Wednesday, March 30, 2016

Nepal News (23)

@ Central Committee extended Meeting @ Biratnagar, Morang !

Posted by सदभावना पार्टी on Monday, March 28, 2016
Our Universe

The universe is within us.

Posted by Hashem Al-Ghaili on Saturday, November 7, 2015

पिछली बार नेपाल (काठमांडू ) आया तो महाभूकंप, 11 महिने बाद आज आया तो तूर्फान। वाह ! विशेष अदालत में आज साथियों के साथ। हम जितेंगे, सत्य जितेगा, नेपाली उपनिवेश अंत होगा

Posted by Dr. CK Raut on Monday, March 28, 2016

राजधानी काठमाडौंमा भिषण हावाहुरी,मानिसहरुको भागाभाग,भुकम्प पिडितहरुको विचल्ली ।।।भिडियो हेर्नुस ।।

Posted by बिचित्र संसारको बिचित्र खबर on Monday, March 28, 2016

Julia Roberts is breaking the internet with this video!

Posted by Mysterious Things in The World on Thursday, May 28, 2015

नेपालका नेता, मन्त्री र कर्मचारीको के काम? भ्रस्ताचरी गर्न, झगडा लगाउन र सुल्झाउन, आफ्नो मान्छेलाई लाभको पदमा पुर्याउन? तैपनी फुर्ती देखाउछ र हामी देख्छौ।

Posted by Mahesh Yadav Adhikari on Sunday, March 27, 2016

देख कौन आया, देख जग में कौन छाया। स्वराजी, स्वराजी, स्वराजी। नेपाली उपनिवेश अंत हो, मधेश देश स्वतंत्र हो।

Posted by Dr. CK Raut on Sunday, March 27, 2016

Sunday, March 27, 2016

मधेसी मोर्चाले अख्तियार गर्नुपर्ने रणनीति

रणनितीक चेपुवामा मधेशी मोर्चा ।
उक्त बैठकमा भारतीय राजदुतले मोर्चाका नेताहरु संग बुदागत रुपमा ३ ओटा कुरामा धारणा बुझन खाजेका मध्ये एक नम्बरमा हालै प्रधानमन्त्रीको चिन भ्रमणको क्रममा भएको सम्झौताको वारेमा मधेशको राजनितीक वृतकमा कस्तो प्रतिक्रिया आइरहेको छ, दोस्रो नम्बरमा राजदुतले मोर्चाको अगामी रणनिती के रहेको वारेमा जिज्ञासा राखेका थिए र तेस्रो नम्बुरमा भारतीय राजदुतले राष्टिय राजनितीमा मोर्चाको भुमिका कस्तो हुने वारेमा धारणा बुझने प्रयास गरेका थिए । उक्त बैठकमा सहभागी एक शिर्ष नेताका अनुसार मोर्चा र भारतीय राजुदतको उक्त भेटको सवै भन्दा वढी समय तेस्रो नम्बरको बुदामा भएको जस अन्र्तगत सरकार परिर्वतनको लेखाजोखा विभिन्न कोणहरु वाट भएको थियो । ..... तत्कल यो सरकारलाई ढाल्दा मधेशमा पुन आन्दोलन उठन गाहे हुने आकंलन समेत प्रस्तुत भएको थियो ..... वाहिर हल्लामा रहेको जस्तो १ बैशाख देखि आमहडताल सहितको कडा आन्दोलन हुन्छ कि हुदैन भन्नेमा मोर्चा कुनै निष्कर्षमा पुगीसकेको छैन ..... चिनिया राजदुतले मोर्चाका नेताहरु संग काठमाडौमा गरेको सवादको ठिक विपरित वेइजिगंमा प्रधानमन्त्री ओली संग गरेको व्यहवारले मोर्चा एउटा कुरामा प्रष्ट छ कि भारतीय चाहनालाई कुनै पनि हालतमा क्रस गर्नु हुन्न । ...... मोर्चाका नेताहरु भन्छन, जव सम्म अव मोर्चाको दक्षिणको ठोस धारणा बुझन सक्दैन तब सम्म आफनो रणनितीलाई मुर्त रुप दिन चाहेका छैन ।



