Showing posts with label madan bhandari. Show all posts
Showing posts with label madan bhandari. Show all posts

Friday, July 22, 2022

जनमत ले मार्नै पर्ने फड्को

पहिला बहुदल। अनि गणतंत्र। बल्ल संघीयता। त्यो सीक्वेंस त नेपाल को ताजा ताजा इतिहास ले नै देखाएको छ। एक दलीय तानाशाही का लागि गोंजालो पथ मा हिंडेका थिए प्रचण्ड। तल झरे। गणतंत्र। होइन भने समाप्त हुन्थे। 

मदन भण्डारी घोर गणतंत्रवादी। खुला मंच बाट ए राजा श्रीपेंच फुकाल भने पछि चर्चा मा आएका। तर ४६ साल मा बहुदल मैं सन्तुष्ट भए। यथार्थ स्वीकार गरे। योभन्दा बढ़ी अहिले सकिँदैन। 

संवैधानिक राजतन्त्र बीपी को सिद्धांत थिएन होला। यथार्थ स्वीकार गरेको हुनुपर्छ। पुजा हुने राजा हटाउन संभव छैन। जंग बहादुर ले पनि त्यही निष्कर्ष निकालेको। जंगे लाई राजा प्रिय भएको होइन। 

तर भयो के? पहिला बहुदल। अनि गणतंत्र। बल्ल संघीयता। 

मधेस आन्दोलन को पनि स्वतः सीक्वेंस छ। पहिला संविधान संसोधन। त्यस पछि देशव्यापी भ्रष्टाचार विरोधी आन्दोलन। बल्ल आर्थिक क्रान्ति। किसान आन्दोलन आर्थिक क्रान्ति नै त हो। ४६ साल मा संघीयता का लागि आन्दोलन संभव थिएन। 

मदन भण्डारी गणेशमान को चेलाचपाटी होइन। मनमोहन अधिकारी लाई स्वीकार गरे। उमेर मा जेठो भएको ले। नेपाल को राजनीतिक यथार्थ। जनमत पार्टी का बुढ़ा उम्मेदवार हरु सबैले जिते स्थानीय चुनाव। देखियो। 

जसपा को चार लाख भोट। लोसपा को दुई लाख। जनमत को एक लाख। त्रिपा को ३० हजार। एकलै गए जसपा को चार लाख घटेर दुई लाख हुनेवाला छ। तर पार्टी एकीकरण गरे चार जोड़ दुइ जोड़ एक जम्मा १० हुनेवाला छ। 

जनमत को एक लाख भोट ले अबको चुनाव मा एउटा पनि सीट जित्दैन। तर पार्टी एकीकरण गरे त्यो भोट मात्र संसद मा १० सीट हो। अर्थात आफ्नो भोट नबढाए पनि मात्र पार्टी एकीकरण गरे केंद्रीय संसद मा १० जना। 

मदन भंडारी को पार्टी ठुलो थियो। गणेशमान सँग पार्टी एकीकरण गर्नु जरूरी थिएन। तर मनमोहन सँग त पार्टी नै एकीकरण गरे। आफ्नो भन्दा सानो पार्टी को मान्छे लाई अध्यक्ष बनाए। 

हृदयेश, राजेंद्र, उपेंद्र, अझ महन्थ त मनमोहन हरु हुन। 

समय उसै पनि कम छ। जनमत ले झट्ट पार्टी एकीकरण गरिहाल्नुपर्छ। पार्टी एकीकरण नगर्ने बाटो रविन्द्रपथ हो। 



Sunday, March 28, 2021

मदन भण्डारीको टनकपुर

बहुदल आएर गिरिजा कोइराला प्रधान मंत्री भए पछि टनकपुर को मुद्दा ले बड़ा उछाल ल्याएको थियो। म त्यति बेला काठमाण्डु मैं थिएँ। मदन भंडारी तारन्तार विरोध प्रदर्शन हरुको आयोजना गर्थे। भन्नेले भन्थे, यी बहुदल मानने कम्युनिस्ट होइनन, सडकमा टायर बाल्ने कम्युनिस्ट हुन। 

टनकपुर मुद्दाको ज्ञाता म न त्यति बेला न अहिले। मैले गहिरो त के हल्का पनि अध्ययन नगरेको विषय पर्यो। तर मैले थाहा पाए अनुसार महाकाली नदी जहाँ तल पुगेर नेपाल भारतको साझा नदी हुन छोड्छ, त्यहाँ तल तिर पुर्ण रूपले भारतीय नदी हुने हुने ठाउँको कुरा हो यो। 

अहिले मेलम्ची को पानी काठमाण्डु आएको छ बल्ल। जनकपुरको बारह बिघा मैदानमा अंतरिम प्रधान मंत्री कृष्ण प्रसाद भट्टराई ले म काठमांडु को सड़क पखाल्ने पानी ल्याइदिन्छु भनेर आम सभामा भनेको भीड़मा म पनि थिएँ। कीर्तिपुरमा डेरा गरेर बस्दा बिहान केही घंटा पानी आउँदा २४ घंटा का लागि पुग्ने गरी बाल्टी मा छोपेर राख्ने गरेको समय। ल बहुदल भनेको पानी छताछुल्ल हुने रहेछ जस्तो लागेको। बहुदल ले पानी होइन कुरा चाहिँ छताछुल्ल। पानी चाहिँ बल्ल आइपुग्यो। लौ दुई तिहाई को स्वाद खाउ पानी भन्न थालिसके ओली ले। भट्टराई ओली सबै बात बहादुर। 

हो, दिल्लीको मेलम्ची हो महाकाली। भारतमा शारदा नदी भन्छन क्या रे। भारत लाई बाँध बाँधेर दिल्ली सम्म पुर्याउनु छ। होइन भने हाहाकार। त्यहाँ नेपाल ले भारत का लागि फॉरेन ऐड मा बाँध बाँधिदिएको पनि होइन। भारत ले आफ्नै खर्चमा आफ्नै भुमिमा बाँधेको। 

मेरो एक जना रामेछाप को हाई स्कुल को रूममेट ले सुनाएको कथा। पंचायत कालमा राजा महेंद्र पुग्या रहेछन रामेछापको कोशी। नदी तरने उपाय माझीको। राजा महेंद्र कम्फ़र्टेबल (ओली जी को विगत केही हप्ताको प्रिय शब्द) भएर बसेछन नाउ मा। छेउ मा। अलि राम्रो सँग बस हे, नदीले त राजा साजा मान्दैन हे भनेर भनेको डुनगा खियाउने माझीले। मौसुफ, बकसियोस सकसियोस कुनै प्रोटोकॉल चल्दो रैनछ कोशी को पानीमा। 

शारदा नदीले पनि नेपाल भारत मान्दैन रहेछ। बाँध बाँध्न इंजीनियर हरुले गणित गर्छन। त्यस अनुसार (र यो मैले यूट्यूब मा केही हप्ता अगाडि मदन भंडारी को त्यस विषयको भाषण सुनेको आधारमा भनेको) नेपालको ढाई हेक्टर जग्गा त्यसमा पर्दो रहेछ। 

तिरखाएको लाई पानी दिनु त धर्म हो। त्यो ढाई हेक्टर परिवार का लागि धेरै जग्गा होला, तर यत्रो विशाल देश का लागि केही न केही। त्यस्ता कति ढाई हेक्टर मेरो गाउँको रातो (नाम नै त्यही हो) नदीले खायो खायो र वर्षेनी खान्छ कुनै हिसाबकिताब छैन। 

म त्यो ठाउँमा हुँ त भंदो हुँ नेपाल त्यो ढाई हेक्टर जग्गा भारत लाई उपहार स्वरुप प्रदान गर्दछ। खाली भारतले मात्र नेपाल लाई कति फॉरेन ऐड दिने, लौ तिमीलाई पनि फॉरेन ऐड। 

मदन भण्डारीको नेपालको राजनीति मा एउटा मात्र ठोस उल्लेखनीय योगदान भनेको त्यही ढाई हेक्टर जग्गा का लागि उछलकुद मच्चाउनु। यो कस्तो योगदान हो? यो कस्तो महानता? त्यो ढाई हेक्टर जग्गा नै नेपालको राष्ट्रियता हो भने नेपाल यस्तो देश हो जसको कुनै राष्ट्रियता नै छैन। 

