Showing posts with label janakpur. Show all posts
Showing posts with label janakpur. Show all posts

Saturday, November 12, 2022

काठमाण्डु में बालेन, जनकपुर में सत्य नारायण

Wednesday, August 31, 2022

नेपालको संसदमा स्वतंत्रहरुको खाँचो





नेपालको संसदमा स्वतंत्रहरुको खाँचो 

टेबल ठटाएर संविधान पारित गर्न लगाउने,  प्रमुख छलफल हरु सबै बन्द कोठा मा गर्ने, सीमित टाउके हरु बीच गर्ने, त्यसले गर्दा नेपालको लोकतन्त्र निसासिएको अवस्था छ। एउटा संसद मा हुनुपर्ने छलफल का लागि पनि नेपालको संसदमा स्वतंत्र सांसद हरुको खाँचो छ। 



Saturday, September 11, 2021

कांग्रेस को चुनाव

प्रकाशमान पनि म छोड्दिन भन्ने, शेखर शशांक कोइराला द्वय, सुजाता कति बेला टुप्लुक्क आइपुग्ने हो अत्तोपत्तो भएन। नलडने त्यो गुट बाट रामचन्द्र मात्र हो त? देउबा ले नलडे निधि अंग्रेजी मा भनिन्छ shoo in ----- तर देउबा पनि लड्ने। सिटौला पनि गुट कायम छ, उम्मेदवारी रहन्छ भन्नेमा छन।  विचार को तर प्रतिस्प्रधा छैन। इगो मैनेजमेंट मात्र। सबैभन्दा ठुलो देउबा गुट बाट दुई जना मात्र, पौडेल गुट बाट तीन जना, भने पछि पौडेल गुट बाट जित्ने कुरा आएन। महामंत्री मा बरु घमासान। सभापति दोस्रो राउंड मा पुगेर देउबा र निधि बीच प्रतिस्प्रधा हुन बेर लाउँदैन। त्यति बेला सिटौला गुट देउबा लाई, पौडेल गुट निधि लाई गएर निधि को जित हुन सक्छ। एउटा संभावना। विश्वप्रकाश ले खुलेरै निधि र म यदि भन्छन भने पहिलो राउंड मैं निधि आउन बेर लाउँदैन। जुन कि मधेसवादी का लागि चुनौती हुन्छ। नेपाली कांग्रेस ले मधेसी अनुहार पायो भने मधेस मा फेरि कांग्रेस सल्बलाउन थाल्छ। संविधान संसोधन को विपक्ष मा निधि होलान जस्तो मलाई लाग्दैन। अनुहार मात्र लिएर के गर्ने? निधि को मधेसी अनुहार को करेंसी पहाड़ मा पनि छ। पहाड़ी कांग्रेसी पनि सत्ता मा पुग्ने बाटो निधि को मधेसी अनुहार भनेर हिसाबकिताब गरिराखेका होलान। देउबा को कुमाउ गढ़वाल अनुहार। कांग्रेस ले मधेसी सभापति पायो भने एमाले मा पनि त्यसको असर पर्छ। सुबाष नेमबांग जनजाति अनुहार। पृथ्वी सुब्बा गुरुंग। एमाले अध्यक्ष जनजाति बन्ने बाटो खुल्छ। तुरन्त नहोला। तर पछि कुनै समय होला। कांग्रेस मा मधेसी अनुहार आउनु, एमाले मा जननति अनुहार आयो भने त्यो लोकतंत्र को पांग्रा गुडेको हो भन्ने अर्थ लाग्छ। 

कांग्रेस मा क्रियाशील सदस्य को विवाद कायम नै छ। त्यो मेरो बुझाइ भन्दा पर को कुरो हो। 

नेपाल मा त नेता जी हरु जेल गएको छु बाट शुरू गर्छन। निधि जी पनि म सिंधुली जेल गएको छु, मलंगवा जेल बसेको छु भन्नुहुन्छ। 























Sunday, June 20, 2021

जनकपुर–जयनगर रेल

यस्तो छ चीनको भावी योजनाको खाका  चीनले आगामी पाँच वर्षको योजना ‘१४ औँ पञ्च वर्षीय’ का साथ ‘सन् २०३५ सम्मको दीर्घकालीन लक्ष्य’ प्रस्ताव प्रस्तुत गरेको छ । यो १४ औँ पञ्च वर्षीय योजना आधुनिक शक्तिशाली समाजवादी देशको निर्माणको नयाँ यात्राको आरम्भ र दोस्रो सय वर्षको प्रयास लक्ष्यतिर अघि बढ्ने पहिलो ५ वर्ष हो । ......... आधुनिक चीनको निर्माणमा विज्ञान तथा प्रविधि र नवीनतालाई आधारभूत प्रवर्द्धक शक्तिको रूपमा लिनुपर्ने निर्णय गरेको छ । .........  चीन उच्च गुणस्तरीय विकासको चरणमा प्रवेश भइसकेको भन्दै रणनीतिक स्थिरता कायम राखेर विकासमा अडिग रहन जोड दिएको छ । ....... चीनले नयाँ उच्चस्तरीय खुला आर्थिक प्रणालीको निर्माण, खुलापनको स्तरमा व्यापक सुधार, व्यापार तथा लगानी उदारीकरण र सहजीकरणको प्रर्वद्धन, नविन व्यापारको विकास र त्यसलाई प्रोत्साहन तथा 'बेल्ट एण्ड रोड' को उच्च गुणस्तरीय विकासलाई प्रोत्साहन गर्न र विश्वव्यापी आर्थिक शासन प्रणालीको सुधारमा सकारात्मक रूपमा सहभागी हुन प्रस्ताव गरेको छ । 

भारतलाई दुखाउने चिनियाँ रेलमार्ग  चीनले पछिल्लो समय स्वशासित क्षेत्र तिब्बतको पूर्वाधार विकासमा व्यापक लगानी गरेको छ ........ करिब पाँच अर्ब ७० करोड अमेरिकी डलर खर्चेर निर्माण गरिएको रेलमार्ग तिब्बतका लागि बेइजिङको उपहार भएको चिनियाँ कम्युनिस्ट पार्टीको भनाइ छ । चिनियाँ कम्युनिस्ट पार्टीले आउँदो जुन १ मा आफ्नो एक सयौँ जन्मदिन मनाउँदै छ । त्यसकारण उसले नयाँ रेलमार्ग आफ्नो तर्फबाट तिब्बती जनताका लागि उपहार भएको भनेको हो । ......... यो रेलमार्ग सामुन्द्रिक सतहबाट झन्डै ५ हजार मिटरमाथि निर्माण भइरहेको छ । अर्को वाक्यमा भन्दा, चिनियाँ कामदार करिब सगरमाथा बेसक्याम्पकै बराबरको उचाइमा रही खटिइरहेका छन् । ........... तिब्बतमा पर्यटन बढावा दिन चाहन्छ, चीन । ........ सन् २००५ मा तिब्बत भ्रमण गर्ने पर्यटकको संख्या २० लाख भन्दा कम थियो । सन् २०१८ मा भने करिब ३ करोड ३० लाख पर्यटक तिब्बत पुगे । त्यसमा विदेशीको संख्या एक प्रतिशत पनि थिएन । ..........  चिनियाँ सरकार सन् २०२५ मा तिब्बत घुम्‍ने पर्यटकको संख्या ६ करोड पुगोस भन्‍ने चाहन्छ । जुन तिब्बतको जनसंख्या भन्दा १७ गुणा धेरै हो । पर्यटकको संख्यामा वृद्धी हुँदै गर्दा तिब्बती भने चिन्तित छन् । पर्यटक बढ्दै गए तिब्बतको स्थानीय संस्कृति मासिने उनीहरूको चिन्ता हो । ...........   ल्हासा-छन्दु रेलमार्ग उत्तरी भारतीय राज्य अरुणाचलको छेउबाटै निर्माण भइरहेको छ । अरुणचालमाथि त्यसै पनि चीनको नजर रहिआएको छ । चिनियाँ सरकार भारतीय राज्य अरुणाचललाई तिब्बतको हिस्सा मान्छ । जसलाई उ तल्लो तिब्बत भन्छ । सन् १९६२ मा भएको चीन-भारतबीचको युद्ध दौरान चिनियाँ सैन्य फौजले अरुणाचलमाथि कब्जा जमाउन प्रयास गरेका थिए । 



