Wednesday, February 03, 2016

मुगाम्बो खुश हुवा

-दलसम्बन्धी विधेयक संशोधन गर्न प्रस्ताव -दलको कार्यसमितिमा एक तिहाइ महिला हुनु अनिवार्य
मतादेशको अनुपातमा सरकारी ढुकुटीबाटै रकम पाउने दलहरूले आफ्नो लेखा परीक्षण पनि महालेखा परीक्षकको कार्यालयबाटै गराउनुपर्ने छ । ..... नयाँ कानुन लागू भएपछि लेखा परीक्षकको प्रतिवेदनसहित वार्षिक आयव्ययको विवरण नबुझाउने दलहरूले अर्को निर्वाचनमा भाग लिन पाउने छैनन् । ..... दलको तल्लो तहदेखि केन्द्रीय कार्यसमितिमा कम्तीमा एक तिहाइ महिला अनिवार्य गरिएको छ । ..... २०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा भाग लिएका १ सय २२ मध्ये ७७ दलले दस हजार मत पनि प्राप्त गरेका थिएनन् । समानुपातिकतर्फ २१ हजारभन्दा बढी मत प्राप्त गरी सदनमा प्रवेश पाउने दलको संख्या ३० थियो । त्यसमा पनि दस सिटभन्दा बढी सिट पाउने दलको संख्या ४ मात्रै छ । प्रत्यक्षतर्फ उम्मेदवारी दिएका १ सय २१ दलमध्ये ११ दलले मात्र सिट प्राप्त गरेका थिए । त्यसमा पनि ५ सिटभन्दा थोरै जित्ने दलको संख्या नै ८ छ ।



मैले नेपालको संविधान/कानुन मा चाहेको नंबर एक कुरा यो। जनता बाट बटुलेको मत को समानुपातिक पैसा राज्य बाट नै पार्टीले पाउने। त्यो बाहेक अर्को आय स्रोत हुन नहुने। महिला प्रत्येक तहमा एक तिहाई छँदै छ। अब मधेसको ११ बुँदे मा बाँकी रहेको १० पनि पुरा गर। अनि वास्तवमा दुनियाको नंबर एक संविधान बन्यो। बाँकी १० बुंदा पुरा गर्न ढिला किन?

पदमा पुगेर जति पैसा सुशील ले आफ्ना कार्यकर्ता लाई बाँडे र जसरी केपी बाँड्दै छन त्यति पैसाले प्रत्येक पार्टी चलाउन पुग्छ। भने पछि पैसा नभएको त होइन नि। बरु त्यसरी पैसा बाँड्ने बन्द गर्नु पर्छ।


Nepal News (6)

व्यापारिक राजधानी रित्तिने चिन्ता
वीरगन्ज भन्सारले मात्र कुल राजस्वमध्ये करिब ६० प्रतिशत संकलन गर्छ । यसबाहेक वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरले औद्योगिक कोरिडोर क्षेत्रबाट संकलन हुनेमध्ये करिब ४० प्रतिशत कर बुझाउँछ । ...... आर्थिक राजधानी त परको कुरा, औद्योगिक कोरिडोरसमेत घोषणा हुन सकेको छैन । देशमा संकलन हुने कुल राजस्वको झन्डै २५ प्रतिशत योगदान पर्सा जिल्लाले दिने गरेको छ । तर अघिल्लो आर्थिक वर्षमा केन्द्रले कुल विकास बजेटको १.५८ प्रतिशत मात्र पर्साको विकासका लागि छुट्याएको थियो । यति धेरै राजस्व संकलन हुने भए पनि वीरगन्जको विकासका लागि भने राज्यले थोरै बजेट विनियोजन गर्ने गरेको उद्योगीको गुनासो रहँदै आएको छ ।
डेढ प्रतिशतभन्दा बढी मत पाउने दललाई सरकारी खर्च
-दलसम्बन्धी विधेयक संशोधन गर्न प्रस्ताव -दलको कार्यसमितिमा एक तिहाइ महिला हुनु अनिवार्य
मतादेशको अनुपातमा सरकारी ढुकुटीबाटै रकम पाउने दलहरूले आफ्नो लेखा परीक्षण पनि महालेखा परीक्षकको कार्यालयबाटै गराउनुपर्ने छ । ..... नयाँ कानुन लागू भएपछि लेखा परीक्षकको प्रतिवेदनसहित वार्षिक आयव्ययको विवरण नबुझाउने दलहरूले अर्को निर्वाचनमा भाग लिन पाउने छैनन् । ..... दलको तल्लो तहदेखि केन्द्रीय कार्यसमितिमा कम्तीमा एक तिहाइ महिला अनिवार्य गरिएको छ । ..... २०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा भाग लिएका १ सय २२ मध्ये ७७ दलले दस हजार मत पनि प्राप्त गरेका थिएनन् । समानुपातिकतर्फ २१ हजारभन्दा बढी मत प्राप्त गरी सदनमा प्रवेश पाउने दलको संख्या ३० थियो । त्यसमा पनि दस सिटभन्दा बढी सिट पाउने दलको संख्या ४ मात्रै छ । प्रत्यक्षतर्फ उम्मेदवारी दिएका १ सय २१ दलमध्ये ११ दलले मात्र सिट प्राप्त गरेका थिए । त्यसमा पनि ५ सिटभन्दा थोरै जित्ने दलको संख्या नै ८ छ ।
सीमांकनबारे स्पष्ट धारणा नआएसम्म नाकाबन्दी खुल्दैन : ठाकुर
‘बिहार भेट : दुखका बेला इष्टमित्र भेट’
जारी मधेश आन्दोलनलाई सरकार र तस्करहरुले बदनाम गराएको दावी गर्दै मधेशका माागबारे सरकारले लिखित रुपमै कार्यन्वयन नगर्दासम्म आन्दोलन नरोकिने उनले बताए । हाल कार्यदल स्तरमा भएको वार्ता भने सकारात्मक भएको उनले खुलाए ।
जनकपुर पुगेर निधिले भने 'नेपाली कांग्रेस मधेसको मित्रशक्ति'
मोर्चाको बिरोध छल्दै निधि पुगे आफ्नो गाउँ
असोज ३ गते संविधान जारी भएयता पहिलो पटक गृहजिल्ला आएका निधि आफू पनि मधेसी भएकाले अधिकार सम्पन्न मधेस देख्न चाहेको बताए । मधेसवादी दलहरुको जन्म हुनु भन्दा धेरै पहिलेदेखि काँग्रेस मधेसका मुद्दाहरुलाई उठाउँदै आएको उल्लेख गर्दै उनले भने-'मित्रशक्तिको पहिचान नै नगरी मोर्चाका साथीहरु निषेधको राजनीतिमा उत्रिनु भएको हो । उनीहरुको यस क्रृयाकलापबाट मोर्चा स्वयंलाई घाटा भएको छ ।' ..... -'मुठभेडबाट कसैलाई लाभ हुदैन । घाटामात्र हुन्छ । उनीहरुले पनि बुझ्नु पर्दछ ।' ..... पछिल्लो संशोधन मार्फत मधेसका अधिकांश माग सम्वोधन भई सकेको उल्लेख गर्दै नेता निधिले सिमांकन तथा नागरिकता सहितका अन्य मुद्दाहरुमा नेपाली काँग्रेस मोर्चासंग सहकार्य गर्न तयार रहेको दावी गरे । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी संशोधन मोर्चाका शीर्ष नेताहरुको सहमतिमा गरिएको खुलासा पनि उनले गरे । ...... निधि जनकपुर आउने सूचना सार्वजनिक भए लगत्तै गत दुई दिनदेखि जनकपुरमा तनाव कायम भएको थियो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी मधेसी गठबन्धन, ननपोल्टिकल अर्गनाइजेशनसहितका आन्दोलनरत्त दल तथा संघ संस्थाका नेता/कार्यकर्ताहरु बुधवार विहानैदेखि नगरका चो चोकमा टायर बाली प्रदर्शन थालेका थिए । विहान ११ वजे हवाई अड्डा घेराउ गर्न जनकचौकबाट निस्केको जुलुसलाई सुरक्षाकर्मीहरुले भैरव मन्दिर नजिक रोकेका थिए ।.... यता काँग्रेस नेता तथा कार्यकर्ताहरुलाई परिक्रमा सडकको बाटो भई विमानस्थल जान दिइएको थियो । हवाई अड्डामा काँग्रेस कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती थिए । .....

