Showing posts with label sapatari. Show all posts
Showing posts with label sapatari. Show all posts

Saturday, August 22, 2015

भारदह घटना र सिडिओको झुठको खेती


भारदह घटना र सिडिओको झुठको खेती

सक्षम भारद्वाज आफ्नो अधिकारकालागि मधेशी मोर्चाले गत मंगलबार भारदहमा गरेको शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न प्रहरीले गोली प्रहार ग¥यो । प्रहरीको गोली लागेर भारदह गाविस १ का राजीव राउतले ज्यान गुमाए । दुधे बालिकासहित उनका दुई अबोध सन्तानले पिता गुमाए ।

राजीवको मृत्युले सि·ो भारदहबासी मात्र नभई समग्र मधेश नै शोकमग्न छ । उनको परिवारका सदस्यहरुको आँखा अझै ओभाएको छैन । उनकी पत्नी निलमदेवीको चेत खुल्न सकेको छैन भने आमा महियादेवी र बुवा भीम राउत छोराको पोष्टमार्टम गरिएको शरीरलाई टोलाईरहन्छन् ।

राजीव भारदहमा हुने गरेका प्रायःजसो आन्दोलनमा सहभागी हुने गरेका थिए । पेशाले कृषक रहेका उनी केराखेती गरी आफ्नो परिवारको गुजारा गर्दै आएका थिए । भारदहमा शनिबारदेखि नै आन्दोलन जारी थियो । आईतबारदेखि मोर्चाले गरेको आमहड्तालमा उनी सक्रिय सहभागी रहेको मोर्चाका नेताहरुको कथन छ । मंगलबार पनि उनी आन्दोलनमा थिए ।

प्रहरीले आन्दोलनलाई दमन गर्न आफ्नो बर्बरतापूर्ण ब्यवहार देखायो । आन्दोलनकारीमाथि लाठीचार्ज गर्नुकासाथै अभद्र गाली गर्दै घर घरमा पसेर के महिला, के वृद्ध के बालबालिका सबैलाई निर्घात कुटपिट गरे । सोही क्रममा प्रहरीले राजीवलाई ताकेरै छातीमा गोली प्रहार गरे । इलाका प्रहरी कार्यालय नजिकै रहेका उनलाई प्रहरीले ताकेर गोली हाने । आन्दोलनकारीलाई नियन्त्रण गर्न गोली प्रहार गर्नै पर्ने अवस्था आएमा कम्मरमुनीको भागमा मात्र गोली प्रहार गर्ने कानुन हुँदाहुँदै राजीवलाई छातीमा किन गोली हानियो ? यसको जवाफ सप्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव र प्रहरी उपरीक्षक शिशिरकुमार कर्माचार्यले दिनै पर्छ ।

प्रहरीले बुलेट अर्थात फलामको गोली चलाएको देखिन्छ । गाउँमा जताततै गोलीको छर्राहरु लागेको स्पष्ट देखिन्छ । प्रहरी चौकी नजिकै रहेको मिलहरुको मिटरमा गोली लागेको अझै पनि हेर्न सकिन्छ । घरका भित्ताहरुमा जताततै गोलीको निसान छन् । टोलमा रहेको बाँसहरुमा गोली छेडिएको दृश्यहरु जस्ताको तस्तै छ ।

प्रहरीकै गोलीले मृत्युबरण गरेका आफ्नो छोराको लास लिएर घर आएका भीमको परिवारमाथि प्रहरीले फेरि बर्बरतापूर्वक निर्घात कुटपिट गरे । घर भित्र छिरेर आफूहरुलाई निर्धात कुटपिट गरेको मृतकका बुवा भीमले दुःखेसो पोखे । घरवाट वाहिर निकालेर सडकमा लगेर आफूसँगै अरु स्थानीयहरुलाई पनि प्रहरीले निर्धात कुटपिट गरेको उनले भने ।

स्थानीयहरुलाई ‘बिहारी’ भन्दै गाली गर्दै प्रहरीले जथाभावी गोली प्रहार गरे । घरभित्र, पसलभित्र पसेर प्रहरीले कुटपिट गरे । आँगन आँगनमा पचासौँ राउण्ड अश्रु ग्यास फाले ।

