Showing posts with label sanghiya morcha. Show all posts
Showing posts with label sanghiya morcha. Show all posts

Friday, November 20, 2015

Law And Order




नेपालमा आर्थिक क्रांति को ५ सुत्र
नेपालमा आर्थिक क्रांति गर्नु पर्ने किन र कसका लागि
बाबुराम को पार्टी को नाम: नवनिर्माण (एक सुझाव)
बाबुराम को चुनाव चिन्ह: चक्र (एक सुझाव)

Law and Order को प्रत्याभूति दिनु राज्य को प्रथम दायित्व हो। भन्ने ले भन्छन सद्दाम तानाशाह थियो तर Law and Order को प्रत्याभूति चाहिँ दिएको थियो। नेपालमा पनि समय समय मा राजा आउ देश बचाउ भन्ने आवाज जुन यदाकदा सुनिन्छ त्यो एमाले का गुंडा ले सास्ती दिएका मानिस हरुको आवाज हो।

नीतिश ले २००५ मा चुनाव लड्दा एउटा कुरा मात्र बोलेको। कानुन का शासन भनेको आधारमा वोट मागेको पाएको। विकास उसले भनेकै थिएन। र उसले पहिलो काम गरेकै Law and Order को प्रत्याभूति दिनु हो। त्यति गरे पछि बिहार मा एक किसिमले ऑफसेआफ विकास हुन थाल्यो। फ़ास्ट ट्रैक कोर्ट खड़ा गर्यो। ८०,००० लाई भित्र हाल्यो। उता राज ठाकरे खुश। नेपालमा पनि २०-३० हजार लाई भित्र हाल्ने हो भने राज ठाकरे खुश हुन्छ। बिहार मा गार्हो भो भन्ने हरु नेपाल पसेका छन।

तर Law and Order को प्रत्याभूति भनेको हत्या हिंसा अपराध अपहरण रोक्ने मात्र होइन। आम जनता सरकारी कार्यालय मा जाँदा घुस खुवाउनु परेको छ भने त्यो Law and Order कमजोर रहेको अवस्था हो। त्यसमा नीतिश  ले अझ काम गर्न बाँकी नै छ।

बाबुराम पदमा पुगेछन् भने घुस खाँदैनन्। त्यसमा म शंका गर्दिन। तर त्यसले पुग्दैन। घुस त मनमोहन सिंह ले पनि के खायो र? तर उसको नाक मुनि ब्रम्हलुट थियो। मोदी को जस्तो चाहिन्छ। खुद भी नहीं खाउंगा, तुझे भी खाने नहीं दुँगा हुनुपर्यो। र त्यो मंत्रिमंडल मा मात्र होइन, तल तल सम्म हुनुपर्यो।

नेपाल अहिले आतंकवाद र अंतर्राष्ट्रीय स्तरको तस्करी को एउटा राजधानी जस्तो हो, विशेष गरी काठमाण्डु। थुप्रै अन्तर्राष्ट्रिय स्तर का आतंकवादी र तस्कर हरु का लागि ड्रीम ट्रांजिट पॉइंट र लुक्न आउने ठाउँ। मुंबई मा अपराध गरे पछि भागेर आउने ठाउँ। नेपालमा सुरक्षा निकाय हरु को deep penetration बिना त्यो सब संभव हुँदैन। असक्षम होइन भ्रष्ट भएको हो।

"You can get a cow through the Kathmandu airport."
--- Charles Shobjraj