लोकतन्त्रका लागि गरिएको आन्दोलनको प्रक्रिया अलोकतांत्रिक हुन सक्दैन। लोकतान्त्रिक प्रक्रिया भनेको शब्दको प्रयोग हो, अंक गणित को संगठन हो। मोर्चाको लक्ष्य हो यो संविधान कार्यान्वयन हुनु अगाडि ११ बुँदे का आधारमा संविधान संसोधन।

मोर्चाले अहिंसा छोड्दैन। मोर्चाले अखण्ड देश छोड्दैन। मोर्चाले यो संविधान ढालदैन। मोर्चाले यो सरकार ढालदैन। होइन भने अखण्ड देश र अहिंसा कुनै हालतमा नछोड्ने तर जानै परे अंतरिम सरकार र अंतरिम संविधान को बाटो पनि जाने भन्ने पनि हुन सक्थ्यो। तर मोर्चाले बिभिन्न कारणले अंतरिम सरकार र अंतरिम संविधान को संभावना बारे सोँचेको छैन। र आंदोलन को नेतृत्व गरिरहेको शक्तिको नाताले त्यति पाउँछ।

भने पछि चुनाव को कतै गाईंगुइं नभएको अवस्था भएकोले मोर्चा त्यति सार्हो cornered भएको अवस्था छैन। यदि सरकारले चुनाव घोषणा गरेछ भने त्यसलाई विफल पार्न देश बंद को आंदोलन हुन सक्छ। तर अहिले त्यो अवस्था छैन। र यो लोकतान्त्रिक सरकार होइन कि जनता सड़क मा पो आएछ, के भन्दैछ जनता जा त सोधेर आइज भन्ने सरकार होइन यो। पंचायती फ़ासिस्ट देखि कमनिष्ट फ़ासिस्ट हरुको गठबंधन छ। लोकतंत्र बुझ्ने हरुको जमात होइन यो।

भने पछि रणनीतिक सोंच को आवश्यकता पर्यो। देश जाए भाड़ में, जनता जाए भाड़ में भन्ने सोच भएका हरुले देश चलाएको अवस्था छ। बरु जनता लाई दुःख पर्दा कालाबाजारी गरेर अकुत संपत्ति कमाउने माफिया हरुको सरकार हो। केही लाज छैन।

भने पछि ६ महिना जे गर्यो मधेसी मोर्चाले त्यही कुरा एक महिना दोहोर्याउने हो भने सुने नसुने जस्तो गर्दियो भने के गर्ने? म्याद बढाउँदै जाने? एक महिना बाट २? त्यस पछि ३? ४, ५ फेरि ६? तरिका त्यो होइन।

साढ़े तीन बाहुन दल लाई दुख्ने कुरा एउटा मात्र छ। त्यो हो तिनको संगठन क्षय हुने कुरा।

तर आंदोलन गरे पनि नगरेर सिधै वार्ता मा गए पनि, कड़ा आंदोलन गरे पनि, नरम आंदोलन गरे पनि, जे गरे पनि यो त फिडेल कास्ट्रो ले हवाना कब्ज़ा गर्न खोजे जस्तो होइन। लोकतान्त्रिक आंदोलन टुंगिने भनेको वार्ता र सहमतिमा नै हो। त्यसैले वार्ता को अस्त्र को राम्रो सदुपयोग हुनुपर्छ।

धरपकड़ बंद नगरे, प्रधान मन्त्रीले गर्छु भनेको शहीद घोषणा, घाइते को उपचार खर्च, आंदोलन दौरान को शुल्क ब्याज मिन्हा अदि इत्यादि यी प्रारंभिक कुरामा सहमति र कार्यान्वयन नभए सम्म त ११ मध्ये एउटा को पनि कुरा गर्नु हुँदैन। संघीयता र समावेशीता त पछि हो। पहिलो लड़ाई त फासिज्म का विरुद्ध हो।

