Showing posts with label islam. Show all posts
Showing posts with label islam. Show all posts

Monday, April 12, 2021

धर्म निरपेक्षता भनेको नास्तिकता होइन

नेपालमा संविधान सभाको समय देखि नै, अझ त्योभन्दा अगाडि नै, हिन्दु राष्ट्रको मुद्दा बड़ा ज्वलंत हुने गरेको छ। २०४६ को आंदोलन पछि राजा वीरेन्द्र ले नया संविधान मा अरु जेसुकै लेखे नलेखे पनि हिन्दु राष्ट्र अवश्य लेख्नु भनेर वाहवाही लुटेका थिए। राजस्थान बाट भागेर आएका राजाले अहिले नेपालबाट फेरि भागेर हिन्दुस्तान कब्ज़ा गर्न लागिसके भन्ने खालको रिपोर्टिंग हरु भएको देखिन्छ युट्युब मा। 

नेपालको संविधानले धर्म निरपेक्षता र सनातन धर्म दुबै भनेको छ। आखिर के हो त धर्म निरपेक्षता? यो वादविवाद दुई हजार वर्ष अगाडि हुँदैनथ्यो। युरोप बाट शुरू भएको आधुनिक राज्य को अवधारणा सँग यो आएको हो। युरोप मा धर्मका नाममा मारकाट। अमेरिका को स्थापना हुँदा पनि युरोप बाट भागेर आएका पीड़ित प्रोटेस्टैंट हरु ले शांतिपुर्वक आफ्नो धर्म को पालन गर्न पाऊँ भन्ने अभिप्रायले नै लेखेका हुन। अर्थात धर्म निरपेक्षता भनेको धर्म मास्न पाऊँ भनेर लेखिएको थिएन। उल्टो थियो। त्यसको सिको गरेर नेपालमा धर्म निरपेक्षता लेखेको हो। धर्म मास्न पाऊँ भन्ने अर्थ लागनै सक्दैन। 

नेपालको संविधानले धर्म निरपेक्षता लेखेको जाबो मेलम्ची को पानी काठमाण्डु सम्म पुर्याउन ३० वर्ष लगाउने झुण्ड बाट आफ्नो हिन्दु धर्मको रक्षा गरिपाऊँ भन्ने अर्थ नै लाग्छ। 

भगवान कृष्ण खुदले मेरो असीमित ज्ञान मध्ये अलिकति (अर्थात अत्यंत थोड़ै अंश) यस गीतामा छ भनेका छन। कुनै हिन्दुले गीता बाहिरको ईश्वरको कुरा गरेको म मान्दै मांदिन भने त्यसलाई के भन्ने? कुनै हिन्दुले म राम मान्छु तर कृष्ण मांदिन भन्दा के भन्ने? 

इजराइल का यहुदी ले अरु हरु लाई धर्म परिवर्तन गरेर यहुदी बनाउने प्रयास गरेको पाइँदैन। भारतका हिन्दु पनि त्यस्तै छन। तिमी ले हिन्दु भएर जन्मिने सौभाग्य पाएको हो र तिमी हिन्दु हुने भन्छ? Chosen People Syndrome. इजराइल का यहुदी सँग भारतवर्षका ब्राह्मण हरुको थुप्रै कुरा मिल्छ। जन्मजात पंडित। सारा युरोप भन्दा टेक्नोलॉजी मा इजराइल एक्लै अगाडि छ जबकि युरोप आफै त्यस्तो कमजोर होइन। 

ब्राह्मण जन्मजात ब्राम्हण हो भने ब्राम्हणले पाएको सफलता पाउन के गर्ने? ईश्वरको आराधना गर्ने। थुप्रै जन्मको पापले दलित लाई त्यहाँ पुर्याएको हो यदि भने उपाय के? आम माफ़ी को बाटो। शुलीमा चढेको इशु लाई अँगाल्ने। पृथ्वीमा समानता प्राप्त हुन्छ र मृत्यु पश्चात मुक्ति। भगवान कृष्णले गीतामा भनेका छन, हे अर्जुन तिमी ब्रम्हको बाटो पाप को प्रत्येक सागर पार गर्न सक्ने छौ। अर्जुन भनेर समस्त मानव जाति लाई भनिएको हो। इशा धर्तीमा आउनु भन्दा तीन हजार वर्ष पहिला भनिएको हो। जति बेला बाइबल को एक अक्षर पनि लेखिएको थिएन त्यति बेला भनिएको हो। गीता ले गॉस्पेल तिर देखाएको छ। 

