Showing posts with label lalbabu pandit. Show all posts
Showing posts with label lalbabu pandit. Show all posts

Monday, July 13, 2015

मधेस अलग देश र राजेन्द्र महतो को काठमाण्डु को घर



मधेस अलग देश घोषणा गर्नु पर्यो भने राजेंद्र महतो ले द्वैध नागरिकता पाउने हो। मधेस देश को नागरिकता त तिनले पाउने नै भए, त्यो नागरिकता लिएको ले अरु कुनै देशको नागरिकता त्याग्नु पर्ने कुनै जरुरत हुने छैन। भने पछि मधेस अलग देश र राजेंद्र महतो को काठमाण्डु को घर (जहाँ म पुगेको छु, चिया खाएको छु) बीच कुनै किसिमको द्वन्द छैन।

बरु पण्डित को काठमाण्डु मा घर छैन भने पण्डितजी एकलो एमाले नेता होला काठमाण्डु मा घर नभएको।

रह्यो नाकाबन्दी को कुरा ---- मधेस अलग देश घोषणा गर्ने स्थिति आए मा दुई देश बीच राजदुत आदान प्रदान को प्रक्रिया शुरू नभए सम्म उत्तर को प्रत्येक  नाका बन्द रहन्छ।  त्यो नाकाबंदी हो? हो भने हो।  

‘काठमाडौंलाई नाकाबन्दी गर्छु’ भन्ने नेतालाई मन्त्री पण्डितको कडा जवाफ
सर्लाहीमा कार्यकर्ताको भेटघाट कार्यक्रममा मन्त्री पण्डितले भन्नुभयो, “तराईका धर्तीपूत्र भन्नेहरुले काठमाडौँमा अकूत सम्पत्ति थुपारेका छन्, उनीहरुले गर्ने नाकाबन्दीबाट आफैँ पहिला धरापमा पर्नेछन् ।” अर्काको दानापानी खाएर अर्काको भाषा बोल्नेहरुले नेपालको कहिल्यै हित नसोचेको उल्लेख गर्दै मन्त्री पण्डितले अर्काको बलमा नाकाबन्दीको धाक देखाउनेहरु संविधान निर्माणपछि स्वतः समाप्त भएर जाने दाबी गर्नुभयो ।