Wednesday, July 01, 2015

गिरिजा ज्ञानेन्द्र भन्दा तीन गुणा बढ़ी रक्त पिपासु?

१९ र ५६ को अंक गणित त आफ्नो ठाउँ मा छँदै छ। तर ज्ञानेन्द्र ले एक पटक दिई सकेको फेरि फिर्ता लिएको छैन। गिरिजा का उत्तराधिकारी ले दिई सकेको कुरा बारम्बार थुतने प्रयास गरेको गरै छ ---- अहिले पनि गरि राखेको छ।

साँच्चि ५६ जना मरेको हेर्न किन पर्खिनु परेको गिरिजा लाई? ५ जना मै किन उज्यालो देखेन उसले? किनभने उसको चरित्र लोकतान्त्रिक भएको कहीं कतै रेकॉर्ड नै छैन। उसले सधैं काँग्रेस लाई एउटा परिवारको बिर्ता मात्र ठान्यो। अहिले पनि त्यो पार्टीले उसको त्यो विचारको आदर गरेकै छ। राणा, शाह, कोइराला ---- उसको दिमाग मा रहेको श्रृंखला।

काँग्रेस जे छ मधेसको बलमा छ। काँग्रेस पार्टी भित्र को राणा शासन कहिले अन्त हुने? देशको राणा शासन त उहिले अन्त भैसक्यो। मधेस को बलबुतामा, मधेसको नोट र वोट को बलमा देशमा शासन गर्ने पार्टी को नेतृत्व मा मधेसी आउनुपर्छ होइन भने देश बाट पंचायत व्यवस्था गायब पारे जस्तै मधेस बाट काँग्रेस पार्टी लाई गायब पार्नु पर्छ।

काँग्रेस पार्टी एउटा परिवार को जागीर रहि रहेसम्म यो देशमा लोकतंत्र अझै आई नसकेको भन्नु पर्छ।


"नयाँ संविधानको मस्यौदा किन जलायौं"

नयाँ संविधानको मस्यौदा किन जलायौं ..... (Upendra Mahato)
- बबरमहल, काठमाण्डौ

१६ अषाढ २०७२

१. नामांकन र सिमाँकन बिनाको संविधान
२. आमा आफ्नो सन्तानलाई जन्म दिन सक्छिन्, तर आफ्नो नाममा नागरिकताको प्रमाणपत्र दिन सक्दिनन्।
३. सरकारी कामकाजको भाषा नेपालीपछि हिन्दी र अंग्रेजी नभएकोले।
४. प्रत्येक नागरिकलाई आफ्नो मातृभाषामा उच्च शिक्षा पहुँचको हक नभएकोले।
५. संघीय सर्वोच्च अदालत, प्रादेशिक उच्च अदालत र स्थानीय अदालतको ब्यवस्था नभएकोले।
६. प्रदेशस्तरमा सशस्त्र प्रहरी, गुप्तचर तथा अनुसन्धानको संगठन नरहेकोले।
७. आदिवासी जनजाति, मधेसी, मुस्लिम आयोगजस्ता प्रावधान संघ र प्रदेशले बनाउन सक्ने गरी व्यवस्था नभएकोले।
८. प्रत्येक प्रदेशबाट पाँच पाँच जना हुने गरी आठ वटा प्रदेशबाट चालीस र पाँच मनोनित गरी पैंतालिस जनाको राष्ट्रिय सभा बनाउने प्रावधान राखेको छ जुन जनसंख्याको आधारमा नभएकोले।
९. राष्ट्रपतिदेखि मुख्यमन्त्री, प्रदेशसभाको सभामुख र सुरक्षा निकायका प्रमुखसम्मको पदमा निर्वाचित, मनोनित वा नियुक्त हुन वंशजकै आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्ने उल्लेख भएकोले। अंगकृतले नपाउने भएकोले।
१०. प्रस्तावनामा मधेस आन्दोलन उल्लेख नभएकोले।
११. अधिकार बिहिन प्रदेश भएकोले।
१२. आत्मनिर्णय बिनाको प्रेदेशहरू भएकोले।
१३. अन्तरिम संबिधानको धारा १३८ को उपधारा १ (क) बमोजीमको सर्वोच्च अदालतो अन्तरिम आदेश बिरूद्ध भएकोले।
१४. सम्बिधानिक अदालतले संबिधानको ब्याख्या गर्न नपाउने भएकोले।
१५. पहिचान बिरोधी संबिधान भएकोले।
१६. बंशज नागरिक्ता भएका पुरूषको बिदेशी महिलासँग बिवाह भएर जन्मेको बच्चाले अंगकृत नागरिक्ता पाउने र उ कहिले पनि कुनै संबैधानीक पदमा पुग्न नसक्ने ब्यवस्था भएकोले।
कुल मिलाएर मधेशी, आदिवासी जनजाती, दलित, मुस्लिम, महिला, सिमांकृत, शोषित उत्पिडीत लगायत बिरोधी संबिधान भएकोले।



