Showing posts with label indian blockade 2015. Show all posts
Showing posts with label indian blockade 2015. Show all posts

Friday, January 15, 2016

हावा बाट बिजुली र धारा बाट हावा निकाल्ने प्रधान मंत्री



लौ !... अब प्लास्टिक पनि ब्ल्याकमै किन्नुपर्ने त होला नि !


हावा बाट बिजुली र धारा बाट हावा निकाल्ने प्रधान मंत्री 

प्रधान मंत्री केपी ओलीले पहिला हावा बाट बिजुली निकाल्ने कुरा गर्नु भो। त्यसको केही दिन पछि घर घर मा धारा बाट नै स्वां स्वां गर्दै गैस आउने कुरा गर्नु भो। गैस, अर्थात हावा। भने पछि अब धारा बाट बिजुली आउने भो। कि कसो? धारा बाट पानी आउन छोडेको त्यसै होइन रहेछ। धारा बाट अब बिजुली आउने भो।

पानीको करंट ले डायनमो को पंखा घुमेर बिजुली उत्पादन हुने त्यो पुरानो टेक्नोलॉजी पर्यो। जबज को केपी ओली संस्करण मा पानी को करंट नै बिजुली को करंट मा रूपांतरित भइ जाने रहेछ।

नभएको जात्रा हाँडी गाउँ मा।

Monday, October 05, 2015

In The News (19)



बन्द र नाकाबन्दीले यातायातमा मात्रै १२ अर्ब घाटा
सुनसरी–मोरङका ६ सय उद्योगको उत्पादन ठप्प
उपत्यका बाहिरका विमानस्थलमा १० दिन मात्र पुग्ने हवाई इन्धन बाँकी
माउन्टेन र चार्टर्ड फ्लाइटलाई इन्धन नदिइने
कुलेखानीको काम रोकियो
बन्दको मारमा किसान, सुख्खा बन्दरगाहमा थन्कियो मल
जितेन्द्र सोनल तमलोपा महामन्त्रीमा बढुवा
वार्ता देखावटीः ठाकुर
'मधेशमा उठेका चार माग सिंमाकन, समावेशी समानुपातिक, निर्वाचन क्षेत्र र नागरिकताका विषयलाई सम्बोधन नगरिए आन्दोलनले अझै उग्र रुप लिनेछ ।'
एक महिनाभित्र नयाँ पार्टी घोषणा हुन्छ, नेतृत्व मेरो हुँदैनः भट्टराई



महन्थ ठाकुरको ‘एरिया’ मा नाकाबन्दी खुकुलो
महन्थकै कारणले सीमानाका खुकुलो भएको भन्दै मोर्चाको हिजो काठमाडौंमा बसेको बैठकमा उनको आलोचना समेत भएको थियो । बैठकमा तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले त मोर्चाका चारैजना नेता भैरहवामा नाकामा गएर बस्नुपर्ने प्रस्ताव गरेका थिए । तर, आज पनि कोहि नेता त्यहाँ नपुगेको र मधेसी मोर्चाको तर्फबाट सीमामा कुनै अवरोध भएको छैन ।
नाकाबन्दीको असर : यसरी महँगियो तरकारी
प्रतिकिलो ठूलो गोलभेडा १८ रुपैयाँ, रातो आलु २८, सेतो आलु २५, प्याज ५३, गाजर ४०, बन्दामा २२, स्थानीय काउलीमा २२, मुला २५, लामो भेन्टा २८, केराउ ३०, करेला ५७, लौका २८, परबल १४, चिचिन्डो ३२, फर्सी आठ, भिन्डी ५४, कर्कलो १८ रुपैयाँले महँगिएको छ । त्यस्तै, प्रतिकिलो कुरिलो ४८ रुपैयाँ, निउरो १२ रुपैयाँ, सोँफ ९२ रुपैयाँ, रातो काउली १० रुपैयाँ, पुदिना १० रुपैयाँ, सलगम १२, गुन्द्रुक १३, सुकेको खुर्सानी १३, क्याप्सिकम ५३, लसुन ७६, धनियाँ ८०, नेपाली लसुन २० रुपैयाँले महँगिएको छ । ..... किसानलाई कुहेर घाटा लाग्ने र उपभोक्तालाई चर्को मूल्यका कारण मर्का परेपछि ढुवानी सहज गराउन माग गरिएको भए पनि सरकारी निकायबाट बेवास्ता गरिएको व्यवसायीले बताएका छन् । ‘तरकारी ढुवानीका साधनलाई सहज बनाउन र नियमित तेल उपलब्ध गराउन पटक–पटक कुरा राखेका छौँ ।’ तरकारी व्यवसायी महासंघका अध्यक्ष घिमिरेले भन्छन्, ‘दिनहुँजसो गृहमा छलफल भैरहेको छ, तर केही पहल हुन सकेको छैन ।’


सरकार गठनमा दक्षिणको कठोर दवाव
प्रमुख नेताहरु एकढिक्का भएर संविधान जारी गर्दाजस्तै अहिले पनि जोखिमपूर्ण निर्णय गरेर अगाडि बढे भने सहमतिको सरकार सम्भव छ । संविधान जारी रोक्न नसकेपनि सहमतिको सरकार बन्न नदिएर संविधान कार्यन्वयनमा जटिलता ल्याउने दिल्लीको रोडम्याप छ । यसैका लागि सकेसम्म सहमतिको सरकार बन्न नदिने योजनासहित दिल्लीबाट काठमाडौं आएका भूमिगत प्रतिनिधिहरुको दौडधुप जारी छ । ति प्रतिनीधिसँग भेट गरेका नेताहरुले तीन दलबीच भएको भनिएको ‘भद्र सहमति’ वारे अनविज्ञता प्रकट गरेका छन् । ...... तेस्रो पार्टी एमाओवादीलाई कांग्रेस सभापति एव्म प्रधानमन्त्री सुशील कोइरालाले मालदार मन्त्रालय दिने अफर गरिसकेका छन् । एमाले अध्यक्ष ओली र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिको सरकार गठन सहज नभएको बताईसकेका छन् । प्रचण्डले सरकार गठनका बेला धेरैका भित्री ग्रन्थबाट रसायन आउन थालेको सुनाएका छन् । ...... संविधान जारी हुँदा दिल्लीसँग निकै आक्रमक देखिएका ओली र प्रचण्डको स्वर मथ्थर बन्दै गएको छ । सुशीलले बालुवाटार नछाडने गरि पुन: प्रधानमन्त्री बन्ने चाहना राखेका छन् । शेरबहादुर देउवाले सहमतिको सरकार कठिन भएको बताएर एमाले र एमाओवादी नेताहरुले भन्दै आएको ‘भद्र सहमति’ को मार्गचित्रमा राजनीति अगाडि बढन नसक्ने जनाउ दिइसकेका छन् । संविधान जारी गर्नुपूर्व दिल्ली भ्रमण गरेर देउवाले आफुपनि भावी प्रधानमन्त्रीका लागि तयार रहेको संकेत दिएका थिए । ...... भारतीय प्रधानमन्त्रीको विशेष दूतको आग्रह अस्वीकार गरेपछि ओलीलाई दिल्लीले भावी प्रधानमन्त्रीका रुपमा स्वीकार गर्न आनाकानी गरिरहेको छ । ..... प्रधानमन्त्रीको लागि अफर पाउनेमा आधा दर्जन नेता छन् । भावी प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी ओली, काग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड चर्चामा छन् । सहमतिसहित प्रमुख दलसँग सरकार गठनका चार विकल्प छन् । बहुमतिय सरकार गठन हुने तीन विकल्पमा काग्रेस, एमालेको गठबन्धन, काग्रेस–एमाओवादी गठबन्धन र एमाले–एमाओवादी गठबन्धन छन् । तर,यसका लागि केही सभसाद् अपुग हुन्छन् । यहि कारण भारतले मधेशदललाई सरकार गठन निर्माणमा सहभागी खोजेको छ । तर, आन्दोलनरतपक्षसँग सहमति बनिसकेको छैन । ......

मधेशवादीदलसँगको समस्या चाडो हल गर्ने र बलियो सरकार बनाउने विकल्प नै प्रमुख दलका नेताहरुको अहिलको जिम्मेवारी हो । दिल्लीको ओलीको विकल्प खोज्दैछ ।

बालुवाटार बैठकमा सुशीलले प्रक्रियाको कुरा निकालेपछि ओली कड्किए



ओलीका प्रधानमन्त्री बन्ने ३ विकल्प
तेस्रो पार्टी एमाओवादीलाई काग्रेस सभापति एव्म प्रधानमन्त्री सुशील कोइरालाले मालदार मन्त्रालय दिने अफर गरिसकेका छन् । ....

