In The News (8)

यी हुन मधेसीहरुको ११ बुँदे मागहरु: माग सरकार समक्ष प्रस्तुत
१. पहिलो संविधानसभाबाट गठित राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँड समिति तथा राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदन तथा मधेसी, आदिवासी जनजाति लगायत उत्पीडित समुदायसँग भएका सम्झौता र नेपालको अन्तरिम संविधान–२०६३ को धारा १३८, १(क) अनुरुप तराई÷मधेसमा मेचीदेखि महाकालीसम्म २ स्वायत्त प्रदेश लगायत ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधारमा अन्य स्वायत्त प्रदेशहरु निर्माण हुनुपर्ने । स्वायत्त प्रदेशहरु अधिकार सम्पन्न हुनुपर्ने ।
२. मौलिक हकमा समुदायगत समानुपातिक समावेशी हुने स्पष्ट व्यवस्था सहितको अलग धाराको व्यवस्था गर्नु पर्ने ।
३. सङ्घ, प्रदेश लगायत राज्यको सम्पूर्ण अङ्ग, तह, निकाय र सेवा आयोगहरुमा समानुपातिक समावेशी हुने कुराको प्रत्याभूति हुनु पर्ने ।
४. प्रतिनिधि सभाको निर्वाचन क्षेत्र जनसङ्ख्याको आधारमा निर्धारण तथा मिश्रित निर्वाचन प्रणाली अन्तरिम संविधानमा भएको व्यवस्था बमोजिम गर्ने र राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट अनिवार्य प्रतिनिधित्व हुने गरी जनसङ्ख्याको आधारमा प्रदेशको सदस्यहरु प्रदेश सभाको सदस्यहरु मतदाता हुने गरी एकल संक्रमणीय निर्वाचन प्रणालीबाट गठन हुनु पर्ने ।
५. वैवाहिक नागरिकताको प्राप्ति सङ्घीय कानूनमा नभई संविधानमा नै स्पष्ट व्यवस्था हुनु पर्ने र संवैधानिक पदहरुमा मनोनित वा निर्वाचित अन्तरिम संविधानको व्यवस्था अनुरुप हुनु पर्ने ।
६. न्याय पालिकालाई सङ्घ राज्यको आधारभूत मान्यता अनुरुप सङ्घीय ढाँचामा रुपान्तरित गर्ने तथा सर्वोच्च अदालत, उच्च अदालत र स्थानीय अदालतको नियुक्ति समावेशी समानुपातिक आधारमा गर्नु पर्ने । साथै उच्च अदालत र स्थानीय अदालतको न्यायाधिशहरुको नियुक्ति प्रादेशिक कानून बमोजिम हुनु पर्ने ।
७. सङ्घ, प्रदेश र स्थानीय निकायका सबै अङ्गहरुमा बहुभाषिक नीति लागू गर्नु पर्ने ।
८. समावेशी आयोगमा सबै समुदायको प्रतिनिधित्व तथा अन्य सबै आयोगहरुको गठन र कार्यक्षेत्र स्पष्ट उल्लेखित हुनु पर्ने । साथै प्राकृतिक श्रोत तथा वित्तीय आयोगमा सबै प्रदेशहरुको प्रतिनिधित्वको व्यवस्था हुनु पर्ने ।
९. स्थानीय निकाय तथा विशेष संरचनाको गठन प्रादेशिक कानून बमोजिम हुनु पर्ने ।
१०. नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्दै लोकतान्त्रिकरण गर्ने तथा सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरु समानुपातिक समावेशी गर्नु पर्ने ।
११. नेपाललाई एकल राष्ट्रिय राज्यको रुपमा नभई बहुराष्ट्रिय राज्यको रुपमा परिभाषित गर्नु पर्ने ।
Flawed discourse
Nepali nationalism is traced by cultural anxiety within the frame of which foreigners conspire to rape mother Nepal ..... In the imaginations of the hill people of Nepal, for instance, Madheshi Nepalis are often described as cowards, and as dalals (pimps) of India. ...... ethnic subjects have tended to describe male Brahmins not only as cunning men with weak physique, but also as foreigners who came to Nepal from India. Brahmin and Kshatriya newspaper writers and bloggers, for their part, have often described ethnic peoples—such as Limbus and Rais, for instance—as lacking rationality and logical power; attributes that are traditionally considered as crucial markers of masculinity, especially in opposition to the so-called “feminine emotionalism.” ...... it is instructive to look at the political debates coalescing around two key terms—dalal (pimp) and charitraheen (characterless) —in the domain of India-Nepal foreign relations. It appears to me that representations of these two terms in blogs and e-magazines impose certain foreclosures and set certain limits beyond which

