Friday, February 12, 2016

मधेस आंदोलन फेज ३ मा पुग्ने संकेत

मधेस आंदोलन फेज ३ मा पुग्ने संकेत मैले देख्न थालेको छु। फेज ३ भनेको ममता बनर्जी देखि लालु/नितीश देखि अखिलेश सम्म गुहार्ने भनेको हो।

११ बुँदे मा विषय प्रवेश गर्न नचाहने, सीमांकन मा पनि संविधान संसोधन र त्यस अगाडि संविधान पास गरेको शैली नै अपनाउने प्रयास ---- यो राम्रो संकेत होइन। यस्तै हो भने फेज २ भनेको वार्ता भन्दा फेज ३ का लागि गृह कार्य मा बढ़ी फोकस हुन जाने हुन्छ।

दमजम लाई बहिष्करण मा राख्ने उद्देश्य का साथ जुन राज्य (state) को स्थापना भयो त्यस राज्य (state) ले दमजम समावेशी बन्ने गरी रूपांतरित हुन आनाकानी गर्नु शायद संयोग होइन। फेज ३ भनेको अंतरिम संविधान र अंतरिम सरकारमा गएर टुंगिने फेज हो।




















Nepal News (25)

सगुनले नयाँ भर्सन ल्याउँदै
सन २०१४ को जुलाईमा सगुनको १.० भर्सन सुरु गरिएको थियो । २.० भर्सनको प्रधानमन्त्री केपीशर्मा ओलीले गएको नोभेम्वरमा शुभारम्भ गरेका थिए । सगुनको प्रयोगकर्ता २ लाख ५० हजार बढी पुगेको दावी छ । अमेरिकामा केन्द्रीय कार्यालय रहेको सगुनले भारत र नेपालमा कार्यालय स्थापना गरेको छ ।


फेरि मिल्यो मधेसी मोर्चा
सीमांकन टुंग्याउन संयन्त्रकै बाटो
सहमतिका लागि मोर्चा कार्यदल ब्युँताइयो
कार्यदल सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यका अनुसार आइतबारभित्र संयन्त्र विवाद टुंग्याउने प्रयत्न भइरहेको छ । 'दुवै पक्षबीच खुलेर कुराकानी भएको छ,' बालुवाटार बैठकपछि आचार्यले भने, 'बढीमा एक-दुई दिनभित्रमा ठोस परिणाम आउने गरी हामी संवादमा जुटेका छौं ।' प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले आइतबारभित्र सहमति खोज्ने गरी छलफल भएको जनाए । ...... उच्च स्रोतका अनुसार ओलीले भारतीय पक्षसँग प्रस्ताव नै राखेका थिए, 'भारतले नाकाबन्दी खुलाइदेओस्, मधेसी मोचर्ासँग संयन्त्रको बारेमा समझदारी जुटाउने काम मेरो ।' ..... ओलीले भारतीय पक्षसँग उक्त आश्वासन दिएपछि उनको दिल्ली भ्रमणको तिथिमिति तय भएको स्रोतले बतायो । सोहीअनुरूप वीरगन्ज-रक्सौल नाका भारतीय पक्षले माघ २२ गते एकतर्फी रूपमा खुलायो । आफूसँग समन्वय नगरी भारतले एकलौटी रूपमा नाका खुलाएको भन्दै क्रुद्ध मोर्चा नेताहरूले अन्ततः माघ २५ गते नाकाबन्दी फिर्ताको औपचारिक घोषणा गरेका थिए । यसरी आन्दोलनबाट बिना निष्कर्ष घर फर्केको मोर्चासँग ओलीले आफ्नै पहलमा संवाद प्रक्रिया ब्युँताएका हुन् ..... मोर्चाले संवैधानिक वैधता दिलाउने भरपर्दो ग्यारेन्टी खोजिरहेको छ । यसका लागि संयन्त्रलाई संविधानको अनुसूची नम्बर १० मा राखिनुपर्ने पुरानै अडान बैठकमा मोर्चा प्रतिनिधिले दोहोर्‍याए । तीन दलले भने संसदबाट अनुमोदन गरे पुग्ने भन्दै संयन्त्रलाई संसद मातहत राख्न चाहेका हुन् । .... ठाकुरले भने, 'जनताको चाहना बुझेरै हामीले आन्दोलन स्थगित गरेका हौं, अब मधेसमा दुई प्रदेश हुने गरी सीमांकन हेरफेर गर्ने जिम्मेवारी राजनीतिक संयन्त्रले लिनेछ ।' ..... ठाकुरले यसो भने पनि बालुवाटार बैठकमा