डिजिटल अर्थतन्त्रमा चीन विश्वमै अगाडि, नेपाल कहाँ ?  सन् २०१९ मा चीनको डिजिटल अर्थतन्त्रले चीनको कुल गाहर्स्थ उत्पादन (जीडिपी)को ३६.२ प्रतिशत भाग ओगटेको छ ........  सन् २०२० को मे महिनासम्ममा अप्टिकल फाइबर सञ्जालबाट सबै चिनियाँ सहर तथा ग्रामीण क्षेत्रहरू पूर्ण रूपमा ढाकिएका छन् । साथै चीनमा अप्टिकल फाइबरकर्ताको संख्या ९३.१ प्रतिशत पुगेको छ र यसले विश्वमा पहिलो स्थान ओगटेको छ । यसैगरी सन् २०१९ मा चीनभरि स्थापना गरिएका ४ जी केन्द्रहरूको कुल संख्या ५४ लाख ४० हजारवटा पुगेका छन् । साथै यस वर्षको अक्टुबरसम्ममा ५ जी केन्द्रको संख्या ७ लाख बढी छ । यो पनि चीनको विश्व रेकर्ड हो । ..........  ३ जी प्रविधिमा पछाडि परेको चीनले ४ जीको विकासमा विश्वसँग परस्पर हिँड्दै ५ जीमा अग्रस्थानमा नाम बनाएको छ । .......... चीनमा विगत दश वर्षदेखि डिजिटल प्रविधि र अर्थतन्त्रको विकास तीव्र गतिमा हुँदैआएको छ । पछिल्लो समय अनलाइनबाट तरकारीदखि सबै खाद्यसामग्री, सामान्य लुगाफाटादेखि लक्जरी ब्राण्डसम्म सबै किनमेल गर्ने, यातायात साधनदेखि पर्यटनस्थलका टिकटहरू र रेस्टुराँ, फास्टफुडबाट खानासमेत अर्डर गर्ने चलन युवावर्गमा मात्रै नभइ आमसर्वसाधारणमा पनि बढेको छ । यसैबीच कोभिड-१९ को महामारीको अवस्थामा यो डिजिटल प्रविधि वरदान नै साबित भएको छ । ..........  हाल चीनका सहरहरूमा नौ लाख बढी डेलिभरीम्यान रहेका छन् । ...... चीनले पछिल्लो पाँच, दश वर्षमा मारेको फड्कोलाई पछ्याउने हो भने नेपालले पनि चाँडै विश्वका अरू मुलुकसँगै काँधमा काँध मिलाउनसक्ने छ ।

शीर्ष नेताको निष्कर्ष : ‘प्रतिगमन परास्त गर्न विपक्षी गठबन्धन थप सुदृढ’  गठबन्धनले हाल चारवटा प्रदेशको नेतृत्व गरिरहेको छ ।



असारभित्रै जनकपुर–जयनगर रेल चलाउने तयारी भाडा १५ देखि ३ सय रुपैयाँसम्म भारतीय कम्पनी कोन्कणलाई वार्षिक ३५ करोड दिएर उसैमार्फत रेल सञ्चालन गर्ने सहमति, तर रेलको पहिलो वर्षको आय भने १० करोड मात्र हुने प्रक्षेपण ........  एक वर्षका लागि गरिएको यो सम्झौताअनुसार २१ करोड ९५ लाख भारतीय रुपैयाँ (३५ करोड १२ लाख रुपैयाँ) खर्च हुनेछ । त्यसमध्ये ५० प्रतिशत रकम मेसिन खरिदमा खर्च हुनेछ । त्यस्तै, जनशक्तिमा करिब ४ करोड रुपैयाँ खर्च हुनेछ । अन्य रकम तालिम, प्रोटोकल निर्माण, मर्मतलगायतमा खर्च हुनेछ । दोस्रो वर्षदेखि यो लागत घट्ने रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईको भनाइ छ । मेसिन खरिद गर्नुपर्नेछैन । ‘नेपाल जनशक्तिले सीप सिकेपछि लागत घट्नेछ,’ उनले भने । कम्पनीका अनुसार पहिलो वर्ष आय भने १० करोड रुपैयाँ हुने प्रक्षेपण छ ।  ..........  रेलवेको न्यूनतम टिकट १५ रुपैयाँको हुनेछ । अर्थात् एक स्टेसनबाट अर्को स्टेसनसम्म जान कम्तीमा १५ रुपैयाँको टिकट खरिद गर्नुपर्छ । ........ जनकपुरदेखि जयनगरसम्मको साधारण भाडा ७५ रुपैयाँ र एसीमा ३ सयसम्म तोकिएको ........ तत्काल बिहान, दिउँसो र बेलुका गरी दैनिक तीनपटक जनकपुर–जयनगर रेल सञ्चालन हुनेछ ........  भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६९ किलोमिटर ........ तत्काल ३४ किलोमिटर मात्र रेल सञ्चालन गरिने तयारी छ । जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर रेल सञ्चालन हुनेछ ............. कुर्थादेखि बिजलपुरासम्म रेल सञ्चालन हुनेछैन । बिजलपुरादेखि– बर्दिवास १८ किलोमिटरको दूरीमा छ । त्यस क्षेत्रमा भने जग्गा प्राप्ति भइनसकेकाले लिक निर्माणमै ढिलाइ भइरहेको छ । ........ कुर्ता–जयनगर चल्ने रेलले १ हजार ३ सय यात्रु बोक्नेछ । यसको गति रेलको लिक डिजाइनअनुसार १ सय किलोमिटर प्रतिघन्टा रहेको छ । तर, रेल स्टेसनको दूरी छोटो हुने भएकाले ७० देखि ८० किलोमिटर प्रतिघन्टासम्मको गति हुनेछ । .......... दुवै रेलको मूल्य ८४ करोड ६५ लाख ९५ हजार रुपैयाँ छ । ......... १८ पुस ०७६ मै राष्ट्रिय सभामा दर्ता भएको रेलवे विधेयक डेढ वर्षसम्म सरकारले पारित गर्न कुनै चासो देखाएको थिएन । ...........  अध्यादेशमा सरकारको पूर्वस्वीकृति लिएर स्वदेशी वा विदेशी लगानीकर्तासँगको संयुक्त लगानीमा रेलवे निर्माण वा विस्तार गर्न सकिने उल्लेख गरिएको छ । 

