Showing posts with label rajiv raut. Show all posts
Showing posts with label rajiv raut. Show all posts

Tuesday, August 25, 2015

शव यात्रा, राजविराज, सप्तरी



शव यात्रा , राजविराज, सप्तरी

स्वायत्त मधेश प्रदेशकाे अान्दाेलनकाे क्रममा अघिल्लाे मँगलवार प्रहरीकाे गाेली लागेर मृत्यु भएका भारदह निवासी राजीव भनिने राजेन्द्र राउतकाे शव यात्रामा मानव सागर .......

Saturday, August 22, 2015

भारदह घटना र सिडिओको झुठको खेती


भारदह घटना र सिडिओको झुठको खेती

सक्षम भारद्वाज आफ्नो अधिकारकालागि मधेशी मोर्चाले गत मंगलबार भारदहमा गरेको शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न प्रहरीले गोली प्रहार ग¥यो । प्रहरीको गोली लागेर भारदह गाविस १ का राजीव राउतले ज्यान गुमाए । दुधे बालिकासहित उनका दुई अबोध सन्तानले पिता गुमाए ।

राजीवको मृत्युले सि·ो भारदहबासी मात्र नभई समग्र मधेश नै शोकमग्न छ । उनको परिवारका सदस्यहरुको आँखा अझै ओभाएको छैन । उनकी पत्नी निलमदेवीको चेत खुल्न सकेको छैन भने आमा महियादेवी र बुवा भीम राउत छोराको पोष्टमार्टम गरिएको शरीरलाई टोलाईरहन्छन् ।

राजीव भारदहमा हुने गरेका प्रायःजसो आन्दोलनमा सहभागी हुने गरेका थिए । पेशाले कृषक रहेका उनी केराखेती गरी आफ्नो परिवारको गुजारा गर्दै आएका थिए । भारदहमा शनिबारदेखि नै आन्दोलन जारी थियो । आईतबारदेखि मोर्चाले गरेको आमहड्तालमा उनी सक्रिय सहभागी रहेको मोर्चाका नेताहरुको कथन छ । मंगलबार पनि उनी आन्दोलनमा थिए ।

प्रहरीले आन्दोलनलाई दमन गर्न आफ्नो बर्बरतापूर्ण ब्यवहार देखायो । आन्दोलनकारीमाथि लाठीचार्ज गर्नुकासाथै अभद्र गाली गर्दै घर घरमा पसेर के महिला, के वृद्ध के बालबालिका सबैलाई निर्घात कुटपिट गरे । सोही क्रममा प्रहरीले राजीवलाई ताकेरै छातीमा गोली प्रहार गरे । इलाका प्रहरी कार्यालय नजिकै रहेका उनलाई प्रहरीले ताकेर गोली हाने । आन्दोलनकारीलाई नियन्त्रण गर्न गोली प्रहार गर्नै पर्ने अवस्था आएमा कम्मरमुनीको भागमा मात्र गोली प्रहार गर्ने कानुन हुँदाहुँदै राजीवलाई छातीमा किन गोली हानियो ? यसको जवाफ सप्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव र प्रहरी उपरीक्षक शिशिरकुमार कर्माचार्यले दिनै पर्छ ।

प्रहरीले बुलेट अर्थात फलामको गोली चलाएको देखिन्छ । गाउँमा जताततै गोलीको छर्राहरु लागेको स्पष्ट देखिन्छ । प्रहरी चौकी नजिकै रहेको मिलहरुको मिटरमा गोली लागेको अझै पनि हेर्न सकिन्छ । घरका भित्ताहरुमा जताततै गोलीको निसान छन् । टोलमा रहेको बाँसहरुमा गोली छेडिएको दृश्यहरु जस्ताको तस्तै छ ।

प्रहरीकै गोलीले मृत्युबरण गरेका आफ्नो छोराको लास लिएर घर आएका भीमको परिवारमाथि प्रहरीले फेरि बर्बरतापूर्वक निर्घात कुटपिट गरे । घर भित्र छिरेर आफूहरुलाई निर्धात कुटपिट गरेको मृतकका बुवा भीमले दुःखेसो पोखे । घरवाट वाहिर निकालेर सडकमा लगेर आफूसँगै अरु स्थानीयहरुलाई पनि प्रहरीले निर्धात कुटपिट गरेको उनले भने ।