भारतवर्षका ब्राह्मण ले घ्यु चामल होम गर्छन। त्यही ईश्वरले भने इजराइल का यहुदी सँग भने भेंड़ा को रगत मागेको छ। किन होला? किन भन्दा भारतवर्षका ब्राह्मण ले घ्यु चामल होम गर्दा गर्दा ईश्वरको बारे कम घ्यु चामल बारे बढ़ी सोच्ने गल्ती नगरुन भनेर। 

प्राचीन इतिहासमा ईश्वर मनुष्य भएर पैदा हुनुपर्ने, विभिन्न ड्रामाटिक्स देखाउनुपर्ने। होइन भने मनुष्यले पत्याउँदैन। अझ त्योभन्दा अगाडि त ठीकै छ आफ्नै आँखाले देख्ने वर्षा कै पुजा गर भनेका। पछि आएर सच्याएका आफैले। वर्षा दिने इंद्र देव त ईश्वर होइनन, ईश्वर त म हो भनेर भन्नुपरेको भगवान कृष्णले। 

तर इस्लाम धर्ममा त्यस्तो कुनै मानव अवतार छैन। किन? कैलेंडर हेर्नुपर्छ। १३०० वर्ष अगाडि मात्र शुरू भएको। The Koran is the only miracle we need भन्छन मुसलमान ले। हिन्दु लाई जस्तो सुदर्शन चक्र घुमाइराख्नु परेन। सुदर्शन चक्र घुमाउनु परेको ५,००० वर्ष अगाडि। 

शिव कुनै औरतको कोख बाट पृथ्वी मा जन्मिएका होइनन, राम र कृष्ण जस्तो, सोझै स्वर्ग बाट पृथ्वी झरेका ध्यान मुद्रामा। स्वर्गका देव ले पुजा गर्ने शिव। हिन्दुले भन्छ ब्रम्ह विष्णुको नाभी बाट उत्पन्न भएका। त्यसैलाई क्रिस्चियन ले अझ स्पष्ट भन्छ, Holy Father, Holy Son. 

एक पटक कसैले शिव लाई सोधे, तपाईं कसको छोरा? शिवले भने ब्रम्हको। ब्रम्ह कसको सन्तान? विष्णु को, शिवले भने। विष्णु लाई पैदा गर्ने को? शिवले भने म आफ्नै हजुर बा हुँ। गीतामा भगवान कृष्णले भनेका छन, न म पैदा भएँ न मरछु। भने पछि अमीबा एक बाट दुई भए जस्तै एउटा शिव बाट शिव र विष्णु दुई भए होलान। तर त्यो सबै धरती र यो ब्रम्हांड को समय सीमा भित्र भएको होइन। जसलाई हामी समय भन्छौं त्यो आफैमा ब्रम्हको सृष्टि हो। त्यो शिव ब्रम्ह का अगाडि एउटा बालक भएर प्रगट भए, रुन थाले। ऐ बालक, तिमी किन रोएको भन्दा मेरो कुनै नाम छैन। ब्रम्ह ले शिव लाई नाम दिनु अगाडि न शिव शिव थिए न महादेव। ब्रम्ह ले शिव लाई अडॉप्ट गरेका। पैदा गरेका होइनन। पैदा गरिने बच्चा र गोद लिइने बच्चा बराबर हुन। तर त्यो सब हुँदा एक पटक पनि स्वर्ग अथवा पृथ्वी को सृष्टि भएको थिएन। 

विष्णुले ब्रम्ह पैदा गरे भने विष्णु महिला कि पुरुष? त्यो प्रश्न नै व्यर्थ हो। महिला कि पुरूष त्यो सीमित मनुष्य मा लागु हुन्छ, असीमित ईश्वरमा होइन। 

शिव सत्य युगमा आए। आजसम्म तिनका अनुयायी कुम्भमा डुबुल्की मार्छन। राम आए। फेरि आउँछु भनेर गए। २,००० वर्ष पछि कृष्ण बनेर आए। कृष्णको प्रस्थान पछि कलयुग शुरू भयो। हिन्दु हरु भन्छन। कलियुग मा पाप हुन्छ। चार ऋतु जस्ता चार युग। त्यो पापको हरण गर्न ब्रम्ह येशु अवतारमा २,००० वर्ष अगाडि इजराइल आएको कुरा मानन हिन्दु हरु लाई किन गारहो? 

Holy Father: Vishnu, Holy Son: Bramha, Holy Spirit: Shiva.

