Sunday, November 29, 2015

प्रचंड धमिलो पानीमा माछा मार्न खोज्दैछन्




प्रचंड धमिलो पानीमा माछा मार्न खोज्दैछन्। मोरंग काटखुट पार्ने भनेको के? झापा र कंचनपुर बारे निर्णय गर्न प्रचंड लाई छोड्ने भनेको के? चितवन को त कुरै गरेको छैन। झापा का केपी ओली र कृष्ण सिटौला भन्दा, कैलाली कंचनपुर का शेर बहादुर र भीम रावल भन्दा प्रचंड अझ बढ़ी खतरनाक देखिए। चितवन मधेस होइन भने के हो? नेवार को लागि काठमाण्डु जे हो थारु का लागि चितवन त्यही हो। एक मधेस दो प्रदेस नै पहिलो मुद्दा हो यस मधेस आंदोलन को। यो संघीयता/समावेशीता बाहुन हरु का लागि आएको हो भने गणतंत्र आएको ज्ञानेन्द्र का लागि। बनाउ उसलाई राष्ट्रपति।

Saturday, November 28, 2015

In The News (73)

कृपया स्वस्फूर्त सहभागिताका लागि बिनम्र अनुरोध छ।संयोजक , सुबोधराज प्याकुरेल।

Posted by Subodh Raj Pyakurel on Saturday, November 28, 2015

देश र जनता को लागी आज १३ गते नेपाल बन्द । यदी यो माओवादी सँग जनता छ, एजेन्दा सही छ भने मात्र ५ दिन बन्द गरेर देखाइदेउ । जनता लात ले हान्छ ।

Posted by Mahesh Yadav Adhikari on Saturday, November 28, 2015

मधेसमा बल प्रयोग भए घोषित नाकाबन्दी हुन सक्ने

Posted by Rato Pati on Friday, November 27, 2015

भाजपा नेताको चुनौती : भारतसँग विश्वास छैन भने पाकिस्तानबाट तेल ल्याउनु - See more at: http://www.ratopati.com/news/16493/

Posted by Rato Pati on Saturday, November 28, 2015

केरुङसम्म चीनले नल्याइदिने, सिगात्से पुग्ने ट्यांकर नेपालमै छैन - Ratopati

Posted by Rato Pati on Friday, November 27, 2015

जोगबनी नाकाबाट अहिलेसम्मकै ठूलो परिमाणमा ग्यास भित्रियो https://shar.es/1cYlPm via Setopati

Posted by Setopati on Friday, November 27, 2015

युद्ध अपराधी प्रिथ्बी नारायण शाहको बारेमा डा. योगी बिकासनन्दको भनाइ

Posted by विश्व क्रान्ति लामा on Friday, April 25, 2014

महाभारत पनि पाँच गाउँका कारण भएको थियो । कौरवले पाण्डवलाई नदिने हठ लिएका थिए र त्यसै कारणले महाभारत पनि भयो । कृष्ण सिटौ...

Posted by Rato Pati on Friday, November 27, 2015

मधेसी मोर्चा र लिम्बुवान सम्बद्ध संघीय गठबन्धनको मंसिर ११ गते सुनसरीको इटहरीमा आयोजित विरोध सभामा आक्रमण गरेर जातीय सद्भ...

Posted by ESamata on Saturday, November 28, 2015

यात्रुबसमा यसरी हुन्छ इन्धन तस्करी । समाचार : http://bit.ly/1T6ZSse

Posted by Annapurna Post on Thursday, November 26, 2015

सुन्धारामा एकाबिहानै गोली चल्यो ।

Posted by eKantipur on Saturday, November 28, 2015

आजको बन्दमा सवारी साधनमा तोडफोड नगरिने********************************************* २०७२ मङ्शिर १३ आईतवार काठमाडौं: न...

Posted by Condition of Janakpur Dham on Saturday, November 28, 2015

प्रवासी नेपालीको उदेकलाग्दो व्यवहार

केपी ओली भन्दा एक कदम अगाडि नेपाली प्रवासी हरु देखिएका छन। नस्लवादी व्यवहारमा। नेपालमा खस एक तिहाई, जनजाति एक तिहाई भन्ने गरिन्छ, मधेसी एक तिहाई। खस र मधेसी अंतर्गत दलित २०% जति। तर दुर प्रवासमा बाहुन को बिगबिगी छ। अमेरिका का नेपाली संगठन हरु मा भो। ९०% बढ़ी बाहुन हुन्छन्। नेपालमा पहाड़ी पुरुष बाहुन भनेको ७% तर अमेरिका मा ९०% बढ़ी। नेपालको सरकारी यंत्र मा मात्र होइन पूरै देश, पूरै समाजमा बिभेद छ। प्राइवेट सेक्टर मा बिभेद छ। नेपाल सेना मा १% पनि छैन मधेसी। अमेरिका को नेपाली समुदाय मा त्योभन्दा कम छ। त्यो कसरी हुन्छ? मधेसी विरुद्ध यति सारहो बिभेद छ नेपालमा कि डिवी भर्ने अवस्था सम्म पुग्दैन?

तर आफु जुन जात र समुदाय को हो त्यसको मात्र, अझ त्यस का गलत प्रवृत्तिको पक्षपोषण गर्नु कति उचित व्यवहार हो? अमेरिका मा डॉलर कमाउने तर यहाँ आएर पनि आफ्नो दिमागको ढोका खुलाउन नचाहने हरु नै छन अधिकांश। उदेकलाग्दो व्यवहार छ प्रवासी नेपालीको।

मधेसी मोर्चाले सारेका ११ बुंदा बारे म कुनै पनि प्रवासी नेपाली/खस/बाहुन सँग खुला बहस गर्न तैयार छु। मधेसी मोर्चाले अख्तियार गरेका आंदोलन का अस्त्र हरु (मितेरी पुल को अवरोध सम्म) समस्त बारे म कुनै पनि प्रवासी नेपाली/खस/बाहुन सँग खुला बहस गर्न तैयार छु।

भने पछि ओली को गिरोहले देशलाई गृह युद्ध मा लान्छ भने नेपाल प्रवासले ओली को रूटिंग गर्ने हो त? त्यही छ प्लान?

यहि आउदो नोभेम्बरको २९ तारिख बष्टनको कप्ले स्क्वायरमा (Copley Square) मा भारतले भुपरिबेष्ठित राष्ट्र नेपालमाथी अन्तराष्ट...
Posted by Mabi Singh on Monday, November 23, 2015

मधेश आन्दोलनमा शहीद मधेशीको आत्माको चिर शान्तिको कामना गर्दैछौकृपया १-१ लाइक र शेयर गरी आफ्नो श्रद्धांजलि अर्पण गर्नुहोस !!!
Posted by Condition of Janakpur Dham on Saturday, November 28, 2015


'मुखले मधिशे भन्दै अपमानजनक सराप्ने, मनले देख्योकि घृणा गर्ने र मस्तिष्कले कहिल्यै सह अस्तित्व नस्विकार्ने पहाडिया जन र ...
Posted by Purushottam Dhakal on Friday, November 27, 2015

In The News (72)

Powerful! #AddressMadhes

Posted by Khushbu Dhoti Mishra on Saturday, November 28, 2015

Video below and this article illustrate the annihilating of a culture and language. http://www.nytimes.com/2015/11/29/world/asia/china-tibet-language-education.html?smid=nytcore-ipad-share&smprod=nytcore-ipad

Posted by Sonam G. Sherpa on Saturday, November 28, 2015

Notable: "Almost twice have died in attacks by right-wing groups in US in attacks by Muslim extremists" https://t.co/lfIUfz8op5 #Politics

Posted by Michael Parekh on Saturday, November 28, 2015

एमालेका महासचिव इश्वर पोखरेल लाई आजको दिन सम्म मधेसी मोर्चाको एजेन्दा थाहा छैन । बुझ पचाएकोछ कि बुझन नचाहेको ? जोर जर गेल अएथल नगेल ।

Posted by Mahesh Yadav Adhikari on Saturday, November 28, 2015

उपेन्द्र महतोले केहि करोदको औषधी दिए अहिले । पहिला पनि नेपाल लाई धेरै सहयोग गरे तर जुन दिन वहाँले मधेसिको हकको कुरा उथाउनु हुन्छ त्यो दिन वहाँलाई मधेस तिर पठाइदिन्छ ।

Posted by Mahesh Yadav Adhikari on Saturday, November 28, 2015

पेट्रोल तस्करी अति भयो । केहि मधेसी दिन रात तस्करी मै लागेकाछन । राजमार्ग मा तेल को कुनै कमी छैन । आखिर राजमार्ग मा तेल पुर्याउने कुनै मधेसी नै छन । stop it.

Posted by Mahesh Yadav Adhikari on Saturday, November 28, 2015

Its only Drama. ..

Posted by Mahesh Yadav Adhikari on Saturday, November 28, 2015

David Caprara's Oped, "What Madhesis want more than anything else is to be accepted as a part of the country on a level...

Posted by Amit P Shah on Saturday, November 28, 2015

American Indians weren’t passive and land-bound. They were fearless seafarers whose skills matched those of the European colonists.

Posted by Slate.com on Saturday, November 28, 2015

नेपाली भाषी भुटानी समुदायले निक्कै छोटै समयमा बिबिध किसिमले छलाङ्ग मारेछ | अमेरिकी सरकारको पुनर्वास कार्यक्रम अनुसार अमे...

Posted by Shailesh Shrestha on Saturday, November 28, 2015

नेपालको नाकाबन्दीको विरोधमा क्यानडामा विरोध प्रदर्शन (फोटो फिचरसहित)

Posted by OnlineKhabar on Saturday, November 28, 2015

नेपालविरूद्ध भारतीय नाकाबन्दीको विरोध अमेरिकाको बोस्टन शहरमा नेपालीहरूद्वारा हुँदै, यही November 29, 2015 मा ।Venue:...

Posted by Deepak K Khadka on Saturday, November 28, 2015

केपी ओलिको सरकार मुस्किल ले दस दिन चल्छ । सबैलाई मिलाएर जाने र बोली को सभ्य नेता को खोजी जारिछ ।

Posted by Mahesh Yadav Adhikari on Saturday, November 28, 2015

काठमाडौं– विप्लव नेतृत्वको नेकपा माओवादीको भोलिका लागि गरेको बन्दको चौतर्फी आलोचना भइरहेको बेला उसले त्यसको बचाउ गरेको छ । http://www.ratopati.com/news/16467/

Posted by Rato Pati on Saturday, November 28, 2015

What is up with using school children for nationalistic politics. No fun to read news coming from Nepal.

Posted by Surendra Lawoti on Friday, November 27, 2015

सरकारले एमाले कार्यकर्तालाई मञ्च आगजनी गर्न लगायो: उपेन्द्र यादव(विज्ञप्तिसहित)

Posted by Setopati on Friday, November 27, 2015

Totalitarianism originates from intolerance.

Posted by Sarita Giri on Friday, November 27, 2015

ईटहरी घटना सरकारी भिजल्यान्ते, खशवादी मिडिया, पहाडे अधिकारवादी र अहँकारी वाहुन सहिष्णुतावादी काे समप्रदायिक दँगा फैलाउन...

Posted by Kamlesh Singh on Friday, November 27, 2015

देशको राष्ट्रवादी नेताहरु यहाँ सम्म कहिले पुगेको छ?यिनीहरू देशको सुख भोगबाट कहिले लाभान्वित हुनेछन् ?स्वास्थ ,शिक्षा र र...

Posted by तराई News on Friday, November 27, 2015

'मुखले मधिशे भन्दै अपमानजनक सराप्ने, मनले देख्योकि घृणा गर्ने र मस्तिष्कले कहिल्यै सह अस्तित्व नस्विकार्ने पहाडिया जन र ...

Posted by Purushottam Dhakal on Friday, November 27, 2015

मधेसवाद छ

उपेन्द्र यादव ले पटक पटक मधेसवाद छैन भनेका छन। समाजवाद पो वाद, यो भक्तपुरवाद, मधेसवाद के हो? मलाई थाहा छैन। म समाजवादी हो। उपेन्द्र ले त्यसो भनेका छन। पहिलो मधेसी क्रांति को अनुहार जुन मान्छे हो उसले भनेको मधेसवाद छैन।

तर म भन्छु मधेसवाद छ। मार्क्सवादी-लेनिनवादी सिद्धांत को चीन को विशिष्ट कृषिप्रधान थर्ड वर्ल्ड गरीब देश पृष्ठभूमि मा प्रयोग गरिएको वाद माओवाद कहलियो। त्यस्तै संघीयता/समावेशीता को विश्वव्यापी मान्यता र सिद्धांत को नेपालका मधेसी का लागि प्रयोग गरिएको सिद्धांत मधेसवाद हो। त्यस कारण यो विशिस्ट छ। भारत मा आफूलाई मधेसी भन्ने कोही पनि छैन। आजको अवस्थामा मधेसी समुदाय एउटा विशिष्ट नेपाली समुदाय हो। र मधेसी पहिचान एउटा छाता पहिचान हो। त्यसमा बिभिन्न भाषाभाषी छन, मारवाड़ी पनि छन। दलित छन। थारु छन, जसको racial पहिचान फरक छ, तर क्षेत्रीय पहिचान एउटै हो। भाषा त थारु भाषा र मैथिलि एकदम मिल्छ। मधेसी पहिचान को केंद्रविंदु नै हिंदी भाषा भएको हुनाले भारत को हिंदी बेल्ट का मानिसको जातीयता र मधेसीको जातीयता एउटै हो, यद्यपि भारत को हिंदी बेल्ट का मानिस ले आफूलाई मधेसी भन्दैन। अधिकांशले मधेसी शब्द सुनेको पनि छैन।

तर कम्युनिष्ट सिद्धांत ले मजदुर वर्ग को कुरा गर्दा जुत्ता कारखाना को मजदुर छुने सीमेंट कारखाना को मजदुर नछुने भन्ने हुँदैन। त्यस्तै मधेसी समुदाय ले मधेसवाद भनिरहँदा नेपाल भित्र का संघीयता/समावेशीता चाहिने अन्य समुह का लागि पनि लडिरहेको हुन्छ। किनभने बाहुनवाद सँग सीधा भिडन्त मा जान सक्ने मधेसी मात्र छ। अरुको ताकत पुग्दैन। अहिले मधेसीले बाहुनवाद का विरुद्ध क्षेत्रीय शक्ति भारत मात्र होइन विश्व शक्ति चीन, अमेरिका, युरोप सबै लाई उभ्याई दिएको छ। यस अर्थमा भोलि परसि मधेसी ले देश हाँक्छ भन्नु नै हो। अहिले को आंदोलन मधेसी ले समानता पाउने अग्रसरता मात्र होइन। देशको शासक वर्ग नै बन्ने अभिप्राय हो। मधेसवाद ले त्यस आकांक्षा लाई पनि समेट्छ। त्यस अर्थमा मधेसवाद ले आर्थिक क्रांति पनि समेट्छ किनभने देशमा आर्थिक क्रांति गर्न सक्ने मात्र देशको नया शासक वर्ग बन्न सक्छ।


Caste Capitalism In Nepal

[अन्तर्वार्ता] ‘नेपालमा वर्ण व्यवस्थामा आधारित पुँजीवाद आइरहेको छ’
त्यो कम्युनिस्टले नेपाललाई पनि रुसजस्तै जातविहीन समाज ठान्छ । हुँदाहुँदा हामीलाई स्टालिन सार्कीको छोरो थियो भनेर पढाइयो । स्टालिनका बाबुले जुत्ता सिलाउँथ्यो पो भनेको हो त, सार्की भनेको होइन ।’ ..... ‘दलितकी छोरी राम्री भई भने पनि त्यसलाई, यो त दलितजस्ती छैन’ भन्छन् भन्ने तपाईंको भनाइ थियो । ...... जंगबहादुरले गरे । १९१० सालमा उनले ल्याएको मुलुकी ऐन नेपालको कानुनी इतिहासमा सबैभन्दा मिहिनेत गरेर ल्याइएको ऐन हो । यसमा स–साना कुराहरू पनि जात व्यवस्थाअनुसार ल्याइएको छ । कसले कसको जुठो खान हुने, कसले कसको खान नहुने, कसले भाउजू बिगारे के गर्ने, कसले बिगार्दा के गर्ने भन्नेमा ५–१० रुपैयाँसम्म पनि फरक ढंगको वर्ग व्यवस्थामा आधारित कानुनी व्यवस्था यो ऐनले सुरु गर्‍यो । त्यहाँदेखि सौन्दर्य मूल्यहरू र वर्गको निर्माण हुँदै आयो र त्यसले २०१७ सालसम्म निरन्तरता पायो । ...... यसको दोस्रो चरण २०१७ मा राजा महेन्द्रको नेतृत्वमा देशलाई संगठित गर्ने अभियानमा आयो ।

पृथ्वीनारायणबाट सुरु भएको संरचनाको अन्तिम, सबैभन्दा व्यापक र घनीभूत कडीको रूपमा महेन्द्र शासनलाई लिन सकिन्छ ।

जसले सौन्दर्यको मूल्य, सौन्दर्य दृष्टिदेखि लिएर शब्दहरूसमेत निर्माण गर्‍यो । त्यसमा हिन्दु, जुन हिमालको पनि होइन, चुरेभन्दा मुनिको पनि होइन, त्यो बीचको मान्छेको गहुँ गोरो सौन्दर्य नै सुन्दर भनेर चिनिए । पृथ्वी नारायणका पालामा सुरु भएको संरचनाको एक प्रकारको चक्र महेन्द्र कालमा पूरा भयो । ......... अहिले आर्थिक रूपमा जुन वर्ग समृद्ध देखिन्छ, त्यो उत्थान पृथ्वीनारायण शाहको एकीकरणपछि र जंगबहादुरको मुलुकी ऐनपछि नै तयार भएको देखिन्छ । उनीहरूले जागिर, आफ्ना कर्मचारीलाई बिर्ता, नजराना, बक्सिस दिने काम गरे । जमिनको बाँटफाँट पनि खास परिवार, खास मान्छेलाई दिने काम गरे ।

हुँदाहुँदा उनीहरूले त जातै फेरिदिन्थे ।

..... हिन्दु समाजका मारवाडी, जनजातिमा थकाली र मधेसी समाजमा कायस्थ अपवाद हो । अपवाद छोडेर हेर्ने हो भने वर्गको जग वर्ण व्यवस्थामा आधारित छ । पृथ्वीनारायणबाट सुरु भएर जंगबहादुर हुँदै महेन्द्रसम्म आइपुग्दा वर्णमा आधारित वर्ग तयार हुन्छ । त्यसपछि निर्माण भएका छन्– होचो मान्छेलाई हेला गर्ने, कालो नराम्रो, महिला कमजोर भन्ने कुराहरू । सीता त महान् भइन् तर रूख चढ्ने तामाङ महिलाको कतै चर्चा भएन । ....... मेरै घरको उदाहरण छ । सानो दाइको विवाहको कुरा थियो । उसले केटी हेरेर आयो । मन पर्‍यो । आमाले कतै मेलामा हेरेर भन्नुभयो,

‘बाँसजस्ती सिनट्याङ्ग्री छ केटी त्यसले कसरी काम गरेर खान्छे ?’

मेरो दाइ हिन्दी सिनेमा हेर्ने मान्छे । उसलाई हेमा मालिनी र बैजयन्ती मालाजस्ता केटी राम्रा लाग्थे । उसलाई त्यस्तै सुन्दर लाग्थ्यो । तर, हाम्रो परम्परागत समाज श्रममा आधारित थियो, यसैले आमालाई काम गर्न सक्ने हृष्ठपुष्ट चाहिएको थियो । ....... तपाईं बोक्सी भनिने कुराको उदाहरण लिनुस् । सामान्यत: पुरुषलाई बोक्सो भनिंदैन, साह्रै गरिब भएमात्र हो, नत्र महिलालाई नै यो लाञ्छना लगाइन्छ । त्यसमा पनि कर्नेलकी बुहारीलाई बोक्सी भनिँदैन । माथिल्लो वर्ग वा जातिको मान्छे बोक्सी हुँदैन । ......

हुँदाहुँदा पहाडको दमाईलाई गाली गर्दा पनि ‘डुमजस्तो’ भनिदिने

...... डोरबहादुर विष्ट त भाग्नुभयो । उहाँले ‘सबै जातको फूलबारी’ लेख्नुभयो । त्यहाँ अछूत बनाइएका जातहरूबारे कुनै चर्चा छैन । जसले ‘फ्याटलिज्म एन्ड डेभलपमेन्ट’ लेख्यो त्यो स्तरको समाजशास्त्रीले अध्ययनमा दलितलाई सामेल नै नगर्ने ? ...... मेरो अनुभवमा राजधानीमा वर्ण व्यवस्था सबैभन्दा कठोर छ, अहिले पनि । त्यसमा सबैभन्दा पिंधमा जाने हो भने नेवार जातिमा सबैभन्दा बढी देखिन्छ । उनीहरू आफैं वर्ण व्यवस्थाका माथिल्ला होइनन् । सहरीकरण, बजारीकरण र ज्याला प्रणालीका कारण केही खुकुलो भएजस्तो देखिन्छ । यहाँ आएर बस्यो भने कसले चिन्ने ? सबै कारोबार पैसाको हुने भएपछि अलि खुकुलो भएको हो । .......

मैले जुन स्कुलमा पढें, ९ वर्षसम्म मैले त्यो स्कुलमा पानी खाइनँ । सबैले पानी खाने ठाउँमा मैले पनि खान सम्भव थिएन ।

..... म कहिल्यै दोस्रो नभएको विद्यार्थी हुँ । अन्तिममा एसएलसी दिएपछि मैले स्कुलको गाग्रो फुटाइदिएर हिँडेको हुँ । किनभने, त्यहाँ फर्केर जानुपर्ने थिएन । घर–गाउँमा पनि हामीले प्रयोग गर्ने इनार बेग्लै थियो, पँधेरो छुट्टै थियो । ..... राजनीतिक प्रतिनिधित्वमा पनि दलितले उपाध्यक्षसम्म पाउने हुन्थ्यो । ललितपुरको एउटा गाउँ छ, किटनी भन्ने । त्यहाँ ठूलो संख्या दलितको तर अध्यक्ष सधैं अरू हुने, दलित उपाध्यक्षसम्म मात्रै । पछि सहरीकरणका कारण व्यक्तिगत धारा आए, मन्दिर चोकबाट उठेर घरघरमा पुगे, सबैका आ–आफ्नै भगवान् हुन थाले । धारा, मन्दिर र भगवान् व्यक्तिगत भएपछि छुवाछूत हुने ठाउँ घटे । मन्दिरमा पनि पशुपतिमा यति धेरै मान्छे आउन थाले कि रोक्न साध्यै भएन । पहिला रोकिन्थ्यो । १० सालमा पशुपति प्रवेश गर्न संघर्ष नै भएको हो । यति धेरै मान्छे पक्रियो कि थानामा राख्ने ठाउँ भएन र छाडेको रे †

त्यो बेला पशुपतिको गेटमा लेखेकै थियो, इसाई, कुकुर, दलित, अछूत पस्न हुँदैन ।

......... पहिले समाजमा दुई मुख्य चीज पुँजी हुन्थे– जमिन र सीप । जमिन राख्नै नपाउने र सीप बालीप्रथामा गएपछि उन्नति कसरी हुन्छ ? बालीप्रथामा हुनेबित्तिकै जिन्दगीभर बाँधिने भयो । ‘हाम्रो गोरु, हाम्रो भैंसी’ भनेजस्तो ‘हाम्रो दमाई’ भन्ने भयो । ..... जसलाई ३ हजार वर्षदेखि नपढ्ने लत बनाइएको छ, ऊ स्कुल देख्नासाथ जाँदैन । आर्थिक अवस्थाले पनि जान मिल्दैन । खानैका लागि श्रम गर्ने कि स्कुल जाने ? आमाबुबा काममा गएपछि ठूला बच्चाले साना बच्चा हेर्नुपथ्र्यो । यसैले कसैले मन नलागेर वा रहर पढेनन् भन्ने होइन । सुरुमा खुलेका अधिकांश स्कुलमा छात्रावास थिए । टाढा–टाढाबाट पढ्न आउनुपर्ने थिए । छात्रावासमा दलितलाई बस्न कसले दिने ? छात्रावासको फी कसरी तिर्ने ? अनि पढ्ने कसरी ? ....... सुन, तामा, चाँदीको काम गर्नेहरू त प्राविधिकभन्दा माथि वैज्ञानिकको स्तरका हुन् । मैले कतिपयलाई भने दलितहरू अछूत हुन् भने वेद पढेर फलाम पगाल्नुहोस् । जसले फलाम पगाल्छ, त्यो अशिक्षित कसरी भयो । तिनीहरू वैज्ञानिकको स्तरमा हुन् । .......

युरोपमा पुँजीवादको विकास शिल्पकार र व्यापारीको संयोजनबाट भयो । यहाँ त शिल्पकार र व्यापारीबीच कहिल्यै संयोजन नै हुन दिइएन । शिल्पकारलाई त झन् छुवाछूत नै गरियो ।

...... आध्यात्मिक ज्ञानको असाधारण विकास भएको

दक्षिण एसियामा भौतिक विज्ञान र केमेस्ट्रीको विकास किन भएन ?