काग्रेस नेताहरुले चिया खाँदा भएको कुराकानीलाई भद्र सहमति मान्न नसकिने बताएका छन् ।



तराई–मधेश झर्ने ओली रोडम्याप
एमालेका नेताहरु भावी सरकार आफ्नै नेतृत्वमा बन्छ भन्नेमा ढुक्क देखिन्छन् । सरकारको नेतृत्व एमालेकै हो भन्ने भएपछि नेताहरु मधेशप्रति अलि बढी संवेदनशिल देखिएका छन् । मधेशमा यसरी नै आन्दोलन भइरहने हो भने सरकारलाई काम गर्न कठिन हुन्छ भन्ने एमालेको बुझाई छ । मधेश आन्दोलनले जतिसक्दो चाडो शान्त पार्ने पक्षमा एमाले छ । ..... केन्द्रीय राजनीतिमा संविधान बनाउने अग्रमोर्चामा एमाले देखियो र सँगै तराई–मधेशसँग उसको दुरी पनि बढ्यो । संविधान जारीमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको महत्वपूर्ण भूमिका खेले तर उनीप्रति तराई–मधेशका पार्टीको दुरी बढ्यो । ओलीले आन्दोलनलाई गंभीरतापूर्वक लिएनन् । मधेशबादी दलले एमालेकै कारण आफ्ना अधिकार गुमेको आरोप लगाए । .... मधेशका १ सय १६ प्रत्यक्ष तर्फको सिटमध्ये ३६ सिट एमालेले जितेको छ । ..... एमाओवादी र मधेशकेन्द्रीत दल भन्दा तीनगुना बढी प्रत्यक्षतर्फ एमालेले मधेश सिट जित्यो । मधेशबादी दलले ११ सिट मात्र प्राप्त गरेका छन् । समानुपातिक तर्फपनि ८ लाख २८ हजार २ सय ९९ मत ल्याएको छ । उसो त एमालेका दुई शीर्ष नेता मधेशबाट नै निर्वाचित भएका छन् । अध्यक्ष केपी शर्मा ओली झापा र बरिष्ठ नेता माधवकुमार नेपाल रौतहटबाट निर्वाचित भएका हुन । यहि जगमा एमालले मधेशमा आफ्नो शक्ति बढाउन विशेष अभियान संचालन गर्न लागेको हो । ........

‘मधेशमा नयाँ संविधानमा आफ्ना अधिकारी कटौती भएको भन्ने भ्रम छ’ उनी भन्छन् ‘त्यसैले त्यो भ्रम चिर्नका लागि तीन चरणमा आफूहरुले कार्यक्रम गर्न थालेका हौँ ।’

.... एमालेले पहिलो चरणको कार्यक्रम मधेशमा शुरु गरिसकेको छ । पार्टीको असोज १२ गते राष्ट्रिय कार्यकर्ता भेलामार्फत अभियान शुरु गरेको हो । एमालेले पहिलो चरणमा संविधानमा भएका कुराहरुको गलत बुझाईले मधेशमा आन्दोलन भइरहेको निष्कर्ष निकाल्दै त्यो भ्रम चिर्न प्रयास गर्ने छ । जसका लागि पार्टीले सभासद्, केन्द्रीय सदस्य र जिल्ला अध्यक्षलाई काठमाडौ बोलाएर प्रशिक्षण दिएको थियो । उनीहरुलाई पार्टीले नयाँ संविधानका विषयमा तयार पारेको लिखित दस्तावेज थमाइएको थियो ..... पार्टीका नेताहरुले मधेशमा गई नयाँ संविधानको बारेमा एक–एक बुदामा व्याख्या गर्ने छन । जसबाट मधेशका जनताले नयाँ संविधानमा भएका कुराहरुको जानकारी पाउने छन् । मधेशी जनताले संविधानमा भएका कुरा नबुझ्दा भ्रम पैदा भएर आन्दोलन गरेको ठहर एमालेले गरेको छ । त्यसैले पहिलो चरणमा एमाले ‘भ्रम चिर्न’ मा केन्द्रित हुने देखिन्छ । ......

संविधानको भ्रम चिर्न एमाले मधेशको गल्ली गल्लीमा जाने बताए

...... ‘हाम्रो पार्टीका अध्यक्षको विशेष पहलमा संविधान आएको हो’ उनको मत छ, ‘अव नेतृत्वको पनि हाम्रो पार्टीको कुरा छ । .....

मधेशको सवालमा अहिलेको नयाँ संविधान अन्तरिम संविधान भन्दा बढी प्रगतिशिल भएको एमालेको ठहर छ ।

...... एमालेका बैकल्पिक पोलिटव्युरो सदस्य तथा दुई पटक प्रत्यक्ष निर्वाचनमा धनुषा ७ बाट निर्वाचित सभाषद् सत्रुधन महतोले संविधानको गलत व्याख्या गर्नाले मधेशमा आन्दोलन भइरहेकोले र यसलाई चिर्न जरुरी रहेको तर्क गर्छन । महतो पार्टीका नेताहरु त्यहाँ गएर संविधानको बारेमा जनतालाई बुझाउन आवश्यक रहेको बताउँछन । ...... संविधानबाट मधेशको प्राप्त उपलब्धीलाई जोगाउन एमाले मधेशको कुनाकाप्छामा पुग्ने बताउँछन । ‘मधेश पिछडिएको थियो । उनीहरुलाई २०६३ को संविधानमा अधिकारी दिइएको थियो’ उनी भन्छन्, ‘अहिलेको संविधानमा पनि अधिकार दिइएको छ । तर दिइएको अधिकार नबुझ्दा उनीहरु आन्दोलित भएका छन । ....... ‘नागरिकता र समानुपातिक समावेशी अन्तरिम संविधान भन्दा धेरै नै पं्रगतिशिल छ । तर मधेशका जनताले त्यो बुझेका छैनन् । त्यही भएर त्यो गलत प्रचारलाई चिर्न एमाले मधेशमा जादैछ ।’ महतोले भने । ........ महतोले भने । उनले निर्वाचन जनसंख्याको आधारमा हुने हो भने मधेशको भ्रम चाडै नै चिर्न सकिने बताए । अहिले त्यहाँ मुख्यत सिमाङकन र समानुपातिक समोवशी र नागरिकताको एजेण्डा बनाएर मधेशवादी दल आन्दोलन गरिरहेका उनको आरोप छ । ‘तर निर्वाचन क्षेत्र जनसंख्याको आधारमा हुने हो भने केही वेरमै आन्दोलन रोकिन्छ । त्यसमा पनि पहल गरे राम्रो हुने थियो ।’ ..... पहिलो चरण सम्पन्न भइसकेपछि एमाले अरु राजनीतिक दलहरुको सहभागीमा मधेशमा विशाल आमसभा गर्ने तयारी गरेको छ । ....... प्रदेश १ मा विर्तामोड र विराटनगर, प्रदेश २ मा लाहान र बर्दिवास, प्रदेश ३ मा काठमाडौ र चितवन, प्रदेश ४ मा पोखरामा ठूलो सभा गर्ने एमाले योजना छ । प्रदेश ५ मा भैरहवा र नेपालगंज, प्रदेश ६ मा सुर्खेत र प्रदेश ७ मा कैलालीमा सभा गर्ने एमालेको योजना छ । सचिव ज्ञवालीका अनुसार दसै पछि त्यस्ता ठूला कार्यक्रम हुनेछन् । ......

‘तीनै दलको आयोजनामा सभा गर्ने तयारीमा छौँ ।’

..... ‘सामाजिक सद्भाव कायम र एकता कायम राख्नका लागि हामी प्रत्येक टोलमा जानेछौ’ सचिव ज्ञवाली भन्छन्–‘जसमा सवै समुदाय एक आपसमा मिलेर बस्नुपर्दछ भन्ने सन्देश दिन्छौँ ।’ ...... जिल्ला कमिटीहरुले मधेसका जिल्लाहरुका प्रत्येक वडामा सद्भाव राख्ने खालका कार्यक्रम गर्ने उनले बताए । जसले मधेशी,थारु र पहाडियालाई एकताको सुत्रमा राख्ने विश्वास एमाले नेताहरुको छ । .....

पार्टी अध्यक्ष ओलीलाई प्रधानमन्त्री नबनाई तराई–मधेशमा जादा तनाव बढन सक्ने आक्षका एमालेमा थियो । ..... ओलीलाई प्रधानमन्त्री बनाएपछि तनावकावीच पनि तराई–मधेश जान सकिन्छ भन्ने एमाले नेताहरुको बुझाई छ ।

भारतका लागि नेपालका राजदूतको ‘बोल्ड’ अन्तर्वार्ता
भारतले पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक दैनिक उपभोग्य वस्तु रोकेर नेपाललाई भित्तामा नपुर्‍याओस् । अन्यथा नेपाल आपूर्ति समस्या समाधान गर्न चीनको सहयोग लिन बाध्य हुनेछ । ........... भारतले नेपाललाई ‘गर या मर’ को अवस्थामा पुर्‍याएकाले अब नेपाल चीनलगायत अन्य देशसँग सम्बन्ध अगाडि बढाउन बाध्य हुनेछ । .... नेपाल सरकारले भारतका गाडी नेपाल छिरेपछि तिनको सुरक्षा गर्ने प्रतिबद्धता जनाइसकेको छ।
कति टिक्ला नीतीश–लालु गठबन्धन ?
सहमतीय सरकार बन्दैन : देउवा
चुनौतिलाई चमत्कारमा बदल्ने समय
भारतले देखाएको ब्यवहार, आपूर्ति अभाव र नेपालीहरूमा जागेको जागरणले अब भारतमाथिको ‘डिपेन्डेन्सी’को विकल्पलाई जोड दिएको छ। यसको विकल्प चाइना वाहेक अर्को हुन सक्दैन। ....

भारतीय लगानी भावनात्मक हो। चाइनाको लगानी वस्तुपरक।

..... विकासका मामलामा भारतलाई भन्दा बढ्दा चाइनालाई विश्वास गर्न सजिलो छ। ..... नयाँ बनेको संविधानको जगमाथि टेकेर ‘दक्षिणबाट मात्र होइन, अब उत्तरबाट पनि विकासको रेखा जोडिनुपर्छ’ भनेर लागिपर्ने यो सबैभन्दा उत्तम समय हो। ..... चाइनाले स्वशाशित क्षेत्र ल्ह्सासम्म रेल पुर्‍याइसकेको छ। अबका केही वर्षमा तिब्बतको जमिनलाई चिर्दै चाइनिज रेलसेवा रसुवा नजिकको केरूङसम्म पुग्नेछ। अब उत्तरमा रहेको छिमेकबाट पनि नेपाल जोडिनुपर्छ। ....

सन १९८९ देखि १९९० सम्म नेपालमाथि १३ महिनासम्म भारतद्धारा नेपालमाथि आर्थिक नाकाबन्दी लगाइएको थियो ।

...... राजा वीरेन्द्रले चाइनासँग ‘एन्टि एयरक्राङ्खट्’ हतियार किन्ने योजना बनाए। भारतलाई यो निर्णय स्वीकार्य थिएन। यसको कडा जवाफ दिन आर्थिक नाकावन्दी सुरू गरेको थियो। तथापी विरेन्द्रले १४ दिनमा आफ्नो निर्णयलाई परिवर्तन गरेपनि भारतले नेपालमा लगाएको नाकावन्दी लगातार १३ महिनासम्म चल्यो। .....

‘चीनले सबै नाका खोलिदियो भने ब्यापार सबै उता जान्छ’ भन्ने भन्ने ठूलो चिन्ता सधैँ रहन्छ नेपालको दक्षिण छिमेकलाई।

.... भारतसँग नेपालको ‘डिपेन्डेन्सी’ बाध्यता हो। तर, भारतीय पक्षका लागि नेपालको ‘डिपेन्डेन्सी’को अर्थ हो ठूलो निर्यात ब्यापार। भारतले कुनै हालतमा पनि यो निर्यात ब्यापार गुमाउन चाहने छैन। तर, यही मौकामा भारतले तेर्स्याएको चुनौतीलाई ‘क्यास’ गर्ने हो भने भारतले कहिल्यै अघोषित/अघोषित नाकावन्दी लगाउँन सक्ने आँट गर्ने छैन अबका वर्षहरुमा। ..... चाइनाको खासाबाट लुगाफोटो, घडी क्यामरा, फोन तथा अन्य इलोक्ट्रोनिक्स सबै ल्याउन मिलेकै छ। चाइनाले तिब्वतका डाँडालाई चिर्दै रेल लासा पुर्‍याएकै छ । त्यहि विकासलाई नेपालसम्म पुर्याइदिन आग्रह गर्ने हो भने चाइनाले ‘हुँदैन’ भन्ने छैन।.... चाइनासँगका सबै नाका खोल्ने र उपभोग्य वस्तु तथा पेट्रोलियम पदार्थको आपूर्तिका लागि चाइनासँग ब्यवस्थापन गर्न सक्ने हो भने दुई पैसा महंगो पर्ला तर भारतले निहुँ खोजेका वेला नेपालले हाहाकार बेहोर्नुपर्ने छैन। ..... लगानी गर्न सधैँ तयार रहेको बताउने चिनियाँ सरकारलाई ‘चाइना-नेपाल जोड्ने सबै नाकासम्म विकासलाई जोडदेउ’ भन्न अब के को बिलम्व?
दश दिन नाकाबन्दी नहुदैं समस्या पर्ने हाम्रो कस्तो अर्थतन्त्र
२०५० साल यता नेपाली समाजमा राजनीति वढी हावी भयो, पुर्वाधार विस्तार, उत्पादन बृद्धि लगायत आर्थिक सवलिकरण कागज र भाषणमा मात्र सिमित रहे। यही कारण भारतले लगाएको अहिलेको नाकाबन्दी झल्न सात दश पनि पनि कठीन भईरहेको छ। भुमण्डलिकरण व्यापक भईरहेको अवस्थामा कुनै पनि देश आफैंमा सवैतिरबाट आत्मनिर्भर हुन कठीन छ। भौगोलिक रूपमा निकै टाढा भएपनि चीन र अमेरिका समेत एक आपसमा निर्भर छन्। तर, अधिकांश देशसँग नाकाबन्दी, दैविप्रकोप लगायतका प्रतिकुल समयमा कसरी आवश्यक वस्तु व्यवस्थापन गर्ने भन्ने योजना हुन्छ।

देशको अर्थतन्त्र सञ्चालन गर्ने जिम्मेवारी लिएका सरकारी निकाय र अर्थमन्त्री, राष्ट्रबैंक गभर्नर लगायतले खाली विदेशबाट नेपालीले पठाउने पैसा रेमिट्यान्स गनेर सजिलोसँग समय बिताएका रहेछन् भन्ने भारतको नाकावन्दीले देखाईदिएको छ।

....... युवाहरू अवसरको खोजीमा विदेशीन थाले। खाडी मुलुक, मलेसिया जाने क्रम वढ्यो। यसरी विदेशमा गई कमाएर पठाएको पैसाले देशको निर्वाहमुखी अर्थतन्त्र चलिरह्यो।...... तयारी पोशाक, उनी गलैंचा लगायत कयौं निकासीजन्य उद्योग धरासायी भए तर, रेमिट्यान्सका कारण विदेशी मुद्राको संचिती घटेन। ..... नेपाली युवाले पठाएको रेमिट्यान्सले हामीले भारतमा बनेका सस्ता कारदेखि कयौं समान किन्यौं। आयात बढायौं। अहिले बार्षिक अर्बौ रूपैंया बराबरका सवारी साधन र पार्टपुर्जा भारतवाट आउँछन्। यी सवारी साधान चलाउन वार्षिक सय अर्बभन्दा बढीको पेट्रोलियम पदार्थपनि किन्छौं। रेमिट्यान्सले बजारमा उपभोग्य वस्तुको माग बढायो, यसले सरकारलाई पनि राजस्व आईरह्यो। यही चक्रमा अर्थमन्त्रालयले बजेटको आकार पनि थपिरह्यो। तर, आन्तरिक अर्थतन्त्रलाई मजबुत बनाउने जग तयार गर्न तर्फ लागिएन। ..... अर्थमन्त्री र राष्ट्र बैंक गभर्नरले पनि सधै राजस्व वृद्धिदर उच्च भएको, विदेशी मुद्राको सञ्चिती बढेको, बाणिज्य बैंकमा निक्षेप बढ्को जस्ता तथ्यांक दिई आफूलाई सफल अर्थमन्त्री, गभर्नर भएको दाबी गरिरहे। देशमा कति रोजगारका अवसर थपिए यो कहिले भनेन्। ......

