Showing posts with label secular. Show all posts
Showing posts with label secular. Show all posts

Tuesday, December 22, 2015

धर्म निरपेक्षता: समस्या अहिले देखिसकियो

सनातनी विद्याले जानकी मंदिर लाई बुट ले कुल्ची गएर। कुनै पनि हिन्दु ले सोच्न नसक्ने कुरा।

धर्म निरपेक्षता नभइ नहुने कुरा हो।

आधुनिक राज्य (modern state) भनेको नितांत भौतिक कुरा हो। प्रति व्यक्ति आय, स्कुल, अस्पताल, रोड, पुल --- यस्ता भौतिक कुरा हरु सँग सरोकार हुने हुन्छ एउटा आधुनिक राज्य (modern state) को। ज्यान र सम्पत्ति को सुरक्षा। त्यहाँ त नागरिक अनागरिक पनि भन्दैन। आफ्नो भूभाग मा भए जति सबैको सुरक्षा। भने पछि सबै धर्म का ले साँस फेर्न पाउने भए।

आधुनिक राज्य (modern state) धर्म निरपेक्ष मात्र हुन सक्छ। तर त्यो भनेको धर्म नमान भनेको हुँदै होइन। बरु त्यसले धार्मिक क्रियाकलाप का लागि झन बढ़ी स्पेस बनाउँछ। स्रोत साधन जम्मा गर्छ। देश धनी हुन्छ भने ठूलठूला मंदिर गुम्बा हरु बनलान। नागरिक ले बनाउलान।

धर्म निरपेक्षता भनेको तेल तेलको भाँडो मा राख, पानी पानी राख्ने भाँडो मा राख भनेको हो। नमिसाउ भनेको।

देशलाई संविधान मा सनातन धर्म को देश भन्न पाइयेन। भनियो भने देश लाई गरीब  बनाइराख्ने त्यो अचुक अस्त्र हुन्छ। त्यो पनि देखिसकियो। देशको इतिहास मा कुनै पनि प्राकृतिक प्रकोप अथवा युद्ध ले नल्याएको क्षति भैसक्यो। पाखंडी सनातनी लाई मतलब छैन तर। उसको त बिजनेस व्यापार फसटाएको छ। सारा देश नै एउटै ठुलो काला बाजार बनाइएको छ।

मधेसको हिन्दु, मधेसको मुसलमान, पहाड़को जनजाति को त यो अस्तित्व को सवाल हो धर्म निरपेक्षता। यादव र कृष्ण, हरिजन र राम।

The Caste System Is The Sanatani Colonizing The Hindu Religion
Yadavs Have No Caste


Monday, December 21, 2015

सनातनी कि पाखंडी?

The Caste System Is The Sanatani Colonizing The Hindu Religion

सनातनी भनेको हिन्दु होइन। यहुदी भनेको ईसाई होइन।

सनातन धर्म मा गरीबी लाई समस्या मानिँदैन। गरीबी र समृद्धि भौतिक कुरा भए। सनातन धर्म मा भौतिकता लाई बाल दिइँदैन। त्यहाँ सम्म ठीक छ। प्रत्येक धर्म लाई आफ्नो आस्था को अधिकार छ।

तर एउटा सारा देशलाई सनातनी भन्न पाइयेन। देश धर्म निरपेक्ष हुनुपर्यो। देश हिन्दु को पनि हो।

देश सनातन धर्म को भने पछि त्यो देश गरीब भएर बस्छ। मधेस आंदोलन को नाकाबंदी ले १० बिलियन, १५ बिलियन डॉलर क्षति भयो भन्ने हरुले के बुझ्नुपर्छ भने सनातनी लाई त्यस कुराको मतलब हुँदैन। त्यो भौतिक कुरा भो।

तर देशको आर्थिक क्षति र गरीबी को मतलब नहुने आफुले कालाबाजारी गरेर जनता लुट्ने -- त्यो त सनातनी होइन। त्यो त अपराधी हो। आफु महाभ्रष्टाचार गर्ने। त्यो त सनातनी होइन। त्यो त धर्म का हिसाबले पाखंडी हो।

धर्म निरपेक्षता मा पाखंडी लाई पनि ठाउँ हुन्छ। धर्म का हिसाबले। अपराध चाहिँ कानुन ले हेर्नु पर्ने हुन्छ।