एमाले दशौँ महाधिवेशन आयोजक कमिटी विवाद : पुनरावलोकनका लागि ओली पुगे सर्वोच्च, कमिटी आधिकारिक भएको दाबी  ‘पार्टीको केन्द्रीय समितिले नै तत्काल महाधिवेशन गर्नुपर्ने भएको कारण महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरिएको हो । केन्द्रीय समितिले गर्ने सबै कार्य गर्न पाउने गरी केन्द्रीय समितिले नै त्यसलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेको हुँदा यसले गरेको निर्णयका आधारमा कारबाही गरेको मिलेन भन्ने सर्वोच्च अदालतको आदेश गलत भएकाले खारेज हुनुपर्छ भन्ने माग निवेदनमा गरिएको छ’  ....... ‘दशौँ राष्ट्रिय आयोजक कमिटी नेकपा एमालेको पार्टीको आधिकारिक संरचना होइन । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ अनुसार दल त्यागसम्बन्धी विषयमा कारबाही गर्दा सम्बन्धित दलको केन्द्रीय समितिले मात्र कारबाही गर्न सक्ने व्यवस्था छ । पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐनले नचिनेको संरचनाबाट गरिएको निर्णय बदरभागी छ,’ केन्द्रीय कमिटीले मात्रै सांसदहरूलाई कारबाही गर्न सक्ने भन्दै सर्वोच्चको आदेशमा लेखिएको छ । ............  दशौँ महाधिवेशन आयोजक कमिटी कायमै रहेको दलिल पेस गरेर ओलीले २ जेठ ०७५ मा फर्कनुपर्ने खनाल–नेपाल पक्षको सर्त मान्न नसकिने स्पष्ट पारेका छन् । पुनरावलोकनले एकतालाई खण्डित गर्ने खनाल–नेपाल पक्षको बुझाइ छ । 

तीन प्रदेशमा विपक्षी गठबन्धनबाट कसरी बाहिर निस्कियो खनाल–नेपाल समूह ? पार्टी एकता जोगाउन खनाल–नेपाल समूहले लिएको लचक नीति हो वा सरकार फेरबदलको अवस्थामा निर्णायक भूमिका खेल्ने रणनीतिको हिस्सा भन्ने अझै अस्पष्ट .............. कर्णाली र सुदूरपश्चिम प्रदेशको सरकार जोगाउन विपक्षी गठबन्धनमा उभिएर निर्णायक भूमिका खेलेको एमालेको असन्तुष्ट पक्षले बागमती, गण्डकी र प्रदेश १ मा भने सहकार्यको रणनीति अगाडि सारेको छ । यी तीन प्रदेशमा विपक्षी गठबन्धनबाट बाहिरिएर नेपाल–खनाल समूह प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसँगै उभिएको छ । ..........  खनाल–नेपाल समूहको पछिल्लो कदमले प्रदेश– १ मा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । ......... विपक्षीसँग मिलेर ओलीविरुद्ध चौतर्फी झट्का दिने आक्रमक नीतिबाट ‘युटर्न’ हुँदै लचिलो नीतिको नेतृत्व खनाल–नेपाल समूहका दोस्रो तहका नेता अष्टलक्ष्मी शाक्य र भीम आचार्यले गरेका छन् । उता, गण्डकीमा खनाल–नेपाल समूहका एक मात्र सांसद इन्द्रलाल सापकोटाले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई नै मतदान गरेका थिए । यद्यपि गण्डकीमा खनाल–नेपाल समूहको सहयोगविनै कांग्रेस–माओवादी–जसपा र राजमोको गठबन्धनबाट विपक्षीको सरकार बनेको छ ।  ..........  लगातार ओली समूहलाई साथ दिने पछिल्लो तीनवटै निर्णयसँगै खनाल–नेपाल समूह अब संस्थापनले २ जेठमा फर्काएर केन्द्रीय कमिटी बैठक बोलाएको अवस्थामा सहभागी हुने निष्कर्षनजिक पुगेको नेताहरूले बताएका छन् । ‘पार्टी एकता जोगाउन सकारात्मक शिक्षा मिलोस् भन्ने सन्देश दिन हामीले मिलेर सरकारको नीति तथा कार्यक्रम पास गरेका हौँ र बजेट पनि एकढिक्का भएर पास गर्छौँ,’ एमाले सचिव तथा प्रदेश एकका संयोजक भीम आचार्यले नयाँ पत्रिकासँग भने, ‘पार्टी एकता जोगाउन हामी अहिले एक कदम मात्र लचिलो भएको अर्थमा बुझ्ने होइन, हदैसम्म लचिलो हुन्छौँ र हुन तयार छौँ ।’ ............  ‘अब कुनै पनि पूर्वसर्त र पद भागबन्डाका कुनै पनि विषय नराखीकन २ जेठ ०७५ सम्मको केन्द्रीय कमिटी र अन्य कमिटीको बैठक बोलाएर धमाधम काम अगाडि बढाउनुपर्छ । जे–जति समस्या छन्, त्यही कमिटीको बैठकमा छलफल गरेर हल गर्नुपर्छ । त्यसैको उदाहरणका लागि हामीले एकजुट भएर नीति तथा कार्यक्रम पास ग¥यौँ, बजेट पनि एकढिक्का भएर पास गर्छौँ ।’ ............. ‘हामी सत्तापक्ष भएर पनि विपक्षीजस्तो भएर बस्नुपर्ने अवस्था आयो । यो अवस्थाको अन्त्य गरेर पार्टी एकता जोगाउन प्रदेशमा नीति तथा कार्यक्रममा एकजुट भएर निर्णय लिइएको हो । मुख्यमन्त्रीले दलको बैठकमा बोलाएपछि हामी गयौँ । राजेन्द्र पाण्डेको नेतृत्वमा कार्यदल बनाएर समस्या समाधान गर्ने भनेपछि नीति तथा कार्यक्रम पास गर्न तयार भएका हौँ’ ............  अदालतको पछिल्लो आदेशपछि वरिष्ठ नेता नेपालले पनि निकटस्थहरूलाई विभाजनभन्दा पार्टी एकताकै सम्भावना धेरै बलियो बन्दै गएको बताउन थालेका छन् । .............    त्यसो त, कर्णाली प्रदेशका चार सांसदलाई गरिएको कारबाही अवैध भन्दै सर्वोच्चले पुनर्बहाली गर्न आदेश दिएपछि खनाल–नेपाल पक्ष ओली कमजोर बनेको भन्दै उत्साही बनेको छ । अन्तरिम आदेशले ओलीले एकलौटी गठन गरेको महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक मानेकाले २ जेठमा फर्किनैपर्ने अवस्था सिर्जना भएको उनीहरूको बुझाइ छ । ............ ओली–नेपाल केन्द्रमा मिल्नेबित्तिकै कुनै पनि वेला कर्णाली प्रदेश सरकार अल्पमतमा पर्नेछ ।

देउवानिवासमा बसेको विपक्षी गठबन्धनको छलफलमा के के भए कुराकानी ?  बिपक्षी गठबन्धनका शिर्ष नेताहरुबीचको उक्त छलफलमा एमालेको मुख्यमन्त्री रहेका रहेका प्रदेशमा बिपक्षी गठबन्धनबाट मुख्यमन्त्री बनाउन पहल गर्ने बारे पनि छलफल भएको