निधि जनकपुर १ मिल्स एरियास्थित आफ्नो निजी निवास तथा जनकपुर ४ पियरियामाई स्थित पार्टी कार्यालय जाने हल्लापछि मोर्चाका कार्यकर्ताहरु नगरका चौक चौकमा अवरोध खडा गरी प्रदर्शन गरेका थिए ।

....... कार्यकर्ताले निधिलाई नगर परिक्रमा गराउन जिद्दी गरे पनि सम्भावित मुठभेडलाई दृष्टिगत गरी निधि नगर प्रवेश नै नगरि विमानस्थलबाट दक्षिण आफ्नो गाउँ नगराईन गएका थिए । निधि नगराईमा आयोजन हुने क्षेत्रनम्बर ३ को क्षेत्रीय अधिवेशनमा सहभागी हुने छन् । ..... काँग्रेस धनुषाका सभापति रामसरोज यादवले निधि माघ २५ गते हुने काँग्रेस जिल्ला अधिवेशनमा सहभागी भएरमात्र काठमाण्डौ फिर्ने जानकारी दिए । ..... मधेसी मोर्चाको अवरोधबीच काँग्रेस नेता निधीको हुन लागेको जनकपुर भ्रमणले स्थानीय प्रशासनलाई चिन्तित बनाएको थियो । रामजानकी विवाह महोत्सवमा सहभागी हुन राष्ट्रपति विद्या देवी भण्डारी यहाँ आए पछि उत्पन्न परिस्थितीलाई दृष्टिगत गरी जनकपुरको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको थियो । हेटौडाबाट थप सुरक्षावल ल्याइएको थियो ।


आन्दोलनको स्वरुप फेरिन सक्छ: महतो
राप्रपा नेता भन्छन्, ‘सरकारको समर्थन पुनर्विचार हुन सक्छ’
सत्तारुढ राप्रपाका बरिष्ठ नेता पशुपति शमसेर राणाले वर्तमान सरकार मुख्य विषयहरुमा असफल भएको भन्दै समर्थन पुनर्विचार गर्ने बताएका छन् । .... ‘जुन उत्साहले सरकारलाई समर्थन गरेका थियौं,’ काठमाडौंमा बुधबार भएको साक्षात्कारमा राणाले भने, ‘त्यो अब बाँकी रहेन ।’ उनले

सरकार मधेस आन्दोलनलाई सम्बोधन गर्ने र भूकम्प पछिको पुनर्निर्माण कार्यलाई तीब्ररुपमा अगाडि बढाउने विषयमा असफल भएको राणाले बताए ।

इरफानले अस्विकार गरे स्पिलवर्गको फिल्म

Tuesday, February 02, 2016

Nepal News (5)



आन्तरिक लोकतन्त्रको मुद्दा उठाउँदै नेपाल समूह बहसमा उत्रियो
ओलीको कार्यशैलीप्रति एमालेको नेपाल समूह रुष्ट
सरकार सञ्चालनको नेतृत्वको अनुभव समेत भएका नेता खनाल र नेपालले ओलीले विना अध्ययन महत्वकांक्षी योजना अघि सार्दा ओली व्यंगको पात्र बनेको र त्यसले पार्टीलाई नै नराम्रो भएको टिप्पणी गरे । ‘हावाबाट विजुली निकाल्छ सकिन्छ तर त्यसका लागि योजना बनाउनुपर्छ बोलेर मात्र हुदैन’ नेता नेपालले भने ,‘सौर्यबत्तिबारे मेरो पालामा पनि कुरा आएको थियो, तर त्यो पछि भएन, अहिले पनि कुरा आएको छ ,कुन कुन स्वार्थ बोकेर माफियाहरु आउछन्, त्यो बुझ्नुपर्छ बुझा नबुझै कार्यकाल सकिन्छ काम हुनसक्दैन’ नेपालले आफ्नो अनुभव सुनाए ..... पूर्ववर्ती कोइराला सरकारमा सफल मन्त्री मानिएका नेता लालबाबु पण्डितले पार्टीले जिम्मेवारी विहीन बनाएकोमा दु:ख प्रकट गरे ।

‘मन्त्रीबाट हटेको तीन महिना भयो, के काम गर्ने भनेर पार्टी कार्यलय गएको थिए मन्त्री हुँदा पढ्न पाउनुभएन होला, यही पढ्नुहोस् भन्दै पार्टीको दस्तावेजको दिए’ नेता पण्डितले भने ।

उनले पनि सरकरको कामकारवाहीमा असन्तुष्टी प्रकट गरे ।‘ बोली र व्यवहारमा तालमेल भएन, बोली व्यवहारमा लागू नहुँदा टुक्कामा मात्र सिमित भयो’ पण्डितले अध्यक्ष ओलीप्रति कटाक्ष गरे । ..... ‘जनताको बहुदलीय जनवाद अन्य पार्टीसँग प्रतिस्पर्धा गर्न मात्र होइन आन्तरिक लोकतान्त्रिकरणका लागि पनि लागू हुने हो’ सचिव भट्टराईले भने,‘हामीले अमेरिकाको जस्तो राष्ट्रपतीय पद्धति पार्टीमा अपनाएका छैनौ, अध्यक्षले मात्र गर्ने भन्ने विधानमा व्यवस्था छैन सामूहित नेतृत्वअनुसार पार्टी चल्नुपर्छ ।’
मोर्चाका नेताहरु लालुको अगाडि ‘लम्पसार’ पर्नु लाजमर्दो : गच्छदार
मधेसी वा थारुलाई अधिकार समपन्न बनाउन अरु देशबाट जनता ल्याएर नहुने टिप्पणी गरे । ...... गच्छदारले भने, ‘राजेन्द्र महतो अहिले मेरा पछाडि लागेका छन्, घरघर जान्छन्, चिया पिउछन्, भात खान्छन् र मेरो विरुद्धमा बोल्छन् ।’ उनले महतो राजनीतिमा आफूभन्दा निक्कै पछाडि रहेको बताए । गच्छदारले भने–‘म राजनीति सुरु गरेर ०२७ सालमा जेल पर्दा उनी कसै कहाँ नोकरी गर्थे, ठेक्कापटाको काम गर्थे, अहिले आएर मेरो रिस गरेर हुन्छ ?’ ......

आफू आन्दोलनबाट फिर्ता नभएको बताउँदै उनले आन्दोलनको माग स्थापित गराउनेका लागि सरकारमा गएको कार्यकर्तालाई प्रष्टोक्ति दिए ।

...... ०६३ साल माघ १ गते अन्तरिम संबिधान जारी हुँदा आफूले नै मधेस आन्दोलनको बिगुल फुकेको गच्छदारले दावी गरे । उनले भने–‘थारु, मधेसी, मसुसलमान, आदीवासी जनजाती लगायतको अधिकार छैन्, अन्तरिम संविधान अपुरो छ अधुरो छ त्रुटिपूर्ण छ भन्दै मैले बिगुल फुकेँ, माघ २ गते मैले पठाएको कार्यकर्ताको सहयोगमा उपेन्द्र यादवले माइतीघर मण्डलामा संबिधान जलाए, राज्य असहिष्णु भएर जलाउनेहरुलाई पक्राउ गर्‍यो, लहान घटना भयो र मधेस आन्दोलन सुरुवात भयो ।’ .....

