Thursday, February 19, 2015

पुराना समझौता कार्यान्वयन नगर्ने सँग नया समझौता किन गर्ने?

सवाल नै पैदा हुँदैन। देश आंदोलनमय छ, विस्तारै क्रान्ति तर्फ बढ्छ।


काँग्रेसले पार्टीको आतंरिक प्रक्रिया मानने हो भने

नेपाली काँग्रेसले आफ्नै पार्टीको आतंरिक प्रक्रिया मानने हो भने अहिलेका थुप्रै समस्या समाधान हुन्छन्। नेपाली काँग्रेस का सभापति ले नेपाली काँग्रेसको आतंरिक प्रक्रिया मिचेको अवस्था छ।






केपी आलु उल्लु २००६ को अप्रिल क्रान्ति को विरोधी थियो



केपी आलु उल्लु २००६ को अप्रिल क्रान्ति को विरोधी थियो। अहिले उ संघीयताको विरोधी हो। उसले चाहेर नचाहेर हुने नहुने भए!

संघीयता विरोधीको बेबी किंग: झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर

राजतन्त्र समाप्त हुने हुने बेला एउटा अनौठो प्रस्ताव आएको थियो। बेबी किंग को प्रस्ताव। ज्ञानेंद्र र पारस गन्हाए, बरु पारसको छोरा लाई गद्दीमा राखेर भए पनि राजतन्त्र लाई बचाउने। त्यो प्रस्ताव push गरेको गिरिजाले। जसलाई कि काँग्रेसी हरु गणतंत्र लाई जन्म दिने मान्छे भनेर प्रचार गर्छन। ताल न बेताल को कुरा।

Father King, Son King, Baby King --- जुन सुकै किंग गद्दीमा राखे पनि राजतन्त्र भनेको राजतन्त्र हो।

त्यस्तै अहिले केपी आलु उल्लु, कंस सिटौला, शेरे देउबा, परेश रावल --- सबले मिलेर झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर लाई मधेस बाट खोस्ने कुरा गर्दैछन्। मधेस भनेको भुगोल हो। यिनी हरुले नक्शामा त्यो मधेस लाई disfigure गर्दैमा मधेस को भुगोल बदलि जाने हो र!

जब अँग्रेज भारत बाट भाग्नु पर्ने अवस्था आयो, अनि उसले अंतिम अवस्थामा आएर भारत पाकिस्तान को आगो लगायो जुन अहिले सम्म निभेको छैन। Dining टेबल मा बसेर एक जना अंग्रेजले विभाजन गर्दियो, जिल्ला जिल्लामा विभाजन। नक्शा कोर्न भ्याए पछि त्यो मान्छे राता रात भारत छोडेर भागेको। किन भने उसलाई थाहा थियो, अब दंगा शुरू हुन्छ भनेर।

झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर का पर्वते बहुमत का गाउँ हरु मधेसको भुभाग बाट अलग गर्न चाहने हरु जानी नजानी त्यस्तै जातीय दंगा को बीउ रोप्दै छन। मधेस राज्यको उत्तरी सीमाना के हो भन्ने कुरामा विवाद छैन, त्यसलाई कृतिम विवादमा नल्याउने हो।



संघीयता विरोधीको झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर लाई मधेस बाट अलग गर्ने प्रस्ताव गणतंत्र विरोधीको बेबी किंग हो। 

Tuesday, February 17, 2015

केपीको मुसाको जत्रो दिमाग हात्तीको पाइला जस्तो प्रक्रिया मिचाइ


केपी लाई त्यति सारहो छ भने काँग्रेस-एमालेको सरकार छँदैछ, बन्नु, उप प्रधान मंत्री बन्नु, मंत्री बन्नु, एक दुई मंत्रालय सम्हाल्नु आफैले। तर यो संविधानमा नभएको Parallel Prime Minister को पद किन ओगटेको? 

मंत्री परिषदमा नरहेको मान्छेले सरुवा बढुवा को लिस्ट मंत्रालय हरुमा पठाउनु लोकतंत्र को उपहास हो। प्रक्रियाको उपहास हो। रिमोट कंट्रोल बाट नचल्न मानेर गर्यो त माँझी ले बगावत बिहारमा। 

केपीको मुसाको जत्रो दिमाग हात्तीको पाइला जस्तो प्रक्रिया मिचाइ। 


झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कन्चनपुर विवादमा कसरी पर्यो?

संविधान सभाको सबै भन्दा ठुलो पार्टी नेपाली काँग्रेस को महासमितिले झापा, चितवन, कंचनपुर समेट्दै रहेको मधेसमा तीन प्रदेश को प्रस्ताव गर्ने भनेर कुरा अगाडि सारेको हो। त्यो आधिकारिक हो।

महासमिति को बैठक भनेको पार्टी सभापति भन्दा माथि हो। महासमिति को बैठक भन्दा महाधिवेशन माथि हो। पार्टी सभापति भन्दा पार्टीको महासमिति को बैठक माथि हो।

भने पछि नेपाली काँग्रेसको महासमिति को बैठक ले एक मधेश तीन प्रदेश भन्ने प्रस्ताव ल्याए पछि कि त त्यसलाई अर्को महासमिति को बैठक डाकेर फेरबदल गर्नु पर्यो कि त महाधिवेशन बोलाएर फेरबदल गर्नु पर्यो। त्यो भएको मलाई जानकारी छैन।

भने पछि सात प्रदेशको अवैज्ञानिक प्रस्ताव आयो कता बाट? झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कन्चनपुर मधेस मा रहने काँग्रेस को आधिकारिक प्रस्ताव हो।

महासमिति को बैठक को आदेश उल्लंघन गर्ने अधिकार त्यस पार्टीको पार्टी सभापतिलाई कसैले दिएको छैन त, त्यस पार्टीको संविधानले दिएको छैन। पार्टी सभापति र पार्टी सभापति का प्रत्याशी देउबा दुबै यो पार्टी संविधान मिच्ने नग्न नृत्य जुन देखाउँदै छन, त्यसको आधार कतै देखिँदैन त।

प्रक्रिया मिच्ने को?