब किन छन? जनता लेवल को सांस्कृतिक अथवा पारिवारिक सम्बन्ध --- त्यो त कुनै सरकार ले गरिदिएको होइन। सरकार ले आफुले गरे नगरेको कुराको क्रेडिट लिनुपर्छ।

भारत सरकार ले नेपालको कुनै एउटा समुदाय अथवा एउटा पार्टी अथवा एउटा नेता काखी च्यापन मिल्दैन। फुल स्पेक्ट्रम सँग सम्बन्ध राख्नुपर्ने हुन्छ। र राख्ने प्रयास भए जस्तो पनि लाग्छ। त्यसो गर्दा दिल्ली ले काठमाण्डु को प्रत्येक शक्ति लाई आफु आफुमा जुधायेर टाढा बाट मनोरंजन गरे जस्तो लाग्न सक्छ।

भारत मा त्यति धेरै मंत्री नेता छन, बाबु हरु छन। पत्रकार भए। पार्टी कार्यकर्ता त कति कति। अझ बाबा जी हरु छन, राजनीति मा चासो भएका। भने पछि सबैले एक स्वर ले त बोल्दैन। फेरि सबैले नेपालका मान्छे सँग गफ गर्दा आफ्नो महत्व बढाएर नै बोल्छ होला। पालो पिलो सबैले आफुलाई अमित शाह को नजिक को मान्छे भन्न भ्याएको हुन्छ। त्यसैले कमल थापाले भनेको: "कुन भारत?" Which India?

चीन तर्फ त्यो समस्या छैन। एउटा आधिकारिक मान्छे हुन्छ जस्ले चीन सरकारको  तर्फ बाट बोल्छ।

भारत ले नेपालको प्रधान सेनापति लाई नेपालको प्रधान मंत्री लाई भन्दा पहिला डाकेर भारतको राष्ट्रपति समख शपथ गराउन सक्ने तर मधेसी लाई गोली नहान भन्न नसक्ने? प्रश्न गर्ने ले प्रश्न गर्छन। महाभारत मा प्रत्येक पक्ष बाट युद्ध गर्ने कृष्ण नै थिए भने जस्तो।

केही हद सम्म त्यो हुन सक्छ। त्यही भएर त हो अहिले सम्म भारत विश्व शक्ति नबनेको। कहिले इतिहास छैन कि भारत आफ्नो भुमि बाट बाहिर गएर विश्व शक्ति बन्यो। आफ्नै भुमि मा उठापठक गर्दै बस्यो।

तर अब नया शुरुवात खोज्नुपर्ने छ। नेपाल ले पनि र भारत ले पनि।

दिल्ली लाई जति क्रेडिट दिने गरिन्छ काठमाण्डु मा दिल्ली को ब्यूरोक्रेसी त्यति सक्षम भने होइन। जनता को कुनै रोल नै नदेख्ने, आफ्नो कर्तव्य पालन गर्न नसक्ने। त्यसको पनि त नापतौल हुन्छ।

नेपाल भारत को बॉर्डर राम्रो कि अमेरिका मेक्सिको बॉर्डर? भारत मा कोही डोनाल्ड ट्रम्प छैन पर्खाल खड़ा गर भन्ने।

कास्ट सिस्टम बड़ा खुरापाती कुरा। ओली को किडनी फेरे जस्तै फेर्नु पर्ने कुरा त्यो। दिल्ली मा पनि काठमाण्डु मा पनि कुरा बिगारेको त्यसले।

नेपाल भारत सम्बन्ध लाई नया शुरुवात दिने मोदी को पहिलो प्रयास लाई काठमाण्डु का बाहुन हरुले असफल पारे। दोस्रो प्रयास को मार्ग प्रशस्त गर्नु पर्छ। बाहुन लाई कन्विंस गरेर हुन्छ कि विस्थापित गरेर? Whatever it takes.