आन्दोलनको दिन साँझ ४ बजेदेखि कफ्र्यू लगाइएको थियो । राती गाऊँमा घरघरमा पसेर प्रहरीले थर्काउँदै गाली गरेका थिए । महिलाहरुलाई दुब्र्यबहार गरे । कफर्यूको बेला पर्वते अनुहार भएका मोटरसाइकल चालकलाई जान दिइएको थियो भने मधेसी अनुहारका मोटरसाइकल चालकहरुलाई जथाभावी गाली र कुटपिट गरिएको थियो ।

एकातिर प्रहरीले आन्दोलनकारीमाथि गोली प्रहार गरी एक जनाको ज्यान लिएको छ भने अर्कोतिर गोली चलाउने आदेश नै नदिएको अभिब्यक्ति दिंदैछन् । सुरक्षा निकायकै जिम्मेवार अधिकारीहरुले दिएको बयान आपसमा बाझिएको छ । आन्दोलनकारीले प्रहरीमाथि फायर गरेपछि आफूहरुले फायर गरेको डिएसपी नारायणप्रसाद चिमरियाले दाबी गरेका छन् ।

यता प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले आन्दोलनकारीले चौकीमाथि आक्रमण भएपछि गोली चलेको हो भनी अभिब्यक्ति दिएका छन् । जबकी प्रहरी उपरीक्षक(एसपी) शिशिर कर्माचार्यले प्रहरीको गाडीमाथि पेट्रोल बम प्रहार भएपछि गोली चलाइएको भनी प्रतिक्रिया दिएका छन् ।

अर्कोतिर गृहमन्त्री बामदेव गौतमले त रेडिमेड प्रतिक्रिया जनाएका छन्– हतियार खोस्न खोजेपछि सप्तरीमा गोली चलाउनुप¥यो । एउटै घटनाको बारेमा हरेक जिम्मेवार अधिकारीले फरक फरक प्रतिक्रिया दिनाले पनि सुरक्षा अधिकारीहरुले आन्दोलनकारकिो ज्यान लिएर षडयन्त्रपूर्ण ढ·बाट आन्दोलनलाई निष्तेज पार्न र दमन गर्न गोली चलाएको पुष्टि हुन्छ ।

घटनाको दिन मंगलबार स्थानीय सञ्चारकर्मीहरुले जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका सिडिओ विरेन्द्रकुमार यादवलाई गोली चलेको बारेमा सोध्दा आफूले गोली चलाउने आदेश नदिएको बताएका थिए । तर, बुधबारको ‘रातोपाटी’ अनलाइनमा उनले ‘बाध्य भएर गोली चलाउने आदेश दिएको’ बताएका छन् । काठमाण्डौको मिडियालाई गोली चलाउने आदेश आफूले दिएको बताउने सिडिओले स्थानीय सञ्चारकर्मीहरुलाई किन ढाँटे ? स्थानीय सञ्चारकर्मीलाई बताएपछि आक्रोश बढी हुने र काठमाण्डौको अनलाइनमा सप्तरीयाको पहुँच नहुने ठानेरै सिडिओले नबताएको हुन सक्छ । तर, सिडिओ यादवले शायद विर्सेछन् अहिलेको जमाना भनेको सूचना प्रविधिको हो र जहाँसुकैको खबर पनि थाहा पाउन सकिन्छ ।

यति मात्र कहाँ हो र सिडिओको झुठोको खेतीको फेहरिस्त अझै लामो छ । उनले तनाव कम गर्न स्थानीय राजनीतिक दल, आन्दोलनका नेतृत्व वर्गसँग बसेर छलफल गरें, नागरिक समाज, मानवअधिकार र सञ्चारकर्मीहरुसँग बसेर जारी असन्तुष्टलाई कसरी साम्य बनाउन सकिन्छ भनेर छलफल गरी राय सुझाव लिएँ भनेर रातोपाटीलाई भनेका छन् । त्यहाँका स्थानीयसँग पनि बसेर पनि समस्या समाधानबारे सुझावहरु मागेँ, त्यसैअनुसार वातावरण सामान्यतर्फ गयो उनले भनेका छन् ।

आन्दोलनकारीले संयमता गुमाएर उग्र बन्दा अप्रिय घटना भएको भन्दै सिडिओ यादवले आन्दोलनकारीले भारदहको प्रहरी कार्यालयमा आक्रमण गरेपछि, कार्यालयको झ्यालको सिसा फुटाउने, गाडी आगजनी गर्ने जस्ता काम हुन थालेपछि र आन्दोलनकारी नियन्त्रणबाहिर गएपछि त्यहाँ बाध्य भएर प्रहरीले गोली चलाउनुप¥यो भनी अनलाइनलाई भनेका छन् । आत्मरक्षाका लागि र सरकारी सम्पत्तिको रक्षाका लागि पनि बाध्य भएर गोली चलाउने आदेश दिनुपरेको उनले बताएका छन् । आन्दोलनरत दलका नेतृत्वसँग बसेर छलफल गरिरहेको र समस्या समाधानबारे कुरा गरिरहेको भनेर फेरि सिडिओले ढाँटेका छन् । घटनाको तीन दिन बित्दा पनि सिडिओले कुनै पनि आन्दोलनकारी वा राजनीतिक दलसँग यस घटनाका बारेमा छलफल गरेका छैनन् न त कुनै सञ्चारकर्मीसँग नै कुराकानी गरेका छन् । स्थानीयसँग र आन्दोलनकारीका अगुवासँग छलफल गरिरहेको बताउने सिडिओ यादवले तीन दिन बित्दा पनि मृतकको घरमा पुग्न सकेका छैनन् ।

आफूहरुसँग सिडिओ यादवले कुनै किसीमको छलफल र कुराकानी नगरेको आन्दोलनको अगुवाई गरिरहेका संघीय समाजवादी फोरम नेपालका नेता शम्भु झाले बताए ।

सिडिओकोलागि मान्छेको ज्यानभन्दा सरकारी सम्पत्तिनै प्यारो भएकोले मान्छेलाई नै मार्ने आदेश दिए । पटक पटक ढाँट्ने काम समेत गरेका छन् । महत्वपूर्ण ओहदामा बसेका सिडिओले जनतालाई कसरी ढाँट्न मिल्छ ? गोली हान्ने निर्णय गरेको हो र आदेश दिएको हो भने आफूलाई अत्यन्तै ‘स्मार्ट’ ठान्ने सिडिओले त्यसलाई स्विकार गर्न किन डराईरहेका छन् ? यो गम्भीर प्रश्न हो ।

सिडिओ यादवलाई अर्को प्रश्न, आफ्नो अधिकारकोलागि लड्ने भारदहबासी मधेसीहरु के बिहारी हुन ? के प्रहरीले बल प्रयोग गर्दा गाली नै गर्नुपर्छ ? प्रहरी प्रशासनको यस्तो ब्यवहारबाट भारदहमा के सदभाव बलियो हुँदैछ ?

राष्ट्रिय मानवअधिकार आयोगलाई अर्को प्रश्न, के भारदह घटनाको छानबिन आयोगको कार्यक्षेत्र भित्र पर्दैन ? यसबारे राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख अनुपराज शर्माले जवाफ दिने कि नदिने ? के सप्तरीका वा काठमाण्डौका अधिकारबादीहरु भारदहको घटनाबारे बोल्नु पर्दैन ? भारदहको यस्तो ह्रदयविदारक घटनाप्रति अधिकारबादीहरु किन मौन छन् र यो मौनता कहिलेसम्मकालागि हो ?

प्रहरी प्रशासनको यस्तो रबैयाका बारेमा कहिलेसम्म चुप लागेर बस्ने हो ? प्रहरी प्रशासनले मान्छेको ज्यान लिने र सामाजिक सद्भाव विथोल्ने काम गरिरहँदा संविधान सभामा रहेका सभासदहरु किन चुप लागेर बसेका हुन् ? यस्ता प्रश्नहरुको जवाफ दिनु आवश्यक छ । सप्तरीबासी हरेक कुरामा सचेत र सजग छन् । यस्ता प्रश्नहरुको जवाफ सम्बन्धित ब्यक्ति तथा निकायहरुसँग खोज्ने नै छन् ।