‘मधेस दिंदा देश टुक्रिन्छ भन्नेहरुलाई म सोध्न चाहन्छु, अहिलेको २ नम्बर प्रदेशका ८९ प्रतिशत जनताले आत्मनिर्णयको अधिकार अन्तरर्गत भोटिङ गरेर छुटै देशको माग सहित युएन मा गए भने के हुन्छ ?,’ उनले भने, ‘संसारका अगाडि गए के हुन्छ, ठूला दलका नेता मेरा यी प्रश्नले आवाक छन् ।’

...... गच्छदारले भने ‘कोइरालाकै नेतृत्वको सरकारले होइन ? ४५ जना मधेसीलाई मारेको ।
प्रतिकारमा उत्रिने धनुषा कांग्रेसको चेतावनी
मोर्चाको त्रियाकलाप अराजक
सभापति यादवले आफूहरु पनि मधेस आन्दोलनको जायज माग सम्बोधन होस् भन्ने चाहेको बताए । ..... 'हामी पनि मधेसको जायज मांग पूरा होस् भने चाहेका हौं । आन्दोलनमा पनि सहभागिता जनाउँने निर्णय गर्यौ तर मोर्चाका नेताहरुले स्वीकार गरेनन्', उनले भने । निषेधकै राजनीतिको कारण आन्दोलनमा सहभागिता घटदै गएको तर्क उनको थियो । .... सोमवार काँग्रेस पूर्वमहामन्त्री एवं सांसद विमलेन्द्र निधीको घरमा ढुंगामुढा संगै मोटरसाइकलमा आगजनी गरिएको थियो भने काँग्रेस संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना तथा सांसद लीला कोइरालाको घरमाथि ढुंगामुढा गरिएको थियो । यस अघि सांसद रामकृष्ण घरमाथि समेत ढंगामुढा गरिएको थियो । ...... नेपाली काँग्रेसको जारी जिल्ला अधिवेशनमा सहभागी हुन पूर्वमहामन्त्री विमलेन्द्र निधी बुधवार जनकपुर आउने कार्यक्रम छ । असोज ३ गते संविधान जारी भएयता उनी पहिलो पटक गृहनगर आउन लागेका हुन् । ...... यता आन्दोलनरत्त संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी मधेसी गठबन्धन तथा ननपोल्टिकल अर्गनाइजेशनको मंगलवार सम्पन्न बैठकले सांसद निधिको भ्रमणको विरोध गर्ने निर्णय गरेको छ । आन्दोलनकारी पक्षको संयुक्त बैठकले विहान ११ वजे जनकचौकमा भेला भई हवाई अडा घेराउ गर्ने रणनीति बनाएको छ ।...... नेपाली काँग्रेस धनुषाले भने पूर्व महामन्त्री निधीलाई भव्य स्वागत गर्ने तयारी गरेको छ । आफ्नो नाम सार्वजनिक गर्न नचाहने एक जिल्ला नेताका अनुसार-निधीलाई स्वागत गर्न हजारौ काँग्रेसी हवाई अडामा उपस्थित हुनेछन् ।
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीकरण प्रक्रिया सुरु

सरकार-मोर्चा वार्ता कहाँ अड्कियो ‘गाँठो’
‘प्रधानमन्त्रीजीलाई पनि यहाँ अनुकूल वातावरण बनेको सन्देश लिएर दिल्ली जाने इच्छा देखिन्छ,’ मोर्चाका अर्का नेताले भने, ‘कांग्रेसले मधेसका थुप्रै ठाउँमा महाधिवेशन प्रतिनिधि छान्न, कार्यक्रम गर्न नसकिएको भन्दै मोर्चासँग समझदारीको अपेक्षा राखेको छ । हामीले वार्तामा टुंगो लाग्न बाँकी मुद्दाहरूमा एकैपटक सहमति खाजौं भन्ने जवाफ दिएका छौं ।’
ओलीका सीमित भारत–विकल्प
भारतको गणतन्त्र दिवसको अवसर पारेर भारतीय राजदूत रणजीत रायले नेपालका हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतको सहयोग र समर्थन रहेको भनेबाटै नाकाबन्दी र मधेस आन्दोलन जोडिएको प्रस्ट देखियो । ....... सन् २००८ को चुनावका बेला आफूले चुनाव जितेमा अमेरिकाका शत्रु मानिने इरान, सिरिया, भेनेजुयला, क्युबा र उत्तर कोरियाका नेताहरूलाई ‘कुनै पूर्वसर्तबिना पहिलो वर्षको कार्यकालमै भेट्न तयार छु’ भन्दा ओबामा विवादमा तानिएका थिए । किनभने यी देशहरूसँग कुरा नगर्नुलाई अमेरिकाले सजाए दिएजस्तै ठानिन्थ्यो । ....... भनिन्छ, नेपालबारे राजदूत रायले दिल्लीलाई ‘रिपोर्टिङ’ गर्छन् तर नेपाल हेर्ने मोदीका सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव एस. जयशंकर सधैं अन्य अन्तर्राष्ट्रिय मुद्दामा व्यस्त भएका कारण मोदीसम्म पुग्ने खबर र सूचनामा ‘ग्याप’ हुने गरेको छ । भारत नेपालमा नाकाबन्दी नै लगाउन पुग्नुलाई यही अवस्थाको उपज मानिन्छ । .....

भारतले तराई–मधेसमा दुइटा प्रदेश नै चाहेको हो र यो पूरा नभएसम्म मधेस आन्दोलनमा उसको समर्थन जारी रहन्छ भन्नेहरू पनि छन् ।

....... भारतको नाकाबन्दी र मधेस आन्दोलनले देशको विकास कैयौं वर्ष पछाडि धकेलिदियो तर यसको एउटा सकारात्मक पक्ष के छ भने व्यापार र पारवहनको विविधीकरण तथा आत्मनिर्भरताका लागि आफ्नो उत्पादन कति महत्त्वपूर्ण हँुदोरहेछ भन्ने कुराले हाम्रा नीतिकारको मस्तिष्कमा गहिरो छाप बनायो । .......

व्यापार, पारवहन, विकास, पुनर्निर्माण र आर्थिक विविधताका लागि ‘उत्तरतिर फर्क’ भन्ने नीति तर्जुमा गरेर चीनलाई विश्वासमा लिँदा ओली सरकारको गठबन्धनको जग बलियो बन्न सक्छ ।

...... अफ्रिका पुगेर जिम्बाबेको डुब्दो अर्थतन्त्रलाई उकास्न अरबौं डलरको सहयोग गर्ने चीनले छिमेकी नेपाललाई सकेजति सहयोग गर्न आनाकानी गर्ने अवस्था कसरी आयो ?


सप्तरीबाट दर्जन बढी मोर्चा कार्यकर्ता पक्राउ
जारी रहेको नेपाली काँग्रेसको राजविराज नगर अधिवेशनमा अवरोध पुर्‍याउने दर्जन बढी मधेसी मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले मंगलवार राजविराजबाट पक्राउ गरेको छ । .... पक्राउ पर्नेहरुमा सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, विद्यार्थी मञ्चका राष्ट्रिय अध्यक्ष किशोरकुमार यादव, मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादव, पूर्व संयोजक एवं फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश यादव, सचिव उमेश यादव, सदस्य केदार यादव, तपलोपा सप्तरीका कोषाध्यक्ष विरेन्द्र साह, नेकपा-माओवादी मातृका समुहका जयप्रकाश यादवसहितका एक दर्जन बढी रहेका छन् ।

Lalu Prasad Yadav should not treat Nepal's national Madhesi leaders as if they were feudatories from a Bihar...

Posted by Kanak Mani Dixit on Monday, February 1, 2016

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा : करने वाले से ज्यादा देखने वाले को शर्म !

Posted by Jay Prakash Ananda on Tuesday, February 2, 2016

"संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा : करने वाले से ज्यादा देखने वाले को शर्म !" - Jay Prakash Ananda

Posted by Kanak Mani Dixit on Tuesday, February 2, 2016




Madhesis in Nepal to continue protests till next election, says separatist leader

@KTnepal (कमल थापा) यो तस्विर सार्है स्वाभिमानी नेपाली को.गुड विद्यार्थी ठिन्ग्रिंग परेर टाउको झारेर चाकरी को स्पस्ट शारीरिक भाषा मा उभिनु पर्नेरहेछ नेपाली हुन हगी.

Posted by Subhash Chandra Shah on Tuesday, February 2, 2016

भारत बिहारको बिपक्षी दलका नेता मा शुसिल कुमार मोदी र पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो बिच पटनामा भेंटघाट

Posted by सदभावना पार्टी on Tuesday, February 2, 2016

Bernie & Me - it's hopefully not interference in internal affairs of the USA to be wearing a Bernie Sanders top !(at the site of Bhaidegah reconstruction, Patan Durbar Square. Pic courtesy: Hans Hofer.)