सीके राउत सन्दर्भ

भन्ने ले भन्छन सीके राउत को मधेस अलग देशको एजेंडा पश्चिमा देश हरुको डिज़ाइन हो। हो होइन भन्ने तर्क पछि गरौं। पहिला यथार्थ हेरौं। दलाई लामा खुदले तिब्बत अलग देश चाहिँदैन भनेको युग बितिसक्यो। भने पछि कुरा सकियो। त्यो  त भयो प्रवासी तिबती को कुरा। चीनको कुरा कस्तो छ भन्दा नेपाल दुई टुकड़ा हुन्छ कि पाँच टुकड़ा त्यसले चीन लाई छुँदै छुँदैन। यदि कुनै पश्चिमा सानो अथवा ठुलो, सरकारी अथवा गैर सरकारी शक्ति, औपचारिक अथवा अनौपचारिक शक्ति ले मधेस को बाटो तिब्बत जान खोजेको हो भने त्यस्ता ले खुद CIA को इतिहास पढ़े हुन्छ। CIA ले सैनिक कारवाही कै प्रयास गरेको त्यो जमाना मा। असफल प्रयास। भने पछि यो तिब्बत एंगल बकम्फुसे कुरा हो। कुनै पनि सीरियस शक्ति ले त्यो सोचेको हुने संभावना छैन। कुनै सान्तिनो शक्तिले fantasy को रुपमा सोचेको भए अर्कै कुरा। जस्तो की हंगरी। हंगरी ले सोच्यो कि?

दिल्ली का मानिस दिन रात काठमाण्डु बारे सोंचेर बस्छन्। बेइजिंग पनि त्यही हो। वाशिंगटन लंदन सब त्यस्तै। काठमाण्डु मा यस किसिमको सोंच भएका ले मात्र सीके राउत का पछाडि international conspiracy देख्छ।

तर चीन ले नेपाल एक रहेको चाहन्छ। त्यो सही हो। चीन ले भन्दा भारत ले बढ़ी चाहन्छ। नेपाल दुई टुकड़ा हुन्छ कि पाँच टुकड़ा त्यसले चीन लाई छुँदै छुँदैन। तर नेपाल एकै रहे पनि उथलपुथल हुन्छ भने त्यसले भारत लाई प्रत्यक्ष छुन्छ। नेपाल एक रहनुपर्छ भन्ने चीनको भन्दा भारत को प्रबल चाहना हो। र दुबै परे विश्व शक्ति। अमेरिका पछि यिनी दुई नै हुन। इनको साइज यति भैसक्यो कि अमेरिका ले एकै चोटि दुई लाई चिढ़यौन चाहँदैन। सकेसम्म दुई लाई मिलाएर लान चाहन्छ। भने पछि अमेरिका ले चिढ़यौन नचाहने तर सीके राउत ले एकै पटक दुबै लाई चिढ़यौन चाहने त्यस्तो के पर्यो?

राजनाथ सिंह मधेसी नै त हो। नरेंद्र मोदी मधेसी होइन भने के हो? मधेसी शब्द को प्रयोग गर्दैनन्। तर cultural DNA का आधारमा त मोदी १००% मधेसी हो। भने पछि सीके राउत ले मधेसी समुदाय लाई निरीह प्राणी का रुपमा किन चित्रित गर्ने? दिल्ली ले मधेस अलग देश नचाहने मात्र भए त हुन्थ्यो। मधेसी लाई नेपाल भित्र समानता दिलाउन जे सुकै गर्न तैयार दिल्ली।

मधेसी को राजनीतिक संगठन को कमी हो। होइन भने मधेसी ले सारा देश हाँकने हो। मधेसी सशक्तिकरण को बढ़ी राम्रो बाटो कुन हो? मधेस अलग देश मा खुम्चिने कि सारा नेपाल हाँकने? भन्नु पर्ने कुरा नै होइन।

तिब्बत लाई मधेसको सहयोग चाहिएको छैन। मागेको पनि छैन। दिल्ली नेपाल का कारण ले पनि र आफ्नो कारण ले पनि मधेस अलग देश को विरोधी हो। दक्षिण एशिया को आर्थिक एकीकरण गरेर कश्मीर समस्या सुल्झाउन चाहेको दिल्ली। नदी लाई उल्टो दिशामा लाने मान्छे किन बन्ने सीके?

तर त्यति लिखित गृहकार्य गरिसके पछि फ्याट्ट छोड्न मिल्दैन।

तर माओवादी को एक पार्टी कम्निष्ट तानाशाही कुनै एउटा दिग्गज ले लेखेको कुरा थियो? सन २००५ मा माओवादी र सात पार्टी एक ठाउँ न आएको भए राजा न ढलने। तर ढलेको माओवादी को बन्दुक ले होइन फेरि। त्यो बन्दुक बिसाएर। भने पछि न सीके ले बन्दुक बिसाउनु परेको छ। न मधेस अलग देश एउटा भन्दा दुईटा दिग्गज ले लेखेको कुरा हो। माओवादी ले समाजवाद लाई दुरको लक्ष्य बनाए जस्तै सीके राउत ले मधेस अलग देशलाई दुरको लक्ष्य किन नबनाउने?

