Showing posts with label newar. Show all posts
Showing posts with label newar. Show all posts

Monday, September 21, 2015

Indian Blockade: Gamechanger

मधेसी आंदोलन, बिहार को चुनाव, र मोदी
झापा मधेस, चितवन मधेस, कंचनपुर मधेस
भारत नेपालको यथार्थ
Bipolarization
मधेस मा सुनामी आइसक्यो
सिर्फ मधेस ही नेपाल में जल विद्युत का विकास कर सकता है
सभास्थल, सड़क, र संसद
आश्विन संग्राम: एक सुझाव

बल्ल आएर काठमाण्डु का नेवार अलि अलि भए पनि सुगबुगाउन थाले। यो मधेसी थारु क्रांति विजय नजिक पुग्न लागेको कुराको संकेत हो। र विजय नजिक लगेको the straw that broke the camel's back भनेको भारतको नाकाबंदी को संकेत ले हो। त्यो यस्तो अचुक अस्त्र हो जसले पंचायत ढाल्यो। त्यति बेला त यही काँग्रेस र यही एमाले गमक्क परेथ्यो भारतको नाकाबंदी बारे। एकात्मक व्यवस्था पंचायत भन्दा जटिल हो। निर्दल बाट बहुदल जानु सानो कदम। एकात्मक व्यवस्था बाट संघीयता मा जानु निकै ठुलो कदम। एउटा त सही संविधान आउनुपर्छ। त्यो संविधान ल्याए पछि १० वर्ष लगाएर संघीयता निर्माण गर्नु पर्ने हुन्छ। त्यस निर्माण का क्रम मा अहिलेका क्रांतिकारी शक्ति नै सत्ता मा रहनु पर्छ। होइन भने व्यापक बेइमानी हुन्छ।

मिथिला र काठमाण्डु को पुरानो, सभ्य, उच्च कोटिको सम्बन्ध थियो। नेवारी संस्कृति विश्व स्तर मैं भन्नु पर्दा अत्यंत परिष्कृत र धनी संस्कृति हो। एकात्मक व्यवस्था ले त्यसलाई दबाएर राखेको छ।

मैथिलि को महाकवि ६०० वर्ष अगाडि जन्मेको। नेपाली भाषा को आदिकवि कहिले जन्मयो?

संघीय नेपालमा एउटा स्वायत्त काठमाण्डु प्रदेश बनाउनु पर्ने हुन्छ, सारा उपत्यका समेटने गरी।

संघीयता भनेको अधिकार हो, वाक स्वतंत्रता जस्तो। मधेसी करायो, ल मधेसी लाई दिम एउटा प्रदेश भन्ने होइन। एउटा ले संघीयता पाउने भन्ने हुँदैन। पायो सबैले पाऊँछ, नपाए कसैले पाउँदैन। वाक स्वतंत्रता एक करोड़ लाई दिने अर्को दुई करोड़ लाई नदिने भन्ने हुँदैन। पहाड़का जनजाति लाई मधेसी लाई भन्दा गार्हो छ आंदोलित हुन। तर मधेसी ले मधेसी का लागि मात्र लडेको होइन। संघीयता जब आऊँछ सबैलाई आऊँछ।


Wednesday, September 09, 2015

मधेसी मोर्चा फुटेको हो भने घोषणा हुनुपर्यो

महंथ ठाकुर ले एक्लै वक्तव्य निकालेर जनता लाई सड़क मा आउन आह्वान गर्ने, राजेंद्र महतो ले एक्लै तीन दिन मेची देखि महाकाली बंद को घोषणा गर्ने, उपेन्द्र यादव ले एक्लै बान कि मुन लाई पत्र लेख्ने।

यो के हो यस्तो?

मधेसी पार्टी फोडेर मंत्री बन्ने खेल भन्दा केही फरक होइन यो। जनता सड़क मा आए, अब त म एक्लै ठुलो पार्टी भएँ भन्ने दम्भ मा मधेसी नेता हरु नफँसने। त्यो दगाबाजी हुन्छ। यो क्रांति महंथ अथवा राजेंद्र अथवा उपेन्द्र लाई ठुलो नेता बनाउन का लागि भएको होइन।

यो अधिकार को क्रांति हो। यो मधेसी जनता को अधिकार को क्रांति हो।

आफ्नो एकता कायम राख्न नसक्नु मानसिक दासता हो। त्यसै मानसिक दासता लाई आधार बनाएर त हो पहाड़ी ले मधेसी माथि राज गरेको।

आफु आफुमा फेरि गफ हुन छोडेको हो कि के हो यी तीन जनाको?

पहिले मधेसी मोर्चा बन्यो। त्यो अझ ठुलो भएर संघीय गठबंधन बन्यो। त्यसलाई अझ ठुलो बनाएर मधेसी जनजाति क्रांति २०१५ संघर्ष समिति बनाउनु पर्छ। होइन भने क्रांति प्रति दगाबाजी हुनेछ।

आफु आफुमा फ़ोन मा गफ गर्ने, अनि काठमाण्डु मा बसेका आफ्ना प्रतिनिधि मार्फ़त वक्तव्य निकाल्ने। सामुहिक। संघीय गठबंधन को नाम मा। एक्ला एक्लै वक्तव्य निकाल्ने काम तत्काल रोक्ने। यार, यो तिम्रो पार्टी को आधार ठुलो बनाउने क्रांति थोड़े हो!

क्रांति उत्सर्ग मा पुर्याउने समय आउन लाग्यो। एकता लाई झन बलियो पार्ने। छिन्नभिन्न नपारने।

मधेसी नेता त्रय ले बदमाशी गरे मधेसी जनता ले वडा वडा बाट संगठन को काम शुरू गर्दै एउटा नया पार्टी खोल्नु पर्छ। मधेस स्वराज पार्टी।

भारत मा काँग्रेस पार्टी ले ब्रिटिश शासन मा चुनाव हरु लड्दै गरेको हो, प्रदेश सरकार हरु बनाउने गरेको हो। एकै पटक आजादी मा पुगेको होइन। सीके राउत ले १० वर्ष को रोडमैप दिन सक्नु पर्छ। अहिले (१) एक मधेस दो प्रदेश (२) आत्म निर्णय को अधिकार सहित को संघीयता (३) १० वर्ष भित्र राज्य (state) मा मधेसी को समानुपातिक सहभागिता (४) होइन भने अलग देश।

सीके राउत यस किसिमको कार्यतालिका मा आउनुपर्छ।

मधेसी क्रांति ले अब सीके लाई उसको गैर कानुनी हाउस अरेस्ट बाट मुक्त गर्ने बेला आइसके जस्तो लाग्यो।

सीके लाई मुक्त गर्ने र गाउँ गाउँ शहर शहर वड़ा वडा मा मधेस स्वराज पार्टी को कमिटी बनाउने। जंगल को आगो जस्तो संगठन विस्तार गर्ने।

मधेस स्वराज पार्टी ले स्थानीय स्तर मा, प्रदेश स्तर मा सरकार चलाएर देखाउन सक्नुपर्छ। Short Term मा।

अहिले सीके ले बाहिर आएर मधेस अलग देश को नारा दिनु हुँदैन। यो १० वर्षे रोडमैप मा आउनै पर्दछ। जनता सडक मा आएको संघीयता, समावेशीता र समानता को लागि हो। अहिले सीके ले बाहिर आएर मधेस अलग देश को नारा दिनु बंद घड़ी व्यवहार हुनेछ। बंद घडी ले दिन मा दुई पटक सही समय दिराखेको हुन्छ।

लोकतंत्र ले सेना लाई संसद को अधीन मा ल्याउँछ। मधेसी जनजाति एकता ले संसद लाई आफ्नो अधीन मा ल्याउँछ। अनि सेना लाई समावेशी बन भनेर order दिने हो, आदेश।

मधेसी क्रांति ले सीके राउत लाई मुक्त गर्ने बेला आयो। सीके राउत ले मधेस स्वराज पार्टी को घोषणा गर्ने बेला आयो।

एकता का मतलब दो और दो पाँच, पाँच और पाँच पन्द्रह।

सत्ता आफ्नो हात मा लिन नचाहने क्रांति मानसिक दासता हो। मालिक लाई झन ठुलो बलियो मालिक बनाउने तरिका र सोंच हो। शोसक सँग भिख माग्ने होइन, शोसक लाई सत्ता बाट फाल्ने हो। त्यो रोडमैप मा जानुपर्छ।

सीके राउत यस १० वर्षे रोडमैप मा आउनै पर्छ। क्रांति को सीके राउत की जरुरत पड़ गयी है।


































मधेसी जनजाति क्रांति २०१५ संघर्ष समिति को आवश्यकता
काठमाण्डु को 24/7 नाकाबंदी गरौं
यो टुटने होइन कब्ज़ा हुने देश हो
महोत्तरी का एमाओवादी ले २२ जिल्ला का ३ पार्टी लाई देखाएको बाटो
मधेसी को नेपाल सेनामा समूहगत प्रवेश किन हुन सक्दैन
देशमा राजतन्त्र फर्कने संभावना शुन्य छ
चलू जनकपुर भरू जनकपुर
सुशील ले गर्न सक्ने काम मात्र उसलाई गर्न लगाउ
प्रचण्ड समाधान होइन समस्या हो
काँग्रेस एमाले र एमाओवादी पार्टी छोड्ने हरुको बाढ़ी
संघीय गठबंधन का तीन खम्बा: संघीयता, समावेशीता र आर्थिक क्रांति
वीर जनता, भिखमंगा नेता
क्रांति को रोडमैप
बामे, तिमी झस्केको
पंचायत ढल्यो, राजा ढल्यो, अब ढलने पालो एकात्मक व्यवस्था को
१ मत को ५० रुपया
१ मत को ५० रुपया को अर्को पक्ष: जल बिद्युत
खोला र सुरक्षा बाहेक केही नदिने
कोशी, गण्डकी, कर्णाली, चुरिया र मधेसमा सिँचाई

Monday, September 07, 2015

वीर जनता, भिखमंगा नेता

जनता सड़क मा आएका छन, शहीद भएका छन। तर नेता अझै पनि भिख माग्ने शैलीमा कुरा गर्दैछन्। वार्ता को वातावरण बनाउने अनुरोध गर्नु को के मतलब? पुरानो सम्झौता कार्यान्वन गर्ने भिख माग्नु को के मतलब? काँग्रेस एमाले एमाओवादी का मधेसी जनजाति ले आफ्नै पार्टी सँग भिख माग्नु को के मतलब? दलित ले भो, महिला ले भो। दमजम सँग दुई तिहाई हुँदा हुँदै त्यति सारहो निरिह हुनुको के मतलब?

जनता क्रांतिको भाषा बोल्ने वीर जनता हो। आहुति दिँदैछ। जनता को नेतृत्व नेता ले मानने हो। दगाबाजी नगर्ने। मधेसी जागिसके। अब जनजाति जागने। देश तोड्नु नै थियो भने हामीले एक हप्ता अगाडि तोडिसकेको हुने। अहिलेको अवस्थामा देश तोड्नु मधेसी ले जनजाति लाई बाहुन को जिम्मा लगाई दिनु सरह हुनेछ। त्यो हामी गर्न चाहँदैनौं। त्यसैले हामी अलग देश को एजेंडा मा गएका छैनौं। हामी सारा देश माथि एक पीढ़ि सम्म मिलेर शासन गर्न का लागि जनजाति लाई हात बढ़ाई रहेका छौं।

शेर्पा, मगर, गुरुंग, राई, लिम्बु, थारु, मधेसी लाई त चार बिलियन डॉलर को कुरा छैन। तामांग र नेवार का लागि त यो क्रांति संघीयता मात्र होइन चार बिलियन डॉलर को सवाल छ।

शे ता म गु रा लि था म ने (शेर्पा, तामांग, मगर, गुरुंग, राई, लिम्बु, थारु, मधेसी, नेवार) ताकत बाहुन सँग छैन। हुने कुरै भएन। एउटा मधेसी सैनिक ले दया गरेर पृथ्वी नारायण को ज्यान बक्सि दिएको त्यो समय मा। शायद गलती गर्यो।

तामांग र नेवार ले काठमाण्डु ढयाप्पै बंद गर्नु पर्ने भो। नेवार र तामांग भनेका नेता। क्रांति लाई उत्सर्ग मा पुर्याउनु पर्ने बेला आइसक्यो। पंचायत ढल्यो, राजा ढल्यो, अब ढलने पालो एकात्मक व्यवस्थाको

सुशील-बामे राजीनामा दे।

अब रक्सौल नाका उतै बोर्डर पारि बाट नै बंद गर्नु पर्ने समय आउन लागिसक्यो। १००% ढयाप्पै बंद। यो स्कर्टिंग नौटंकी बंद गर्दिम।



नंबर एक कुरा शिक्षा हो
काँग्रेस एमाले ले बुझेको संघीयता
वार्तामा जानु क्रांतिलाई धोखा हुनेछ, ख़बरदार!
सांस्कृतिक पहिचान भनेको दाद (Skin Disease) हो?
यादव ले पहाड़ र काठमाण्डु मा चर्काउने हो अब
प्रचंड प्रतिगामी हो
केपी ओली को आला मत दो
देश एक राख्ने मधेसी जनजाति एकताले मात्र हो अब
माग्ने काम गर्ने माग्ने हो, भिखारी हो
जनजातिले काठमाण्डु छोपे यस क्रांति ले सरकार ढाल्छ
सुशील ले राष्ट्र लाई सम्बोधन गर्ने बेला आउन लाग्यो
यो एकात्मक व्यवस्था को अंतिम महिना हो
खोला र सुरक्षा बाहेक केही नदिने
कोशी, गण्डकी, कर्णाली, चुरिया र मधेसमा सिँचाई
नेपाल सेना को एक मात्र काम

Sunday, September 06, 2015

क्रांति को रोडमैप

यो मधेसी क्रांति ३ होइन, यो मधेसी जनजाति क्रांति २०१५ हो। बहुदल ढालने, राजा ढालने, र अब यो एकात्मक व्यवस्था ढालने क्रांति हो। जाबो त्यो फासफुसे २०४६ को सान्तिनो आंदोलन ले त मरीच मान र राष्ट्रिय पंचायत ढाल्यो भने।

वार्ता को वातावरण बनाउ भनेको के? पुरानो समझौता कार्यान्वयन गर भनेको के? यहाँ स्पष्टता को व्यापक कमी देखियो। क्रांति को एक मात्र माग हो, सुशील बामे राजीनामा दे।

सुशील ले राष्ट्र लाई सम्बोधन गर्ने बेला आउन लाग्यो

जब एउटा व्यवस्था ढल्छ, त्यस को प्रमुख हट्छ। यति त नेपाल को इतिहासले नै देखाएको छ।

अंतरिम संविधान रहन्छ। यो सरकार जान्छ। यो संविधान सभा जान्छ। उसै पनि दुई वर्ष उम्र को दुई वर्ष पुग्न लागि नै सक्यो।

क्रांतिकारी अंतरिम सरकार बन्छ। संघीय गठबंधन को नेतृत्व मा। क्रांतिकारी सीमांकन र नामांकन अंतरिम संविधान मैं थपिन्छ। चैत्र मा तेस्रो संविधान सभा को चुनाव हुन्छ। प्रस्तावित प्रतिनिधि सभा कै साइज को। पहिलो बैठक मा voice vote ले संविधान अनुमोदन हुन्छ। अनि सभा संसद बन्छ।

चैत्र को चुनाव मा मतदाता ले चार वटा बैलट पाऊँछ। प्रत्यक्ष निर्वाचित प्रधान मंत्री, केंद्र को सांसद, प्रदेश को सांसद, स्थानीय चुनाव का लागि पनि। अझ पाँच वटा पो हो कि? स्थानीय मा दुई वटा। छ वटा। मुख्य मंत्री का लागि पनि।

मधेसी, जनजाति, दलित, महिला ले खोजेको अधिकांश अंतरिम संविधान मा नै छ।



Friday, August 28, 2015

Newars Of Birgunj And Kathmandu

Birgunj ka newar haru andolan ko samarthan ma. Kathmandu ka newarharu kaile jagne hun

Posted by Subhash Chandra Shah on Friday, August 28, 2015

A Newar In Solidarity

Rashmila Prajapati
म काठमाण्डौंको नेवार हुँ, काठमाण्डौंमा मेरो घर गाडी छ, आफूलाई चाहिंदो कमाउन म समर्थ छु र गौरबताकासाथ म भन्छु मलाई संघीय राज्य चाहिन्छ

मेरो आमाबुवाले मलाई स्नातकोतरसम्म पढाउनु भयो, कती जना नेपालीले यो अवसर पाउँछ? पढाई सकीना साथ मैले काम गर्न थालेँ, कती जना नेपालीले यो अवसर पाउँछ?
म तीन छाक मज्जाले खान पाउछु, आफुले रोजेको पहिरन लगाउन पाउछु, कती जना नेपालीले यो अवसर पाउँछ?
म बिरामी हुँदा आफ्नो औषधी उपचार गराउन अस्पताल जान सक्छु, कती जना नेपालीले यो अवसर पाउँछ?
म आफ्नो बच्चालाई राम्रो शिक्षण संस्थामा पठाई उस्को भविश्य सुनिश्चित गर्न सक्छु, कती जना नेपालीले यो अवसर पाउँछ?
म जस्ता शहरमा बसेकाले सहजै पाउने यि सुबिधा अवसर दुर्गममा बस्ने नेपालीको लागी टाढाको सपना मात्र हो । किनकी अहिलेको केन्द्रीकृत ब्यबस्थामा यो सम्भव भएन, केन्द्रलाई मात्रै केन्द्रीत गरी बनाईने विकास योजनाले गरेर यो सम्भव भएन । नेपाल जस्तो देश समानरुपमा विकसित हुन, सम्पूर्ण अवसर सुविधा सबै नेपालीले पाउन नेपालमा संघीयता चाहिन्छ ।
संघीयताले नेपालका दूर्गम ठाउँहरुलाई सुगम पार्ने बाटो खोल्छ, त्यहाँका स्रोत साधन त्यहिंका लागी उपयोग गर्न पाउने अधिकार प्रदान गर्छ , उदाहरणका लागी प्रत्यक वर्ष सगरमाथा चढ्न आउने पर्यटकबाट नेपालले करोडौं राजश्व उठाउँछ ती मध्य कती रकम त्यहाँको बिकास निर्माणमा खर्च हुन्छ त ?

संघीयताले देश टुक्र्याउने होईन समान अवसरको लागी ढोका खोल्छ, सबै प्रदेशले आ-आफ्नो प्रदेश र प्रदेशमा बास गर्ने नेपालीहरुको लागी समानताको बाटो पहिल्याउँछ । संघीयताले केन्द्रीकृत राज्यशक्ति सबै प्रदेश र राज्यका तल्लो ईकाइसम्म बाँडफाँड गर्छ । प्रदेश भित्र विशेष समुदायलाई सम्बोधन गर्नका लागी अधिकारयुक्त क्षेत्र बनाउन सकिने हुँदा देश भरिका सबै जात जाती र समुदायले समान अवसर पाउँछन ।

जती पनि अहिले संघीयताका बिरोधमा स्वरहरु सुनिए ती या त नबुझेर सुनिए, या त लहलहैमा सुनिए, या त आफूले पाउँदै आएको सुबिधा अरुले पनि पाएर अरु पनि आफू जस्तै सक्षम होला भनी तर्सिएर सुनिए । त्यसैले बिचार गर्नुस, तपाई के को पछी लाग्दै हुनु हुन्छ । अहिले देशमा सिमांकनको कारणले देखिएका बिबादहरु संघीयताले गर्दा हैन, संघीय प्रदेश रचनाका आधारहरु लत्याएर आफूखुशी प्रदेश थोपर्न खोज्ने केहि नेताहरुका तानाशाही प्रबृतीले गर्दा हो ।



काठमाण्डु जागनु पर्यो
स्वायत्त काठमाण्डु प्रदेश

म काठमाण्डौंको नेवार हुँ, काठमाण्डौंमा मेरो घर गाडी छ, आफूलाई चाहिंदो कमाउन म समर्थ छु र गौरबताकासाथ म भन्छु मलाई संघी...

Posted by Rashmila Prajapati on Thursday, August 27, 2015

Tuesday, August 25, 2015

स्वायत्त काठमाण्डु प्रदेश

काष्ठमण्डप मंदिर बाट आएको नाम काठमाण्डु। नेवार हरुको मंदिर काष्ठमण्डप। आजको अवस्थामा एउटा Cosmopolitan City काठमाण्डु। बिहार को पटना मा Service Sector फस्टायर सारा बिहार लाई नै उचालेको छ पटना ले। काठमाण्डु सँग त्यो संभावना छ।

जिल्ला त गायब हुने हो। भने पछि उपत्यका समेटेर एउटा स्वायत्त काठमाण्डु प्रदेश बनाउनु पर्ने हुन्छ। दिल्ली ले राज्य को दर्जा पाउनु अगावै काठमाण्डु ले राज्यको दर्जा पाउन सक्छ।


Thursday, August 06, 2015

चितवन: थारु हरुको काठमाण्डु

काठमाण्डु नेवार हरु का लागि जे हो चितवन थारु हरु का लागि त्यही हो। ७५ जिल्ला का मानिस काठमाण्डु गएर बसेका छन। ७५ जिल्ला का मानिस चितवन आएर बसेका छन। नेवार र थारु संस्कृति परिष्कृत संस्कृति भन्ने  कुरा को त्यो प्रमाण हो। सबै लाई स्वागत गरियो र गरिँदैछ। धनी र परिष्कृत संस्कृति हरु मा त्यस्तो हुन्छ।

नेपाली भाषा पनि त्यस्तै धनी र परिष्कृत भएको भए नेपालमा बहुभाषा को संघर्ष यति बिघ्न कठिन नहुने। नेपाली काँचो भाषा। १५० वर्ष मा खस सरकार ले जबरजस्ती मलजल गरेर यो ठाउँ मा ल्याइ पुर्याएको नेपाली भाषा लाई। होइन भने कहाँ नेवारी र मैथिलि भाषा साहित्य कहाँ नेपाली भाषा साहित्य। मैथिलि  भाषा को देवकोटा जन्मेको पृथ्वी नारायण को समय भन्दा पहिला। हिन्दी त विश्व भाषा, हिन्दी को कुरै नगरौं।

अनि काँचो भाषा नेपाली लाई uneasy feel हुन्छ। बहुभाषा को सुझाव लाई आफु मथिको अटैक मान्छ। नेवारी र थारु संस्कृति त्यस्तै काँचो भएको भए बाहिर का मान्छे आउनु लाई सहज नमानिंने।

घर आएको पाहुना ले भोलि पल्ट डसना बोकेर लान मिल्छ? अथवा हामी त पाहुना होइन हामी त जनती हो हाम्रो संख्या ठुलो छ भन्दै भोलि पल्ट डसना बोकेर लान मिल्छ?

चितवन: थारु हरुको काठमाण्डु। चितवन लाई मधेस/थरुहट बाट झिकेर लान मिल्दैन।

सिंगो सारा देश जो सँग छ उसलाई प्रदेश किन चाहियो?
पहिला कमैया प्रथा चलाएर बसेका हरु र कैलाली कंचनपुर
























































हामी लाई बच्चा मा सिकाइएको: गैड़ा ले लखेट्यो भने गैंडा सीधा मात्र कूदन सक्ने भएकोले उसको सीधा बाटो बाट हटदिने अनि बचिन्छ। के को गैंडा? सयौं सयौं कोस सम्म कहीं कतै गैड़ा को नामोनिशान छैन जनकपुर को मान्छे लाई।