ओलीलाई अस्पतालको शैयाबाट खनालले भने– कमरेड, म फर्केर आउँछु कि आउँदिनँ, पार्टी बचाउनुहोस्  नेता खनालले अध्यक्ष ओलीलाई एमालेको एकता जोगाउन भावुकशैलीमा आग्रह गरेका छन् । यसअघिका घटनाहरुलाई बिर्सिएर पार्टी एकता गर्न ओलीलाई आग्रह गर्दै एमालेका पूर्व अध्यक्षसमेत रहेका खनालले भने, ‘कमरेड, म फर्केर आउँछु कि आउँदिन, त्यो पनि थाहा छैन । पार्टी एकतावद्ध बनाउनुहोस्, मेरो यही चाहना छ ।’

एमाले विवाद : 'ओलीले चाहे एकै दिनमा सहमति'  सत्तारूढ दल नेकपा एमाले भित्रको विवाद मिलाउने अन्तिम कसरत भइरहेको छ । पार्टीभित्रको जारी विवाद मिलाउन दोस्रो तहका नेताहरू युद्धस्तरमा लागिरहेका छन् तर ठोस सहमतिभने बन्न सकेको छैन । ..........  ‘अहिलेको विवाद अध्यक्षबाट सृजना भएको हो । तलकहीँ कतै समस्या छैन । अध्यक्ष जिम्मेवार बने एकै दिनमा सहमति हुन्छ ।’ ..........   सर्वोच्च अदालतको फैसाला अनुसार २०७५ जेठ दुई अघिकै कमिटी ब्युँताउने निर्णय गरेको अवस्थामा स्वःस्फूर्त रूपमातीकमिटीले काम शुरू गर्ने बताउँदै पार्टीभित्र कुनै पनिविवाद नरहने ......... ‘अहिले पार्टीका दोस्रा तहका नेताहरूबीच पार्टीभित्र देखिएको विवाद मिलाउन पहल गर्नु राम्रो भएपनिशीर्ष तहमा संवादनभई अहिलेको समस्या समाधान हुँदैन ।’ उनले पार्टीलाई विधि र पद्दति अनुसार चलाउनुपर्ने मात्र आफूहरूको माग रहेको जिकिर गर्दै पार्टी एकता अध्यक्षकै हातमा रहेको बताए ।


Monday, April 12, 2021

जसपा र जपा बीच फरक

सीके राउत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशन भर्खर सकिएको छ। त्यति ठुलो आम सभा त्यो बारह बिघा मैदानमा अहिले सम्म भएको छैन। रेकॉर्ड ब्रेक भयो। नेपालको त्यो गाँधी मैदान नै हो। जनकपुरको बारह बिघा मैदान काठमाण्डु हो भने काठमाण्डु को टुँडिखेल रत्नपार्क जनकपुर हो। त्यति ठुलो छ बारह बिघा मैदान। देशका चार पार्टीले एकै साथ त्यहाँ आम सभा गर्न सक्छन। त्यति ठुलो। 

जुन महाधिवेशन गर्न कांग्रेस र कम्युनिस्ट लाई हम्मे हम्मे पर्छ त्यो जनमत पार्टीले अत्यंत राम्रो सँग गरेर देखाईदियो। कार्यक्रमको उद्घाटन समारोहमा प्रस्तुत गरिएको नृत्य जस्तै व्यवस्थित, अनुशासित, सुन्दर। कतै कुनै हिच्कि देखिएन। अमेरिकी राजनीतिमा भन्ने गरिन्छ कुन पार्टीले राष्ट्रपतिको चुनाव जित्छ भन्ने कुरा दुबैको महाधिवेशन हेरेर नै थाहा हुन्छ। त्यस मानेमा जनमत पार्टी देशको नंबर एक पार्टी बन्ने पथमा अग्रसर देखिन्छ। 

कांग्रेस को पिछला महाधिवेशन पछि मनोनीत गरिनुपर्ने पद हरु आजसम थुप्रै खाली छन। पद का लागि मरिहत्ते गर्ने पार्टी भित्र। के भएको त्यो? जनमत पार्टी को आतंरिक लोकतंत्र पनि, र आतंरिक अनुशासन पनि यति गजबको देखियो कि सबै जना निर्विरोध निर्वाचित भएका छन। पहिला कहिले कुनै पार्टी मा नभएको देखियो गजबको दृश्य। मानौं पार्टी भित्र गुट त छ तर एउटा मात्र, प्यानल त छ तर एउटा मात्र। सीके राउत प्यानल, सीके राउत गुट। 

महिला सहभागिता स्टेजमा देखियो। अरु प्रत्येक पार्टीको महाधिवेशनमा महिला माथि पर्दा प्रथा लगाएर स्टेज पर नै राखिएको हुन्छ। 

सीके राउतको भाषाणमा पनि अनुशासन देखियो। छोटो १५ मिनट को स्पीच। नेपालका नेता गण बीच अघोषित नियम छ। जसले जति लामो भाषण गर्यो उ त्यति ठुलो ब्रेन भएको नेता। त्यस नियम अनुसार नेपालको राजनीतिको सबैभन्दा सानो ब्रेन भएको नेता सीके राउत। १५ मिनट मात्र बोल्यो। 

पहाड़ी पुर्वाग्रही मीडिया ले बहिष्कार गर्छ भन्ने कुरा पहिले देखि थाहा भएर हो कि के हो त्यो १५ मिनट का दौरान आफ्ना कार्यकर्ता लाई मात्र लक्षित गरेर बोलेको देखियो। संगठन, संगठन, संगठन। संगठित हो जाओ नहीं तो मिट जाओ। 

पहाड़ी पुर्वाग्रही मीडिया ले भने पुर्ण रूपेण ब्लैकआउट गरेको महाधिवेशन। रातोपाटी मा झुक्किएर एउटा समाचार आएछ। सीके राउतको महाधिवेशनमा स्वतंत्र मधेसको बैनर देखियो भनेर। सीके राउत ले स्वतंत्र मधेसको एजेंडा छोड़े छोडेनन त्यो सीके राउतलाई सोध्नुस। मैले त छोडेको छैन। 

जबसम्म एउटा पनि मधेसीलाई नागरिकता प्रमाणपत्र बाट वंचित राखिन्छ त्यति बेला सम्म पुरा मधेस गुलाम छ। जबसम्म देशमा सच्चा संघीयता स्थापित हुँदैन त्यति बेलासम्म नेपालको प्रत्येक मधेसी, प्रत्येक जनजाति गुलाम छ। तीन मध्ये एक मधेसी राति सुत्न जाँदा भोकै सुत्छ। मधेस गुलाम छ। 

नेपालमा लिच्छवि नफरकेसम्म सारा नेपाल गुलाम छ। नेपालको इतिहासमा लिच्छवि काल लाई आजसम्म स्वर्ण युग मानिन्छ। पंचायत कालको महेन्द्र माला ले पनि त्यो सत्य इनकार गर्दैनथ्यो। लिच्छवि को ओज यस्तो थियो कि  लिच्छवि शासन सकियो तर मल्ल कालमा पनि राजकाजको भाषा मैथिलि रह्यो। मल्ल कालसम्म सभ्य मानिस हरुको शासन। नेवारी कला र संस्कृति विश्व मैं उच्च मानिन्छ। मैथिलि र नेवारी संस्कृति नेपाल का दुई उच्चतम संस्कृति नै हुन। मल्ल पछि त असभ्य हरुको शासन नै हो। पृथिवी भनेको कीर्तिपुरमा नाक कान काटेको। जंगे ले कोतपर्व मच्चाएको। त्यो पृथ्वीको पुजा गर्छ आजको नेपाल सेना। जंगे कायर थियो। मानसिक दासता मा ब्रिटिश साम्राज्य भित्र मा नंबर एक। राणा कालमा नेपाल स्वतंत्र थिएन। ब्रिटिशले अरहाएको गर्थ्यो। 

लिच्छवी नेपाल भन्दा बढ़ी धनी देश हरु त्यति बेला युरोप र अमेरिकामा थिएनन। चीन लाई लिच्छवी नेपाल ले आफुभन्दा बढ़ी शक्तिशाली मान्दैनथ्यो। भारतवर्ष का अरु देशहरु सँग समानताको व्यवहार हुन्थ्यो। लिच्छवी कालमा गणतंत्र थियो। जनताले नेता छानथे। सुशासन, शान्ति र समृद्धि थियो। न्याय थियो। पराजित लाई हेप्ने भन्ने थिएन। 

पंचे, कांग्रेस, कम्युनिस्ट भनेका त एउटा मक्किएको राज दरबार वरिपरि घुम्दै समय बितायेका हरु। गणतंत्र बालुवाटार मा छैन। 

जसपा ले मलाई  लिच्छवि को याद दिलाउँदैन। जनमत पार्टीले मलाई  लिच्छवि को याद दिलाउँछ। 


















Saturday, March 13, 2021

जनमत पार्टी वास्तविक नया शक्ति

नेपालमा यदि आर्थिक क्रान्ति हुन्छ भने त्यो जनमत पार्टी कै नेतृत्वमा हुन्छ। सतह बाट त्यस किसिमको सन्देश आइरहेको छ। आमुल परिवर्तन ले नया शुरुवात खोज्छ नै। 

जनमत पार्टीले पोहोर वृक्षारोपण को कार्यक्रम गर्यो। कति राम्रो। संगठन निर्माण गर्ने, जनाधार बलियो बनाउने कति राम्रो तरिका! अहिले पनि एकोहोरो किसिमले संगठन निर्माणमा लागेको छ। अरु पार्टी हरुले जिल्ला अधिवेशन पनि गर्दैनन।  जनमत पार्टी वडा अधिवेशन गर्नमा व्यस्त छ। 

जनमत पार्टीले व्यापक स्तरमा वृक्षारोपण गर्न न चुनाव लड्नुपर्यो, न चुनाव जित्नुपरयो, न कतै सरकार बनाउनुपर्यो। आज इंटरनेट को जमाना मा त्यस्ता थुप्रै काम छन जुन कि जनमत पार्टी ले संगठित रूपले गरेर आम जनता को जीवनस्तर उकास्न सक्छ। 

(१) लघु लोन: Kiva 

तपाईले आफ्नो गाउँमा यस मार्फ़त एक जना लाई कि १० जना लाई कि हजार जना लाई सानो लोन दिलाउन सक्नुहुन्छ त्यस्तो कुनै लिमिट नै छैन। प्रक्रिया मिलाएर अनगिन्ती व्यक्ति लाई सानो लोन दिलाउन सक्नुहुन्छ। न नागरिकता चहियो न कसैको सिफारिस। धितो केही राख्न परेन। उही हो संगठन ले अंग्रेजी लेखपढ गर्ने मान्छे उपलब्ध गराउनु पर्ने भो। 

(२) बाजार: Etsy 

मिथिला आर्ट आदि विश्व बजारमा बेच्ने अति उत्तम तरिका। कुरियर सर्विस त शहर शहर मा छ। किन्ने ले शिपिंग कॉस्ट पनि तिरछन नै। हस्तकला का सबै सामग्री बेच्न पाइयो। डलिया बेच्न पाइयो। किभा बाट लोन लिने, बिजनेस शुरू गर्ने सान्तिनो, अनि विश्व बजारमा पुग्ने। 

(३) स्कुल: Khan Academy 

म पढेको बुढानीलकण्ठ स्कुल बाट। त्यो बुढानीलकण्ठ स्कुल को बाप हो यो खान अकादमी। दुनिया भरि उपलब्ध छ। मुफ्तमै उपलब्ध छ। हिन्दीमा पनि उपलब्ध छ। 

(४) पुस्तकालय: Wikipedia 

(५) जागीर: Freelance 

(६) स्थानीय सरकार ले पाई पाई को हिसाब जनतालाई दिने तरिका: Google Docs 

आज डॉक्टर ले गर्ने चेकअप गर्ने ऍप हरु फोन फोन मा आउन लागेका छन। 

आज एउटा स्मार्टफोन भएको मान्छे सन १९८० को हिसाबले मिलियनेयर हो। किनभने आज एउटा स्मार्टफोन मा जति कुरा मुफ्तमा गर्न सकिन्छ त्यति गर्न सन १९८० मा १० लाख डॉलर बराबरको उपकरण चाहिनथ्यो। 

जनमत पार्टी ले जसरी वृक्षारोपण गर्यो त्यसरी नै संगठित किसिमले यी र यस्ता इंटरनेट मार्फ़त उपलब्ध सेवा हरुको भरपुर प्रयोग द्वारा दुई नम्बर प्रदेशको कायापलट गर्नुपर्छ। 



Tuesday, January 14, 2020

दुई नम्बर प्रदेश को नाम जनकपुर राख्ने कि?

कोशी, जनकपुर, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, महाकाली। विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, भैरहवा, सुर्खेत, टीकापुर।

दुई नम्बर को नाम मधेस राख्न का लागि संख्या पुगिराख्या छैन। सपा र राजपा ले मानेका छन। चाहेका छन। तर दुई तिहाई छैन तिनी सँग। नेका ले मिथिला भनेको छ। त्यसमा तर भोजपुरा पनि पर्छ। मिथिला-भोजपुरा बढ़ी लामो नाम भो।तानतुन पारेर बनाए जस्तो। नेकपा ले के अड़ान लिएको छ कुन्नि।

नामाकरण त गर्नु परयो। दुई तिहाई पुर्याउनु परयो। जनकपुर नाम मा सहमति जुट्छ कि?


















Tuesday, March 08, 2016

Janakpur

Saturday, February 06, 2016

धनुषामा हिंसा

धनुषामा हिंसा का समाचार आएका छन। यो बड़ो गलत छ। स्वस्थ लोकतान्त्रिक प्रतिस्प्रधा को उदाहरण बन्नू पर्छ धनुषा। जनकपुर त मधेसको राजनीतिक राजधानी हो। मधेसी मोर्चा र काँग्रेस बीच सैद्धांतिक दुरी छ। तर त्यो भनेको हिंसा को बाटो बाट समाधान खोज्ने भनेको होइन।

यो बड़ो अनावश्यक र गलत भैरहेको छ।

आंदोलन गार्हो काम हो। यत्रो लामो आंदोलन। किन विजय प्राप्त भएन भन्ने लाग्नु स्वाभाविक हो। तर त्यसो भन्दैमा आफु आफु झगड़ा गर्ने मधेसीले? त्यो होइन। यो अहिंसात्मक र लोकतान्त्रिक आंदोलन हो। हिंसा को भर्त्सना गर्दै अगाडि बढ्नु पर्ने हुन्छ।