र यो सानो विषय होइन। 

नेपाली अमेरिका जान लागेको आज हो। नेपाली क़तार जान लागेको आज हो। तर नेपाली को सधैँको क़तार र अमेरिका त भारत रहिआएको छ। र १० वर्ष भित्रमा भारतको आर्थिक प्रगति यस प्रकारको भइसक्ने छ कि नेपाली मान्छे अमेरिका जानै नपर्ने हुन्छ। वीसा नचाहिने देश नेपाली का लागि भारत। अहिले नै युरोप का ब्रिटेन, फ्रांस, जर्मनी जस्ता केही देश हरु बाहेक बाँकी अधिकांश देश भन्दा महाराष्ट्र र गुजरात को अर्थतंत्र अगाडि छ। 

अनि नेपाली राष्ट्रियता भनेको त्यो भारत काम गर्न जान वीसा चाहिने व्यवस्था लागु गर्नुपर्ने हो? कति स्वाँठ कुरा। विश्वका विकसित भाग हरुमा मान्छे को आवतजावत सजिलो सजिलो पार्दै जाने प्रयास हुन्छ। उल्टो बाटो जाने प्रयास राष्ट्रियता हो? 

दिल्ली सरकार ले काठमांडु सरकार लाई कहिले मिचेकै छैन भन्ने होइन। तर उल्लु कुरा हरुमा जनता उफार्ने कामले वास्तविक मुद्दा हरु लाई ओझल मा पार्दिन्छ। सम्बन्ध त मोदी अथवा कुनै प्रधान मंत्री राजा महाराजा ले बनाएको सम्बन्ध होइन, विरासतमा पाएको सम्बन्ध हो। तर कामको कुरा अति कम हुन्छ। उल्लु कुरामा जनता उछालन मस्त नेता हरुले आफ्नो कमी कमजोरी ढाकछोप गर्ने मौका मात्र पाउछन। 

अहिले नै, नेपालको कानुन अनुसार नेपालको सर्वोच्च अदालत ले एउटै नामको दुई पार्टी दर्ता गर्न पाइँदैन भन्ने निर्णय जुन गर्यो त्यहाँ नारायण काजी भारत भारत विदेशी विदेशी भन्दै उफ्रीरहेका छन। अनि काजी राष्ट्रवादी नेता? 

नेपालमा पात पनि हल्लियो भने भारतले हल्लायो भनेर क्लेम गर्ने हरु राष्ट्रवादी हुन भने नेपाल कायर हरुको देश भएन? आफ्नो क्षमतामा पात पनि हल्लाउन नसक्ने देश कस्तो देश? 

औपनिवेशिक शासनमा हुन्छ लंदन ले भारत हल्लाउँछ। राजतन्त्रमा हुन्छ राम्रो राजा पैदा भएन भने जनता भोकभोकै मर्ने हुन्छ। गणतन्त्रमा र लोकतंत्रमा त राष्ट्रियता को एक मात्र परिभाषा संभव छ। सम्पुर्ण नेपाली लाई समेट्ने परिभाषा राष्ट्रियता को एक मात्र परिभाषा हो। तर नेपालको चलनचल्ती को "राष्ट्रियता" भनेको बहुसंख्यक नेपाली लाई बाहिर राखेर बोलिरहेको छ। मधेसी लाई गिज्यौंछ। जनजाति लाई गिज्यौंछ। दलितले छोएको खाँदैन। महिला लाई पुर्ण व्यक्ति मान्दैन। 

देशमा गणतंत्र घोषणा गरेपछि पनि श्रीमान गंभीर नेपाली नै घन्काइरहने व्यवहार हो यो। नेपालको चलनचल्तीको "राष्ट्रियता" ले देशको एक प्रतिशत लाई पनि समेट्छ कि समेट्दैन। यो ओली को राष्ट्रियता, यो महेन्द्रको राष्ट्रियता। 

मैथिलिमा छ एउटा कहावत। कनि बैठे दिय, कनि गोर पसारे दिय, कनि सुतहु दिय। कर्णाटक बाट आएका बाहुन ले, राजस्थान बाट आएका शरणार्थी शाह राणाले मिथिलावासी लाई विदेशी भन्ने दुस्साहस गर्छ। भानुभक्त को रामायण पलटाउ। त्यहाँ जिक्र गरिएको छ जनकपुर को। 

भारत बाट आएको मधेसको बुहारी लाई दोस्रो दर्जाको नागरिक बनाउने प्रयास देश तोड्ने प्रयास हो। मुघल साम्राज्य को समयमा मधेसी सबै भारतीय नागरिक नै थिए। पृथ्वी नारायण ले चुरिया न काटेको कारण होला। बॉर्डर भनेको त सरिरहन्छ। इतिहास साक्षी छ। 

उत्तर तिर चीनले त्यस्तो ढाई हेक्टर क़ति खायो क़ति। र त्यस्तो प्रत्येक घटना पछि काठमांडु को विदेश मंत्रालय ले बजाप्ते वक्तव्य निकाल्छ: चीन र हामी बीच कुनै सीमा विवाद छैन। काम नपाएका चिनिया सैनिक (जनमुक्ति सेना) बोर हुन्छ कि के, यसो हल्का बॉर्डर सारिदिन्छ। प्रत्येक केही वर्षमा हुने कुरा। आफ्ना सीनियर कमांडर लाई सुचना दिने जरूरत पनि महसुस गर्दैन। 

मधेसले खोजेको संविधान संसोधन नै नेपालमा राष्ट्रियता लाई परिभाषित गर्ने प्रयास हो, एउटा यस्तो राष्ट्रियता जसले सम्पुर्ण नेपाली लाई समेटोस। आज नेपालको राजनीतिमा सच्चा राष्ट्रवादी कोही छन भने सिर्फ मधेसी छन। स्थानीय वासिन्दा भएकोले हो कि? 

नेपालमा आर्थिक विकास हुने पहिलो शर्त हो विदेशी पुँजी भित्रिणु: फॉरेन डायरेक्ट इन्वेस्टमेंट। त्यो शुरू हुने भनेकै भारत बाट हो। दुनिया भरिको फॉरेन डायरेक्ट इन्वेस्टमेंट (FDI) नेपाल आउने भनेको भारतको बाटो नै हो। विदेशी पुँजी नेपाल भित्र ल्याएर स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने कि नेपाली हाथ खुट्टा मलेशिया र कतार पठाउने? नेपालको आजको चलनचल्ती को "राष्ट्रियता" र "राष्ट्रवाद" ले विदेशी लगानीकर्ता लाई टाढा टाढा राख्ने काम मात्र गर्छ। सच्चा राष्ट्रियता ले देशको विकास गर्छ। त्यसैले मधेसले खोजेको संविधान संसोधन बिना नेपालमा आर्थिक क्रांति संभव छैन।  



Thursday, March 18, 2021

गलती त बीपी कोइराला र मदन भण्डारी को हो





बीपी कोइराला ले आजीवन राजतन्त्र छोडेनन। अहिले हामीलाई अचम्म पनि लाग्न सक्छ। तर एक्काइसौँ शताब्दी को शुरुवात सम्म एमाले ले पनि त्यही मनस्थिति भने बनाएर राखेको हो। बीपी कोइराला ले कम्युनिस्ट सँग सहकार्य गरेको भए पंचायत अझ चाँडै ढल्थ्यो कि भन्ने हरु छन। तर सोवियत संघ को विगठन ले मात्र गणेशमान आदिलाई कम्युनिस्ट सँग सहकार्य गर्ने हिम्मत दिएको हो। सात सालमा राजतन्त्र बड़ा बलियो। जंग बहादुरले सबै लाई फाले। पाए राजतन्त्र पनि फालथे होला। फालेनन। जड़ा गाडेर बसेको त्यसरी राजतन्त्र। अहिले त राजा आउ देश बचाउ को नारा लाग्छ आककल झुक्कल। बीपी सँग संविधान सभाको माग गर्ने परिस्थिति शायद थिएन। नेपालको राजतन्त्र त्यो बाँदर हो जसलाई संवैधानिक राजतन्त्र नामको नाच सिकाउन सकिँदैन भन्ने सोच सम्म बीपी शायद पुग्न सकेनन। तर शक्ति संतुलन को पनि कुरा आउँछ। एक त अति बलियो संस्था। जड़ा गाडेर बसेको। अर्को कांग्रेस लाई शीत युद्ध भरि के डर थियो भने पायो भने कम्युनिस्ट ले पहिला राजा लाई सिध्यौंछ र लगत्तै हामी लाई। जब कि यथार्थ यो थियो कि थुप्रै कम्युनिस्ट राजा सँग घाँटी जोडेर बसेका थिए। 