चिया पसलमा हुने राजनीतिक गफमा भारतले रोके चीन आउँछ त भनियो तर, वास्तविकता फरक थियो। .... विद्यमान अवस्थामा चीनले सहयोग नै गर्‍यो भने पनि आवश्यक वस्तुको आपूर्ति व्यवस्थापन गर्नु सहज छैन। चीनबाट समान ल्याउने चौडा सडक समेत छैन। पेट्रोलियम पदार्थ ल्याउन त झनै कठिन र महंगो पर्छ।.... भारतको विकल्प चीन होइन। हुन पनि हुँदैन। नेपालको आर्थिक विस्तारका लागि दुवै देशसँगको सहकार्य आवश्यक पर्छ। ..... समाजिक सञ्जालमा भारतसँग यस पटक नझुक्न खबरदारी पनि गरिरहेका छन्। तर, जनतामा कतै चुलोपनि वाल्न पाइन्न कि भन्ने त्रास पनि छ।

...... विश्व बैंकले बनाउन लागेको अरुण तेस्रो परियोजना सानो तिनो विवादमा रद्द हुन पुग्यो। ..... रेमिट्यान्स मार्फत आएको पैसा बाणिज्य बैंकमा थुप्रियो। केही चलाख व्यक्तिहरुले यो पैसा भारतीय बैंक राखेर व्याजबाट फाइदा उठाईरहेका छन्। .....

रेमिट्यान्सको पैसाको आयात मात्र बढाईरह्यो। युवाहरू विदेसिदा रोजगार दिनुपर्ने दवाव पनि परेन्। यही पैसाले राजस्व आईरह्यो। सरकार र कर्मचारीको तलव भत्ता पनि रोकिएन्।

भारतीय विदेश मन्त्रालयले राजदूत उपाध्यायलाई भन्यो-परिणाम देखिने गरी आपूर्तिमा चाडै सुधार हुन्छ
‘मैले भारतीय अधिकारीहरूलाई भने-चाँडै सहज हुने आश्वासन पाएको धेरै दिन भयो। रिजल्टमा देखिने गरी समस्या समाधान हुनुपर्‍यो’ ....

भारतीय विदेश मन्त्रालयले राजदूत उपाध्यायलाई बोलाएर संविधानमा ‘सात बुँदे’ संशोधन नभएसम्म सीमा नाकाबन्दी खुल्दैन

..... भारतीय विदेश मन्त्रालयका अधिकारीले राजदूत उपाध्यायलाई सोमबार बोलाएर ‘तिमीहरू आकाशबाट ल्याउँछौ कि पातलाबाट तेल ल्याउँछौ ल्याउँ तर, संविधानमा सातबुदे संशोधन नभएसम्म भारतले नाकाबन्दी खोल्दैन। यो नै हाम्रो राजनीतिक नेतृत्वको निर्णय हो,’ भनेको
टाढाबाट कर्णप्रिय लाग्ने सहमतीय सरकारको धुन

संसारमा कुनै अर्को लोकतान्त्रिक मुलुक छैन जसको संविधानले यस्तो व्यवस्था गरेको होस्, जसले संसदमा उपस्थित सबै दल मिलेर सरकार बनाउने निरर्थक प्रयासमा एक साता खर्च गरोस्।

...... सबै लोकतान्त्रिक मुलुकका राजनीतिज्ञलाई थाहा हुन्छ– सत्तापक्ष र प्रतिपक्ष लोकतन्त्रका अभिभाज्य अंग हुन्।

बिना प्रतिपक्षको लोकतन्त्र हुँदैन।

लोकतान्त्रिक मुलुकका नागरिकलाई पनि थाहा हुन्छ, सबै मुख्य दल मिलेर सरकार बनाउनुहुन्न। ...... संविधान लेखिसकेको अहिलेको अवस्थामा भने फेरि सबै प्रमुख दल मिलेर सहमतीय सरकार बनाउनु नाजायज हुन्छ। त्यस्तो अप्राकृतिक कार्यका लागि दलहरूले मरिहत्ते गर्नु र नागरिकले भावुक हुनु जरुरी छैन। ....

बजारमा उपलब्ध कच्चापदार्थ टिपेर तर्क बुन्ने हाम्रो सनातनी खुबी नै हो। भुइँचालोलगत्तै एकीकृत माओवादीलाई पनि समेटेर राष्ट्रिय सहमतीय सरकार बनाउनुपर्ने तर्क आएको थियो। यसको नेतृत्व गर्न दौरा सुरुवाल लाएर केपी ओली त्यतिबेलैदेखि तम्तयार बसेका हुन्।

...... हाम्रो राज्यको जुन मौलिक सुस्त गति छ, त्यसलाई हेर्दा संघीयताको पूर्ण कार्यान्वयनमा पाँच वा दस वर्ष बित्नेछ। संविधान त कार्यान्वयन भइसक्यो, अब यसलाई क्रमिक रूपमा परिस्कृत गर्दै लैजाने हो। आउँदा वर्षहरूमा धेरैपटक संविधान संशोधनको आवश्यकता पर्नेछ। ..... मोदी सरकारले नेपालमा गरेको हस्तक्षेपविरुद्ध उठेका सबै स्वरमा एउटा चिन्ता एकसमान व्याप्त थियो– नेपाल चीनतिर ढल्कने चिन्ता! तीन साताअघि मात्र ‘स्टेरोइड’ खाएको भाकामा भारतीय विदेशसचिव जयशंकरले काठमाडौंमा दिएको धम्कीको हावा दिल्लीमा यति चाँडै त्यसै खुस्केको हैन। भारतलाई हामीले भन्नैपर्छ, स–साना मतभेदमा तिम्रो हात हाम्रो घाँटीमा आइपुग्छ भने तिमीलाई हामी मित्र मान्ने छैनौं! हामीले भविष्यका लागि आफ्नो वैकल्पिक तयारी गर्नैपर्छ। एउटा मुलुकसँगको मात्र परनिर्भरता भविष्यमा पनि हाम्रा लागि

माखेसांग्लो

बन्ने खतरा छ। ........ यसका लागि बलियो प्रतिपक्षसहितको सरकार हामीलाई चाहिन्छ। राजनीतिक दलहरू र राज्यको चरित्रमा बदलाव चाहिन्छ।

हाम्रो राज्य मूल रूपमा पार्टीमुखी, व्यक्तिमुखी र नातामुखी छ। अपारदर्शी छ, भ्रष्ट छ, जवाफदेही शून्य छ। र, दण्डहीनताले गाँजेको छ।

बदल्नुपर्ने त्यही हो। यो बदल्न सर्वप्रथम राजनीतिक दलहरू बदलिनु जरुरी छ। ...... राष्ट्रिय सरकार टाढाबाट मात्र कर्णप्रिय लाग्ने धुन हो। राष्ट्रिय सरकारको हलभित्र छिरेपछि त्यो सहनै नसकिने गरी कर्कस लाग्ने छ भन्ने हामीले अहिलेको कांग्रेस–एमाले सरकारबाटै भोगिसकेका छौं। .... कांग्रेस–एमालेका केही मन्त्रीले सुशासन र सदाचारको धज्जी उडाएका छन्। तर, यी दुवै दल चुप छन्। आपसी स्वार्थले बाँधिएका जो छन्। ..... अबको सरकार कांग्रेस र एमालेमध्ये एकले नेतृत्व गरेर अर्को प्रतिपक्षमा बस्नै पर्छ। एउटा सत्तासीन र अर्को ‘गभरमेन्ट–इन–वेटिङ’ बन्नैपर्छ। ..... केपी ओलीका सारा कमजोरीका बाबजुद धेरै नेपालीको उनीप्रति सहानुभूति रहेझैं मलाई पनि उनकै नेतृत्वमा अर्को सरकार बनोस् भन्ने लाग्छ। उनको लामो राजनीति र कष्टपूर्ण राजनीतिक जीवन, अहिलेको सरकारमा एमाले दोस्रो ठूलो दल र ओलीको स्वास्थ्य स्थितिले ममा पनि उनीप्रति स्वाभाविक सहानुभूति छ। ...

