Tuesday, September 01, 2015

यादव ले पहाड़ र काठमाण्डु मा चर्काउने हो अब

महंथ ठाकुर पाको उमेर को हुनुहुन्छ। Take it easy, महंथजी। तर उपेन्द्र यादव काठमाण्डु पुगेको अब क्रांति ले पहाड़ र काठमाण्डु ढाक्नु पर्यो। तिम्रो ४ बिलियन बाहुन ले उडाउन लागेको छ। गिद्ध दृष्टि। संघीयता ल्याउ अनि आफ्नो ४ बिलियन डॉलर आफै खर्च गर भन्ने, तामांग लाई जगाउने। तामांग ढाक्रे बनेर जीवन बिताउने दिन गए। अब तामांग मुख्य मंत्री बन्छ। अरे यार ४ बिलियन डॉलर यति धेरै पैसा हो कि त्यति ईमानदारीपूर्वक खर्च हुन्छ भने तमसलिंग को मुहार फेरिन्छ। यस पैसाले तमसलिंग लाई भुकम्प अगाडि को अवस्था मा पुर्याउने होइन। भुकम्प अगाडि को अवस्था कति नै राम्रो थियो र! ४ बिलियन डॉलर ले तमसलिंग को अनुहार फेर्ने हो।

नेवार को अस्मिता पृथ्वी ले चोर्यो। त्यो अस्मिता वापस लिने बेला आएको छ। स्वायत्त काठमाण्डु प्रदेश बन्छ।

यादव ले पहाड़ र काठमाण्डु मा चर्काउने हो अब।

आंदोलन र क्रांति मात्र होइन। संगठन विस्तार। सुरक्षा कर्मी सँग अनावश्यक होहल्ला सकेसम्म नगर्ने। शांतिपूर्वक प्रदर्शन गर्ने। सकेसम्म मुठभेड़ नगर्ने। तिनी पनि वर्दी लगाएका प्रदर्शनकारी नै हुन। गृह मंत्री जान लागेको छ। "तुम्हारे अच्छे दिन आने वाले हैं" भनेर प्रहरी का जवान लाई भन्ने। नेपाल प्रहरी आफै वाक्क छ बामे भने पछि।

देशले क्रांतिको हुरीबतास मागेको छ। यो २००६ अप्रिल क्रांति भाग दुई हो। देशमा गणतंत्र स्थापना भए जस्तो लाग्याथयो। गणतंत्र भनेको त गुंडाराज पो आएछ। जनता एक पटक फेरि सड़कमा आउनु पर्ने भो। काठमाण्डु का जनता। यो चरी घैंटे गठबंधन एकात्मक व्यवस्था का राप्रपा।

यहाँ अचम्म को कुरा के छ भने एकात्मक व्यवस्थाले अरु त अरु खुद काठमाण्डु लाई ठगेको छ। देशको वार्षिक बजेट छ ८२० अरब। उपत्यका को जनसंख्या २५ लाख। १०% भन्दा अलि कम पाउने भो। ८२० अरब को दुई तिहाई को १०% भनेको कति? ५४ अरब? ५० अरब नै भनौं। प्रदेश सरकार र स्थानीय सरकार ले मिलेर ५० अरब। काठमाण्डु उपत्यकाले अहिले ५० अरब पाएको छ त? ५० अरब के के गर्न सकिन्छ काठमाण्डु उपत्यकामा?

कस्तो अचम्म को कुरा! भने पछि एकात्मक व्यवस्था ले फाइदा भएको देश भित्र त एउटा पनि भूभाग भेटिएन! यसरी नै हिसाब गर्दै जाने हो भने एकात्मक व्यवस्था ले फाइदा पुगेको एउटा पनि जात भेट्दैन। यस एकात्मक व्यवस्था ले बाहुन सुद्धा लाई ठगेको छ।

यस बाट प्रमाणित हुन्छ एकात्मक व्यवस्था एक किसिमको तानाशाही व्यवस्था नै हो। एउटा सीमित सानो समुह को भरणपोषण गर्छ।  त्यस समूहको न जात छ न प्रदेश। छ भने केवल स्वार्थ छ।

काठमाण्डु जागने मधेस का लागि होइन। काठमाण्डु जागने तामांग का लागि होइन। काठमाण्डु जागने काठमाण्डु का लागि हो। बाई बाई सुशील

२०४६ सालको काँग्रेस हो अहिलेको संघीय गठबंधन, वाम मोर्चा बन्न माओवादी लाई आह्वान छ। अंतरिम सरकार रहन्छ। यो सरकार जान्छ। यो संविधान सभा जान्छ। देशमा निष्पक्ष चुनाव हुन्छ तेस्रो संविधान सभा को लागि। बरु संविधान संसोधन गरेर ६०१ बाट ३०१ मा झार्ने कि? चुनाव अगाडि नै क्रांतिकारी सीमांकन र नामांकन हुन्छ।

यो मधेसी जनजाति क्रांति २०१५ हो। Madhesi Janajati Kranti 2015 calling.

काँग्रेस अब प्रजा परिषद जस्तै बिलाएर जान्छ।  एमाले २०४८ को एकता केंद्र बन्छ। सानो भएर जान्छ। या पार्टी रहने, झंडा रहने, कार्यकर्ता जति सबै बाबुरामको समाजवादी पार्टी मा भागेर विलीन हुने। त्यो हुन सक्छ।

ठुलो परिवर्तन हुँदा बिना सरकार ढली पनि कहीं हुन्छ? Check the rulebook.

पुर्वी तराई राजेंद्र ले थामेका छन। पश्चिम मा हृदयेश र लेखी हुनुहुन्छ। उपेन्द्र यादव ले अब पहाड़ र काठमाण्डु तताउने।

अरु त अरु काठमाण्डु सुद्धा लाई चुसेको -- कस्तो यो एकात्मक व्यवस्था! हाँडी गाउँ को जात्रा।


No comments: