Saturday, January 24, 2015

Federalist Forces

Padma Ratna Tuladhar

Baburam Bhattarai Speech

प्रक्रिया नमानेको कसले हो?



नेपालमा जो चोर उसको ठुलो स्वर भइराखेको छ। जसले प्रक्रिया मानेको छैन त्यसले अर्को पक्षले प्रक्रिया नमानेको आरोप लगाइराखेको छ।

प्रक्रिया के हो? दुई तिहाई दुई तिहाई भन्नेहरुले दुई तिहाई के हो भन्ने नबुझेको देखियो।

दुई तिहाई होइन चार चौथाई कै आधारमा पनि यो सभाले देशमा वाक स्वतंत्रता खोस्न पाउँदैन। भने पछि त्यस्ता मुद्दा पनि रैछन जहाँ दुई तिहाई र चार चौथाईंको मतलब भएन। त्यस्ता मुद्दा के के हुन?

देशमा राजतन्त्र राख्ने कि नराख्ने भन्ने विषयमा यस सभाले कहिले कुनै छलफल गरेन। किन होला? किनभने देश गणतन्त्रमा जाने निर्णय २००६ को अप्रिल क्रांतिले गरिसकेको हुनाले। यो संविधान सभा पैदा गरेकै त्यो क्रांतिले हो। त्यो क्रांति माथि, यो संविधान सभा तल। २००६ अप्रिल क्रांतिको स्पिरिटलाई नमान्ने भन्ने option यो सभासँग छैन। त्यो प्रक्रिया हो। प्रक्रियामा जाने भनेको त्यो हो। अहिले आएर कसैले राजतन्त्रबारे छलफल गरौं भनेर भन्छ भने त्यसले प्रक्रिया मिच्न खोजेको भन्ने आरोप लाग्छ।

यस संविधान सभाको जननी मधेसी क्रांति पनि हो। संघीयता स्थापित गरेको मधेसी क्रांतिले नै हो। चाहेर पनि, इच्छा हुँदा हुँदै पनि कसैले पनि ठाडै संघीयताको विरोध गर्न नसकेको कारण त्यो हो। क्रांतिको आज्ञा कसरी नमान्ने?



२००६ को अप्रिल क्रांति र मधेसी क्रांतिले पैदा गरेको यो संविधान सभा। मधेसी क्रांतिले संविधानमा "स्वायत्त मधेश प्रदेश" लेखिसकेको हो। गणतंत्र पनि लेखि सकियो, धर्म निरपेक्षता पनि लेखि सकियो, लोकतंत्र पनि लेखि सकियो, संघीयता पनि लेखि सकियो, आत्म निर्णयको अधिकार पनि लेखि सकियो, "स्वायत्त मधेश प्रदेश" पनि लेखि सकियो। दुई तिहाईको बलमा "स्वायत्त मधेश प्रदेश" खोस्छु भन्नेहरुले दुई तिहाईको बलमा गणतंत्र, धर्म निरपेक्षता, र लोकतंत्र पनि खोस्ने प्रयास गरेर देखाउनु पर्यो।

स्वायत्त भनेको आत्म निर्णयको अधिकार हो। आत्म निर्णयको अधिकार बिनाको संघीयता भनेको वाक स्वतंत्रता बिनाको लोकतंत्र जस्तो: तातो न सारहो। मधेश प्रदेश भनेको झापाबाट चितवन समेट्दै कञ्चनपुरसम्म हो। त्यो संविधानमा लेखिसकेको कुरा। संविधानमा लेखि नसकिएको कुरामा बार्गेनिंग हुन्छ, लेखि सकेको कुरामा केको बार्गेनिंग हुन्छ?