Posted by Kanak Mani Dixit on Tuesday, February 2, 2016

पटनामा आयोजित कार्यक्रम .....मिडिया फ़र बोडर हार्मोनीद्वारा भारतको पटनामा आयोजित कार्यक्रम "मधेश आन्दोलन मे हमारी (भारतीय) भूमिका" लाई सम्बोधन गर्दै सदभावना पार्टी का राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो

Posted by Upendra Mahato on Tuesday, February 2, 2016

चिन से इन्धन लयानेके लिए धुप अगरवती नारिवल से पुजा कर के वहाँ गाडी भेजने से देश का इज्जत नही गिरता लेकिन बिहार जाकर मधेसी नेता सहयोग माङे तो गलत है ?

Posted by Mahesh Yadav Adhikari on Tuesday, February 2, 2016

Tu Kare to Rashlila.. Mai karu to character dhila... Kya baat.

Posted by Satendra Sah on Tuesday, February 2, 2016
ठूलो भेदभाव रहेछ मधेसी उपर तर स्वयम् मधेसी बाट| ०.८५२ (एक प्रतिशत भन्दा कम) झा, राजपुत र कायस्थले मधेसी आरक्षणको ९०% हाम गर्दा रहेछन|

देश को प्रधानमन्त्रीको हैसियतमा आफ्नै आँगनमा आएका सहसचिव स्तरका भारतीय राजदुतलाई सास्टाङ्क दण्डवत गर्ने केपी ओली का भारद...

Posted by Subhash Chandra Shah on Tuesday, February 2, 2016

Madhesi People have blood relation with Bihari people. We invite All Bihari to come in nepal n secure our life from Oli's bullet.

Posted by Mahesh Yadav Adhikari on Tuesday, February 2, 2016

चलनी हँसे जिसमें खुद बहत्तर छेद......१. नेपाल सरकारको परराष्ट्र मन्त्री कमल थापा जो बिना निमन्त्रणा नै भारत पुग्छ, आन्...

Posted by Upendra Mahato on Tuesday, February 2, 2016

हामी भारत सरकारजस्तो मधेस आन्दोलनको हकमा बेखबर रहन सक्दैनौं। दिल्ली र काठमाडौंको हवाई सम्बन्ध छ। मधेससँग हाम्रो जमिन जोडिएको छ। Raghubans Prasad Singh.

Posted by Subhash Chandra Shah on Monday, February 1, 2016

Pakistani media covers Dr CK Raut.

Posted by Subhash Chandra Shah on Tuesday, February 2, 2016

भेंटघाट बिहारको बिपक्षी दलका नेतासँग....भारत बिहारको बिपक्षी दलका नेता मा शुसिल कुमार मोदी र सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो बिच पटनामा भेंटघाट

Posted by Upendra Mahato on Tuesday, February 2, 2016

यो राष्ट्रवादी पत्रकार मधेसी सँग किन सधै सौता को जस्तो ब्यवहार गर्छन ? मधेसी नेता बिहारी नेता सँग भेतदा हेपेर लेखिरहेका छन । यि सब ओलि का सन्तान रहेकाछन ।

Posted by Mahesh Yadav Adhikari on Tuesday, February 2, 2016

लालु : का खिलाउ, शाकाहारी या मान्साहारी ?आलु: कुछो नाही, सिर्फ बिहारी ।

Posted by Manoj Gajurel on Tuesday, February 2, 2016

Monday, February 01, 2016

सीके राउत ले आफ्नो इमेज नबिगार्ने तरिका


  • पहिलो कुरा त मधेस अलग देशलाई माओवादी को समाजवाद जस्तो बनाउनु पर्यो --- टाढाको गंतव्य। त्यस किसिमको flexibility नदेखाए सम्म सीके राउत ले गर्ने भनेको मधेसी मोर्चा का लागि राजनीतिक स्पेस निर्माण गरिदिने मात्र हो। तर टैक्टिकल flexibility देखाएर अहिलेको आंदोलन र त्यस पछिको प्रत्येक निर्वाचन मा भाग लिने गरि अगाडि बढे सीके ले मधेस खान्छ। होइन भने एकोहोरो किसिमले मधेस अलग देश एक मात्र एजेंडा भनिराखे स्पेस बनाउने सीके ले स्पेस लिने मधेसी मोर्चाले भने जस्तो हुन्छ। 
  • १००% क्लीन इमेज। न बाबुराम ले न सीके ले यो गुमाउने मैले देख्छु। 
  • जनताको मा इमेज कहाँ गएर गुम्छ भन्दा ठुलो ठुलो कुरा गर्ने तर deliver नगर्ने। जस्तो कि चुनाव हुन्छ पाँच साल का लागि। त्यस पाँच साल का लागि मैले सत्ता पाए यो यो गर्छु भनेर स्पष्ट भन्न सक्नु पर्यो र त्यस अनुसार गरेर देखाउन सक्नु पर्यो। त्यो स्पष्ट कम्युनिकेशन भयो भने भने अनुसार को अधिकांश गरेर तर सबै नगरे पनि फलानो फलानो कारणले गर्न सकिन सबै भनेर जनताको मा जाने हो भने इमेज गुम्दैन। जनताले बुझ्छ। सकेसम्म प्रयास गरेको हो। तर अन्य कारणले सबथोक सकेन भने जस्तो हुन्छ। अनि आगामी पाँच वर्ष को लागि नया कार्यक्रम आउँछ। चुनाव लड्दा दर्शन फिलोसोफी छाँटने होइन कि राजनीतिक कार्यक्रम लिएर जाने हो जनताको मा। स्पष्ट कार्यक्रम ल्याउन का लागि देश परिवेश बुझेको हुनुपर्यो। सरकारी यंत्र तंत्र बुझेको हुनुपर्यो। संभावना पनि सीमितता पनि बुझेको हुनुपर्यो। 
  • प्रत्यक्ष निर्वाचित राष्ट्रपति नभए पनि मोदी ले आफुलाई अमेरिका को राष्ट्रपति भन्दा बढ़ी शक्तिशाली बनाउन भ्यायेकै छ। 
  • भने पछि अब भटाभट मधेसी को ११ बुँदे मानने र सबै देश विकासमा लाग्ने हो। लोकतान्त्रिक प्रतिस्प्रधा को बाटो। 
  • मधेस अलग देश असंभव छ। पहिलो कुरा त सीमांकन कै आउँछ। बरु एक मधेस दो प्रदेस मा झापा देखि कंचनपुर आउँछ। मधेस अलग देश मा सबै लाई कसरी ल्याउने होला? 
  • केही गरी ल्यायो भने पनि ४०% पहाड़ी त फेरि उही हो। तिनी सँग त्यही अहिले कै राजनीतिक संघर्ष यथावत रहने हुन्छ। 
  • बरु मधेस अलग देश को अहिंसात्मक आंदोलन का लागि चाहिने जुन संगठन निर्माण गर्नु छ, त्यति गर्न सके त सारा देश नै कब्ज़ा हुन्छ, मधेस मात्र किन? पहाड़ नपुगी नै सारा देश कब्ज़ा हुन्छ। सारा देश पाउने ले मधेस अलग देश मा आफुलाई किन सीमित राख्ने? लिच्छवी शासन किन नफर्काउने? अर्को एउटा चांगु नारायण मंदिर निर्माण। 
  • तीन ध्रुव: एमाले-माओवादी, काँग्रेस, मधेसी-जनजाति-नया शक्ति




Nepal News (4)



कांग्रेसका पूर्वमन्त्री, सांसद र केन्द्रीय नेता वडामै पराजित
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो
भारतले नेपाललाई आगामी डेढ वर्षभित्र ३०० मेगावाट विद्युत् उपलब्ध गराउने बचन दिएको छ ।




कांग्रेसका को कति शक्तिशाली ?
प्रारम्भिक सर्वेक्षणअनुसार ३३ सयभन्दा बढी प्रतिनिधिहरुमा कोइराला पक्ष र देउवा पक्ष दुवैको ८–८ सय प्रतिनिधि आउने अनुमान गरिएको छ । वाह्य प्रभाव पर्नसक्ने भोट करिब पाँचसय रहने अनुमान गरिएको छ । त्यसपछिको अंकमा हिसाब गर्दा तेस्रो शक्तिका रुपमा रहेका खुमबहादुर खड्काको भोट करिब ३५० को हाराहारीमा रहने विश्वास गरिएको छ । अर्जुननरसिंह केसी (गगन थापासमेत) को मत २५० सम्म पुग्ने अनुमान गरिएको छ । त्यसपछिका नेताहरु कृष्ण सिटौला, रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का , विमलेन्द्र निधि, प्रकाशमान सिंह, रामशरण महतहरु व्यक्तिगत भोट बैंकको हैसियत भएका पंक्तिमा पर्छन् ।

Nepal News (3)

Nepal News (2)

मधेशी मोर्चा संगको वार्ता प्रकृया चल्दै गर्दा संविधान संशोधन भन्दा केहि दिन अघि भएको अन्तिम वार्ता वालुवाटारमै शीर्ष नेत...