सोवियत संघ को विगठन सँग कम्युनिस्ट को हार भयो भन्ने लाइन आयो। मदन भंडारी ले तर हामी बहुदल मानने कम्युनिस्ट भन्दिए। कम्युनिस्ट विचार को इतिहासमा त्यो नया प्रयोग थिएन। लेनिन को पाला मैं त्यो लाइन कम्युनिस्ट प्रकट भएका थिए। लेनिन ले मार झपारे। यो त विचलन हो भनेर। मदन भंडारी को भन्नु यति मात्र थियो कि हाम्रो पसल बंद गर्नु जरूरी छैन। गैर कम्युनिस्ट का लागि केही न केही, तर बहुदलीय जनवाद कम्युनिस्ट हरु का लागि भने ठुलो फड्को थियो। 

नेपाली परिवेशमा लोकतंत्र बारे वैचारिक योगदानमा बीपी नंबर एक छन नै। समाजवाद भने बरु कता कता हरायो। आजको नेपाली कांग्रेस भित्र त्यो विषय मा बहस अथवा विचार विमर्श भएको मलाई थाहा छैन। हुन त नेपालमा समाजवादी बाहेक कुनै पार्टी छैन। संसारमा स्याउ तीन हजार भन्दा बढ़ी किसिमका छन भने जस्तो। समाजवादी त समाजवादी, कस्तो समाजवादी? 

नेपालमा ली कुआन यु र सिंगापुर को कुरा बड़ा उठ्ने गर्छ। कृष्ण प्रसाद भट्टराई अंतरिम प्रधान मंत्री हुँदा सार्क सम्मलेन मा मालदीव्स जाँदा प्लेन को बाटो सिंगापुर मा स्टॉप थियो। सीधा फ्लाइट छैन। एयरपोर्ट मा एक दुई घंटा मात्र का लागि बाटो परेर आएका, कुनै औपचारिक भ्रमण त थिएन, तैपनि प्रधान मंत्री त हो, अनि ली कुआन यु सिंगापुर एयरपोर्ट मा कृष्ण प्रसाद भट्टराई लाई भेट्न पुगे। भट्टराई जी सन १९६० मा नेपाल को र सिंगापुर को प्रति व्यक्ति आय उही उही थियो। नभनेको कुरा ली कुआन यु को आदर्श पनि प्रजातान्त्रिक समाजवाद नै थियो। 

बीपी कोइराला र मदन भण्डारी तर गणतंत्र र संघीयता सम्म पुगेनन। गणतंत्र मदन भंडारी का लागि अपेंडिक्स जस्तो, शरीरमा त छ अंग तर नाम मात्रको। संघीयता माओवादी को देन हुँदो हो त अंतरिम संविधान मा शुरू मा नै आइसकेको हुँदो हो। संघीयता मधेसको सडकले दिएको हो नेपाल लाई। 

दोस्रो संविधान सभा ताका भनेका रामचंद्र पौडेल ले "हामी त कुहिरा का काग भएका छौं!" संघीयता संघीयता भन्छन यिनी, खोई यस बारे त बीपी ले केही बोलेको पाइँदैन भने जस्तो। देशमा गणतंत्र आउनु अगाडि नेपाली कांग्रेस को कुनै महाधिवेशन ले गणतंत्र अब हाम्रो आधिकारिक लाइन भनेर पास गरेको थिएन। नेपाली कांग्रेस का लागि गणतंत्र भुइँचालो जस्तो आइपुग्यो। छैन भनौं भने यति स्पष्ट सँग यथार्थ बनिसक्यो तर आफुले लक्ष्य गरेर ल्याएको होइन। संघीयता त नेका र एमाले का लागि सुनामी। यो न आइदिएको भए हुन्थ्यो। आए पनि एक दिन त यो पानी वापस फर्किन्छ कि भने जस्तो। 

बीपी र मदन को वैचारिक योगदान लोकतंत्र र समाजवाद सम्म रह्यो। गणतंत्र र संघीयता सम्म फड्को मार्न नसकेको चाहिं हो नै। र त्यो समस्या पनि नहुँदो हो, कांग्रेस ले बीपी लाई र एमाले ले मदन लाई पुजनीय नबनाइदिएको भए। नेता पुज्ने होइन, ईश्वर पुज्ने हो। 

एमाले ले गणतांत्रिक फड्को मारेन भन्ने कुरा केपी ओली को कदम कदम मा देखिन्छ। महाधिवेशन ले मलाई अध्यक्ष चुन्यो म श्री ३ भएँ, एमाले संसदीय दल ले मलाई प्रधान मंत्री चुन्यो म अब श्री ५ भएँ जस्तो व्यवहार। आफु लाई अविश्वास गर्न लागेको संसद नै चट। आफ्ना अगाडि नतमस्तक नहुने महाधिवेशन द्वारा निर्वाचित पदाधिकारी जति सबै चट। त्यो गणतांत्रिक सोच होइन। संघीयता त ओली ओठ ले पनि स्वीकार्दैनन। कर्णाली प्रदेशको मंत्रीमंडल त म बनाउँछु एक पटक भनेको होइन ओली ले? 

गणतंत्र संविधान मा आयो, व्यवहारमा आएको छैन। संघीयता त संविधानमा पनि आएको छैन। 






From Third World To First: The Singapore Story by Lee Kuan Yew (Free PDF Download)
Abundance: The Future Is Better Than You Think by Peter Diamandis (Free PDF Download)

Friday, December 29, 2017

कम्युनिज्म, समाजवाद र सिद्धांत को कुरो



आज कसैले पृथ्वी गोल छ भनेर ऐलान गर्छ भने उसलाई यो त कस्तो महावैज्ञानिक, पृथ्वी गोल रहेछ भनेर पत्ता लगायो भन्ने कुरा आउँदैन। मदन भंडारी द्वारा प्रतिपादित बहुदलीय जनवाद लाई कम्युनिस्ट ले बहुदल मान्यो भन्ने किसिमले हेर्न सकिन्छ तर कम्युनिस्ट ले नै बहुदलीय व्यवस्था को आविष्कार गर्यो भन्न मिल्दैन। त्यस बहुदलीय जनवाद ले बहुदलीय लोकतंत्र र मिश्रित अर्थतंत्र नै भनेको हो। तर एकदलीय व्यवस्था भएको चीन ले पनि मिश्रित अर्थतंत्र मानेको छ। चीन मा निजी क्षेत्र अमेरिका लाई टक्कर दिने किसिमको छ। मदन भंडारी को बहुदलीय जनवाद वास्तवमैं नया सिद्धांत हो भने त्यो कम्युनिस्ट देश चीन मा पनि लागु हुनुपर्छ। तर नेपालको कुनै पनि कम्युनिस्ट ले चीन सम्म त्यो सन्देश पुर्याएको मलाई थाहा छैन।

हुन त कार्ल मार्क्स ले मर्ने बेला तिर "म मार्क्सवादी होइन" भनेर ऐलान गरेका थिए। आफैले प्रतिपादित गरेको सिद्धांत नाना थरि मानिस ले विभिन्न किसिमले बांगोटिंगो अपव्याख्या गरिदिएको देखेर कार्ल मार्क्स आत्तिएका हुन। स्टालिन को तोड़मरोड़ लेनिन लाई पनि  नपचेको। पार्टी बाट यसलाई निकाल्नु पर्छ सम्म भनेका। लगत्तै देहांत भयो।

मार्क्सवाद को एउटा प्रयोग लेनिनवाद हो, अर्को स्टालिनवाद, तेस्रो माओवाद। लेनिन ले क्रांति मा भन्दा बढ़ी योगदान सिद्धांत मा दिए भन्न मिल्छ। शहर र कलकारख़ाना मा फोकस लेनिनवाद हो। चरम तानाशाही स्टालिनवाद हो। शहर होइन गाउ, कारखाना होइन खेत भनेको माओवाद ले। उद्योग उसै पनि नभएको तेस्रो विश्व का देश हरुमा माओवाद को लोभ देखिनु स्वाभाविक भन्न सकिन्छ।

