Showing posts with label jesus christ. Show all posts
Showing posts with label jesus christ. Show all posts

Friday, March 02, 2018

भारतवर्ष र येशु







The Fullness Of My Humanity
From Belief To Knowledge Of God
या अल्लाह, या अब्बा
My Biographical Details Of The Past Few Decades
I Have Lived An Ordinary Life
Showered On By The Holy Spirit
The First Coming, The Second Coming, The Final Coming
The Caste System Can Go Now
Justice And Prosperity On Earth
"Nobody Goes To The Father But Through Me"
I Am My Own Shadow
Moses Waited 40 Years
Bramha Is Isa Is Jesus

एउटा ईश्वरले भारतवर्षको सृष्टि गरेको र अर्कै ईश्वरले बेलायत अमेरिका सृष्टि गरेको त होइन होला। सारा ब्रह्माण्डको सृष्टि ईश्वरले गरेको। वेद, कुरान, बाइबल, गीता सबैले त्यही कुरा भन्छन। भनेपछि त ईश्वर एक हो। पाँच अंधोले हात्ती छामे जस्तो विभिन्न धर्म ले ईश्वर लाई बुझ्ने प्रयास गरेका छन। तर वेद, कुरान, बाइबल, गीता सबैका लेखक त्यही एक ईश्वर भएका ले ती पुस्तक हरु एक अर्का सँग बाझ्दैनन।

यहुदी हरु लाई chosen people भनिन्छ। भारतवर्ष को ब्राह्मण त्यस्तै chosen people हो। तर जुन ब्रम्हा ले त्यस ब्राम्हण लाई विशेष स्थान दिए त्यही ब्रम्हा को पहिलो मानव अवतार येशु लाई तिरस्कार गर्नमा भारतवर्षको ब्राम्हण आज सबैभन्दा अगाडि छ। गाई खाने भाषा, गाई खाने धर्म भनेर तिरस्कार गरिन्छ। धर्म परिवर्तन विरुद्ध कानुन बनाइन्छ।

महाभारतमा भनिएको छ, हे ब्रम्हा, तपाइँका थुप्रै नाम हरु मध्ये एक नाम हो ईशा। ईशा कुरान मा येशु को नाम हो। आमाले बोलाउने नाम येशुवा। त्यसैलाई ग्रीक मा जीजस भन्दिए। विष्णुको मानव अवतार राम र कृष्ण। ब्रम्हा को येशु। भने पछि हिंदु ले ब्रम्हा लाई तिरस्कार गर्नु पर्ने कारण के पर्यो?

महाभारत को अन्त्य तिर भनिएको छ, एउटा युग समाप्त भयो र अब कलियुग शुरू भयो। कलियुग मा के हुन्छ? कलियुग मा पाप हुन्छ। पापी मान्छे त नर्क जान्छ। भने पछि सबै मानिस नर्क जाने भए। गीता मा भगवन कृष्ण ले भनेका छन, हे अर्जुन, जस्तो सुकै पाप गरेको भए पनि तिमी Wisdom को बाटो स्वर्ग जान सक्छौ। Wisdom भनेको यहुदी हरु को बाइबल मा (जसलाई क्रिस्चियन ले Old Testament भन्छ) जीजस को नाम हो। Wisdom लाई अनुवाद गर्ने हो भने ब्रम्हा भन्नु पर्ने हुन्छ।

खुद भगवान कृष्ण ले कलियुग का मानिस लाई Go Accept Jesus भनेको अवस्था छ। त्यो पनि जीजस जन्मिनु भन्दा ३,००० वर्ष अगाडि जति बेला बाइबल को एक शब्द पनि लेखिएको थिएन।

राति को आकाशमा तारा हरुको pattern कहिल्यै पनि दोहोरिँदैन। रामायण र महाभारत का प्रमुख घटना हरुका समयमा गरिएको राति को आकाश को वर्णन ले भगवान राम ७,००० वर्ष अगाडि र भगवान कृष्ण ५,००० वर्ष अगाडि धरती मा प्रकट भएका हुन भन्न सकिन्छ।  त्यो त विज्ञान हो।

हिन्दु हरुको हठ के छ भने भारतवर्ष मा भगवान जन्मिए त्यस भगवान लाई मानने तर भारतवर्ष बाहिर जन्मिए त्यही भगवान लाई फेरि नमान्ने। कस्तो अचम्म को लिडे ढिपी ! ईश्वर के हिन्दु का मात्र ईश्वर हुन?

बाबरी मस्जिद र राम जन्मभुमि को विवाद मुर्खता को पराकाष्टा हो। भगवान राम भगवान रामको रुपमा पृथ्वी मा जन्मिनु अगाडि जुन रुपमा थिए त्यसैलाई त मुसलमान ले अल्लाह भन्छ। अल्लाह त फगत एक शब्द हो। त्यही शब्द लाई अँग्रेजी मा God भनिन्छ।

पाँच अन्धो ले एक अर्का सँग नोट compare गर्ने हो र ईश्वर को विराट स्वरुप बारे एक अर्का सँग थप जानकारी लिने हो।

भगवान शिव ले गरेको काम भगवान रामले गरेनन, भगवान रामले गरेको काम भगवान कृष्ण ले गरेनन, भगवान कृष्ण ले गरेको काम भगवान जीजस ले गरेनन, र भगवान जीजस ले गरेको काम भगवान कृष्ण, भगवान राम, भगवान शिव ले गरेनन। तर भगवान शिव ले जे गरे, भगवान राम, भगवान कृष्ण ले जे गरे, भगवान जीजस ले जे गरे त्यो सबै समस्त मानव जाति का लागि सधैँ सम्म का लागि सान्दर्भिक छ। भगवान शिवले धरती मा गरेको काम मा भगवान राम र भगवान जीजस सहभागी थिए। भगवान जीजस ले गरेको काम मा भगवान शिव र भगवान राम सहभागी थिए। God is One: the three exist in perfect harmony.

हिन्दु धर्म मा भनिएको छ त जन्म पछि जन्म पछि जन्म। धरतीमा नै आत्मा को recycling भइराख्छ। Paradise पुग्नु छ भने जीजस लाई accept गर्नु पर्छ त। भगवान कृष्ण ले कलियुग का मानिस लाई दिएको सन्देश हो त्यो। The Father and I are one भनेर जीजस ले भनेको। भनेको कृष्ण र जीजस एक हुन। कृष्ण को अराधना गरे जीजस रिसाउने, जीजस को अराधना गरे कृष्ण रिसाउने भन्ने हुँदैन। शिव, राम, कृष्ण, जीजस कसैको पनि सन्देश पुरानो र काम नलाग्ने भएको छैन। योग पुरानो भएको छैन, परिवार र न्याय र धर्म पुरानो भएको छैन। Salvation पुरानो भएको छैन।

यहुदी ले २,००० वर्ष अगाडि गरेको गल्ती र अहिलेसम्म गर्दै आएको गल्ती भारतवर्षको बाहुन ले आज गर्दैछ। आँखा खोल। आफ्नै ब्रम्हा लाई चिन।

Needy को देखरेख गर भनेर जति बलियो शब्द मा जीजस ले Gospel (शुभ समाचार) मा भनेका छन त्यति कुनै समाजवादी चिंतक ले भनेको छैन। पुजारी हरुको जति कड़ा आलोचना जीजस ले गरे त्यति कड़ा आलोचना कुनै मार्क्सवादी ले गरेको छैन। तर ईश्वर नै छैन भन्ने नास्तिक विचार दुर्गति तर्फ लाने विचार हो। नेपाल चलाएर बसेका बाहुन हरु चोरी मा पोख्त छन, भ्रष्टाचारमा लिप्त छन। चोरी पाप हो भन्ने नै थाहा नहुने बाहुन पापी कि पुजारी? वेद, कुरान, बाइबल, गीता कसैले पनि चोरी पाप होइन भनेको छैन त।

वेद पहिलो अध्याय हो भने, रामायण यदि दोस्रो र महाभारत तेस्रो अध्याय हो भने बाइबल त्यसै अलौकिक पुस्तक को चौथो र कुरान पाँचौ अध्याय हो। पुस्तक त पुरै पढ्नु परेन र? शिक्षा पुरा गर्नु परेन?

जसलाई हिन्दू ले शिव भन्छन तिनै लाई क्रिस्चियन ले Holy Spirit भन्छन। जसलाई हिन्दु ले विष्णु, राम, कृष्ण भन्छन तिनै लाई क्रिस्चियन ले Holy Father भनेको हुन्छ। हिन्दू को ब्रम्हा नै त क्रिस्चियन को जीजस हो।










Saturday, August 26, 2017

मधेस आन्दोलनको आध्यात्मिक पक्ष






प्रमुख धर्म हरु एक अर्का सँग बाझेका छैनन। उही जानकारी बिभिन्न माध्यमले परोसिएको छ। महाभारतमा भनिएको छ, हे ब्रम्हा, तपाइँका बिभिन्न नाम मध्ये एक हो इसा। कोरान मा जीजस लाई इसा भनिएको छ। क्रिस्चियन ले भन्ने गरेको होली फादर नै विष्णु हुन। हिन्दु ले विष्णु को नाभी बाट ब्रम्हा पैदा भएको भन्छ। क्रिस्चियन ले "begotten, not made" भन्छ। अल्लाह भनेको एउटा अरबी शब्द हो। त्यसै शब्द लाई अंग्रेजी मा God भनिन्छ। अर्थात बाबरी मस्जिद मा भगवान राम कै पुजा भैरहेको थियो। मानव अवतार मा आउनु अगाडिका राम। मानव अवतार को समाप्ति पछिका राम। ईश्वर निराकार र सर्वव्यापी छन।

विष्णु को पहिलो मानव अवतार राम, दोस्रो कृष्ण। ब्रम्हा को पहिलो मानव अवतार जीजस। ईश्वर त सारा ब्रम्हाण्ड को ईश्वर हो, सिर्फ भारतवर्षको होइन। ईश्वर एक छन। पाँच अंधोले हाथी लाई छामे जस्तै बिभिन्न धर्म ले ईश्वर लाई चिन्ने प्रयास गर्दछन। ती पांचैले एक अर्का को कुरा सुने ईश्वर को अझ बढ़ी स्पष्ट चित्र आउने हुन्छ।

जीजस/येशु को जब इजराइल मा जन्म भयो त्यति बेला इजराइल रोमन साम्राज्य को अधीनस्थ थियो। रोमन हरु को बड़ो क्रुर शासन थियो। तर जीजस ले यहुदी को political liberation लाई बढ़ी महत्वपुर्ण ठानेनन। मानव रुपमा जन्मे पछि सबैभन्दा महत्वपुर्ण कुरा हो मरे पछि स्वर्ग जाने कुरा सुनिश्चित गर्नु। बाँकी सबै कुरा कम महत्वका कुरा हुन।

मधेसी लाई गार्हो छ। काठमांडुले उपनिवेश बनाएर राखेको छ। तर २,००० वर्ष अगाडि को यहुदी र आजको मधेसी का लागि सन्देश एउटै छ। समस्त मानव जाति का लागि नै सन्देश एउटै छ।  मानव रुपमा जन्मे पछि सबैभन्दा महत्वपुर्ण कुरा हो मरे पछि स्वर्ग जाने कुरा सुनिश्चित गर्नु। बाँकी सबै कुरा कम महत्वका कुरा हुन।

भन्नु को अर्थ धरती मा justice र prosperity महत्वपुर्ण कुरा होइन भन्ने होइन। तर ती लिस्ट मा सबै भन्दा माथि पर्दैनन।

यहुदी लाई chosen people भनिन्छ। ईश्वर ले म छु भनेर देखाउन का लागि त्यसरी एक जाति लाई choose गरेका हुन। बाहुन भनेको त्यस्तै chosen people हो। यहुदी जस्तो। तर बाहुन नर्क जाँदैन भन्ने होइन। कुकर्म गर्छ भने नर्क जान्छ। मानवले मानव सँग दुर्व्यवहार गर्छ भने त्यो कुकर्म हो। शोषण कुकर्म हो। जुन ईश्वर ले यहुदी लाई choose गरे त्यसै ईश्वर लाई यहुदी ले reject गर्यो। बाहुन हरुमा त्यसै किसिमको tendency देख्न सकिन्छ।

धरती मा भोग्न सकिने कुनै पनि पीड़ा नर्क को पीड़ा भन्दा निकै कम हो। त्यस अर्थमा caste system लाई बुझ्नु पर्ने हुन्छ। गीता मा भगवान कृष्ण ले भनेका छन, यो caste system मैले नै बनाएको। कस्तो भगवान? Caste system बनाइदिने! तर त्यही भगवान ले स्पष्ट सन्देश दिए, कुनै पनि जातको मानिस सँग दुर्व्यवहार नगर। त्यो सन्देश का लागि सीता मैया दोस्रो पटक वनवास गइन। उदाहरण पेश गर्न का लागि। तर बाहुन ले त्यो बुझ्न खोज्दैन। उल्टै राम त ख़राब लोग्ने भन्ने अर्थ लगाउन खोज्छ।

गीता मा भगवान कृष्ण ले भनेका छन। मैले देखाएको स्वर्ग जाने बाटो १०,००० मध्ये एकले प्रयास गर्ने छन, ती प्रयास गर्ने १०,००० मध्ये एक सफल हुनेछन। बाँकी को के हुने? हिन्दु ग्रन्थ हरुमा स्पष्ट भनिएको छ, पुनर्जन्म पछि पुनर्जन्म पछि पुनर्जन्म।


जीजस आउनु ३,००० वर्ष अगाडि नै कृष्ण ले जीजस को कुरा गरेका छन। Wisdom यहुदी बाइबल मा जीजस को नाम हो। त्यही जीजस लाई सकेसम्म थुन्छेक गर्न भारत को पनि नेपाल को पनि बाहुन तम्सिएको छ।

पहिले को जन्म का दौरान को कर्म का कारन ले कोही तल्लो जातमा जन्मेको हुन सक्छ। तर जुन सुकै जात मा जन्मे पनि जीजस को बाटो त्यो व्यक्ति स्वर्ग जान सक्छ। त्यो कुरा भगवान कृष्ण ले गीता मा भनेका छन।

Son Of God: Jesus Is Back

मधेसी को राजनीतिक अवस्था बारे के त? भगवानको सन्देश के छ? सबै कुरा को ज्ञान हुने ईश्वर, सर्वशक्तिमान ईश्वर ले भन्छन माफ़ गरिदेउ। पहाड़ी ले थिचोमिचो गर्यो? पहाड़ी लाई माफ़ गरिदेउ। आजसम्म एक पटक पनि ईश्वर ले अन्याय हुन दिएका छैनन।


Tuesday, October 04, 2016

राजावाद र बाहुनवाद

राजावाद र बाहुनवाद उस्तै उस्तै हो। राजावाद भनेको राजा को छोरो राजा हुने भनेको हो। बाहुनवाद भनेको बाहुन को छोरो पुजारी हुने भनेको हो।

राजावादी हुन राजा हुनु पर्दैन। कमल थापा राजा होइन। बाहुनवादी हुन बाहुन हुनु पर्दैन। जातपात मान्ने सबै बाहुनवादी।

राजावाद परास्त भएको हो कि बाहुनवाद विजयी भएको हो? देश गणतन्त्र मा गएको हो कि बाहुनवाद मा? बाहुनवाद ले राज सिंहासन बाहेक सब थोक खाएकै थियो। अब त्यो पनि खायो। मधेसी, जनजाति, महिला, दलित वाल्ल।  

वेद लाई ढुंगा मानेर पुज्ने बाहुन त गनिनसक्नु छ तर वेद पढ़ने बाहुन कति छ? पढ़ने भनेको मोटरसाइकिल भट्याउने भनेको होइन, पढेको बुझ्ने भनेको हो।

वेद त हामी लाई खुद ब्रम्हा ले दिएको भन्छ तर त्यही ब्रम्हा को पहिलो अवतार जिजस लाई नेपाल मा पस्न दिएको छैन।

Jesus: Wisdom: Bramha

विष्णु को पहिलो अवतार राम। जानु अगाडि म फेरि आउछु भनेर गएका राम, कृष्ण को रुप मा आए। विष्णु का जम्मा दुई अवतार। ब्रम्हा को पहिलो अवतार जिजस। येशु। जानु अगाडि म फेरि आउछु भनेर गएका येशु।

जुन भारतवर्ष लाई ब्रम्हा ले वेद दिए त्यस भारतवर्ष मा आज येशु का लागि ठाउँ छैन।    

Kumar: Wake Up To God

Thursday, May 12, 2016

Nepal: A Total Political Disaster

I put full time work into Nepal's democracy movement a decade ago. I also put full time work into the subsequent Madhesi movement, which I saw as but phase two of the same democracy movement. About my work I said, and I stand by the statement.
There is a concrete mathematical theory called the butterfly effect. A butterfly flapping its wings in the Amazon forest could be the reason a cyclone hit Bangladesh. What happened in Nepal in April 2006, January-February 2007, and February 2008 were political cyclones. I was the butterfly flapping my wings in New York City. In April 2006, over a period of 19 days, about eight million people out of the country's 27 million came out into the streets to shut the country down completely to force a dictator out.
If I had put the same kind of effort into the first two years of Nepal's first constituent assembly, Nepal would not have seen the drama it has seen since, and would have been a textbook example of how to take democracy into a Third World country, but small minded people like Charlie Rangel had other plans.

But I made a fundamental mistake along the way, which I fully intend to rectify.

The formula for toppling the dictatorship was perfect and can be taken everywhere else. You get people out into the streets everywhere in the country and have them stay there until the dictator bows out. The ideology behind that is five fold, and you get there through a popularly elected constituent assembly.

लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता (Democracy, Human Rights, Republic, Federalism, Inclusion)

Then I looked at India, and came up with the next step, in terms of a mental framework. And just like in the case of Nepal, I listened to the churn on the ground and learned. It was a two way conversation. I have learned a lot from Narendra Modi and Nitish Kumar.

सुशासन, शिक्षा, स्वास्थ्य, संरचना, सुलभता (Good Governance, Education, Health, Infrastructure, Ease Of Doing Business)

Then I looked at Modi's ambition to remake India into a First World Country, and I said this.

E for Education, E for Entrepreneurship, E for Energy

But the entire time I have forgotten the most fundamental and the most important part. And I intend to rectify that, not only for Nepal, but also for India. And that is this.

Kumar: Wake Up To God
Medium: Paramendra Bhagat
Open Your Heart And See God Is Everywhere



There is but one God, there always has been but one God. Someone who has not conquered death is not even a person, someone who has not come to realize that his/her soul is unique in the history and future of time is not even a person. And you can not have democracy unless there is the person, for democracy is one person one vote. The people of Nepal have to embrace God, and become people, one person at a time. That is the only path to democracy, equality and riches. That is the only path to true liberation. That is the only way to smash the caste system to smithereens. The caste system is not God's way. It is The Devil's work. Come over to God's side, and smash the caste system.

Hereditary Bramhinism And Democracy In Nepal

There is an enormous cultural resistance to Jesus Christ in Nepal and India. Jesus gets equated with colonization. Whereas the colonizers and those who uphold the caste system are on the same side, the side of The Devil, Gandhi walked the path of Jesus Christ, the path of liberation, but he did not walk far enough.

Jesus Christ does not negate The Buddha, The Buddha is about the mind, Christ is about the soul. Jesus Christ does not contradict the Geeta, which teaches a full immersion in life, and a full detachment, always being conscious of God. Jesus was not even a white guy, any more than Buddha had Chinese eyes.

And if you don't like any existing church, or any existing organized religion that revolves around Jesus, start a new one. But there is no escaping The Truth. There are four elements to The Truth. There is a God, a loving, kind, forgiving God, creator of all things earth and Heaven. There is a Heaven. Your soul is unique in the history and future of time. You do not end at death. All four elements come together beautifully in the person of Jesus Christ, who was both man and God.

Many Religions, One God

No one else in any religious tradition has claimed to be the Son Of God. Jesus might have looked like an Arab today. The corrupt priests Jesus railed against, they are the same corrupt priests in power in Nepal today, and they stand between God and the people. The people will have to rise all over again. Bahunvad (Bramhinism) deserves nothing less than a total defeat.

Hereditary Bramhinism: 100 Times More Harmful Than Hereditary Monarchy
Visiting Utter Political Destruction Upon The Brahmins Of Nepal
India’s Caste System: Spiritual Corruption Second To None

I shall spring forth a new global religious organization, and that organization shall also come to Nepal, to India, to South Asia at large. The butterfly effect this time shall walk the land like an elephant, with the full force of a large organization that speaks the language of peace, love, kindness and forgiveness.

Jesus created The Person on earth. Jesus is not just about Heaven, although He is the most concrete bridge possible between earth and Heaven, because it was a bridge built by God Himself, for God so loves humanity. You do not have a soul like you have a limb. Don't let the Brahmins fool you. Your language, your culture are treasures created by God Himself, why would he have problems with those? Cultural diversity is God's creation. Racism is The Devil's work. And I wonder why the Brahmins find Nepal's diversity so problematic!

There can be no compromise on human rights, there can be no compromise on religious freedom, there can be no compromise on a secular constitution. No special status may be accorded to any organized religion. The word of God may be peacefully spoken. Until then let there be political struggle until the Brahmins have been pushed into an eternal political wilderness.