बौद्ध दर्शनदेखि लिएर, लोकायत मतदेखि कपिलको शिशु भौतिकवाददेखि लिएर हिन्दुशास्त्रअन्तर्गतका यावत् शाखादेखि लिएर एस्टोनोमी पनि विकास भयो । ताराहरूको अध्ययन र खौगोलिक अध्ययनमा पूर्वमा भएको अध्ययनलाई महानतम् नै भन्न मिल्छ । तर

भौतिक विज्ञान र केमेस्ट्रीमा किन विकास भएन भने विज्ञानमा प्रगति हुन परम्परादेखिको ज्ञान र औपचारिक शिक्षाको ज्ञानको फ्युजन हुनुपर्छ ।

तर यहाँ के गरियो भने परम्परागतदेखिको ज्ञान भएको पढ्न जान पाएनन् । जो औपचारिक शिक्षा पढ्न पाउँछन् तिनीसँग परम्परागत ज्ञान नै छैन । ......... हुँदाहुँदा हामीलाई स्टालिन सार्कीको छोरो थियो भनेर पढाइयो । स्टालिनका बाबुले जुत्ता सिलाउँथ्यो पो भनेको हो त, सार्की भनेको होइन । जीवनी अनुवादमा उसलाई सार्की भनियो जबकि रुसमा सार्की नै थिएन । कम्युनिस्ट पार्टीले केही काम त गरे तर नेपाली समाजलाई अध्ययन गर्ने र त्यहीअनुसारको नीति तय गर्ने काम भएन । ...... सामन्तवाद जेमा टिकेको थियो त्यसलाई नष्ट नगरीकन, त्यही धरातल कायम राखेर पुँजीवादमा रूपान्तरण हुने हो भने त्यो पनि उस्तै हुनेछ । म त भन्छु, त्यो आइसक्यो । उदाहरण हेर्नुस्– हिन्दु समाजमा संगीतको काम दमाई, कपाली, गन्धर्भले गर्थे । तर अहिले म्युजिक नेपालको मालिक को छ ? जुन बेलासम्म जुत्ता सिउने पेसा सेवाको थियो, सार्की र तराईमा चमारहरूले गरे । जब उद्योग बन्यो, अनि त दाहाल ब्राह्मणहरू जुत्ता उत्पादक छन् । वर्ण व्यवस्थामा आधारित पुँजीवाद भनेको यही हो । ...... वर्ण व्यवस्थामा जो सत्ताधारी थियो, पुँजीवादमा आउँदा पनि त्यही मान्छे नै आए । हिजोको बालीमा काम गर्ने मजदुरमा परिणत भए । हिजोका सामन्त आजका साहुमा परिणत भए । पूरै गरिब, दलित मजदुरमा परिणत हुनु भनेको फेरि पनि वर्ण व्यवस्थाबाहेक केही होइन । ...... विदेशमा श्रम गर्न जानेमा सबभन्दा बढी गरिब र दलितहरू छन् । पढे लेखेका एनजीओ र आईएनजीओसँग नजिक भएका अमेरिका पनि पुगेका छन् । ती निकै थोरै छन् । पहिले खाडी जानेहरू ६ महिना खेत जोतेपछि साहुसँग ऋण लिएर जान्थे । त्यसमा २४ प्रतिशत ब्याज र फर्किंदा १ तोला सुन ल्याउनुपर्ने हुन्थ्यो । बाउ विदेश गएपछि पसलेले पनि बच्चालाई चाउचाउ दिन्थ्यो । आएपछि ब्याज तिर्‍यो ........ साहुले दाइ मरे भने भाइलाई लगानी गरेर पठाउँछ, आफ्नो पैसा ल्याउनका लागि । किनकि मरेको मान्छेसँग पैसा माग्न भएन । ...... पछिल्लो समय माओवादी युद्धले यस्ता मान्छेलाई बोल्न सक्ने बनाइदिएको छ । अहिले ब्याज घटेको छ, सुन ल्याइदिनु पर्दैन । खाडीको रोजगारीले ठोस परिवर्तनचाहिँ के भएको छ भने, खाडीबाट पैसा कमाएर आउनेमध्ये अधिकांश दलितले तीनवटा काम गर्ने गरेका छन् । पहिलो आएर विवाह गरेका छन्, दोस्रो भएको पुरानो घर भत्काएर नयाँ बनाएका छन् र अर्को साहुको उही काम नलाग्ने जग्गा किनेका छन् ।

जग्गाको ठूलो प्यास छ ।

जसको २० पुस्ताले हली भएर त्यो जग्गामा बितायो, उसका लागि आफैं मालिक भएर त्यो जग्गामा उभिनु ठूलो कुरा हो । .... मिटिङ बस्नै समस्या हुन्थ्यो । कि दलितको घरमा बस्नुपर्‍यो, कि गैरदलितको गोठमा । अहिलेचाहिँ नेपाली समाजको चेतना महिलालाई समितिहरूको उपाध्यक्ष र दलितलाई सदस्य बनाउनेसम्म पुगेको छ । सदस्यबाट माथि बनाउन गाह्रो छ । ..... नेपालको वर्ण व्यवस्था रंगमा आधारित होइन । यसैले योसँग रंगको आधारमा लडेर हुँदैन । यसका लागि समग्र समाजलाई हेर्ने वैज्ञानिक दृष्टिकोण परिवर्तन गर्नुपर्छ । कसैले भनिदिन्छ– ‘सुंगुरको रगत पनि रातो हुन्छ ।’ ...... विश्व दृष्टिकोणको प्रश्न हल नगरीकन दलित आन्दोलन र जात व्यवस्थाविरुद्धको लडाइँ हुनै सक्दैन । यही विश्व दृष्टिकोणको मुद्दा हल नभएका कारण भारतमा अम्बेडकर फेल खाए । त्यस बेला कानुनमा पीएचडी गरेका व्यक्ति, लन्डनमा कानुन पढेर आएका उनी नेहरू वा अरूभन्दा कम बुद्धिमान थिएनन् । मलाई लाग्छ समस्या उनमै र उनको दृष्टिकोणमा थियो । जात व्यवस्थाको अध्ययन र त्यसको चिरफारसम्ममा त उनको साँच्चै माहनतम खोज थियो, संसारले वास्ता नगरेर मात्र हो । जब त्यसको समाधानको निम्ति राजनीति र दर्शनमा गए तब उनी उही माहत्मा गान्धी र नेहरूलाई मान्य भएको दर्शन र राजनीतिमा प्रवेश गरे । त्यसै कारण उनको जीवनको अन्त्यमा निराशाबाहेक केही हात लागेन । त्यस कारणले उनी बौद्ध धर्मतिर लागे ....... ५६ सालमा म वीरगन्जबाट जनकपुर जाँदै थिएँ । बीचमा

एकजना मान्छे बसमा चढ्यो । गाडीमा सिट खाली थियो तर ऊ सिटमा बसेन, भुईंमा बस्यो । सहचालकले ऊसँग पैसा पनि मागेनन् ।

ऊ के थियो ? एउटा श्रमजीवी अर्को श्रमजीवीलाई मान्छे नै मान्दैन, पैसै माग्दैन .........

पहाडको लेखकले मधेसको पीडा ठीक ढंगबाट लेखेका छैनन् । किनकि पहाडको लेखकले १० जना मधेसीलाई उही अनुहारको देख्छ । उसको दृष्टि कालो रंगबाट फर्केर आउँछ । ऊभित्रको वेदनासम्म पुग्दै पुग्दैन ।

....... त्यसैगरी गैरदलित साहित्यकारले पनि दलितको चेतनामा सैद्धान्तिक रूपमा बुझ्दछ । तर भित्र छिर्ने बेलामा आएको छैन । दलित साहित्यकार नै त्यहाँ पुग्न सकेको छैन । तर मात्राचाहिं अब बढेको छ ।

वन समितिको एउटा सदस्य हालेजस्तै उपन्यासमा पनि काम न काजको भए पनि एउटा दलित पात्र घुसाउने चलन सुरु भएको छ ।

...... मिडियाको मूल चरित्र विशेषत: ४६ सालपछि दलितहरूमाथि साहनुभूति राख्ने देखिन्छ । ‘उसलाई दिसा खुवाए, ए’ भनेर सहानुभूतिमा पुगेको छ । उसको अधिकारलाई समर्थन गर्ने भएको छैन । आधारभूत र जगमा परिवर्तन भएको छैन । साहनुभूतिको स्तरमा पुग्नु पनि ठूलै हो । किनभने, त्यसअघि दया गर्ने र वास्तै नगर्ने थियो । महिलाको स्थिति पनि यस्तै छ, हिजो बेवास्तामा थियो, ‘रूपमती’ मा आउँदा दयामा आयो । अहिले साहनुभूतिमा आएको छ । अब मोटरसाइकलको पछाडि बस्नुहुन्छ भन्ने ठाउँमा आएको छ । तर अझै उसले चलाएकोमा बस्ने भन्ने आएन । शासकीय धारको दृष्टिकोण अहिले उदार लोकतन्त्रमा आधारित छ । उदार लोकतन्त्रले सहानुभूति दिन्छ । उदार लोकतन्त्रले कोठा दिन्छ, ट्राफिक व्यवस्था राम्रो गर्ने, बस दिने, कार दिने तर १२ घन्टा काम लगाउने । र, आफ्नोबारेमा सोच्ने समयचाहिँ नदिने ।

In The News (71)

२४ महिनामा सरकारी ढुकुटीबाट कार्यकर्तालाई २ अर्व ८४ करोड सहयोग
चन्द्रमशेरदेखि गिरिजाप्रसादसम्म, नेतादेखि कर्मचारीसम्म : कसरी हुन्थ्यो कमिसनको खेल ?
वि.सं. १९१४ असार महिनामा सिपाही विद्रोह दबाउन ६ रेजिमेन्ट र २७ तोप लिएर नेतृत्व गरी अंग्रेजको आग्रहमा सहयोग गर्न पुगेका जंगबहादुरले गोरखपुरदेखि इलाहावादसम्म २० ठाउँमा विद्रोह दबाउन सफल भएका थिए । त्यसैको पुरस्कारमा वि.सं. १९१७ मा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर नेपालले फिर्ता पाएको इतिहास पढ्न पाइन्छ । यसवापत उनको देशप्रेम मात्र झल्किएन श्री ३ महाराजको पदवी पनि प्राप्त गरे । ...... तर उनकै भतिजा चन्द्रशमशेरले प्रथम विश्वयुद्धमा नेपालले अंग्रेजलाई साथ दिएवापत बाँकी नेपालले अंग्रेजसँग लड्दा गुमाएको गोरखपुरदेखि लखनउ, देहरादुन, काँगडा, नालापानी फिर्ता गर्ने मनसाय व्यक्त गरेका थिए । तर, अंग्रेजबाट उनको ढुकुटीमा वार्षिक दश लाख नगद हालिदिने प्रलोभनमा परेपछि विशाल नेपाल हुन पाएन । .......