Conspiracy Theory हरु र यथार्थ


अस्ति भैचालो जाँदा एउटा मैले के सुनें भन्दा खेरी यो चीन अथवा अमेरिकाले भुइ मुनि एटम बम पड्कायो कि! मैले ठ्याक्कै पत्याइन --- होइन यो भैचालो नै हो भनें।


भर्खर मदन भण्डारीको जयन्ती मनाइयेछ। मैले सधैं दासढुंगा लाई एक्सीडेंट नै मानेको छू -- शुरू देखि अहिले सम्म। अत्यन्त दुखद घटना हो। बहुदल आए पछि कृष्ण प्रसाद भट्टराई र मदन भण्डारी ले पालै पिलो सत्ता र विपक्ष १०-१५ वर्ष सम्हालेको भए देश को राजनीति र इतिहास अर्कै हुन्थ्यो होला। तर देशले बहुदल पायो --- केपी र मदन पायेन। दुर्भाग्य। गृह युद्ध हुँदैनथ्यो होला। मदनले अहिंसात्मक बाटो बाट नै देशलाई गणतन्त्रमा लाने थिए जस्तो लाग्छ। एउटा विन्दुमा आएर देशलाई युद्ध होइन विवेकका आधारमा संविधान सभामा लाने थिए र त्यहाँ बाट गणतन्त्रमा। मलाई त्यस्तो लाग्छ। दुबै आफुले रत्ति भ्रष्टाचार नगर्ने मानिस हरु। देशको नैतृत्व मा भ्रष्टाचार नगर्ने मानिस आयो भने विकास द्रुत गतिमा हुन्छ। मोदी आयो भारतमा उपल्लो तहमा भ्रष्टाचार बिलायो। "खुद भी नहीं खाऊंगा, तुझे भी खाने नहीं दुँगा" भन्ने छ मोदीको। मनमोहन सिंह पनि आफुले नखाने चाहिं हो, अरुलाई खान बाट रोक्न सकने होइन। मदन मोदी जस्तो हुन्थ्यो कि? आफु पनि नखाने अरुलाई पनि खान नदिने। अहिले छ बामे, झाले --- खुल्लम खुल्ला कमिशन माग्ने हरु। मदनले यो पार्टी चिन्न सक्दैन माथि बाट हेर्यो भने।

त्यसै त्रिशूलीमा कति धेरै बस पसेका छन, मान्छे मरेका छन।



९/११ ओसामा अथवा अल कायदा ले गरेको होइन, अमेरिकी सरकार आफैले गरेको हो भन्ने हरु छन। गूगल मा "9/11 Inside Job" सर्च गरेर हेर्नोस -- के के आउँछ के के! नाना थरि प्रमाण हरु। भयो अब! ओसामा बिन लादेन होइन कि जॉर्ज बुश ले गरेको ह रे!


जॉन कैनेडी लाई कसले मार्यो? नाना थरि कुरा छन त्यहाँ पनि।


दीपेन्द्र म आफैले चिनेको मान्छे। निकै पहिला। जे भयो त्यो मैले चीनेको दीपेन्द्र ले गर्ला भन्ने कुरा कल्पना बाहिर। तर मैले शुरू देखि अहिले सम्म official story पत्याएको छु। अकल्पनीय कुरा भयो, कसैले नचिताएको कुरा। यस बारे पनि नाना थरि Conspiracy Theory हरु छन। भुकम्प को समाचार जसरी दुनिया भरि छायो, यसको समाचार पनि त्यसरी नै छाये थ्यो। २००६ अप्रिल क्रान्ति को समाचार पनि दुनिया भरि छाएको।

दीपेन्द्र चिनेको, निराजन चिनेको, पारस चिनेको।