केही बर्ष अगाडि चुच्चे नक्शा को कुरा उठ्नु अगाडि मैले आजीवन देखेको नक्शा चुच्चो छैन। मेरो रेफरेन्स पोइंट त्यो। टाइमिंग चाहिं गलत हो। चीन र भारत बीच लदाख मा घमासान भएको बेला समय गलत भयो।
उत्तरी सीमाना मा चीन ले जग्गा मिचेको मिचै छ। त्यसको हिसाबकिताब हुनुपर्यो। गोलपोस्ट सारदिने। जग्गा हड़पने। पटक पटक भएको छ।
ओली ले नक्शा कोर्दा मलाई लाग्यो नक्शा कोरेको भरमा जग्गा पाइन्छ भने त्यस्तो सानो चित्त किन? मलाई पुर्वमा टिष्टा नदी चाहियो। उता कुमाओ गढ़वाल सबै चाहियो।
मैले गहिरो अध्ययन नगरेको विषय।
सुगौली सन्धिको तर्क काम लाग्दैन। सुगौली संधिले मधेस अलग देश बन्न पाउने भनेको छ। मधेस अलग देश बन्न दिएको हो त? सीके राउतलाई सोध।
भारत स्वतंत्र हुँदा उसको जुन सीमाना थियो त्यो सीमाना बाट कुरा शुरू हुन्छ। जायज कुरा त्यही हो।
भारत स्वतंत्र हुँदा चुच्चे नक्शा थियो। त्यसको प्रमाण पनि छ भन्ने गरिन्छ। ठीक छ प्रमाण देखाउ। कुरा अगाडि बढोस।
रचनात्मक समाधान निकाल्न सकिन्छ। भारतको सुरक्षा का लागि नभइनहुने हो भने लीज मा दिन सकिन्छ।
होइन भने पुरानो कुरा खोतल्ने हो भने मलाई मिथिला चाहियो। उत्तरमा हिमाल। दक्षिणमा गंगा। पुर्वमा कोशी। पश्चिममा गण्डकी। त्यो व्यवहारिक छ?
आदरपुर्वक वार्ता हुनुपर्छ। नेपालमा आर्थिक क्रांति गर्न भारत सँग उच्चतम सुमधुर सम्बन्ध नभइनहुने कुरा। फ्रेमवर्क त्यो हुनुपर्छ।
बालेन लक्ष्मण। मोदी हनुमान। नेपालले र भारतले मिलेर क्लेम गर्ने त मानसरोवर हो।
लिपुलेक, लिम्पियाधुरा, दार्चुला, धारचुला, चुच्चे नक्शा, टिष्टा, कुमाऊँ गढ़वाल https://t.co/64Q9HaOJXN @narendramodi @ShahBalen @DrSJaishankar @shisir
— Paramendra Kumar Bhagat (@paramendra) May 22, 2026

No comments:
Post a Comment