राणाशाही गए पनि त्यसका भएभरका कुलत हाम्रा शासकहरुसँगै अजम्बरी लहराझैं मनमस्तिष्कमा झ्याङ्गिएर फैलिएको छ ।

..... विराटनगर जुटमिल, हेटौंडा कपडा उद्योग, बुटवल स्पेनिङ पावर कम्पनी (धागो कारखाना), बालाजु कृषि औजार, नेपाल मेटल कम्पनी, ओरिन्ट मेग्नासाइट प्रा.लि., कृषि चुन उद्योग, चोभार–हेटौंडा–उदयपुर सिमेन्ट कारखाना, बाँसबारी छालाजुत्ता, भक्तपुर–हरिशिद्धि इँटाटायल कारखाना, भृकुटी कागज उद्योग, विरगंज चिनी मिल, लुम्बिनी सुगर मिल, शाही औषधि लिमिटेड, जयनगर जनकपुर रेल्वे कम्पनी, साझा बस सेवा, ट्रलिबस सेवा, जनकपुर चुरोट कारखाना, वीरगंज सलाइ उद्योग, बालाजु ब्याट्री उद्योग, पर्यटन व्यवसाय बढाउन शाही वायु सेवा, व्यापार विविधिकरणको लागि नेसनल ट्रेडिङ कम्पनी लि. आदि मित्रराष्ट्रहरुले नेपाललाई स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको बाटोमा उत्प्रेरित गर्न सहयोग स्वरुप दिएका थिए । .......... तर निजीकरणको नाममा कसरी हाम्रा शासकहरुले यी सवै ध्वस्त पारे, आफ्नो अनुभव पनि सुनाइहालौं– नेपालमा सूर्य टोबाको आयो । जनकपुर चुरोट कारखानाका कर्मचारीले सुर्ती चाल्ने जालीमा फलामको सुइरो रोपी भ्वाङ पारिदिए । जालीबाट सुर्तीको ठेट्नै छिरेपछि त्यो चुरोटमा पस्यो । सल्काएको चुरोट सुर्तीको काठले बीचैमा निभ्न थाल्यो । तराईदेखि हिमालसम्म लोकप्रिय बनेको आशा, गैंडा र याक चुरोट किन्नै छाडे । जनकपुर चुरोट कारखानाको चुरोटको नाम सुन्नै छाडियो । नेपालमा सूर्य टेबाकोकोे युग सुरु भयो । यहाँका कर्मचारीहरुले तलव जनकपुरबाट र भत्ता सूर्यबाट बुझ्न थाले । ........ म ठोकुवा साथ भन्छु, यही दुर्घटना अब छिट्टै नेपाल टेलिकममा दोहरिँदै छ । म एउटा आर्थिक खबर पढेपछि झस्किएँ– “एनसेलको ग्राहक संख्या र आम्दानी सबैभन्दा धेरै ।” ...... अहिले टेलिकमका पियनदेखि जीएमसम्म एनसेलको चियापान र भत्तासम्म बुझ्ने गरेको चर्चाको विषय नै भएको छ । ..... वागमतीको सफाइको नाममा प्रत्येक शनिवार वागमतीको पानीमा विदेशी ग्लोब्स लगाएर हात चोपल्ने सचिव, मुख्य सचिव, न्यायाधिश, प्रधान न्यायाधिश, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिसम्मले किन संकल्प गरेनन् पानी छोएर हामी कमिसन नखाई मित्रको सहयोग कबुल्नेछौं, घुस खाने छैनौं भनेर । ..... “रसियाले नेपालसम्म पेट्रोलियम पाइपलाइन बिछ्याएर पेट्रोलियम पदार्थको व्यापार विस्तार गर्ने र अनुदानमा पूर्व–पश्चिम रेल्वे मार्ग बनाइदिने भनेको थियो । मैले नेपाल सरकारलाई यो सन्देश तीन पटकसम्म पुर्‍याएँ । कसैले सुनेनन् ।


आफ्नो भूभाग र जनताको रक्षाका लागि भारतसँग लड्न सरकार तयार : उपप्रम रावल
“आफ्नो भूभाग र जनताको रक्षाका लागि सरकार प्रतिबद्ध छ, त्यसका लागि आवश्यकताअनुसार संविधान र कानुनबमोजिम सबै सुरक्षा निकाय परिचालन हुन्छ ।” ..... अहिलेको अप्ठ्यारो अवस्था लामो समयसम्म नरहने उल्लेख गर्दै नेकपा(एमाले)का उपाध्यक्ष रावलले अब राष्ट्र, जनता र लोकतन्त्रलाई केन्द्रमा राखेर निकर्षको बाटामा लागिने स्पष्ट पार्नुभयो ।
मधेशवादीहरु एकजुट भई महागठबन्धन निर्माण गर्न आग्रह
अधिवक्ता सुरेश तिवारीले मधेश आदोलन कमजोर पार्नमा मधेशीहरु नै सक्रिय भएको आरोप लगाएका छन् । उनले आन्दोलनको मौकाको फाइदा उठाउँदै तस्करी गर्ने मधेशी नै हो भन्ने शाषक वर्गसँग मिलेर मधेशीमाथि दमन गराउने पनि मधेशी नै रहेको टिप्पणी गरे । .... युवाहरुले भने अब राज्य होइन मधेश देशका लागि संघर्ष गर्नु पर्ने अडान गरे । शान्तिपूर्ण आन्दोलनबाट अधिकार प्राप्त नहुने भन्दै स्वतन्त्र युवा संघका कार्यकर्ताहरुले हतियार उठाउने बेला आएको बताए ।
बहुलवाद उन्नतिको पूर्वाधार
अधिकारको नाममा एकल सोच हावी हुँदै गएको नेपाली र भारतीय समाजको लागि निकै सान्दर्भिक छ। भारतीय जनता पार्टी (भाजपा) को सरकारले भारतमा गैर–हिन्दूहरूमाथि थालेको ज्यादती होस् या नेपालमा देखिन थालेको अरूको हक–अधिकारप्रतिको असहिष्णुता; सेनका तर्कहरू धेरै महत्वपूर्ण छन्। ..... सेन लेख्छन्– ‘हरेक मानिसले बहुआयामिक परिचय बोकेको हुन्छ, तर ऐतिहासिक रूपमै देखिएको फितलोपन के भने उसलाई कुनै एउटा धार्मिक–सांस्कृतिक समूहको नजरले हेरिन्छ। यो गल्तीबाट राजनीतिक बर्बादी र नैतिक महाभूल हुन पुग्छ। जात, धर्म, वर्ण, राष्ट्रियता आदि नामको एकांकी परिचय नै अहिलेको संसारमा हिंसाको कारक बनेको छ।’ ..... जस्तो, संसारको ठूलो प्रजातन्त्रको रूपमा चिनिने धर्मनिरपेक्ष राष्ट्र भारतमा पछिल्लो समय हिन्दू बाहेकका सम्प्रदायमाथि विविध खाले हिंसा बढेको छ। छुवाछूतको विरोध गर्ने दलित युवकको अपहरण होस् वा गाईको मासु खाएको भन्ने हल्लाको भरमा गरिएको मुसलमान युवाको हत्या, हिन्दुत्वको एकल विचारले प्रश्रय पाउँदा भारतभरका गैर–हिन्दूहरूले असुरक्षित महसूस गरिरहेका छन्। ३ नोभेम्बरमा भारतीय अंग्रेजी दैनिक ‘दी हिन्दू’ मा विख्यात वैज्ञानिक पुष्प एम. भार्गवले पनि ‘सांस्कृतिक दमनको नीति लिएको भाजपा सरकारले के खाने, के लाउने, के पढ्ने, कसरी प्रेम गर्ने जस्ता वैयक्तिक कुरामा पनि हस्तक्षेप गरेको’ लेखेका थिए। यी प्रबुद्ध रसायनशास्त्रीले सरकारले असहिष्णु भाव प्रोत्साहन गरेको भन्दै गत महीना पद्मभूषण सम्मान नै फिर्ता गरेका थिए। ...... सेन लेख्छन्– ‘परिचय गहन कुरा हो, तर वर्गीकरण सस्तो। आफ्नो समुदायको परिचयमा गर्व गर्नु जायज भए पनि त्यसको आधारमा अरूप्रति घृणा गर्नु निकै सस्तो तरीका हो।” ..... २०६४ को मधेश आन्दोलनताका साम्प्रदायिकताले प्रश्रय पाउँदा जनकपुरबाट पहाडीहरू पलायन भए। त्यसको सीधा असर जनकपुरे समाजको सांस्कृतिक सद्भाव र सुन्दरतामा मात्र होइन, अर्थतन्त्रमा पनि पर्‍यो। मधेशी राजनीतिक नेतृत्वले आफ्नो थातथलोबाट दुःखी हुँदै पलायन भएका पहाडी समुदायको पीडालाई सम्बोधन गर्न सकेन। परिणाम, एउटा समूहको भागमा पीडा र अर्कोकोमा ग्लानि पर्‍यो, भाइचारा कमजोर भयो। ....... उनले दुई वर्षअघिको भारत देखाएका छन्, जुन वेला शिख प्रधानमन्त्री, इसाइ मुलुकमा जन्मे/हुर्केकी नेतृ प्रमुख सत्ताधारी पार्टीको अध्यक्ष र मुसलमान राष्ट्रपति थिए। ...... लोकतन्त्रमा बहुमतको शासन हुन्छ, तर समाजमा अल्पमतका मानिसहरू बढी समस्यामा हुन्छन्। अल्पमतको पहिचान रक्षा र उन्नतिको सुनिश्चितता लोकतन्त्रको दायित्व हुन्छ। लोकतान्त्रिक सरकारहरू अल्पसंख्यकको समस्यामा कसैले आफ्नो स्वार्थ भजाउन नपाओस् भनेर चनाखो रहनुपर्छ भन्नेमा सेनको जोड छ। एउटा मान्छेले अक्षर चिन्न नपाउनु, गन्ती गर्न नसक्नु र संवादका लागि सक्षम नहुनुलाई अन्याय मान्ने उनले शिक्षा र अर्थतन्त्रबीच सीधा सम्बन्ध देखाएका छन्। ..... भारतको केरला राज्यमा गतिलो शिक्षा प्रणाली भएकै कारण प्रतिव्यक्ति आय राम्रो छ। शीर्ष निबन्ध ‘दी कन्ट्री अफ फर्स्ट ब्वाइज’ मा उनले देशलाई सबै सुविधा पाएर पहिलो भएका केटाहरूको नजरबाट मात्र नभई सबै अवसरबाट वञ्चित केटीहरूको आँखाले पनि हेरिनुपर्छ भनेका छन् ।
बिहार चुनाव जितेको आरजेडीले मधेश आन्दोलनलाई सहयोग गर्ने
बिहार चुनावमा सबैभन्दा बढी सिट जितेको राष्ट्रिय जनता दल (आरजेडी)ले जारी मधेश आन्दोलनमा पूर्ण समर्थन जनाउने बताएको छ । भारतीय सञ्चार माध्यमले आरजेडीले भारतको सीमासँग जोडिएको मधेशमा बस्ने मधेशीको मामिलामा चुप नबस्ने बताएको जनाएको छ । ........ लालु यादवको पार्टी आरजेडीका राष्ट्रिय उपाध्यक्ष रघुवंश प्रसाद सिंहले नेपालमा मधेशीलाई नागरिकतालगायतका विषयमा समान अधिकार दिलाउन नेपालको सीमावर्ती जिल्लामा जनसमर्थन जुटाउन सक्रिय हुने बताएका छन् । उनले नेपालसँग बेटी–रोटीको सम्बन्ध रहेको र करिब बीस लाख भारतीय नागरिकको विवाह नेपालमा भएको, करिब ६० लाख नेपाली भारतमा बस्ने गरेको भन्दै