meaningful political discussion becomes next to impossible

. ....... when bloggers describe women leaders of Nepal as charitraheen. Such representations foreclose authentic evaluation of these women leaders, of their policies and actions. ...... Due to such foreclosures any attempt to think critically about Nepal’s foreign relations often generates a national paranoia, often evoked by stigmatized figures of pimps and characterless women who are described as witnessing the “rape” of mother Nepal while foreigners continue to undress her. In other words, Nepali nationalism is traced by cultural anxiety within the frame of which foreigners are rhetorically described as conspiring to rape mother Nepal (imagined as feminine) as political leaders look without shame as impotent men or characterless women. ........

It is necessary is to demystify such cultural anxiety and paranoia and to rethink Nepal’s nationalism in terms that are less gendered.

Similarly, it is crucial to expose falsely gendered dichotomies that often trace ethnic conflicts in Nepal. Such demystifications will go a long way, not only in reducing existing social paranoia(s), but also in creating saner, healthier societies founded on the principles of social justice, including gender justice.
प्रधानमन्त्री र गृहमन्त्री डिजाइनमा वीरगञ्ज घटना घटाइयो : त्रिपाठी
सरकारले युद्ध चाहेको .... वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बेला सरकारले बल प्रयोग गरेर उनीहरु वार्ताप्रति गम्भिर नरहेको कुरा देखाएको आरोप लगाए ।

‘हिजो मात्र वार्ता सकारात्मक भएको बेला आजै यसरी दमनमा उत्रिनु वहाँहरुले वार्ता गर्न नचाहेको प्रष्ट हुन्छ ।

त्यही भएर हामीले वार्ता भंग गर्ने निर्णय गरेका हौं ।

How India’s economic blockade of Nepal may cause more severe floods in Bihar
Thousands of trucks from India – carrying fuel, cooking gas and vegetables – are stranded at the border, leading to a crippling fuel shortage in the Himalayan state. ..... Much of this misery occurs along the Kosi River, also called the “River of Sorrow”. Its intensity can be gauged from the fact that, in the past, the flood damage in Bihar has accounted for nearly half of India’s average annual flood losses. .... Every time it floods in Bihar, leaders in India invariably blame Nepal, but the truth is Nepal does not have the reservoir capacity to open or close the floodgates. Flooding in Bihar takes place due to a combination of factors, not least the deforestation in the Himalayan foothills in Nepal. Disturbingly, this deforestation has increased in the last few weeks due of India’s blockade strategy, leaving Nepal further vulnerable to floods, massive siltation, and shifting channel. ..... Nepal receives 60% of all imports and nearly all its oil and gas from India. As Delhi has stopped its flow of transport trucks – claiming protesters in southern Nepal were blocking the roads – shortage of gas supply has forced Nepali households to shift to firewood for cooking. In discussions with forest management groups in Nepal, you come across the common grouse that the blockade has driven people to deforest more lands in search of firewood. ...... In Kathmandu, the streets have become almost car-free and it is not easy to get a taxi. If you are lucky to get one, the price is four times more than usual. ........ the country seems to be suffering more from Indian blockade-induced fuel shortages than the damage left behind by the earthquake. ..... The blockade has also exploded anti-Indian sentiment across Nepal. ...... Modi has turned himself from Hero Number One in August 2014 to Enemy Number One in October 2015 in Nepal. ...... India’s dominant position in bilateral relationship has been consistently challenged by China for years now. Last year, China even replaced India as Nepal’s top foreign investor. In 2013, during my visit, the growing trading activities between Nepal and China were clearly evident at Kodari border town. Sino-Nepal trade was on the upswing in spite of India’s contestation until the earthquake partly damaged the land transport routes between two countries. ....... India’s mindless foreign policy strategy has not only deteriorated bilateral relationship, but has also pushed Nepal further into China’s influence. Those in Nepal who had some softness for India before have been marginalised in the last few weeks.