लेनिन ले गरेको क्रांति को ७० वर्ष जति मा सोवियत संघ विघटन भयो। पश्चिमा देश हरुमा त्यसलाई कम्युनिज्म को पराजय को रुपमा लिने गरिन्छ। तर लेनिन को क्रांति को तीन दशक भित्र अमेरिका मा राष्ट्रपति रुज़वेल्ट ले गरीब हरु को पक्ष मा व्यापक कार्यक्रम हरु ल्याए। अहिले उत्तरी युरोप का देश हरु मा रहेको लोककल्याणकारी राज्य (welfare state) न पुरानो ढर्रा को पूँजीवादी भन्न मिल्छ न कम्युनिस्ट। तर चीन ले त्यसै लाई पनि नक्कल गर्ने जमर्को गरेको छैन।




















अमेरिका को प्राविधि (technology) क्षेत्र का ठुला ठुला इंटरप्रेन्योर (entrepreneur) थुप्रै ले post-capitalism को कुरा गर्न थालेका छन। २० औ शताब्दी को आर्थिक फ्रेमवर्क चाडै नपुग हुनेछ भन्न थालेका छन। चाडै भनेको १०० वर्ष भनेको होइन। १०-२० वर्ष भनेको। Universal Basic Income को कुरा आएको छ।

भने पछि राज्य को रुपरेखा के हुने --- त्यो बहस त ज्वलंत छह विश्वव्यापी रूप मा। त्यस बहसमा नेपालका क्रियाशील राजनीतिज्ञ हरु सामेल हुनु ख़ुशी को कुरा हो।

कम्युनिस्ट लेबल नै किन चाहियो? कम्निस्ट भने पछि हिंसा मा विश्वास गर्ने, एकदलीय व्यवस्था लादन खोज्ने जस्तो अर्थ लाग्छ। समाजवादी शब्द ले हुँदैन? एमाले र माओवादी को एकीकरण गर्ने हो भने नया पार्टी को नाम नेपाल समाजवादी पार्टी राखे हुँदैन? आखिर बहुदलीय लोकतंत्र र मिश्रित अर्थतंत्र दुबै ले मान्ने नै भनेको हो। दुबै लाई मानेर दुबै लाई बरु परिष्कृत बनाउँदै जान मिल्छ।

बहुदलीय लोकतंत्र त मान्ने तर प्रत्येक राष्ट्रिय पार्टी ले पाएको मत को समानुपातिक पैसा राज्य ले नै दिने, पार्टी चलाउन, चुनाव लडन अरु कुनै स्रोत बाट पैसा लिन नपाउने गर्न सकिन्छ।

मिश्रित अर्थतंत्र मा निजी क्षेत्र (private sector) त हुन्छ नै, साथै सरकारी क्षेत्र (public sector) र सहकारी क्षेत्र (cooperative sector) पनि हुन्छ। ती बाहेक अरु पनि हुन्छ। जस्तो कि non profit sector हुन्छ। नया केटेगरी हरु थपिएका छन। जस्तो कि social entrepreneurship . ----- कंपनी त खोल्ने तर त्यसको प्रमुख उद्देश्य मुनाफा नहुने, तर मुनाफा भने कमाउने। यी प्रत्येक सेक्टर अमेरिका मा छ। नेपालमा पनि छ। कसैले आएर नेपालमा निजी क्षेत्र, अथवा सरकारी अथवा सहकारी क्षेत्र आविष्कार गरिदिनुपर्ने अवस्था छैन। तर गुणात्मक (qualitative) र मात्रात्मक (quantitative) कुरा हरु आउँछन। Ratio को कुरा आउँछ। ९०% निजी क्षेत्र ले ओगटेको देश र ५०% मात्र निजी क्षेत्र ले ओगटेको देश दुबै मिश्रित अर्थतंत्र भएर पनि नितांत फरक देश हुन।

अर्थतंत्र को मात्र कुरा छैन। सामाजिक मुद्दा हरु छन। लैंगिक, क्षेत्रीय, जातीय, सांस्कृतिक आदि। समानता को प्रतिभुति प्रत्येक मानव सम्म पुग्नु पर्छ। संसदमा महिला को सहभागिता को सवाल मा नेपाल ले चीन, भारत, अमेरिका, बेलायत, रूस, जापान सबै लाई उछिनेको छ। त्यो सराहनीय कुरो हो। मधेसी, जनजाति, दलित लाई पनि त्यसै गरी समेट्नु पर्छ।

नेपाल को माटो सुहाउँदो भनेको त हाइड्रो समाजवाद हो। भुटान को देखासिखि १०-२० हजार मेगावाट उत्पादन गर्ने र राजा वीरेंद्र को भाषा मा सबै नेपाली को आधारभूत आवश्यकता पुरा गर्ने। १० वर्ष भित्र मधेसमा सौर्य उर्जा बाट पहाड़ मा हाइड्रो बाट भन्दा बढ़ी बिजुली उत्पादन गर्न सकिने हुन्छ। सौर्य प्रविधि को मुल्य को गिरावट त्यस किसिम को हुने प्रक्षेपण गरिँदैछ।

एमाले र माओवादी मिलेर समाजवादी पार्टी बनाउने। फोरम र राजपा त्यस पछि एकीकरण गर्नै पर्ने हुन्छ। काँग्रेस मा पनि देउबा र पौडेल को शायद एकीकरण हुँदै गर्ला।





Friday, January 22, 2016

जबज बाट शपस सम्म को एमाले को यात्रा

जनताको बहुदलीय जनवाद। त्यो पुरानो कुरा। एमाले त अब शपस मा छ। शक्ति पैसा र सनातनी नस्लवाद। दशक बढ़ी काटिसक्यो। त्यहाँ पुगेको। एउटा सिद्धांतहीन छाड़ा पार्टी।




Sunday, July 05, 2015

एमाले फुट्नु देश को लागि राम्रो

केपी ओली भनेको एमाले भित्र को विजय गद्दार हो ----- चरित्र ले नै सिद्धान्तहीन, चरित्रहीन। उसको कम्पास नै अर्कै छ। र उसको चरित्र आज यस्तो भएको होइन। सधै यस्तै हो। बद्लिने कुरा पनि होइन त्यो।

अझै पनि सिद्धान्त को कुरा गर्ने हरुले एमाले बाट एउटा नया पार्टी बनाए हुन्छ। पार्टीका सर सम्पत्ति आधा आधा बाँडफाँड गरे भो। बालकोट मा पनि पार्टी को हक़ लाग्छ।

एमाले फुट्नु देश को लागि राम्रो। दलसे बड़ा देश। झलनाथ र माधव एक ठाउँमा आउने हो भने केपी पानीको बबल हो। २-४ पटक अझै झण्डै झण्डै प्रधान मंत्री बन्ने सपना बोकेको मान्छे केपी ओली।



एमालेमा गुटबन्दी सुरू, एकपक्षीय भेलालाई ओलीको सम्बोधन
नेकपा एमालेमा विवाद बढ्दै जाँदा यसको असर जिल्ला तहमा देखिन थालेको छ। अध्यक्ष केपी र वरिष्ठ नेताद्वय झलनाथ खनाल तथा माधव नेपाल समूहबीच बढेको विवादले समानान्तर गतिविधिको रूप धारण गर्न थालेको छ। ...... अध्यक्ष ओलीले आइतबार यहाँ आफू पक्षधरहरूको छुट्टै भेला गराएका छन्। खनाल–नेपाल पक्षधर अनुपस्थित कार्यक्रममा अध्यक्ष ओलीले कटाक्षसमेत गरे। ‘केपी ओलीलाई अध्यक्ष दिँदा एमाले ध्वस्त हुन्छ भन्थे,’ ..... ओलीले भने, ‘खै केही भएन त। बरु केपी ओली अध्यक्ष भएपछि संविधान निर्माणको काम पो साकार हुन लाग्यो।’ ..... कार्यक्रममा ओली पक्षका पूर्वभरिका कार्यकर्ता थिए। आफ्नै जिल्लामा आयोजित कार्यक्रममा मोरङ अध्यक्ष महेश रेग्मी, केन्द्रीय सदस्य जीवन घिमिरेलगायत थिएनन्। उनीहरू पार्टी अध्यक्ष ओलीलाई स्वागत गर्न विमानस्थल पनि गएनन्। ........ मोरङ कमिटी गठन गरिएको थियो। ओलीपक्षधर नेता घनश्याम खतिवडाको नेतृत्वमा बनेको यो कमिटीमा खनाल–नेपाल पक्षधर कोही छैनन्। यो कमिटी गठन गरेपछि ओलीपक्षधर र खनाल–नेपाल पक्षधर झन् असन्तुष्ट बनेका छन्। ...... मोरङ अध्यक्ष रेग्मीले भने, ‘त्यसपछि पार्टी अध्यक्ष आफैं आएर त्यही एकपक्षीय भेलालाई सम्बोधन गरेपछि