यो संविधान सभाले २००६ को अप्रिल क्रांति र मधेसी क्रांतिको आज्ञालाई संस्थागत गर्ने मात्र हो। प्रक्रिया भनेको त्यो हो।

४३ लाख मधेसीलाई भोटर लिस्टबाट फालेर, चुनावमा नेपाल सेनाका मार्फत धाँधली गरेर निष्पक्ष चुनावमा साधारण बहुमत नल्याउने दुई पार्टीले दुई तिहाई ल्याएको अवस्था छ। त्यस दुई तिहाईको कुरामा पनि प्रक्रिया मानेका छैनन्। नेपाली काँग्रेसको आधिकारिक पार्टीगत अडान भनेको मधेसमा तीन प्रदेश हो। तर त्यो अडानलाई त्यस पार्टीका नेताले मिचेका छन। यानि कि आफ्नै पार्टीको आधिकारिक कुरा सुशील कोइरालाले मानेको छैन। प्रक्रिया नमानेको सुशीलले हो। तर त्यस पार्टीका ५० भन्दा बढ़ी मधेसी सांसदले प्रक्रिया मिचेर ल्याएको सात प्रदेशको नक्शाको विरोध गरेका छन। त्यस्तै एमालेका १५ थारु सांसदले त्यस नक्शाको विरोध गरेका छन। भने पछि त्यो नक्शासँग दुई तिहाई छैन त। यो साधारण संसद हो र व्हिप जारी हुने? यो त संविधान सभा हो। यसमा व्हिप जारी हुँदैन। बरु सुशील पार्टी सभापति हुँदा हुँदै पार्टीको आधिकारिक अडान लत्याएको आरोपमा काँग्रेसले महाधिवेशन डाकेर सुशीललाई impeach गर्ने हो। प्रक्रिया त्यो हो।

आफ्नो पार्टीको प्रक्रिया मिचेर कहिले ५ प्रदेश त कहिले ४ प्रदेश भन्दै हिंड्ने केपी ओलीलाई त impeach गरेर पुग्दैन, घोक्रेठयाक लगाएर युपी बिहार तिर पुर्याउनु पर्छ।




Sunday, January 18, 2015

मंडले/कमण्डले, कंस सिटौला, वामे/प्रतिगामे

कमल थापाले २००६ को अप्रिल क्रांतिका दौरान १९ जना शहीद पैदा गरेको हो।

कंस सिटौलाले मधेसी क्रांतिका दौरान लगभग ५० शहीद पैदा गरेको हो।  लोकतान्त्रिक क्रांतिभन्दा संघीयताको क्रांति अझ गार्हो, अझ जटिल भन्ने कुरा त्यसैबाट थाहा हुन्छ। मधेशकालागि पंचायत व्यवस्था अर्थात राजाको तानाशाही र नेपाली काँग्रेसको जातीय तानाशाहीमा केही फरक देखिएन।

देशमा कुनै क्रांति भइ नसक्दा नै वामेले दुई शहीद पैदा गरिसकेको अवस्था छ।

मंडले/कमण्डले, कंस सिटौला, वामे/प्रतिगामे --- सब एकै डयांगका मुला हुन। अब हुने क्रांतिले ती सबैलाई बढ़ारेर फाल्ने हो।






Thursday, January 15, 2015

सड़क सुनसान हुने क्रांति

२००६ को अप्रिल क्रांति सड़क भर्ने क्रांति थियो। अब हुने क्रांति सड़क सुनसान हुने क्रांति हुन्छ।
