मधेश मामिलामा चुप बस्न नसकिने

बताए । ..... उनले नेपालमा जारी भएको नयाँ संविधानमा मधेशीलाई समान अधिकार नदिइएको र मधेशीसँग दोहोरो दर्जाको नागरिक सरह व्यवहार भइरहेको बताउँदै

नेपालसँग सीमा जोडिएका सबै भारतीय राज्यका मुख्यमन्त्रीलाई भारतको केन्द्र सरकारसँग यस विषयमा कुरा गर्न आह्वान गरे ।

........ सिंहले नेपालको तराई वा मधेश क्षेत्रको २२ जिल्लामा ५१ प्रतिशत जनता बस्ने र पहाडका जिल्लाहरुमा ४९ प्रतिशत जनता मात्र बस्ने हुँदा पनि पहाडी क्षेत्रमा १०० र मधेशमा ६५ वटा क्षेत्र बनाएर विभेद गरिएको भारतीय सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
मधेशीको कार्यक्रम विथोल्नेलाई कारवाही गर्छौ : युवा फोरम (लोकतान्त्रिक)
युवा फोरमका उपाध्यक्ष रंजित झाले हुलाकी न्यूजसँग कुराकानी गर्दै सुनसरीको इटहरी र सर्लाहीको फुलजोरमा मधेशीहरुको कार्यक्रम विथोलेर साम्प्रदायिक दंगा फैलाउने प्रयास भएको बताए । झाले दंगा फैलाउन खोजिए युवा फोरम चुप लागेर नबस्ने बताउँदै त्यस्ता तत्वहरुमाथि कारवाही गर्ने चेतावनी दिए ।
सेना परिचालन गरेर भए पनि समाधान खोज्छौं : रक्षामन्त्री
रक्षामन्त्री भीम रावलले सेना परिचालन गरेर भएपनि समाधान खोज्ने बताएका छन् । काठमाडौंमा शनिवार भएको कार्यक्रममा मन्त्री रावलले वार्ताबाट समाधान ननिस्के सेना परिचालन गरेर भए पनि अघि बढ्ने बताएका हुन् । उनले संकट समाधान गर्न सरकारले ठोस कार्यक्रम ल्याउन लागेको पनि जानकारी दिए ।

मन्त्री रावलले मधेशी मोर्चाले भने जस्तो मधेशलाई पहाडबाट अलग गरी दुई प्रदेश दिन नसकिनेसमेत बताए ।

आन्दोलनका कारण मुलुकमा चरम संकट निम्तिएको भन्दै उनले अडान छोडेर तत्काल सहमतिमा आउन मोर्चालाई आग्रह गरेका थिए ।


मधेशमा दुई प्रदेशसहित संघीय मधेशी गठबन्धनको नौ बुँदे माग
मधेश आन्दोलनको माग समग्र मधेश एक प्रदेश भए पनि दुई प्रदेशसम्म मान्न सकिने गठवन्धनले बताएको छ । उसले भनेको छ, ‘यदि दुई प्रदेशमा नै सहमति हुने हो भने मधेशको भूभाग (भित्री मधेश समेत) समावेश गरी दुई प्रदेश निर्माण गर्नुपर्छ ।’ ..... यसो गर्दा नारायणी नदीदेखि पूर्व झापासम्म पूर्वी मधेश प्रदेश र नारायणी नदीदेखि पश्चिम कञ्चनपुरसम्म पश्चिमी थरुहट मधेश प्रदेश हुनु पर्ने गठवन्धनको माग छ । ..... जिल्लाको अवधारणा खारेज भइसकेको भन्दै उसले संसदका लागि प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्र जनसंख्याका आधारमा प्रदेशहरुमा बाँड्नुपर्ने माग गरेको छ । ....... समानुपातिकको ११० सिटलाई पनि प्रदेशको जनसंख्याका आधारमा बाँड्नुपर्ने र माथिल्लो सदनमा प्रत्येक प्रदेशबाट ८–८ सांसद रहने व्यवस्था खारेज गरेर प्रत्येक प्रदेशबाट न्यूनतम एक राखेर बाँकी जनसंख्याका आधारमा हुनुपर्ने उसको माग छ । ..... गठवन्धननले सेनासहित सबै सुरक्षा निकाय र राज्यका हरेक निकायमा समानुपातिक समावेशी हुनुपर्ने, नागरिकतासम्वन्धी व्यवस्था अन्तरिम संविधानमा भए अनुसार नै हुनुपर्ने, न्यायपालिकालाई संघीय ढाँचामा रुपान्तरण गर्नु पर्ने र सेना अर्धसैनिक बल र गुप्तचर पनि संघीय सरकारको मातहतमा रहने व्यवस्था गर्नुपर्ने मागसमेत अघि सारेको छ ।
सरकार उर्फ जुवाको खाल
ओली नेतृत्वको बहुरंगी सरकारलाई जुवाडेहरूको झुण्ड भनिदिए हुन्छ ..... जुवाको खालमा नारिने जुवाडेहरूमाझ अभिप्राय, लक्ष्य र कार्यको एकता हुँदैन । ती चारतिर फर्किएका हुन्छन् । तिनका आआफ्नै स्वार्थजन्य दाउ हुन्छन् । पन्जा, छक्का,