पार्टीमा गुटबन्दी अध्यक्षबाटै सुरु गरिएको भन्ने प्रष्ट भयो।’

...... ‘पार्टी अध्यक्षले त सबैपक्षलाई मिलाएर लैजानुपर्ने हो तर उहाँले एकपक्षलाई मात्र सहयोग गरेको देखियो।’ ..... मदन भण्डारीद्धारा प्रतिपादन गरेको एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)लाई लागू गराउन विशेषगरी आफूहरूको योगदान रहेको खनाल–नेपाल पक्षधर बताउँछन्। ..... केन्द्रीय सदस्य जीवन घिमिरेले आफूलाई नेताहरू आउँदा जानकारी हुने गरेको तर अध्यक्षको आगमन र कार्यक्रमबारे थाहा नदिइएको बताए। ‘नेताहरु आउँदा जाँदा मलाई थाहा हुने गथ्र्यो,’ नेपाल पक्षधर घिमिरेले भने, ‘केन्द्रीय कार्यालय र सचिवालले पनि जानकारी दिएको थिएन।’ ..... ओली पक्षधरले भने जानकारी गराउँदा समेत खनाल–नेपाल पक्षका नेताहरू नआएको बताएका छन्। ....

ओलीले भने, ‘कसैले यसलाई गुट ठान्छ भने त्यो बिचरा हो।’

Wednesday, July 01, 2015

Conspiracy Theory हरु र यथार्थ


अस्ति भैचालो जाँदा एउटा मैले के सुनें भन्दा खेरी यो चीन अथवा अमेरिकाले भुइ मुनि एटम बम पड्कायो कि! मैले ठ्याक्कै पत्याइन --- होइन यो भैचालो नै हो भनें।


भर्खर मदन भण्डारीको जयन्ती मनाइयेछ। मैले सधैं दासढुंगा लाई एक्सीडेंट नै मानेको छू -- शुरू देखि अहिले सम्म। अत्यन्त दुखद घटना हो। बहुदल आए पछि कृष्ण प्रसाद भट्टराई र मदन भण्डारी ले पालै पिलो सत्ता र विपक्ष १०-१५ वर्ष सम्हालेको भए देश को राजनीति र इतिहास अर्कै हुन्थ्यो होला। तर देशले बहुदल पायो --- केपी र मदन पायेन। दुर्भाग्य। गृह युद्ध हुँदैनथ्यो होला। मदनले अहिंसात्मक बाटो बाट नै देशलाई गणतन्त्रमा लाने थिए जस्तो लाग्छ। एउटा विन्दुमा आएर देशलाई युद्ध होइन विवेकका आधारमा संविधान सभामा लाने थिए र त्यहाँ बाट गणतन्त्रमा। मलाई त्यस्तो लाग्छ। दुबै आफुले रत्ति भ्रष्टाचार नगर्ने मानिस हरु। देशको नैतृत्व मा भ्रष्टाचार नगर्ने मानिस आयो भने विकास द्रुत गतिमा हुन्छ। मोदी आयो भारतमा उपल्लो तहमा भ्रष्टाचार बिलायो। "खुद भी नहीं खाऊंगा, तुझे भी खाने नहीं दुँगा" भन्ने छ मोदीको। मनमोहन सिंह पनि आफुले नखाने चाहिं हो, अरुलाई खान बाट रोक्न सकने होइन। मदन मोदी जस्तो हुन्थ्यो कि? आफु पनि नखाने अरुलाई पनि खान नदिने। अहिले छ बामे, झाले --- खुल्लम खुल्ला कमिशन माग्ने हरु। मदनले यो पार्टी चिन्न सक्दैन माथि बाट हेर्यो भने।

त्यसै त्रिशूलीमा कति धेरै बस पसेका छन, मान्छे मरेका छन।



९/११ ओसामा अथवा अल कायदा ले गरेको होइन, अमेरिकी सरकार आफैले गरेको हो भन्ने हरु छन। गूगल मा "9/11 Inside Job" सर्च गरेर हेर्नोस -- के के आउँछ के के! नाना थरि प्रमाण हरु। भयो अब! ओसामा बिन लादेन होइन कि जॉर्ज बुश ले गरेको ह रे!


जॉन कैनेडी लाई कसले मार्यो? नाना थरि कुरा छन त्यहाँ पनि।


दीपेन्द्र म आफैले चिनेको मान्छे। निकै पहिला। जे भयो त्यो मैले चीनेको दीपेन्द्र ले गर्ला भन्ने कुरा कल्पना बाहिर। तर मैले शुरू देखि अहिले सम्म official story पत्याएको छु। अकल्पनीय कुरा भयो, कसैले नचिताएको कुरा। यस बारे पनि नाना थरि Conspiracy Theory हरु छन। भुकम्प को समाचार जसरी दुनिया भरि छायो, यसको समाचार पनि त्यसरी नै छाये थ्यो। २००६ अप्रिल क्रान्ति को समाचार पनि दुनिया भरि छाएको।

दीपेन्द्र चिनेको, निराजन चिनेको, पारस चिनेको। 

Tuesday, June 30, 2015

केपी ओलीको व्यवहारमा माफियावाद

केपी ओली उप प्रधान मंत्री बन्न सक्छ। मंत्री बन्न सक्छ। त्यो लोकतंत्र हो।

तर संवैधानिक पद नखाने पर्दा पछाडि बाट अँध्यारो कोठामा बसेर पपेट खेलाए जस्तो धागो तांतून गर्दै बस्ने -- त्यो व्यवहार माफियावाद हो। त्यो संसदीय व्यवहार होइन, त्यो संविधान सम्मत व्यवहार होइन। त्यो बहुदलीय जनवाद सम्मत व्यवहार होइन।



विचार र शक्ति
Madan Bhandari: Speech
एमाले फुटेको राम्रो

बहुदलीय जनवाद भनेको कम्निष्ट ले बहुदल मान्छु भनेको हो

हामी एक कम्निष्ट पार्टी को तानाशाही हुनुपर्छ भन्ने हरु ले विचार परिवर्तन गर्यौं, बहुदल मान्छौं अब भनेर भनेका त हुन नि, होइन र? बहुदलीय जनवाद भनेको कम्निष्ट ले बहुदल मान्छु भनेको हो। त्योभन्दा बढ़ी के हो र? कम्निष्ट का लागि त्यो ठुलो फड्को हो तर बहुदलीय लोकतन्त्रमा मा विश्वास गर्ने का लागि त्यो के नौलो भो र?