नढाँटी भन्दा अर्को पनि कारण छ– यसपालि प्रधानमन्त्री बन्न पाएनन् भने राष्ट्रियताको डंका पिट्दै ओलीले पहाड–मधेस चहार्लान् र अन्धराष्ट्रवादी अर्को वामपन्थी पिँढी तयार पार्लान् भन्ने डर पनि मलाई छ।

यो मुलुकको आन्तरिक स्वास्थ्य र बाह्य सम्बन्धका लागि पनि हानिकारक हुन्छ। ..... मलाई सुशील कोइरालाले राजनीतिक अवकाश लिऊन् भन्ने पनि लाग्छ। एकपटक मात्र पार्टी सभापति बन्छु भन्ने सार्वजनिक बाचा गरेका र संविधान बनेपछि प्रधानमन्त्री छाड्छु भनेका कोइरालाले अवकाश लिए नेपाली राजनीतिमा एउटा मानक बस्ने थियो। .... दुर्भाग्यवश, भूतकालको व्याज खाएर वर्तमानमा बाँचेका नेपाली नेताहरूको ध्यान भविष्यप्रति कमै जान्छ। आउने दिनमा आफ्नो ‘लिगेसी’ को चिन्ता नेपाली राजनीतिज्ञले गर्दैनन्। ..... तीनपटक प्रधानमन्त्री भैसकेका र राजाले दुईपटक बर्खास्त गरेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई मैले धेरैअघि सम्पादकीयमार्फत् नै अवकाश लिन सुझाएको थिएँ। उनका शिष्यहरू खुब रिसाए। मसँग झगडा नै गरे। ....

नेपाली राजनीतिमा कसैको पालो पुग्दैन, कोही बूढो हुँदैन। बाहिर बसेका हामी र भित्र बसेका दलका नेता–कार्यकर्ताको सोच्ने तन्तु नै फरक हुन्छ।



नाकाबन्दी पछिको असर, जताततै संकट

पेट्रोल पम्प जाउँ पेट्रोल छैन, डिजेल छैन, ग्यास छैन। नुन, तेल पनि पाइन छाडेको छ।

.... मोटरसाइकल दिनानुदिन घट्दैछन्, सार्वजनिक सवारीका साधन घटिरहेका छन्। निजी सरकारी गाडीहरु घटिरहेका छन्। ग्यासको उपभोक्ताहरु महिनौं दिनदेखि चिट बोकेर बसेका छन् तर पाएका छैनन्। ...... उपभोक्ताहरुले त चाहिएजति नुनतेल पनि किन्न सकिरहेका छैनन्। चाडवाड नजिकिदै जाँदा पर्याप्तमात्रामा जोहो गर्ने आम उपभोक्ताहरुले अन्य खाद्यान्नसमेत जोहो गर्न पाएका छैनन्। ..... ‘नुन पनि एक पोका भन्दा बढी पाइदैँन भनेर भन्न थालिसकेका छन्,’ उपभोक्ता जितकुमार श्रेष्ठले भने ‘पसलको लागि लिन जाँदासमेत अहिले पाइँदैन भनेर फर्काइरहेका छन्।’ अहिले धरानको बराह डिपार्टमेन्ट स्टोरमा समेत नुन, तेललगायत सामग्रीहरु तोकेर दिने गरेको उपभोक्ताहरु बताउँछन्। .....

‘बेच्ने सामान नै आउन ठाउँबाट नआएपछि सहज ढंगले सञ्चालन गर्ने स्थिति हुन्न’

...... अत्यावश्यक खाद्यान्नमात्रै हैन, अहिले औषधिको पनि उस्तै हालत छ। तराईको लगातार ठप्पका कारण औषधि आयातको मूख्य केन्द्र विरगञ्ज र काठमाडौंबाट औषधिहरु आउन सकेका थिएनन्। ...... ‘त्यसपछि समस्या हैन, विकल्प नै हुदैँन। भारतबाट आउन बन्द भएपछि सम्भव देखिँदैन।’ ..... अघोषित नाकाबन्दीका कारण व्यापारीहरुको व्यवसाय चौपट बनिरहेको सुनसरी उद्योग बाणिज्य संघ धरानका अध्यक्ष सरोज श्रेष्ठले बताए। उनले भने, ‘हामी ९९ प्रतिशत परनिर्भर रहेका छौँ। तराई बन्दले जति पनि आपूर्ति कम भएको थियो, अघोषित नाकाबन्दीले अर्को समस्या निम्त्याएको छ।’
थारु आन्दोलन अलपत्र पार्ने षडयन्त्र सुरु भयो: प्रमुख सचेतक चौधरी
‘झन्डै दुई महिना आन्दोलन हुँदा एक दिन पनि आन्दोलनमा नजाने र जिल्ला नपुगेकाहरु वार्ता कमिटिमा पर्नु आन्दोलन तुहाउने षडयन्त्र नै हो।’ ...... थारु कल्याणकारीका केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा वार्ता कमिटि वनेपनि त्यसभित्र संविधानमा हस्ताक्षरकर्ता एमाओवादीका अमनलाल मोदी, सन्तकुमार चौधरी, नेपाली काँग्रेसका तेजुराम चौधरी लगायतका सामेल गर्नुको अर्थ थारुहरुको आन्दोलन भाँड्नु नै भएको उनले बताए। ..... वार्ता कमिटि १३ सदस्य गठन गएिको भएपनि त्यसमा काँग्रेस, एमाले, एमाओवादीका सांसद जसले संविधानमा हस्ताक्षर गरेका छन् उनीहरुपनि पर्नुले आफू आस्चर्य चकित भएको उनले बताए। ..... ‘ थारुहरुका मुद्दा जायज थिए र छन् तर यसअघि आन्दोलन चल्दै गर्दा त्यसलाई अलपत्र छोडेर हिडेकाहरु नै वार्ता कमिटिमा परेपछि आशंका पैदा भएको हो ।’ उनले प्रश्न गरे, ‘नैतिकता नभएकाहरु वार्तामा बस्दा आन्दोलन कता जान्छ ?’
बन्द फिर्ता लिने मुद्धामा थरुहट/थारुवान संघर्ष समितिमा विवाद
तर थरुहट थारुवान संघर्ष समितिका नेता राजकुमार लेखीले हड्ताल फिर्ता लिएको भन्ने समाचारको खण्डन गरेका छन्। ...... लेखीले भने, 'यसमा राजनीति भयो, एमालेले चलखेल गरिरहेको छ। हामीले आन्दोलन फिर्ता लिएका छैनौं।' उनले थरुहट/थारुवान आन्दोलनलाई तुहाउने षडयन्त्र सबैतिर भइरहेको बताउँदै आफ्नो आन्दोलन यथावत रहेको तर्क गरे। ..... 'यो मिडिया मार्फत गरिएको राजनीति हो, हामी यसको खण्डन गर्छौं,' उनले भने।


नाकाबन्दी र आन्दोलन जारी रहन्छ: महन्थ ठाकुर
मधेशमा उठेका चार माग

सीमाकंन, समावेसी समानुपातिक, निर्वाचन क्षेत्र र नागरिकता

का विषयलाई सम्बोधन नगरिए आन्दोलनले अझैं उग्र रुप लिने बताए। .... ‘मधेशमा ४५ जनाको मृत्यु भईसकेको र हजारौं संख्यामा घाईतेका साथै हजारौं घरपरिवार बिस्थापित बन्नु परेको छ।’
बाबुरामले सम्बोधन गर्ने कार्यक्रम रोक्न एमाओवादी निर्देशन
मुख्य पाहुनाको रुपमा पूर्व एमाओवादी नेता एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सोमबार पाल्पाको तानसेनमा सम्बोधन गर्ने कार्यक्रम रोक्न एमाओवादीले निर्देशन दिएको छ।

