Showing posts with label taplejung. Show all posts
Showing posts with label taplejung. Show all posts

Tuesday, November 17, 2015

झापा मधेस होइन भने चुरिया सगरमाथा हो?

भुगोल ज्ञान नभएको होइन कि यो त लिडे ढिपी हो। झापा मधेस होइन भने के हो? सम्म परेको छ त! ताप्लेजुंग बाट जब मान्छे झरे तिनी हरु ले झापा कहिले नदेखेको बेला पनि मधेस झर्ने भनेर झरेका हुन। लंदन जान्छु भनेर जाने अनि त्यहाँ पुगे पछि यो लंदन होइन ताप्लेजुंग हो भनेर भन्ने?

झापा मधेस होइन भने चुरिया सगरमाथा हो?

एक मधेस दुई प्रदेश नै मधेस आंदोलन को पहिलो माग हो। हामी मधेस लाई नेपालको गुजरात बनाउन चाहन्छौं। किन जाने मलेशिया कतार? मधेसमैं जागीर पाइन्छ भने? नेपालका ७५ जिल्ला का मानिस मधेस आएको हेर्न चाहन्छौं। ताप्लेजुंग हाम्रो फेवरेट होइन।


It's not possible to use firewood inside house. Now open kitchens are visible everywhere in #Kathmandu @SyedNazakat https://t.co/24KSLss4X2

Posted by Guna Raj Luitel on Tuesday, November 17, 2015


मानवनिर्मित फल्ट लाइन
तराई, मधेसको जनसंख्या वृद्धिदर बढी हुनाको प्रमुख कारणचाहिँ पहाडमा बढ्दो जनसंख्याको चाप र खेतीयोग्य जीवनको कमीजस्ता कारणले पहाडबाट बसाइँसराइ तराईमा भएको र दक्षिणबाट भएको अनियन्त्रित आगमनले गर्दा हो ।
मानवनिर्मित फल्ट लाइन हो । यसबाट पैदा हुने कम्पन प्रकृतिको भन्दा धेरै विनाशकारी र दूरगामी हुन सक्छ । ......

हिमाल र पहाडमा भएका तराई मूलका बासिन्दालाई पनि मधेसी र त्यसै गरी मधेसमा सदियाँैदेखि बसोवास गर्दै आएका पहाड मूलकालाई पहाडी भन्ने प्रचलन छ ।

...... तराई, मधेसको जनसंख्या वृद्धिदर बढी हुनाको प्रमुख कारणचाहिँ पहाडमा बढ्दो जनसंख्याको चाप र खेतीयोग्य जीवनको कमीजस्ता कारणले पहाडबाट बसाइँसराइ तराईमा भएको र दक्षिणबाट भएको अनियन्त्रित आगमनले गर्दा हो । ..... राजा महेन्द्रले मुलुकमा राष्ट्रिय एकतालाई सदृढीकरण गर्नाका निमित्त उठाएका कदममध्ये केही महत्त्वपूर्ण छन् । देशभरि नेपाली मुद्राको प्रचलन, शिक्षामा नेपालीकरण तथा पूर्व–पश्चिम राजमार्ग निर्माण ।

१९६० पूर्व काठमाडौँबाहिर नेरु नभएर भारु प्रचलनमा थियो । त्यस्तै मधेसका स्कुलमा राष्ट्रिय गीत ‘जनमनगण नायक हे...’ थियो । राष्ट्रपतिको नाम डाक्टर राजेन्द्रप्रसाद अनि प्रधानमन्त्री जवाहरलाल नेहरु उल्लेख गरिएका पाठ्यपुस्तक पठनपाठन हुने गथ्र्याे ।