स्थानीयहरुलाई ‘बिहारी’ भन्दै गाली गर्दै प्रहरीले जथाभावी गोली प्रहार गरे । घरभित्र, पसलभित्र पसेर प्रहरीले कुटपिट गरे । आँगन आँगनमा पचासौँ राउण्ड अश्रु ग्यास फाले ।

आन्दोलनको दिन साँझ ४ बजेदेखि कफ्र्यू लगाइएको थियो । राती गाऊँमा घरघरमा पसेर प्रहरीले थर्काउँदै गाली गरेका थिए । महिलाहरुलाई दुब्र्यबहार गरे । कफर्यूको बेला पर्वते अनुहार भएका मोटरसाइकल चालकलाई जान दिइएको थियो भने मधेसी अनुहारका मोटरसाइकल चालकहरुलाई जथाभावी गाली र कुटपिट गरिएको थियो ।

एकातिर प्रहरीले आन्दोलनकारीमाथि गोली प्रहार गरी एक जनाको ज्यान लिएको छ भने अर्कोतिर गोली चलाउने आदेश नै नदिएको अभिब्यक्ति दिंदैछन् । सुरक्षा निकायकै जिम्मेवार अधिकारीहरुले दिएको बयान आपसमा बाझिएको छ । आन्दोलनकारीले प्रहरीमाथि फायर गरेपछि आफूहरुले फायर गरेको डिएसपी नारायणप्रसाद चिमरियाले दाबी गरेका छन् ।

यता प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले आन्दोलनकारीले चौकीमाथि आक्रमण भएपछि गोली चलेको हो भनी अभिब्यक्ति दिएका छन् । जबकी प्रहरी उपरीक्षक(एसपी) शिशिर कर्माचार्यले प्रहरीको गाडीमाथि पेट्रोल बम प्रहार भएपछि गोली चलाइएको भनी प्रतिक्रिया दिएका छन् ।

अर्कोतिर गृहमन्त्री बामदेव गौतमले त रेडिमेड प्रतिक्रिया जनाएका छन्– हतियार खोस्न खोजेपछि सप्तरीमा गोली चलाउनुप¥यो । एउटै घटनाको बारेमा हरेक जिम्मेवार अधिकारीले फरक फरक प्रतिक्रिया दिनाले पनि सुरक्षा अधिकारीहरुले आन्दोलनकारकिो ज्यान लिएर षडयन्त्रपूर्ण ढ·बाट आन्दोलनलाई निष्तेज पार्न र दमन गर्न गोली चलाएको पुष्टि हुन्छ ।

घटनाको दिन मंगलबार स्थानीय सञ्चारकर्मीहरुले जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका सिडिओ विरेन्द्रकुमार यादवलाई गोली चलेको बारेमा सोध्दा आफूले गोली चलाउने आदेश नदिएको बताएका थिए । तर, बुधबारको ‘रातोपाटी’ अनलाइनमा उनले ‘बाध्य भएर गोली चलाउने आदेश दिएको’ बताएका छन् । काठमाण्डौको मिडियालाई गोली चलाउने आदेश आफूले दिएको बताउने सिडिओले स्थानीय सञ्चारकर्मीहरुलाई किन ढाँटे ? स्थानीय सञ्चारकर्मीलाई बताएपछि आक्रोश बढी हुने र काठमाण्डौको अनलाइनमा सप्तरीयाको पहुँच नहुने ठानेरै सिडिओले नबताएको हुन सक्छ । तर, सिडिओ यादवले शायद विर्सेछन् अहिलेको जमाना भनेको सूचना प्रविधिको हो र जहाँसुकैको खबर पनि थाहा पाउन सकिन्छ ।