Sunday, January 31, 2016

हिन्दी भाषा, हिन्दु धर्म, भारतीय सांस्कृतिक राष्ट्रियता, मधेस, मधेसी और नेपाल

प्रत्येक भारतीय नागरिक हिन्दु नहीं हैं। और दुनिया का सबसे बड़ा लोकतंत्र भारत। सभी भारतीय नागरिक कानुन के नजर में बराबर हैं। लेकिन एक सांस्कृतिक राष्ट्रियता है, एक भारतीय सांस्कृतिक राष्ट्रियता जिसके केंद्रविंदु में हिन्दी भाषा और हिन्दु धर्म है। तमिल या मराठी बोल्ने वाले भी भारतीय नागरिक हैं। ऐसा नहीं कि बगैर हिंदी बोले भारतीय हो नहीं सकते। लेकिन मधेसी तो भारतीय नागरिक नहीं हैं। लेकिन वो जो भारतीय सांस्कृतिक राष्ट्रियता है जिसके केंद्रविंदु में हिन्दी भाषा और हिन्दु धर्म है, मधेसी उसके अभिन्न अंग हैं। लेकिन सभी मधेसी हिन्दु नहीं। बहुत मुसलमान हैं। बुद्ध मधेसी थे। मधेस चीन, सारे चीन, पर कब्ज़ा करेगा। बुद्ध धर्म के रास्ते। लेकिन बहुत कम मधेसी बुद्धिस्ट हैं। आज। लेकिन मधेसी राष्ट्रियता का बहुत बड़ा हिस्सा बुद्ध का है।

हिन्दी भाषा, हिन्दु धर्म, भारतीय सांस्कृतिक राष्ट्रियता, मधेस, मधेसी और नेपाल। हिंदी भाषा पर आक्रमण निरंतर ढाई सौ साल से चला आ रहा है। इस मधेस आंदोलन का एक प्रमुख मांग है कि अब नेपाल में नेपाली भाषा और हिंदी भाषा दोनों बराबरी के ओहदे पर रहेंगे। भारत के संसद में हिंदी और अंग्रेजी दोनों में काम होता है। अब नेपालके संसद में नेपाली और हिंदी दोनों में काम होगा।

विद्या जुता पहन के जानकी मंदिर के भितर तक पहुँच गयी। मधेसी हो या पहाड़ी कोई हिन्दु वो कर ही नहीं सकता है। विद्या हिन्दु नहीं सनातनी हैं। जिस तरह रावण सनातनी था।

तो जब बात हिंदी भाषा और हिन्दु धर्म का हो, तो ये लड़ाई मेरा कब से हो गया? ये तो मोदी का लड़ाई है। मोदी लड़े अपना। बहुत जल्द मेरा प्रमुख फोकस होगा अमरिका। यहाँ बाजार गर्म हो रहा है।



Tuesday, December 29, 2015

जनकपुर में इतनी ताकत है

उन्हें आश्चर्य लगता है
नारा जुलुस करते हैं जनकपुर में
बात करते हैं झापा, मोरंग, चितवन का
उन्हें आश्चर्य लगता है
चन्द्रमा पृथ्वी से दुर
फिर भी पृथ्वी के इर्दगिर्द
घुमता रहता है

जनकपुर में इतनी ताकत है

एक समय आएगा
जब उन्हें पता चलेगा
पृथ्वी गोल है


Saturday, December 19, 2015

काठमाण्डु मीडिया को "विधवा स्पिन"

जानै नहुने समयमा जानै नहुने शैलीमा जनकपुर गयेकी विद्या को विवाह पंचमी भ्रमण बारे काठमाण्डु मीडिया ले जुन स्पिन दिराखेको छ त्यसबाट छर्लङ्ग हुन्छ कति पतित र Anti-Madhesi मीडिया छ भनेर। मानों सीता को विवाह होइन विद्या को मैरिटल स्टेटस बारे को यो पर्व थियो। मानों मधेसमा कुनै आंदोलन नै छैन।


Tuesday, November 10, 2015

In The News (30)

मधेसलाई काठमाण्डौको साथ चाहिएको छ !----------------------------------------------------धान रोप्ने बेलादेखी नै मधेसमा आ...

Posted by Tula Narayan Shah on Tuesday, November 10, 2015

कम्यूनिस्टों का सरकार दिखा रही है रंग ! मन्त्री शेरधन राई तराई-मधेश के एफएम पर कारबाई करेंगे ! मन्त्री अग्नि सापकोटा मध...

Posted by Brikhesh Chandra Lal on Tuesday, November 10, 2015

मोदीको हार र लालुको जितमा दिपावली गर्ने, समाजिक सञ्जालको भित्तामा रंग पोत्नेहरुले बुझ्नु जरुरी छ- लालुको जितले हैन मधेशी...

Posted by Luisang Waiba on Monday, November 9, 2015

Want quick results in #Nepal? Effectively and urgently reform #Nepal Oil Corporation, Nepal Electricity Authority,...

Posted by Chandan Sapkota on Monday, November 9, 2015

This Deepawali- no lights, no fireworks, only Pujaa to request Goddess Laxmi to enable us in resolving the present issues.

Posted by Er Satya Narayan Shah on Monday, November 9, 2015

आज सर्लाहीको मलंगवामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकमा सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष श्री राजेन्द्र महतो ...

Posted by सदभावना पार्टी on Tuesday, November 10, 2015

"Foremost among the Morcha's demands is the creation of two provinces in the southern plains. This is not possible...

Posted by Kanak Mani Dixit on Tuesday, November 10, 2015

Friends, to support this initiative to promote dialogue over confrontation, take a #KTMwithMadhes selfie & post it.

Posted by Manjushree Thapa on Tuesday, November 10, 2015

"The situation in Nepal is somewhat similar to the mid-1970s Sri Lanka, But instead of reaching a political solution to the problem, the Oli Government is trying to delay it.Says Prof S D Muni in The Hindu

Posted by Vijay Kant Karna on Monday, November 9, 2015

आफै धामी आफै झाक्री.....खोक्रो राष्ट्रवादी सरकार र तिनका अघोषित मिडिया प्रवक्ताहरूले भ्रमको खेती गर्दै जनतालाई गुमराह ...

Posted by Upendra Mahato on Tuesday, November 10, 2015

Great to see the youth risings against its incompetent government. #Madhes #Nepal #WakeUpnAct

Posted by Khushbu Dhoti Mishra on Tuesday, November 10, 2015

खर्बुजा चाहे चाकु पर परे अथवा चाकु खर्बुजा पर , कटना तो खर्बुजा को ही है |

Posted by Er Satya Narayan Shah on Tuesday, November 10, 2015

संघीय संसदीय व्यवस्था विरोधी समाजवाद उन्मुख ओली सरसंघीय संसदीय व्यवस्था विरोधी समाजवाद उन्मुख ओली सरकार...

Posted by Vijay Kumar Singh on Monday, November 9, 2015

ठूलो कष्ट गरेर बल्लतल्ल आक्कल झुक्कुल ५/१० लिटरसम्म इन्धन पाइने अवस्था पनि सकियो । इन्धन अब पूरै बन्द ।खाना पकाउने ग्य...

Posted by Upendra Mahato on Tuesday, November 10, 2015

भारतले अहिलेसम्म आफूले नाकाबन्दी गरेको स्वीकार गरेको छैन । र, उसको पूर्वअडानमा पनि कुनै परिर्वतन देखिएन ।

Posted by OnlineKhabar on Tuesday, November 10, 2015

हठ योगमा आफुलाई नै कष्ट दिएर शरीर, आत्मा र परमात्मा संग योग गराइन्छ, नेपालको अहिलेको स्थिति त्यै नै हो कि जस्तो लाग्नथाल्यो |

Posted by Er Satya Narayan Shah on Monday, November 9, 2015

ओलीलाई उपेन्द्रको सुझाव ’बोली सुधार्नुस्, विद्यार्थी नेता जस्तो बनेर हुँदैन अनलाइन खबर मार्फत (1) प्रधानमन्त्री भइसके...