वार्ता गर्छु भन्नु नै अलि अलि लचक हुन्छु भन्नु हो। झापा, चितवन र कंचनपुर एक मधेस दो प्रदेश मा नपर्न पनि सक्छ। वार्ता मा कति सम्म लचक हुन सकिन्छ कहाँ भन्दा बढ़ी लचक हुन सकिँदैन, त्यस सम्बन्धी मोर्चाले आतंरिक गृह कार्य नै गरेको छैन। त्यो गर्नु पर्यो। र आफ्नो वार्ता टोली लाई त्यस किसिमको मैंडेट दिनु पर्यो। तर कुरा चाहिँ बाहिर मीडिया मा आउनु भएन। होइन भने दुबै पक्ष ले posturing मात्र गर्ने हुन्छ। काम हुँदैन।

चैत भित्र ओली ट्रैक मा न आए आंदोलन हुन्छ त, घोषणा गरिसकेको आंदोलन। २००७ साल देखि आंदोलित मधेसी जनता, ६ महिना मा थाक्ने जात होइन।

सरकारले यदि ११ बुँदे सम्वोधन नगरी चुनाव घोषणा गरेछ अंतिम अस्त्र को रुपमा देश बंद गर्ने गरी तर अहिले सरकारले कुनै किसिमको चुनाव घोषणा नगरेको अवस्थामा अंतिम अस्त्र प्रयोग गर्नु चलाक रणनीति हुँदैन।

हप्तामा ६ दिन आर्थिक गतिविधि, हप्तामा एक दिन देशको प्रत्येक गाउँ प्रत्येक शहरमा जुलुस र संगठन विस्तार को नारा दिनुपर्छ। त्यसो गर्दा जनतालाई गार्हो पनि पर्दैन। अनि आंदोलन जति लामो गयो त्यति साढ़े तीन बाहुन दलको संगठन क्षय हुँदै जान्छ। केही गरी ६ महिना गएछ भने कमसेकम एउटा बाहुन दल गायब भइसकेको हुनेछ। १२ महिना चले दुई बाहुन दल गायब। छन केही मधेसी दल, काठमाण्डु मा समिति छ, जिल्ला मा कतै कुनै छेउपुछर छैन, त्यो अवस्थामा पुग्छ एक दुई बाहुन दल।

हप्तामा ६ दिन आर्थिक गतिविधि, हप्तामा एक दिन देशको प्रत्येक गाउँ प्रत्येक शहरमा जुलुस र संगठन विस्तार को नारा दिनुपर्छ। त्यो बाटो जनता नथाक्ने, मधेसी मोर्चा नथाक्ने बाटो हो।

लोकतंत्र भनेको जनधन को सुरक्षा हुने सिस्टम हो। बरु कार्यकर्ता हरुलाई तालिम दिने। तोड़फोड़ बन्देज। पुलिस सँग मुठभेड़ नगर्ने तरिका हुनुपर्छ। जुलुस निर्धारित बाटो हिड्ने, पुलिस लाई अग्रिम सूचना दिने।

मधेसी मोर्चाले नगरी नहुने राजनीतिक गृह कार्य



Thursday, March 24, 2016

Nepal News (22)

मधेस जोड्न कांग्रेस
विसं २००७ सालदेखि नै जनताको तहमा भएका आन्दोलनहरूको क्रममा वीरगन्जको अहम् भूमिका रहँदै आएको छ । नेपालको इतिहासमा वर्णित ‘नेपालको प्रवेशद्वार’को परिचय खासगरी सन् १९२७ मा रक्सौलदेखि अमलेखगन्जसम्म रेलमार्ग खुलेपछि सुरु भएको हो । इतिहासमा पाएको त्यो ‘पदवी’लाई आज पनि वीरगन्जले कतिपय राष्ट्रिय विमर्शहरूको हकमा निरन्तरता दिएर जोगाएको छ । ..... यही सोच राष्ट्रिय राजनीतिको एउटा कित्ताभित्र छ कि आन्दोलन नेपाली जनताको थियो, यही माटोमा त्यसको जरा थियो र जनता सडकमा ओर्लिएपछि राज्य त्यसको सम्बोधनमा संवेदनशील हुनुपर्छ । विभेद विरुद्धको संघर्ष मुलुकको जुनसुकै हिस्सामा भए पनि त्यो लोकपक्षीय संघर्षको हकमा साझा विरासत हो । त्यसलाई त्यही रूपमा बुझ्नु र बुझाउनुपर्छ । दोस्रो बुझाइको विस्तार यो सहरमा के छ भने आन्दोलनमा ऐक्यबद्धताले गर्दा कतै राज्यले यो सहरलाई दण्डित गर्ने नियत राखेको त छैन ? ..... बीसको दशकमा जनकपुरमा राजा महेन्द्रप्रति बम प्रहार गरिँदा जनकपुरलाई उपेक्षामा राखियो । त्यसैगरी सप्तरीमा तत्कालीन सत्ताविरुद्ध फरक स्वर प्रकट हुँदा राजविराजलाई मूलधारबाट बञ्चित गराइयो । एउटा सांस्कृतिक सहर जनकपुर आज पनि उँभो लाग्नसकेको छैन । नेपालमा पहिलोपटक योजनाबद्ध तरिकाले बसाइएको राजविराज आफैंभित्र हराउँदै गइरहेको छ । अब पालो वीरगन्जको हो कि ? भन्ने व्यापक त्रास वीरगन्जेली एउटा जमातमा छ । ......

यो त्रास त्यसै फैलिँदै गएको होइन । यहाँका उद्योगी व्यवसायीलाई एक—एक गरी राज्यका प्रतिनिधिहरूले ‘तपार्इंहरूले आन्दोलनलाई ऐक्यबद्धता प्रकट गर्नुभयो, अब भोग्नुस्’ भनेर यन्त्रणा दिने गरेका छन् । वीरगन्जको समानान्तरमा ठोरी नाकालाई प्रबद्र्धन गर्ने घुर्की दिइँदैछ । त्यसैगरी वीरगन्जले मुख्य नाकाको रूपमा पाएको अवसरलाई अन्यत्र पनि वितरित गर्दै जाने धारणा बाहिरिँदैछन् । .... वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा अपेक्षित विद्युतको आपूर्ति नगरिनु, सुख्खा बन्दरगाह पूर्णरूपमा सञ्चालनमा नआउनु वा एकीकृत भन्सार परियोजनाको नेपालतर्फको निर्माण कार्यमा ढिलासुस्ती गर्नुले थप त्रासलाई बल दिएको छ । वीरगन्जको भुइँ सतहमा देखिएको यो मनोविज्ञान राष्ट्रिय राजनीतिमा पनि देखिएको छ । त्यो कसरी भने मधेसलाई कि उपेक्षा गर्ने, कि शक्ति प्रयोग गरेर त्यहाँको सामुदायिक उभारलाई विभक्त गर्ने । अहिले विभिन्न जिल्लामा आन्दोलनसँग जोडिएका कार्यकर्ताहरूलाई विभिन्न निहुँमा धरपकड गर्ने काम चालु छ ।

...... २००७ साल कात्तिक महिना गोबद्र्धन पूजाको दिन राणाशाही विरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा यही वीरगन्जबाट जनक्रान्ति सुरु भयो । स्थानीय व्यापारीहरूले तत्कालीन समयमा पनि सो क्रान्तिलाई उत्साहका साथ सक्दो सहयोग गरेका थिए । तर २००८ साल यहाँका व्यापारीहरूका लागि बडो कठिनाइ र संघर्षको वर्ष रह्यो । ....... आज सरकारी निकायले ‘तिमीहरूले गलत बाटो रोज्यौ’ भनेर अनेकन दबाबका उपक्रमहरू गरिराखेका छन् । यसरी सुनियोजित दण्डित गर्ने राज्यको मनसुवाको पर्दाफास भएको छ । .......... सन्दर्भ वीरगन्जको भए पनि अहिले तराईका दक्षिणी क्षेत्रका स्थापित सहर र बजारहरूको लोकमानस यिनै चिन्तामा पिरोलिएको छ । ...... मधेसको सवालमा नेपाली कांग्रेस ‘मणि हराएको नाग’जस्तै भएको छ । ..... विसं २००९ सालको जनकपुरको पाँचौं महाधिवेशनपछि मात्र कांग्रेस केन्द्रीय समितिमा मधेसी प्रतिनिधित्वले ठाउँ पायो । त्यसबखत बीपी कोइराला सभापतिमा निर्वाचित भए र उनको नेतृत्वमा बनेको १५ सदस्यीय कार्यसमितिमा पहिलोपटक रामनारायण मिश्र (महोत्तरी), परशुनारायण चौधरी (दाङ) र राधाकृष्ण थारु (बर्दिया) सदस्य भएका थिए । ..... परशुनारायण चौधरीलाई त ०३६ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्था पक्षलाई जिताउने कार्यदिशाका क्रममा बीपीले बहुदलीय व्यवस्थाको प्रधानमन्त्रीको रूपमा प्रस्तावितसमेत गरेका थिए । ..... बीपीकै शब्दमा, ‘मैले धेरै सोचेँ, तराईमा हाम्रो विजय भएन भने हाम्रो अरू विजय सार्थक हुने छैन, तराईका जनतालाई किन जिताउने ? त्यसको औचित्य मैले दिनुपथ्र्याे, औचित्यका पात्र बनाएर हामीबाट परशुनारायणलाई अगाडि सारिएको हो ।’ उसो त तिनै परशुनारायण कालान्तरमा पञ्चायत प्रवेश गरे । ..... प्रदेश नं २ मधेस प्रदेश हो, तर त्यस क्षेत्रबाट केन्द्रीय सदस्यमा गैरमधेसीहरू जितेर आएका छन् । ..... कांग्रेस संगठनमा देउवाले आफ्नो विश्वासिलो, विद्यार्थी नेतृत्वबाट उदाएका, सैद्धान्तिक निष्ठाप्रति मुखर, सरकार र संगठनमा महत्त्वपूर्ण भूमिका निभाइसकेका तथा प्रसिद्ध नेता महेन्द्रनारायण निधिका उत्तराधिकारी विमलेन्द्र निधिलाई उपसभापतिमा रोजेर एउटा नयाँ अध्यायको सुरुवात गर्न सक्छन् ।
मधेस, मधेसी र असमानता
मधेस वास्तवमा नेपालको पहाडभन्दा दक्षिणतर्फको समथर भूभाग हो । हिन्दु राजनीतिक भाषामा मधेस शब्दावलीले वास्तवमा मध्यदेश वा समथर भूभाग भन्ने बुझाउँछ । यसको अर्थ आम नेपालीको बुझाइमा भौगोलिक हिसाबले पहाडबाट भिन्न भूगोल भन्ने नै हुन्छ । ..... पछिल्लो जनगणना २०६८ लाई हेर्दा तराई मधेस बाहुन क्षत्री ४, तराई मधेस अन्य जाति २९, तराई मधेस दलित १५, तराई मधेस जनजाति २१ र मुस्लिम जातजाति रहेका छन् । ..... सामाजिक समावेशी सूचकांकलाई हेर्दा मधेसीभित्र पनि तराई मधेस बाहुन क्षत्रीको समावेशी सूचकांक सबैभन्दा उच्च छ । मधेसीहरू भित्रमात्र होइन कि उनीहरू नेपालकै वर्तमान समावेशीकरणको स्थितिमा पनि उच्च स्थानमा आउँछन् । मधेसकै सन्दर्भमा तराई मधेस जनजातिको समावेशिताको स्थिति दोस्रो स्थानमा रहेको छ । तराई मधेसका सबै जातजातिमध्ये तराई दलितको समावेशी सूचकांक सबैभन्दा न्युन रहेको छ । यो मधेसको मात्र होइन कि नेपालकै सबैभन्दा न्युन पनि हो । ..... मधेसीको नाममा राज्यले दिने सेवासुविधा कुन मधेसीका लागि हो ? अहिले चलिरहेको मधेस आन्दोलनले उठाएको ‘एक मधेस एक प्रदेश’ लगायतका मुद्दाहरूले कुन मधेसीको हित चाहेको छ ? मधेसी बाहुन, क्षत्री, जनजाति वा दलित ? हित हुन्छ भने कसरी हुन्छ ? ..... मधेसीभित्र समावेशीकरणको मुद्दा दलित केन्द्रित हुनुपर्ने हो । .....

मधेसमा बसोबास भएकै कारण वा मधेसी भएकै कारण बहिष्करणको स्थिति बन्छ भन्ने तालिकाको सूचकांकले देखाउँदैन । यदि त्यसो हो भने मधेसका जातजातिहरू बीचमा समावेशिताको स्थितिमा यति धेरै असमानता किन ?

...... उदाहरण्का लागि सबैभन्दा सीमान्तकृत समूहलाई राज्यले आरक्षित सेवासुविधा दिने हो भने मधेसीको नामको आरक्षणले तराई मधेसका दलित चमार, चिदिमार, धाकर, डोम, दुसाध, हल्खोर, कलार, मुसहर लगायतका दलितहरूको पहुँच वृद्धि गर्नसकेको छ ? के तिनीहरूले आरक्षणको उपभोग र अनुभूति गर्न पाएका छन् ? ..... अहिले चलिरहेको मधेस आन्दोलनले उठाएका मुद्दाहरूले मधेसको असमानता र खासगरी यी सीमान्तकृत जातजातिहरूको बहिष्करणको अन्त्य गर्ने के एजेन्डा उठाएको छ ? ‘एक मधेस एक प्रदेश’को संघीय संरचना तराई मधेसका दलितहरूको स्थिति उकास्न कसरी उपयुक्त छ ? यसले मधेसको असमानताको अन्त्य गर्दै आम मधेसीहरूको जीवनस्तर उकास्ने आधारहरूको परिकल्पना कसरी गरेको छ ?


प्रधानमन्त्रीको चीन भ्रमणबारे अनिल झाको यस्तो टिप्पणी
‘प्रधानमन्त्रीको भ्रमण फगत औपचारिकतामा सिमित भएको छ । सौताको रिसले पोइको काखमा पिसाब फेरेर के हुन्छ ?’ उनले प्रश्न गरे । .... ‘प्रधानमन्त्रीले हिमालयन एयरलाइन्सको जहाजमा ग्यासका दुई चार सिलिन्डर र तेलका ट्याङकर हालेर ल्याउने आशा काठमाडौंका एलिटहरुले गरेका थिए,’ मधेशी मोर्चाका नेता झाले व्यंग्य गर्दै भने, ‘तर उनीहरु निराश बन्नुपर्ने भएको छ ।’ .... मधेसी दलहरु नेपालको ठूलो राजनीतिक शक्तिकेन्द्र हुन् भन्ने चीनले बुझेको उल्लेख गर्दै उनले आफूहरु चीनविरोधी भने नभएको प्रष्ट पारे ।
मधेशी मोर्चा र भारतीय राजदुतबीच भेटघाट
विहीबार विहान मोर्चाका नेताहरु र भारतीय राजदुतले सँगै ब्रेकफास्ट गरेर होलीको शुभकामना आदानप्रदान गरेका छन् । .... भेटघाटमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा, मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का राजकिशोर यादव, तराई–मधेश सद्भावना पार्टीका रामनरेश राय रहेका थिए ।
इन्डियन हाउसमा रे–मोर्चा वार्ता : अर्को आन्दोलन गर्न भारतको ‘गो अहेड’
‘प्रधानमन्त्री ओलीले त्यतिबेला घाइतेलाई निःशुल्क उपचार तथा आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता बारेमा तत्कालै निर्णय गर्ने भन्नुभएको थियो तर अझैसम्म त्यो पूरा भएको छैन,’ मोर्चाका नेताहरुको गुनासो थियो । त्यस्तै सो भेटमा प्रधानमन्त्री ओलीले राजनीतिक संयन्त्रको पूर्णता दिने विषयमा पनि कुरा राखेको र राजनीतिक संयन्त्रको टिओआर (कार्यविधि) नबनेसम्म संयन्त्रमा आफूहरु नबस्ने कुराको जानकारी गराएको पनि राजदूत रायसमक्ष मोर्चाका नेताहरुले राखेका थिए । ..... मोर्चा स्रोतका अनुसार राजदूत रायले आन्दोलनको तयारीको बारेमा पनि जिज्ञासा राखेका थिए । निकै रुष्ट देखिएका रेले मधेसको माग पूरा गर्न अब आन्दोलनको विकल्प नरहेको र मधेसी जनताको माग पूरा गर्नका लागि अर्को चरणको आन्दोलनको विकल्प नरहेको मोर्चाका नेताहरुलाई सुझाव दिएको स्रोतको दाबी छ । .... ‘हामीले यत्रो गर्दा पनि तपाईंहरुको माग पूरा हुने छाँटकाट देखिएको छैन । तपाईंहरु अब आन्दोलनको तयारी गर्नुहोस् । त्यसमा हाम्रो सहयोग र समर्थन रहन्छ,’ रेको भनाईं उद्धृत गर्दै मोर्चाका नेताले रातोपाटीलाई बताए ।
प्रचण्डलाई मधेसमा नछिर्न उर्दी
विभिन्न मधेसी दलका युवाहरु आबद्ध संघीय समावेशी मधेसी युवा गठबन्धन पर्साले प्रचण्डलाई मधेसमा नछिर्न उर्दी जारी गरेका हुन् । वीरगन्जमा भोलि शुरु हुने दोश्रो वीरगन्ज व्यपार महोत्सवको उदघाटन गर्न माओवादी अध्यक्ष प्रचण्ड भोलि वीरगन्जमा आउने कार्यक्रम थाहा पाएपछि मधेसी दलका युवाहरुले आज वीरगन्जको घण्टाघर चोकमा प्रदर्शन र नाराबाजी गर्दै प्रचण्डको पुत्ला समेत जलाएका छन् । ...... युवा गठबन्धन पर्साका अध्यक्ष इश्वरचन्द्र यादव र सल्लाहकार ओम प्रकाश सर्राफको अगु्वाइमा रहेका मधेसी दलका युवाहरुले घण्टाघर चोकमा प्रचण्डको पुत्ला जलाउनु साथै सरकार र ठूला तीन दल विरुद्ध नाराबाजी पनि गरेका थिए । ..... मधेसी जनताको विरोधी संविधान जारी गर्न प्रचण्डको मुख्य भूमीका रहेकाले प्रचण्डलाइ मधेसको भूमी वीरगन्जमा छिर्न नदिन चेतावनी दिदै पुत्ला दहन गरिएको युवा गठबन्धन पर्साका सल्लाहकार सर्राफले बताए । .... प्रदर्शनमा युवा गठबनधनका नेताहरु शेख मुन्ना , फिरोज बादशाहा , असरफ मन्सुरी , विष्णु पटेल , अमीत कुमार , आनन्द गुप्ता , उमाशंकर कलवार , राजीव झा लगायतको पनि सहभागीता रहेको थियो ।
किन पटक–पटक चीन गइरहन्छन् जेपी गुप्ता ?
उनले आफ्नो यो चीन भ्रमणलाई गोप्य राख्ने प्रयास समेत गर्दै आएका छन् । स्रोतका अनुसार संगठनका मान्छेलाई समेत कुनै जानकारी नदिई उनी पटक पटक चीन जान्छन् । यसरी उनी गोप्य रुपमा पटक पटक चीन जानुलाई मधेश राजनीतिमा अर्थपूर्ण रुपमा लिइएको छ । ..... भारतको च्वाइसलिस्टमा नरहेका जेपी गुप्ता यसरी पटक पटक चीन जानुलाई मधेश राजनीतिमा चासोको रुपमा लिएको छ । जेपी गुप्ता त्यो बेला चीन भ्रमणमा गएका छन् जुनबेला उनलाई मधेशी मोर्चामा लिन उपन्द्र यादवलहरुले इन्कार गरेका छन् । ..... स्रोत भन्छ, यी दुई मोर्चाबीच एकीकरण गराउन भारतले जेपी गुप्तालाई जानी जानी बाहिर राखेको हो ।’ ..... अहिले उनी बिल्कुल एक्दैछन् र यसै अवस्थामा उनी चीन भ्रमणमा गएका छन् । भारतको सहयोगमा मधेशी मोर्चाले आन्दोलन गर्दै आएको र अर्को आन्दोलनको तयारी भइरहेको बेला सुटुक्क चीन जानुलाई मधेशी मोर्चाले मात्र होइन, भारतीय दूतावासले पनि नजिकबाट अध्ययन गरिरहेको बताइन्छ ।
यस्ता छन् नेपाल र चीनबीच भएका १० सम्झौता