यति मात्र कहाँ हो र सिडिओको झुठोको खेतीको फेहरिस्त अझै लामो छ । उनले तनाव कम गर्न स्थानीय राजनीतिक दल, आन्दोलनका नेतृत्व वर्गसँग बसेर छलफल गरें, नागरिक समाज, मानवअधिकार र सञ्चारकर्मीहरुसँग बसेर जारी असन्तुष्टलाई कसरी साम्य बनाउन सकिन्छ भनेर छलफल गरी राय सुझाव लिएँ भनेर रातोपाटीलाई भनेका छन् । त्यहाँका स्थानीयसँग पनि बसेर पनि समस्या समाधानबारे सुझावहरु मागेँ, त्यसैअनुसार वातावरण सामान्यतर्फ गयो उनले भनेका छन् ।

आन्दोलनकारीले संयमता गुमाएर उग्र बन्दा अप्रिय घटना भएको भन्दै सिडिओ यादवले आन्दोलनकारीले भारदहको प्रहरी कार्यालयमा आक्रमण गरेपछि, कार्यालयको झ्यालको सिसा फुटाउने, गाडी आगजनी गर्ने जस्ता काम हुन थालेपछि र आन्दोलनकारी नियन्त्रणबाहिर गएपछि त्यहाँ बाध्य भएर प्रहरीले गोली चलाउनुप¥यो भनी अनलाइनलाई भनेका छन् । आत्मरक्षाका लागि र सरकारी सम्पत्तिको रक्षाका लागि पनि बाध्य भएर गोली चलाउने आदेश दिनुपरेको उनले बताएका छन् । आन्दोलनरत दलका नेतृत्वसँग बसेर छलफल गरिरहेको र समस्या समाधानबारे कुरा गरिरहेको भनेर फेरि सिडिओले ढाँटेका छन् । घटनाको तीन दिन बित्दा पनि सिडिओले कुनै पनि आन्दोलनकारी वा राजनीतिक दलसँग यस घटनाका बारेमा छलफल गरेका छैनन् न त कुनै सञ्चारकर्मीसँग नै कुराकानी गरेका छन् । स्थानीयसँग र आन्दोलनकारीका अगुवासँग छलफल गरिरहेको बताउने सिडिओ यादवले तीन दिन बित्दा पनि मृतकको घरमा पुग्न सकेका छैनन् ।

आफूहरुसँग सिडिओ यादवले कुनै किसीमको छलफल र कुराकानी नगरेको आन्दोलनको अगुवाई गरिरहेका संघीय समाजवादी फोरम नेपालका नेता शम्भु झाले बताए ।

सिडिओकोलागि मान्छेको ज्यानभन्दा सरकारी सम्पत्तिनै प्यारो भएकोले मान्छेलाई नै मार्ने आदेश दिए । पटक पटक ढाँट्ने काम समेत गरेका छन् । महत्वपूर्ण ओहदामा बसेका सिडिओले जनतालाई कसरी ढाँट्न मिल्छ ? गोली हान्ने निर्णय गरेको हो र आदेश दिएको हो भने आफूलाई अत्यन्तै ‘स्मार्ट’ ठान्ने सिडिओले त्यसलाई स्विकार गर्न किन डराईरहेका छन् ? यो गम्भीर प्रश्न हो ।

सिडिओ यादवलाई अर्को प्रश्न, आफ्नो अधिकारकोलागि लड्ने भारदहबासी मधेसीहरु के बिहारी हुन ? के प्रहरीले बल प्रयोग गर्दा गाली नै गर्नुपर्छ ? प्रहरी प्रशासनको यस्तो ब्यवहारबाट भारदहमा के सदभाव बलियो हुँदैछ ?

राष्ट्रिय मानवअधिकार आयोगलाई अर्को प्रश्न, के भारदह घटनाको छानबिन आयोगको कार्यक्षेत्र भित्र पर्दैन ? यसबारे राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख अनुपराज शर्माले जवाफ दिने कि नदिने ? के सप्तरीका वा काठमाण्डौका अधिकारबादीहरु भारदहको घटनाबारे बोल्नु पर्दैन ? भारदहको यस्तो ह्रदयविदारक घटनाप्रति अधिकारबादीहरु किन मौन छन् र यो मौनता कहिलेसम्मकालागि हो ?

प्रहरी प्रशासनको यस्तो रबैयाका बारेमा कहिलेसम्म चुप लागेर बस्ने हो ? प्रहरी प्रशासनले मान्छेको ज्यान लिने र सामाजिक सद्भाव विथोल्ने काम गरिरहँदा संविधान सभामा रहेका सभासदहरु किन चुप लागेर बसेका हुन् ? यस्ता प्रश्नहरुको जवाफ दिनु आवश्यक छ । सप्तरीबासी हरेक कुरामा सचेत र सजग छन् । यस्ता प्रश्नहरुको जवाफ सम्बन्धित ब्यक्ति तथा निकायहरुसँग खोज्ने नै छन् ।

Friday, August 21, 2015

शहीद लाई ५० लाख दिने कुरा कहाँ बाट आयो?








इ, यो फोटो हेरे पछि आयो ५० लाख को कुरा। त्यों अझै कम भो भन्ने मेरो अडान। मेरो माग एक करोड़ हो। मधेसी मोर्चा का नेता हरुले गलती गरे, एक करोड़ भनेनन्।

मधेशी मोर्चा र मुस्लिम संगठनहरु आन्दोलनमा साथ–साथ
मधेश–थरुहटमा जारी आन्दोलनमा अव मधेशी मोर्चासँगै मुस्लिम संगठनहरु पनि साथसाथै आन्दोलन गर्ने भएको छ । ..... संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको आब्हानमा जारी मधेश आन्दोलनमा

सबै राजनीतिक पार्टी आबद्ध मुस्लिम संगठनहरुको संयूक्त मोर्चा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले सक्रिय एक्यबद्धता जनाउने भएको छ ।

...... दुई मोर्चाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समानुपातिक समावेशिता, राष्ट्रिय मुस्लिम आयोग, मुस्लिमहरुको विशेष अधिकार र धर्मनिरपेक्षतालगायतका मुद्दामा सहमतिसहित आन्दोलनमा सक्रिय ऐक्यबद्धता जनाउने सहमति भएको हो । सहमति पत्रमा गठबन्धनका संयोजक शमिम अन्सारी र मोर्चाका तर्फबाट महेन्द्र राय यादवले हस्ताक्षर गरेका छन । ...... विगतका आन्दोलनमा सहिद भएकाका परिवारको अवस्था दयनीय देखेर आफूहरुले ५० लाख रुपैया दिने निर्णय गरेको भन्दै यो रकम सम्बन्धीत प्रदेश निर्माण भएपछि उपलब्ध गराउने जानकारी गराए । .....

विगतमा राज्यसत्ताले मुस्लिम र मधेसीलाई विभाजन गरेको तर अहिले दुई मधेसी शक्ती एक भएकोले आन्दोलन सफल हुने

दावी गर्दै सफल नभएसम्म आन्दोलन नटुङगिने ठोकुवा गरे ।
अरू डनहरू पनि निगरानीमा, सर्वेन्द्र भन्छन्-गुन्डाले दुःख दिएका छन् भने सूचना दिनुहाेस्

Wednesday, August 19, 2015

Tula Narayan Shah: शहिद निवास भारदहबाट प्रधानमन्त्रीलाई अपडेट

अगर आप मधेशी हे तो अवश्य देखे। जय मधेश अपना देश। डा. सी के राउत जिन्दाबाद।

Posted by Chaturanand Madhesi on Sunday, July 5, 2015


Tula Narayan Shah
शहिद निवास भारदहबाट प्रधानमन्त्रीलाई अपडेट

सम्मानिय प्रधानमन्त्रीज्यू ,

आज विहान हामी(म र दिपेन्द्र झा) भारदह पुग्दा चारै तिरबाट स्थानियहरुले घेरा हाले । १० बर्षे बच्चादेखी ८० बर्षे बृद्धसम्मको एउटै आवाज थियो ।

पुलिसले हामीमाथी गाली गर्दै विहारी भन्दै गोली हान्यो हजुर । हामी कसरी बाच्ने ?

घर घरमा पसेर कुटेको छ । जथाभावी गोली प्रहार गरेको छ । घरका भित्ताहरुमा जताततै गोलीको निसाना छन् । टोलमा रहेको बाँसहरुमा गोली छेरिएको दृश्यहरु जस्ताको तस्तै छ । हामी टोलभरीका युवा वृद्ध बृद्धाहरुको गुनासो सुन्दै राजेन्द्र कुमार राउत (राजीव राउत)को निवास पुग्यौँ । हिजो भारदहमा प्रहरीको गोली लागेर राजीवको मृत्यू भएको थियो । निवासभन्दा केही पर भारदह चौक र कंकालनी मन्दीरको बीचको सडकमा सुकेको रगतका टाटाहरु देखियो । स्थानिय युवाहरुले सुनाए, गोली लागीसकेपछि भाग्दा भाग्दै राजीव यहीँनिर ढलेका थिए । थर्ड एलायन्सका साथी शिवेन्द्र दासले फोटो खिच्नुभो ।

हामी राजीबको निवास पुग्यौँ । दरबाजाको दाहिने जस्ताको छाना भएको सिमेन्टले प्लास्टर गरिएको घर र देब्रेपटी गोठ छ । प्लास्टर भएको पर्खालमा शुभविबाह लेखिएको छ । तर घरमा अशुभ घटना घटेको छ ।

आँगनमा सबै आईमाईहरु रोएको आबाज सुनियो ।

गोठसँगै रहेको दलानमा हामी बस्यौँ । वरिपरि रोदनको बीच हामी स्तब्ध भएर धेरैबेरसम्म सोचमग्न रहयौँ । बरिपरि झुम्म रहेका पुरुष र बालकहरुको भीड हाम्रो स्तब्धतालाई चिर्न खोज्यो ।

आँगनमा रहेका राजीबका विधवा र दुई कलिला नानीहरु अचेत अवस्था सुतिराखेको छ ।

घरको माहौलल दिपेन्द्र झालाई भक्कानिएर रुनबाट रोक्न सकेन । उनी राजीबका ३ महिने छोरीलाई काखमा लिएर भावुक भए । शायद मुद्रा शान्ति पनि यसैलाई भन्छ । कोइ कसैसँग नबोलि हामी फेरी दलानमा आएर बस्यौँ । घरको माहौलले दिपेन्द्रको आँशुलाई थाम्न दिएनन् । हामी स्तब्धताकै बीच यो पोष्ट लेख्दै छु ।

स्थानियहरुको गुनासो छ, हामीलाई बिहारी भन्दै गाली मात्र गरेनन्, जथाभावी गोली प्रहार गरयो । आँगन आँगनमा पचासौँ राउण्ड अश्रु ग्यास फालियो । बारी र अगेनाहरुमा हरियो घास डढेको दृश्य भारदहको वडा नम्बर १ र २ मा दर्जनौ छन् ।

आन्दोलनको दिन गोली चलेपछी कफर्यू लगाएको थियो । कंकालनी मंदिरनिर बाटो थुनिएको थियो । तर विहानैदेखी गाई बस्तु चराउन गएका महिला, पुरुष सबैलाई आउन दिइएन् ।

राती गाऊँमा घरघरमा गएर प्रहरीले थर्काउँदै गाली गरेको थियो । महिलाहरुलाई दुब्र्यबहार गरियो । कफर्यूको बेला पर्वते अनुहार चालक भएका मोटर साइकललाई जान दिएको थियो । मधेसी अनुहारका मोटरसाइकल चालकहरुलाई जथाभावी गाली र कुटपिट गरेको थियो ।

प्रधानमन्त्रीज्यू, के भारदहका मधेसीहरु बिहारी हुन ? के प्रहरीले बल प्रयोग गर्दा गाली गर्नुपर्छ । के गृहमन्त्रीले आफनो प्रहरीलाई त्यस्तै निर्देशन दिएको हो ? सभासदजीहरुले सदभभित्र सामाजिक सदभावको रट लगाई रहँदा के प्रहरी प्रशासनको ब्यवहारबाट भारदहमा सदभाव बलियो हुँदैछ ? सम्मानिय अनुपराज शर्मासँग हाम्रो प्रश्न छ,

के राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्षेत्र भित्र भारदह घटनाको छानबीन पर्दैन् ?

के काठमाण्डौका अधिकारबादीहरु भारदहको घटनाबारे बोल्नु पर्दैन ? भारदहबारे सरकार र अधिकारबादीको मौनता कहिलेसम्म ?