Saturday, October 03, 2015

आपूर्ति मा चीन ले भारत को स्थान लिन सक्दैन



आपूर्ति मा चीन ले भारत को स्थान लिन सक्दैन। चीन बाटो समुन्द्र धेरै टाढा छ। चीन ले आपूर्ति मा मदत गर्छ भने त्यो band-aid सम्म हो। साधारण मलहम पट्टी। भारत को नभएको अल्टरनेटिव किन खोज्ने? राजनीतिक समस्याको राजनीतिक समाधान किन नखोज्ने? चीनको बाटो काठमाण्डु सामान आए पनि देश को अरु भागमा पुर्याउन तराई को बाटो नै हो। हुन त काठमाण्डु लाई बाँकी देशको चिन्ता कहिले पो भयो?

No comments: