Monday, February 01, 2016

कि ७५ जिल्ला कायम रहन्छ कि ७५ जिल्ला गायब हुन्छ

कि ७५ जिल्ला कायम रहन्छ कि ७५ जिल्ला गायब हुन्छ। एक मधेस दो प्रदेश मा जाँदा मधेसको कुनै पनि जिल्ला तोड़ फोड़ हुँदैन। जस्ताको तस्तै।


Nepal News (1)



सीमाकंन पुनरावलोकन पछि मात्रै नाका सहज : दाहाल
‘संविधान संसोधनसंगै नाका खुल्छ भन्ने धेरैको अपेक्षा थियो । तर मलाईचाहिँ त्यस्तो लागेको थिएन,’ पार्टी कार्यालय पेसिरडाँडामा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले भने– ‘राजनीतिक संयन्त्र निर्माण गरी जवसम्म सीमाकंन पुनरावलोकनको प्रक्रिया अघि बढ्दैन, तवसम्म नाका खुल्छ जस्तो लाग्दैन ।’ ...... इन्धन लगायत अत्यावश्यक सामग्री आयातको नेपालको कुल आयातको ८० प्रतिशत हिस्सा ओगट्ने वीरगञ्ज नाकामा सुचारु नभई ब्यवहारिकरुपमा नाकाबन्दी अन्य हुँदैन । ......

कालोबजारि र तस्करीमा सक्रिय गिरोहले नाकाबन्दी लम्बियोस भन्ने चाहना राखेको पनि उनले बताए ।

....... ‘एउटा छिमेकीको नाताले मैले बेजिङ ओलम्पिकको समापन समारोहमा जानै पथ्र्यो, त्यस अघि भारत जान सम्भव पनि थिएन,’ उनले भने– ‘मैले चीन–भारतबीच खेल्न खोजेको होइन । त्यतिवेला ओलम्पिक समापन समारोह बेजिङको साटो दिल्लीमा भएको भए म भारतनै पहिले जान्थे । ...... गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बेइजिङ ओलम्पिक समापनमा नजानु हाम्रो महान छिमेकीकोमा नजाने काम हुन सक्दैनथ्यो ।’ ..... ‘कांग्रेसको महाधिवेशन अघिनै पनि राष्ट्रिय सरकार बनाउन सकिन्छ । सबैले मान्छन् भने ओलीजीकै नेतृत्वमा पनि बनाउन सकिन्छ । कांग्रेसको महाधिवेशनबाट जो निर्वाचित भएर आउँछ, उसैको नेतृत्वमा पनि बनाउन सकिन्छ ।’ ......

अध्यक्ष दाहालले एमाओवादी परित्याग गरी नयाँशक्तिको गृहकार्यमा रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको कदमलाई ‘राष्ट्रघात’ भनेको छन् । भट्टराईको कदम जनयुद्ध, बलिदान, वेपत्ता योद्धा र सहिद परिवार विरुद्ध रहेको उल्लेखगर्दै उनले भने– ‘उहाँको कदम राष्ट्रघाती र विचारघाती मात्रै छैन, आत्मघाती पनि छ । उहाँले जे रोप्नु भएको छ, भोली त्यही फल्छ ।’

...... साम्यवादी दर्शनमा आधारित जनवादका लागि शसस्त्र क्रान्तिमा अगुवाई गरेका नेताले कम्युष्टि पार्टीनै परित्याग गरेको भट्टराईको जस्तो कदम संसारमै विरलै पाईने दाहालको भनाई छ ।


जनकपुरमा कांग्रेस सभासदहरुको घर अगाडि दिनभरि प्रदर्शन
पूर्वमन्त्री निधिको घरमा आगजनी, दुई मोटरसाइकल जलाइए
मोर्चाका कार्यकर्ताहरुले कांग्रेस पूर्वमन्त्री विमलेन्द्र निधीको मिल्स एरियास्थित घरमा आगजनी प्रयास गरेका थिए । उनिहरु सांसद निधीको घरमा प्रवेश गरी दुईवटा मोटरसाइकलमा आगजनी गरेका थिए । आगजनीबाट ज२प ९४३८ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ, भने ज१प ४३५ नम्बरको राजदूत मोटरसाइकलमा सामान्य क्षति पुगेको छ । ...... पूर्णत: नष्ट भएको मोटरसाइकल रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको हो । पूर्वमन्त्री निधीका दाजु नवेन्द्र निधी हाल क्याम्पस प्रमुख छन् । ..... मधेसी मोर्चाका कार्यकर्ताहरु कांग्रेस सांसदहरुको घरमाथि आक्रमण गर्न सक्ने चेतावनी हुँदा हुँदै पनि जिल्ला प्रहरी कार्यालयले कांग्रेस नेता निधीको घर अगाडी सुरक्षाकर्मी खटाएको थिएन । घरमा आक्रमण हुने बेला क्याम्पस प्रमुख नवेन्द्र निधी क्याम्पसमा थिए । किरण एक्लै घरमा थिइन् ।...... यसअघि मोर्चाका कार्यकर्ताहरुले भानुचौकस्थित सांसद आनन्दप्रसाद ढुंगाना तथा ब्रह्मपुरीस्थित सांसद लीला कोइरालाको घरमाथि पनि ढुंगामुढा गरेका थिए । .....

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी मधेसी गठबन्धन, ननपोल्टिकल अर्गनाइजेशन लगायतले नेपाली कांग्रेसको जारी गाउँ, नगर तथा जिल्ला अधिवेशन बिथोल्ने निर्णय गरेको छ । आन्दोलनरत्त मोर्चाले ‘मधेस विरोधी संविधानमा हस्ताक्षर गर्ने सभासदहरु’लाई जिल्ला प्रवेशमा समेत रोक लगाएको छ । .... सद्भावना अध्यक्ष संजयकुमार सिंहले भने, ‘मधेसको चासोको विषयमा चुप्प बस्ने अनि मधेस विरोधी संविधानमा हस्ताक्षर गर्नेहरुलाई किन चाहियो मधेसका जिल्लाहरुमा संगठन ?’

....... नेपाली कांग्रेसको जारी नगर अधिवेशनलाई बिथोल्न मोर्चाले सोमबार नगर क्षेत्रका पसल, वित्तीय संस्था तथा स्कूल कलेज समेत बन्द गराएका थिए । बन्द सफल बनाउन मोर्चाका नेताहरु दिनभरि लाठीसहित प्रदर्शन गरेका थिए ।


बिहारी नेताले भने– मधेस अान्दाेलन नेपालको आन्तरिक समस्या मात्र होइन
मधेसी मोर्चाका शीर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्रराय यादवसमेत सहभागी बिहारको मुजफ्फरपुरमा आइतबार भएको कार्यक्रममा बिहारका सत्तारुढ राष्ट्रिय जनता दलका उपाध्यक्ष एवं पुर्व केन्द्रियमन्त्री रघुवंसप्रसाद सिंहले तराई–मधेसमा भइरहेको आन्दोलन नेपालको आन्तरिक मामिला मात्र नभएको बताएका हुन । ......

‘हाम्रो नाताकुटुम्ब आन्दोलनमा मारिरहँदा नेपालको आन्तरिक समस्या मात्र भनेर हामी चुप लाग्ने स्थिती हुँदैन,’ उनले भने ।

सिंहले भारतको विदेश नीतीको पनि आलोचना गरे । ‘बढो चमकधमकका साथ गएका थिए नि नरेन्द्र मोदी पशुपतिमा जल चढाउन । के भयो ?’ उनले भने, ‘अहिले मोदी टुरिस्ट बनेका छन । तर हाम्रो समबन्धी छिमेकमा समस्यामा रहँदा नहेर्ने ?’ ......

‘चौबिस लाख हाम्रा छोराछोरीको बिवाह भएको ठाउँमा समस्या हुँदा हामी आन्तरिक समस्या भनेर चुप लाग्ने स्थिती छैन्,’ उनको तर्क थियो । उनले नेपालमा समस्या हँुदा आफूहरुको मुटु दुख्ने गरेको बताए ।

...... मधेस समस्या सुल्झाउन भारत सरकारले कुटनीतिको प्रयोग गर्दै मध्यस्थता गर्नुपर्नेमा जोड दिए । नेपालको समस्यामा भारत उदासिन र बेखबर रहन नहुने बताउँदै सिंहले नेपाल र भारतबीचको समबन्ध खराब नहोस् भन्ने तर्फ पनि भारत सरकार सचेत रहनुपर्ने बताए । ..... ‘नेपालमा नरेन्द्र मोदीको पुत्ला जलाइँदैछ, अनि विदेश नीतिलाई कसरी ठिक मान्ने ?’ उनले भने, ‘छिमेक बिग्रिरहेका बेला संसारका अरु देशसँग मित्रता गरेर हुँदैन् । छिमेकीको समस्या समाधानमा भारत सरकारले ध्यान दिनुपर्छ ।’ नेता सिंहले संविधन संशोधन धोका भएको आरोप लगाए । संशोधनलाई सकारात्मक भन्ने भारत सरकारको कदम गलत रहेको सिंहले आरोप थियो ।




लालुलार्इ भेटे मोर्चा नेताहरु
आन्दोलनमा सर्मथन खोज्दै मोर्चा नेता विहारमा
केन्दि्रय नेता भन्दा सिमा जोडिएका राज्यका नेताहरु मधेश समस्यावारे बढी जानकार रहेकाले बिहारका सता र विपक्षी नेतालाई भेटन आएको महतोले बताए ।


गठबन्धनले गर्‍यो ‘महागठबन्धन’ बनाउने निर्णय
वीरगन्जमा दुई दिन चलेको गठबन्धन बैठकले आन्दोलनरत दलहरुको एउटै आन्दोलन, मागपत्र र वार्ता टोली बनाउनुर्पो प्रस्ताव गरेको छ । .... बैठकले महागठबन्धन निर्माणका लागि सहमत हुन औपचारिक रुपमै मोर्चालाई आग्रह गरेको छ ..... गठबन्धनले राज्यले वार्ताको नाटक मात्र गरेको भन्दै आन्दोलनका सबै कार्यक्रमलाई जारी राख्ने जनाएको छ ।


बिहारकाे मुख्यमन्त्री नितिश कुमार र लालुसँग अाज मधेसी मोर्चाका नेताहरुकाे भेटवार्ता हुँदै
संविधान संशोधनको प्रक्रिया सुरु भएपछि भारतको केन्द्र सरकारले आमहड्ताल र नाकाबन्दी तत्काल फिर्ता लिन मोर्चाका नेताहरुमाथी तिव्र दबाब दिइरहेका बेला मोर्चाका नेताहरु सिमावर्ती बिहार राज्य सरकारसँग आन्दोलनमा सहयोगको आग्रह गर्ने बुझिएको छ । ..... यसअघि हिजो मोर्चाका नेताहरु बिहारको मुजफ्फरपुृरमा आयोजित मधेस बहस कार्यक्रममा सहभागी भएका थिए । राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंसप्रसाद सिंहले पछिल्लो केही समय यता सीमा क्षेत्रमा मधेस आन्दोलनबारे कार्यक्रम गर्दै आएका छन् । सिंहकै योजनामा हिजो मुजफ्फरपुरमा कार्यक्रम भएको थियो । उनकै पहलमा आज मोर्चाका नेताहरु लालुप्रसाद र नितिशकुमारलाई भेट्दै छन् ।
संवादमा फर्किए मोर्चा र दलहरू
कार्यदललाई सक्रिय पार्ने सहमति
संविधान संशोधनले पनि आफ्ना माग पूरा नगरेको भन्दै मोर्चा आन्दोलनमै रहेपछि प्रमुख दलहरूले पुनः सहमति खोज्ने औपचारिक प्रयास थालेका हुन् । सोमबार भएको कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठकले दुबै पक्षले यसअघि बनाएको कार्यदललाई नै सक्रिय बनाउने निर्णय गरेको छ । यो निर्णयअनुसार अब सीमांकनका लागि बनाउने संयन्त्रलगायत विषयमा कार्यदलले सहमतिको प्रस्ताव बनाउन प्रयास गर्नेछ । ..... 'अब टुंगोमा पुग्ने गरी सहमति खोजिनेछ र त्यसका लागि कार्यदलले गृहकार्य गरी प्रस्ताव ल्याउनेछ,' बैठकपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने । दुवै पक्षबीच कुराकानी हुन नसकिरहेका बेला सोमबारको छलफल सकारात्मक प्रगतितर्फ उन्मुख भएको तमलोपाका अध्यक्ष महन्थ ठाकुरले बताए । वार्ता र छलफल जहाँ अडकिएको थियो, त्यहींबाट सुरु गरी कार्यदलस्तरबाटै सहमतिको प्रस्ताव ल्याउन प्रयास गरिने जानकारी उनले दिए । .....

