Friday, March 27, 2015

प्रक्रिया र आंदोलनभन्दा पनि Dysfunction तिर

सत्ता पक्षले जुन प्रक्रिया प्रक्रिया भन्दै आएका छन त्यो त प्रक्रिया नै होइन। प्रक्रिया भनेको पुराना सम्झौता हरु मान्नु हो। त्यो गर्ने इच्छा देखिएको छैन।

आंदोलन गर्न चाहने शक्तिहरु मा पनि वार्ता भैहाल्छ कि भन्ने छ।

त्यसले गर्दा प्रक्रिया र आंदोलनभन्दा पनि Dysfunction तिर देश बढेको छ।

र त्यस Dysfunction लाई नै सत्ता पक्षले जितको रुपमा लि राखेको छ।

न प्रक्रिया न आंदोलन न संविधान रूपी जुन Dysfunction छ त्यस अवस्थामा देशमा संघीयता छैन र सत्ता काँग्रेस-एमालेको हातमा छ। काँग्रेस-एमाले ले चाहेको दुई कुरा त्यही हो --- देशमा संघीयता नहुनु र सत्ता आफ्नो हातमा हुनु। त्यो त पाइ राखेकै छन। वार्ता र सहमति तर्फ बढ्न उनीहरुलाई हतार नहुनुको कारण त्यो हो।








Sunday, March 22, 2015

सीके राउत र नेपालको न्यायपालिका

देशको अंतरिम संविधान मा रहेको वाक स्वतंत्रतास्वायत्त मधेस प्रदेश लाई गृह मंत्री र प्रधान मंत्री ले बारम्बार उल्लंघन गरेको अवस्था छ। सीके राउत ले अहिले सम्म जे बोलेको छ र जे गरेको छ त्यो अंतरिम संविधान मा रहेको वाक स्वतंत्रता र स्वायत्त मधेस प्रदेश को परिधि भित्र रहेर बोलेको र गरेको छ।

नेपालको न्यायपालिकाले गृह मंत्री र प्रधान मंत्री को नक्कल गरेर देशलाई राज्यविहीनता (statelessness) तर्फ धकेल्ने हो कि सीके राउत लाई अंतरिम संविधानले संरक्षण गर्ने कुरा को आदर गर्ने हो ----- हेर्ने बेला आउन लागेको छ