Showing posts with label party organization. Show all posts
Showing posts with label party organization. Show all posts

Tuesday, August 18, 2015

आन्दोलन र संगठन विस्तार सँगै लान दैनिक वड़ा सभा

आन्दोलन र संगठन विस्तार सँगै लान दैनिक वड़ा सभा गर्नु एउटा आईडिया हो। आफ्नो इच्छा लागेको संघीयता पक्षधर राजनीतिक दल को वडा समिति को दैनिक बैठक आयोजना गर्ने। उपस्थित सबै को नाम टिपने। सदस्यता लिएको त्यो। अनि दैनिक कॉकस (caucus) निर्वाचन गर्ने।

कॉकस (caucus) निर्वाचन भनेको जस्तो कि ११ जना भेला भयो। ११ जना को वड़ा समिति बन्यो। समिति को अध्यक्ष को हुने? बिना कापी कलम बिना कुनै खर्च निर्वाचन कसरी गर्ने? अध्यक्ष हुन चाहने अगाडि आउने। एक जना मात्र भयो भने निर्विरोध निर्वाचित भयो। दुई जना भयो भने खुल्लम खुला चुनाव हुन्छ। उम्मेदवार १ लाई मत दिने एक ठाउँ मा उभिन्छन्। उम्मेदवार २ लाई मत दिने अर्को ठाउँ मा उभिन्छन्। जसको भीड़ ठुलो भयो उ नेता चुनियो।

दैनिक यसरी भेला हुने आंदोलन भए सम्म। सधैं मान्छे हरु को संख्या बढाउने प्रयास गर्ने। ११ औं दिन ११० जना भेला भयो अनि तीन जना उम्मेदवार भयो भने के गर्ने। भीड़ तीन समुह मा बाँडिन्छ। सबै भन्दा सानो भीड़ ले समर्थन गरेको उम्मेदवार हार्यो। अनि त्यो सानो भीड़ का मान्छे आफ्नो इच्छा को अर्को दुई मध्ये एक छान्ने।

आन्दोलन मात्र गर्नु मुतको न्यानो हो। आन्दोलन गर्दै सँग सँगै संगठन विस्तार गर्न सके ठोस उपलब्धि हासिल हुन्छ।

यो गाउँ गाउँ मा गर्ने। संघीयता विरोधी पार्टी हरु मा विचलित भएर पुगेका दलित मधेसी जनजाति महिला लाई संघीयता पक्षधर पार्टी हरुको सदस्य बनाउने।

एउटै व्यक्ति पहिलो दिन ११ जना भेला हुँदा निर्विरोध नेता चुनिएर ११ औं दिन १११ जना भेला हुँदा पनि निर्विरोध निर्वाचित हुन सक्छ। तर आन्दोलन का दौरान दैनिक निर्वाचन गर्ने।













थारु समुदायको असन्तुष्टिलाई सम्बोधन गर्ने हिसाबले छलफल भइरहेको छ : गच्छदार
शनिबारसम्म समाधान निस्कने बताए। मध्यपश्चिम तथा कैलाली, कञ्चनपुरलगायत जिल्लामा भइरहेको आन्दोलन र सीमा निर्धारणपछि मधेसी, आदिवासी तथा थारु समुदायले देखाएको असन्तुष्टिलाई सम्बोधन गर्ने हिसाबले छलफल भएको उनको भनाइ छ।
भिडियो- अखण्ड पक्षधरले यसरी हाने थरुहट पक्षधरमाथि ढुंगा
सोमबार धनगढीमा आयोजित आमसभामा सहभागी हुन आएका थरुहट पक्षधरलाई अखण्ड पक्षधरले ढुंगा हानेको ..... अखण्ड पक्षधरले बाटोमा घेरी विभिन्न स्थानाबट आएका थारुहरुलाई अवरोध सिर्जना गरेको थियो।


चितवन थाकस आन्दोलनबाट पछि हट्यो, अब जागरण अभियान गर्ने
चितवनमा आन्दोलन गर्दै आएको थारु कल्याणकारिणी सभा (थाकस)ले विगत केही दिन चितवन बन्द गरेको कारणले समस्या भोग्दै आएका चितवनबासीबाट बन्दको विकल्प खोज्नुपर्ने चौतर्फी आवाज उठेपछि सभाले जारी आन्दोलनको स्वरुपमा केही हेरफेर गरेर आन्दोलन अगाडि बढाएको छ। ...... साउन ३२ गते बैठक बसी भदौ १ गतेदेखि स्वरुप परिवर्तन गरी ४ गतेसम्म गाउँ जागरण अभियान तथा सचेतनामूलक कार्यक्रम तथा विरोध जुलुस गर्ने जनाइएको छ। भदौ १ गतेका दिन पूर्वी चितवनको पदमपुर गाविस कार्यालयमा सचेतनामूलक कार्यक्रम गरी विरोध जुलुस निकालिएको छ। क्षेत्रीय सभापति कमानसिंह चौधरीको अध्यक्षतामा भएको गाउँ जागरण तथा सचेतना कार्यक्रममा थाकसका सल्लाहकारहरु टिकेन्द्र चौधरी, जयचन्द्र चौधरी, ललितकुमार चौधरी, चन्द्रकुमारी चौधरी, जोगन्द्र चौधरी र सञ्जय चौधरीले मन्तव्य व्यक्त गरेका थिए। ...... सचेतना कार्यक्रमपछि निस्केको जुलुसले पदमपुर चोकमा कोणसभा सम्पन्न गरेको थियो। कोणसभामा टिकेन्द्र चौधरी र जोगेन्द्र चौधरीले सम्बोधन गरेका थिए। भदौ २ गते माडीको बसन्तपुर बजार र ३ गते पश्चिम चितवनको पर्साढाप बजारमा जागरण अभियान तथा सचेतना कार्यक्रम गरेर भदौ ४ गते जिल्लाभरिबाट र्‍याली जुलुससहित नारायणगढमा पहिचानविरोधी सीमाङ्कनको विरोध सभा गर्ने जनाइएको छ।