मधेसी मोर्चाको ११ बुँदे मध्ये एउटा पनि बुंदा को सीके विरोधी होइन। मधेस अलग देशलाई दुरको लक्ष्य बनाएर मधेसी मोर्चा मा एकाकार किन नहुने?

सबै मधेसी पार्टी हरुको एकीकरण गर्ने टेम्पलेट बनाएको मान्छे सीके। सीके को स्वतंत्र मधेस गठबंधन मा मधेसको प्रत्येक पार्टीको मान्छे छ। एउटै एकीकृत मधेसी पार्टी बनाउन सके मधेस आंदोलन विजय को उचाइ मा पुग्छ। सीके ले जस्तो जंगल को आगो जस्तो संगठन विस्तार गर्न सक्ने अवस्था मा अरु कुनै मधेसी नेता छैन।

११ बुँदे पुरा हुन्छ भने मधेस अलग देशको एजेंडा मधेसको राजनीति बाट गायब हुन्छ। सीके को एक लाख सदस्य भएको संगठन ले चुनाव लड़दीन भन्यो भने त्यो संगठन गायब हुन्छ। भने पछि यो सीके खुदको राजनीतिक भविष्य का लागि निर्णायक मोड़ हो।

पार्टी एकीकरण हुँदैन भने छुट्टै पार्टी को रुपमा मोर्चा मा समाहित भए पनि हुन्छ। मधेस मोर्चा का  पार्टी हरुको सदस्य संख्या पाँच लाख पुग्यो कि मधेसी ले काठमाण्डु कब्ज़ा गर्यो। सीके ले एक लाख बाट दुई लाख लाने। मोर्चा का अन्यले तीन लाख गर्ने।

संगठन विस्तार वडा लेवल मा हुन्छ। जनता क्रांतिकारी मुड मा छ भने एक पैसा खर्च हुँदैन।

संगठन भनेको संख्या र संवाद हो। संख्या भनेको headcount र संवाद भनेको शब्द को आदानप्रदान। जस्तै अहिले को ११ बुँदे  के हो र त्यो किन चाहिएको भन्ने कुरा मा वडा वडा मा संवाद हुन सक्छ।

संगठन निर्माण। त्यसबाट अधिकार र शक्ति आर्जन। अनि क्रांतिकारी रफ्तारमा शिक्षा र रोजगार को बाटो समुदाय को सशक्तिकरण। मधेसमा अहिले सबैभन्दा ठुलो संगठन नै सीके को छ। तर tactical flexibility को अभावमा त्यो संगठन गुमराह हुन सक्ने अवस्था छ।

होइन भने सीके को संगठन ले महाधिवेशन गर्नु पर्यो। लोकतान्त्रिक किसिमले महाधिवेशन गर्ने हो भने त्यहाँ तर्क वितर्क होला। वोटिंग होला। शायद दुई मत आउला। एउटा ले तत्काल मधेस अलग देश मा जाने भनला। त्यस्तो भन्नेले रोडमैप दिन सक्नु पर्छ। अर्को मतले मधेस अलग देश लाई दुरको लक्ष्य मान्दै in the mean time मधेस को प्रत्येक आंदोलन र प्रत्येक चुनाव मा सहभागी हुने रोडमैप अगाडि सार्ला। मतदान भएर अल्पमत बहुमत होला।

सही नै हो भने पनि लोकतान्त्रिक अनुमोदन त खोज्नुपर्यो मधेस अलग देश को एजेंडा ले।




Tuesday, March 01, 2016

Right To Free Speech, Right To Peaceful Assembly



Peaceful political action can not be prosecuted. It is against the basic charter of human rights.

I am not for a separate Madhesh because it is a geopolitical uphill, and unnecessary. But primarily because it is too small a goal. A bigger goal would be for Madhesis to rule in Kathmandu.

A good tactical maneuver for CK Raut's organization would be to make it a distant goal, in the mean time forming a political party and contesting every election along the way.