समझौता विहीन क्रान्तिको निष्कर्ष


  • वर्तमान सरकारको विघटन 
  • संविधान सभाको विघटन 
  • पदम् रत्न तुलाधरको नेतृत्वमा नया अंतरिम सरकारको निर्माण 
  • त्यस अंतरिम सरकारमा क्रांतिकारी शक्तिहरुको मात्र सहभागिता 
  • अंतरिम सरकारको नेतृत्वमा एक वर्षभित्रमा दुई वर्ष म्याद भएको संविधान सभाको निष्पक्ष निर्वाचन 
  • त्यो निर्वाचन अगाडि सबै नेपालीलाई मतदाता नामावलीमा समावेश गर्ने, सबैलाई (बाँकी रहेका ४३ लाख) नागरिकता पत्र वितरण 
  • निष्पक्ष र समावेशी निर्वाचनकालागि अंतरिम संविधानमा आवश्यक संसोधन क्रांतिकारी सरकारले गर्ने 
  • क्रांतिका दौरान शांतिपूर्ण ढंगले क्रांतिमा उतरेका क्रांतिकारीमाथि यदि दमन भएमा अंतरिम सरकारले नेपाल प्रहरीका पदाधिकारी र अहिलेको गृह मन्त्रीलाई कारवाही गर्ने ----- क्रांति अंतरिम संविधान द्वारा प्रदान मानव अधिकारको दायरा भित्र हुँदैछ --- मानव अधिकार हनन गर्ने, शांतिपूर्ण क्रांतिमाथि दमन गर्ने अधिकार नेपाल प्रहरीलाई छैन, गृह मन्त्रीलाई छैन। खबरदार। सेनाको यदि परिचालन गरिन्छ भने अहिले सत्तामा बसेकालाई हेग पुर्याउने। 
  • संविधान सभाबाट बन्ने सरकारले नेपाल सेनाको रिस्ट्रक्चरिंग, लोकतांत्रिकरण र समावेशीकरणको काम शुरू गर्ने, सिविलियन सुप्रीमसी स्थापित गर्ने 
समझौता विहीन क्रान्ति भनेको यो सरकार र यो संविधान सभाको विगठनको घोषणा नभएसम्म र नया अंतरिम सरकारको घोषणा नभएसम्म पुरा देश ठप्प रहने हो। लक्ष्य एक जना पनि शहीद पैदा नगर्नु हो। मानव अधिकार स्थापित भइसकेको देशमा क्रांति गर्दा शहीद पैदा हुँदैन। 


नेपाल एकीकरण गरेको राजा जनकले हो

नेपाल एकीकरण कसले गर्यो भनेर अहिले नेपालमा ठुलो वादविवादको आँधीबेहरी आएको छ। पृथ्वी नारायण शाह त हुँदै होइन। उपेन्द्र यादव भन्छन यो नेपाल देश स्थापना गरेको त हामी यादवहरुले हो। त्यति बेलाको गोपालवंशी भनेको अहिलेको यादवहरु नै हो। लालु यादवले भैंस चराएको त्यो गोपालवंशी भएर नै हो। बाबा रामदेव पनि गोपालवंशी नै हो, योगको बलले सिक्स पैक आर्जन गरेको योगी। पृथ्वी नारायण त भर्खर केही सय वर्ष अगाडि पैदा भएको मान्छे। भारतबाट भागेर आएको भगौड़ा। चक्कु चलाउने मान्छे।

तर उपेन्द्र यादवको कुरा पनि सही होइन। त्यो गोपालवंशको उदय हुनुभन्दा धेरै पहिले राजा जनकले हिमालय देखि गंगा सम्म राज गरेका थिए। त्यस भुभागको छ भागको एक भाग पनि पृथ्वीले हात पार्न सकेका थिएनन्। र राजा जनक र पृथ्वीमा आकाश पातालको फरक थियो। कहाँ राजा जनक स्कॉलर किंग कहाँ पृथ्वी चक्कु चलाउने मान्छे। तुलनै छैन।

नेपाल एकीकरण गरेको राजा जनकले हो। मधेसीले त्यसैले काठमाण्डुमाथि शाषण गर्नुपर्छ।


वामे, प्रतिगामे, झाले, नाले, माले, मंडले, कमण्डले



एक जमानाको नंबर एक मण्डले कमल थापा अहिले कमण्डले बन्ने प्रयासमा छ। त्यो पापी मान्छेले जति पटक हिन्दु धर्मको कुरा गर्छ देशको राजनीति त्यति बढ़ी गन्हाउँछ। पापी मानिसले हिन्दु धर्मको कुरै नगर्ने हो। राजतन्त्रको बरु कुरा गर। राजतंत्र फर्काउने अभियानमा लागेको भन। हिन्दु धर्मको कुरा नगर।

वामे, प्रतिगामे, झाले, नाले, माले, मंडले, कमण्डले सब एकै हुन।


नेकपा (एभाले)

आमा वा बाबु र आमा र बाबुको विवादमा अति नै गलत अडान लिइरहेको एमालेका टाउकेहरुको टाउकोमा कुभिन्डो फलेको हो?