Posted by Ang Kaji Sherpa on Tuesday, November 10, 2015


मधेसको समस्या समाधान नभएसम्म नाका खुल्दैनः भारत
गोरखामा बाबुरामको ‘नयाँ शक्ति’ गठन
१ सय ५० वर्षसम्म बाँच्ने भन्दै ३ वर्षदेखि पानी नपिउने व्यक्ति
मधेशमा दुई प्रदेश : “मिनी पाकिस्तान” बन्ने खतरा
मधेश केन्द्रित पार्टीहरुले पश्चिमी राष्ट्रहरुको सहयोग र मुस्लिमको भोटका निम्ति मात्रै धर्मनिरपेक्षताको वकालत गर्ने गर्दछन् । मुस्लिम समुदायले पुर्व प्रधानमन्त्री शुशिल कोईरालालाई ज्ञापन दिदा भनेका थिए कि ” मुस्लिम मधेशी होईन, मुस्लिम एक वेग्लै समुदाय हो” , सम्मानीय सर्वोच्च अदालतलले मधेशी आयोग गठन गर्न अन्तरिम आदेश जारी गरिसक्दा पनि मुस्लिमहरुले मुस्लिम आयोगको निम्ति आवाज उठाउनु र संविधानमा मुस्लिम आयोग पनि राखिनुले मुस्लिमहरु आफुलाई मधेशी मान्न तयार नभएको कुरालाई स्पष्ठ पार्दछ । ........

जनसंख्याको आधारमा मधेशमा मुस्लिम, थारु र यादव नै आगाडी छ ।

..... हाल मधेशमा करिव ३ महिना देखी सीमांकन हेरफेरको लागि भईरहेको आन्दोलनले सफलता प्राप्त गर्यो र मधेशमा मधेशकै मात्रै भूमिलाईलाई दुई प्रदेश वनाईयो भन्ने नेपालको एक क्षेत्र “मिनी पाकिस्तान” हुने कुरालाई काट्न सकिदैन । जनसंख्याको आधारमा मधेशमा मुस्लिम, थारु र यादव नै आगाडी छ । ....... अहिलेको प्रदेश नं २ मा मोरङ, सुनसरीको पुरै भाग सिन्धुली, उदयपुर र मकवानपुरको केही अंशलाई मिलाउदा मात्रै त्यहा भोलीको दिनमा राम्रो हुन सक्छ । त्यसतै नवलपरासी देखी कैलाली सम्म गर्यौ भन्ने पनि त्यहाका पहाडका केही जिल्लाहरुलाई गाभिनु पर्दछ । ...... होईन भन्ने आज मधेशीले संघीयताको लागि लडाई लडिरहेका छन भन्ने भोली संघीयता खारेजीको लागि लडाई लडने निश्चित छ ।
किन भएन सरकार–मधेसी मोर्चा वार्ता ?
मोर्चाको वार्ता टोलीका सदस्य लक्ष्मणलाल कर्णले सरकारी वार्ता टोलीका संयोजक तथा उपप्रधानमन्त्री कमल थापालाई फोन गरी पहिला वीरगन्ज घटनाप्रति माफी माग्न आग्रह गरेका थिए । त्यसलगत्तै थापाले मिडियालाई जानकारी गराई माफी माग्ने जवाफ दिएका थिए । ..... पछि, सरकारी टोलीका संयोजक थापाले माफी नमागेपछि सोमबार वार्ता नभएको सद्भावना पार्टीका महामन्त्री मनीष सुमनले नयाँ पत्रिकालाई जानकारी दिए । .... यसैगरी, आइतबार साँझ सप्तरीको भारदहमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपले पनि वार्ताको वातावरण बिग्ेरको मधेसी नेताहरूको भनाइ छ । उनीहरूका अनुसार सरकारले वार्ता भाँड्ने गरी घटना दोहोर्‍याइरहेको आरोप मोर्चाका नेताहरूले लगाएका छन् । राजमार्ग अवरोध गर्न गएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपमा परी दुई दर्जनभन्दा बढी घाइते भएका छन् । करिब दुई दर्जनभन्दा बढी कार्यकर्ता पक्राउ परेका छन् । ..... मोर्चाका नेताहरूले

सरकारी वार्ताटोलीले आफ्ना ११ वटा मागबारे अहिलेसम्म कुनै धारणा नबनाएका कारण पनि वार्तामा बस्नुको अर्थ नरहेको

बताएका हुन् ।
भारतीय राजदूत रणजीत रायले दिएका तीन सन्देश
अघोषित नाकाबन्दी गरेपछि भारतको नेपालमा निकै आलोचना भएको छ र भारत विरोधी भावना धेरैमा छ । तर, राजदूतले त्यसले भारतको नीतिमा कुनै फरक नपर्ने संकेत दिए । बरु नेपाललाई पनि हित नगर्ने चेतावनी दिए । ..... भूकम्पको बेला भारतले ठूलो सहयोग गर्दा पनि निकै आलोचना गर्दै गो ब्याक होम इण्डियन मिडिया हृयासट्याट ट्रेण्ड भएको भन्दै राजदूतले भने- अहिले पनि ब्याक अफ इण्डियाको नारा लागेको छ । तपाईलाई लाग्छ, यसले नेपाललाई फाइदा गर्छ ? मलाई लाग्दैन ।’...... उनले अघि भने – मलाई लाग्दैन, यसले नेपालको राष्ट्रियता बलियो हुँदैन । मलाई लाग्छ क्षति हुन्छ ।’ ..... जे कारणले आन्दोलन भएको हो, त्यसलाई समाधान वार्ताबाट गर्नुपर्ने राजदूतको कथन थियो । भारतले संविधान संशोधनमा जोड दिएको छ । राजदूत रायले पनि त्यसको संकेत गर्दै वार्ता टोलीले काम गरिरहेको भन्दै संविधान संशोधन भएर समस्यो समाधान हुने सम्भावना औंल्याए ।....... संविधान जारी भएपछि पुरै नेपालमा खुसीयाली होस् भन्ने भारतले चाहेको भन्दै उनले भने- संविधान आउनुभन्दा पहिलादेखिकै केही कठिनाइहरु आउने संकेत थियो, त्यो कुरालाई सुनिएन ।’ .....

राजदूत रायको यस्तो अभिव्यक्ति आउनुपूर्व बालुवाटार स्रोत भने भारतले नाकाबन्दी खोल्नेमा ढुक्कजस्तै देखिएको थियो । राजदूतको अभिव्यक्तिले भारत आफ्नो पूर्वअडानमा टसमस नभएको स्पष्ट संकेत दिएको छ ।



Will Bihar result end Nepal border crisis?

“Oli said he has found positive indications from sources that the ongoing blockade will be lifted as it has also affected India,” the Kathmandu Post reported.

