Showing posts with label nepali janata party. Show all posts
Showing posts with label nepali janata party. Show all posts

Sunday, September 27, 2015

एकीकृत पार्टी: सबै समस्या को समाधान

केंद्रीय पदाधिकारी १००% निर्वाचित हुने महाधिवेशनमा, निर्वाचन मा ५१% खुला प्रतिस्प्रधा  ४९% आरक्षण निर्वाचन, यति गर्ने हो भने एकीकृत पार्टी सबै समस्या को समाधान। को पार्टी अध्यक्ष भन्ने झगड़ा पनि हुँदैन। जस जसलाई जुन जुन पदमा इच्छा छ चुनाव लड़। उही हो, अध्यक्ष मा लड्यो, हार्यो भने केंद्रीय पद केही पनि पाउँदैन। किनभने केंद्र मा मनोनीत पद एउटा पनि छँदै छैन। उपलब्ध नै छैन।

केंद्रीय समिति को मीटिंग minutes सार्वजनिक गर्ने। बस। यति गर्ने। अनि के को मोर्चा, के को गठबंधन? के को एक पद एक उम्मेदवार?



मधेस लाई सीके राउत को खाँचो आज छ, १० वर्ष पछि होइन
बाबुरामको छलांग
नेपाली जनता पार्टी: चुनाव चिन्ह लाल गुलाब
बाबुराम भट्टराई र सीके राउत एकै ठाउँ आउनुपर्छ

Sunday, July 12, 2015

माइकल जैकसन पार्टी एकीकरण



  1. महन्थ ठाकुर -- सर्वमान्य नेता र भावी राष्ट्रपति 
  2. उपेन्द्र यादव -- अध्यक्ष 
  3. राजेन्द्र महतो -- सह-अध्यक्ष 
  4. अशोक राई --- वरिष्ठ नेता 
  5. महेंद्र राय यादव --- उपाध्यक्ष 
  6. हृदयेश त्रिपाठी --- उपाध्यक्ष र संसदीय दलको नेता 
  7. ५ जना अरु ---- पोलिटब्युरो सदस्य ---- संभवतः अरु (एकीकृत गर्नु पर्ने) दलका अध्यक्ष हरु 
  8. थप २० जना -- केन्द्रीय समिति सदस्य 
  9. बाँकी केन्द्रीय समिति आकांक्षी लाई काठमाण्डु जिल्ला समिति को साधारण सदस्य 
  10. नाम: नेपाली जनता पार्टी चुनाव चिन्ह: चक्र झंडा: सेतो, हरियो, पहेँलो
अब त पार्टी एकीकरण कसो न होला! यो भन्दा राम्रो पद विभाजन गर्न सक्छ कसैले?  

यति गरे हो होइन भने यिनी हरुले काम गर्छन, फाइदा हुन्छ ग्राउंड मा काँग्रेस लाई।

आजदेखि सुरु भयो मधेशवादीहरुको आन्दोलन

भारत र चीनको पैसाले एमालेभित्र भाँडभैलो
मदन भण्डारी फाउन्डेसनमा यसअघि भारतीय दूतावासबाट ५० करोड रुपैयाँसम्मको प्रोजेक्ट परेको एमाले नेताहरु बताउँछन् । पछिल्लोपटक मधेसमा खानेपानी, शिक्षा, स्वास्थ्य आदिमा खर्च गर्न भनेर चीनबाट ठूलो रकम आएको सूत्रहरुको दाबी छ । स्रोतका अनुसार दुई महिनाअघि एमाले नेता प्रदीप नेपालसहितको पूर्वसञ्चारमन्त्रीहरुको टोली चीन भ्रमणमा गएको थियो । सो भ्रमणमा संलग्न केही सदस्यले मधेसमा चीनले सहायता नगरेको गुनासो गरेका थिए । त्यसको प्रतिवादमा चिनियाँ अधिकारीहरुले मदन भण्डारी फाउन्डेसन र सुजाता कोइराला नेतृत्वको जीपी फाउन्डेसनमार्फत् आफूहरुले मसेसमा लगानी गरेको खुलासा गरेका थिए । तर, चीनले मदन भण्डारी फाउन्डेनलाई कति पैसा दिएको छ भन्ने चाहिँ चिनियाँ अधिकारीहरुले नखुलाएको स्रोत बताउँछ । चीन या भारतले विकास निर्माणका लागि एमालेबाट पेश गरिएको प्रोजेक्टका आधारमा पैसा दिएको बताइन्छ । तर, त्यो पैसाको हिसाब पार्टीमा नराखी मदन भण्डारी फाउन्डेनकै नाममा गुटका लागिमात्रै खर्च गरिएको भन्दै एमालेको केन्द्रीय तहसम्म कुरा उठिरहेको स्रोत बताउँछ । ...... अहिले फेरि मदन भण्डारीजस्तो नेतालाई एनजीओको मागीखाने भाँडो बनाइएको र ओलीले यसैबाट गुट चलाएको माधव नेपाल पक्षले आरोप दोहोर्‍याउन थालेको छ ।

Sunday, July 05, 2015

देश तीन पार्टी सिस्टम मा गए राम्रो हुन्थ्यो

काँग्रेस त छँदैछ ---- एक पार्टी भित्र दुई गुट। तर एक पार्टी। बाबुरामले भने जस्तो सबै वाम एक ठाम आएको राम्रै हुन्थ्यो। बाबुरामको नेतृत्वमा एउटै संगठन। अनि तेस्रो मधेसी-जनजाति। देशको लागि राम्रो हुन्थ्यो।


तर देशको प्रमुख वाद भ्यागुतावाद भएको देशमा यो दिवास्वप्न हो कि?

नेपाली काँग्रेस, नेपाल कम्निष्ट पार्टी, नेपाली जनता पार्टी।