Friday, February 06, 2015

सांस्कृतिक विविधताको धन र पृथ्वी महेन्द्रको धान








माथिका पिक्चर हरुमा नेपाल देख्न सकिन्छ। यी फोटो ब्राज़िल को अमेज़न जंगल को हो। मैले नेपालको सांस्कृतिक विविधतालाई अमेज़न को जैविक विविधता सँग तुलना गरेको।

र तलका दुई फोटो पृथ्वी शाह र महेंद्र शाहका कर्तुतको हो।



महेन्द्रको "राष्ट्रियता" भनेको एक भाषा एक भेष एक राजा एक जाति खस एक धर्म अझ एक पार्टी हो। अमेज़न को जंगल एक नास ले सखाप पारेर सबै ठाउँमा एकै नास ले धान रोप्नु पृथ्वी पथ र महेन्द्र पथ हो। केपीवामे महेन्द्रको पुजा गर्छन आज को मितिमा। राँची पुर्याउनु पर्ने मानिस हुन दुबै।



सांस्कृतिक विविधताको धन र पृथ्वी महेन्द्रको धान ---- धेरै फरक छ। संघीयता भनेको नेपालको सांस्कृतिक विविधता धन हो भन्ने बुझ्नु हो। मैले आलंकारिक रुपमा भनेको होइन। टुरिज़म इंडस्ट्री को कुरा गरेको। 

Thursday, February 05, 2015

Gajendra Rajmarg, Buddha Railmarg, Janak Rajmarg

मधेस राज्यलाई नेपालको गुजरात बनाउनु पर्ने हुन्छ, आर्थिक हिसाबले। नेपालीहरु मलेसिया कतार होइन मधेस जाने भन्ने होस्। त्यसको लागि infrastructure चाहिने हुन्छ।

प्रत्येक १०-२० किलोमीटर को दुरीमा उत्तर दक्षिण राजमार्ग हरु पनि चाहिने हुन्छ।

बुलेट ट्रेन ले त मेची देखि महाकाली ३ घण्टामा पुर्याई दिने हो। ल्हासा बाट लुम्बिनी हुँदै दिल्लीको बाटो खुलने हो।












Wednesday, February 04, 2015

सगुन को महत्व


हिजो चौतारी को बेसमेंट मा बड़ो मजाको दृश्य देख्न पाइयो। न्यु यार्कले Sagoon.com तर्फ पाइला चाल्यो। खगेन्द्रजी र विमलजी ले शुरुवात गर्नु भो। दुबै जना न्यु यॉर्क को नेपाली समुदाय को visible मान्छे मध्ये पर्नु हुन्छ। यो देखेर केही अरु पनि आउने आशा गरिएको छ। नार्थ कैरोलिना र टेक्सास का केही नेपालीले पनि चासो लिएका छन। ट्रेन छुट्न छुट्न लाग्यो।

मेरो judgment call ------ सगुनमा अहिले हालिएको 25K भनेको लगभग ५ वर्षमा मिलियन हो। रूस सेकंड वर्ल्ड देश। त्यहाँ मास्को मा ५०० नेपाली भएको ठाउँ मा त ३० जना मिलियनेयर छन ह रे। न्यु यॉर्क मा त हुनुपर्यो कमसेकम ५० जना। सगुन एउटा मौका हो। It is an opportunity.

मैले सगुन लाई राउंड २ को fundraising मा सघाउँदै छु। त्यही भएर आतंरिक कुराहरु थाहा पाउने मौका पाएको छु। I have been impressed.

एउटा टेक स्टार्टअप ले देखाउन सक्नुपर्ने मापदण्ड के हुन्छ भने ------ do you have a rapidly growing user base? Visitor हुन्छ, a subset of visitors are registered users, a subset of registered users are active users. The industry standard definition is, an Active User is someone who uses your product at least once a month. त्यो active user बेस ५०,००० हजार कटयो भने you become interesting to most investors.

हिजो चौतारी मैं माथि अंजन सँग भेंट भो। I was glad to learn he has not only launched his tech startup but that it is also making active progress. Good to know.

यो गोविन्द गिरी र कविन्द्र सिटौला को सगुन सम्बन्धी चौथो भ्रमण थियो न्यु यॉर्क को। दोस्रो र तेस्रो भ्रमण मा अलि हताश नै भएको अवस्था थियो। Those emotional ups and downs are unavoidable with any startup. That is why it helps to have a Cofounder!

गोविन्दं गिरी को Founder CEO पर्सनालिटी छ। सगुन को user base र गोविन्दजीको Founder CEO पर्सनालिटी देखेर मैले हो सगुन लाई पत्याएको।

नवंबर मा चौतारी को बेसमेंट मा जब सगुनले आफ्नो पहिलो न्यु यॉर्क presentation गर्यो त्यो दिन अगाडि मैले कहिले न सगुन को नाम सुन्या छ न गोविन्द गिरीको। कविनजी सँग चाहिं एक चोटि DC मा २००१ ताका भेंट भएको, socially.

मेरो गाउँ मा एउटा छ शिव शरण भगत भन्ने --- अहिले काठमाण्डु मा होला। उमेरले मभन्दा ३-४ वर्ष मात्र जेठो भए पनि नाता मा बाजे पर्ने। कविनजी त्यस्तै विभिन्न मान्छे ले काका भन्नु पर्ने मान्छे हुनु हुँदो रैछ। यहाँ देखि DC सम्म।

मेरो भान्जा सुनील साह NRN को चुनाव लड्दैछ। उसको कार्यक्रम थियो थकालीमा। त्यस पछि त्यहीं बाहिर प्रमोद सिटौला सँग भेंट भयो। मैले पछि प्रमोदजी ले फेसबुक मा ईमेल गरें।
Pramodji. It was good to bump into you earlier in front of Thakali Kitchen.  
एक समय हामी लोकतंत्रकालागि एक जुट थियौं। अहिले संघीयताको सवालमा हाम्रो फरक मत हुन सक्छ। तर त्यसपछि फेरि आर्थिक क्रांतिको मुद्दामा लोकतान्त्रिक आंदोलन भन्दा पनि कड़ा किसिमले एक जुट भएर अगाडि बढ्नु छ। कबिन सिटौलाजी तपाइँको काका हुनुहुँदो रैछ। Sagoon.com मा मैले सघाउँदैछु।  मेरो भान्जा सुनील साह चुनाव लड्दैछ। तपाइँको सहयोगको अपेक्षा छ। धन्यवाद।
सगुन को महत्व नेपालको आर्थिक क्रांति सँग छ। 

Tuesday, February 03, 2015

"स्वायत्त मधेश प्रदेश" लाई Negotiation टेबलमा ल्याउने अधिकार कसैलाई छैन

"स्वायत्त मधेश प्रदेश" भनेको संविधानमा लेखि सकिएको कुरा। त्यो निष्कर्षमा पुगि सकेको कुरा। त्यसलाई वार्तामा ल्याउने अधिकार कुनै मधेसी नेतालाई छैन। अरुको त कुरै छोडौं।

गणतंत्र २००६ को अप्रिल क्रांतिको निर्णय। त्यस गणतंत्रलाई वार्तामा ल्याउने अधिकार प्रचंडलाई छैन। गणतंत्र, लोकतंत्र, मानव अधिकार, धर्म निरपेक्षता, संघीयता, "स्वायत्त मधेश प्रदेश" -- यी सब निष्कर्षमा पुगि सकेका बुंदाहरु हुन।

"स्वायत्त मधेश प्रदेश" लाई Negotiation टेबलमा ल्याउने हो भने गणतन्त्रको विषयमा ज्ञानेन्द्र शाहलाई वार्तामा डाक्नु पर्ने हुन्छ। उसको नाता गोता को मान्छेलाई डाक्नु पर्ने हुन्छ। के छ विचार भनेर सोध्नु पर्ने हुन्छ। होइन भने झापा, मोरंग बारे केपी आलु, कंस सिटौला, कैलाली बारे शेर देउबालाई किन सोधेको?

"स्वायत्त मधेश प्रदेश" लाई Negotiation टेबलमा ल्याउने अधिकार कसैलाई छैन।


प्रचण्डले गर्न सक्ने एक मात्र गल्ती

प्रचण्डले हिंसाको ह पनि नसोच्ने हो, न बोल्ने हो। सोचेका छन अथवा बोलेका छन भनेर मैले भनेको होइन। तर अहिलेको अवस्थामा प्रचण्डले गर्न सक्ने गल्ती त्यो एउटा मात्र छ।

नत्र भने विश्वका भारत लगायत प्रमुख शक्ति सबै सहमतिको कुरा नै गर्दैछन्। नेपालको शान्ति प्रक्रिया विश्वको चासोको बिषय हो। अंतर्राष्ट्रीय सहानुभूति छ अहिले प्रचण्डसँग। पुराना सम्झौताहरु कार्यान्वयन गर भनेर विश्व शक्तिहरुले भन्दै आएका छन। यो moral high ground छोड्ने गल्ती प्रचण्डले गर्नु हुँदैन।

संयुक्त राष्ट्र संघका महासचिवको नेपालको शांति प्रक्रियामा गहिरो अभिरुचि छ।

प्रचण्डले केही दिन अगाडि भने राजासंग सेना थियो र बन्दुक उठाउनु पर्यो। काँग्रेस एमालेसँग सेना छैन, इनका विरुद्ध जनताकोमा जाने हो। जनतामा जाने विश्लेषण सही हो।

