Showing posts with label osama bin laden. Show all posts
Showing posts with label osama bin laden. Show all posts

Wednesday, September 30, 2015

ह्रिथिक रोशन दंगा -- भाग दुई?

केहीले भन्न थालेका छन, भारतले अति गर्यो, अब फेरि काठमाण्डुमा ह्रिथिक रोशन दंगा गराइदिने भनेर। ह्रिथिक रोशन दंगा -- भाग दुई? ह्रिथिक रोशन दंगा -- भाग एक का मास्टरमाइंड मान्छे बामदेव गौतम अहिले गृह मंत्री छ। रावण राज्य मा त्यस्तै हुन्छ। बामे जस्तो मान्छे गृह मा पुग्छ।

ह्रिथिक रोशन दंगा -- भाग दुई? हुन्छ भने भारत बाट कमांडो आइपुग्छ आकाश को बाटो। अनि बामे लाई टिपेर लान्छ। मार्न त मार्दैन बामे लाई। तर टिपेर भने लान्छ। नेपालको दावूद नै हो यो मान्छे। दावूद लाई कसरी टिपने, रिहर्सल पनि हुन्छ। समाचार आउँछ, गृह मंत्री जी मॉर्निंग वाक मा जानु भाथ्यो, फर्किनु भा छैन। वहाँ लाई शिवपुरी जंगल खोज्न जाने कुरा मा नेपाल प्रहरी र सशस्त्र बीच तँ जा तँ जा भइराखेको छ।

बामे ले आफ्नै पनि रिहर्सल गरेको छ। अस्ति भर्खर भैरहवा मा भिजिलान्ते प्रयोग गरेर मधेसी क्रांतिकारी हरुलाई निर्मम पिटन लगाएको होइन?