Showing posts with label sanatana dharma. Show all posts
Showing posts with label sanatana dharma. Show all posts

Saturday, February 11, 2023

A Social Transformation Formula Without Parallel In Human History



महन्थ ठाकुरलाई संसदबाट ओलीको लिफ्ट, राष्ट्रपतिको चुनाव लागेको हो ? ठाकुरलाई राष्ट्रपतिमा अघि सारे सबै दलले स्वीकार गर्ने स्थितीको सम्भावना देखेर ओलीले ठाकुर संग छलफल गर्न लागेको हुन सक्ने बताइएको छ ।

ति अबोध दिदी, जस्ले भुकम्पको भग्नावशेषमा ३६ घण्टा सम्म भाइको रक्षा गरिन
नागरिक उन्मुक्ती चट्टानी अडानबाट टसमस नहुँदा ढल्यो सुदुर पश्चिम सरकार
रास्वपा बिबादमा फँस्दा विवेकशील साझाका नेताहरु एक हुदै
ओली, प्रचण्ड, उपेन्द्र र राउतले फोन गरेर फलानोलाई मन्त्री बनाउ भन्छ, म के गर्नु ? : मुख्यमन्त्री

प्रचण्ड फकाउन देउवाको ‘दूत’ बने गगन राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किनेमा कांग्रेस आशावादी ........ कांग्रेस स्रोतका अनुसार सत्ता गठबन्धनको विकल्प खोज्दा आगामी पाँच वर्ष सरकारको नेतृत्व आफैले गर्न पाउनुपर्ने, त्यसमा कांग्रेसले लिखित सहमति नै गर्नुपर्ने र यसमा कांग्रेसको सिंगो पंक्तिको साथ हुनुपर्ने प्रचण्डको अपेक्षा थियो । त्यसमा पनि कांग्रेसको संस्थापन इतर पक्षको मनोविज्ञान बुझ्न प्रधानमन्त्री प्रचण्डले आफै उनीहरूसँग संवाद गर्न चाहेका थिए । ........ ‘राष्ट्रपतिको निर्वाचनबाट राष्ट्रपति मात्र प्राप्त हुन्थ्यो र अरू केही प्राप्त हुने अवस्था थिएन भने कांग्रेसले यत्रो धेरै ‘पापड’ पेल्दैनथ्यो,’ कांग्रेस स्रोत भन्छ । राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किन्छ भन्नेमा कांग्रेसका अधिकांश नेता आशावादी छन् । ....... शुक्रबार (आज) बसेको सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठक हार्दिकता पूर्ण हुन नसकेको सङ्केत देखिएको छ । एमालेका अध्यक्ष केपी ओलीले आज संसद् भवनबाट बाहिरिँदा गठबन्धनको भविष्यबारे प्रस्ट जवाफ दिएनन् । सञ्चारकर्मीले ‘सुदूरपश्चिम सरकार जोगाउन सक्नुभएन, काठमाडौँको सरकार के होला अध्यक्षज्यू’ भनेर प्रश्न गर्दा ‘हेर्दै जाऔँ’ भन्ने ओलीको टिप्पणी थियो ।

राष्ट्रपतिमा ओलीले खोजे महन्थको साथ
लामिछाने सहभागी भएको बैठकमा किन गएनन् जसपा, जनमत, उन्मुक्ति पार्टी ?
वामपन्थी पार्टीबीच एकताबारे छलफल
मस्यौदा समिति बैठकमा अमरेश जंगिएपछि...
संसद‍्मा राष्ट्रपतिको सम्बोधनपछि कसले के भने ?
एक साता नबित्दै रास्वपालाई फेरि सरकारमा सहभागी गराउन छलफल

सिके राउतले आफ्नै दाइलाई बनाए योजना आयोगकाे सदस्य चुनावमा पराजित आफ्नै दाइलाई योजना आयोगमा सिफारिस गरेपछि पार्टीभित्र र बाहिर आलोचना सुरु भएको छ । यसअघि पनि अध्यक्ष सिके राउतले आफन्त बबिता राउतलाई समानुपातिक प्रणालीबाट मधेस प्रदेश सभामा ल्याएका थिए । उनी अहिले उपसभामुख छिन् । अध्यक्ष राउतको यो कदमको पनि चर्को आलोचना भएको थियो । ........ उनले भाइलाई संसदीय राजनीति गर्न सुझाव दिँदै आएका थिए । सिके राउत जेल पर्दा जयकान्तले नै कानुनी तथा प्रशासनिक कामहरू गरेर निकाल्न पहल गर्थे । स्वतन्त्र गठबन्धन छाडेर सिके राउत मूलधारमा आउनुमा जयकान्तको हात रहेको छ । जयकान्तले पछिल्लो समय सिके राउत थुनामा रहेका बेला उनलाई रिहा गर्न र ११ बुँदे सम्झौता गराउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गरेर वातावरण निर्माण गर्न सफल भएका थिए ।

राष्ट्रपतिको चुनावपछि जनमतलाई थप एक मन्त्रालय ! ‘हामीले उद्योग मन्त्रालयमा अझै दाबी छाडेका छैनौँ र प्रधानमन्त्री प्रचण्डले पनि दिने आश्वासन दिनुभएको छ ।’
राष्ट्रपतिमा सबैलाई मान्य हुने पात्रको खोजी गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपतिमा माओवादीसँग कांग्रेस ढुक्क : पुरानो गठबन्धन ब्युँताउन प्रचण्डका तीन सर्त कांग्रेस स्रोतका अनुसार सत्ता गठबन्धनको विकल्प खोज्दा आगामी पाँच वर्ष सरकारको नेतृत्व आफैले गर्न पाउनुपर्ने र त्यसमा कांग्रेसले लिखित सहमति नै गर्नुपर्ने प्रचण्डको अपेक्षा छ । ....... त्यसमा सिंगो कांग्रेस आफुलाई प्रधानमन्त्री मानेर जान तयार छ छैन भन्नेमा समेत प्रचण्डले कांग्रेस नेताहरुसँग जिज्ञासा राखेका छन् । ...... कांग्रेस स्रोतका अनुसार अबको ३/४ दिनमै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डले राष्ट्रपतिमा ‘तपाईको उम्मेदवारलाई सहयोग गर्न सक्दिनँ’ भनेर कित्ता क्लियर गर्ने तयारी गरेका छन् । त्यो अवस्थामा एमाले सरकारबाट बाहिरिन सक्नेपनि कतिपयको आँकलन छ । सोही अनुसार कांग्रेसले अहिले राष्ट्रपतिको निर्वाचनलाई प्रचण्ड नेतृत्वको सरकारमा पुग्ने भ-याङ बनाउन चाहेको छ । ........ राष्ट्रपति निर्वाचनपछि पुनः सत्तामा फर्किने प्रधानमन्त्री प्रचण्डसँगको सहमितिपछि रास्वपा आइतबार सरकारबाट बाहिरिसकेको छ । ....... रास्वपा सभापति रवि लामिछानेले आइतबारको पत्रकार सम्मेलनमा कुनै पनि बेला सरकारमा जान सकिने बताएका थिए । ....... ओलीले संसद विघटनको प्रसंग आनवश्यक रुपमा झिके । यसले प्रचण्डलाई अप्ठ्यारो पारेको कांग्रेस नेताहरुको तर्क छ । महामन्त्री थापासँगको भेटमा पनि प्रचण्डले ओलीको सम्बोधनको प्रसंग निकालेका थिए । ....... ओलीले गरेको संसद विघटनको बचाउले सत्ता गठबन्धनमा विवादको विजारोपण गरेको हुन्छ भनेर थापाले दिएको अभिव्यक्ति आफूले नोटिस गरेको प्रचण्डको भनाइ थियो । कांग्रेसले दिएको विश्वासको मतलाई स्वभाविक रुपमा लिएर सभामुखमा देवराज घिमिरेको ठाउँमा पृथ्वीसुब्बा गुरुङलाई अगाडि सारेको भए प्रचण्ड नझस्किने कतिपयको बुझाइ छ । ......... राष्ट्रपतिमा सुवास नेम्वाङको विकल्पमा विष्णु रिमाल र गुरु बरालको नाम अगाडि नसारेपछि प्रचण्ड थप झस्किएकोे कांग्रेस नेताहरुको विश्लेषण छ । ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर आफूमाथि दबाब बढाएको प्रचण्डको बुझाइ छ ।

लोसपाले महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने!

रास्वपा संगठन विस्तारमा केन्द्रित हुने
नागरिक उन्मुक्तिले ‘उधारो’ नमान्दा मुख्यमन्त्री रावलको पद धरापमा
रवि लामिछानेविरुद्ध अमेरिकामा छन् अझै यी मुद्दा
यती एयरको पखेटामा समस्या

फुड ब्लगिङ करिअरसँगै व्यवसाय





दुईदिने भ्रमणका लागि नेपाल आइपुगिन् समान्था



Thursday, December 17, 2015

धर्म निरपेक्षता ले सबै धर्म का लागि ठाउँ प्रशस्त गर्छ

हामी एउटा आधुनिक राज्य को कुरा गर्दैछौं: Modern State. जस्तो कि मानव अधिकार को चार्टर त १०० वर्ष अगाडि थिएन। लोकतंत्र पनि एक पटक घोषणा गरेर हुने कुरा होइन। लोकतंत्र को संस्थागत विकास गर्दै जानुपर्ने हुन्छ। प्रत्येक चुनाव ले लोकतंत्र लाई बलियो बलियो बनाउँदै लान्छ। न्यायपालिका, कार्यपालिका, विधायिका ले एकले अर्को लाई मलजल गर्दै जान्छ।

त्यो आधुनिक राज्य धर्म निरपेक्ष मात्र हुन सक्छ। बन्चरोले नै काठ पनि काट्ने दाँत पनि माझ्ने भन्ने हुँदैन। त्यस्तै हो। आधुनिक राज्य धर्म का लागि बनाइएको हुँदै होइन। आधुनिक राज्य को आँखा ले देख्ने, नितांत भौतिक, कंक्रीट कुरा हरु सँग सरोकार हुन्छ। जस्तो कि अस्पताल, प्रति व्यक्ति आय। तर आधुनिक राज्य धर्म को विरोधी पनि होइन। धर्म निरपेक्षता भनेको धर्म को विरोध होइन।

धर्म निरपेक्षता भनेको यो काठ काट्ने बन्चरो हो, यसले दाँत माझ्ने प्रयास नगर भनेको हो। धर्म निरपेक्षता ले सबै धर्म का लागि ठाउँ प्रशस्त गर्छ बरु। मानिसको ज्यु धनको सुरक्षा धर्म निरपेक्ष राज्य को जिम्मेवारी हो। अनि त्यसरी सुरक्षा महसुस गर्ने मानिसले निस्फिक्री आफ्नो धर्म को पालन गर्ने पायो। धर्म निरपेक्ष राज्य ले मानिसको रोजीरोटी को मार्ग प्रशस्त गर्छ। धर्म गर्न पनि पैसा चाहिन्छ। चाडपर्व मनाउन पैसा चाहियो।

धर्म निरपेक्षता बिना आधुनिक राज्य संभव हुँदैन। आधुनिक राज्य बिना समृद्धि संभव हुँदैन। गोरा ले शुन्य (जीरो) लाई एह, यो त बिहारी को भनेर प्रयोग गर्न छोड़ेको छैन। धर्म निरपेक्षता कसको भन्ने कुरै छैन। मानव जाति को।

नेपाल लाई हिन्दु राष्ट्र घोषणा गर्ने हो भने अथवा सनातनी राज्य घोषणा गर्न नछोड्ने हो भने सबभन्दा घाटा हिन्दु र सनातनी लाई नै हुन्छ। ती गरीब भएर बसिरहन्छन्। हुन त गरीबी समस्या नै होइन भन्ने हरु पनि नभएको होइन। त्यस्ता ले काठमाण्डु छोड्नु, जंगल मा गएर कंदमूल खाएर बस्नु गएर।