हिंसाको ह पनि सोच्ने अथवा बोल्ने हो भने सबभन्दा पहिला त अलायन्स तोडेर मधेसी पार्टीहरु भाग्छन्, त्यसपछि अंतर्राष्ट्रीय सहानुभूति गायब हुन्छ।

प्रचण्डसँग अंतिम अस्त्र बिभिन्न छन। संविधान सभाबाट निस्किदिने ऑप्शन छ। क्रांतिको ऑप्शन छ। बलधकेल संविधान जारी गरिन्छ भने ७५ जिल्ला सदरमुकाममा त्यो संविधान जलाएर क्रांतिमा होम्मिने हो।

प्रचण्डले गर्न सक्ने एक मात्र गल्ती प्रचण्डले गर्नु हुँदैन। सुशीलले यही कुरा बुझेर झुठ बोल्न थालिसक्यो। प्रचण्डले बन्दुक उठाउने धम्की दिएका छैनन् तर सुशीलले बन्दुकको धम्की दियो भनेर झुठ बोल्न थालिसक्यो।


केपी आलु




पुरानो व्यवस्थाको शरीर ध्वस्त भए पनि त्यसको प्रेत केपी आलुको शरीर भित्र पसेकोले हो केपी बाजेले बरबरबरबर गरेको। यहाँ चाहिएको धामी झाँक्री नै हो। तुलसी गिरीको प्रेत पसेको छ केपीको शरीर भित्र। 

Monday, February 02, 2015

एमाओवादी र मधेसी संविधान सभाबाट निस्कने हो भने

एमाओवादी र मधेसी संविधान सभाबाट निस्कने मेरो सुझाव होइन, कमसेकम अहिले होइन, तर यदि एमाओवादी र मधेसी संविधान सभाबाट निस्कने हो भने यस संविधान सभाको वैधता समाप्त हुन्छ र एउटा अंतर्राष्ट्रीय स्तरको क्राइसिस खड़ा हुन्छ, किनभने नेपालको शांति प्रक्रिया नेपालको मात्र चासो होइन, नेपालका छिमेकीको मात्र चासो होइन।

सहमतिको प्रयास कायम राख्नुपर्छ। अहिलेलाई। अहिले आन्दोलनको लागि इंधन पर्याप्त छ तर क्रांतिका लागि अझै समय आइसकेको छैन। क्रांति अंतिम अस्त्र हो।

अहिले सबै पक्षले सहमतिको प्रयास गरिराख्नु नै जिम्मेवारीपूर्ण कुरो हो। सत्ता पक्षको विशेष जिम्मेवारी हो। बहुमतमा र सत्तामा रहेकोले उदार चरित्र कसरी प्रदर्शन गर्ने भन्ने कुरा सुशील कोइरालाले नेल्सन मण्डेलाबाट सिक्ने हो।


नारायणी प्रदेश हुँदैन

मधेसबाट झापा, मोरंग, सुनसरी, कैलाली, कंचनपुर झिक्ने प्रयास र नारायणी प्रदेश बनाउने प्रयास हात्ती बलियो कि हात्ती छाप चप्पल बलियो भने जस्तो। उस्तै उस्तै हो नानु। नारायणी प्रदेश भनेको मधेसबाट चितवन झिक्ने, अनि तामसलिंग, तमुवान, मगरात राज्यका आर्थिक रुपले सबल पार्टहरु झिक्ने प्रपंच हो। एक पंथ चार शिकार। एकै चोटि मधेसी, तामांग, गुरुंग र मगर माथि अटैक।

नारायणी प्रदेश हुँदैन। चितवन मधेसमा रहन्छ। त्यो संविधानमा लेखि सकिएको कुरो हो।


केपी ओली: मुखमा बैंडेज (बन्देज) लगाएर हिंड्नुपर्ने मान्छे


केपी ओली: मुखमा बैंडेज (बन्देज) लगाएर हिंड्नुपर्ने मान्छे हातमा बैंडेज (बन्देज) लगाएर हिंडेकोले हो नेपालको राजनीति बिग्रिएको। 