Nepal News (1)

कांग्रेस महाधिवेसनमा बिहारका मुख्यमन्त्री नितिशकुमार आउँदै
कांग्रेस महाधिवेशन लगत्तै सरकार परिवर्तन : दाहाल
'मन्त्रीलाई २ महिनाको अल्टिमेटम दिएको छु'
अर्जुननरसिंहले एक्लै गरे उम्मेदवारी घोषणा
‘ज्वाई उठे पनि पछि हट्दिनँ’
नयाँ शक्तिले व्यक्तिगत चन्दा ५० हजार रुपैयाँसम्म लिने
नेपाली उत्पादनको प्रयोगमा जोड
४ वर्षको छोरासहित महिलाले तमोरमा हामफालिन्
ओली भ्रमण लगत्तै भारतले नेपाललाई दिने सहयोग कटौती
खर्च गर्न नसकेको भनाई
भारतले नेपाललाई दिँदै आएको आर्थिक सहयोगमा यस वर्ष ठूलो कटौती गरेको छ । हिजो भारतीय संसदमा पेश भएको बजेटमा नेपाललाई दिइएको सहयोगमा करिब ४० प्रतिशत कटौती गरिएको ...... गत वर्ष ४ सय २० करोड नेपाललाई छुट्टाइएकोमा यस वर्ष ३ सय करोड मात्र छुट्टाइएको छ ।....सहयोग कटौतीको मुख्य कारण भने खर्च गर्न नसक्नु रहेको बताइएको छ । पत्रिकाले भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै भनेको छ, ‘दिइएको सहयोग समयमा खर्च गर्ने र सही ठाउँमा खर्च गरेको पाइएन । भूकम्पपछिको पुर्ननिर्माणका लागि दिइएको सहयोग पनि सदुपयोग हुन सकेको छैन, प्राधीकरण त बल्ल बन्यो ।’
मोर्चा सचिवालय द्धारा गृहकार्य सुरु ।
मोर्चाले बुझाउने ज्ञापनपत्रमा ११ बुदे माग सहित, आन्दोलनमा मृत्यु भएकाहरुको सहित घोषणा, धाइतेहरुको उपचार खर्च र क्षतीपुर्ती सहित कालो वजारी रोक्न विषय समेत समिेटिने छ । त्यसैगरी मोर्चाले बुझाउने ज्ञापनपत्रमा भुकम्प पिडितको पुर्नवासको विषयलाई समेत उठाउने छन । यसको साथै सचिवालयले मोर्चाको ०७१ मै बनेको आचारसंहितालाई परिमार्जन गर्नुको साथै अगामी केहि हप्ताका लागी विरोध कार्यक्रमहरु समेत सार्वजनिक गर्ने तयारी गरेका छन । ...... मोर्चाले पुन आन्दोलन चर्काउने गरी अल्टीमेटन सहितको प्रधानमन्त्रीलाई बुझाउने भनिएको ज्ञापन पत्र आउदो १ चैत पछि मात्रै दिने छन ....... मोर्चाले यही विचमा तराई मधेशका सदरमुकामहरुमा विभिन्नि विरोधका कार्यक्रमहरु भन्ने सूरु गर्ने छन ।
दोहोरो रणनितीमा अघि वढदै मधेशी मोर्चा ।
अहिले मोर्चाले प्रधानमन्त्री तहमा ज्ञापन पत्र दिएर सहमतीको लागी दबाब र त्यसको पृष्टभुमि सिर्जना गर्न खाजेका छन । ..... काग्रेस महाधिवेशन लगतै सम्भवतह नयां सरकार गठनको खेल सुरु हुन सक्छ । जसको पुर्व गृहकार्य मोर्चा संगको सहमतीवाट प्रारम्भ हुन सक्ने आकंलन कतिपयको छ । ..... वर्तमान ओली सरकारको वहिगर्मन त्यती सजिलो सौदा नभए पनि काग्रेसको अगुवामा हुने उक्त महगो खेल सफल भएमा मोर्चा संग काग्रेस सहितको प्रमुख दलहरु एउटा सहमतीय प्याकेज गर्ने समभवना बन्न सक्छ । जसमा एमाले बाहिर पनि रहने सम्भावना कतिपयको छ । अहिले मोर्चाले समान्य विरोधका कार्यक्रम सहित प्रधानमन्त्री तहमा ज्ञापन दिनुको उक्त सम्भावना भित्रको लेखाजोखा रहेको बुझाइ कतिपयको छ । यद्यपी उक्त प्रयास असफल भए मोर्चाले आन्दोलनलाई पुन चर्काउने आधार फेरी बन्न सक्छ । ...... काग्रेस महाधिवेशन पश्चात हुने नया राजनितीक ध्रवीकरणले ठोस रुप लिन कम से कम एक महिना लाग्ने भएकाले मोर्चाले त्यसलाई पर्खने भएका छन ..... पहिलो मधेश आन्दोलन पश्चातको समान वातावरण अहिले दोह्रिएको छ । जती वेला निर्वाचनको पुर्व सन्धयामा पुन दोस्रो आन्दोलन भएको थियो । कतिपय जानकारहरु भन्छन, काग्रेस, एमाले, एमाओवादी यदी पुन मुद्धा सम्बोधन भन्दा पनि निर्वाचनको खेलमा लागे त्यस वेला झै निर्वाचन नै प्रभावित हुने गरी मोर्चाले आन्दोलन चर्काउन सक्छ । जती वेला पुन प्रमुख दलहरु वाध्यात्मक अवस्थामा मोर्चाको माग सम्बोधन गर्न कुनै न कुनै उपाय रोज्न वाध्य हुन सक्छ । ...... पुर्वको झापा देखि पश्चिमको कन्चनपुर सम्मको तराइ मधेशलाई दुई प्रदेशमा विभाजन गर्नु पर्ने अडान लिएको मोर्चा र त्यो नमान्न तयार नदेखिएको प्रमुख दलहरु विच विचको वाटो खाज्ने यो प्रयासमा भारतीय पक्ष समेत सहभागी रहेको ..... हालको दुइ नम्बर प्रदेशमा पुर्वको सुनसरी र मोरडको विराटनगर सहितको तल्लो मिलाउन र पश्चिममा मोर्चाले कैलाली, कन्चनपुर दुवै जिल्ला छोडेर नवलपरासी देखि वर्दीया सम्मको लाइ हाल गाभिएको पहाडी भाग अलग गरी छुटै प्रदेश बनाउने गरी छलफल अघि वढेको छ