भारतके मुसलमान: पाँचवा कास्ट

If the people of Nepal needed to know the evil ways of Bahunvad, all they have to look at is the aftermath of the earthquake. The evils of Brahminism are bottomless.

Thursday, April 07, 2016

नेपालमा लोकतंत्र र व्यक्तिको निर्माण

लोकतंत्र भनेको एक व्यक्ति, एक मत, एक आवाज। व्यक्ति को राजनीतिक निर्माण हुनुपर्यो। त्यस व्यक्तिले निष्पक्ष निर्वाचनमा निर्धक्क मत खसाल्न पाउनुपर्यो। त्यस व्यक्तिले बोल्न पाउनु पनि पर्यो बोल्नु पनि पर्यो, बोलेको ले असर गर्नु पर्यो।

नेपाल मा व्यक्ति को निर्माण भएको छैन कि भनेर सोध्नु पर्ने भएको छ। लोकतंत्र लथालिङ्ग भएको छ। त्यसमा व्यक्ति को राजनीतिक निर्माण नभएर हो कि? व्यक्ति को राजनीतिक निर्माण मानव अधिकार ले गर्छ। धर्म निरपेक्षता बिना मानव अधिकार हुँदैन। नेपालको संविधानमा धर्म निरपेक्षता छैन। सनातनी ले आफ्नो धर्म घुसाउन भ्याएको छ। वाक स्वतंत्रता को हनन। प्रहरीको बल प्रयोग लोकतान्त्रिक राज्य मा जस्तो छैन।

तर मानव अधिकार त अझ पछि हो। मानव अधिकार खोज्ने व्यक्ति को निर्माण पनि नभए जस्तो देखिन्छ। म एउटा यूनिक व्यक्ति हुँ। म जस्तो अरु कोही पनि छैन। मेरो आत्मा छ। त्यो आत्मा लाई स्वर्ग लानु छ भन्ने चेतना नभएको व्यक्ति लाई व्यक्ति नै भन्न मिल्दैन। आफ्नो निर्णय ले आफ्नो आत्मा लाई स्वर्ग लाने निर्णय गरेको र मृत्यु माथि विजय प्राप्त गरेको व्यक्ति व्यक्ति हो। अनि त्यस व्यक्ति ले मानव अधिकार खोज्छ। अनि व्यक्ति को राजनीतिक निर्माण हुन्छ। अनि त्यस व्यक्ति ले मताधिकार खोज्छ। आवाज खोज्छ। बोल्छ।

नेपाल मा व्यक्ति को निर्माण भएको छैन जस्तो देखिन्छ। लोकतंत्र लथालिङ्ग छ।

चुनाव मा धाँधली मात्र होइन, कदम कदम मा लोकतंत्र को हनन भएको छ।

God
India And God

जीजस ले जेरूसलम मा बाहुनवाद का विरुद्ध अहिंसात्मक जिहाद छेड़ेका हुन। किनभने त्यति बेला पुजारी हरुको एउटा वर्ग थियो जो परमेश्वर र आम आदमी बीच एउटा पर्खाल बनेर बसेको थियो। त्यस पर्खाल लाई भत्काउनु पर्ने थियो। नेपाल को बाहुनवाद भनेको त्यही पर्खाल हो। त्यो पर्खाल भारतमा पनि भत्काउनु पर्ने छ। एउटा मनुष्य को परमेश्वर सँग सीधा सम्बन्ध हुनुपर्छ। बाहुन पुजारी मीडिएटर को आवश्यकता छैन। बाहुन ले बाटो मा ढाट बाँधेर पैसा उसुलेर बसेका छन। त्यो पर्खाल नभत्काए सम्म देशले लोकतान्त्रिक र आर्थिक प्रगति गर्ने देखिँदैन।

जीजस क्रांतिकारी थिए।

परमेश्वर ले तपाइँ को भाषा संस्कृति लाई समस्या मान्ने कुरै छैन। तर परमेश्वर चाहनु हुन्छ तपाइँको आत्मा स्वर्ग पुगोस। तर त्यसको लागि तपाइँ ले परमेश्वर सँग सीधा संपर्क गर्नु पर्ने हुन्छ। त्यो काम तपाइँ का लागि अरु कसैले गरि दिन मिल्दैन।