मगर राष्ट्रिय मुक्ति मोर्चा

ले पार्टी छाडेका भट्टराईलाई मुख्य वक्ता बनाएर कार्यक्रम गर्न लागेको भन्दै यस्तो निर्देशन दिएको हो। .... ‘पार्टी छाडेकालाई बोलाएर कसरी कार्यक्रम गर्न मिल्छ? मैले रोक्न भनेको छु,’ एमाओवादी मगरात राज्य समिति प्रमुख नन्दकिशोर पुन पासाङले सेतोपाटीसित भने। कार्यक्रम नरोके पार्टीेले स्पष्टिकरण लिनेसमेत उनले जानकारी दिए। ..... मोर्चा एमाओवादीको जातीय संस्था हो ......मोर्चाको केन्द्रीय समितिले सोमवार पाल्पाको तानसेन नगरपालिका हलमा ‘पहिचान र अधिकारका निम्ति मगरात संघर्ष’ विषयक अन्तरक्रिया कार्यक्रम राखेको थियो। .... पार्टी छाडेपछि भट्टरार्ईकै शव्दमा ‘नयाँ शक्ति’ बनाउने अभियानमा भट्टराई देश दौडाहामा छन्।
विराटनगर नाका खुल्यो, ट्रकहरू नेपाल प्रवेश गर्दै
प्रहरीले बल प्रयोग गरि विराटनगरको रानी भन्सार नाका अगाडि धर्नामा बसेका मोर्चाका कार्यकर्तालाई हटाएपछि सोमबार बिहानैबाट मालवाहक ट्रकहरू नेपाल भित्रिन थालेका छन्। विगत एक साता भन्दा धेरै समयदेखि विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाट अगाडि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरू पाल टाँगेर दिनरात धर्ना बस्दै आएका थिए। ..... गएराति प्रहरीले बल प्रयोग गरी त्यहाँबाट हटाएपछि नाका सुचारू भएको प्रहरीले जनाएको छ। ..... भन्सारमा लामबद्ध भएर बसेका मालवाहक ट्रकहरू क्रमशः नेपाल भित्रदै छन्। यसअघि आइतबार नेपाल र भारतीय भन्सार अधिकारी, भन्सार एजेन्ट सहित सरोकारवालाबीच नाका खुलाउने सहमति भएको थियो। .....इन्धन बोकेका ट्यांकर र ग्याँस बोकेको बुलेटसहित सयौं ट्रक नेपाल प्रवेश गरिसेकको रानी भन्सारले जनाएको छ।.....यसैबीच प्रहरीले आफूहरूलाई दमन गरेको भन्दै संयुक्त मधेसी मोर्चाका नेताहरूले केही बेरपछि आन्तरिक छलफल गरि नाकामा फेरि दिने तयारी गरेका छन्। .... यसअघि गएराति प्रहरीले भन्सार गेटबाट प्रदर्शनकारीलाई हटाउन खोज्दा झडपसमेत भएको थियो। झडपमा प्रहरीको लाठीबाट केही कार्यकर्ता घाइते भएका थिए। ..... स्थिती नियन्त्रण बाहिर गएपछि प्रहरीले गएराति २ राउण्ड हवाई फायर समेत गरेको मोरङ प्रहरीले जनाएको छ।
मोदी नेपाली जनताले दुःख पाएकोमा दुःखी हुनुहुन्छ: राजदूत उपाध्याय
‘अब ओभर टाइम गरेर भए पनि मेडिकल सामान, अक्सिजन, तथा इन्धन प्राथमिकताका आधारमा पहिले नेपाल ल्याउने सहमति भएको छ।’ .... वीरगंज नाका सहज हुन अरु केहि दिन लागेपनि अन्य नाका भोलिदेखिनै सहज हुने उनले बताए। ..... ‘मधेसी नेताहरुसँग मैले हातै जोडेर भने, हिजो हामी जनान्दोलनमा सँगै लडेका साथीहरु, जीवनभरि राजनीतिमा काम गरेका साथीहरूले मिलेर समस्याको समाधान गर्न सकेनौं भने भोलिको पुस्ताले हामीलाई धिकार्नेछ।’ ..... सीमाङ्कनको मुद्दा बाहेक अन्य माग पूरा भएकोले मधेसी दललाई सहमतिमा आउन आफूले अनुरोध गरेको उपाध्यायले बताए। ..... ‘दसमा नौ माग पुरा भएपछि त जनतालाई दुःख दिइराख्नु भएन। मधेसी दलका साथीहरुले पनि कम्तीमा नाका खोल्न सहयोग गर्नुपर्‍यो’, उनले भने।
फोरमका दुई केन्द्रीय सदस्य प्रहरी नियन्त्रणमा
विराटनगरस्थित भन्सार नाका सडकखण्डमा धर्ना बसेका सङ्घीय समाजवादी फोरमका दुई केन्द्रीय सदस्यलाई प्रहरीले गएराति नियन्त्रणमा लिएको छ। .....जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार धर्नास्थलबाट हटाउन खोज्दा प्रहरीलाई उल्टै पेट्रोल बम प्रहार गरेपछि समाजवादी फोरमका केन्द्रीय सदस्य रामविलास यादव र भुराज राईलाई नियन्त्रणमा लिइएको हो। ..... धर्नामा बसेका आन्दोलनकारीलाई तितरवितर गर्न प्रहरीले तीन सेल अश्रृग्याससमेत प्रहार गरेपछि उनीहरुलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि चारसयभन्दा बढी सवारी साधन गन्तव्यतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

काठमाडौमा मञ्चन गरीएको सत्ताकोे कृत्रिम किचलोले संशोधन प्रस्ताव तुहिने र मधेश आन्दोलनमा हिलो छ्यापिने प्रयाश हुने छ । सय...

Posted by Dipendra Jha on Monday, October 5, 2015

Would urge Madhesi parties to have a woman representative in the talks team. Have no hopes from the Nepal govt but...

Posted by Prashant Jha on Sunday, October 4, 2015

If Pushpa Kamal Dahal and Sher Bahadur Deuba did not keep their supposed promise to Narendra Modi, then have a chat with them, India! Why are you punishing an entire nation of 29 million?

Posted by Kanak Mani Dixit on Sunday, October 4, 2015

मधेसी मोर्चासँगको ८ बुँदे सहमतिमा बेइमानी गर्नेहरु आज आफुहरुबीचको ७ बुँदे सहमतिमा इमान्दारिता खोज्दैछन् !!

Posted by Tula Narayan Shah on Monday, October 5, 2015

Five citizens issuing statement today on need for Three Party Unity.L-R Charan Prasai, Kapil Shrestha, Nilamber Acharya, Sushil Pyakurel, Kanak Mani Dixit

Posted by Kanak Mani Dixit on Monday, October 5, 2015

जनकपुर में आज मधेशी एकता जिन्दाबाद मधेश का मांग पूरा करो नारा लगाते हुए संयुक्त युवा संघर्ष समिति के अगुवाई में जुलुस ।

Posted by Brikhesh Chandra Lal on Monday, October 5, 2015

Since Nepal Ambassador to India has denied that he had a hostile meeting at MEA-India, I am taking down my earlier post. Thank you.

Posted by Kanak Mani Dixit on Monday, October 5, 2015

आन्दोलनकारीयों के साथ खाना खाते हुए सदभावना पार्टी के राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो

Posted by सदभावना पार्टी on Monday, October 5, 2015

Shouldn't apologists for Nepal's constitution, who said, "It isn't perfect, but it can be amended," now support those asking for amendments?

Posted by Manjushree Thapa on Monday, October 5, 2015

हार्दिक श्रद्धांजलि ......पर्सा जिला के पकाहा मैनपुर में वीर शहीद शत्रुघ्न पटेल की श्रद्धांजलि सभा में उपस्थित जनसमुदाय का अभिवादन करते सदभावना पार्टी के राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो

Posted by सदभावना पार्टी on Monday, October 5, 2015

I may disagree with @brb_laaldhwoj on some issues but his efforts to come up with a new political force could definitely bring some changes.

Posted by Kosmos Biswokarma on Sunday, October 4, 2015

आन्दोलन जारी छ.....मशाल जुलुस, लहानमा सदभावना पार्टीका सहमहसचिव राज कुमार गुप्ता जी

Posted by सदभावना पार्टी on Monday, October 5, 2015

नेपाल - भारत मैत्री रैली : जनकपुर नेपाल - भारत मैत्री रैली : जनकपुर 05-10-201520:49मधेसी एकता : जिन्दावाद ।अमर श...