कन्याकुमारी से कैलाश पर्वत तक

कन्याकुमारी से कैलाश पर्वत तक रहने वाले सभी को एक करती महाशिवरात्रि का पर्व।


नेपाल को भावनात्मक एकीकरण, भारतको भावनात्मक एकीकरण (2)

नेपाल को भावनात्मक एकीकरण, भारतको भावनात्मक एकीकरण

नेपालको मधेसी मात्र होइन, नेपालको प्रत्येक समुह, यहाँ सम्म कि शेर्पा पनि, भारतमा बसेको छ। यस अर्थमा नेपाल लाई मिनी भारत भने पनि भो, महाभारत भने पनि भो। उत्तरी भेग का मानिस तिब्बत मा पनि बसेकोले चीन भनेको भारत जस्तै हो। नेपालको राजनीतिक सिमाना एउटा बड़ा बकम्फुसे सीमाना हो।

उत्तरी भारत र दक्षिणी भारत को कुरा मात्र छैन। भारत मा जुन नार्थ ईस्ट भनिन्छ, त्यो नेपालको आदिवासी जनजाति भनेको। संघीयता र आरक्षण ले तिनलाई पुग्दैन। त्यसको प्रमाण खुद भारत हो। भारत मा तिनलाई न नागरिकता समस्या छ। तिनीसँग एक व्यक्ति एक मत छ। संघीयता छ। आरक्षण छ। तैपनि असंतुष्टि छ। र त्यसको समाधान नेपालमा कागज मा आइसकेको। समाधान विशेष क्षेत्र नै हो। राउटे र चेपांग जस्ता समुह लाई विशष क्षेत्र नै चाहिन्छ। जंगल नास पर्ने हरुले राउटे चेपांग भन्दा आफुलाई ठुलो मानन मिल्दैन।

प्रकृति नास पार्ने पश्चिमा मोडेल भन्दा फरक मोडेल ले पनि ठाउँ पाउनु पर्छ। भुमि चाहिएको तिनलाई। नाइ भन्न मिल्दैन। नाइ भनेसम्म असंतुष्टि रहने हुन्छ।

नेपाल भित्र दक्षिण भारत, उत्तर भारत, र नार्थ ईस्ट ---- यी तीन भारत मा भावनात्मक एकीकरण न भइसकेका समुह छन। तिनको भावनात्मक एकीकरण पहिला नेपालमा हुन्छ र अहिले हुन्छ। त्यस पछि भारतमा पनि हुन्छ।