बाइबलमा कहानी छ, अब्राहम को पहिलो छोरा लाई पत्नीको वचनमा छोड्नुपर्दा ईश्वर ले चिन्ता न गर म तिम्रो त्यो छोरा मार्फ़त पनि एउटा राष्ट्र खड़ा गर्छु भनेका: Nation of Islam. 

जुन ईश्वरले मनुष्य जातिको मायामा आफ्नै छोरा लाई बलि चढ़ाइदिन सक्छन त्यही ईश्वरले मनुष्य जातिको मायामा आफ्नै छोरा लाई त्यो त मेरो छोरा नै होइन पनि भनिदिन सक्छन भन्ने बुझ्न फेरि क्रिस्चियन हरु लाई धेरै गारहो। अब्राहम ले आईजैक लाई त्यसरी नै मेरो होइन भन्नुपरेको। आज थुप्रै यस्ता मानिस छन जसलाई आफ्नो बाउ को हो थाहा छैन। ईश्वर तिन लाई पनि माया गर्छन। 

धर्म निरपेक्षता भनेको आधुनिक राज्य ले ईश्वर भनेको मेरो jurisdiction भन्दा धेरै माथिको कुरा भनेको मात्र हो। नास्तिकता भनेको होइन। 

महाभारतमा एक ठाउँमा भनिएको छ, हे ब्रम्ह, तपाइँका थुप्रै नाम छन, एउटा त्यस्तो नाम हो ईशा। कुरान मा जीसस को नाम हो ईशा। क़ुरानमा सबैभन्दा बढ़ी उच्चारण गरिएको नाम। 

हिन्दुले ईश्वर मानने, बहुत कड़ाई का साथ मानने, तर त्यही ईश्वर भारतवर्ष बाहिर प्रगट भए नमान्ने। अर्थात ईश्वरले पनि हिन्दुको GPS फॉलो गर्नुपर्ने। भारत सृष्टि गर्ने ईश्वर, अमेरिका सृष्टि गर्ने ईश्वर अर्कै हो र? समुचा ब्रह्माण्ड को सृष्टि गर्ने एक ईश्वर। 




Tuesday, December 22, 2015

धर्म निरपेक्षता: समस्या अहिले देखिसकियो

सनातनी विद्याले जानकी मंदिर लाई बुट ले कुल्ची गएर। कुनै पनि हिन्दु ले सोच्न नसक्ने कुरा।

धर्म निरपेक्षता नभइ नहुने कुरा हो।

आधुनिक राज्य (modern state) भनेको नितांत भौतिक कुरा हो। प्रति व्यक्ति आय, स्कुल, अस्पताल, रोड, पुल --- यस्ता भौतिक कुरा हरु सँग सरोकार हुने हुन्छ एउटा आधुनिक राज्य (modern state) को। ज्यान र सम्पत्ति को सुरक्षा। त्यहाँ त नागरिक अनागरिक पनि भन्दैन। आफ्नो भूभाग मा भए जति सबैको सुरक्षा। भने पछि सबै धर्म का ले साँस फेर्न पाउने भए।

आधुनिक राज्य (modern state) धर्म निरपेक्ष मात्र हुन सक्छ। तर त्यो भनेको धर्म नमान भनेको हुँदै होइन। बरु त्यसले धार्मिक क्रियाकलाप का लागि झन बढ़ी स्पेस बनाउँछ। स्रोत साधन जम्मा गर्छ। देश धनी हुन्छ भने ठूलठूला मंदिर गुम्बा हरु बनलान। नागरिक ले बनाउलान।

धर्म निरपेक्षता भनेको तेल तेलको भाँडो मा राख, पानी पानी राख्ने भाँडो मा राख भनेको हो। नमिसाउ भनेको।

देशलाई संविधान मा सनातन धर्म को देश भन्न पाइयेन। भनियो भने देश लाई गरीब  बनाइराख्ने त्यो अचुक अस्त्र हुन्छ। त्यो पनि देखिसकियो। देशको इतिहास मा कुनै पनि प्राकृतिक प्रकोप अथवा युद्ध ले नल्याएको क्षति भैसक्यो। पाखंडी सनातनी लाई मतलब छैन तर। उसको त बिजनेस व्यापार फसटाएको छ। सारा देश नै एउटै ठुलो काला बाजार बनाइएको छ।

मधेसको हिन्दु, मधेसको मुसलमान, पहाड़को जनजाति को त यो अस्तित्व को सवाल हो धर्म निरपेक्षता। यादव र कृष्ण, हरिजन र राम।

The Caste System Is The Sanatani Colonizing The Hindu Religion
Yadavs Have No Caste