बरु केपी ओली ले त्यो बहुदलीय जनवादले अंगालेको संसद र संविधान को उल्लंघन गरेको छ। कुनै संवैधानिक पद नलिने अनि मंत्री हरु लाई माइक्रो मैनेज गर्न खोज्ने? त्यो बहुदलीय जनवाद होइन त! त्यो कम्निष्ट सिद्धांत पनि होइन।  त्यो त हाउड़ेवाद हो। लोकतान्त्रिक प्रक्रिया को खिल्ली उड़ायेको।
संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुमतीय सरकार र अल्पमतको विपक्ष, राष्ट्रिय हितअनुरूपको विदेशीनीति, नेतृत्व र अधिनायकत्वलगायत महत्वपूर्ण चौधबुँदामा परिभाषित जबज नेपाली समाजको विशिष्टतामा माक्र्सवादको सिर्जनात्मक प्रयोग हो ।

Monday, June 29, 2015

Madan Bhandari: Speech



भण्डारीको ऐतिहासिक भाषण अडियो-भिडियो सहित
वि. सं.२००९ असार १४ गते बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकुमारी भण्डारीका माहिला छोरा हुन, मदन भण्डारी । पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मेका मदन भण्डारी प्रखर बौद्धिकता र स्मरणशक्तिका कारण बाल्यकालमै जिल्लाभरि चर्चित थिए । ..... २०२४ मा वनारसबाट पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको नेकपाको भातृ संगठन नेपाली जनवादी सांस्कृतिक संघबाट उनले राजनीतिक यात्रा सुरु गरे ।...... २०२९ सालमा मदन भण्डारी संगठनको केन्द्रीय सदस्य बने । त्यही बेला जीवराज आश्रित, मोदनाथ पश्रित र मदन भण्डारी सहित युवाहरुको सक्रियतामा २०३४ मा पुष्पलालसँग विद्रोह गरे । यता झापाली समूहले २०३२ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी ९कोके० ९माले० गठन गरिसकेका थिए । मुक्ति मोर्चा समूहको २०३४ भदौ १४ गते ‘कोके’सँग एकता भयो। यसरी यिनै दुई समूहको सक्रियतामा २०३५ साल पुस ११ गते नेकपा ९माले० स्थापना भयो । ...... र मदन भण्डारी त्यसका केन्द्रीय सदस्यका रूपमा आए। २०४१ सालमा मालेको पोलिटब्युरो सदस्य बने । २०४६ भदौमा सम्पन्न चौथो महाधिवेशनबाट महासचिवमा निर्वाचित भए। ..... २०४८ सालमा सम्पन्न संसदीय निर्वाचनमा नेपाली कङ्ग्रेसका सभापति तथा मुलुकका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई चुनावमा परास्त गर्दै काठमाडौं क्षेत्र नं। १ र ५ बाट प्रतिनिधि सभा सदस्य बने । त्यसपछि भण्डारी चर्चाको शिखरमा पुगे ।
केपी ओलीको माधव नेपाललाई चेतावनी–तमासा नदेखाउ
ओलीले पार्टीको नीति र पद्धति विरुद्ध नजान नेपाललाई चेतावनी दिएका हुन् । पछिल्लो पटक विवाद बढ्दै गएर नेता नेपालले आईतवार छुट्टै भेला गरेको विषयमा लक्षित गर्दै ओलीले भने – भिन्नै भेला गरेर पार्टीका विरुद्ध तमासा नदेखाऊ ।’ ओलीले पार्टीको पद्धति विरुद्ध गुटबन्दी र भेला गर्न नपाईने पनि बताए ।
प्रधानमन्त्री को हुन्छ भनेर अहिले बहस गर्ने बेला होइन- माधव कुमार नेपाल
मैले अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको सरकारको अत्यन्तै ठूलो आवश्यकता महसुस गरेको छु । ..... मैले आजसम्म कहिं कतै केपी कमरेडलाई प्रधानमन्त्री बनाउनुपर्‍यो भनेको छैन । न मैले अहिलेका प्रधानमन्त्रीको राजीनामा कै कुरा गरेको छु । .... म त कराउँदा कराउँदा थाकिसकेको छु भन्दा हुन्छ । ..... घोषणा गर्नुपर्ने मान्छे प्रधानमन्त्री, हामी तातेर नहुने रहेछ । ..... अहिले कसले नेतृत्व गर्ने भन्ने विषयमा प्रवेश नै गरेका छैनौं । तर आआफ्नो पद कसरी सुरक्षित गर्ने भन्ने ध्याउन्न देखिन्छ । सबैलाई आफ्नो नेतृत्व चाहिएको छ । अरु विषय छाडेर सरकारकै चिन्ता बढी देखिन्छ । ....... म सिद्धान्तको कुरा गरिरहेको छु । मुलुकको विपत्ति पार लगाउन एक्लै कसैले सक्दैन । सबै मिलेर अघि बढे मात्र सम्भव छ । यो यथार्थ हो । अनि सबै मिल्ने कि नमिल्ने ? भनेर मैले सबैलाई घचघच्याउने गरेको हुँ । ..... मध्य पहाडी राजमार्ग चार लेनको बन्यो भने शहरहरू विकास गर्न सकिन्छ, भूकम्पले विनास भएका बस्ती सार्ने सन्दर्भमा, रोजगार वृद्धि र पर्यटन बृद्धिको निम्ति, फास्ट ट्रयाक, अर्को अन्तर्राष्ट्रिय विमानस्थाल निर्माण ........ नेपालमा एउटा युगिन, ऐतिहासिक परिवर्तन भएको छ । कसैले नचिताएको, कसैले कल्पना नगरेको यति छिट्टै नेपालमा गणतन्त्र आउँछ भनेर नठानेको त्यो कामलाई हाम्रो पुस्ताले सम्भव तुल्याएको छ । ..... प्रत्येक संस्थाहरूभित्र, प्रत्येक मानिसहरू भित्र लोकतान्त्रिक संस्कार हुर्कन सक्नुपर्दछ । लोकतन्त्रलाई संस्थागत गर्ने काममा अझै धेरै गर्न बाँकी नै छ । ...... म आफैं पनि दिक्दार भएको छु । किनभने म फास्ट काम गर्ने मान्छे हुँ । म छिटो काम हुनुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ । अरुको ढिलासुस्तीको कामहरू देख्दाखेरी दिक्क पनि लाग्छ । तर गर्ने के रु बिड मात्रै तातेर हुँदैन रहेछ ताप्के पनि तात्नुपर्दो रहेछ ।
मलाई नयाँ सरकार निर्माणबारे केही थाहा छैन :माधवकुमार नेपाल
नेता नेपालले सरकार परितर्वनले मात्रै मुलुक र जनतालाई केही नदिने बताए । .... व्यक्ति परिवर्तनका लागि मात्रै हुने सरकार परिवर्तनको कुनै अर्थ नहुने पनि उनले बताए । संविधान बने लगत्तै एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने चर्चा भैरहेका बेला नेपालको यस्तो प्रतिक्रिया आएको हो । पार्टीभित्र व्यक्तिवादी प्रवृति हाबी हुँदै गएको भन्दै नेता नेपालले यसले पार्टीलाई दीर्घकालीन रुपमा असर पार्ने बताए । .... नेता नेपालले दलहरुले राजनीतिक गफ छोडेर पुनःनिर्माणका लागि लाग्नुपर्नेमा जोड दिए ।
मदन भण्डारीसँगको यात्रा