...... Madhesis, with roots in Bihar, were allowed to buy provisions from the Indian side. India shares an unfenced border of over 1,700 km with Nepal, a good part of which passes through North Bihar. ..... But not everyone buys this argument. Nihar R Nayak, Associate Fellow, Institute for Defence Studies and Analyses (IDSA), New Delhi, does not see an easy solution unless the Nepal government takes a reasonable stance. ...... “The agitation is on for nearly three months with approximately 40 dead. And the Bihar poll doesn’t have any bearing on that,” Nayak says...... The problem, he says, has trans-border implications with some Nepalese refugees seeking political asylum in India. .... What is most important, Nayak says, is that

“the new government in Bihar may be sympathetic to the Madhesi cause”. This is irrespective of the decisions of the Centre.

........ Social media posts of Madhesi activists make it clear that they are banking on the Lalu-Nitish duo rather than on Narendra Modi. ...... the Madhesi uprising is led by its youth, who are frustrated at years of neglect and are now forcing politicians, both at Terai and Kathmandu, to take a decisive stand........ “The situation in Nepal is somewhat similar to the mid-1970s Sri Lanka,” he says. But instead of reaching a political solution to the problem, the Oli Government, Muni feels, is trying to delay it.
Look south
China cannot alleviate the pain inflicted by India on Nepal, let’s look within and mend fences
As a fleet of Nepali oil tankers negotiated its way through a precarious road along the Bhote Kosi from Tibet, through Rasuwa (pic) and into Kathmandu this week, the denizens of Kathmandu imagined an end to their misery. ........

Tanker drivers were greeted like heroes with garlands, and they said how proud they felt to be able to help lift the motherland out of a crisis.

....... But the euphoria was short-lived. Nepalis realised that importing fuel from across the Himalaya is more difficult than first thought and the celebration was muted. More tankers will arrive in the coming days, but when, no one knows for sure.

The Kerung Highway will be closed due to snow soon, and the Kodari link is badly damaged by the quakes.

....... Like it or not, Nepal cannot rely on any other country but India for the commercial import of fuel at least in the near future. So Kathmandu needs to look south and within to find a political solution to this long-drawn crisis. ........

The recent Nepal-China petroleum deal was not a manifestation of Kathmandu’s tilt towards Beijing, but a symbolic move. This is not how it should be. Negotiations are needed with agitating groups

and their Indian mentors......... Home Minister Shakti Basnet ordered police to chase away Madhesi protesters from the Birganj-Raxaul border on Monday morning. That was a mistake. ....... The government could respond with a sincere apology as a first step to resuming talks. ........ Nearly three months after it began an indefinite strike in the Tarai, the Morcha on Sunday unveiled its 11-point demand, foremost among which is the creation of two provinces in the southern plains. This is not possible because of the danger of widespread violence .......

The Morcha is an alliance of four Madhes-based parties, none of which fared well in the last Constituent Assembly (CA) elections in their own strongholds in the central Tarai. Surprisingly, they are now claiming Jhapa, Morang and Sunsari in the east and Kailali and Kanchanpur in the far west as parts of two plains provinces.

मधेश राजनितीमा हस्तक्षेपको भुमिका खोज्दै युवा जमात
जनकपुर क्षेत्रको प्राय जसो सार्वजनिक स्थलहरु अचेल लाउडस्पिकरहरु बजीरहेको देखिन्छन, ती सवैमा यी यस्तै मधेश आन्द्योलनको वारेमा रचिएका विभिन्न गितहरु गुन्जिरहेका हुन्छन । गएको ८५ दिन भन्दा लामो समय देखि जारी मधेश आन्दोलनको मुख्य उर्जाको रुपमा देखिएको मधेशका युवा जमातहरु भन्छन, हामी मधेश राजनितीमा सशक्क्त तथा साकारात्मक हस्तक्षेप गर्न चाहन्छौ । जनकपुरको आन्द्योलनको उठानमा महत्वपुर्ण भुमिका खेलेका मधेश अधिकार संघर्ष समिती मासका एक जना अगुवा युवा रियाज साफि भन्छन, आन्द्योलनमा हरेक क्षेत्रका मधेशी युवाहरुको देखिएको सक्रियताले भविष्यको आकंलन गर्न अव गाहे चाही छैन । धनुषा मुस्लिम युवा समाजका अध्यक्ष समेत रहेका साफि भन्छन,

आन्द्योलनको क्रममा मधेशी युवाहरुमा देखिएको जागरण अव मधेश राजनितीको मुख्य उर्जा हुने छ ।

........ मधेश राजनिती भित्र अब युवाहरुको ठुलो हस्तक्षेपको सम्भावना वढदै गईरहेको छ । साह भन्छन, मधेशको ग्राउण्ड हिजो भन्दा आज आकाश जमिनले फरक देखिएका छन । उनी भन्छन, आजका क्याम्पसे पुस्ताको मधेश राजनिती र मधेशको अधिकार प्रति अत्यद्यिक झुकाव देखिन्छ । ........ सवनम प्रविन भन्छिन, जारी आन्द्योलनले झनै सवै तहका पुस्ताहरुलाई झकझकाई दिएका छन । .......

सवनम भन्छिन, आजको हाम्रो पुस्ताको हाथमा सारा संसार हेर्छन र बुझछन, अनि यस्तो वेलामा हामीलाई वराबरीको अधिकार नदिएर देशमा चयन कसरी सम्भव हुन्छ ।

..... अली सहज वातावरणको मात्रै पर्खाइ छ, यो बन्न वितिकै हामी मधेशका ठुलो संख्यामा युवा जमातहरु राजनितीमा प्रवेश गर्ने निश्चित छ । ........ मधेशका आम युवा पुस्ताहरु वर्तमान नेतृत्वकै अन्र्तगत दिर्घकालिन राजनिती गर्न रुचाउदैनन, उनीहरु कुनै न कुनै रुपमा नयांपन खाजीरहेका छन । विगतमा मधेशी नेताहरुको क्रियाकलापका कारण आम मधेशी मनमा उनीहरु प्रति साकारात्मक भावना देखिएका छैन । त्यसो भए अहिले यत्रो आन्द्योलनमा सहभागीता किन छन त ? गायत्री भन्छिन, यसलाई फरक ढंगले हेर्नु पर्ने हुन्छ । उनी भन्छन, आम मधेशीहरु आफनो अधिकार नयां संविद्यानले सुनिश्चिता गरेनन भन्ने उदेश्यका साथ सडकमा उत्रेका छन । जनकपुर क्षेत्रमा आन्द्योलनको उठान चरणमा सक्रिय भुमिकामा समेत रहेकी गायत्री भन्छिन, युवा पुस्ताका महिलाहरु उचित वातावरणको खाजीमा छन, यो भेटने वितिकै महिलाहरु समेत ठुलो संख्यामा मधेशी राजनितीमा हस्तक्षेप गर्ने अवस्था आउछन । .... सरयाज भन्छन, आन्द्योलनमा आम मधेशी एक जुट देखिएका छन र आम मधेशीहरुको मनमा आशंका पनि ठुलो छ, कतै मधेशी पार्टीका शिर्ष नेताहरु फेरी धोका देलान कि ? तर त्यसले अब फरक पार्दैन ।

जनता मांग्यो अधिकार, राष्ट्रीयता खतरामा ! विदेशबाट सामान आएन, स्वाधीनता ठहरै !कस्तो मजबूत आधार !!

Posted by Brikhesh Chandra Lal on Tuesday, November 10, 2015

We support this civic call for unity and peaceful rally in order to pressurize the political leadership of Nepal to take...

Posted by Khushbu Dhoti Mishra on Tuesday, November 10, 2015


https://www.facebook.com/kathmanduwithmadhes/