सत्ता

आदि । यो मन्त्रिपरिषदीय अराजकखालका सूत्रधार श्री केपी ओली स्वयं हुन् । र नै यो खालको चरित्रमा ओली महोदयको चरम् व्यक्तिवादी दाउको चित्र खुलस्त छ । ..... जीवनमा ओलीको अन्तिम दाउ थियो- मरिजाने जुनीमा जसरी हुन्छ प्रधानमन्त्रीको गद्दीमा विराजमान हुनु । ओलीश्रीको कामना, ध्याउन्ना वा लक्ष्य प्रधानमन्त्री बन्नु थियो । ओलीको यो बन्नुमा सिद्धान्त, आदर्श र निष्ठालाई रत्तिभर ठाउँ थिएन । ..... जिज्ञासु जगत्लाई कण्ठ छ, चित्रबहादुर केसी र सीपी मैनालीका रगतका कणकणमा संघीयताविरोधी भावको अन्धवेग छ । ओलीले शायद यी दुई पात्रमा आफ्नै मनोवृत्तिको साक्षात् एवं प्रीतिकर प्रतिबिम्ब देखे हुनन् । ..... जुवाको खालमा हारजितको तोडमा संयम, शालीनता र मर्यादाको एक पित्को पनि हेक्का रहँदैन । जुवाडे यसै पनि तामसी र झोँक्की जीव हो । ऊ उन्मादी भावले छाती पिट्छ र भन्नु नभन्नु भन्छ । ओली सरकारका प्राणवायुतुल्य उपप्रधानमन्त्री रोल नम्मर एक, पाँच र छको ताल एवं तुजुक त्यस्तै छ । ...... संविधानमा गणतन्त्र पूर्ण रूपले र धर्मनिरपेक्षता आंशिक रूपले संस्थागत भएका छन् । तर कमल थापा उपप्रधानमन्त्रीको उच्च आसनमा बसेर टिम्मुरे मुद्रामा राजतन्त्र फर्काउने र हिन्दुत्वको मौलो गाड्ने गर्जन गरिरहेकै छन् । ...... अधुरो, अपूरो र अनिश्चित नै भए पनि संविधानमा संघीयता बाकाइदा लिपिबद्ध छ । तर पाँच नम्मरी उपप्रधानमन्त्री चित्रबहादुर केसी संघीयताविरुद्ध हावामा काठको तरबार नचाइरहेकै छन् । ..... प्रधानमन्त्री ओली स्वयंको जिब्रो कम अराजक छैन । ओली महोदय कच्चा र टपर्टुइयाँ टाइपको कुनै तोरीलाहुरे विद्यार्थी नेताझैँ दुष्परिणामको परवाह नगरी जे पायो त्यही प्यारप्यार बोल्दै हिँड्छन् ।

दिल्लीसितको कूटनीतिक नाता झनै खराब होस्, मधेससितको राजनीतिक मिलन झनै कठिन बनोस्, दुच्छर बोलीका बिघ्नै धनी ओलीलाई बाल मतलब छैन ।

...... ओली सरकार दायित्व, मर्यादा र दूरदर्शिताको लेस मात्र पनि चेत भएको सरकार किमार्थ होइन ..... कुरा गरौँ अब सोह्रबुँदे आत्मसमर्पणसँगै अकल्पनीय ढंगले कायाकल्प भएको एमाओवादीको । केपी राजको भागबन्डाको दाउमा दमदार गृहमन्त्रालय एमाओवादीलाई परेको छ । ......

सुरक्षा प्रमुखहरू सुझबुझका साथ भन्छन्– राजनीतिक समस्याको हल राजनीतिमै खोज्नुपर्छ, प्रशासनिक मुढेबलमा होइन ।

...... मधेस आन्दोलनमा त्यतिका जनको ज्यान गइसक्यो तैपनि वार्ता गर्न यिनलाई हतार छैन ...... वार्ता–वार्ता भन्छन्, ठोस तयारी गर्दैनन्, आलटाल गर्दै जुट्छन्, हाई काड्छन्, काखी कन्याउँछन्, चिया घुट्क्याउँछन्, बिस्कुट चपाउँछन् र ‘वार्ता निष्कर्षविहीन’ भयो है भन्दै चिन्तारहित मुद्रामा सुत्न जान्छन् । ..... राज्य संयन्त्र यसै पनि मधेसीजनप्रति पूर्वाग्रही र असहिष्णु छन् । तिनलाई गृहमन्त्रीले ‘जसरी पनि’ को आदेश दिँदा नतिजा के हुन्छ, मान्यवर ? ...... सम्झेर ल्याउँदा त्यसैत्यसै टीठ लाग्छ,

के थियो र के भयो यो एमाओवादी !

असलमा चालु मधेस आन्दोलन माओवादी क्रान्तिकै निरन्तरताको एउटा तरंग हो । ........ मधेस आन्दोलन वास्तवमा संघीयतालाई पूर्णता दिने व्यावहारिक चेष्टा हो । ........ जुवामुखी ओली राजको आयु एमाओवादीको हातमा छ । एमाओवादीले बोकिरहे ओली राज टिकिरहन्छ, उसले बोक्न छाडे ओली राज धुलीसात् हुन्छ । यथार्थमा

मधेसीलाई अनेपाली देख्ने प्रधानमन्त्री ओली मधेस आन्दोलनको राजनीतिक निकास खोज्न उत्सुक छैनन् । बरु यो वा त्यो अत्तो थापेर आलटाल र ढिलढाल गर्दै आन्दोलनलाई हिंसात्मक रूप दिन र फौजी समाधान खोज्न उत्सुक होलान् ।

के एमाओवादी मधेस आन्दोलनको राजनीतिक निकास खोज्न साँच्चि नै उत्सुक छ ? .... सत्ताको जुवाघरमा त्यस्तो के नशा हुन्छ जसले नवप्रवेशी जुवाकर्मीलाई उसको इतिहास, सिद्धान्त, आदर्श, नाक र निष्ठासमेत सजिलै बिर्साइदिन्छ ?
मधेसवादसँगको लडाइँमा बाहुनवादको रक्षाकवच : राष्ट्रवाद
गिरिजाप्रसाद कोइराला भन्ने गर्थे– ‘माले, मशाले र मण्डले सबै एकै हुन् ।’ आज भिन्न विचार, दर्शन बोकेका तीन पक्षलाई एकठाउँमा ल्याएर जोड्ने कसी भनेको बाहुनवाद नै हो । .... आन्दोलनमा आन्दोलनकारी र सुरक्षाकर्मी समेत चार दर्जनभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने सयौंको सङ्ख्यामा घाइते छन् । जो अहिले पनि विभिन्न अस्पतालमा छट्पटाइरहेका होलान् । दैनिक उपभोग्य वस्तुहरु सहज ढङ्गले आयात हुन नसक्दा गोली र लाठीबाट घायल नहुने जनता पनि हायलकायल छन् । मुलुकमा राष्ट्रिय संकट गहिरिएको छ । सम्भवतः बन्द, हड्ताल र नाकाबन्दीले विश्व रेकर्ड तोड्ने क्रममा छ । सबैले भन्न थालेका छन्, अब अत्तिचार भयो ! ........ खासगरी यति लामो सङ्घर्ष र आन्दोलन सारमा दुईटा वाद : बाहुनवाद र मधेसवादबीचको लडाइँ हो । जो कोही कसैबाट हार्न चाहँदैन । यही सेरोफेरोमा यहाँ क्रमशः बाहुनवाद, मधेसवाद र बाहुनवादले रक्षाकवचको रुपमा अघि सारेको राष्ट्रवाद ....... बाहुनवादको अवधारणा प्राज्ञिक क्षेत्रमा सन् चालिसको दशकतिर भारतका प्रशिद्ध समाजशास्त्री नरसिंहचर श्रीनिवासले स्नाकोत्तर तहको शोधपत्रमा उल्लेख गरेपछि बढी चर्चामा आएको हो । नेपालमा भने मानवशास्त्री डोरबहादुर बिष्टले सन् १९९१ मा बहुचर्चित पुस्तक ‘फेटालिज्म एण्ड डेभलपमेन्ट’ (भाग्यवाद र विकास) नामक पुस्तक प्रकाशित गरेदेखि बाहुनवादले चर्चा पाएको हो । बिष्टका अनुसार

ब्राम्हणवाद भनेको एउटा दृष्टिकोण हो, दर्शन हो । यस दर्शनमा अरुलाई होच्याएर तल्लो दर्जामा दासत्व र प्रभुत्ववादी प्रचलन कायम राख्दै कुनै एक जातिविशेषलाई मात्र जन्मँदै ठूलो र पूजनीय भनी उपल्लो तहमा राखिन्छ