Posted by Vijay Kumar Singh on Monday, October 5, 2015

सदभावना पार्टीको नेतृत्वमा रहेको बीरगंज नाकामा आन्दोलनकारीहरूको खानपीन व्यवस्थापन हेर्दै

Posted by सदभावना पार्टी on Monday, October 5, 2015

आपके जज़्बे को सलाम....आन्दोलनको क्रममा प्रहरी दमनमा घाईते महिलाहरू नाकाबन्दीमा एक्यबद्धता जनाऊंदै

Posted by सदभावना पार्टी on Monday, October 5, 2015

सदभावना पार्टीको नेतृत्वमा रहेको बीरगंजको नाकाबन्दीमा एक्सबद्धता जनाउने विभिन्न संघ संस्थाका प्रतिनिधिहरू लाई अभिवादन गर्दै सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो

Posted by सदभावना पार्टी on Monday, October 5, 2015

हामी ४० दिनसम्म मर्दा, हाम्रा दाजुभाइ र दिदीबहिनीलाई पहाडी शासकका सेना र प्रहरीले गोली हान्दा र दुर्व्यवहार गर्दा काठमाड...

Posted by Luisang Waiba on Monday, October 5, 2015

विजयकान्त कर्णपूर्वराजदूत एव‌ं नागरिक अभियन्तामधेशको गाउँगाउँ र घरघरमा आन्दोलन छ । घरघरका व्यक्तिले साढे दुई सयदेखि ल...

Posted by ESamata on Monday, October 5, 2015

वहाँहरूले त मधेश बिरोधी पार्टी परित्याग गर्नु भयो, तँपाई कहिले ?दशकौं देखि नेपाली कांग्रेस पार्टीमा रही सेवा गर्दै आएक...

Posted by सदभावना पार्टी on Sunday, October 4, 2015

नेपालको ठुलो जनसख्या (मधेश, थारुवान,जनजाति) अहिले आन्दोलनरत छन् जसको कारण करिब सम्पूर्ण नेपालनै प्रभावीत भइरहेको छ | उद्...

Posted by Er Satya Narayan Shah on Sunday, October 4, 2015

अहिले पनि देश मा यस्ता नेताहरु क्रियशील छन जो मधेशी लाई श्रीलंका मा भए जस्तो लिट्टे बनाई दिने धमकी दिने गरेका छन । शांति...

Posted by Sarita Giri on Sunday, October 4, 2015

माँ तेरे चिराग़ करोड़ों मधेशी के घर रौशन करेगा....वीर शहीद शत्रुघ्न पटेलको आमालाई सांत्वना र साहस दिंदै

Posted by Upendra Mahato on Monday, October 5, 2015

नाकाबन्दी जारी छ ....! जारी छ ! जारी छ !नाकाबन्दीलाई अझ सशक्त बनाउन सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतोको आह्वानमा नाकाबन्दी गर्न आएका सर्वसाधारण जनतालाई बीरगंज नाकामा स्वागत गर्दै

Posted by सदभावना पार्टी on Monday, October 5, 2015

The dream of caste purity, & the imperative to preserve it, is ultimately what makes Nepal's new constitution #NotMyConstitution.

Posted by Manjushree Thapa on Sunday, October 4, 2015

Indian citizen killed/भारतीय नागरिकको हत्या:भर्खरै केहि समय अघि सुनौली-भैरहवा नाका मा मधेशी-पहाडी बीच ठूलो झडप हुँदा ने...

Posted by Subhash Chandra Shah on Monday, October 5, 2015

Saturday, October 03, 2015

नेपाल भारत रोटी बेटी सम्बन्ध तोड्ने संविधान

लेख्नेले नेपाल भारत रोटी बेटी सम्बन्ध तोड्ने संविधान लेखेका छन। अनि भारतले किन नाकाबंदी गर्यो भनेर अचंभित पनि हुँदैछन्। I am surprised by your surprise.


Thursday, October 01, 2015

In The News (7)

कसले भन्छन् मधेसी-थारूहरुसंग कुनै अन्याय- भेदभाव भएको छैन ।
आन्दोलनकारीको मुद्धा फिर्ता लिने सरकारको निर्णय
मानव साङ्गलोमा महोत्तरीबासीको उल्लेख्य सहभागिता
विश्व को रेकोर्ड तोड्दै मानब संग्लो आन्दोलन
भोलिदेखि निजी सवारीले तेल नपाउने, लोडसेडिङ घटाउन निर्देशन



४० जनालाई गोली ठोक्दा कहाँ थियो तिम्रो राष्ट्रवाद ?
भारतमा करिब २० लाख नेपाली रोजगारमा छन्। जसले नेपालमा रहेका करिब ८० लाख आफ्नो परिवारको जीविका चलाईरहेका छन्। दुबई–कतारमा करिब २० लाख मधेशी रोजगारमा छन्, जसको रेमिट्यान्सले देश चलिरेको छ। तिमीहरुलाई मेरो प्रश्न। ..... तिमीहरुले जनताका लागी के गरेका छौ? न रोजगार, न बेरोजगारी भत्ता। न शान्ति, न विकास। ...... उल्टै देशको ढुकुटी खाली गरेर विदेशमा अरबौं जम्मा गरेका छौ। साइकल चढ्ने हैसियत नभएकाहरुले चार तल्ले बंगला र पजेरो चढेका छौ। आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थ पुरा गर्न देश टुक्राउन लागेका छौ। कहिले मधेशीलाई धपाउने कुरा गर्छौ त कहिले जनजातिलाई धपाउने कुरा गर्छौ। खुकलो राष्ट्रवादको नाउमा छिमेकीसँगको कुटनीतिक सम्बन्ध बिगार्न लागेका छौ। ...... भोलि के छ, तिमी फिरन्तेहरु साइकल चढेर अन्तै भाग्ने छौ। ५०० रूपैयाँ किलो नुन र १००० रूपैयाँ लिटर पेट्रोल हामीले किन्नु पर्ने हुन्छ।

भन्छौ, युद्ध गर्छु। युद्ध गर्न पनि मधेशको बाटो भएर सीमामा आउनु नै पर्छ। कहिले थानकोट नकाटेको तिमीलाई मधेशको बाटो कसले देखाई दिन्छ? हिजो, भूकम्प जाँदा २ दिन हिँडेर पनि होस् तिमीहरुलाई गांस, बाँस र कपासको व्यवस्था यही मधेशीले नै गरेको हो तर बदलामा ४० जनाको टाउकोमा गोली हान्यौ अनि कसरी देखाई दिन्छ बाटो।

...... त्यो दिन याद गर, जब तिम्रो पहाडमा भूकम्प गयो। त्यति बेला हामीलाई लाग्यो हाम्रो आफ्नै भाईको घर ढलेको छ। हामी मधेशीले पहाड दुख्दा मधेश रुन्छ भन्ने नाराले सहयोग गर्न पुग्यौं। अहिले तिमीहरुको भावना कता हरायो साथी?...... अहिले हामीलाई अन्तर्राष्ट्रिय निकायलाई गुहार लगाउनु पर्ने अवस्था आएको छ। हामी पनि देश प्रेमी छौं तर ४० जना मधेशीलाई गोली ठोक्दा तिम्रो देश प्रेम कता गयो? ...... मानौं सीमामा पुग्यौं, कति शक्तिले गर्छौ सामना? तिम्रो आधी शक्ति स्थिल छ अहिले। पहिला देशको शक्ति संचय त गर अनि गर्नु युद्दको कुरा। पहिला बिख्रेको राष्ट्रीयता एक गर अनि गर्नु बैकअफको कुरा।...... सक्दैनौ भन्ने देश जिम्मा लगाउ हामी विवेकशिल युवाहरूलाई, हामी चलाउछौं देश। को मधेशी, को पहाड़ी। हामी विवेकशिल युवाको लागि हिमाल, पहाड़ र तराई, कोई छैन पराई।
संविधान फेरि लेख्नुपर्छः उपेन्द्र यादव
चीनले पेट्रोलिमय पदार्थ दिन खोज्दा प्रधानमन्त्री र आपूर्तिमन्त्रीले नमानेको खुलाशा