धेरैलाई अनौठो लाग्न सक्छ, जननेता मदन भण्डारीको नाम मैले पछि सुनें मेरो नाम उहाँले पहिले नै सुनिसक्नु भएको थियो । २०४७ सालमा तत्कालीन मालेको केन्द्रीय कार्यालय बागबजारमा भेट्दा उहाँले ‘तपाई नै हो सुवास’ भन्दै मेरोबारे धेरै कुरा सुनेको तथा छलफल भएको बताएपछि मैले यो थाहा पाएको हुँ । ....... मदन भण्डारीको नाम मैले २०४७ सालमा बहुदल आएपछि मात्र सुनेको हुँ । ...... उहाँको भाषण त प्रभावशाली थियो नै, मेरो लागि उहाँको व्यक्तित्व त्यति नै अनौठो र आकर्षणको विषय थियो । किनभने, मैले त्यतिबेलासम्म त्यस्तो मोटोघाटो र आकर्षक व्यक्तित्वको तत्कालीन मालेका कुनै नेता देखेको थिइनँ । अनि, उहाँले बोल्दा धेरैले भन्दा फरक म भाषणसँगै अरु श्रोतालाई पनि ध्यान दिन्थे । पार्टी कार्यालय उद्घाटनमा उहाँले बोलिरहँदा दर्शकरश्रोता मात्र नभएर मंचमा आशिन पुराना बाम नेताहरु पनि चकित परेकोमा मेरो ध्यान गएको थियो । ...... उहाले भन्नुभएको थियो, ‘नक्शलवादी आन्दोलनको उपदायता अझै बाँकी छ ।’ बर्गीय समाज रहेसम्म नक्शलवादी आन्दोलनको उपादेयता बाँकी रहने उहाँको विचार थियो । ........ केही दिनपछि नै उहाँको टनकपुर भ्रमणमा मैले सदस्यका रुपमा भाग लिने मौका पाए । टोलीमा पत्रकारहरु किशोर श्रेष्ठ, राजेन्द्र गौतम र सुजिव बज्राचार्य हुनुहुन्थ्यो । गाडीका चालक थिए, अमर लामा । जीपमा मदनसँग एक हप्ताभन्दा लामो यात्रामा जान पाउनु पत्रकारसँगै सामान्य मान्छेका रुपमा पनि मेरो लागि ठूलो मौका थियो । किनभने, खुला राजनीतिमा आउनुभएको धेरै बर्ष नभएको, भर्खरै आम निर्वाचनमा बहालबाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्नुभएको तथा चमत्कारिक भाषणका कारण उहाँ त्यसबेला सर्वाधिक चर्चा र रहस्यका पात्र हुनुहुन्थ्यो । ....... यात्राको सुरुकै दिन उहाँको कम बोल्ने स्वभाव थाहा भइहाल्यो । तर, जति बोल्नुहुन्थ्यो, प्रभावशाली तथा मिठासपूर्ण हुन्थ्यो । टेलिभिजन र पत्रपत्रिका अहिले जस्तो नभएपनि बाटोमा उहाँलाई चिन्ने तथा पछ्याई पछ्याई हेर्ने मानिसहरु पर्याप्त देखिन्थे । चिया पिउन गाडी रोक्दा त हेर्ने मानिसहरुको सानो सानो भिड नै लाग्थ्यो । ..... जब उहाँले एक जनासग हात मिलाउदै ‘म मदन भण्डारी’ भन्नुभयो, आश्चर्यको स्वरमा ‘मदन भण्डारी, मदन भण्डारी’ भन्दै उनी झण्डै लडेनन् । अनि केही क्षणपछि सम्हालिदै ‘म हजुरलाई चिन्थे, अध्याँरोले गर्दा चिन्न सकिएन भन्दै माफी मागे । ...... मन्तव्यपछि प्रश्नउत्तरको कार्यक्रम चल्यो । रात छिप्पिदै जाँदा कार्यकर्ताहरु झकाउन थाले, उनीहरुलाई बामदेव गौतमले पानी छ्यापेर बिउँझाइरहनु भएको थियो । मदनले बिहान कार्यक्रमस्थल नछाडिन्जेलसम्म पूरै जाँगरका साथ कार्यकर्ताहरुको जिज्ञाशा सुनेर उत्तर दिनुभयो । ...... फर्किँदा हामीसँग गाडीमा माधव नेपाल पनि हुनुहुन्थ्यो । हामी दाङको घोराही पनि पस्यौं । त्यहाँ पनि कार्यकर्ता भेला राखिएको थियो । त्यसपछि चितवनको कार्यकर्ता भेलालाई पनि उहाँले सम्वोधन गर्नुभयो । चितवनमा जनताको बहुदलीय जनवादको तर्फबाट मदन र माधव नेपाल तथा परिमार्जित नौलो जनवादको तर्फबाट झलनाथ खनाल र सिपी मैनालीले बोल्नु भएको थियो । त्यहाँबाट काठमाडौं फर्किदा खनाल र मैनाली पनि त्यही गाडीमा चड्नुभएकाले हामी अटाईनअटाई भयौं ।
प्रदेश टुंग्याएर संविधान जारी गर्न माग
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले विगतको संविधानसभाले गरेको कामलाई स्वामित्व ग्रहण गरी अगाडि बढ्ने भनिएकोमा त्यसलाई उल्ट्याउने काम गरिएकोमा आपत्ति जनाए । 'विगतमा भएका सहमति र सम्वाद समितिले गरेका निर्णयलाई लिपिवद्ध गर्नुपर्नेमा मस्यौदा समितिले छुट्टै आयोग जस्तो उल्ट्याउने काम गरेको छ,' भण्डारीले भने-'यो आपत्तिजनक हो ।' ..... बैठकमा संघीय समाजवादी फोरम, तमलोपा र सदभावना अनुपस्थित थियो । उनीहरु १६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै एमाओवादी नेतृत्वको मोर्चाबाट अलग्एिको घोषणा गरेका थिए ।
बाबुराम भन्छन–सहमति उल्टियो, प्रतिवाद गरौं
सहमति विपरित संविधानको मस्यौदा तयार भएको भन्दै एकीकृत नेकपा माओवादीको हस्ताक्षर नगर्ने चेतावनी दिएको छ । ..... १६ बुँदे सहमति, संवैधानिक राजनीतिक सम्वाद समितिले गरेको सहमति र अघिल्ल्लो संविधानसभाले गरेको सहमतिबाट समेत पछि हटेर मस्यौदा बनेको एकीकृत नेकपा माअ‍ोवादीको आरोप छ । ...... काँग्रेसले भने अन्तिम समयमा आएर एकीकृत माओवादीले बाधा उत्पन्न गर्न खोजेको आरोप लगाएको छ । पहिलो संविधानसभा, १६ बुँदे सहमति, शीर्ष नेताबिचको सहमति र राजनीतिक संवाद समतिमा समझदारी भएको जिल्ला नराख्ने र संघीयतामा गइसकेपछि संघ बलियो बनाउने, न्यायपालिकाको प्रावधान, पुनर्नियुक्ति र विशेष संरचनाका विषयमा सहमति भएपनि समितिमा उल्टाइएको एकीकृत माओवादीको आरोप छ । स्थानिय अदालत राख्ने सहमति भइसकेको भएपनि कांग्रेस एमाले तीन तहमा जिल्ला अदालत राख्ने कुरा गरेको माओवादी बताउँछ । संवैधानिक आयोग लगायत विशेष समितिको गठन समानुपातिक र समावेशिता हुने भन्ने यसअघिको सहमतिलाई कांग्रेस,एमालेले नमानेको, एमाओवादीको आरोप छ । ...... एकीकृत माओवादी भने निकै झस्केको देखिन्छ, उसका वरिष्ठ नेता बाबुराम भट्टराईले फेसबुकबाटै प्रतिवाद गरौं भनेर आह्वान गरेका छन् । ‘संविधान मस्यौदा समितिलाई पहिलो संविधानसभा र संवाद समितिमा भैसकेका सहमतिलाई उल्टाउने वा हटाउने कुनै अधिकार कहीं कहिल्यै कसैले दिएको छैन! ’ बाबुरामले फेसबुकमा भनेका छन–त्यस विपरित मस्यौदा समितिले मनोमानी ढंगले महिला, दलित, किसान, मजदूर, आदिवासीरजनजाति, लैंगिक यौनिक अल्पसंख्यक लगायतका अधिकार खोस्नेरकटौति गर्ने कार्य गरेको जानकारीमा आएको छ! ’ । बाबुराम अगाडि लेख्छन–सबै सतर्क रहौं१ प्रतिवाद गरौं!!’
सबै माओवादी भोली एकठाउँमा : माओवादी पुर्नगठनमा छलफलमा हुने
नेकपा—माओवादीको पार्टी कार्यालयमा दिउँसो १२ बजे सबै माओवादी घटक एक ठाउँमा जम्मा हुने भएका छन । .... पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी, मोहन वैद्य किरण नेतृत्वको नेकपा—माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी, मात्रिका यादव नेतृत्वको नेकपा माओवादी र मणी थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेताहरु सहभागि हुनेछन । ......... पछिल्लो समय १६ बुँदे सहमतिले अझै पर पर गएका माओवादी पार्टीहरु भोलीदेखि फेरि एक ठाउँमा उभिने भएका छन ।