Saturday, August 29, 2015

धर्म निरपेक्षता सब भन्दा बढ़ी चाहिएको नेपालको हिन्दु लाई

Animation of the structure of a section of DNA...
Animation of the structure of a section of DNA. The bases lie horizontally between the two spiraling strands. (Photo credit: Wikipedia)
भोजपुरा प्रदेश र मधेसी मुस्लिम
धर्म निरपेक्षता र मानव अधिकार
केपी ओली र धर्म निरपेक्षता
भारत बाट आउने भाड़ा मा उपलब्ध बाबा जी हरु
उद्दण्ड मच्चाइ रहेको भारतीय बाबाजी
राज्य (state) को आफ्नो धर्म हुँदैन भनेको
जबरजस्ती धर्म परिवर्तन गर्ने तरिका के हो?
धर्म परिवर्तन गर्न पाउनु मानव अधिकार हो
Janakpur Muslims

धर्म निरपेक्षता सब भन्दा बढ़ी चाहिएको नेपालको हिन्दु लाई। हिन्दु राष्ट्र त २५० वर्ष देखि पृथ्वी ले "सच्चा हिन्दुस्तान" त बनाएर राखेको हो नि। त्यसले गरीबी र अंधकार बाहेक के दियो?

देश लोकतन्त्रमा जाने तर देशमा वाक स्वतंत्रता नहुने। त्यस्तो पनि हुन्छ? आज संसार मा जति विकसित देश छन सबै लोकतन्त्रको आधारमा धनी र विकसित र आधुनिक बनेका हुन। मान्छेको biology त जहाँ पनि उही हो। Brain त केपी ओली बाहेक सबै को टाउको मा छ।

मानव अधिकार सर्वमान्य घोषणापत्र हो। त्यो मानव अधिकार भनेको लोकतंत्र को DNA हो। जुन देशमा मानव अधिकार छैन त्यहाँ लोकतंत्र छैन। मापदंड नै त्यही हो।

नेपालमा मुसलमान लाई बस्न दिने कि नदिने? बुद्धिस्ट ईसाई लाई बस्न दिने कि नदिने? प्रश्न त्यो हुँदै होइन।

प्रश्न हो, नेपालका हिन्दु गरीब भएर बस्ने कि धनी देशको नागरिक बन्ने? धनी आधुनिक देश बन्ने एक मात्र उपलब्ध बाटो हो लोकतंत्र। लोकतंत्र को DNA हो मानव अधिकार।

जुन देशमा धर्म निरपेक्षता छैन त्यस देशमा लोकतंत्र छैन। कि त लोकतंत्र चाहिएन, धनी देश बन्नु छैन भन्नुपर्यो।

तपाइँ को भगवान ले भोको पेट बस मोक्ष पाइन्छ भनेको छ भने माग्नुस हिन्दु राष्ट्र।

धर्म निरपेक्षता बिना देश धनी र आधुनिक बन्दैन भने त्यो धर्म निरपेक्षता आखिर हो के? नेपाली नागरिक हिन्दु हुन पाउँदैन भन्ने हो?

धर्म निरपेक्षता भनेको राज्य (state) को धर्म हुँदैन भनेको। नागरिक को धार्मिक स्वतंत्रता को त्यो भन्दा राम्रो गारंटी र insurance अर्को हुने सक्दैन। राज्य (state) को आफ्नो धर्म हुँदैन भने जुन सुकै नागरिक को जे सुकै धर्म भए राज्य (state) लाई फरक नै परेन।

धर्म निरपेक्षता भनेको राज्य (state) ले धर्म मा पैसा खर्च गर्नु गैर कानुनी हुन्छ।

तर नागरिक को आफ्नो धर्म हुन्छ। प्रधान मंत्री को आफ्नो धर्म हुन्छ। सरकारी कर्मचारीको आफ्नो धर्म हुन्छ। अमेरिका मा जति धार्मिक मानिस संसारमा कहीं पनि छैन। युरोप मा पनि छैन।

नेपाल धनी देश बन्यो भने धनी हिन्दु नेपाली नागरिक ले पैसा खर्च गरेर "जा अमेरिका मा ईसाई लाई हिन्दु बना, अभियान चला" भन्न पाइयो। अहिले त गाँठ छैन। त्यो धनी देश बनने बाटो धर्म निरपेक्षता हो।




Janakpur Muslims



जनकपुर के मुस्लिम समुदाय का प्रदर्शन !साथ हैं, साथ रहेंगे !
Posted by Brikhesh Chandra Lal on Saturday, August 29, 2015


भोजपुरा प्रदेश र मधेसी मुस्लिम