कार्यदलमा कांग्रेसका महेश आचार्य, एमालेका भीम रावल, एमाओवादीका कृष्णबहादुर महरा र मोर्चाबाट हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण र रामनरेश राय छन् ।

....... प्रदेशको सीमा परिवर्तनका लागि राजनीतिक संयन्त्र बनाउने र त्यसलाई तीन महिनाको समयावधि दिने विषयमा तीन दल र मोर्चाबीच सैद्धान्तिक सहमति भएको थियो । तर, उक्त संयन्त्रले प्रदेशको सीमांकन गर्दा मधेसमा दुई प्रदेश हुनुपर्नेसहित त्यसको कार्याविधि संविधानमै अनुसूचीमा राख्नुपर्ने अडान मोर्चाका तर्फबाट आएपछि प्रमुख दलहरूसँग सहमति हुन सकेको थिएन । .....

नाकाबन्दी खुलेको अवस्थामा मात्र प्रधानमन्त्रीको भारत भ्रमण सहज हुने सत्तारूढ दलहरूकै ठहर छ । नाका सहज नभएको अवस्थामा भारत भ्रमणमा जान समस्या पर्ने निष्कर्ष निकाल्दै सत्तारूढ दलको उच्च स्तरीय राजनीतिक समन्वय समितिको आइतबारको बैठकले मोर्चासँग छिटो सहमति खोज्नुपर्ने निर्णय लिएको थियो ।