बलियो मध्यमार्ग : नाकाबन्दीको समाधान
भुटानमा केही समयअगाडि यस्तै नाकाबन्दी गर्दा जनताले त्यहाँको सरकारमाथि रिस पोखेर विपक्षी दललाई मतदान गरे । नेपालमा पनि त्यस्तै अनुमान गरेर नाकाबन्दी गरिएको हुन सक्छ । .... सरकारले अहिलेसम्म जनतासँग संवाद गर्न जरुरी ठानेको छैन ।

के भएको हो, किन भएको हो र समस्या समाधान गर्न के हुँदैछ ? सरकार मौन छ, मानौँ ऊ कसैप्रति उत्तदायी छैन ।


राष्ट्रियताको नारा र भावनात्मक एकताले जोस त दिन्छ तर परिणामबिना जोस धेरै दिन टिक्दैन । दैनिक जीवनका यथार्थले एकतालाई फुटमा र सरकारप्रतिको साथलाई विरोधमा परिवर्तन गरिदिन्छ । चीनबाट इन्धन ल्याउने कुरा निरन्तर सुनिए पनि ठोस योजना र समय तालिकाबिना यो केवल जनतालाई भ्रमित पार्ने अभ्यासजस्तो देखिँदैछ ।

..... संविधान बने ‘भारत खुसी नहोला’ जस्ता निर्लज्ज तर्क प्रस्तुत गरेर हिंसा र अतिवादको संरक्षण गर्छन् । तथ्य तोडमोड गरेर नेपालको जनसांख्यिक बनोट र सामाजिक जटिलतालाई यसरी उत्तेजित बनाउँछन्, मानौँ नेपाल अहिले दुई ध्रुवमा विभाजित छ, ५० प्रतिशत पहाडी र अर्को ५० प्रतिशत मधेसी । अनि, आधा देश आन्दोलित छ भन्ने भ्रम विस्तार गर्छन् । एक–दुई उदाहरण टिपेर वा बनावटी भावुक तर्कद्वारा समस्या सामान्यीकरण गर्दै विभाजनकारी र घृणा फैलाउने सन्देश पस्किरहेका हुन्छन् उनीहरू । ..... मैले यसै साता काठमाडौँका सार्वजनिक बसमा पहाडी मूलका पुरुषले मधेसी मूलकी महिलालाई र मधेसी मूलका पुरुषले पहाडी मूलकी वृद्धलाई सहर्ष सिट छाडेको पटकपटक देखेँ । दिनभरि तेलको लाइनमा आफ्नो स्कुटर सार्नुपर्ने र राती २४ किलोमिटर यात्रा गरेर रात्रिकालिन ड्युटी गर्नुपर्ने दु:खको साक्षात्कार गरेँ । ..... ग्यासको अभाव चर्किएका कारण कालोबजारी बढेको र एकै सिलिन्डरको १० हजार रुपियाँ तिरेर किनिरहेका मानिस भेटेँ । नेपालको निरन्तर अन्योलका कारण सफल व्यवसायीहरू पनि देश छाडेर हिँड्ने मनस्थिति बनाएको पाएँ । पूर्वी भेगका यात्रु, यातायात व्यवसायी र राजमार्ग छेउछाउका पसल–होटलहरूको त्रास र नोक्सानको चित्र पाएँ । यी कोही पहाडी थिए, कोही मधेसी । ......... मधेस आन्दोलनको समर्थन गर्ने पहाडीहरूसँग पनि कुरा गरेँ र त्यसको विरोध गर्ने मधेसीसँग पनि ।

नेपाली मूलधारमा देखिने सम्पादकीय, विचार स्तम्भ र नाराहरूभन्दा निकै फरक नेपाल जताततै देखिन्छ, धेरै मिहिनेत गर्नै पर्दैन ।