......... समाजशास्त्री डा. कृष्ण भट्टचनले ‘बाहुनवाद र आदिवासी’ शिर्षक लेखमा बाहुनवाद भन्नाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहसांस्कृतिक मुलुकमा लादिँदै आएको एक जात (बाहुन, क्षेत्री), एक धर्म (हिन्दु), एकभाषा (नेपाली), एक संस्कृति (हिन्दु)को नीतिलाई स्वीकार गरी लागू गर्ने गराउनेहरुलाई बुझाउँछ भनेका छन् ...... यो वादले आफू र आफ्नोभन्दा भिन्न पहिचान र विविधतालाई स्वीकार गर्दैन । जातिवादको जगमा टेकेर उभिएको यो विचार इन्द्रेनी रंगको नभई एकरंगीय राजनीतिको पक्षपाती हो । यसको चरित्र पहाडिया, खस जातीय र पित्तृसत्तावादी छ । आधुनिक नेपाल निर्माण भएयता नेपाली राज्यसत्ताको लगाम यही वादको हातमा छ । भिन्न समुदायका पात्रहरुलाई मन्त्री बन्नुपर्‍यो या कुनै राजनीतिक पद धारण गर्नुपर्‍यो भने यो वादको अनुमति या आशिर्वाद चाहिन्छ । यसको विरोध गरेर जोकोही दलित, जनजाति, मधेसी, महिला सत्ताको अंगमा छिर्न सक्दैन । ....... मधेसवाद । यो वाद मधेसी जनताको आन्दोलनबाट जबर्जस्त स्थापित दर्शन हो । २०६२/६३ सालको जनआन्दोलन अघिसम्म यो वादले राजनीतिक आकार ग्रहण गर्न सकेको थिएन । तर नेपालको अन्तरिम संविधान–२०६३ जारी भएपछि सञ्चालित मधेस विद्रोहबाट यसले मधेसवादको रुपमा आकार लिन पुग्यो । यसको वकालत गर्नेहरु स्वतः मधेसवादी कहलिए । अहिले यो वाद सबैको जनजिब्रोमा झुण्डिएको छ । ....... इतिहासकारहरुले भारतको मध्यदेशलाई मधेस भनिएको पुष्टि गरेपनि आन्दोलनले नेपालमा मधेसवाद जन्मायो । .......

मधेस र मधेसी जनताको मुक्तिको प्रश्नसँग जोडिएको दर्शन ‘मधेसवाद’ हो

...... बाहुनवाद नेपालको इतिहासमा अस्ताउँदै गएको दर्शन हो भने मधेसवाद चाहेर, नचाहेर आन्दोलनबाट जबर्जस्त उदाउँदो दर्शन हो । बाहुनवादको धरातल नस्लवाद/जातिवादमा आधारित छ । यसको मुख्य स्रोत मनुस्मृति ग्रन्थ र भारतीय हिन्दु मिथ्या दर्शन हुन् । यसले २४० वर्षभन्दा लामो समयदेखि नेपालको राजनीतिमा प्रत्यक्ष, अप्रत्यक्ष प्रभाव जमाउँदै आएको कारण मनोवैज्ञानिक दृष्टिकोणले हारिसकेको भए पनि यसले हार स्वीकार गर्न मानिरहेको छैन । सकेसम्म ऊ आफ्नै एकल जातभित्र राजनीतिलाई घुमाइरहन चाहन्छ र त्यसको सर्वत्र निन्दा हुन थाल्यो भने अन्तिम अवस्थामा नश्लको सहारा लिन पुग्छ । अहिले क्षेत्री, ठकुरी, सन्यासीसम्मलाई समेट्न खोज्नु भनेको ऊ आफूलाई अप्ठेरो पर्दा अलि फराकिलो हुन खोजेको मात्रै हो । फेरि अलिकति सहजता महसुस गर्ने बित्तिकै ऊ त्यही साँघुरो घेराभित्र घुस्छ । यसले मधेसवादले झैं खुलेर आफ्नो वादको वकालत गर्न नसके पनि उसका अनेकौ ब्यवहारबाट त्यसलाई पुष्टि गरिरहेको हुन्छ । किनकि जातिवादलाई आधार बनाउने दर्शन, सिद्धान्त संसारबाट नाङ्गिने क्रममा छ भन्ने गुह्य तथ्य यसका सञ्चालकहरुले राम्ररी बुझेका छन् । ........ आफ्नो साख गिराउँदै गएको बाहुनवादले राज्यसत्तामा उदाउँदै गरेको मधेसवादको उपस्थिति देख्न चाहँदैन । त्यसैले जब मधेस आन्दोलन राजमार्गबाट भारतीय नाका केन्द्रित हुन थाल्यो र छिमेकी भारतले समेत आन्दोलनलाई सघाउने उद्देश्यले अघोषित नाकाबन्दी गर्‍यो, तब बाहुनवादले राष्ट्रवादको बलियो सहारा लियो । अप्ठेरोमा राष्ट्रियताको राग अलाप्नु बाहुनवादको अन्तिम विकल्पको प्रयोग हो । ........... जनताले राज्यसत्तामा आफ्नो उपस्थिति खोज्दा उनीहरु राष्ट्रवाद खतरामा परेको ठान्छन् । ......

मधेसवादलाई सिध्याउन यतिबेला बाहुनवाद नाङ्गो रुपमा प्रस्तुत भएको छ ।

उसले दुनियाँ कम्प्युटर युगमा प्रवेश गरिरहँदा आफ्नो मुलुक दाउरे युगमा रहेको सन्देश दियो । इन्धन र ग्यासमा संरचनागत कालोबजारी चलाएर खोक्रो राष्ट्रवादको नारामा जनतालाई किलोको हिसाबले दाउरा बेच्यो । मधेसवादलाई सिंहदरबारमा ढिम्किन नदिन संसारलाई गुहार माग्यो । तीनतिर घेरिएको दक्षिणको साइनो तोडेर एकातिर छेकिएको उत्तरतिर साइनो जोड्यो । ...... न्वारानदेखिको बल लगाएर मधेसवादी शक्तिलाई दबाउन प्रतिगामी, यथास्थितिवादी र कथित अग्रगामी सबै एउटा कित्तामा उभिए । राजावादी कमल थापा र माओवादी प्रचण्डको भाषा, प्रस्तुति र शैली भिन्न भए पनि सार एउटै पाइन्छ । गिरिजाप्रसाद कोइराला भन्ने गर्थे– ‘माले, मशाले र मण्डले सबै एकै हुन् ।’ त्यो बेला यो पंत्तिकारलाई पनि कोइरालाको भनाइ सुन्दा उदेक लाग्थ्यो । तर आज इतिहासले त्यसलाई सही सावित गरिदियो । तीनवटै पक्ष सत्तामा छन् । यो भिन्न विचार, दर्शन बोकेका तीन पक्षलाई एकठाउँमा ल्याएर जोड्ने कसी भनेको बाहुनवाद नै हो । तिनले आवरणमा खस राष्ट्रवादको जलप लगाएका छन् जुन दुनियाँको अगाडि देखाउने नक्कली जलप हो । ... राष्ट्रवाद रक्षाको नाममा एकठाउँ आएको ढ्वांग फुके पनि सारमा माले, मशाले र मण्डलेहरु मधेसवादलाई सिध्याउनको लागि मात्रै जुटेका हुन् । ....... बाहुनवादले दौरा–सुरूवालमा मात्रै राष्ट्रियता देख्यो, तराईवासीले लगाउने धोती–कुर्थामा कहिल्यै राष्ट्रियता देखेन । हिमाली आदिवासीले लगाउने बख्खुभित्र राष्ट्रियता खोजेन । यहाँनेर भन्नैपर्छ, तराईको भूभाग सुस्ता र महेशपुर धोती–कुर्था लगाउनेले भारतलाई बुझाएका होइनन्, दौरा–सुरूवाल लगाउने पहाडे राष्ट्रवादले बुझाएको हो । टनकपुर, महाकाली, गण्डकी र कोशीजस्ता राष्ट्रघाती सन्धिहरू पनि तिनै दौरा–सुरूवालधारी नक्कली राष्ट्रियताको माला जप्नेहरूले नै सत्ताको लागि सम्झौता गरेका हुन् । ....... राष्ट्रियता भनेको भूगोलको सुरक्षा मात्र होइन, जनताको सुरक्षा पनि हो । बाह्य हस्तक्षेप र भारतीय विस्तारवादको त्रास देखाएर आन्तरिक राष्ट्रवादमाथि आँखा चिम्लनु मार्क्सवादी दृष्टिकोण होइन, मण्डले राष्ट्रवाद हो । राष्ट्रियताको राग अलाप्न नछाड्ने, तर कहिल्यै देशभित्रको जात/जाति मिल्न नदिने, अधिकारसम्पन्न हुन नदिने, आन्तरिक समस्यालाई जहीँको तहीँ राख्ने र बाहिरबाहिर अखण्डताको ढ्वांग फुकेर अबको मधेसी चेतनालाई रोक्न सकिँदैन । जबर्जस्ती भूगोलले घेरेको कथित राष्ट्रियताभन्दा भावनात्मक रुपमा एक भएर बनेको राष्ट्रियता नै महान हुन्छ । इतिहासको गति र ऐतिहासिक भौतिकवादलाई बुझ्न नसक्नेहरू नै समान अधिकार र सहभागिताले राष्ट्रियता खतरामा परेको भ्रममा पर्छन् ।
[अन्तर्वार्ता] ‘नेपालमा वर्ण व्यवस्थामा आधारित पुँजीवाद आइरहेको छ’