Posted by C.k. Sah on Monday, February 1, 2016


बिहारको मुजफ्फरपुर पुगेका मधेशी मोर्चाका शीर्ष नेताहरू संगै डा रघुवंश प्रसाद सिंहसंग भेटघाट गर्दै

Posted by सदभावना पार्टी on Sunday, January 31, 2016


पहाडै पहाडले भरिएको नेपालकोलागि प्राबिधिक चमत्कार ? १. उड्ने गाडी -- अबको केहि दशक भित्र हालै प्रचलित "ड्रोन" उड्ने गा...

Posted by Rudra Raj Pandey on Monday, February 1, 2016

This is the problem with these guys. They make big promises like they will provide employment to 2 million youth and do...

Posted by Rudra Raj Pandey on Sunday, January 31, 2016

आयोगका अध्यक्ष शर्माले मधेश आन्दोलनका दौरान मानव अधिकारको चरम उल्लंघन हुनुमा पनि राजनीतिक स्वार्थ मुख्य कारण रहेको बताए ...

Posted by Brikhesh Chandra Lal on Sunday, January 31, 2016

'कन्ट्रोल्ड सेटिँग' मा नभई बाबुराम भट्टराई संग खुला, अ-प्रायोजित सार्वजनिक बहस गर्ने मेरो रहर - पोखरा लिट-फेस्ट आयोजकसंग पनि आग्रह नगरेको होइन ! कुनै दिन मेरो पालो आउला !

Posted by Kanak Mani Dixit on Sunday, January 31, 2016

अहिले मधेसिले राज्यसत्ता सँग समान ह्क र अधिकार मान्ङ्दैछन ।भोली राज्य्सत्तलीले मधेसिसङ केहि माङने दिन नाओस । जय मध्र्स

Posted by Mahesh Yadav Adhikari on Monday, February 1, 2016

नाकाबन्दी या डाकाबन्दी ?

Posted by Santosh Shah on Monday, February 1, 2016

सदभावना पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले अन्तरिम सविधानमा उल्लेख गरिएको मधेसीहरूको अधिकार समेत खोसिएको बताए। उनले...

Posted by सदभावना पार्टी on Monday, February 1, 2016

अाज कांग्रेस नेता विमलेन्द्र निधिको घर जलाएका छन्। निषेधको राजनीति मधेस मुक्तिको न साधन बन्न सक्छ न साध्य। शान्तिपूर्ण बाटोको विकल्प छैन।

Posted by Guna Raj Luitel on Monday, February 1, 2016




मधेशको मागका लागि भारतिय जन्ता लडन तैयार छन-सिंह
गोष्टीमा रघुवंसप्रसाद सिंहले भने नेपाल सरकारले मधेशीको माग पुरा नगरे भारतबाट गएर भारतिय जन्ताहरु मधेशीका लागि आन्दोलन गर्न बध्यहुने छन र मधेशको माग पुरा गराउने छन । ..... भारतीय नेता सिंह पछिल्लो समय नेपालसँग सीमा जोडिएको भारतीय बजारहरूमा मधेस आन्दोलनवारे सभा गर्दै आएका छन् । माघ ७ गते ३ जनाको ज्यान जाने गरि भएको हिंसात्मक झडपको भोलीपल्ट सिंहले विराटनगरसँग सीमा जोडिएको जोगवनी बजारमा सभा गरेका थिए । उक्त सभामा मधेसी मोर्चाका स्थानिय नेताहरूले सहभागिता जनाएका थिए । यस्तै मुजफ्फरपुरवाट बिहारको राजधानी पटना जाने र त्यहाँ माघ १८ गते मुख्यमन्त्री नितिसकुमार र राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव र भारतीय जनता पार्टीका नेताहरुलाई भेटने कार्यक्रम रहेको ती सहयोगीले जानकारी दिए ।
मधेस आन्दोलनलाई सघाउन केन्द्रीय सरकारको ध्यानाकर्षण गराउने लालुको आश्वासन
सिके राउत दिल्लीमा, उच्च स्तरीय भेटघाटमा व्यस्त, अडानबाट पछि हटदै…
स्वतन्त्र मधेश गठबन्धन(Alliance for Independent Madhesh) का अध्यक्ष तथा पृथकतावादी आन्दोलनका एक अगुवा डा.सीके राउत दुइ सातादेखि भारत भ्रमणमा रहेका छन । अति नै गोप्य राखिएको भ्रमण दलमा वहाँका एक मात्र विश्वास पात्र (स्वकीय सचिव) सत्य नारायण खंग ‘ मधेशी’ मात्र सहभागी छन। ..... भारतका प्रधामन्त्री,विदेश मन्त्री, विपक्षी दलका नेता र भारतका विभिन्न राजनितिक दलका नेताहरुलाइ भेटघाट गर्ने कार्यक्रम छ । ......

नेपालबाट मधेस अलग गर्ने योजनामा लागेका राउतलाई दिल्लीले बोलाएर तराई मधेशमा तँपाइ जस्तो यूवा नेताको आवश्यकताको खाँचो रहेको भन्दै पुर्ववत अडान छाड्न भारतले निर्देशन दिएको हुनसक्ने अनुमान गरिएको छ । केहिदिन यता सरकारले ६ महिनादेखि जारी मधेश आन्दोलनमा चरम दमन गर्न थालेपछि सिके राउतको अभियान तर्फ सर्वसाधारणको क्रेज बढदै गएको देखिन्छ । हाल १ लाख ३ हजार ५ सय १२ जना सक्रय सदस्य छन ।



विमलेन्द्र निधिको घरमा आगजनी, जनकपुरको अवस्था तनावग्रस्त
आन्दोलनकारीले निधीको घर आगनमा राखिएको आधा दर्जन कुर्सी पनि भाँचिदिएका छन्। घटनापछि पुगेको प्रहरी र छिमेकीले मिलेर आगो नियन्त्रणमा लिएपनि मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएको रेल्वे स्टेशन प्रहरी चौकीका इन्चार्ज अयोधीप्रसाद यादवले बताए ।
यी हुन् मापसे गरेर काठमाडौंमा बबण्डर मच्चाउने भारतीय दूत, प्रहरीले मध्यराति समात्यो
अभयलाई जरिवाना गरेर ट्राफिक प्रहरीले पहिलोपटक भारतीय उच्च अधिकारीलाई कारवाही गरेको हो ।
कार्यकारी राष्ट्रपति बनाउनुस् देशको मुहार फेर्छु- बाबुराम भट्टराई
उनले अस्थिरताले काम गर्न नपाएको तर्क गर्दै संसदीय व्यवस्था परिवर्तन गरी आफूलाई कार्यकारी अधिकारसहितको राष्ट्रपति बनाए दस वर्षमा गरिवी हटाई मुलुकलाई समृद्ध बनाउने दावी गरेका हुन् । भट्टराईले विचारभन्दा पनि नेपालको विकास र समृद्धिको आवश्यकता पूरा गर्न नयाँ शक्ति चाहिने तर्क पनि गरे । ....... बहसमा नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक पार्टी विचारधाराबाट निर्माण हुने उल्लेख गर्दै भट्टराईको विचारविहीन शक्तिबाट ठूलो अपेक्षा नगरेको बताए । पत्रकार सुधीर शर्माले भने बौद्धिक बहस गर्दैमा नयाँ शक्ति नबन्ने जिकिर गरेका थिए ।

१० लाख

Bihar leaders ‘to send 10 lakh Indians to Madhes agitation’
A plan to bring as many as one million people from the neighbouring Indian state of Bihar in a bid to intensify the ongoing Madhes agitation on the Nepali side has reportedly been agreed between the United Democratic Madhesi Front (UDMF) and Indian leaders. ...... Earlier, Media for Border Harmony and India-Nepal Friendship Association had handed over the invitation to the UDMF for the visit of Bihar....... Dr Raghuvansh Prasad Singh, the national vice-president of Rastriya Janata Dal (RJD), informed that the people of Bihar would participate in the UDMF’s agitation to “defy the domination of the (Nepal) government toward the Madhesi people.” ...... Speaking in a press conference organised by Media for Border Harmony in Muzaffarpur of Bihar on Sunday, Singh, who was a member of Indian parliament, stated that people of Bihar were also ready to stage a sit-in protest in Kathmandu as well as in New Delhi for the rights of the Madhesi people....... After the completion of the programme in Muzaffarpur, the top leaders of all UDMF constituents headed to Patna, the state capital, to seek further support from the Indian leaders.