..... पूर्व–पश्चिम राजमार्ग निर्माण हुनुअघि नेपालका धेरै भागमा आवतजावत गर्न भारतीय भूमि नटेके दिनहरू मात्र नभएर हप्तौँ, महिनाँैसम्म पैदल हिँड्नु पथ्र्याे । विडम्बना † राष्ट्रिय एकीकरणलाई मजबुत बनाउन निर्मित पूर्व–पश्चिम राजमार्ग फल्ट लाइनमा परिणत हुँदैछ । मुलुकको अधिकांश मधेसी राजमार्गको दक्षिणी र पहाडीहरू उत्तर भेगमा बसोवास गर्दै आएका छन् । जतिसुकै अन्तरसमुदाय जातीय र भाषिक विभाजन भए पनि विगत केही वर्षदेखि मधेसी र पहाडी समुदायबीच तीव्र धु्रवीकरण हँुदैछ । ..... पूर्व–पश्चिम राजमार्गको दक्षिणी भागमा बसोवास गरेका (नेपाली कुल जनसंख्याको ३० देखि ३५ प्रतिशत हिस्सा) विगत दुई महिनादेखि मधेस आन्दोलन–२ का कारणले आन्दोलित छ । संविधान २०७२ को विरोध खास गरी सीमांकनलाई मुख्य मुद्दा बनाएर सुरु गरिएको आन्दोलनले पहाडी र मधेसी समुदायबीचको विभाजनमा नयाँ पाटो थपेको छ । ती हुन् : क. आन्दोलनकारीले खुला रुपमा वैदेशिक हस्तक्षेपको अपेक्षा र अनुरोध । ख. नवमधेसी तथा संभ्रान्त मधेसी बुद्धिजीवीहरूले नेपालमा मधेसी समुदायविरुद्ध व्यापक जातीय विभेद भएको प्रचार, ग. भारतीय जनता पार्टीको प्रभावशाली नेता तथा गृहमन्त्री राजनाथ सिंहले अगस्ट ३ मा नेपालमा एक करोडभन्दा बढी भारतीय भएकाले भारत संवेदनशील हुने भनी राखेको धारणा र घ. भारत सरकारले आन्दोलनकारीप्रति सुरुदेखि नै सहानुभूति प्रकट गरेको तथा संविधानसभाले नेपालको संविधान २०७२ घोषणा गरेको दिनदेखि नाकाबन्दी लागू गरेको आदि । ...... राजमर्ग सविस्तार मानवनिर्मित फल्ट लाइनमा परिणत हुँदै गएको लक्षण देखा पर्न थालेका छन् । मुलुक जातीय द्वन्द्वको चक्रव्यूहमा फस्यो भने देशवासीले के कस्तो अवस्था भोग्नुपर्छ, त्यसको कल्पनासम्म पनि दर्दनाक हुन्छ ।

Wednesday, November 11, 2015

जब ओली र सिटौला हरु ताप्लेजुंग बाट झरे

जब ओली र सिटौला हरु ताप्लेजुंग बाट झरे उनी हरु कहाँ जान भनेर हिँडेका? मुग्लान हो? कि लाहोर? कि कता? मधेस हो कि? क्रिस्टोफर कोलंबस भारत जान भनेर हिडेको अमेरिका पुग्यो। ओली र सिटौला हरु ताप्लेजुंग बाट मधेस जान भनेर हिडेका कहाँ पुगे? मधेस नै पुगे भने अब आएर मधेस मा बसदिम्न भनेर के भनेको। बस्ने इच्छा छैन भने जाउ फर्केर ताप्लेजुंग। कसले रोकेको छ? राजवंशी हरुले आफ्नो जग्गा फिर्ता पाउने बाटो खुल्छ। राजेंद्र महतोले ठीकै भनेको। मधेस मा बस्न मन छैन भने जाउ फर्केर।


Thursday, August 06, 2015

सिंगो सारा देश जो सँग छ उसलाई प्रदेश किन चाहियो?

झापा का बाहुन को भाषा नेपाली सारा देशको सरकारी कामकाज को भाषा छ। झापा का बाहुन लाई नागरिकता समस्या छैन। झापा का बाहुन लाई देश को प्रशासन मा ९०% आरक्षण रहिआएको छ। झापा का बाहुन लाई तीन प्रमुख दल को केंद्रीय समिति मा ९०% आरक्षण रहिआएको छ। काठमाण्डु झापा का बाहुन को। केन्द्र सरकार झापा का बाहुन को।

सारा देश झापा का बाहुन को। अनि प्रदेश पनि आफुले भने जस्तै हुनुपर्ने झापा का बाहुन लाई?

धरतीपुत्र कंस सिटौला ले मधेसी क्रांति का दौरान जे गर्यो ठीकै गर्यो भन्ने तर्क सार्नु बाहेक झापा का बाहुन ले कुनै नया तर्क सार्न सकेको देखिँदैन। झापा लाई आफु सँगै ताप्लेजुंग नै लानु थियो भने झापा झरेको नै किन?

सिंगो सारा देश जो सँग छ उसलाई प्रदेश किन चाहियो?