तर, किन हो, कपाल काट्दा सुनेको भन्दै घृणा फैलाउने गफकै प्रवद्र्धन चर्को ? किन हो, दैनिक कुराकानीमा ‘पोलिटिकल करेक्टनेस’को ख्याल नगरी मित्र–मित्रबीच हुने फरक प्रसंगको कुराकानी देशकै मूल चरित्रजस्तो गरी विभाजन फैलाउने अभियान यति बलियो ? ...... प्राय: सबै देशमा जनताको अधिकांश हिस्सा राजनीतिक धारको मध्यतिर हुन्छ । प्राय: जनतालाई आर्थिक विषय, रोजगार, असल भविष्य, स्वास्थ्य, सहज जीवन, सुरक्षा, समुदायको हित आदि विषयसँग बढी सरोकार हुन्छ । ..... चर्को राजनीतिक ध्रुवीकरण आमवास्तविकता नभएर धनी र उच्च वर्गका मानिस, प्राध्यापक र लेखकजस्ता शब्दजीवी आदिमा मात्र सीमित हुन्छ । ...... मध्यमार्ग कमजोर हुँदा ध्रुवीकरण बढ्ने र अतिवाद प्रतिनिधित्व गर्ने राजनीतिक र नागरिक संस्थाहरू बलिया हुन पुगेका छन् । माओवादी विद्रोहको समयमा होस् वा अहिले तराईमा चलेको हिंस्रक आन्दोलनको क्रममा होस्, सामान्य जनताका आवाज पूरै लत्याइएको छ । ........ पहिले भनिन्थ्यो, देशको दुईतिहाइ भूभाग कब्जा भइसक्यो र नयाँ सत्ताले लिइसक्यो । अहिले भन्न थालिएको छ, पूरै तराईको आवाजको वीरगन्जमा आन्दोलन गर्ने मोर्चाले प्रतिनिधित्व गरिरहेको छ । विडम्बना † हिजो त्यस्तो आवाज प्रोत्साहित गर्ने नागरिक र राजनीतिक नेतृत्व नै आज सोही स्थानमा छ । उनीहरूकै रोहबरमा नेपालमा मध्यमार्गलाई शिथिल बनाइयो र राज्यको आधिकारिकता कमजोर पारियो । .......

आजको लोकतन्त्र र सार्वजनिक जीवन आमसञ्चारकै वरपर घुमेको र विद्युतीय सञ्चार र विश्वव्यापीकरणले बदलिएको यो अवस्थामा पहिलेजस्तै आमसञ्चारलाई बेवास्ता गर्ने व्यवस्था र नेतृत्व आफ्नो कामका निम्ति योग्य छैनन् भन्दा हुन्छ ।

नेपालका मध्यमार्गको प्रतिनिधित्व गर्नेहरू र तिनलाई बलियो बनाउनुपर्ने राज्य तथा राजनीतिक दलहरू यस हिसाबले आफ्नो काममा अयोग्य छन् । .......

मधेसी जनताको सम्मान र अधिकारको विषय वास्तविक हो । शोषक राज्य व्यवस्था, बाहिरी कारण र भू–राजनीति सबैको कारण मधेसी र अन्य समुदायका मानिसले लामो समय दु:ख पाउनुपरेको समस्या हामीले समाधान गर्नैपर्छ ।

...... प्रहरी दमन भइरहँदा, आन्दोलनकारीको हिंसा बढिरहँदा र थुप्रै नेपालीको ज्यान गइरहँदा पनि कुनै प्रतिक्रिया नदिने तत्कालीन गृहमन्त्री र प्रधानमन्त्री दोषमुक्त छैनन् । ...... जनसंख्याका आधारमा निर्वाचन क्षेत्र हुने र आमाका नाममा नागरिकता दिइने विषयमा भएका गल्ती सच्चिने छन्, सबै नागरिकलाई नागरिकता दिइनेछ भन्ने विश्वस्त भनाइ राज्यका तर्फबाट आएको खोइ ? ...... केही साता वा महिनाभित्र यो नाकाबन्दी सकिन्छ ।

Negative approach of the stateNegative approach of the state02-11-201515:51 Besides diverting the attention and...

Posted by Vijay Kumar Singh on Monday, November 2, 2015

And so it begins again...

Posted by Amanda Snellinger on Monday, November 2, 2015

आप आवाज तो दें, हम हाजिर हैं ! रौतहट में स्वराज अभियान...

Posted by Dr. CK Raut on Sunday, November 1, 2015

अहिलेको राजनितिको सकुनी प्रचन्द हो । यसले नेपालालाइ आधी चाइनामा र आधी भारत मा मिलाएर नेपाल लाई बर्बाद गरेरै छोदछ ।

Posted by Mahesh Yadav Adhikari on Monday, November 2, 2015

चीनको तेल बाँड्ने यस्तो छ सरकारी योजना

Posted by Rato Pati on Monday, November 2, 2015

टिप्पणीः आफू तल पर्ने गरी वीरगन्जमा किन बल प्रयोग गर्यो सरकारले ? via @setopati

Posted by Setopati on Monday, November 2, 2015


Popular posts from this blog

फोरम र राजपा बीच एकीकरण: किन र कसरी?

नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब

फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार