Showing posts with label new country. Show all posts
Showing posts with label new country. Show all posts

Tuesday, April 07, 2015

हिंसा र राज्य (State)

नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब

म हिंसामा विश्वास गर्ने मान्छे होइन। तर अब हुने मधेसी क्रांति जसको मेरुदण्ड नै लाठी जुलुस हुनेछ, त्यस मधेसी क्रांतिले मधेस अलग देशको घोषणा गरिसकेपछि उपनिवेशी सेना, प्रहरी, प्रशासन का अवशेषहरु, मधेस अलग देशको घोषणा भएपछि, १५ दिनको अल्टीमेटम दिएपछि पनि बाँकी रहने पहाड़ी उपनिवेशी अवशेषहरु माथि नया बनेको मधेस देशको legitimate मधेसी सेनाका सैनिकले आक्रमण गर्दा त्यो गृह युद्ध हुँदैन। एउटा देशले विदेशी सेनालाई आफ्नो भुभाग खाली गर भनेको हुनेछ।

पहिला त क्रांति हुनुपर्यो। अब त कुरा सम्झौतविहिन क्रांति भन्दा पनि पर पुगिसक्यो। अब हुने क्रांतिले मधेस अलग देश स्थापनाको घोषणा गर्ने हो। त्यो घोषणा पछि १५ दिनको अल्टीमेटम पाउँदा उपनिवेशी सेनाका सैनिक हरु ब्यारेक खाली गरेर बोर्डर क्रॉस गर्ने --- अर्को उपाय बाँकी छैन। त्यो अहिंसात्मक बाटो हो। उनीहरुलाई शांतिपूर्वक बॉर्डर क्रॉस गर्ने मौका दिइनेछ।

तर एक पटक घोषणा भइसकेको मधेस अलग देश को प्रहरीले law and order maintain गर्ने काम, अथवा मधेस सेनाले आफ्नो बोर्डरको सुरक्षा गर्ने काम ---- That would be legitimate use of force by the representatives of a state. A new country will have been born. A country dedicated to rapid economic growth for all of South Asia, and for equality for all its citizens regardless of background.