कि ७५ जिल्ला कायम रहन्छ कि ७५ जिल्ला गायब हुन्छ

कि ७५ जिल्ला कायम रहन्छ कि ७५ जिल्ला गायब हुन्छ। एक मधेस दो प्रदेश मा जाँदा मधेसको कुनै पनि जिल्ला तोड़ फोड़ हुँदैन। जस्ताको तस्तै।


Nepal News (1)



सीमाकंन पुनरावलोकन पछि मात्रै नाका सहज : दाहाल
‘संविधान संसोधनसंगै नाका खुल्छ भन्ने धेरैको अपेक्षा थियो । तर मलाईचाहिँ त्यस्तो लागेको थिएन,’ पार्टी कार्यालय पेसिरडाँडामा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले भने– ‘राजनीतिक संयन्त्र निर्माण गरी जवसम्म सीमाकंन पुनरावलोकनको प्रक्रिया अघि बढ्दैन, तवसम्म नाका खुल्छ जस्तो लाग्दैन ।’ ...... इन्धन लगायत अत्यावश्यक सामग्री आयातको नेपालको कुल आयातको ८० प्रतिशत हिस्सा ओगट्ने वीरगञ्ज नाकामा सुचारु नभई ब्यवहारिकरुपमा नाकाबन्दी अन्य हुँदैन । ......

कालोबजारि र तस्करीमा सक्रिय गिरोहले नाकाबन्दी लम्बियोस भन्ने चाहना राखेको पनि उनले बताए ।

....... ‘एउटा छिमेकीको नाताले मैले बेजिङ ओलम्पिकको समापन समारोहमा जानै पथ्र्यो, त्यस अघि भारत जान सम्भव पनि थिएन,’ उनले भने– ‘मैले चीन–भारतबीच खेल्न खोजेको होइन । त्यतिवेला ओलम्पिक समापन समारोह बेजिङको साटो दिल्लीमा भएको भए म भारतनै पहिले जान्थे । ...... गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बेइजिङ ओलम्पिक समापनमा नजानु हाम्रो महान छिमेकीकोमा नजाने काम हुन सक्दैनथ्यो ।’ ..... ‘कांग्रेसको महाधिवेशन अघिनै पनि राष्ट्रिय सरकार बनाउन सकिन्छ । सबैले मान्छन् भने ओलीजीकै नेतृत्वमा पनि बनाउन सकिन्छ । कांग्रेसको महाधिवेशनबाट जो निर्वाचित भएर आउँछ, उसैको नेतृत्वमा पनि बनाउन सकिन्छ ।’ ......

अध्यक्ष दाहालले एमाओवादी परित्याग गरी नयाँशक्तिको गृहकार्यमा रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको कदमलाई ‘राष्ट्रघात’ भनेको छन् । भट्टराईको कदम जनयुद्ध, बलिदान, वेपत्ता योद्धा र सहिद परिवार विरुद्ध रहेको उल्लेखगर्दै उनले भने– ‘उहाँको कदम राष्ट्रघाती र विचारघाती मात्रै छैन, आत्मघाती पनि छ । उहाँले जे रोप्नु भएको छ, भोली त्यही फल्छ ।’

...... साम्यवादी दर्शनमा आधारित जनवादका लागि शसस्त्र क्रान्तिमा अगुवाई गरेका नेताले कम्युष्टि पार्टीनै परित्याग गरेको भट्टराईको जस्तो कदम संसारमै विरलै पाईने दाहालको भनाई छ ।


जनकपुरमा कांग्रेस सभासदहरुको घर अगाडि दिनभरि प्रदर्शन
पूर्वमन्त्री निधिको घरमा आगजनी, दुई मोटरसाइकल जलाइए
मोर्चाका कार्यकर्ताहरुले कांग्रेस पूर्वमन्त्री विमलेन्द्र निधीको मिल्स एरियास्थित घरमा आगजनी प्रयास गरेका थिए । उनिहरु सांसद निधीको घरमा प्रवेश गरी दुईवटा मोटरसाइकलमा आगजनी गरेका थिए । आगजनीबाट ज२प ९४३८ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ, भने ज१प ४३५ नम्बरको राजदूत मोटरसाइकलमा सामान्य क्षति पुगेको छ । ...... पूर्णत: नष्ट भएको मोटरसाइकल रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको हो । पूर्वमन्त्री निधीका दाजु नवेन्द्र निधी हाल क्याम्पस प्रमुख छन् । ..... मधेसी मोर्चाका कार्यकर्ताहरु कांग्रेस सांसदहरुको घरमाथि आक्रमण गर्न सक्ने चेतावनी हुँदा हुँदै पनि जिल्ला प्रहरी कार्यालयले कांग्रेस नेता निधीको घर अगाडी सुरक्षाकर्मी खटाएको थिएन । घरमा आक्रमण हुने बेला क्याम्पस प्रमुख नवेन्द्र निधी क्याम्पसमा थिए । किरण एक्लै घरमा थिइन् ।...... यसअघि मोर्चाका कार्यकर्ताहरुले भानुचौकस्थित सांसद आनन्दप्रसाद ढुंगाना तथा ब्रह्मपुरीस्थित सांसद लीला कोइरालाको घरमाथि पनि ढुंगामुढा गरेका थिए । .....

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी मधेसी गठबन्धन, ननपोल्टिकल अर्गनाइजेशन लगायतले नेपाली कांग्रेसको जारी गाउँ, नगर तथा जिल्ला अधिवेशन बिथोल्ने निर्णय गरेको छ । आन्दोलनरत्त मोर्चाले ‘मधेस विरोधी संविधानमा हस्ताक्षर गर्ने सभासदहरु’लाई जिल्ला प्रवेशमा समेत रोक लगाएको छ । .... सद्भावना अध्यक्ष संजयकुमार सिंहले भने, ‘मधेसको चासोको विषयमा चुप्प बस्ने अनि मधेस विरोधी संविधानमा हस्ताक्षर गर्नेहरुलाई किन चाहियो मधेसका जिल्लाहरुमा संगठन ?’

....... नेपाली कांग्रेसको जारी नगर अधिवेशनलाई बिथोल्न मोर्चाले सोमबार नगर क्षेत्रका पसल, वित्तीय संस्था तथा स्कूल कलेज समेत बन्द गराएका थिए । बन्द सफल बनाउन मोर्चाका नेताहरु दिनभरि लाठीसहित प्रदर्शन गरेका थिए ।


बिहारी नेताले भने– मधेस अान्दाेलन नेपालको आन्तरिक समस्या मात्र होइन
मधेसी मोर्चाका शीर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्रराय यादवसमेत सहभागी बिहारको मुजफ्फरपुरमा आइतबार भएको कार्यक्रममा बिहारका सत्तारुढ राष्ट्रिय जनता दलका उपाध्यक्ष एवं पुर्व केन्द्रियमन्त्री रघुवंसप्रसाद सिंहले तराई–मधेसमा भइरहेको आन्दोलन नेपालको आन्तरिक मामिला मात्र नभएको बताएका हुन । ......

‘हाम्रो नाताकुटुम्ब आन्दोलनमा मारिरहँदा नेपालको आन्तरिक समस्या मात्र भनेर हामी चुप लाग्ने स्थिती हुँदैन,’ उनले भने ।

सिंहले भारतको विदेश नीतीको पनि आलोचना गरे । ‘बढो चमकधमकका साथ गएका थिए नि नरेन्द्र मोदी पशुपतिमा जल चढाउन । के भयो ?’ उनले भने, ‘अहिले मोदी टुरिस्ट बनेका छन । तर हाम्रो समबन्धी छिमेकमा समस्यामा रहँदा नहेर्ने ?’ ......

‘चौबिस लाख हाम्रा छोराछोरीको बिवाह भएको ठाउँमा समस्या हुँदा हामी आन्तरिक समस्या भनेर चुप लाग्ने स्थिती छैन्,’ उनको तर्क थियो । उनले नेपालमा समस्या हँुदा आफूहरुको मुटु दुख्ने गरेको बताए ।

...... मधेस समस्या सुल्झाउन भारत सरकारले कुटनीतिको प्रयोग गर्दै मध्यस्थता गर्नुपर्नेमा जोड दिए । नेपालको समस्यामा भारत उदासिन र बेखबर रहन नहुने बताउँदै सिंहले नेपाल र भारतबीचको समबन्ध खराब नहोस् भन्ने तर्फ पनि भारत सरकार सचेत रहनुपर्ने बताए । ..... ‘नेपालमा नरेन्द्र मोदीको पुत्ला जलाइँदैछ, अनि विदेश नीतिलाई कसरी ठिक मान्ने ?’ उनले भने, ‘छिमेक बिग्रिरहेका बेला संसारका अरु देशसँग मित्रता गरेर हुँदैन् । छिमेकीको समस्या समाधानमा भारत सरकारले ध्यान दिनुपर्छ ।’ नेता सिंहले संविधन संशोधन धोका भएको आरोप लगाए । संशोधनलाई सकारात्मक भन्ने भारत सरकारको कदम गलत रहेको सिंहले आरोप थियो ।




लालुलार्इ भेटे मोर्चा नेताहरु
आन्दोलनमा सर्मथन खोज्दै मोर्चा नेता विहारमा
केन्दि्रय नेता भन्दा सिमा जोडिएका राज्यका नेताहरु मधेश समस्यावारे बढी जानकार रहेकाले बिहारका सता र विपक्षी नेतालाई भेटन आएको महतोले बताए ।


गठबन्धनले गर्‍यो ‘महागठबन्धन’ बनाउने निर्णय
वीरगन्जमा दुई दिन चलेको गठबन्धन बैठकले आन्दोलनरत दलहरुको एउटै आन्दोलन, मागपत्र र वार्ता टोली बनाउनुर्पो प्रस्ताव गरेको छ । .... बैठकले महागठबन्धन निर्माणका लागि सहमत हुन औपचारिक रुपमै मोर्चालाई आग्रह गरेको छ ..... गठबन्धनले राज्यले वार्ताको नाटक मात्र गरेको भन्दै आन्दोलनका सबै कार्यक्रमलाई जारी राख्ने जनाएको छ ।


बिहारकाे मुख्यमन्त्री नितिश कुमार र लालुसँग अाज मधेसी मोर्चाका नेताहरुकाे भेटवार्ता हुँदै
संविधान संशोधनको प्रक्रिया सुरु भएपछि भारतको केन्द्र सरकारले आमहड्ताल र नाकाबन्दी तत्काल फिर्ता लिन मोर्चाका नेताहरुमाथी तिव्र दबाब दिइरहेका बेला मोर्चाका नेताहरु सिमावर्ती बिहार राज्य सरकारसँग आन्दोलनमा सहयोगको आग्रह गर्ने बुझिएको छ । ..... यसअघि हिजो मोर्चाका नेताहरु बिहारको मुजफ्फरपुृरमा आयोजित मधेस बहस कार्यक्रममा सहभागी भएका थिए । राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंसप्रसाद सिंहले पछिल्लो केही समय यता सीमा क्षेत्रमा मधेस आन्दोलनबारे कार्यक्रम गर्दै आएका छन् । सिंहकै योजनामा हिजो मुजफ्फरपुरमा कार्यक्रम भएको थियो । उनकै पहलमा आज मोर्चाका नेताहरु लालुप्रसाद र नितिशकुमारलाई भेट्दै छन् ।
संवादमा फर्किए मोर्चा र दलहरू
कार्यदललाई सक्रिय पार्ने सहमति
संविधान संशोधनले पनि आफ्ना माग पूरा नगरेको भन्दै मोर्चा आन्दोलनमै रहेपछि प्रमुख दलहरूले पुनः सहमति खोज्ने औपचारिक प्रयास थालेका हुन् । सोमबार भएको कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठकले दुबै पक्षले यसअघि बनाएको कार्यदललाई नै सक्रिय बनाउने निर्णय गरेको छ । यो निर्णयअनुसार अब सीमांकनका लागि बनाउने संयन्त्रलगायत विषयमा कार्यदलले सहमतिको प्रस्ताव बनाउन प्रयास गर्नेछ । ..... 'अब टुंगोमा पुग्ने गरी सहमति खोजिनेछ र त्यसका लागि कार्यदलले गृहकार्य गरी प्रस्ताव ल्याउनेछ,' बैठकपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने । दुवै पक्षबीच कुराकानी हुन नसकिरहेका बेला सोमबारको छलफल सकारात्मक प्रगतितर्फ उन्मुख भएको तमलोपाका अध्यक्ष महन्थ ठाकुरले बताए । वार्ता र छलफल जहाँ अडकिएको थियो, त्यहींबाट सुरु गरी कार्यदलस्तरबाटै सहमतिको प्रस्ताव ल्याउन प्रयास गरिने जानकारी उनले दिए । .....

कार्यदलमा कांग्रेसका महेश आचार्य, एमालेका भीम रावल, एमाओवादीका कृष्णबहादुर महरा र मोर्चाबाट हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण र रामनरेश राय छन् ।

....... प्रदेशको सीमा परिवर्तनका लागि राजनीतिक संयन्त्र बनाउने र त्यसलाई तीन महिनाको समयावधि दिने विषयमा तीन दल र मोर्चाबीच सैद्धान्तिक सहमति भएको थियो । तर, उक्त संयन्त्रले प्रदेशको सीमांकन गर्दा मधेसमा दुई प्रदेश हुनुपर्नेसहित त्यसको कार्याविधि संविधानमै अनुसूचीमा राख्नुपर्ने अडान मोर्चाका तर्फबाट आएपछि प्रमुख दलहरूसँग सहमति हुन सकेको थिएन । .....

नाकाबन्दी खुलेको अवस्थामा मात्र प्रधानमन्त्रीको भारत भ्रमण सहज हुने सत्तारूढ दलहरूकै ठहर छ । नाका सहज नभएको अवस्थामा भारत भ्रमणमा जान समस्या पर्ने निष्कर्ष निकाल्दै सत्तारूढ दलको उच्च स्तरीय राजनीतिक समन्वय समितिको आइतबारको बैठकले मोर्चासँग छिटो सहमति खोज्नुपर्ने निर्णय लिएको थियो ।

तीन ध्रुव: एमाले-माओवादी, काँग्रेस, मधेसी-जनजाति-नया शक्ति



सीके राउतको कार्यकर्ता देखे पछि तर्सिए उपेन्द्र यादव
कार्यक्रममा सीके राउतको कार्यकर्ताहरुको उपस्थिति देखेर उपेन्द्र यादव तर्सिएका थिए । कार्यक्रम सुरु हुनुभन्दा अगाडि नै उपेन्द्र यादवले आयोजकलाई सीके राउतको कार्यकर्ताहरुलाई कार्यक्रमबाट बाहिर गर्न आग्रह गरेका थिए । आयोजकले यो खुल्ला कार्यक्रम हो भनेर यादवको कुरालाई टालेका थिए । ....... कार्यक्रम अगाडि बढ्दै गयो उपेन्द्र यादवको टाउँको दुखाई बढ्दै गयो । पुनः कार्यक्रम सञ्चालन भइरहँदा उपेन्द्र यादवले अगाडि पट्टि रहेका सीके राउतका कार्यकर्ताहरुलाई पछाडि गएर बस्न आग्रह गर्दै आयोजकलाई अढाए । तर पुनः आयोजकले मानेन् । ..... कार्यक्रममा सहभागी बीरगञ्जका पत्रकारहरुले हुलाकी न्यूजलाई भने,‘सीके राउतको कार्यकर्ताहरुलाई देखेर उपेन्द्र यादव पहिलेदेखि नै तर्सिएका थिए, झन् महेन्द्र यादव र रघुबंश प्रसादले सीके राउतको चर्चा गरेपछि यादव जी रातोनपिरो हुनु भयो ।’ ...... कार्यक्रममा मधेशी मोर्चाका घटक तराई–मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले मधेश पहिलेदेखि नै अलग देश रहेको र अहिले नेपालमा मिसिएको बताए । त्यसपछि सीके राउतका कार्यकर्ताहरुले ताली बजाउन सुरु गरे । ...... झन् कार्यक्रमका प्रमुख अतिथि डा.रघुबंश प्रसादले मधेश अलग देश तत्काल माग्ने अवस्था नआएको र केही दिन प्रतिक्षा गर्न भने पछि राउतका कार्यकर्ताहरु हौसिए । यता उपेन्द्र यादवको टाउको दुखाई बढ्दै गएको थियो ।
११ बुँदे मा पुगेर मधेस आंदोलन को सफल विसर्जन भएको अवस्थामा देश एउटा स्वस्थ बाटो मा जाने देखिन्छ। द्रुत गतिको आर्थिक विकास रोक्न नसकिने अवस्था आउन सक्छ।

तीन ध्रुव को उदय हुन सक्छ: एमाले-माओवादी, काँग्रेस, मधेसी-जनजाति-नया शक्ति।

एमाले र माओवादी एक पद एक उम्मेदवार मा जानु, काँग्रेस मा गगन थापा को उदय हुनु, मधेसी जनजाति र नया शक्ति एक पद एक उम्मेदवार मा जानु। मधेसी मोर्चाले मधेसमा काँग्रेस को जरो काटेको अवस्था छ। बाबुराम ले त्यसरी नै एमाले र माओवादी को जरो काटन सक्ने संभावना छ। अहिले नंबर एक स्थान मा भने मधेसी जनजाति र नया शक्ति नै छ। तर लोकतंत्र राम्रो व्यवस्था भएकै लोकतान्त्रिक प्रतिस्प्रधा हुने भएकोले हो। तीन ध्रुव ले सकेसम्म राम्रो गर्ने, सकेसम्म को आतंरिक एकता प्रदर्शन गर्ने, र सकेसम्म स्वस्थ र लोकतान्त्रिक प्रतिस्प्रधा गर्नु मा नै आम जनता लाई फाइदा छ। गगन थापा को उदय मा ढिलाई भए काँग्रेस नंबर तीन मा पुग्छ। तर केंद्र, प्रदेश र स्थानीय गरी तीन तहमा शक्ति बाँडिएको अवस्थामा तीन ध्रुव नै कहीं न कहीं सत्ता मा रहने हुँदा कुनै पनि शक्ति पुर्ण रुपले सत्ता बाहिर रहँदैन। त्यो राम्रो हो।

चौथो ध्रुव: सीके राउत। एक्लै। सीके राउत को मधेस अलग देश को सोंच गलत होइन। अहिंसा को बाटो मा हिडेको कमजोर भएर होइन चतुर भएर हो। हिंसाको बाटो विचलन र पराजय को बाटो हो। तर गंतव्य नै मधेस अलग देश मानेकोले समस्या देखिएको हो। गंतव्य तो लोकतंत्र र समृद्धि हो। मधेस अलग देश त साधन मात्र हो। मधेस अलग देश भन्दा राम्रो त मधेसी ले पहाड़ माथि शासन गर्नु हो। लिच्छवि राज पार्ट दो। तर सीके राउत ले आफैले आफैलाई साँघुरो बनाए जस्तो देखिन्छ। मधेसी हिंदी भाषा र हिन्दु धर्म वाला भारतीय सांस्कृतिक राष्ट्रियता को अभिन्न अंग भएको कुरा को आदर सीके राउत ले गरेको देखिएन। बुद्ध लाई मधेसी राष्ट्रियता को केंद्रविंदु मान्दै पहाड़ को बाटो सारा चीन कब्ज़ा गर्ने बाटो पो बाटो। त्यस किसिमको विराट विचार का लागि मधेस अलग देश अंतिम गंतव्य होइन क्षणिक टैक्टिक्स मात्र हुन सक्छ।

मुख्य कुरा त संगठन विस्तार हो। सारा दक्षिण एशिया को ली कुऑन यु भनेको मोदी हो। मोदी को उदय भैसक्यो। मोदी ले २० वर्ष शासन गर्छ। मोदी हाथी को खुट्टा मा मधेसको डूङ्गा बाँध्नु नै उत्तम उपाय हो। मधेस अलग देश को विचार मोदीको विचार सँग मेल खाए जस्तो मलाई लाग्दैन।

मधेस अलग देश मा पनि जान सक्ने तर त्यस सम्म को प्रत्येक आंदोलन र प्रत्येक चुनाव मा सक्रिय रुपले सहभागी हुने ------ सीके राउत को बाटो शायद त्यो हो। सीके राउत ले tactical flexibility देखाउने हो भने झापा देखि कंचनपुर सम्म मधेसी मोर्चा ले एकक्षत्र स्वीप दिन्छ। पहाड़मा गगन र बाबुराम को भन्दा मधेसमा सीके राउत को अपील कैयौं गुणा बढ़ी छ। अहिलेसम्म एउटा पनि चुनाव नलडेको, एक पटक पनि सत्ता मा नपुगेको, १००% क्लीन इमेज, विश्व स्तरको शैक्षिक पृष्ठभूमि, सालाना करोड़ों को तलब त्याग गरेको, वैज्ञानिक मान्छे। बिभिन्न कारणले सीके राउत ले मधेस को imagination capture गरेको अवस्था छ। तर tactical flexibility को अभावमा त्यसको पुर्ण फाइदा मधेसी कॉज ले पाएको छैन।

मधेसीको सशक्तिकरण का लागि मधेस अलग देश ठुलो कि मधेसी ले सारा देश माथि शासन गरेको ठुलो? कि मधेस चीन भरि छाएको ठुलो। वर्ष को २०० डॉलर कमाइ राखेको मधेसी का लागि १,००० डॉलर ठुलो हो तर हजार ठुलो कि १०,००० ठुलो। हजार मा गएर किन अड्किने? १०,००० या ५०,००० को लक्ष्य किन नराख्ने?

दिल्ली ले मधेस आंदोलन को साथ दिएको अवस्थामा, मधेस जागिसकेको अवस्थामा मधेस अलग देश सानो लक्ष्य भयो। सारा देश कब्ज़ा गर्ने लक्ष्य हुनुपर्छ। अहिलेको मधेस आंदोलन लाई पार लगाउन सक्ने निर्णायक व्यक्ति सीके हो। जब तक मानव अधिकार का घोषणपत्र रहेगा तब तक मधेस अलग देश की संभावना बनी रहेगी लेकिन अभी के समय में मधेसी मोर्चा के ११ बुँदे को मानते हुवे भन्दै आफ्नो संगठन लाई पनि अहिले कै आंदोलन मा एकाकार गराउनु पर्छ।

नेपाल भारत भुटान बंगलादेश आर्थिक एकीकरण को बाटो मा हिडिसकेको अवस्थामा मधेस अलग देश को बाटो नदीको पानी उल्टो दिशामा लाने प्रयास जस्तो देखिन्छ। मधेस अलग देश को लक्ष्य लाई माओवादी को समाजवाद जस्तो टाढाको लक्ष्य बनाउनु नै श्रेयस्कर छ। होइन भने सीके ले आफुलाई अनुपलब्ध बनाए जस्तो देखिन्छ। मधेसी जनता लाई सीके चाहिएको आज, सीके ले चाहिँ म आज उपलब्ध छैन भने जस्तो देखियो।