तीन दलले अझै पनि 'मधेसमा दुई प्रदेश हुने गरी' भन्ने वाक्यांश लेख्न मञ्जुरी दिएका छैनन् । उनीहरूको भनाइमा 'संघीय प्रदेशको सीमांकन पुनरावलोकन तथा परिमार्जन गर्ने गरी राजनीतिक संयन्त्र गठन गरिनेछ' वाक्यांश प्रस्ताव गरिएको छ ।

ओलीको भारत भ्रमणअगावै प्रस्तावित संयन्त्रलाई संसद बैठकबाट अनुमोदन गरिने बैठक स्रोतले जानकारी दिएको छ ।


मधेशी मोर्चामा तीन थप पार्टीहरु थपिए ।
सुशीलको अन्त्येष्टि नहुँदै बालुवाटारले माग्यो गाडी
कोइरालाको पार्थिव शरीरमा दागबत्ती दिन नपाउँदै बुधबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको निजी सचिवालयले गाडी फिर्ता मागेको हो । .... कोइराला चढ्ने बा.६च १०३० नम्बरको प्राडो गाडी फिर्ता गर्न प्रधानमन्त्रीको निजी सचिवालयले ताकेता गरेको थियो । सचिवालयमा कार्यरत नायब सुब्बा दयानिधि दवाडीले कोइराला बस्दै आएको महाराजगन्जस्थित डा. शशांक कोइरालाको घरको ल्यान्डलाइन नं ०१–४०१६२४० मा टेलिफोन गरी तत्काल गाडी फिर्ता गर्न भनेका थिए । .... बालुवाटारबाट बिहीबार बिहान पनि सोही टेलिफोनमा दुईपटक फोन गरी गाडी फिर्ता गर्न ताकेता गरिएपछि कोइराला चढ्ने गाडी प्रधानमन्त्री कार्यालय पुर्‍याइएको छ । सुशीलका आफन्त मृदुला कोइरालाले गाडी फिर्ता पठाइएको बताइन् ।


कोइरालाको मृत्युबारे प्रश्नमाथि प्रश्न
सुशील कोइराला प्रधानमन्त्री हुादा जनसम्पर्क सल्लाहकार रहेकी मृदुला कोइराला पनि उपचारमा लापरबाही भएको गुनासो गर्छिन् । सुशीलनिवास महाराजगन्जमा बिहीबार दिउासो कार्यकर्ताले निधारको घाउ के हो ? बाथरुममा लडेको सत्य हो कि होइन ? पूर्वप्रधानमन्त्रीजस्ता मान्छेलाई किन अस्पताल लगिएन भन्नेजस्ता प्रश्नहरू सोधिरहेका थिए । मृदुलासाग यी प्रश्नको जवाफ थिएन, बरु उनी थप आक्रोशित भइरहेकी थिइन् । ‘हाम्रो डाक्टर, डाक्टरभन्दा पोलिटिसियन बढी भयो । सुरुमै प्रस्ट बोल्नुको सट्टा अलमल्याउने कुरा बोले, त्यसपछि पटकपटक कुरा फेरे । त्यसैले झन् अलमल भएको छ,’ उनी भन्दै थिइन् । ...... सुशील दाइको टाउकोमा चोट लागेको भनेर टिप्पणी भएको छ । तर, त्यस्तो चोट केही पनि थिएन । आर्यघाटमा नुहाइदिादा चन्दन पखालिएको थियो, तर घाउ भेटिएन । त्यसैले चोट लागेको थियो भन्ने आधार छैन । सोमबार राति उहाँ कतै पनि लड्नुभएको छैन । ....... उहाालाई ठुल्ठूला रोगबाट बचाइयो, तर रुघाखोकी बिग्रिएर र निमोनियाले निधन भयो । ..... कडा रोगहरू निको पारेको अवस्थामा रुघाखोकी बिग्रिएर त्यो पनि अस्पताल नै लान नपाएर मृत्यु हुँदा मलाई पनि नराम्रो लागेको छ ।

Thursday, February 11, 2016

मधेसी मोर्चा मा सात दल

मधेसी मोर्चा मा सात दल पुग्नु सार्है राम्रो हो। अब त्यसलाई घटाएर तीन दल बनाउन सकिन्छ कि भन्ने प्रयास गर्नु पर्छ। शरद सिंह उपाध्यक्ष हुने गरी फेरि फोरम मा किन नफर्किने? गणतंत्र यादव किन फरक बस्नुपर्ने? अनिल झा र राजेंद्र महतो ले पार्टी एकीकरण किन नगर्ने? महेंद्र यादव को तमलोपा के तमलोपा? सात दल लाई तीन दल बनाउनु पर्छ।

शरद जी थर ले पहाड़ी तर राजनीतिक मुद्दा ले मधेसी। अनुहार पनि कालो। मधेसका ४०% पहाड़ी लाई तान्न सक्ने। खेलाड़ी हो। अति कुशल। बाप सांसद, बेटा सवा सांसद।

गुप्ता ले पनि आफ्नो अभियान को संगठन लाई एउटा पार्टी सँग एकीकरण गरे भै हाल्यो नि। यादव सँग कुरा मिल्दैन भने महतो सँग मिलाउ। बौद्धिक मान्छे। लेख हरु लेख्ने नेता। बाल ठाकरे जस्तो। ठाकरे ले पनि सामना पत्रिका मा लेखेको लेखै।

सीके राउत त केजरीवाल हो। कसै सँग एकीकरण गर्दैन।

अझ संघीय गठबंधन का जुन चार जनजाति दल छन ती दलले उपेन्द्र यादव को फोरम सँग पार्टी एकीकरण किन नगर्ने? तिनले एकीकरण गरेको खण्डमा मधेसी मोर्चाको नाम नै फेर्नु पर्ने हुन्छ। संघीय मोर्चा भन्नु पर्ने हुन्छ।

यानि कि ११ दल लाई तीन दल मा ल्याउनु पर्ने छ। तीन दल मा ल्याउने, नाम फेर्ने र एक पद एक उम्मेदवार मा जाने।

अनि त्यस संघीय मोर्चा मा नया शक्ति लाई पनि ल्याउनु पर्छ। मधेसी मधेसी मात्र भनेर हुँदैन। त्यो सद्भावना को २५ वर्ष को "संघर्ष" ले देखायो। ११ बुँदे पुरा भए पछि जनताको मा ज्याला मागन पुग्ने हो भने मधेसी मोर्चा को त्यही हाल हुन्छ जुन २०१४ मा नितीश को भयो। ११ बुँदे पुरा भए पछि १००% फोकस आर्थिक क्रांति हो।  नया शक्ति ले जस्तो राम्रो गृह कार्य कसैले गरेको छैन। मधेसी मोर्चा लाई संघीयता समावेशीता संस्थागत गर्नुछ भने नया शक्ति सँग मोर्चाबंदी गर्नु पर्छ।

बाबुराम तास बुझ्ने लाई एक्का हो।