Showing posts with label tamil. Show all posts
Showing posts with label tamil. Show all posts

Wednesday, November 25, 2015

नेपालका खस: बढ़ी खरानी धँसने जोगी

जनजाति स्थानीय हुन, मधेसी भुमिपुत्र हुन। बाहिर बाट आएका भनेका नेपालका खस हुन। फिजी को फिजीकरण त आज भयो। नेपालको फिजीकरण त सयकडों वर्ष अगाडि भएको। पृथ्वी नारायण ले देश एकीकरण गरेको होइन कि देश फिजीकरण गरेको हो।

तामिल हरु भारत बाट श्री लंका पुगे। तर तामिल शासक भएन। खस नेपाल छिरे। शासक भए।

भारत लाई मधेसी न जनजाति ले गाली गर्छ। भारत लाई गाली गर्नेमा सबभन्दा अगाडि खस हुन्छ। किनभने उसलाई डर छ, त्यति गरेन भने उ नेपाली नै होइन भन्ने पोल खुल्छ भन्ने।




Friday, September 18, 2015

मिनेन्द्र, तिमी राजपक्ष होइनौ





मिनेन्द्र, तिमी राजपक्ष होइनौ
भनेको तिमी सही मान्छे भनेको होइन
तिमी सानो मान्छे भनेको
गलत तर सानो मान्छे
मधेसी तामिल होइन
नेपाल श्री लंका होइन
काठमाण्डु कोलम्बो होइन

मधेसी तिमी लाई धुलो चटाउने
ताकत
राख्दछ
तिमी जस्ता लाई
मधेसीले
तलब खुवाएर राख्छ
आफ्नो सेनामा
तिमीले खोजेको त्यही होइन?
जागीर?

नेपाल भुपरिवेष्टित राष्ट्र भनेर पढ़यौ
महेंद्र मालामा
गलत पढ़यौ
नेपाल भारतपरिवेष्टित राष्ट्र
हो

तिमी
काईते
तीन तीन पटक असफल
हैट्रिक प्रधान मंत्री
देउबा को
तिमी काईते
आगे पिछे को मान्छे
तिमीले मधेसीको स्वाभिमान
चिन्न नसकेको, आदर गर्न नसकेको
तिम्रो आफ्नो स्वाभिमान
नभएर हो
तिमी
काईते
सारा दुनिया को गुलाम
जीहजुरी
बुद्धू

सीता मधेसी
बुद्ध मधेसी
सगरमाथा जनजाति
तिमीसँग बाँकी रह्यो
अब
के

पुर्व पश्चिम राजमार्ग लाई टोल रोड बनाउन नपरोस
नेपाल लाई फेरि काठमाण्डु खाल्डो बनाउन नपरोस्
तिमी काईते
गलत तर सानो मान्छे
नाकाबंदी गर्न नपरोस्
तिरहुतिया सेना ले
नेवार लाई उन्मुक्त गर्न
तिम्रो पुजनीय पृथ्वी नारायण को
ज्यान बक्सेको
तिरहुतिया सेना ले

हिमाल देखि गंगा सम्म को
एक समय को मिथिला
फेरि हिमाल पुग्छ
फेरि गंगा पुग्छ

हामी तिम्रो बोर्डर मा आखिर
न अटाउने रहेछौं
हामी विशाल मधेसी
हामी विशाल मिथिलावासी

तिमी विदेशी
खस
शत
प्रतिशत
बाहिर को
मान्छे
मनु
मखु

हामी अलग हुन्छौं
जनजाति ले
तिमी सँग हिसाब लिन्छ
तिम्रो शाही सेना मा
अब म्युटिनी हुन्छ
जनजाति ले म्युटिनी गर्छ
किनभने
जनजाति ले बुझ्न छोडेको छ
उ किन प्रधान सेनापति
बन्न सक्दैन भन्ने कुरा
वीर गोर्खाली को इमेज
कमाएकै
जनजाति ले
बन्दुक चलाउँदै आएको
अब उ सलाम पाउन
तयार





Madhesi Kranti 3: In Solidarity
ए सुशील, क्रांति को तिमीलाई आदेश छ
बामे, तिमी झस्केको


Wednesday, July 08, 2015

एमाले को अन्तिम प्रधान मंत्री झलनाथ खनाल

एमाले पार्टी बाट अब आइन्दा कहिले पनि अर्को कुनै व्यक्ति प्रधान मंत्री बन्दैन। एमाले को अन्तिम प्रधान मंत्री झलनाथ खनाल हो। र झलनाथ प्रधान मंत्री बनेको दोष प्रचंड लाई जान्छ। माधव नेपाल प्रधान मंत्री बनेको दोष प्रचंड लाई जान्छ। झापा, मोरंग, चितवन, कैलाली, कंचनपुर मधेस बाट झिक्ने आईडिया को प्रमुख विचारक नै प्रचंड हो। त्यो आईडिया देउबा कंस सिटौला जस्ताको कान मा राखेकै प्रचण्डले हो। मधेसी पार्टी हरुले प्रचंड को Anti-Madhesi चरित्र नबुझेको सजाय पाउने छन।
  • गोइत माओवादी पार्टी छोडेर किन भाग्यो? प्रचंड को Anti-Madhesi चरित्र देखेर। 
  • माओवादी पार्टी को केन्द्रीय समिति मा मधेसी को सहभागिता एमाले को मा भन्दा केही फरक छैन -- किन? टुप्पो मा को छ? हेर। 
  • माओवादी पार्टी ले जब जब आफ्नो पार्टी भित्र कोचिला या मिथिला या भोजपुरा या थरुहट प्रदेश कमिटी बनायो त्यसको टुप्पोमा जहिले पनि गैर मधेसी गैर थारु लाई राख्यो -- त्यो महेंद्र ले मधेसी जिल्ला मा पहाड़ी CDO राखे भन्दा के फरक भो? प्रचंड को चरित्र संघीय छैन। कोचिला, भोजपुरा पहाड़ी नाम होइनन् भने के धनुषा महोत्तरी पहाड़ी नाम हुन? 
  • मधेसी क्रांति को दमन को सबै भन्दा खतरनाक आईडिया हरु कसको दिमाग बाट आएथ्यो? प्रचंड को दिमाग बाट। गिरिजा पदमा थियो, पुलिस सञ्चालन गर्यो, प्रचंड पदमा भएको भए आर्मी सञ्चालन गर्थ्यो। 
  • कटुवाल प्रकरण मा वास्तवमा प्रचंड ले कसलाई ताकेको? कटुवाल त आफसेआफ पदमुक्त हुन लागेको थियो र लगत्तै भयो पनि। आफ्नै कैबिनेट मा भएका मधेसी सँग छलफल नगर्नु -- किन? मधेसी लाई गन्दिन भन्ने लिंडेढिपी। मातृका को ड्राइवर/पियन ले मातृका लाई नगन्ने, मधेसी मंत्री का प्रधान मंत्री ले मधेसी मंत्री लाई नगन्ने --- पद को तह फरक, तर attitude त एउटै हो -- त्यो रेसिस्ट attitude हो। कैबिनेट ले पास गरेर राष्ट्रपति मार्फ़त सेना को मा पुग्नु पर्ने निर्णय। यता मधेसी मंत्री लाई नगन्ने उता मधेसी राष्ट्रपति लाई नगन्ने। बरु प्रधान मंत्री पद छाड्न प्रचंड तैयार तर मधेसी लाई गन्न उ तैयार छैन। यो माओवादी होइन मिलोसेविच वादी हो। माओवादी हो भने तिब्बत खाएको र मधेस खान चाहेको माओवादी हो।  
  • माधव नेपाल संसद मैं नभएको मान्छे लाई संसद मा ल्याएर ४३ लाख मधेसी लाई मतदाता नामावली बाट फ़ालन लगाउनु प्रचंड को ग्रैंड डिज़ाइन हो  ---- त्यस कदम ले गर्दा उसले त्यस पछि को चुनाव हार्यो, तर उसलाई मतलब छैन। देशको राष्ट्रियता बलियो पारे जस्तो लागेको छ उसलाई। त्यसरी फालेको प्रत्येक मान्छे भूमिहीन मधेसी हो। कम्निष्ट ले त तिनको सशक्तिकरण गर्नु पर्ने होइन र? नेपालमा मार्क्सवाद भनेको खसिको टाउको, कुकुरको मासु भनेको Anti-Madhesi Racism. 
  • श्री लंका मा तामिल का विरुद्ध चीनले कसलाई प्रयोग गर्यो, रोहिंग्या का विरुद्ध चीनले बर्मामा कसलाई प्रयोग गर्दैछ? नेपालमा मधेसीका विरुद्ध कसलाई प्रयोग गर्दैछ? मोदी माओ को लेवल को मान्छे हो --- प्रचंड लाई चेतना भया। 
  • मधेसी क्रांति ३ हुन लागेको थियो --- प्रचंड ले शुरू हुन लागेको मधेसी क्रांति ३ तुहायो --- किन? मधेसी क्रांति १ र २ हुँदा उसको रिएक्शन हेर। कंस सिटौला ले मधेसी क्रांति का दौरान जे गर्यो प्रचंड ले त्यो भन्दा १० गुणा बढ़ी चाहेको। दुईटा को पार्टी मिल्दैन तर नाइंटो मिल्छ। 
  • पछिल्लो चुनावमा प्रचण्ड काँग्रेस का विरुद्ध एमाले का विरुद्ध कम खनिए थ्यो, मधेसी दल हरुका विरुद्ध बढ़ी खनिए थ्यो। त्यो संघीयता को साथी हो कि शत्रु? अहिले पनि संघीयता लाई सकेसम्म water down गर्न खोज्दैछ। त्यो उसको मजबुरी होइन बल्कि एजेंडा हो --- उसले सक्रीय रुपले चाहेको कुरा त्यही हो। 
  • बिजय गद्दार को चरित्र चिन्न नसकेको सजाय उपेन्द्र ले पायो र अझ पाउँछ। प्रचंड को Anti-Madhesi चरित्र मधेसी दल हरुले चिन्न सक्नु पर्छ। र चरित्र भनेको कस्तो कुरा भन्दा खेरी त्यो overnight कसैको पनि बदलिँदैन। चरित्र ठम्याउन सकिन्छ बदल्न सकिँदैन।