Thursday, September 17, 2015

मधेसी: तीनबाहुनदलवादी, संघीयतावादी र स्वराजी

मधेसी: तीनबाहुनदलवादी, संघीयतावादी र स्वराजी। पंचे पनि थिए। राजावादी पनि थिए। तर अहिले मधेसी मुख्यतः तीन कैटगोरी मा छन। तीनबाहुनदलवादी, संघीयतावादी र स्वराजी।

तीनबाहुनदलवादी काँग्रेस, एमाले र एमाओवादी मा छन। ती प्रत्येक ले आखिर यो प्रतिक्रांतिकारी संविधान लाई औंठा छाप लगाई छोड़े। माओवादी अलि प्रगतिशील हो कि भन्ने गलती गर्नुहुन्न। प्रचंड बामे अथवा केपी अथवा माधव भन्दा कुनै मायनेमा फरक होइन। उ एउटा नितांत खस अहंकारवादी मान्छे हो।

म जसलाई संघीयतावादी भन्छु त्यसलाई पुर्वाग्रही पहाड़ी मीडिया ले मधेसवादी अथवा मधेसकेंद्रित दल भन्छन। जो अहिले मधेसी मोर्चा मा छन। तीन बाहुन दल मुक्त मधेस को पक्ष मा म। तर संघीयतावादी का थुप्रै संगठनात्मक, र राजनीतिक स्पष्टता, रणनैतिक कुशलता आदि को म कट्टर आलोचक। संघीयतावादी ले गर्नु पर्ने राजनीतिक गृह कार्य टन्न छ।

अनि स्वराज्य भयो सीके राउत को लाइन। संघीयता ले समानता ल्याउन सक्छ तर यी खस अहंकारवादी संघीयता मा जान्छन् भन्ने सोँच्नु मुर्खता हो, त्यसैले मधेस अलग देश। म यो कुरा मान्छु। मेरो फरक विचार के मात्र हो भन्दा मधेसी जनजाति ठोस गठबंधन बनाउन सके संघीयता  सम्भव छ। त्योभन्दा बढ़ी संभव छ। र त्यसका लागि सकभर प्रयास गर्नु पर्छ। स्वराजी त्यो प्रयास लाई waste of time, waste of energy भनठान्छ। जब कि संघीयतावादी मधेस अलग देश को एजेंडा मा जानै चाहँदैन।

संघीयतावादी र स्वराजी दुबै अहिंसावादी हुन। मैले प्रतिपादन गरेको Nonviolent Militancy. मैले चाहेको यी दुई शक्ति एक ठाउँ मा आउन भन्ने हो। २००५ मा एक समय थियो जब राजा, सात पार्टी र माओवादी तीन ठाउँ मा थिए। तीन मध्ये दुई एक ठाउँ मा आउना साथ राजा हलुङ्गो भएर गयो। त्यस्तै अहिले मधेसी तीन अलग अलग कैंप मा छन। तीन मध्ये दुई एक ठाउँ मा आउने हो भने तेस्रो परास्त हुन्छ।

सीके राउत को मधेस स्वराज उसकै शब्दमा एउटा दश वर्षीय प्रोजेक्ट हो। १० वर्ष सम्म संघीयता का लागि अनवरत प्रयत्न गर्ने, समावेशीता का लागि अनवरत प्रयत्न गर्ने, अनि असफल भए संघीयतावादी पनि स्वराज मा जाने लाइन मिलनविंदु हुन सक्छ। त्यस का लागि एकीकृत पार्टी को कुरा पनि उठ्न सक्छ। तर यो अहिले संभव छैन। क्रांति को समय। क्रांति को गति फरक हुन्छ।

यी तीन धार एउटा निर्णायक घड़ी मा आइपुगेको अवस्था छ।


No comments: