Friday, October 06, 2017

मधेस स्वराज आंदोलन भित्र लोकतान्त्रिक संवाद को जरुरत




सीके राउत को प्रथम कमिटमेंट अहिंसा र लोकतंत्र हो। मधेस स्वराज आंदोलन भित्र लोकतान्त्रिक संवाद का लागि प्रशस्त ठाउँ छ। लक्ष्य मधेसी लाई समानता दिलाउने हो। समानता भनेको एक व्यक्ति एक मत लोकतंत्र हो। त्यो प्रत्येक मनुष्य को जन्मसिद्ध अधिकार हो। त्यसैले प्रत्येक मधेसी को पनि अधिकार हो।

त्यो समानता का लागि लोकतंत्र प्रयाप्त हो। तर नेपालमा मधेसी लाई समानता नहुनु नेपालमा लोकतंत्र नभएको कुराको प्रमाण हो। त्यो समानता संघीयता को बाटो पनि पाउन सकिन्छ। तर नेपालमा संघीयता को मुद्दामा व्यापक बेइमानी भएको छ।

आफ्नो विश्लेषण मा सीके राउत ले मधेसी ले समानता पाउने एक मात्र बाटो मधेस अलग देश हो भनेका छन। त्यो एउटा विचार हो। त्यस विचार सँग असहमत हुन सकिन्छ। लोकतान्त्रिक संवाद मा सहमति विमति दुबै का लागि ठाउँ हुन्छ।

लोकतंत्र इमान्दारीपूर्वक लागु गरिए पनि, संघीयता इमान्दारीपूर्वक लागु गरिए पनि मधेसी ले समानता पाउँदैन भन्ने तर्क हुन सक्दैन। तर दुबै इमान्दारीपूर्वक लागु नगरिएको यथार्थ पनि सामना गर्नु पर्ने हुन्छ।

एउटा हुन्छ विश्लेषण को कुरा। त्यसका आधारमा लक्ष्य निर्माण को कुरा आउँछ। सटीक विश्लेषण भए पनि, सही लक्ष्य निर्माण गरिए पनि त्यसपछि स्ट्रेटेजी (strategy) र टैक्टिक्स (tactics) को कुरा आउँछ। प्रमुख लक्ष्य मधेस अलग देश होइन। प्रमुख लक्ष्य मधेसी लाई समानता को अधिकार दिलाउने हो। लोकतंत्र र संघीयता नेपालमा इमान्दारीपूर्वक लागु नगरिएको यथार्थ रहे पनि त्यो लोकतंत्र र त्यो संघीयता जहाँ पनि र जहिले पनि इमान्दारीपूर्वक लागु गर्ने संभावना रहिरहन्छ। त्यसैले लोकतंत्र र संघीयता र समावेशिता बलियो पार्न चाहने शक्ति हरु लाई डिसमिस पनि गर्नु हुँदैन स्वराजी ले र तिनलाई कमजोर गर्ने कुनै कदम पनि चाल्नु हुँदैन।

लक्ष्य स्वराज नै हो भने पनि महात्मा गाँधी को बाटो कसरी गलत थियो, स्कॉटिश इंडिपेंडेंस पार्टी को बाटो कसरी गलत छ, सीके ले भन्न सक्नुपर्छ। गाँधी को पार्टी ले स्वराज लक्ष प्राप्त गर्नु अगाडि दशकौं प्रांतीय चुनाव हरु लड्दै गएको। स्कॉटिश इंडिपेंडेंस पार्टी को त स्कॉटलैंड मा शासन नै छ।

मधेस स्वराज अभियान ले आफ्नो संगठन भित्र व्यापक लोकतान्त्रिक बहस गरिरहनुपर्ने हुन्छ। अहिंसा र लोकतंत्र लाई कहिले पनि छोड्नु हुँदैन। र त्यो बहस खुला हुनुपर्छ। त्यसमा बिनय पंजियार जस्ता नेता हरुले महत्वपुर्ण रोल खेल्न सक्छन।

विश्लेषण बारे बहस हुन्छ। लक्ष्य निर्माण बारे बहस हुन्छ। स्ट्रेटेजी (strategy) र टैक्टिक्स (tactics) बारे निरंतर बहस हुन्छ। रोडमैप बारे बहस हुन्छ। अहिले त मधेस स्वराज अभियान सँग कुनै रोडमैप नै छैन।  त्यस कार्य योजना को कार्यान्वयन गर्दा कदम कदम मा समीक्षा गर्नु पर्ने हुन्छ।

लक्ष्य मधेसी लाई समानता हो। त्यो लक्ष्य प्राप्ति का लागि नेपालमा लोकतंत्र, संघीयता, समावेशिता लाई मजबुत पार्ने प्रत्येक प्रयास गर्ने र मधेस अलग देश का लागि ढोका खुला राख्ने।



लोहा गरम है, मारो हथौड़ा
सीके को मधेस अलग देश का तीन चरण
मधेस अलग देश विरुद्ध का तर्क हरु
फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार
सीके राउत ले कोर्स करेक्शन गर्नु जरुरी छ
सीके ले कोठली बाहर होइन आफ्नो कोठली भितर मत बटुलेको राम्रो
मधेस आन्दोलनको आध्यात्मिक पक्ष
सीके राउत ले चुनाव लड़नै पर्ने कारण हरु
संविधान DERAIL को बाटो, संविधान संसोधनको बाटो र सीके राउतले चुनाव लड्ने बाटो
महंथ ठाकुर, उपेंद्र यादव, सीके राउत र मधेस
मधेसवादी तीन ध्रुव: मंजिल एक और राही तीन फिर वार्तालाप क्यों न हो?
गोरखा समथर बन्यो, अब काठमाण्डु समथर बन्न चाहन्छ


Thursday, October 05, 2017

के विवेकशील साझा फेसबुक मा सीमित छ?

विवेकशील साझा, हाम्रो पार्टी, दर्शन र सीके एक ठाउँ आउनुपर्छ
वाम मोर्चा, लोकतान्त्रिक मोर्चा र तेस्रो ध्रुव




अहिले विवेकशील साझा काठमाण्डु मा सीमित हुने बाटो मा छ। भन्दैमा काठमाण्डु स्वीप गर्छ भन्ने पनि होइन। विवेकशील ले आम आदमी जस्तो होइन बीजेपी जस्तो मिस्ड कॉल गर्दै देशव्यापी संगठन विस्तार गर्ने प्रयास गर्नु पर्छ। बीजेपी त्यही मिस्ड कॉल को आधारमा दुनिया को सबैभन्दा ठुलो पार्टी बन्यो। इच्छुक व्यक्ति ले मिस्ड कॉल गर्ने। अनि संगठन को मान्छे ले कॉल बैक गरेर व्यक्ति बारे बेसिक जानकारी बटुल्ने र त्यसका आधार मा संगठन को कोही मान्छे त्यस नया व्यक्ति को घर सम्म पुगेर भेट्ने। संगठन त चाहिन्छ। संगठन बिना चुनाव जित्न सकिँदैन। संगठन पनि चहियो, बलियो मुद्दा पनि चहियो। भ्रस्टाचार लाई बलियो मुद्दा बनाउन सक्नुपर्यो।

फेसबुक पनि टेक्नोलॉजी, मोबाइल फ़ोन पनि टेक्नोलॉजी। तर अहिले नेपालको माटो सुहाउँदो टेक्नोलॉजी मोबाइल फ़ोन नै हो। 

काँग्रेस सीट बाड़फाड़ मा Generous हुनुपर्छ



काँग्रेस सीट बाड़फाड़ मा Generous हुनुपर्छ होइन भने चुनाव हार्छ। उसै पनि हार्ने अवस्था मा छ काँग्रेस। Anti-incumbency भनिन्छ। त्यो पावरफुल फोर्स हो। काँग्रेस का विरुद्ध छ। एमाले ले ६०-४० होइन ५०-५० गरेको हो। काँग्रेस ले पनि त्यस्तो गर्न सक्नुपर्छ। पुर्वी तराई मा ६०-४० र पश्चिमी तराई मा ४०-६० गर्न सक्नुपर्छ। पहाडमा पनि ६५-३५ मा जान सक्नुपर्छ। त्यो ठुलो त्याग हुंदै होइन। एक्लै काँग्रेस ले एक तिहाई बढ़ी जित्ने नै होइन। भने पछि नजितने सीट मात्र न हो अरुलाई दिनु परेको।

एउटा सीट बाड़फाड़ मा Generous हुनुपर्छ। अर्को संविधान संसोधन लाई बलियो मुद्दा बनाउन सक्नुपर्छ। राजपा र फोरम कै जस्तो बलियो किसिमले संविधान संसोधन को पक्ष मा काँग्रेस पनि बोल्न सक्नुपर्छ। अनि मधेस भरि wave आउँछ।

यति गर्दा प्रतिस्प्रधा हुन्छ। काँग्रेस ले सरकार बनाउँछ कि एमाले ले भन्न गार्हो हुन्छ। होइन भने चुनाव अगाडि नै काँग्रेस विपक्षी पार्टी हो पाँच वर्ष का लागि।



संविधान संसोधन अहिलेको अहिले गरिहाल्नुपर्छ





संविधान संसोधन गर्ने भनेको अहिले हो। चुनाव पछि होइन। संविधान संसोधन नगरी एमाले माओवादी चुनावमा जान्छन भने मधेसमा एमाले को जे हालत भयो अब माओवादी को पनि त्यही हालत हुन्छ। तर संविधान संसोधन गरेको खण्डमा त्यो मुद्दा neutralize भएर साँचिकै प्रतिस्प्रधा हुन्छ। र प्रतिस्प्रधा हुन्छ आर्थिक विकासको मुद्दा मा। अब वाम मोर्चा जस्तै लोकतान्त्रिक मोर्चा पनि बनिसकेको अवस्था मा प्रतिस्प्रधा कड़ा छ। संविधान संसोधन नगरेको अवस्था मा अहिले त एमाले शुन्य छ मधेसमा। तेस्रो चरण को नतिजा ले देखाइसक्यो। लोकतान्त्रिक मोर्चा ले अब पश्चिम तराई मा पनि टक्कर दिन्छ। 

Wednesday, October 04, 2017

विवेकशील साझा, हाम्रो पार्टी, दर्शन र सीके एक ठाउँ आउनुपर्छ

रविंद्र मिश्र र उज्वल थापा को विवेकशील साझा पार्टी, रूद्र पाण्डे को हाम्रो पार्टी, दर्शन रौनियार को Movement For Change (M4C), र सीके राउत को मधेस स्वराज अभियान ले एकता को प्रयास थाले हुन्छ। त्यस मध्ये सब भन्दा challenging भनेको सीके। सीके लाई कसरी मनाउने? 

कमसेकम राजनीतिक वार्तालाप त हुनुपर्यो। इमान्दारीपूर्वक संघीयता लागु गरे, नागरिकता समस्या समाधान गरे, आरक्षण क्रियान्वयन गरे मधेस अलग देश चाहिँदैन। त्यति सम्म त हुनुपर्यो। यो पश्चिम देश मा पढेका हरुको झुण्ड हो। लेफ्ट राइट छैन। Whatever works किसिमको तेस्रो बाटो खोजेको। फ्रांस का मेक्रोन को जस्तो। एउटा नया पीढ़ी। कनाडा को ट्रुडो जस्तो। 

कसरत शुरू गर्नुपर्छ। यी सबै एक ठाउँ आउने हो भने काँग्रेस कम्निष्ट बाई बाई हुन्छ। 




वाम मोर्चा, लोकतान्त्रिक मोर्चा र तेस्रो ध्रुव





Tuesday, October 03, 2017

काँग्रेस छांगा बाट खसे झैं भयो








बाबुरामले माओवादी पार्टी छोड्दा प्रचंड लाई यस्तै अनुभुति भएथ्यो। केही गरी २ नंबर मा फोरम सँग गठबंधन गर्छन ओली ले भने काँग्रेस देश भरि पत्ता साफ। संसद मा एक तिहाई मुनि पुग्छ काँग्रेस। काँग्रेस लाई कम्निष्ट ले पेल्यो। काँग्रेस लाई मधेस केंद्रित दल ले पेल्यो। काँग्रेस लाई विवेकशील ले पेल्यो।

ओली ले अहिले नै संविधान संसोधन गर्ने भए फोरम सँग हो होइन भने उपेंद्र यादव लाई मिलाउन सक्ने अवस्था छैन। तर संविधान संसोधन बारे ओली मा नया सोंच आएको देखिएको छैन।

काँग्रेस ले अर्को गठबंधन बनाउनु पर्छ। २ नंबर प्रदेश मा ६०% राजपा फोरम लाई र आफुले ४०% लिने गरी।

संविधान संसोधन लाई प्रचंड ले छोडेका हुन भने मधेस ले प्रचंड लाई छोड्छ।



एमाले, माओवादी, नया शक्ति एकीकरण बारे मेरो विचार


  • अब सीधासाधा नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने। ब्रैकेट सब फाल्ने। कम्युनिस्ट ले बहुदल मान्छ। त्यसमा तटस्थ रहने। बरु नेपालको सन्दर्भमा हाइड्रो समाजवाद लागु गर्ने। १०,००० मेगावाट बिजली उत्पादन गरेर सबै को आधारभुत आवश्यकता पुरा गर्ने। 
  • यो शांति प्रक्रिया टुङ्गिएको हो। सन २००५ मा शुरू भयो। अब टुंगियो। मंगसिर चुनाव पछि नया सरकार बने पछि पुरा टुंगियो। 
  • प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्य मंत्री को संभावना बढ्यो। चाहिने कुरा। राजनीतिक स्थायित्व का लागि। 
  • प्रत्यक्ष निर्वाचित राष्ट्रपति बाहेक गर्नु पर्ने एउटा अर्को कुरा छ। मत पाएको समानुपातिक पैसा सरकार बाट पाउने, त्यस बाहेक अरु कुनै आम्दानी स्रोत नहुने पार्टी हरुको। 
  • प्रचंड र बाबुराम ले एकीकृत पार्टी लाई मधेस को पक्ष मा संविधान संसोधन गराउन का लागि डोर्याउन सक्नुपर्छ। होइन भने यो सैद्धांतिक एकीकरण होइन, बाहुन मिलन हो। 
  • सुर्य ले ६०% बढ़ी सीट जित्छ। सीधा अंक गणित हो यो। काँग्रेस अब ह्वात्तै खुम्चियो। काँग्रेस अब देशको सबैभन्दा ठुलो पार्टी कहिले पनि हुँदैन शायद। 
  • यस पार्टी ले बाबुराम को नेपाल लाई भारत र चीन बीच को पुल बनाउने भिजन समात्नुपर्छ। यो एकीकरण चीन जितेको होइन। चीन र भारतको अभुतपूर्व आर्थिक प्रगति बाट फाइदा लिने हो। 
  • फोरम, राजपा र स्वराजी ले यसरी नै एकीकरण गर्नै पर्छ। 



एमाले, माओवादी र नया शक्ति को एकीकरण र मधेस




Monday, October 02, 2017

लोहा गरम है, मारो हथौड़ा



फोरम र राजपा बीच एकीकरण गर्ने हो भने अहिले गर्ने हो। चुनाव पछि होइन। चुनाव पछि त चार वर्ष का लागि कुरा सेलाउँछ। स्वराजी सँग एकीकरण गर्ने बेला अहिले हो। २ नंबर प्रदेशको मुख्य मंत्री पद का लागि सीके राउत उपयुक्त उम्मेदवार हुन। मधेस से उतना ही प्यार है तो करो मधेसका विकास।

फोरम मा जुन सांगठनिक अनुशासन छ त्यो राजपा मा छैन। राजपा मा भांडभैलो छ। राजपा को चुनाव चिन्ह छाता बड़ा उपयुक्त छ। मान्छे भेला गर्यो। अनि त्यो भेला माथि छाता ओढ़ाई दियो। त्यही हो राजपा को संगठन। काठमाण्डु मा वडा समिति मा हुनुपर्ने थुप्रै मानिस राजपाको केंद्रीय समिति मा छन। केंद्रीय समिति त यस्तो हुनुपर्यो कि बसेर छलफल गर्न सकियोस। तर अहिले के छ? पहिला जसलाई महाधिवेशन भन्ने गरिन्थ्यो त्यसलाई अचेल केंद्रीय समिति भन्ने चलन छ।

समाधान महाधिवेशन हो। सबै तहमा आन्तरिक चुनाव गर्दै जाने अनि अन्त्यमा गएर जनकपुरमा महाधिवेशन गर्ने र केंद्रीय पदाधिकारी चुन्ने।

तर सांगठनिक अनुशासन को नाममा उपेंद्र यादव कसैसँग छलफल नगरी एकोहोरो ताल ले फेरि हिड़यो भने फेरि जुटेको पार्टी एक पटक फेरि फुट्छ। वाक स्वतंत्रता हो। मान्छे ले बोल्छ। पार्टी मा गुट उपगुट हुन्छ।

एकीकरण अहिले गरेर महाधिवेशन बरु चुनावको लगत्तै पछि गरे हुन्छ। र सीके राउत लाई पार्टी मा भित्र्याउने काम proactive किसिमले गर्नुपर्यो। कमसेकम प्रयास त गर्नुपर्यो।

तपाईं मधेसीको हक़ अधिकार का लागि लडेको कि के का लागि लडेको? तपाईंले गर्दा हामी मधेसीको हक़ अधिकार का लागि लडिरहेका हरु लाई डिस्टर्ब भयो भन्नुपरयो। आउनुस, केही मत्थर हुनुस। मुख्य मंत्री बरु तपाईं नै बन्नुस भन्नु पर्यो। सीके लाई त्यसरी भित्र्याउन सके एउटा तरंग आउँछ। २०४८ मा पुर्वी पहाडमा मदन भंडारी आए जस्तो हुन्छ। राजपा ले २२ जिल्ला मा स्वीप दिन्छ। भने पछि प्रयास त गर्नु परयो। न भेट न घाट। कस्तो आंदोलन हो यो?

फोरम र राजपा वाला हरु सीके लाई यो जंगल मा कस्तो अचम्म को जन्तु आइपुग्यो जस्तो गरी हेर्छन। त्यस्तो केही होइन। कमसेकम राजनीतिक वार्तालाप त हुनुपर्यो।

विवेकशील ले काठमाण्डु मा र विस्तारै पहाड़का अन्य शहरी क्षेत्र मा एमाले को जरो काट्दै जाने हो। काँग्रेस मधेसमा अहिले हाफ साइज भइसक्यो। माओवादी साबिकको एक तिहाई मा ओर्लियो। कांग्रेस र एमाले को भविष्य पनि त्यही नै हो।

भने पछि फोरम र स्वराजी सँग एकीकरण गरेको राजपाको भविष्य उज्जवल छ। देशमा उही उही साइज का चार पाँच पार्टी मध्ये एक राजपा हुन सक्छ। अनि त राजपा बाट कोही प्रधान मंत्री हुन्छ। पाँच वर्ष भित्र हुन्छ। १० वर्ष भित्र हुन्छ।


सीके को मधेस अलग देश का तीन चरण

कम्निष्ट हरुले भन्ने गर्थे, शायद अहिले पनि भन्छन। पहिला पुँजीवाद कै विकास गर्नुपर्छ। औद्योगिकरण हुन्छ। अनि एउटा मजदुर वर्ग को उदय हुन्छ। अनि बल्ल समाजवादी क्रांति हुन्छ। अर्थात नेपाल जस्तो देशमा पहिला व्यापक पूँजीवादी औद्योगिकरण हुनुपर्यो। अहिलेको अवस्थामा गणतंत्र सम्म हो जान सकिने।

तर म भन्छु हाइड्रो समाजवाद त अहिले संभव छ। बहुदल मास्ने समाजवाद कहिले पनि संभव छैन। हुनु हुँदैन। तर जनताको आधारभुत आवश्यकता पुरा गर्ने समाजवाद अहिले संभव छ। त्यसका लागि नेपालका सबै नदी बारे दक्षिण एशिया स्तरमा सोंचनुपर्यो। व्यापक reforestation देखि बिजली, सिंचाई, खानेपानी, तटबंधन, बाढ़ी नियंत्रण। बिहारमा बाढीको प्रकोप समाप्त गर्नुपर्छ। बिहारमा पनि, मधेसमा पनि। चुरियाको exploitation ले जताततै बाढ़ी आयो। Global warming ले गर्दा पनि।

मैले भन्न खोजेको स्टेज स्टेज को कुरा। सीके ले स्टेज स्टेज मा सोंचनुपर्यो। पहिलो स्टेज फोरम, राजपा र स्वराजी को सांगठनिक एकीकरण। दोस्रो स्टेज सत्ता प्राप्ति र व्यापक विकास। साक्षरता ९०% माथि पुर्याउने किसिमको विकास। अनि बल्ल मधेस अलग देश। यसरी तीन स्टेज मा सोंचने र अहिले लाई मधेस अलग देश लाई बैकबर्नर मा राख्ने।