तीन ध्रुव: एमाले-माओवादी, काँग्रेस, मधेसी-जनजाति-नया शक्ति



सीके राउतको कार्यकर्ता देखे पछि तर्सिए उपेन्द्र यादव
कार्यक्रममा सीके राउतको कार्यकर्ताहरुको उपस्थिति देखेर उपेन्द्र यादव तर्सिएका थिए । कार्यक्रम सुरु हुनुभन्दा अगाडि नै उपेन्द्र यादवले आयोजकलाई सीके राउतको कार्यकर्ताहरुलाई कार्यक्रमबाट बाहिर गर्न आग्रह गरेका थिए । आयोजकले यो खुल्ला कार्यक्रम हो भनेर यादवको कुरालाई टालेका थिए । ....... कार्यक्रम अगाडि बढ्दै गयो उपेन्द्र यादवको टाउँको दुखाई बढ्दै गयो । पुनः कार्यक्रम सञ्चालन भइरहँदा उपेन्द्र यादवले अगाडि पट्टि रहेका सीके राउतका कार्यकर्ताहरुलाई पछाडि गएर बस्न आग्रह गर्दै आयोजकलाई अढाए । तर पुनः आयोजकले मानेन् । ..... कार्यक्रममा सहभागी बीरगञ्जका पत्रकारहरुले हुलाकी न्यूजलाई भने,‘सीके राउतको कार्यकर्ताहरुलाई देखेर उपेन्द्र यादव पहिलेदेखि नै तर्सिएका थिए, झन् महेन्द्र यादव र रघुबंश प्रसादले सीके राउतको चर्चा गरेपछि यादव जी रातोनपिरो हुनु भयो ।’ ...... कार्यक्रममा मधेशी मोर्चाका घटक तराई–मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले मधेश पहिलेदेखि नै अलग देश रहेको र अहिले नेपालमा मिसिएको बताए । त्यसपछि सीके राउतका कार्यकर्ताहरुले ताली बजाउन सुरु गरे । ...... झन् कार्यक्रमका प्रमुख अतिथि डा.रघुबंश प्रसादले मधेश अलग देश तत्काल माग्ने अवस्था नआएको र केही दिन प्रतिक्षा गर्न भने पछि राउतका कार्यकर्ताहरु हौसिए । यता उपेन्द्र यादवको टाउको दुखाई बढ्दै गएको थियो ।
११ बुँदे मा पुगेर मधेस आंदोलन को सफल विसर्जन भएको अवस्थामा देश एउटा स्वस्थ बाटो मा जाने देखिन्छ। द्रुत गतिको आर्थिक विकास रोक्न नसकिने अवस्था आउन सक्छ।

तीन ध्रुव को उदय हुन सक्छ: एमाले-माओवादी, काँग्रेस, मधेसी-जनजाति-नया शक्ति।

एमाले र माओवादी एक पद एक उम्मेदवार मा जानु, काँग्रेस मा गगन थापा को उदय हुनु, मधेसी जनजाति र नया शक्ति एक पद एक उम्मेदवार मा जानु। मधेसी मोर्चाले मधेसमा काँग्रेस को जरो काटेको अवस्था छ। बाबुराम ले त्यसरी नै एमाले र माओवादी को जरो काटन सक्ने संभावना छ। अहिले नंबर एक स्थान मा भने मधेसी जनजाति र नया शक्ति नै छ। तर लोकतंत्र राम्रो व्यवस्था भएकै लोकतान्त्रिक प्रतिस्प्रधा हुने भएकोले हो। तीन ध्रुव ले सकेसम्म राम्रो गर्ने, सकेसम्म को आतंरिक एकता प्रदर्शन गर्ने, र सकेसम्म स्वस्थ र लोकतान्त्रिक प्रतिस्प्रधा गर्नु मा नै आम जनता लाई फाइदा छ। गगन थापा को उदय मा ढिलाई भए काँग्रेस नंबर तीन मा पुग्छ। तर केंद्र, प्रदेश र स्थानीय गरी तीन तहमा शक्ति बाँडिएको अवस्थामा तीन ध्रुव नै कहीं न कहीं सत्ता मा रहने हुँदा कुनै पनि शक्ति पुर्ण रुपले सत्ता बाहिर रहँदैन। त्यो राम्रो हो।

चौथो ध्रुव: सीके राउत। एक्लै। सीके राउत को मधेस अलग देश को सोंच गलत होइन। अहिंसा को बाटो मा हिडेको कमजोर भएर होइन चतुर भएर हो। हिंसाको बाटो विचलन र पराजय को बाटो हो। तर गंतव्य नै मधेस अलग देश मानेकोले समस्या देखिएको हो। गंतव्य तो लोकतंत्र र समृद्धि हो। मधेस अलग देश त साधन मात्र हो। मधेस अलग देश भन्दा राम्रो त मधेसी ले पहाड़ माथि शासन गर्नु हो। लिच्छवि राज पार्ट दो। तर सीके राउत ले आफैले आफैलाई साँघुरो बनाए जस्तो देखिन्छ। मधेसी हिंदी भाषा र हिन्दु धर्म वाला भारतीय सांस्कृतिक राष्ट्रियता को अभिन्न अंग भएको कुरा को आदर सीके राउत ले गरेको देखिएन। बुद्ध लाई मधेसी राष्ट्रियता को केंद्रविंदु मान्दै पहाड़ को बाटो सारा चीन कब्ज़ा गर्ने बाटो पो बाटो। त्यस किसिमको विराट विचार का लागि मधेस अलग देश अंतिम गंतव्य होइन क्षणिक टैक्टिक्स मात्र हुन सक्छ।