प्रक्रिया नमानिएका उदाहरणहरु



प्रक्रिया नमान्ने काँग्रेस र एमालेका टाउके बाहुनहरु हुन। उदहारण प्रसस्त छन।
  1. केपी ओलीले सभामुखलाई धम्क्याएको। सभामुख (अथवा) राष्ट्रपति कुनै पार्टीको कार्यकर्ता होइन। 
  2. ५० भन्दा बढ़ी मधेसी काँग्रेसी सांसद र १५ जना एमालेका थारु सांसदले सात प्रदेशको नक्शाको विरोध गरे पछि त्यो नक्शासँग दुई तिहाई नरहेको त्यसै प्रमाणित भयो। तै पनि त्यो सात प्रदेशवाला नक्शा push गर्नु। 
  3. काँग्रेस महासमितिले झापा, चितवन, कंचनपुर समेटने गरी तराईमा तीन प्रदेश पारित गरेको हो। त्यसपछि काँग्रेस पार्टीले आधिकारिक रुपमा अर्को नक्शा पेश गरेको छैन। महासमितिको निर्णयको मर्म विपरीत पार्टी अध्यक्ष जानु प्रक्रियाको उपहास हो। त्यस्ता पार्टी अध्यक्षलाई impeach गर्नु पर्ने। 
  4. एमालेको आधिकारिक अडान अर्कै भए पनि कहिले केपी बाजेले तीन प्रदेश, कहिले चार प्रदेश, कहिले पाँच प्रदेश भन्नु। 
  5. सर्वोच्च अदालतले नागरिकताको सवालमा आमा वा बाबु भनिसके पनि आमा र बाबु भन्ने रट लगाउनु। 
  6. पछिल्लो संविधान सभामा राष्ट्रपति र सभामुखले दुबैले आ-आफ्नो पार्टीको कार्यकर्ता जस्तो भएर माओवादी-मधेसी सरकारलाई विभिन्न बाधा व्यवधान खड़ा गर्नु। 
  7. सबैभन्दा ठुलो प्रक्रिया मिचाइ त के भने संविधानमा लेखि सकिएको "स्वायत्त मधेस प्रदेश" लाई बारम्बार negotiation टेबलमा ल्याउने प्रयास गर्नु। त्यो निष्कर्षमा पुगिसकेको कुरा हो। त्यसमा बार्गेनिंग हुँदैन। 
  8. माधव नेपाल सरकारले देशको मतदाता नामावलीबाट ४३ लाख मधेसीलाई फाल्ने काम गर्यो। त्यो चुनावी धॉँधलीको चरम नमुना हो। 
  9. नेपाल सेनाले चुनावमा संघीयता विरोधी शक्तिको पक्षमा धाँधली गर्यो। त्यो प्रक्रियागत कुरा होइन। 
  10. पछिल्लो संविधान सभाको म्याद तोक्ने काम न्यायपालिकाको थिएन। सार्वभौम संविधान सभाको म्याद राज्यको अर्को अंगले तोक्न पाउँदैन। 
  11. संघीयताको मुद्दा जनताका चुनिएका प्रतिनिधिले छिनोफानो गर्ने हो। सेना, प्रहरी, प्रशासन, कुटनीतिक सेवाका मानिस तठस्थ बस्ने हो। प्रक्रिया त्यो हो। तर कदम कदममा हस्तक्षेप भएको छ। 
  12. एउटा हुन्छ कानुनी प्रक्रिया अर्को हुन्छ राजनीतिक प्रक्रिया। २००६ को अप्रिल क्रांतिका चार शक्ति काँग्रेस, एमाले, माओवादी र मधेसी मोर्चा अहिले मिलेर जानु राजनीतिक प्रक्रिया मान्नु हो। त्यसमा सबै पक्षले सदासयता देखाउनु पर्छ। 
प्रक्रिया नमानिएका उदाहरणहरु आएको काँग्रेस र एमालेका टाउके बाहुनहरुको तर्फ बाट हो। जो चोर उसको ठुलो स्वर। ती प्रक्रिया मिच्नेहरु प्रक्रियामा जाने प्रक्रियामा जाने भनेर उच्च स्वरमा कराउँदै छन। प्रक्रिया हर कदममा मिच्नेले प्रक्रियामा जाने भनेको के ?


एमाले चुनाव हारने होइन नामोनिशान मेटिने पार्टी हो

केपी वामे झाले नाले माधव सबको अचम्मको चर्तिकलाको शिकार एमाले पार्टी हुने हो। एमालेलाई मधेसी जनताले मधेसबाट मात्र धपाउने होइन। मधेसी जनताले पहाड़को जिल्ला जिल्लामा गएर एमालेको नामोनिशान मेट्ने हो। त्यो दिन निकट छ। वामदेव गौतम निकट भविष्यको कमल थापा हो। केपी ओली निकट भविष्यको तुलसी गिरी हो। वामे कमल थापाले जस्तै महेन्द्रको पुजा गर्छ। केपीको बोली तुलसीको उत्तराधिकारी जस्तो। आइडियोलॉजी मिलेको छ। नेपाली जनताले महेंद्र शाह, तुलसी गिरी र कमल थापालाई एक चोटी होइन गर्नै परे हजार चोटि परास्त गर्छन। दोस्रो पटक त कुन ठुलो कुरो हो र?

एमाले चुनाव हारने होइन नामोनिशान मेटिने पार्टी हो। जब गिदरकी मौत आती है।