तीन बजे बोलाइएको बैठक १२ बजे पनि सुरु भएन
१६ बुँदे सहमतिविपरीत सरकारमा रहेका दलले मस्यौदामा थपघट गरेको भन्दै एमाओवादीले हस्ताक्षर गर्न अस्वीकार गरेको छ । मस्यौदामा हस्ताक्षर नभएपछि संविधानसभा बैठक अनिश्चित भएको छ । ..... प्रतिवेदनमा मधेसी दललेसमेत आपत्ति जनाउँदै आएका छन् । ..... एमाओवादी स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले नागरिकताका विषयमा मस्यौदामा सहमतिविपरीतको शब्द थपिएको बताए । उनका अनुसार केन्द्र, प्रदेश र स्थानीय प्रशासनिक निकाय हुनेमा जिल्ला थपिएकाले समस्या भएको बताए ।
धर्म निरपेक्ष हटाउँदै धार्मिक स्वतन्त्रता र बहुलबाद राख्न कांग्रेसका ८ भाइको माग संघीयता र क्रान्तिमा धोका भएकै हो त ? के भन्छन् प्रचण्ड: (विशेष कुराकानी–भिडियो सहित)
हिजो हामीले ११ प्रदेश नभई हुँदैन, नाम र सीमांकन पहिला नै हुनुपर्छ भन्दा त्यत्रो दुख पाइयो । अब अहिले ८ प्रदेश पनि त्यसरी भनेर हिंड्यो भन्नु त्यो पनि हुँदैन भन्ने हो । साथीहरु रुपमा हेर्दा बढी क्रान्तिकारी देखिन खोजेजस्तो देखिएपनि यस्तो विचारले कहिँ न कहिँ पहिचान विरोधी संघीयताविरोधी प्रगतिगामीलाइ नै मद्दत पुद्धछ । ....... हिजो ११ प्रदेश लिन सकेको भए कहाँबाट कहाँ पुगिसक्थ्यौं । संविधानसभाको अधिकार अयोागमा गयो भन्ने आरोप लगाएका छन् । तर संविधान सभाले नै निर्णय गर्ने भनेको हो । पहिचान र सामथ्र्यमा आधारित ८ प्रदेशको निर्णय यही संविधानसभाले गर्छ । त्यो त निर्णय भइसक्छ । ८ प्रदेशलाई आयोगले यताउता गर्न सक्दैन नत पहिचान र सामर्थयको आधारलाई । ...... हामीले आधार दियौं । पहिचान र सामथर््यको आधार । संख्या पनि दियौं । अब त्यो कुन कुन जिल्ला जोडिएर हुने कुरामा हामीले यिनै आधारलाई हेर्नुपर्छ । पहिचान भनेको जातीय, भाषिक, सांस्कृतिक, ऐतिहासि, भौगौलिक पहिचान आदि भनेको हो । त्यसलाई मिलाउने भनेको हामीले छलफल गर्र्दै आएको र भन्दै आएको लिम्बुवान, थारुवान, ताम्सालिङ, मधेस इत्यादिको दायराभन्दा बाहिर जान मिल्दैन । किनभने पहिचान भनेको यही हो भनेर स्पष्ट भनिएको छ । ....... झापा मोरङ सुनसरी अलग प्रदेशको घोषणा गरेर जाने, अर्को झापा मोरङ र अरुण पारीका जसलाई हामी लिम्बुवान भन्ने गर्छौं, ती जिल्ला मिलाएर छुट्टै प्रदेश मिलाउने । अर्को चाहिँ त्यसो पनि नगरौं, सबैको कुरा मिलाऔं भन्ने हो भने तराईलाई तराईलाई मिलाएर जाने हो भने झापा मोरङ, सिरहा सप्तरी सुनसरी, उदयपुरलाई मिलाएर एउटा बेग्लै प्रदेश बनाएर जाने । त्यसो गर्दा मकवानपुरको दक्षिणी भाग, धनुषलाई वीरगञ्जसँग जोड्न सकिन्छ । ...... मधेसलाई चुरे भएन भने अप्ठ्यारो पर्छ । त्यसकारण सिन्धुली मकवानपुकारको दक्षिाण हाल्ने र अरु पनि मिलाउने गर्नुभयो भने पहाड र मधेस मिल्नै हुँदैन भन्ने पहिला जस्ता अतिवादी सोचको पनि त्यति धेरै अर्थ छैन भन्नेतिर गइरहेको छ । ..... कैलाली कन्चनपुरको कुरामा त्यहाँको जनमतको अधारमा निर्णय लिन सकिन्छ । हाम्रो औपचारिक लाइन त कैलाली र कन्चनपुरलाई थरुहटसँग राखौं भन्ने हो । तर त्यहाँको जनमतलाई पनि ध्यानमा राख्दा कैलाली कन्चनपुरको केही भाग माथि र केही थरुहटमा राखेर पनि जान सकिन्छ । मैले यो कुनै औपचारिक धारणा राखेको होइन । खासमा सहमतिका आधारमा हामीले माथिका आधारमा ८ प्रदेश सजिलै बनाउन सक्छौं भन्न मात्रै खोजेको हो । ..... हिजो जनयुद्धमा हामीले पुरै जित्नेहिसाबले एक अर्कालाई सिद्धाउने हिसाबले लागेकै हो । तर पछि फेरि एक ठाउँमा बसेर सहमति सम्झौता गर्न पुग्यौं । १२ बुँदे सम्झौता गर्दा गिरिजाप्रसाद कोईरालासग छलफल गरेर गर्यौं । गिरिजा प्रसाद कोइराला भनेपछि हाम्रो तर्फ देख्नै नसक्ने जस्तो हुन्थ्यो । माओवादी भनेपछि गिरिजाबाबुको कित्तामा त्यस्तै हुन्थ्यो । फेरि गिरिजाबाबुसंग बसेर समझदारी गर्यौं । गिरिजाबाबुसंगको सम्बन्ध धेरैनै गहिरो भयो । त्यस्तो हुँदो रहेछ । राजनीतिक सम्बन्धमा उतार चढावहरु आउने रहेछन । .... त्यसैले राजनीतिमा स्थायी सत्रु र स्थायी मित्रु हुँदैन भनिएको हो । विश्वव्यापी मान्यता त्यसै कारण भनिएको हो । .... नेपाली राजनीति २० वर्षदेखि माओवादीकै वरिपरिनै छ । ..... बाहिर गयो सिद्धियो भनेर बेलाबेलामा भन्ने गरिन्छ । जनयुद्ध शुरु हुँदा पनि अब दुइवर्षमा सिद्धिन्छ भनियो । तर सिद्धिएन । राज्यको चाहना त सिध्याउने थियोनी । राजनीतिक नेताको चाहना पनि सिध्याउने नै थियो । शान्ति सम्झौतामा आएपछि झनै सिध्दियो भनियो सिध्दिएन । संविधानसभामा आएपछि त झन सिद्धियो भनियो सिद्धिएन । सिद्धाइन्छ भन्ने थियो सिद्धिएन । संविधानसभाको दोस्रो चुनाव हारेपछि माओवादी र प्रचण्ड सिद्धियो भनियो सिद्धिएन त । धेरै पटक , सयौं पटक माओवादी र प्रचण्ड सिद्धियो भनियो प्रचार गरियो । अझैपनि सिद्धिएको छैन । ...... स्वतन्त्र्ता र आत्मसम्मान सहितको नेपाली हो भने यसमा गर्व लाग्छ, तर कसैको ताबेदार हो भने ताबेदारी अनुसार गर्व हैन, प्रचण्डले धोका दियो, विश्वासघात गर्यो भन्न सक्छ । तर अहिलेको विरोध यो कोणबाट आएको भने हैन । अहिले कतिपय कुरा नबुझेरै विरोध भइरहेको हो ।


Wednesday, June 10, 2015

विद्या द्वारा मधेसी क्रांतिको अपमान

माधव नेपाल को निर्वाचन क्षेत्रमा गएर, मधेसी हरु को भेला गरेर विद्या भंडारी ले केही वर्ष अगाडि "तपाइँ हरुले सड़कमा ओर्लेर गलत गर्नु भयो" भन्न भ्याएको। मधेसी क्रांति को अपमान हुन्छ भने, मधेसी क्रांति का ५० भन्दा बढ़ी शहीदको अपमान हुन्छ भने मधेसले मदन भंडारी को अपमान गर्छ। आलोचना भनेको होइन, अपमान भनेको।

सिक्किम सिक्किम भन्दै बितायो मदनले आफ्नो छोटो राजनीतिक करियर -- काम न काजको।

संघीयताको छेउ टुप्पो नबुझेको अर्को मान्छे हो मदन।