मुख्य कुरा त संगठन विस्तार हो। सारा दक्षिण एशिया को ली कुऑन यु भनेको मोदी हो। मोदी को उदय भैसक्यो। मोदी ले २० वर्ष शासन गर्छ। मोदी हाथी को खुट्टा मा मधेसको डूङ्गा बाँध्नु नै उत्तम उपाय हो। मधेस अलग देश को विचार मोदीको विचार सँग मेल खाए जस्तो मलाई लाग्दैन।

मधेस अलग देश मा पनि जान सक्ने तर त्यस सम्म को प्रत्येक आंदोलन र प्रत्येक चुनाव मा सक्रिय रुपले सहभागी हुने ------ सीके राउत को बाटो शायद त्यो हो। सीके राउत ले tactical flexibility देखाउने हो भने झापा देखि कंचनपुर सम्म मधेसी मोर्चा ले एकक्षत्र स्वीप दिन्छ। पहाड़मा गगन र बाबुराम को भन्दा मधेसमा सीके राउत को अपील कैयौं गुणा बढ़ी छ। अहिलेसम्म एउटा पनि चुनाव नलडेको, एक पटक पनि सत्ता मा नपुगेको, १००% क्लीन इमेज, विश्व स्तरको शैक्षिक पृष्ठभूमि, सालाना करोड़ों को तलब त्याग गरेको, वैज्ञानिक मान्छे। बिभिन्न कारणले सीके राउत ले मधेस को imagination capture गरेको अवस्था छ। तर tactical flexibility को अभावमा त्यसको पुर्ण फाइदा मधेसी कॉज ले पाएको छैन।

मधेसीको सशक्तिकरण का लागि मधेस अलग देश ठुलो कि मधेसी ले सारा देश माथि शासन गरेको ठुलो? कि मधेस चीन भरि छाएको ठुलो। वर्ष को २०० डॉलर कमाइ राखेको मधेसी का लागि १,००० डॉलर ठुलो हो तर हजार ठुलो कि १०,००० ठुलो। हजार मा गएर किन अड्किने? १०,००० या ५०,००० को लक्ष्य किन नराख्ने?

दिल्ली ले मधेस आंदोलन को साथ दिएको अवस्थामा, मधेस जागिसकेको अवस्थामा मधेस अलग देश सानो लक्ष्य भयो। सारा देश कब्ज़ा गर्ने लक्ष्य हुनुपर्छ। अहिलेको मधेस आंदोलन लाई पार लगाउन सक्ने निर्णायक व्यक्ति सीके हो। जब तक मानव अधिकार का घोषणपत्र रहेगा तब तक मधेस अलग देश की संभावना बनी रहेगी लेकिन अभी के समय में मधेसी मोर्चा के ११ बुँदे को मानते हुवे भन्दै आफ्नो संगठन लाई पनि अहिले कै आंदोलन मा एकाकार गराउनु पर्छ।

नेपाल भारत भुटान बंगलादेश आर्थिक एकीकरण को बाटो मा हिडिसकेको अवस्थामा मधेस अलग देश को बाटो नदीको पानी उल्टो दिशामा लाने प्रयास जस्तो देखिन्छ। मधेस अलग देश को लक्ष्य लाई माओवादी को समाजवाद जस्तो टाढाको लक्ष्य बनाउनु नै श्रेयस्कर छ। होइन भने सीके ले आफुलाई अनुपलब्ध बनाए जस्तो देखिन्छ। मधेसी जनता लाई सीके चाहिएको आज, सीके ले चाहिँ म आज उपलब्ध छैन भने जस्तो देखियो।