नयाँ संविधानको चिरफार



संविधानले ब्रिटिस गोरखा सेनामा भर्ती हुनेहरुलाई विदेशी बनाउन खोजेकोमा गेसोको आपत्ति
स्वदेशी कारखाना बेचेर खाने अनि आत्मनिर्भर देशको गफ हाँक्ने, नेताज्यू ?
Unblocking the deadlock
most nations go through turmoil first and get a constitution later. Nepal enjoyed relative peace over the last eight years in the lead up to the promulgation of the constitution. Trouble began after the constitution was adopted. ..... It was when India first hinted at and then put in place an "undeclared" blockade that all hell broke loose. India had indeed been slow to understand the depth of anger in the Tarai and its belated pressure tactics was openly rebuked. That must have been where the point of no return was breached. ...... Bamdev Gautam and Prachanda are enjoying their moment of glory with cheap nationalist posturing. ........ After Bijay Kumar Gachhedhar's party MJF-D, signatory to the 16 point agreement, left the process, not a single Madhesh-based party remained in the constitutional process. This should have given the main parties reason to pause the drafting process. Instead, the Big Three decided to shove the constitution down the CA's throat. Dissenting view by members of the Big Three were dismissed and they were asked to fall into the parties' main line. ..... If we manage to come together in a negotiating table to resolve the issues that plague us internally, the "unofficial blockade" will automatically disappear. We will have plenty of time to assess and reflect on the geopolitics. Our political leaders and India will have to work hard to overcome the large trust deficit that has now developed. First and foremost though, both the governing and the protesting parties need to come to the table. Civil society leaders will have to play the role of mediators, the trust builders; the sooner the better.
मन्त्री नै गैरजिम्मेवार
नेपालको संविधानमा आफ्नो स्वार्थ नसमेटिएको भन्दै भारतले एक सातादेखि लगाएको नाकाबन्दी खुलाउन र वैकल्पिक व्यवस्था गर्न रातदिन खट्नुपर्नेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधि, सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल र वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापा भारतकै पक्षमा महŒवपूर्ण निर्णय गराउन लागिपरेका छन्। ..... केही दिनअघि प्रधानमन्त्रीसँगको छलफलमा समेत ती मन्त्रीले भारतको विकल्प अरु देश नहुने र विकल्प खोज्दा भारत चिढिने भन्दै भारतलाई नै मनाएर आपूर्ति सहज गराउनुपर्ने तर्क गरेका थिए। कोइरालाले विकल्पका रूपमा चीनसँग जोडिएका उत्तरी नाका तत्काल खुलाउन उनीहरुलाई निर्देशन दिएका थिए। आपूर्ति सहज बनाउन चिनियाँ पक्षले तातोपानी र रसुवागढी नाका खुलाउने आफ्नोतर्फको काम थालिसकेको छ तर नेपालतर्फको अवरुद्ध भाग खुलाउने जिम्मेवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने कामै नथालेको मन्त्रालयकै अधिकारीहरू बताउँछन्। ......

चीनसँग जोडिएका नाका खुलाउनुको सट्टा मन्त्री निधि काठमाडौं–तराई फास्ट ट्र्याक निर्माणको काम विवादित भारतीय कम्पनीलाई दिने फाइल मन्त्रिपरिषदबाट स्विकृत गराउन लागिपरेका छन्।

...... मन्त्री निधिले भने अब बस्ने मन्त्रिपरिषदबाट जसरी पनि निर्णय गराइछाडने बताउँदै आएका छन्। 'उत्तरी नाका खुलाउन छिमेकी देशले काम थालिसक्यो, प्रधानमन्त्रीले निर्देशन दिएको पनि यतिका दिन भइसक्यो तर त्यसतर्फ मन्त्रीज्यूको कुनै ध्यानै छैन,' मन्त्रालयका एक अधिकारीले भने 'बरु काठमाडौं तराई फास्ट ट्र्याकको निर्णय गराउनेतर्फ उहाँको विशेष जोड छ।' भारतसँग राम्रो सम्बन्ध भएका मानिने मन्त्री निधि र मन्त्रालयका सचिव गजेन्द्र ठाकुरसमेत दक्षिणलाई चिढ्याउन नहुने भन्दै उत्तरी सडक विस्तार र निर्माणलाई बेवास्ता गर्दै आएका छन्।

संविधान निर्माणको प्रक्रियामा गएपछि विरोध गर्ने निधि पहिलो मन्त्री हुन्।

..... त्यसैगरी भारतीय नाकाबन्दीले मुलुक आक्रान्त पारिसक्दा पनि सञ्चारमन्त्री मीनेन्द्र रिजाल भने भारतले नकाबन्दी नै नगरेको भन्ने विवादास्पद अभिव्यक्ति दिइरहेका छन्। .... 'भारतमा न नेपाली टिभी प्रसारण हुन्छ, न नेपाली पत्रपत्रिका पुग्छन्, त्यतातिर मन्त्रीज्यूको कहिल्यै चासो गएन,' मन्त्रालयका एक उपसचिवले भने, 'नाकाबन्दी खुलाउन पहल गर्नुपर्नेमा भारतीय च्यानल रोकेकोमा तत्काल कारबाही प्रक्रिया अघि बढाउन निर्देशन आयो।' विदेशबाट फर्केपछि उनले सुरुमै भारतीय च्यानल खुलाउन र स्पष्टीकरणका लागि २४ घन्टे पत्र काट्न लगाएका थिए। ..... त्यसैगरी नाकाबन्दीपछि आपूर्तिमा अग्रसरता लिनुपर्ने वाणिज्य मन्त्री सुनिलबहादुर थापा पनि 'भारतको विकल्प अन्य हुन सक्तैन' भन्दै आनाकानी गरिरहेका छन्। भारतको नाकाबन्दी खुलाउँछु भन्दै सरकारी दूत बनेर दिल्ली पुगेका उनी कुनै समाधान ननिकाली फर्किए। भारतबाट फर्केपछि प्रधानमन्त्रीसँगको ब्रिफिङमा उनले भारतलाई सबै विषय राखेको र छिट्टै समस्या समाधान हुने बताएका थिए।

प्रधानमन्त्रीले भारतको विकल्पमा के गर्न सकिन्छ भन्दा उनले भारतीय पक्षबाट नाकाबन्दी नै नभएको भन्दै विकल्प खोज्न नहुने बताएका थिए।

'चीनलगायत अन्य राष्ट्रबाट कसरी विकल्प खोज्न सकिन्छ, सो अघि बढाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको थियो,' प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, 'तर वाणिज्य मन्त्रीले त विकल्प खोज्दा भारत झनै चिढिनसक्ने बताए।'

तराई-मधेश लोकमार्ग (हुलाकी मार्ग) पर मानव जन्जीर !विश्व ईतिहास में स्वशासन, समानुपातिकता और समान नागरिक अधिकार के लिए अभूतपूर्व अनोखा प्रदर्शन !!१४ लाख से अधिक लोगों को एक साथ उठने का ऐतिहासिक क्षण ।प्रस्तुत है कुछ झलक । बांकी फिर प्रस्तुत करेंगे ।

Posted by Brikhesh Chandra Lal on Thursday, October 1, 2015

Posted by Pramod Sitaula on Thursday, October 1, 2015

भनिन्छ राजनीतिमा सहानुभूति हुँदैन. सत्तासिनहरुले नाकावन्दी कसले किन कसरि गरेको अझै ठम्याउन सकेका छैनन्. ओली हरुले लैनच...

Posted by Subhash Chandra Shah on Wednesday, September 30, 2015


Anti-India Anger in Nepal as Essential Supplies Dry Up
Nepal feels like it is being choked. It's running out of gasoline. Medical supplies are becoming scarce. All because of an unofficial economic blockade imposed by neighboring India from where Nepal gets almost all its essential supplies...... Many Nepalese believe that India has been retaliating against their government since Sept. 20, when it approved a new constitution seen by New Delhi as discriminatory to an ethnic Indian community — the Madhesi — living in Nepal's border districts. ...... Officially there is no blockade, and India says truckers are simply afraid to enter Nepal .... Historically the two majority-Hindu nations have been close allies, sharing an open border crossed regularly by more than 3 million Nepalis who hold jobs in northern India....... Nepal has also felt ignored by India in recent years. And India has been unnerved by China's growing influence in the country, which India considers to be within its sphere of influence. The two Asian giants deployed their largest-ever foreign aid interventions following Nepal's devastating earthquakes earlier this year. ....

Nepal was nonplussed by India's displeasure with the constitution

, expressed by New Delhi a day after the document's approval. The Indian foreign ministry said New Delhi had "consistently argued that all sections of Nepal must reach a consensus on the political challenges confronting them." ..... India has worried that Nepal's border violence will spill over into its northern states of Uttar Pradesh and Bihar, where tens of thousands from the same ethnic Madhesi community live......

Bitter memories linger from 1989, when India imposed a 15-month blockade after Nepal bought a batch of Chinese weapons.